article
stringlengths 55
1.8k
| title
stringlengths 10
141
| article_length
int64 55
1.8k
|
---|---|---|
सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्याको घटनाले नेपालको अन्तर्राष्ट्रिय तहमै अपमान भएको बताएका छन् । उनले हत्यारा पत्ता लगाएरै छोड्ने दाबी दोहोऱ्याउदै गहिरो अनुसन्धान भइरहेको बताए । ' अनुमानका भरमा कसैलाई किटान गर्नु भएन , सम्पूर्ण प्रमाणहरू नष्ट गरिएको अनुसन्धानमा ढिलाइ भएको हो ' उनले भने । | सुदूरपश्चिम प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन : ' निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छाड्छौँ ' | 342 |
भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन् । आइतबार जस्तै आज सोमबार पनि वातावरण प्रदुषणको मात्रा झन् बढेकोले विद्यालय बन्द गरिएका छन् भने सडकमा पर्याप्त मात्रामा सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन् । जसका कारण यस वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ । | नयाँ दिल्लीमा बढ्दो प्रदुषणले थप समस्या | 329 |
नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धननको चर्चा चलिरहँदा छिमेकी मुलुक चीनमा नेपाली फिल्म प्रदर्शनको तयारी गरिएको छ । गत नोभेम्बर ## देखि नोभेम्बर ## सम्म चीनमा भएको दी फेडेरेसन अफ मोसन पिक्चर प्रोड्युसर्स इन एसिया प्यासिफिकको बैठकमा नेपालसहित विभिन्न मुलुकका फिल्मलाई त्यहाँ प्रदर्शनका लागि वातावरण तयार गर्ने सहमति भएको हो । बैठकमा सहभागी भएर हालै मात्र स्वदेश फर्किएका नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बैठकमा सहभागी ## देशमध्ये प्रत्येक देशले प्रति देश # वटा फिल्म चीनमा प्रदर्शन गराउने सहमति भएको बताए । | चीनमा नेपाली फिल्म प्रदर्शनको पहल | 533 |
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ग्रीन कार्ड र पिआर लिने नेता तथा कर्मचारीहरूलार्इ उच्च ओहोदाका भगौडाको संज्ञा दिएका छन् । नेपालको माया नभएर ग्रीन कार्ड र पिआर लिएको उनले बताए । मध्यपुरथिमिस्थित बाबा बचत तथा ऋण सहकारी संस्थाको ##औँ वार्षिक साधारणसभामा मन्त्री पण्डितले आज ' नेपाल र नेपाली हुँ ' भन्ने बिर्सेर विदेश जानेले उतै आफ्नो पहिचान खोज्न थालेको बताए । | ग्रीन कार्ड र पिआर लिने उच्च ओहोदाका भगौडा हुन् : मन्त्री पण्डित | 366 |
जग्गा खण्डीकरण रोक्ने सरकारको निर्णय नापी विभाग तथा मालपोत कार्यालयका कर्मचारीलाई आर्थिक अनियमितता गर्ने माध्यम बनेको छ । एक आर्थिक वर्षमा # पटकभन्दा बढी कित्ताकाट गर्न नपाउने सरकारको निर्णयलाई मालपोत तथा नापी विभाग कार्यालयका कर्मचारीले उल्लघंन गर्ने गरेका छन् । जग्गा कारबारीसँग मिलोमतो गरी नापी विभाग तथा मालपोत कार्यालयका कर्मचारीले कित्ताकाटमा ठूलो अनियमिता गरेको पाइएको छ । | एक वर्षमा एउटै जग्गा ## पटक कित्ताकाट | 379 |
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले अहिलेसम्म चल्दै आएको निर्वाह र परम्परागत तथा जीवन धान्ने अवस्थाको कृषि व्यवसायबाट माथि उठ्न किसान आफैँले जीवनमा बदलिएको महसुस हुने खालको कार्यक्रम ल्याउन लागेको बताएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको ' कृषकसँग कृषिमन्त्री ' कार्यक्रमको पहिलो शृङ्खलाको काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिका–# नालामा आज भएको छायाङ्कन कार्यक्रममा मन्त्री खनालले किसानले आफ्नै जीवनमा बदलिएको महसुस गर्ने गरी कार्यक्रम ल्याउने बताए । जिल्लाका विभिन्न क्षेत्रबाट उपस्थित किसानको प्रश्न र जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले उत्पादन गरेको वस्तुलाई बजार लाने , बिक्री गर्ने र बाहिर अन्यत्र लाने विधि थाहा नभएकै कारण विचौलियाको मारमा पर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसको अन्त्य गर्ने काम अब सरकारले गर्ने बताए । | कृषकले स्वयं जीवन बदलिएको अनुभव गर्ने खालको कार्यक्रम ल्याउँछौँ : मन्त्री खनाल | 751 |
चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ । अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना छ । चीनले मेङलाई जेलभित्र पर्याप्त औषधि उपचारको व्यवस्था नगरिएको आरोप लगाएको छ । | हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार , अदालतमा मुद्दा दायर | 303 |
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहालले स्वर्गीय पोष्टबहादुर बोगटीको अभाव सिंगो पार्टीलाईभन्दा बढी आफ्नो व्यक्तिगत जीवनमा खड्किएको बताएका छन् । नुवाकोटको विदुर नगरपालिका–# तुप्चेमा अवस्थित चण्डेश्वरी माध्यामिक विद्यालयको ##औँ अभिभावक भेला तथा स्वर्गीय पोष्टबहादुर बोगटीको शालिक अनावरण कार्यक्रममा सहभागी भएका उनले बोगटीसँग गरिएका यात्रा सम्झिएका थिए । वरिष्ठ नेताहरू पनि बोगटीको अगाडि सतर्क हुनुपर्ने र उनले बोलेपछि त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने बाध्यता हुन्थ्यो भन्दै उनले उनीसँग चारित्रिक र नैतिक बल रहेको स्मरण गरे । | बोगटीको अभाव खड्किरहेको छ : दाहाल | 544 |
गत असार ## गते बुद्धस्थल तिलौराकोटको पूर्वी द्वारनजिक ## सय वर्षअघिको झल्को दिने गरी राजकीय धान रोपाइँ मंगलोत्सव आयोजना गरियो । लुङ्दा , बौद्ध झन्डा र ध्वजापताकाले सिंगारेर बुद्धमय बनाइयो । धान मंगलोत्सव हेर्न चीन , थाइल्यान्ड र म्यानमारका भिक्षु / भिक्षुणी र उपासक / उपासिका आएका थिए । | धान महोत्सवस्थलमा घाँस | 286 |
एभरेष्ट बैंकले बुधबारदेखि ## करोड रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुल्ला गरेको छ । # प्रतिशत व्याज दिनेगरी निष्काशन गरिएको उक्त ऋणपत्रमा आगामी असार ## गतेसम्म लगानी गर्न पाइनेछ । प्रतिकित्ता एक हजार रुपैयाँ पर्ने ऋणपत्रको भुक्तानी अवधि # वर्षको रहने बैंकले जनाएको छ । | ऋणपत्रमा आठ प्रतिशत व्याज दिने एभरेष्ट बैंको घोषणा | 267 |
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको साधारणसभाले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ । स्कटल्याण्डको एडिनबरामा सम्पन्न साधारणसभाले नेपालसँगै अमेरिकाको क्रिकेट संघलाई निलम्बन गर्ने बोर्डको निर्णय अनुमोदन गरेको हो । नेपाल क्रिकेट एशोसिएसन आन्तरिक विवादमा फसेपछि आईसीसीले गत अपि्रलमा निलम्बन गरेको छ । | आईसीसीको प्रतिनिधिमण्डल नेपाल आउने | 329 |
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । छत्तीसौँ बीपी स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय समितिद्वारा आज आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो भन्दै कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बीपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए । आमरण अनशनरत प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्मअनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले उनका माग सम्बोधन गर्न तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार नै विधेयक ल्याउनुपर्नेमा जोड दिए । | बीपीले उहिल्यै चिनेका कम्युनिष्टलाई बल्ल चिन्दैछु : देउवा | 787 |
' जेठ ## गते बिहान # बजे बुटवलमा भेटौँ , कान्तिपथ विश्व हिन्दु महासंघको हलमा । ' फेसबुकमा यस्तो लेखेकै दिन ज्ञानेन्द्र शाही जेठ ## गते सुर्खेतबाट पक्राउ परे । कारण थियो– एक महिनाअघि एउटा अनलाइनमार्फत सुर्खेत र कर्णालीका पत्रकारलाई गरिएको गालीगलौज तथा अभद्र अभिव्यक्ति । | सुर्खेतमा शाही पक्राउ– ' अपमानजन्य ' बोलेपछि ' पक्राउ र यातना ' | 269 |
कर्तव्य ज्यान मुद्दामा फरार चितवन राप्ति नगरपालिका - # बस्ने नुवाकोट ककनी गाउँपालिका - # घर भएका ## वर्षीय भरत सुनारलाई घटना गराएको ## वर्षपछि प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रही फरार रहेका सुनारको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगरपालिका - # भवानी बजारबाट मंगलबार पक्राउ गरेको हो । #### पुस ## गते नुवाकोट साविक ककनी गाविस - # सिम्ले हाल ककनी गाउँपालिका - # बस्ने ## वर्षीया पदमकुमारी गुरुङको सिम्लेस्थित मकैबारीमा शव फेला परेको थियो । | हत्या गरेको ## वर्षपछि पक्राउ | 507 |
सर्च इन्जिन गुगलले ' ट्वाइलेट पेपर ' सर्च गर्दा पाकिस्तानको झण्डा देखिनुमा आफूहरु जिम्मेवार नभएको स्पष्टीकरण दिएको छ । गुगलमा ' बेस्ट ट्वाइलेट पेपर इन द वर्ल्ड ' सर्च गर्दा पाकिस्तानको झण्डा देखिन्छ । यस विषयलाई लिएर गुगलको आलोचना भएको थियो । | गुगलको स्पष्टीकरण : ' ट्वाइलेट पेपर ' सर्च गर्दा पाकिस्तानको झण्डा देखिनुमा हामी जिम्मेवारी छैनौं | 242 |
वीरगञ्ज–योगमय बनाउने भनिएको वीरगन्जको आदर्शनगर रंगशालामा सञ्चालित योग शिविर नेतामय बनाउँदै सोमबार समापन भएको छ । भारतको हरिद्वारबाट आएका योग गुरु स्वामी रामदेवको शिविरलाई राजनीतिक ओज कायम राख्दै सभामुख ओमसरी घर्तीले पाँचौ तथा अन्तिम दिनको शिविर समापन गरिन् । कार्यक्रमको निर्धारित तालिका अनुसार प्रधानमन्त्री पुष्पकमल दहालले समापनको दिनमा प्रमुख अतिथिको भूमिका गर्ने तय थियो । | योगमय होइन , नेतामय बन्यो वीरगञ्ज | 376 |
सोमबार प्रतितोला ## हजार # सय रुपैयाँमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ## हजार # सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा सुन प्रतितोला # सय रुपैयाँ बढेको हो । | सुन प्रतितोला ## हजार # सयमा कारोबार | 205 |
प्रदेशसभाका उपसभामुखले भूमिकामा मात्र नभएर मर्यादाक्रममा पनि आफूहरुलाई अन्याय भएको गुनासो गरेका छन् । ' यद्यपि , उपसभामुख ठूलो जिम्मेवारीको पद हो , वृत्ति विकासका लागि यो ठूलो अवसर र चुनौतीका रुपमा लिएका छौँ , ' सङ्घीय संसद् सचिवालयले आज आयोजना गरेको अन्तरक्रियामा उनीहरुले भने । सभामुख बिरामी परेको बेला र पालो दिन पर्दा मात्रै उपसभामुखलाई सभा सञ्चालन गर्न दिने अभ्यास सुधार्नपर्ने उनीहरुको भनाइ थियो । | बिरामी हुँदा र पालो दिन मात्रै उपसभामुख किन ? | 403 |
प्रधानमन्त्री बनेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । तर , अहिलेसम्म ओलीको भारत भ्रमणको तिथि तय हुन सकेको छैन । प्रधानमन्त्री बनेयता ओलीलाई सोमबार दोस्रोपटक भारतीय प्रधानमन्त्री मोदीको फोन आयो । | प्रधानमन्त्री ओलीको भारत भ्रमण अनिश्चित | 259 |
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रयाद यादवले निर्वाचनसम्वन्धी कानूनहरु समयमै दिन सरकारलाई आग्रह गरेका छन् । साथै स्थानीय तहको पुनर्संरचना सम्वन्धी आयोगको प्रतिवेदन आएर पुसभित्र कानुन बनेमा चैतमा चुनाव गर्न सकिने बताएका छन् । प्रतिनिधि सभा निर्वाचन विधेयकको मस्यौदामाथि राजनीतिक दलका प्रतिनिधि र निर्वाचन विट हेर्ने पत्रकारहरुसँग गरिएको संयुक्त छलफल एवम् दुईदिने गोष्ठीमा प्रमुख निर्वाचन आयुक्त यादवले मंसिरमा चुनाव गर्न साउनभित्र कानुन बनिसक्नु पर्ने बताए । | चैतमा चुनाव गर्न पुसमै कानून दिनुपर्छः प्रमुख निर्वाचन आयुक्त | 454 |
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाल लगायतको काम सञ्चालन भइरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं #### मा निर्माणकार्य शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रको काम बल्ल अहिले आएर सकिएको हो । | एक वर्षदेखि अलपत्र परेकाे दिपायल विमानस्थलकाे कालोपत्रे सम्पन्न | 342 |
सरकारले प्रदेशका राजधानी घोषणा गर्ने तयारी सुरु गरिरहेको समयमा विभिन्न स्थानमा आफ्नो सहरलाई राजधानी बनाउनुपर्ने माग गर्दै दबाबमुलक आन्दोलन सुरु भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाकै चुनावमा कतिपय उम्मेदवार राजधानीको विषयलाई आफ्नो चुनावी अजेन्डा बनाएर प्रतिस्पर्धामा होमिएका थिए । यसको प्रभावका कारण पनि आन्दोलन बाक्लिँदैछ । | राजधानी राजनीति | 325 |
त्रिवि शिक्षण अस्पतालका प्रा . डा . गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै असार ## गतेभित्र आफ्ना तीनबुँदे माग पुरा गर्न अल्टिमेटम दिएका छन् । नभए अमरण अनसन बस्ने उनको चेतावनी छ । डा . केसीले आफूहरूको सुझाव अनुसार चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न , विद्यार्थी भर्ना , शुल्क र सिटसम्बन्धी आइओएमबाट कटौती गरेर त्रिविमा लगिएका अधिकारहरु तत्काल फिर्ता गर्न र आइओएमलाई थप स्वायत्तता दिने सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । | प्रधानमन्त्री देउवालार्इ डा . केसीको पत्र , माग पुरा नभए अनसन बस्ने चेतावनी | 448 |
अविरल वर्षाको कारण आएको बाढीले सडकमा क्षति पु¥याएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । चीन जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक खण्ड अन्तर्गत ठुलोखोला क्षेत्रमा बाढीले क्षति गरेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि बेत्रावती–धुन्चे सडक खण्डबाट सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । | बाढीका कारण चीन जोड्ने सडक अवरुद्ध | 326 |
मोरङ–दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आइतबार भएको उम्मेदवार मनोनयनमध्ये एकनम्बर प्रदेशमा सवैभन्दा बढि उल्लासय र शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । एक नम्बर प्रदेश अन्र्तगत पर्ने बिराटनगर महानगरसहित मोरंगको ## वटै स्थानिय तहमा आइतबार शान्तपुर्वक उल्लासमय बतावरणमा उम्मेदबारी मनोनयन दर्ता भएको हो । उम्मेदबारी दर्ता गराउन उम्मेदबारहरु नाँचगान र बाजागाज सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । | एक नम्बर प्रदेशमा उल्लासमय रुपमा उम्मेदवारी दर्ता ( फोटो फिचर ) | 406 |
पोखरा लेखनाथ महानगरपालिका– ## र ## मा एमाले प्यानल विजयी भएको छ । वडा नम्बर ## मा श्रीराम पोखरेल र वडा नम्बर ## मा कमलबहादुर थापाको प्यानल बिजयी भएको हो । वडा नम्बर ## को वडाध्यक्षमा निर्वाचित एमालेका श्रीराम पोखरेलले # हजार ## मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दुर्गाप्रसाद सुवेदीले # हजार # सय ## मत प्राप्त गरे । | पोखरा– ## र ## मा एमाले प्यानल विजयी | 338 |
गायिका आस्था राउत प्रकरणमा प्रहरी लचक बन्ने संकेत देखिएको छ । राउतले गल्ती गरेको निष्कर्ष निस्किए पनि पक्राउ गरेर अनुसन्धान लम्ब्याइराख्नु पर्ने स्थिति नरहेको प्रहरीले बताएको हो । काठमाडौं प्रहरी परिसर , टेकुका प्रमुख उत्तमराज सुवेदीले कानूनी प्रक्रिया पूरा गर्नै पर्ने भए पनि लचक हुनसक्ने ठाउँ रहेको अनलाइनखबरलाई बताए । | आस्था राउत प्रकरणमा प्रहरी लचक बन्ने संकेत | 320 |
नेपालमा हुने ## औं दक्षिण एसियाली खेलकुद ( साग ) तयारीलाई नेपाली राष्ट्रिय बिच भलिबल टोली श्रीलंका जाने भएको छ । पुरुष टोलीमा सन्जु शाह , मानबहादुर श्रेष्ठ , राजु विक र दिलबहादुर सुनार छन् । महिलामा विनिता बुढाथोकी , नेबिका चौधरी , कोपिला उप्रेती र मनीषा चौधरी छन् । | बिच भलिबलको तयारी श्रीलंकामा | 266 |
मार्च महिना बित्न अझै दुई÷तीन हप्ता बाँकी नै छ । तर , खोटाङमा गरिएको बजार अनुगमनकाक्रममा अप्रिल ## तारिख #### उत्पादन मिति उल्लेख भएको लाहुरे सस बजारमा पुगेको फेला परेको छ । जबकी अप्रिल ## तारिख आउन अझै महिना दिनभन्दा बढी बाँकी नै छ । | उत्पादन हुँनुभन्दा महिना दिन अगावै बजारमा सस | 234 |
सप्तरीमा जारी स्थानीय तह निकायको निर्वाचनको मतगणना उलटपुलट भइरहेको छ । मतगणना सुरु भएको पहिलो दिन मंगलबार अगाडि रहेका उम्मेदबारहरु बुधबार पछाडि परेका छन् । केहि तहमा लगातार अग्रता देखिएको छ । | सप्तरी अपडेट - कांग्रेसले लियो अग्रता , दोस्रोमा फोरम , राजपाको अग्रता खुम्चियो | 191 |
वैदेशिक रोजगार ब्यवसायी रोहन गुरुङको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले विप्लव समूहका # जना केन्द्रीय स्तरका नेतालाई पक्राउ गरेको छ । प्रहरीको विशेष ब्यूरोको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सञ्जीव लामा , तिलकबहादुर गुरुङ , वकिल घर्तीमगर , त्रिलोचन विक र दुर्खाबहादुर तामाङ रहेका छन् । | बम विस्फोटको आरोपमा विप्लव समूहका # नेता पक्राउ | 334 |
जन्मेको दिन त आउँछ , जान्छ । तर , कुनै पनि व्यक्तिले जीवनको कालखण्डमा विताएका पलहरु कस्तो बनायो भन्ने महत्वपूर्ण हुन्छ । आफ्नो जीवन जिउँदै गर्दा कुनै पनि व्यक्तिले गरेका काम र उसको चर्चाकै आधारमा धेरैले उसलाइ आ - आफ्नो नजरबाट हेरेका हुन्छन् । | ## बर्षमा रेखा थापाः ' फिल्ममा सफल , राजनीतिमा अल्झदै ' | 242 |
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको पहिलो संयुक्त बैठकमा सन् #### को ' नेपाल–भारत शान्ति तथा मैत्री सन्धि ' ले प्रवेश पाएको छ । दुई देशबीचका सन्धिसम्झौता र सम्बन्ध पुनरवलोकनका लागि आ–आफ्नो सरकारलाई सुझाव पेस गर्न गठित समूहको सोमबार राजधानीमा सुरु दुईदिने बैठकको पहिलो दिन नेपाली पक्षले विवादित सन्धिमाथि छलफल अघि सारेको हो । ' बैठकमा नेपाली पक्षले छलफलका लागि सन् #### को शान्ति तथा मैत्री सन्धि अघि सारेको छ , ' नेपालतर्फको प्रबुद्ध व्यक्ति समूह सचिवालयका कार्यकारी निर्देशक यादव खनालले बैठकबारे जानकारी दिए , ' सन्धिमा नकारात्मक कुरा भएको स्विकार्दै संशोधनका लागि त्यसको पुनरवलोकन वा खारेज नै गर्नेबारे छलफल अघि बढाउन दुवै पक्ष सहमत छन् । | #### को सन्धिमाथि छलफल बढाइँदै | 639 |
काठमाडौँ– नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजनामार्फत सहयोग उपलब्ध गराउने भएको छ । मुलुकको सामुदायिक विकास , जीविकोपार्जन , विपद् व्यवस्थापन , सीपमूलक तालीम , शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्क इन्टर्नेशनल एक्सचेन्जबीच आइतबार साँझ समझदारी भएको परिषद्ले आज जनाएको छ । कार्यक्रममा महिला , बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका तर्फबाट अन्तर्राष्ट्रिय विभाग उपमन्त्री वाङ याजुनले समझदारीपत्रमा हस्ताक्षर गरे । | नेपालमा आयो चिनियाँ एनजीओ | 507 |
पोखरा– पोखरामा एसपी , डिएसपी चिनेको छु भन्दै बार्गेनिङ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एसपी , डिएसपीलाई चिनेको छु भन्दै रकम बार्गेनिङ गरेको भन्दै कार्यालयमा उजुरी परेपछि रकम बार्गेनिङ गर्ने विनोदबहादुर भट्टराईलाई नियन्त्रणमा लिइएको हो । गएको साउन # गते पोखरा महानगरपालिका ## बस्ने विनोदबहादुर भट्टराईलाई # युवाले कुटपिट गरेको घटनालाई लिएर बारम्बार रकम बार्गेनिङ गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । | एसपी–डिएसपी चिनेको छु भन्दै रकम बार्गेनिङ गरेपछि . . . | 446 |
नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा . शशांक कोईरालाले संविधान जारी सँगै शान्ति र समृद्धिको यात्रा शुरु भएकोले यसलाई पूर्णता दिन सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । रूपन्देहीको देवदहमा पाँचौ राष्ट्रिय औद्योगिक व्यापार मेला , कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै महामन्त्री कोईरालाले युवाहरुको सहभागितामा मात्रै समृद्धिको यात्रा पुरा हुने बताए । उनले युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गर्न उद्योग , कलकारखानाको विकास गर्न आवश्यक रहेको भन्दै बैदेशिक रोजगारीमा गएका युवाहरुलाई स्वदेश फिर्ता गरी समृद्ध राष्ट्र निर्माणमा सहभागि गराउनुपर्ने बताए । | बैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फिर्ता गरी समृद्ध राष्ट्र निर्माणमा सहभागि गराउनुपर्छः कोइराला | 574 |
फाइल तस्वीर## चैत , भक्तपुर । दुई दिन परेको अविरल वर्षाका कारण बुधबार साँझ सूर्यविनायक नगरपालिका–## चित्तापोल खुलाल गाउँमा घर भत्किँदा पाँचजना घाइते भएका छन् । स्थानीयवासी विदुर थापाको इँटा माटोले बनेको कच्ची घर भत्किँदा सोही घरमा बस्ने पाँचजना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । | वर्षाले घर भत्किँदा भक्तपुरमा # जना घाइते | 298 |
कर्णाली प्रदेशको राजधानी सुर्खेत , वीरेन्द्रनगरस्थित सडक विभागको करोडौं मूल्य पर्ने समंगलगढी चोकदेखि चाइना पुलसम्मको जमिन सरकारीकरण गर्नप्रमुख जिल्ला अधिकारीले मालपोत कार्यालयलाई निर्देशन दिएका छन् । जिल्ला , पुनरावेदन र सर्वोच्च अदालतले त्योजग्गा सरकारीकरण गर्न विगतमा नै फैसला गरे पनि स्थानीय प्रशासनले अदालतको फैसला कार्यान्वयन गर्न सकेको थिएन । जसले गर्दा वर्षौंदेखि करोडौं मूल्यको सरकारी जग्गा केही व्यक्तिले उपभोग गरिरहेका थिए । | फिर्ता लिन मालपोतलाई सिडिओको निर्देशन | 434 |
सोनिया गान्धीका छोरा राहुल गान्धी भारतीय राष्ट्रिय कंग्रेसका नयाँ अध्यक्ष भएका छन् । ## वर्षीय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गर्दै शनिबार सपथ लिएका हुन् । सोनिया सन् #### देखि कंग्रेसको नेतृत्व सम्हालेकी थिइन् । | राहुल गान्धीद्वारा भारतीय राष्ट्रिय कंग्रेस अध्यक्षको सपथ | 238 |
चितवनमा डाटसन गाडीको शो–रुम खुलेको छ । अटो क्षेत्रमा विगत # बर्षदेखि सक्रिय रहँदै आएको सेढाई होल्डिङ ग्रुपअन्तर्गतको एसएच मोटर्सले शो–रुम खोलेको हो । शो–रुम भरतपुर एयरपोर्ट अगाडी रहेको छ । | डाटसन गाडीको शो–रुम चितवनमा , ग्राहक लक्षित मनसुन एक्सचेञ्ज मेला | 188 |
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले संवैधानिक पदमा बसेर बार्गेनिङ नगर्न उपसभामुखलाई आग्रह गरेका छन् । व्यक्तिका इच्छा , आकांक्षा पूरा गर्न सदन अवरूद्ध गर्न नहुने उनले बताए । नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा तेस्रोपटक संसद बैठक स्थगित भयो । | शिवमायालाई देव गुरुङले भने - संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई छैन | 298 |
क्रोएसियाका फरवार्ड निकोला कालिनिच स्पेनिस क्लब एट्लेटिको मड्रिडमा आवद्ध भएका छन् । एट्लेटिकोले ## वर्षिय कालिनिचलाई इटालियन क्लब एसी मिलानबाट क्लबमा भित्र्याएको हो । यद्यपी क्लबले अनुबन्ध रकमबारे केहि खुलाएको छ । | क्रोएसियाका फरवार्ड कालिनिच एट्लेटिकोमा अनुबन्धित | 213 |
नुवाकोटको तारकेश्वर गाउँपालिका - # का गोविन्द वस्तीका लागि हिजो ( बिहीबार ) को बिहान घामभन्दा पनि उज्यालो भएर आयो । बुधबार साँझ नै सुत्केरी बेथाले च्यापेकी उनकी श्रीमती गोमाले बिहीबार बिहान # बजे नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा छोरालाई जन्म दिइन् । जिल्ला अस्पतालका डाक्टर मधुकर दाहालको टोलीले बिना अपरेसन उनलाई सुत्केरी गराएको थियो । | भर्खर जन्मेको छोरा ल्याएर गोविन्द काठमाडौं आए , नुवाकोटमा गोमा प्याकप्याक्ती परिन् | 336 |
वैदेशिक रोजगारमा कामदार पठाउने एसियाली राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको उच्चस्तरीय तथा मन्त्रीस्तरीय बैठक यही कार्तिक ## र ## गते काठमाडौंमा बस्ने भएको छ । सम्मेलन अन्तराष्ट्रिय आप्रवासन संगठनको समन्यमा श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गर्न लागेको हो । वैठकमा अन्तराष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा सदस्य मुलुकहरु एक आपसमा परामर्श गर्नेछन् । | कोलम्बो प्रोसेसको सम्मेलन नेपालमा हुँदै | 386 |
आर्थिक समृद्धि र देश विकासका लागि सरकारी–निजी साझेदारी ( पिपिपी ) मोडललाई जोड दिनुपर्ने औंल्याइएको छ । बुधबार दक्षता परियोजनाद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय अन्तक्र्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले देश विकास र आर्थिक समृद्धिका लागि पिपिपीको आवश्यकतामा जोड दिएका हुन् । पछिल्लो समयमा सरकारी अधिकारीले समेत देशको विकासका लागि पिपिपी मोडलको आवश्यकता रहेको बताउने गरेका छन् । | ' आर्थिक समृद्धिका लागि पिपिपी मोडल ' | 376 |
पाल्पाको तानसेन नगरपालिका–# प्रवासस्थित सूर्यकुण्डमा ### धारा बनाइने भएको छ । स्थानीय वंशगोपाल युवा क्लबको नेतृत्वमा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि ### धारा बनाउन लागिएको हो । मुक्तिनाथको झल्को दिने गरी ### धाराबाट पानी झर्ने व्यवस्था गरिने भएको छ । | धार्मिक पर्यटक आकर्षणका लागि एक सय आठ धारा निर्माण गरिने | 276 |
सरकारले काठमाडौं - निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत प्रतिवेदन अध्ययन ( डीपीआर ) किन्ने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीपीआर अध्ययन गरी मूल्य सिफारिस गर्ने जिम्मा निर्देशक समितिलाई भनेको छ । भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस ( आईएल एण्ड एफएस ) ले डीपीआर बनाएको छ । | काठमाडौं निजगढ द्रुतमार्गको डीपीआर भारतीय कम्पनीसँग किन्ने सरकारको निर्णय | 344 |
इलाम नगरपालिका–# , महभिरकी ## वर्षीया देउमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् । तर , उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैन । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? भन्ने जिज्ञासामा उनले उही पुरानो माग दोहो¥याइन् - सडक , पुल , खानेपानी र बिजुली । | मेची पहाडका मतदाता भन्छन् - ' सडक , खानेपानी र बिजुली देऊ ' | 355 |
गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको हो । कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध भएको टेलिकम बैतडीका प्रमुख सुरत खड्काले जानकारी दिए । | बैतडी र दार्चुलामा मोबाइल सेवा अवरुद्ध | 333 |
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चुनावी घोषणापत्र आइतबार सार्वजनिक नहुने भएको छ । सम्पादनको काम नसिकएकाले अाज घोषणापत्र सार्वजनिक हुन नसकेको हो । एमालेका प्रचारका सचिव विष्णु रिजालले घोषणापत्र सम्पादनको काम नसकिएकाले सोमबारका लागि कार्यक्रम सारेको जानकारी दिए । | एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित | 263 |
मधेसी मोर्चाले बिहीबार व्यवस्थापिका संसद बैठक बहिस्कार गर्ने तयारी गरेको छ । साथै कान्तिक मसान्तभित्र संविधान संशोधन विधेयक दर्ता नभए मंसिर # गतेबाट संसद बैठक अवरुद्ध गर्ने मोर्चाको तयारी छ । संसदको बैठक विहान ## बजे बोलाइएको छ । | लोकमानबारे छलफल हुँदा मधेसी मोर्चाले संसद बहिस्कार गर्ने | 229 |
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–# चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन ( डीपीआर ) तयार पार्न सर्वेक्षण गरिएको छ । संस्कृति , पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक टोली पठाएर विमानस्थलको डीपीआर तयार पार्न सर्वेक्षण गरेको हो । परामर्शदाता कम्पनी आइएफआईडी नेपालका इञ्जिनियर नरेश शिवाकोटीको नेतृत्वमा आएको प्राविधिकको टोलीले तीन दिनसम्म प्रस्तावित विमानस्थलको सर्वेक्षण गरेको छ । | चराङ विमानस्थलको डीपीआर बनाउन सर्वेक्षण | 410 |
सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने , सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ । त्यस्तै अनलाइन समाचार पोर्टलमा अपुष्ट र हावादारी कुरा सम्प्रेषण गर्ने , अरुको कपी पेष्ट गर्ने तथा अनधिकृत रुपमा डोमेन सञ्चालन गर्नेलाई पनि कारवाहीको दायरमा ल्याइने भएको छ । | ## वर्ष जेल हाल्ने साइबर कानून आउँदै , के गर्न पाइँदैन सामाजिक सञ्जालमा ? | 455 |
घरको भित्ता होस् वा टेबुल । अनि गितार होस् वा कुनै ग्याजेटको स्क्रिन । मात्र तपाइँले एउटा स्प्रे छर्किए पुग्छ , सबै टचस्क्रिन बन्दछन् । | अब घरको भित्ता पनि बन्नेछ टचस्क्रिन | 135 |
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सरकारी मोटरसाइकल चाउमिन र पाउरोटी विक्रीमा प्रयोग गरेको पाइएको छ । नगरपालिकाका खानेपानी सहायक टेक्निसीयन यामराज जोशीले प्रयोग गर्ने गरेको भे # व #### नम्बरको मोटरसाइकल सदरमुकाम वीरेन्द्रनगरमा चाउमिन र पाउरोटी विक्रीमा प्रयोग भएको पाइएको हो । जोशीको वीरेन्द्रनगरमा पाउरोटी र चाउमिन उद्योग छ । | सरकारी मोटरसाइकल चाउमिन र पाउरोटी बेच्न प्रयोग | 329 |
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ' रायसिना संवादको चौथो संस्करण ' मा भाग लिन बिहीबार नयाँ दिल्ली जाने भएका छन् । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ' अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स , फ्ल्युड पार्टनरसिप , अनसर्टेन आउटकम्स ' छ । | परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार भारत जाँदै | 398 |
मकवानपुरको भीमफेदी कारागारबाट गए राति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार ## वर्षका कुलदीपराज धामी फरार भएका हुन् । कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि ## फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेकाले अनुसन्धान भइरहेको जानकारी दिए । | पर्खाल नाघेर भीमफेदी कारागारबाट कैदी फरार | 372 |
सीड्नीमा सीडनीको ब्यस्त पर्यटकीयस्थल न्यु टाउनमा तीस वर्षिय नेपाली युवा ब्राजिल गुरूङ मृत अवस्थामा फेला परेका छन् । उनीसँगै ब्रिटीस ब्याकप्याकर प्रेमिका एमेलिया ब्लाक पनि मृत अवस्थामा भेटिएकी छिन् । चिपनडेलको एउटा रेस्टुरेन्टमा सेफको काम गर्ने गुरूङ र उनकी प्रेमिकाको न्युटाउनस्थित उनको डेरामा मृत अवस्थामा भेटिएपछि प्रहरीले शवको पोष्टमार्टमको लागि अस्पताल लगेको छ । | सीड्नीमा नेपाली युवक प्रेमीकासँगै मृत भेटिए | 366 |
समाजमा हुनेगरेको विभिन्न हिंसा न्युनीकरण गर्ने उद्देश्यका साथ बाराका धार्मिक गुरुहरुलाई लैङ्गिक हिंसाबारे कानुनी सचेतना गराइएको छ । पण्डित , पुजारी , मौलवी , लामागुरुलगायत बाराका एक सय ## जना धर्मगुरुलाई विषेश कार्यक्रममार्फत लैङ्गिक हिंसाविरुद्ध सचेतना तथा कानुनी प्रावधानबारे जानकारी गराइएको हो । पछिलो समय बारामा विभिन्न खाले हिंसाका घटना बडेपछि जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा कलैयास्थित उधोग बाणिज्य संघको सभाहलमा बालबिबाह , बहुबिबाह , दाइजो प्रथा , बोक्सी प्रथा , जातीय छुवाछुतबिरुद्ध धर्मगुरुहरुलाई जानकारी गराइएको छ । | बारामा धार्मिक गुरुहरुलाई लैङ्गिक हिंसाबारे कानुनी सचेतना | 532 |
सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिका परिवार कतिबेला हराएका आफन्त टुप्लुक्क घर आइपुग्लान् भनेर बाटो हेरिरहेका छन् । तर , बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले भने यहीबेला ' अकल्पनीय ' तथ्य फेला पारेको छ । द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिलाई सुरक्षाकर्मीले सामूहिकरूपमा माटोमुनि पुरेको र केही समयपछि त्यही शव निकालेर जलाएकोसमेत अनुसन्धानमा खुलेको छ । | कोही सुरक्षाकर्मीले जलाए कोही विद्रोहीले पुरे | 371 |
सुसन प्रजापतिको निर्माणमा उत्कल थापाले निर्देशन गरेको चलचित्र ' जंगे ' को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रको टिजरमा सत्ता र लडाइलाई प्रमुख स्थान दिइएको छ । चलचित्रको सार्वजनिक टिजरमा मुख्य कलाकार सुरज सिंह ठकुरीलाई नौलो अवतारमा देखाइको छ । | ' जंगे ' को टिजरमा सुरज सिंहको फेरिएको लुक | 243 |
साउदी अरबको नेतृत्वमा यमनमा जारी लडाइँ अन्त्य गर्ने प्रस्ताव अमेरिकी सिनेटले पारित गरेको छ । यसबाट राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिमा झड्का लागेको विश्लेषण गरिएको छ । साउदी अरबले तीन वर्षयता अमेरिकी सैनिक र हतियारको सहयोगमा यमनमा आक्रमण गर्दै आएको छ । | यमन युद्ध अन्त्यको प्रस्ताव अमेरिकी सिनेटबाट पारित , ट्रम्पको विदेश नीतिमा झड्का | 257 |
सिसौको रूख काटेको विषयमा झडप हुँदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । रूख काटिएको विवादमा लहान नगरपालिका–## निवासी आशाराम महतो र उहाँका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी लहान नगरपालिका–# गोठ टोल निवासी ## वर्षीया तेतरीदेवी महतोको मृत्यु भएको हो । सिसौँँ रूख काटेको विषयमा विवादमा दाइ–भाइको कुटाइबाट घाइते तेतरीदेवीलाई लहान अस्पतालमा भर्ना गरिएकामा उपचार गराएर घर फर्केपछि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । | दाजुभाइको कुटपिटबाट घाइते महिलाको मृत्यु | 453 |
हालै असामियिक रूपमा बितेकी बलिउड अभिनेत्री श्रीदेवीकी जेठी छोरी मंगलबारबाट ## वर्ष लागेकी छन् । उनी धर्मा प्रोडक्सनको फिल्म ' धडक ' बाट बलिउडमा डेब्यू गर्दैछिन् । आमाको अचानकको मृत्युले जान्हवीलाई गहिरो चोट दिएको छ । | ## लागिन् श्रीदेवीकी छोरी , आमाको यादमा लेखेकी थिइन् यस्तो भावुक चिट्ठी | 216 |
राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ ( हाइकेयर युनिट ) बाट साेमबार क्याविनमा सारिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन । उनले भनिन , " अहिले उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ । | राष्ट्रकविको स्वास्थ्यमा सुधार , क्याविनमा सारियो | 254 |
केही साताअघि नेपाली सिनेबजारमा एउटा हल्ला गाइँगुइँ चल्यो– ' छक्कापञ्जा # ' युट्युबमा रिलिज नहुने । जबकि , डिजिटल र विदेश रिलिजका लािग ' छक्कापञ्जा ' लाई सुटिङमा जानुअघि नै ## लाख दिएर खरिद गरेको हाइलाइट्स नेपालले सिक्वेललाई सुटिङअघि नै एक करोड दिइसकेको थियो । युट्युब च्यानलको मुख्य आम्दानीको रुपमा रहेको फिल्म युट्युबमै रिलिज नगर्दा हाइलाइट्सलाई के फाइदा ? फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीका अनुसार फिल्म युट्युबमा रिलिज नगर्ने नै भनिएको होइन । | ' छक्कापञ्जा # ' युट्युबमा रिलिज नहुने ? | 452 |
सोमवार अपरान्ह युवतीमाथि एसिड प्रहारको समाचार संकलन गर्न हामी कीर्तिपुर अस्पताल पुग्यौं । पीडित किशोरीहरु सम्झना र सुस्मिता दास अस्पतालको बेडमा छटपटाई रहेका थिए । भदौ ## गते मंगलबार राति ## बजे चन्द्रपुर नगरपालिका # बजारटोलका दास दिदी बहिनीमाथि एसिड प्रहार भएको थियो । | रामबाबु , जसले एसिड हानेर कुरुवाको नाटक गरे ( भिडियो ) | 268 |
माटोको भाँडा बनाउने पुख्र्यौली पेसा भक्तपुरको पोट्री स्क्वायरका बासिन्दाले धान्दै आएका छन् । आधुनिकतासँंगै धेरैले पेसा परिवर्तन गरे पनि यहाँका स्थानीयले अझै पनि पुख्र्यौली पेसाका रुपमा रहेको माटोको भाडाकुँडा बनाउने काम गरिरहेका छन् । स्थानीय टोलका बूढाबूढीदेखि युवा पुस्ता पनि यो पेसामा तल्लिन छ । | पुख्र्याैली पेसा धान्दै पोट्री स्क्वायर | 297 |
काठमाडौंको शंखमुलमा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ## प #### नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा # जनाको मृत्यु भएको छ भने # जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुबैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर महाबौद्ध ल्याइएका थियो । | शंखमुलमा मोटसाइकल दुर्घटना हुँदा एकको मृत्यु | 292 |
सत्तारूढ दल र सरकारको अजेण्डाको मात्रै पछि लाग्दा निर्वाचन गराउने संवैधानिक अधिकार पाएको निर्वाचन आयोगमाथि नै प्रश्नचिह्न खडा भएको छ । फागुन दोस्रो साता सरकारले देशभर वैशाख ## गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि आयोगले त्यसयता तोकिएकै मितिमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै आएको हो । तोकिएअनुरुप मितिमा निर्वाचन हुन नसके सरकार त त्यसका लागि जिम्मेवार हुने नै छ , साथै अपजसको भागिदार आयोग पनि हुनुपर्नेछवैशाख ## गते एकै चरणमा निर्वाचन गराउन आचारसंहिता लागू , मतपत्र छपाइ , मतदाता नामावली प्रकाशन , मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिलगायत काम सम्पन्न भएपछि जब सत्तासीन दल र आन्दोलनरत दलबीच वैशाख ## र जेठ ## गते दुई चरणमा निर्वाचन गराउने सहमति भयो , निर्वाचन आयोगले समेत त्यसैलाई सदर गरिदियो । | सरकारसामु निरीह बन्दै निर्वाचन आयोग | 724 |
नेपालका कम्युनिस्ट नेता र वामपन्थी बुद्धिजीवीहरुबीच आइतबार छलफलको विषय थियो ' नेपालमा पुँजिवादको चरित्र ' । नेपाल अध्ययन केन्द्रले आयोजना गरेको बहसमा कार्यपत्र प्रस्तोता थिए - एमाले उपमहासचिव घनश्याम भुसाल । भुसालले बोल्दाबोल्दै बिनोद चौधरीको प्रसंग निकाले । | घनश्याम भुसालको निष्कर्षः विनोद चौधरी दलाल पुँजीपति हुन् | 258 |
काठमाडौँ– ' सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान ' भन्ने नाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको पाँचौँ शिखर सम्मेलन भोलिदेखि यहाँ शुरु हुँदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित सो तीनदिने सम्मेलनमा नेपालसहित भारत , चीन , जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एकहजार वैज्ञानिकको सहभागिता रहनेछ । परिषद्का अध्यक्ष प्राडा . अञ्जनीकुमार झाले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए । | स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको पाँचौँ शिखर सम्मेलन भोलिदेखि | 440 |
देवकुमार सुवेदी ! यो नाम सुन्नेबित्तिकै प्रायः सबैको आँखामा विद्यार्थी नेताको आकृति उभिन्थ्यो । पछिल्ला केही वर्ष बिस्तारै युवा नेताको पहिचान बन्दै गयो । यही अवस्थाबीच स्थानीय तह निर्वाचन घोषणा भयो । | साझा नेताको छविले देवकुमारको जित | 199 |
सुनसरी र सप्तरीका सरकारी अधिकारीले आज कोशी बाँध तथा स्पर निरीक्षण गरेका छन् । सप्तकोशी नदीमा पानीको बहाव घटबढ हुने क्रम जारी रहेका बेला कोशी फुट्ने हल्ला चलेपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोशी बाँध तथा स्पर निरीक्षण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली , प्रहरी उपरीक्षक विद्यानन्द माझी , प्रमुख कोष नियन्त्रक बद्री घिमिरे सहित सबै सुरक्षा निकायका पदाधिकारी निरीक्षणमा सहभागी थिए । | ' भारतीय पक्षबाट थप सुरक्षा गरिने भएकाले कोशी फुट्ने सम्भावना न्यून ' | 407 |
बहुमूल्य मुगाको मालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बौद्ध बस्ने ग्याल्पो तामाङ र यमन नागरिक महमद याया असिद छन् । उनीहरुको साथबाट प्रहरीले # किलो अवैध मुगाको मालासमेत बरामद गरेको परिसरका डिएसपी मोहनकुमार थापाले बताए । | बहुमूल्य मुगाको मालासहित # पक्राउ | 241 |
घरमा चर्पी नबनाउने व्यक्तिलाई खोटाङको पाथेकास्थित राजनीतिक दलहरूले पार्टी सदस्यता नदिने घोषणा गरेका छन् । गाविसलाई आगामी माघ मसान्तभित्रमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सफल बनाउन गाविसका सबै राजनीतिक दलका स्थानीय नेतृत्वले घरमा चर्पी नबनाउने व्यक्तिलाई पार्टी सदस्यता नदिने घोषणा गरेका हुन् । पाथेकामा आयोजना गरिएको सरसफाइ सम्मेलनमा सहभागी राजनीतिक दलका स्थानीय नेताले चर्पी नबनाउने र चर्पी प्रयोग नगर्ने व्यक्तिको पार्टी सदस्यता नवीकरण नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् । | चर्पी नबनाउको पार्टी सदस्यता खारेज हुने | 489 |
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–# कृष्णभीरमा बस तथा दुुई माइक्रो एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ## जना घाइते भएका छन् । आइतबार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु#ख #### नम्बरको बस , चितवनबाट काठमाडौं आउँदै गरेको बा#ख #### नम्बरको माइक्रो र बा#ख #### नम्बरको माइक्रो एक–आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा धादिङ बेनीघाट रोराङ गाउँपालिका , महादेवस्थानका ## वर्षीय श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी ## वर्षीया गीता गिरीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले बताए । | कृष्णभीरमा सवारी दुर्घटना , दुईजनाको मृत्यु , ## घाइते | 547 |
पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण पदबाट अवकाश पाएकी छन् । कार्कीलाई सोमबार सर्वोच्च अदालतले एक कार्यक्रमबीच बिदाइ गरेको छ । ## वर्ष उमेर पुगेपछि उनले अनिवार्य अवकाश पाएकी हुन् । | सकियो सुशीलाको कार्यकाल | 202 |
काठमाडौँ – प्रहरी निरीक्षक सीताराम हाछेथुले ट्राफिक व्यवस्थापनपछि चलचित्रको लेखनतिर पनि हात हालेका छन् । उनको लेखनमा बनेको ' ट्राफिक अंकल ' नामक छोटो चलचित्र आइबार विमोचन गरिएको छ । नेपाल पुलिस क्लबमा आयोजित एक कार्यक्रमबीच आइजिपी प्रकाश अर्यालबाट विमोचन गरिएको हो । | प्रहरी निरीक्षक हाछेथु अब लेखनमा पनि , छोटो चलचित्र ' ट्राफिक अंकल ' सार्वजनिक ( हेर्नुहोस् भिडियो ) | 266 |
सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा ## जनाको ज्यान गएको छ । ## भन्दा बढी घाइते भएका छन् । बिहानको व्यस्त समयमा राजधानी मोगादिशुको चेकपोस्ट नजिकै बम विस्फोट भएको हो । | सोमालियामा विष्फोट , ## जनाको मृत्यु | 169 |
केही वर्षअघिसम्म तिलिचो ( # , ### मिटर ) सम्म जान निकै सकसको सामना गर्नुपर्थ्यो । मनाङमा सडक पुगेको थिएन । लमजुङको बेंसीसहरबाट ## दिनमा हिँडेर तिलिचो पुगिन्थ्यो । | तिलिचो उक्लिँदै पर्यटक | 162 |
कैलालीको टीकापुर नगरपालिका–# मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । स्थानीय ## वर्षीय मोतीराम चौधरीले सोही ठाउँका ## वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पु - याएपछि उनको मृत्यु भएको उनले बताए । | छिमेकीको हत्या | 376 |
गोरखाको बारपाकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । रोटरी क्लब अफ बज्र मनासलुले शनिबार सुलिकोट गाउँपालिका # बारपाकस्थित हिमालय माविमा स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा ### जनाले स्वास्थ्य परीक्षण गराएका छन् । | बारपाकमा निःशुल्क स्वास्थ्य शिविर , ### जना लाभान्वित | 224 |
महानगरीय प्रहरी कार्यालयमा कार्यरत रहेका नेपाल प्रहरीका डिआईजी गणेश केसीले पनि आईजीपी प्रकाश अर्यालसँगै ## वर्षे उमेरहदका कारण नियमित अवकाश पाउँदैछन् । आईजीपी अर्यालसँगै नेपाल प्रहरीका ## एआईजी , # डिआईजी र # एसएसपी गरी ## अधिकृतले उमेरहदका कारण नियमित अवकाश पाउँदैछन् । अवकाश पाउन एकदिन बाँकी रहँदा डिआईजी गणेश केसीले सामाजिक सञ्जाल फेसबुकमा आफू भोलिदेखि ' नेपाल प्रहरी सेवा ' बाट निवृत हुन लागेको जानकारी दिएका छन् । | बिदा हुन लागेका डिआईजीले लेखे यस्तो भावुक स्ट्याटस | 418 |
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उच्चस्तरीय भेटवार्ता गरेका छन् । # . राजकीय भ्रमणका लागि बिहीबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार औपचारिक रुपमा स्वागत गरिएको छ । राष्ट्रपति भवनमा कार्गेडसहित पुगेका उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे । | दिल्लीमा प्रचण्डलाई मोदीको स्वागत , हेर्नुस् # तस्वीर | 303 |
काठमाडौं नेपाली जनताले महँगो मूल्यमा औषधि किन्दै आएकामा अब कम्तीमा ## प्रतिशतसम्म कम मूल्यमा पाउने भएका छन् । सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका औषधालयमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिशसहित सुझाव पेश गर्न सरकारद्वारा गठित उच्चस्तरीय समितिले आज प्रधानमन्त्रीलाई बुझाएको अध्ययन प्रतिवेदनले हालको औषधिको मूल्यमा ## प्रतिशतसम्म कम गर्न सकिने सुझाव दिएको छ । समितिले झण्डै चार महिनासम्म औषधि व्यवसायी , सरकारी औषधालय , विभिन्न सार्वजनिक संस्थान , नेपाल औषधि उत्पादक संघ र छिमेकी देशको औषधि खरिद र व्यवस्थापनसम्बन्धी व्यवस्थाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो । | अब औषधिको मूल्य ## देखि ## प्रतिशतसम्म कममा पाइने | 592 |
पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले नेपालको समृद्धिको आधार पर्यटन भएको बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राज्यमन्त्री बुढाले पर्यटन क्षेत्रमा कम लगानी बिना नै धेरै आम्दानी गर्न सकिने भएकाले यसमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुन नसकेको उल्लेख गर्दै उनले प्रबद्र्धनमा ध्यान दिएर फाइदा लिनु पर्ने बताए । | नेपालको समृद्धिको आधार पर्यटनः राज्यमन्त्री बुढा | 386 |
अमेरिकामा आगामी नोभेम्बर # मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् । उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी , न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहेका छन् । उक्त दिन अमेरिकामा ## सिनेटको पद , ### कङ्ग्रेस , ## गभर्नर , स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ । | अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार | 361 |
नायिका रेखा थापा बर्षमा एकपटक चलचित्रमा अभिनय गर्छिन् । तर , उनले आफ्नै ब्यानरमा बनाएका चलचित्र हिट हुन्छन् । यसैले पनि होला रेखाको डिमाण्ड चलचित्र क्षेत्रबाट कहिले हटेको छैन । | छम - छम पाउजु बजाउँदै छोरासँग यसरी नाचिन् रेखा ( भिडियो ) | 176 |
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले समग्र देशको धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । आफ्नो गृहजिल्ला दार्चुलाको ग्वानी गाविस–# मा निर्माण भएको शैल्य शिखर प्रवेशद्वार तथा पदमार्गको सोमबार उद्घाटन गर्दै उनले सो धारणा राखे । जिल्लामा थुप्रै धार्मिक एवम् ऐतिहासिक स्थल भएको भन्दै उनले यस्ता क्षेत्र पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरी जिल्लाको आर्थिक गतिविधि बढाउन सकिने बताए । | धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्छः प्रवक्ता बडु | 436 |
हाम्रो देशमा उसै त नेताहरुको छवि जनताको नजरमा निकै खराब छ । चुनावमा भोट हालेका उनै नेताहरुलाइ जनताले दुत्कार्नु परेको छ । तर हामीकहाँ तिनै नेताको विकल्प छैन । | कुकुरलाई बनाइयो सहरको मेयर | 158 |
वीरगञ्जको मुटुमा रहेको आदर्शनगर ग्रिनसिटीको रुपमा परिचित छ । स्थानीय स्तरमा गठन भएको गि्रनसिटी सामुदायिक केन्द्रको सक्रियतामा आदर्शनगरलाई ग्रिन सिटी बनाइएको छ । सडकको दायाँबायाँ किनारामा रुख बिरुवा विस्तारै हुर्कदैछन् । | दीपावलीका लागि आदर्शनगरमा # लाखको सजावट | 219 |
उपत्यकाका बिभिन्न होटल , रेस्टुरेन्ट , गुँदपाक , पिउने पानी , आइस्क्रिम लगायतका खाद्य बस्तुमा कैफियत भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंले अनुगमनका क्रममा यी बिभिन्न खाद्य बस्तुमा कैफियत भेटेको हो । मोबाइल प्रयोगशाला भ्यान परिचालन गरि गोंगबु र शुर्यविनायकका विभिन्न होटल , रेष्टुरेण्ट , गुँदपाक पसल , प्रशोधित पानी डिपो , आइसक्रिम , दुधआदी खाद्य बस्तुमा अनुगमन गरिएको हो । | उपत्यकाका बिभिन्न खाद्यवस्तुमा कैफियत | 405 |
तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा पाँच करोडको कारोबार भएको छ । महिला उद्यमी महासंघ , नेपालले ललितपुरको हेरिटेज गार्डेनमा आयोजना गरेको मेलामा उक्त कारोबार भएको हो । ' उद्यमी बनौं देशलाई सघाऔं , हटेर होइन डटेर लागौं ' नारासाथ पाँच दिनसम्म चलेको मेलामा अपेक्षा गरेभन्दा बढी कारोबार भएको महासंघकी प्रथम उपाध्यक्ष रीता सिमाहाले जानकारी दिइन् । | पाँच करोडको कारोबार | 355 |
स्थानीय तहमा दलित महिलाको अनिवार्य प्रतिनीधित्वको व्यवस्था भएपनि उपलब्धीमूलक हुन नसकेको गुनासो दलित अगुवाहरुले गरेका छन् । वीरगञ्जमा शुक्रबार आयोजित एक अन्तर्क्रियामा अगुवाहरुले स्थानीय तहमा दलित महिला सदस्यको सहभागीता अनिवार्य गरे पनि उपलब्धीमूलक नभएको बताएका हुन् । दलित महिला संघ पर्साकी अध्यक्ष निला रामले दलित समुदायबाट प्रतिनिधित्व गरेका महिलाहरुले दलित महिलाका सवालाहरुको उठान गर्न नसकेको गुनासो गरिन् । | दलित अगुवाको गुनासो : स्थानीय तहमा दलित सहभागीता प्रभावकारी भएन | 410 |
प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर ( नली ) बुधबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको छ । सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार गर्दा मुटुमा क्याथेटर राखिएको थियो । सेन्टरका चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर ## मिनेटमा निकालिएको थियो । | प्रधानमन्त्रीको मुटुमा राखिएको नली निकालियो | 374 |
पछिल्ला केहि महिनायता कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा हात्तीले आतंक मच्चाएको छ । किसानको धानबाली भित्र्याउने समयदेखि जिल्लामा जंगली हात्तीको झुण्डले कतिपय स्थानमा क्षती गर्दै आएका छन् । बालीनाली मात्रै नभएर मानविय क्षती समेत भएको छ । | कञ्चनपुरमा हात्ती आतंकः तीन वर्षमा तीन जनाको मृत्यु | 237 |
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग शुक्रबार सङ्क्षिप्त कुरा गर्दै उनले ## वर्षपछि चीनका राष्ट्रपति नेपाल आउनुले सबै नेपालीलाई उत्साहित बनाएको बताए । उपसभापति गच्छदारले चिनियाँ राष्ट्रपतिको यो भ्रमणले नेपाललाई सुखद अवसर प्राप्त भएको छ भन्दै भ्रमणबाट कति उपलब्धि हासिल गर्न सकिन्छ यो सरकारमा निर्भर रहने बताए । | चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक उपलब्धी : गच्छदार | 445 |
पछिल्लो ## घण्टाको विवरण हेर्दा मुलुकभरका वनजङ्गलमध्ये एक हजार ### स्थानमा डढेलो लागेको देखिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस् स्याटलाइटले पठाएको तस्बीरमा नेपालका ## जिल्लामा आगलागी भएको देखिएको हो । जसमध्ये सबैभन्दा बढी कैलालीमा ### स्थानमा वन डढेलो लागेको देखिएको छ । | मुलुकभर #### स्थानमा डढेलो , धेरै कैलालीमा | 281 |
महिला ग्राहकका लागि मेगा बैंकले मेहन्दी उत्सव आयोजना गरेको छ । साउन महिनाभर चल्ने यो उत्सवमा ग्राहकले मेगा बैंकका विभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन् । मेगा बैंकको राइजिङ मलस्थित मुख्य शाखामा हालै मेहेन्दी लगाउने ग्राहकको भिड थियो । | मेगाको मेहन्दी उत्सव | 258 |