text
stringlengths 160
185k
| timestamp
stringlengths 19
19
| url
stringlengths 18
2.21k
| source
stringclasses 1
value |
---|---|---|---|
पुसमा मात्र १३ सय टन तरुल, २४२ टन सखरखण्ड र १७२ टन पिडालु भित्रियो – देशसञ्चार
पुसमा मात्र १३ सय टन तरुल, २४२ टन सखरखण्ड र १७२ टन पिडालु भित्रियो
पूर्णिमा विश्वकर्मा पुस २९, २०७६
काठमाडौँ– माघे संक्रान्ति र तरुलको सम्बन्ध पुरानो हाे। यस पटकको माघे संक्रान्तिका लागि काठमाडौँमा तराईसहित नेपालका विभिन्न जिल्लाबाट तरुल भित्रिएको छ। गत वर्षको तुलनामा यस वर्ष तरुलको मागसमेत बढेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार समितिका उपनिर्देशक विनय श्रेष्ठले माघे संक्रान्तिका लागि तरुलको माग बढी हुने बताए।
उनका अनुसार यस वर्षको पुस महिनामा १ हजार २ सय ९५ टन तरुल, २ सय ४२ टन सखरखण्ड र १ सय ७२ टन पिडालु भित्रिएको छ। उनले भने, 'तराईका विभिन्न क्षेत्रबाट तरुल राजधानी भित्रिएको छ। सर्लाहीबाट मात्रै ५ सय ५२ टन आएको छ।'
गत वर्षको पुस महिनामा ९ सय ८२ टन तरुल, १ सय ३० पिडालु र १ सय ६३ टन सखरखण्ड भित्रिएको श्रेष्ठले जानकारी दिए। गत वर्षको पुस महिनाको तुलनामा यस वर्ष ३ सय १३ टन बढी तरुल भित्रिएको छ।
विशेषगरी माघे संक्रान्तिलाई लक्षित गरेर तराईबाट उपत्यकामा हरेक वर्ष तरुल भित्रिने गरेकाे उपनिर्देशक श्रेष्ठले बताए।
काठमाडौँमा यस वर्षको पुस महिनामा ७ करोड ४२ लाख ६८ हजार दुई सय ५० रुपैयाँ बराबरको तरुल भित्रिएको छ। गत वर्ष सोही अवधिमा तीन करोड ९० लाख ८३ हजार ६ सय रुपैयाँ बराबरको तरुल भित्रिएको थियो।
यस वर्ष तरुलको मागमा मात्रै होइन मूल्यमा पनि वृद्धि भएको छ। यतिबेला तरुल (औसत मूल्य) प्रतिकेजी ५७.३५ रुपैयाँ, पिडालु ४९.१९ रुपैयाँ र सखरखण्ड ५७.५० रुपैयाँमा विक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जानकारी दिएको छ।
गत वर्ष सोही अवधिमा तरुल (औसत मूल्य) प्रतिकेजी ३९.८० रुपैयाँ, पिडालु ४७.५९ रुपैयाँ र सखरखण्ड ५०.०४ रुपैयाँमा कारोबार भएको थियो। गत वर्षको तुलनामा यस वर्ष तरुलको औसत मूल्य १७.७७ रुपैयाँले वृद्धि भएको छ।
यस वर्ष पुस महिनामा भारतबाट ४२.२२ टन सखरखण्ड मात्रै आयात भएको छ। नेपालमा उत्पादन भएको तरुलले नेपाली बजारकाे माग धानेको श्रेष्ठले बताए।
काठमाडौँमा झापा, गोरखा, नवलपरासी, काभ्रे, दोलखा, धादिङ्ग, चितवन, सिन्धुली, रौतहट, उदयपुर, नुवाकोट, सर्लाही लगायतका जिल्लाबाट तरुल भित्रिने गर्छ।
यस्तै कालिमाटी बजारकी खुद्रा व्यापारी विमला ढकालले स्कुसको जरा, हात्तीपाइले, सिमल, वन तरुल लगायतकाे विक्री भइरहेको बताइन्।
उनले तरुलको नाम अनुसार मूल्य पनि फरक रहेको बताइन्। उनले भनिन्, 'स्कुसको ३ सय रुपैयाँ, हात्तिपाइले तरुल एक सयदेखि एक सय २० रुपैयाँ, सिमल तरुलको एक सय रुपैयाँ, वन तरुल एक सय ५० देखि पाँच सय रुपैयाँ र सखरखण्ड एक सय रुपैयाँमा विक्री भइरहेको छ।' | 2020/08/06 00:35:12 | https://deshsanchar.com/2020/01/14/300184/ | mC4 |
टियुले जित्यो युनिभर्सिटी कपको उपाधि – WicketNepal
टियुले जित्यो युनिभर्सिटी कपको उपाधि
Birat Jung Rayamajhi, २०७४ चैत्र ३, शनिबार १८:३९
विकेटनेपाल, ३ चैत
त्रिभुवन युनिभर्सिटी क्रिकेट टिमले दोश्रो युनिभर्सिटी कप क्रिकेटको उपाधि जितेको छ। फाइनलमा डीएभीलाई ६ विकेटले पराजित गर्दै टियुले उपाधि सहित २ लाख रुपैयाँ र ट्रफी हात पार्यो भने उपविजेता डीएभीले १ लाख रुपैयाँ र ट्रफीमा चित्त बुझायो।
प्रतियोगिताको उत्कृस्ट खेलाडी टियुका अलराउण्डर इशान पाण्डे घोषित भए जसले रु. २५ हजार हात पारे। यस्तै प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान डीएभीका आदील खान, उत्कृस्ट बलर टियुका सागर ढकाल तथा उदयमान खेलाडी महेश खत्री घोषित भए जसले १०/१० हजार पुरस्कार पाए। बिजेता खेलाडीहरुलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, मुख्य प्रायोजक गोल्डेन गेट कलेजका सीईओ रमेश शिलवाल र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए।
आयोजक युनिभर्सिटी क्रिकेट क्लबले समापन समारोहमा त्रिभुवन युनिभर्सिटी क्रिकेट टिमका प्रथम कप्तान दुर्गानाथ सुबेदीलाई नेपाली क्रिकेट र युनिभर्सिटी क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरेको छ। उनलाई गोल्डेनगेटका सीईओ शिलवालले कदर पत्र प्रदान गरे।
अन्तिम ओभरमा पुग्यो खेल
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिंग गर्दै डीएभीले दिएको १४२ रनको लक्ष्य टियुले अन्तिम ओभरमा पछ्यायो।
लक्ष्य पछ्याउने क्रममा ओपनर रबिन जोशी र इशान पाण्डेले उत्कृस्ट साझेदारी गर्दै १२७ रन बनाएका थिए। जोशी ७१ रनमा आउट भए जसअघि ६ चौका र २ चौका प्रहार गरे। जोशीको विकेटपछि लगातार विकेट गुमाएको टियु १६.२ ओभरमा १२७/१ को अवस्थाबाट १ रन जोड्दा १७.३ ओभरमा १२८/३ को अवस्थामा पुग्यो। सोनु तामांग १ रन र पृथु बास्कोटा खाता नखोली नन्दन यादबको बलमा आउट भए।
त्यसपछि इशान पाण्डेले टिमलाई जित नजिक पुर्याएर व्यक्तिगत ५७ रनमा ( ५१ बल, ८ चौका ) १९ औं ओभरको अन्तिम बलमा आउट हुँदा खेल रोमान्चक बनेको थियो। अन्तिम ओभरमा जितको लागि टियुलाई ६ रन आवस्यक थियो र अन्तिम ओभर बलिंग गर्न आए सुमित झा।
झाले पहिलो बलमा वाइड फाले जसपछि दोश्रो बलमा सुबास खकुरेलले १ रन लिए। बिक्रम सोबले सामना गरेको तेश्रो बलमा लेग बाइको रुपमा १ रन आएपछि अन्तिम ४ बलमा टियुलाई जित्न ३ रन आवस्यक थियो। चौथो बलमा खकुरेलले झाको बललाई स्क्वायर लेगमा चौका प्रहार गर्दै टियुलाई उपाधि दिलाएका थिए। सुबास ७ रनमा अविजित रहे।
डीएभी बलर नन्दन यादब र दिलिप यादबले समान २/२ विकेट लिए।
डीएभीको ब्याटिंग
टस जितेर ब्याटिंग गरेको डीएभीको लागि ओपनर सुधिर चौधरीले ६४ रनको पारि खेले। त्यसक्रममा उनले ४८ बलमा ७ चौका र २ छक्का हिर्काए। तेश्रो विकेटको लागि चौधरीले सन्तोष पौडेलसंग ५५ रनको साझेदारी गर्दै टिमको स्कोर १०० पार गराएका थिए। पौडेल ३५ रन बनाएर आउट भए।
बिबेक राना मगरले अविजित १२ तथा संजय बस्नेतले अविजित १३ रन बनाउदै टिमको स्कोर २० ओभरमा ४ विकेट गुमाएर १४१ रन पुर्याएका थिए। बस्नेतले ४ बलमा १ चूक र १ छक्का हिर्काए।
टियु बलर इशान पाण्डे, सागर ढकाल र रुपेश श्रीवास्तवले समान १/१ विकेट हात पारे। खेलको प्लेयर अफ द म्याच रबिन जोशी घोषित भए।
सेमीफाइनल खेलमा टियुले कस्मसलाई सुपर ओभरमा पराजित गरेको थियो भने डीएभीले गोल्डेन गेटलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। कुल १६ टिमले सहभागिता जनाएको प्रतियोगिता फाल्गुन २५ गते देखि सुरु भएको थियो। | 2022/05/24 04:06:35 | https://wicketnepal.com/tu-win-university-cup-2018-title-wn018/ | mC4 |
सोनाक्षीले बिकिनी र किस सिन कहिल्यै पनि नदिने | Jukson
सोनाक्षीले बिकिनी र किस सिन कहिल्यै पनि नदिने
उनी भन्छिन् : 'मेरो दुलाहा अग्लो होस् ,बारम्बार मलाई हँसाइराखोस् '
'दबंग' बाट बलिउडमा पाइला चालेकी सोनाक्षी सिन्हा सोही फिल्मबाट संस्कारी नारीको उपमासमेत पाइन् । त्यसपछिका फिल्ममा समेत उनले खुलेर अंगप्रदर्शन र अन्तरंग दृश्यहरु दिएकी छैनन् ।
एक भारतीय सञ्चारमाध्यमसँग लामो कुराकानि गर्ने क्रममा सोनाक्षीले आफू कहिल्यै पनि खुलेर अंगप्रदर्शन पनि नगर्ने र अन्तरंग दृश्य पनि नदिने बताएकी छिन् । उनले भनिन्,'मलाई लाग्छ म साहै् भाग्यमानी छु । मेरो विचारमा मेरो बाबाआमाको ख्यातिले मलाई पनि काम गरेको छ । यसैको कारणले म यहाँसम्म आइपुगेको हूँ । यो क्षेत्रमा जसले अंगप्रदर्शन गर्छ, त्यसको विरोधमा म छैन । कति मजबुरीका लागि गर्छन् त कति रहरमा या कति बुझेरै गर्छन् । तर, म अंगप्रदर्शनमा सिमा नाघ्न सक्दिन । म बिकिनी कहिल्यै लगाउँदिन र किस सिन पनि दिन्न ।'
सोनाक्षी प्रेमका बारेमा पनि खुलेकी छिन् । उनले आफू अहिलेसम्म सिंगल रहेको दाबी गर्दै विवाह भने प्रेमविवाह नै गर्ने बताइन् । 'म प्रेम कहिले होला भनेर पर्खिरहेको पनि छैन र इन्कार पनि गरिरहेको छैन ।' उनले थपिन्,'त्यसो त विवाह, प्रेम भन्ने कुरा भाग्यका कुरा पनि हुन् । जहिले हुन्छ हुन्छ । तर, मेरो विवाह प्रेमबाटै हुन्छ । म चाहन्छु, मेरो दुलाहा अग्लो होस् । बारम्बार मलाई हँसाइराखोस् ।' | 2019/04/24 12:31:17 | http://jukson.com/news/entertainment/_1984 | mC4 |
कोरोना भाइरस नेपाल: काठमाण्डूमा सङ्क्रमण 'समुदाय स्तरमा फैलिएको' आशङ्काकाबीच के गर्दैछ सरकार – Janadesh Daily | ePaper
कोरोना भाइरस नेपाल: काठमाण्डूमा सङ्क्रमण 'समुदाय स्तरमा फैलिएको' आशङ्काकाबीच के गर्दैछ सरकार
घना बस्ती भएको काठमाण्डूमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या थपिँदै गएको तथा ढलमा पनि उक्त भाइरसको 'स्ट्रेन' फेला परेको विवरणहरू सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयले सङ्घीय राजधानीमा परीक्षण बढाउने तयारी गरिरहेको बताएको छ।
"सङ्क्रमितहरू प्राय:ले यात्रा गरेको देखिएको छ। त्यसैले काठमाण्डूमा अझै पनि सङ्क्रमण समुदाय स्तरमा फैलिसकेको छ भन्ने अवस्था छैन," अधिकारीले भने।
तर स्वतन्त्र विज्ञहरू सरकारी दाबीसँग सहमत देखिन्नन्। उनीहरूले काठमाण्डूमा सङ्क्रमण समुदाय स्तरमा पुगिसकेको बताउने गरेका छन्।
ढलमा भाइरस भेटिएको भए पनि त्यसकै आधारमा समुदायमा सङ्क्रमण फैलिसकेको भन्ने नमिल्ने अधिकारीको भनाइ छ।
"अन्य देशहरूमा पनि ढलमा भाइरस देखिएका छन्। पछिल्लो रिपोर्टको प्राविधिक पक्ष मन्त्रालयले हेर्ने नै छ। ढलमा भाइरस देखिएकै अवस्थामा समेत त्यो नसरेको उदाहरणहरू धेरै ठाउँमा छन्," उनले भने।
"नेदरल्याण्ड जस्ता देशहरूमा समेत समुदाय स्तरमा सङ्क्रमण फैलनु अघि नै ढलमा भाइरस देखिएको थियो।"
सरकारी तथ्याङ्क अनुसार काठमाण्डू उपत्यकाको जनसङ्ख्या ४० लाख भन्दा बढी छ।
घना बस्ती भएका कारण उपत्यकामा विशेष सतर्कता अपनाइनुपर्ने मत विज्ञहरूले राखिरहेका बेला मन्त्रालयले चाँडै ठूलो सङ्ख्यामा परीक्षण गर्ने बताएको छ।
तर सरकारले यस अघि असार १५ बाट दैनिक १० हजार परीक्षण गर्ने भन्ने प्रतिबद्धता पूरा गर्न सकेन।
"पछिल्लो समय परीक्षण घटाइएको भन्ने कुराहरू पनि आएका छन्। क्वारन्टीनमा रहेकाहरूको सङ्ख्या घट्दै गएको अवस्थामा त्यस्तो भएको हो। हामीले यात्राको विवरण र स्वास्थ्य अवस्थालाई आधार मानेर परीक्षण गर्ने हो," अधिकारीले बीबीसीलाई भने।
हाल नेपालका विभिन्न क्वारन्टीनहरूमा ३३,१२५ जना छन्।
तर काठमाण्डूमा विदेशबाट फर्केकाहरूको सङ्ख्यामा वृद्धि भएको अवस्थामा परीक्षणको दायरा व्यापक बनाउने विषयमा मन्त्रालयले तयारी थालेको उनी बताउँछन्।
के काठमाण्डू उपत्यकाको समुदायमा कोरोनाभाइरस फैलिसकेको हो
'विश्वव्यापी महामारी बन्न सक्ने' नयाँ भाइरस फेला पर्यो
"त्यसको गर्दा कुनकुन स्थानमा बढी ध्यान दिने भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ," उनले भने।
त्यस बाहेक काठमाण्डूमा प्रयोगशालाहरू पनि थप गर्न लागिएको अधिकारीको भनाइ छ।
काठमाडूमा कोभिड-१९ परीक्षण गर्न सकिने सरकार मातहत रहेका पाँचवटा प्रयोगशाला सञ्चालनमा रहेको अधिकारी बताउँछन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता अन्यको भन्दा बढी छ।
त्यसबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालसहित चारवटा अस्पतालमा प्रयोगशाला बनाउने तयारी भइरहेको मन्त्रालयको भनाइ छ।
यसअघि लकडाउनकै अवधिमा कालीमाटी तरकारी बजार लगायत उपत्यकाका विभिन्न स्थानबाट १० हजार नमुना सङ्कलन गरेर परीक्षण गरिएको थियो।
यस्तो परीक्षणले समुदायमा सङ्क्रमण पुगे नपुगेको थाहा हुनुका साथै परीक्षणका थप योजना बनाउन सहज हुने बताइएको छ।
स्वास्थ्य मन्त्रालयकै अनुसार नेपालमा अगस्ट महिनाको दोस्रो सातासम्ममा सङ्क्रमितहरूको सङ्ख्या ३० देखि ४० हजार पुग्ने सम्भावना छ।
पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या १५,४९१ पुगेको छ। मृत्यु हुनेहरूको सङ्ख्या ३४ पुगेको छ। | 2022/07/02 16:46:17 | https://janadeshdaily.com/1071/ | mC4 |
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा
बिहिबार, ३० असोज २०७६, ११ : १३
सोमबार, २० कार्तिक २०७४, १२ : ०१ | सन्तोष न्यौपाने | @santyneupane
काठमाडौं – केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउँदैछ । चिनियाँ उपमन्त्री सहितको उच्च स्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ।
मुलुकमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्ने यो टोली चार दिनसम्म स्थलगत अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी शनिबार फर्कने योजना छ।
चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा २३ सदस्यी टोली सोमबार बिहान काठमाडौं आउन लागेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । 'नेपालको रेलमार्गको पूर्वाधार निर्माणको विषयमा अध्ययन तथा छलफल गर्न चिनियाँ टोली सोमबार आउँदैछ,' उपाध्ययले नागरिकसँग भने, 'उक्त टोलीले मुख्य रुपमा काठमाडौं–केरुङ र पोखरा–लुम्बनी रेलमार्गको स्थलगत अध्ययन गर्नेछ।'
चिनियाँ टोलीमा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि लगायत छन्।
नेपालमा रेल विकासको सम्भावना अध्ययन र छलफल गर्न आउन लागेको टोलीले केरुङ, पोखरा र लुम्बिनीको स्थलगत अध्ययन सहित नेपालका सरकारी अधिकारीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गर्नेछ । उपाध्यायका अनुसार सोमबार विहान काठमाडौं आइपुग्ने टोलीले सोही दिन दिउँसो मन्त्रालयमा नेपाली अधिकारीहरुसँग छलफल गर्नेछ । 'चिनियाँ टोलीको नेपाल भ्रमणको मुख्य उद्देश्य नेपालमा रेलमार्ग निर्माणको विषयमा छलफल गर्नु हो,' उपाध्यायले भने।
चिनियाा टोली नेपाली प्रतिनिधि सहित मंगलबार चीनको केरुङ जाने कार्यक्रम तह भएको छ । तिब्बतको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । उक्त रेलमार्ग निर्माण गर्न चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अघिल्ला सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमणको अवसरमा उक्त रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो।
चिनियाँ टोली बुधबार पोखरा र बिहीबार लुम्बिनी जाने कार्यक्रम तय भएको छ । उक्त संयुक्त टोलीले काठमाडौं, पोखरा, लुम्बनी रेलमार्गको विषयमा अध्ययन गर्ने जनाइएको छ।
सरकारले काठमाडौं र पोखरालाई रेलमार्गले जोड्ने योजना अघि सारेको छ । त्यसैगरी, पोखरा र लुम्बिनीलाई पनि रेलमार्गले जोड्ने योजना छ । यी रेलमार्गको स्थलगत अध्ययन गर्न चिनियाँ टोलीले भ्रमण गर्न लागेको विभागले जनाएको छ।
सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । अध्ययन अनुसार उक्त रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले गाडीबाट पोखरा पुग्न लाग्ने झन्डै सात घन्टा लामो यात्रालाई दुई घन्टामा झार्ने अध्ययनले देखाएको छ।
टोलीको स्थलगत अध्ययनपछि शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी अधिकारीसँग बैठक गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ टोली शनिबार स्वदेश फर्कनेछ।
चिनियाँ कम्पनीहरूले नेपालको रेलमार्ग निर्माण गर्न चासो देखाउँदै आएका छन् । केही समयअघि अति विकट क्षेत्रमा समेत काम गर्न सक्ने एक उच्च स्तरको चिनियाँ कम्पनी इयुएन इन्जिनियरिङ ग्रुप (सिआरइइसी) ले चीन–नेपाल अन्तरसीमा रेलमार्ग निर्माणको लागि इन्जिनियरिङ सर्भे र डिजाइन अध्ययन गर्ने रुचि देखाएको थियो।
मुलुकमा हाल कुनै पनि रेल सेवा सञ्चालनमा छैन । इतिहास बोकेको जयनगर–जनकपुर रेलमार्ग बन्द भइसकेको छ भने नयाँ मार्ग निर्माणको क्रममा रहे पनि चल्न सकेको छैन।
हाल जयनगरबाट सुरु भएर जनकपुर हुदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटर रेलमार्ग निर्माणको अन्तिम चरणमा छ । जसमध्ये ३५ किलोमिटरमा आगामी फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । उक्त खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउन सकिने रेल विभागले जनाएको छ । तर रेलमार्ग तयार भए पनि रेल उपलब्ध नहुँदा उक्त समयमा चल्न सक्ने सम्भावना कम हुँदै गएको छ।
त्यसैगरी, विहारको जोगबनीदेखि विराटनगरसम्मको ट्र्याक पनि अन्तिम चरणका पुगेको छ । जसको लम्बाइ १८.६ किलोमिटर रहेको छ । यो ट्राक निर्माणको अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।
मुलुकमा विभिन्न रेलमार्गको विषय उठिरहेको भए पनि हाल यि दुई ट्राकको ८८ किलोमिटरको काम भइरहेको छ । निमार्णधिन यि ट्राक बाहेक पूर्व–पश्चिम रेलमार्ग, सात सहरलाई भारतसँग जोड्ने मार्ग, काठमाडौंमा मोनोरेल, चीनबाट रसुवागढी हुदै आउने रेल लगायतका मार्गको चर्चा भइरहेको छ । पूर्व–पश्चिम रेलमार्गको केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने बाहेक अन्य केही काम हुन सकेको छैन । रेल विभागले दिएको जानकारी अनुसार बर्दिबासदेखि बुटबल, बर्दिबासदेखि इनरुवा र इनरुवादेखि काकरभित्तासम्मको भागमा डिपिआर तयार भइसकेको छ ।
सरकारले अगाडी सारेको अर्को आकर्षक योजना हो काठमाडौं उपत्यकामा मोनोरेल संचालन हो । योजना अनुसार उपत्यकामा रहेको २९ किलोमिटर रिङरोड वरिपरी मोनोरेल कुद्नेछ । यस योजनाको प्रारम्भिक अध्ययन बाहेक अरु केही हुन सकेको छैन।
मुलुकमा विभिन्न रेलमार्गका योजना भए पनि सरकारी संयन्त्रबीच संमन्वयको अभाव, वन र जग्गाको समस्या, प्रयाप्त बजेट नहुनु, निर्माण सामग्रीको अभाव, प्रयाप्त मात्रामा विज्ञ नहुनु, राजनीतिक अस्थिरता लगायतका समस्या रहेका छन् । यि समस्याले गर्दा मुलुकमा रेलमार्ग निर्माण हुन नसकेको सरोकारवालको भनाइ छ। | 2019/10/17 05:28:04 | https://nagariknews.nagariknetwork.com/news/29939/ | mC4 |
A1nepal.comदोलखा भिमेश्वरको शिलामा पसिना आयो - A1nepal.com
भीमेश्वरको शिलामा पसिना आएपछि प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख मन्दिर पुगी भीमेश्वर मन्दिर पुजा व्यवस्थापन समितिहरुसँग बैठक राखि राष्ट्र प्रमुख समक्ष महाप्रसाद पठाउने चलन अनुसार आज बसेको बैठकले भोली नै राष्ट्रपति कार्यालयमा प्रसाद पठाउने निर्णय गरेको हो । भीमसेनको प्रसाद लिएर दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी, गुठियार, सल्लाहाकार र जनप्रतिनिधि सहितको टोली भोली राष्ट्रपति कार्यालयमा जाने छन । यो समाचार राजधानी दैनिकका लागि दीपशंकर चौलागाईले लेखेका छन् । | 2021/06/13 11:24:31 | https://www.a1nepal.com/2021/05/47676 | mC4 |
June 29, 2018 - TV Annapurna
पहिरो पीडितलाई दश दश हजार सहयोग
June 29, 2018 June 29, 2018 TV-Annapurna
भरत प्रसाद सापकोटा, बागलुङ केहि दिन देखीको वर्षाका कारण जमीन धस्सिएर भूस्खलनको अवस्थामा पुगेको काठेखोला गाउपालिका ९ ५ बिहुँ काउलेको गाउँ प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले पीडितलाई दश दश हजार सहयोग गरेको छ । यसै गरि स्थलगत निरीक्षण अनुगमन गरेर पीडितहरुको मर्कालाई बुझेको छ ।काउले गाउँको ठाउँठाउँमा जमिन चिरा परेर घरहरु चर्किएका छन भने स्थानीय एकदर्जन दलित परिवार बिस्थापितकै अवस्थामा रहेका छन् । गाउँमा जमीन चिरिएर भूस्खलन हुँदै गरेकोअवस्थालाई हेर्दा यसलाई रोकथामको अबिलम्ब व्यवस्था नगरिएमा त्यस देखी तल रहेको मध्यपहाडी लोकमार्ग र मानवबस्तीनै उच्च जोखिममा…
सानिमा लाईफ र मेडिकेयर हस्पिटल बिच नगद रहित स्वास्थ्योपचारको सम्झौता
सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर लि.संग सम्झौता भएको छ । जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब नेपाल मेडिकेयर हस्पिटल एण्ड रिर्सच ले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन वीमा कम्पनीले गर्ने छ ।मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर चावहिलमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट प्रशासनिक प्रवन्धक हरिभक्त सिग्देल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सीले हस्ताक्षर गरेको ईन्स्योरेन्स द्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सो अवसरमा कम्पनीका बरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ र प्रबन्धक…
कानुन संकाय डीन कार्यालयमा तालवन्दी
June 29, 2018 TV-Annapurna
स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रियामा विवाद भएपछि बिद्यार्थीहरुले त्रिभुवन बिश्वबिद्यालय कानुन संकाय डीन कार्यालयमा तालवन्दी भएको छ ।निर्धारण गरिएको कोटाभन्दा बढि बिद्यार्थी भर्ना गर्ने तयारी भईरहेको भन्दै बिद्यार्थीहरुले डीन कार्यालयमा तालवन्दी गरेका हुन् । यसअघि ८ सय सम्मको कोटा निर्धारण गरि प्रवेश परिक्षा लिएको अबस्थामा प्रवेश परिक्षाको नतिजा सार्वजनिक नगरि बिद्यार्थीको संख्या बढाउने चलखेल भएको उनीहरुको आरोप छ । प्रवेश परिक्षाको नतिजा सार्वजनिक गर्नुपर्ने , डिन , सहायक डिन र क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने , कानुनी बिभागमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने बिद्यार्थीहरुको माग छ । त्यस्तै क्याम्पसको पूर्वाधार बढाउनुपर्ने…
बजेटको महत्त्वपूर्ण अंग 'विनियोजन विधेयक २०७५' प्रतिनिधिसभाको बैठकले पास गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक २०७५ लाई पारित गर्न प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावअनुसार विधेयक बहुमतले पारित भएको हो ।तर, यो विधेयक पूर्ण रुपमा पास हुन भने अझै समय लाग्नेछ।राष्ट्रियसभामा छलफल गरी पास हुन बाँकी नै छ। अब राष्ट्रियसभामा पनि सोही विधेयकमाथि छलफल हुनेछ। संसद् सचिवालयका अधिकारीहरूका अनुसार राष्ट्रियसभाले हुबहु पारित गर्ने वा थप संशोधन गर्न सक्नेछ। हुबहु वा संशोधनसहित पास गरेर राष्ट्रियसभाले प्रतिनिधिसभामा पठाउने र राष्ट्रपतिबाट प्रमाणित गराएपछि कार्यान्वयनमा जानेछ। आगामी…
नुहाउन गएकी दुई बालिकाको खोलामा डुबेर मृत्यु
फाईल फोटो रौतहटको स्थानीय खोलामा नुहाउन गएकी २ बालिकाको शुक्रबार डुबेर मृत्यु भएको छ । जिल्लाको राजपुर नगरपालिका-७ स्थित कुडीयामा रहेको भकुवा खोलामा डुबेर १० वर्षीया सविना खातुन र ९ वर्षीया मजदा खातुनको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । घरबाट दुबै नुहाउन गएको बेला घटना भएको हो ।प्रहरी निरिक्षक मनोज यादवले उक्त खोलामा कुनै पनि बालबालिकालाई नुहाउन नपठाउन स्थानीयलाई अनुरोध गर्दै आएको बताए । 'हामीले पहिलादेखि नै भन्दै आएका थियौं,' उनले भने, 'केही महिनाअघि यही खोलामा डुबेर २ बालिकाको मृत्यु भएको थियो ।'
प्रदेश ३ को राजधानी सम्भाव्यता अध्ययन समितिको म्याद १५ दिन थप
प्रदेश राजधानी अध्ययनका लागि प्रदेशसभा ३ ले गठन गरेको सम्भाव्यता अध्ययन समितिको म्याद थप भएको छ ।शुक्रबार बसेको प्रदेशसभा बैठकले एक महिनाको समसीमा तोकेर अध्ययन थालेको समितिको अध्ययन समय र प्रतिवेदनका लागि १५ दिन म्याद थपेको हो ।प्रदेशका १० जिल्लामा राजधानीमाग गरिएपछि अध्ययन समितिले सम्भाव्यता अध्ययन गरेको थियो । राजधानी माग गर्दै प्रदेशसभामा निवेदन दर्ता गरेका काभ्रे, भक्तपुर, नुवाकोट, चितवन, ललितपुर, रसुवा, सिन्धुपाल्चोक, रामेछापको अध्ययन सकिसेकेको समितिले अहिले अस्थायी राजधानी रहेको मकवानपुरको अध्ययन गरिरहेको छ । मकवानपुरको अध्ययन सकेर प्रतिवेदन बुझाउनका लागि थप समय आवश्य भएको समितिका सभापति दीपक निरौंलाले…
तीते करेलाको फाइदासँगै बेफाइदा,यस्तोसम्म हुनसक्छ
June 29, 2018 Annapurna TV
तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। सब्जीको रूपमा प्रयोगगरिने करेला लहरामा फल्ने फल हो। करेलामा रहेको रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ। आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ। विशेषगरी( उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ। पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्याउँछ। रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि…
अधिनायकवाद आउँछ' भनेर 'चैनेकेरे', 'माने' जस्तै थेगो बनाइएको छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रमाथि खतरा छ भनेर आमजनतालाई भ्रमित नपार्न प्रमुख प्रतिपक्षी कांग्रेसलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभा बैठकमा शुक्रबार जवाफ दिँदै उनले 'अधिनायकवाद' आउँछ भन्नु कांग्रेसको थेगोमात्र भएको र लोकतन्त्रमाथि कुनै खतरा नरहेको बताए । उनले मुलुकमा 'कम्युनिस्ट अधिनायकवाद आउँछ' भनेर 'चैनेकेरे', 'माने' जस्तै थेगो बनाइएको उल्लेख गर्दै सरकार लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहेको बताए । 'लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ? आमजनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुनै तागतले पन्छाउन सक्तैन' प्रधानमन्त्रीले भने ।…
ललितपुरमा बस दुर्घटना, ठुलो हताहत भएको आशंका
ललितपुरको कोज्योसोम गाउँपालिका–५ भारदेउमा बस दुर्घटना भएको छ। लगनखेलबाट यात्रु बोकेर डिहेको बा ४ ख ५३६४ बस लेले–चन्दनपुर सडकखण्डमा स्टेरीङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी रवीन्द्र रेग्मीले बस सडकबाट ६० मिटर तल खसेको जानकारी दिए। उनका अनुसार अहिले त्यहाँ प्रहरी टोली उद्धारको लागि पुगिसेकेको छ। बसमा सवार ३५ जना यात्रु थिए। घाइते १६ जनालाई आनन्दवन अस्पतालमा उपचारको लागि ल्याएको र केहीलाई उद्धार गर्ने क्रम जारी छ। 'एक जनाको ज्यान गइसकेको छ,' उनले भने, 'घटनाको प्रकृति हेर्दा धेरै हताहत भएको देखिन्छ, हामी घाइतेलाई अस्पताल…
असार १५ मा कृषिराज्यमन्त्रीले माछा समातेपछि
राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका ८ अर्ताहामा खेतमा माछा समाउने प्रतियोगिता आयोजना भयो । कृषिराज्यमन्त्री रामकुमारी चौधरीले खेतमा अरु प्रतियोगी जस्तै माछा पक्रिइन् । मन्त्रीले खेतमा माछा पक्रेपछि स्थानीयले ताली बजाए । यसअघि उनले स्थानीय परशुराम कार्कीको ठुले मोहर कृषि फारमभित्र धान रोपेर धान दिवसको शुभारम्भ गरेकी थिइन् । | 2018/12/19 05:46:15 | https://www.tvannapurna.tv/2018/06/29/ | mC4 |
'संकी प्रधानमन्त्री चाहिदैन, देश डुबाउन पाइदैन' भन्दै विवेकशील साझाले गर्यो पोखरामा प्रदर्शन - Jukson.com
'संकी प्रधानमन्त्री चाहिदैन, देश डुबाउन पाइदैन' भन्दै विवेकशील साझाले गर्यो पोखरामा प्रदर्शन
Jukson५ पुष २०७७, आईतवार १९:०२ मा प्रकाशित
'संकी प्रधानमन्त्री चाहिदैन, देश डुबाउन पाइदैन' भन्दै विवेकशील साझा पार्टीले पोखरामा प्रदर्शन गरेको छ। संसद विघटनको विरुद्ध पोखराको महेन्द्रपुलमा प्रदर्शनमा उत्रिएका विवेकशील साझाका नेता– कार्यकर्ताले प्रधानमन्त्रीको सनकमा देश डुबाउन नपाइने बताएका हुन् ।
'देश प्रतिगमनतिर गइराखेको छ', विवेकशील साझाका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले भने, 'अहिलेको उपलब्धीमा विश्वास राख्ने लोकतान्त्रिक शक्ती एकठाउँमा आएर आवाज बुलन्द गर्नुपर्छ ।' संसद विघटनको प्रतिवाद गर्न विवेकशील साझा पार्टी सडकमा उत्रिएको उनले बताए ।
अहिले सरकार चलाइरहनेहरु २०६२/०६३ को जनआन्दोलनमा सहभागी नभएको भण्डारीले दाबी गरे । 'जनआन्दोलनको बेलामा एक दिन पनि सडकमा नआएको शक्ति अहिले सत्ता चलाइरहेको छ', उनले भने, 'त्यो शक्तिले यतिखेर संविधान मिच्ने र लोकतन्त्रको उपहास गरिराखेको छ ।' संसद विघटन, अध्यादेश लगायतका घटना यसका उदाहरण भएको भण्डारीको भनाइ छ ।
सरकारमा रहेका शक्ति भारतको इशारामा जनआन्दोलनका बेला पनि आन्दोलन विरोधी अभिव्यक्ती दिने गरेको भण्डारीले बताए । संघीयता, गणतन्त्र र लोकतन्त्रको मजाक गरिरहेको भन्दै उनले यसका विरुद्ध एकताबद्ध हुन उनले आग्रह गरे । 'कहिलेकाँही तानाशाही सनकमा कदम चाल्छन् र कहिल्यै नउठ्ने गरी चकनाचुर हुन्छन', उनले भने, 'कुतिको मार्ग हिँडेर काशी पुगिदैन, लोकतन्त्र र गणतन्त्रको पछाडी फर्केर जान सकिँदैन ।'
सरकारले चालेको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध जनतालाई सडकमा उतार्ने समेत भण्डारीले चेतावनी दिए ।
विवेकशील साझा पार्टीका केन्द्रिय सदस्य रजनी केसीले सरकारले सिफारिस गरेको संसद विघटन प्रस्ताव राष्ट्रपती विद्यादेवी भण्डारीले स्विकृत गरेर गरिमा गुमाएको बताइन् । 'संसद विघटन गर्ने विशेष अधिकार प्रधानमन्त्रीलाई छैन', केसीले भनिन्, 'अब सदन बसेर बैकल्पिक सरकार गठन गर्न सक्छ ।' | 2021/04/14 05:03:04 | https://jukson.com/hamrodesh/political/sajha-party-protest/ | mC4 |
नदी नियन्त्रणमा बजेट अभाव ः बाढीको क्षति दोब्बर « गोर्खाली खबर डटकम
नदी नियन्त्रणमा बजेट अभाव ः बाढीको क्षति दोब्बर
नदी नियन्त्रणका लागि पर्याप्त बजेटको व्यवस्था हुन नसक्दा झापाका मुख्य चार नदीको बाढीले आउँदो बर्खायाममा पु¥याउने क्षति विगतको तुलनामा दोब्बर हुनसक्ने अनुमान गरिएको छ । यहाँका कनकाई, रतुवा, मावा र विरिङ नदीले गत बर्खामा ६८९ घरधुरीलाई प्रभावित तुल्याएको थियो । खेतीका लागि उर्वर मानिएको जग्गामध्ये ३५० बिघा कटान र ७१० बिघा डुबान गरेको जनताको तटबन्ध कार्यक्रम झापाले जनाएको छ । सो बाढीबाट चार हजार २० जना प्रभावित भएका थिए ।
झापाका मुख्य चार नदीको बाढीले उर्वर जग्गामा क्षति पु¥याएर किसानको उठिबास लगाउँदै आएको छ । विगतमा नियन्त्रणका प्रयास भए तापनि कोभिड–१९ को महामारीपछि सरकारले धेरै बजेट दिन नसक्दा नदी नियन्त्रणको कार्यमा असर परेको देखिन्छ ।
''नदीबाट ढुङ्गा बालुवा उत्खनन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गरिनुपर्दछ'', उहाँले भन्नुभयो,''तर झापामा एकातिर वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने र अर्कातिर उत्खननका कार्य हुने गरेको छ । यसको भरपर्दो अनुगमन गरी अनाधिकृत उत्खनन रोकिनुपर्दछ ।''
मध्य झापाको कनकाई नदीले शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका र झापा गाउँपालिकामा पु¥याउने क्षति सबैभन्दा बढी छ । गत बर्खायाममा कनकाई नदीले ती पालिकामा २२२ बिघा जग्गा कटान गरेको थियो भने २४५ बिघा डुबानमा पारेको थियो । सो बर्खामा १६९ घरधुरीका एक हजार २९० जनसङ्ख्या कनकाईको बाढीबाट प्रत्यक्ष प्रभावित भएका थिए ।
पीडित भन्छन् ः "खोला नपस्ने बनाइदेउ"
बाढीबाट धेरै प्रभावित पालिकामध्येको झापा गाउँपालिकाका दर्जनौं बस्ती वर्षेनि विचल्लीमा पर्ने गरेका छन् । बाढी गाउँमा पसेपछि विस्थापित भएका परिवारलाई विद्यालयलगायत नजिकैको सुरक्षित स्थानमा अस्थायी बासस्थान बनाएर राख्ने गरिँदै आएको छ । (रासस) | 2022/05/26 11:10:30 | https://www.gorkhalikhabar.com/archives/29438 | mC4 |
अवैध रकमको विवादकाबीच गभर्नर अधिकारीको रहस्यमय निलम्बन – Nepal Japan
अवैध रकमको विवादकाबीच गभर्नर अधिकारीको रहस्यमय निलम्बन
नेपाल जापान २६ चैत्र १३:४७
मुलुक आर्थिक संकटमा फस्दै गएको, अवैध धनको ओसारपसार बढिरहेको र वैधानिक अर्थतन्त्र खुम्चिदै गएका बेला सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।
अमेरिकाबाट एक व्यक्तिको नाममा अवैध रुपमा ४० करोड रुपियाँ भित्रिएको र त्यो रकम जफ्त गर्न अमेरिकाले पत्राचार गरेको तथा अर्थमन्त्रीले फुकावा गर्न दवाव दिएको समाचाहरु बाहिरएकै बेला गभर्नरका निलम्बनलाई रहस्यमय मानिएको छ ।
सरकारले गभर्नर अधिकारीले केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै शुक्रबार निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको मन्त्रिपरिषद्का एकजना सदस्यले बताए ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी जाँचबुझ समिति गठन भइसकेको उहाँले बताउनुभयो ।
राष्ट्र बैंकका एकजना उच्च अधिकारीले पनि गभर्नर अधिकारी निलम्बनमा पर्नुभएको र उहाँको जिम्मेवारी डेपुटी गभर्नर ढुंगानालाई दिइएको पुष्टि गरेका छन् । | 2022/05/27 19:44:58 | https://www.nepaljapan.com/04/09/537433/ | mC4 |
नेपाली श्रमिकको समस्या लिएर गैरआवासीय नेपाली संघ र IOM बीच छलफल
Posted On:June 10,2020
कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा अलपत्र परेका नेपाली श्रमिकको समस्यालाई लिएर गैरआवासीय नेपाली संघले IOM संग छलफल गरेको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार IOM सँग संघका अध्यक्ष कुमार पन्त सहितको टोलीले छलफल गरेको हो ।
बुधवार भिडियो कन्फ्रेन्समार्फत् भएको छलफलमा संयुक्त राष्ट्र संघ अन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले IOM विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन् ।
लान्डाले कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न सकिने बताएकी थिइन् ।
आइओएमले विश्वभरिका Migrant श्रमिकका लागि सहयोग गर्दै आएको स्मरण गर्दै उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।
झन्डै दुई घन्टा लामो छलफलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ र कोभिड–१९ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
डा. शर्माले संघको भूमिका र कोभिड–१९ को प्रभावमा परेका नेपालीका बारेमा आफ्ना भनाइ राख्दै संयुक्त राष्ट्रसंघका सबै पक्षलाई सहयोगको लागि आग्रह गरेका थिए । झन्डै ८० लाख नेपाली विदेशमा रहेको बताउँदै डा. शर्माले IOM र संघबीच धेरै समान अजेन्डा रहेको बताएका थिए । उहाँले IOM सँग नेपाल फर्किएका श्रमिकको पुनरस्थापना, कार्य क्षमता संकलन लगायत अन्य धेरै विषयमा संयुक्त रुपमा काम गर्न सकिने बताउनु भएको थियो ।
बैठकमा सांसद गंगालाल तुलाधारले कोभिड–१९ ले नेपालमा पारेको प्रभावको विषयमा जानकारी गराएका थिए । संघ अन्तरगतको एनआरएनए फाउन्डेशन परियोजना प्रमुख एकनाथ खतिवडाले बैठकको समन्वय गर्नु भएको थियो ।
गैरआवासीय नेपाली संघका अनुसार IOM प्रमुख लान्डाले तत्काल दुई संस्थाबीच समान धारणा तय गरी सम्झौता गरेर अघि बढ्न सकिने बताएकी थिइन् ।
नेपालले सन् २००६ मा इन्टरनेश्नल अर्गनाइजेशन फर माईग्रेसनको सदस्यता लिएपछि सो संस्था सन् २००७ देखि नेपालमा आप्रवासीहरुको हक र हितको लागि सक्रिय छ ।
IOM ले नेपालमा २०७२ मा भूकम्प गएको बेला देशका विभिन्न भागमा स्वास्थ्य शिविर सञ्चालन गरेर पीडितलाई सहयोग गरेको थियो । | 2021/12/03 15:39:46 | https://nrna.org/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%BF%E0%A4%95%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE-%E0%A4%B2/ | mC4 |
कारोवारीको 'हब'बन्दै दाङ ! | एनपिएल न्यूज
गृह पृष्ठ आर्थिक कारोवारीको 'हब'बन्दै दाङ !
घोराही, ७ पुस । मध्यपश्चिम क्षेत्रको केन्द्रको रुपमा रहेको दाङ जिल्ला पहाडी तथा तराईका जिल्लालाई जोड्ने सङ्गम स्थलको रुपमा रहेसँगै व्यापारिक केन्द्रको रुपमा विकास हुँदैछ ।
रुकुम, रोल्पा, प्यूठान, सल्यानलगायतका जिल्लाबाट केन्द्र राजधानी वा भारतसम्म पुग्न अथवा फर्कनको लागि दाङकै बाटो प्रयोग गर्नुपर्ने हुन्छ भने पछिल्लो समय सडक सञ्जाल जोडिएपछि सुर्खेत, दैलेख, जाजरकोटबाट आउने जाने पनि दाङको बाटो प्रयोग गर्न थालेका छन् ।
लत्ताकपडा, घरायसी सामग्री, उद्योगबाट उत्पादित वस्तुको बिक्री वितरणका लागि पनि दाङकै बाटो प्रयोग हुँदे आएकामा पछिल्लो समयदेखि अवैध कारोवारको लागि रोजको पाइन्छ । पहिलेदेखि नै छिमेकी जिल्लाका कारोवारी अवैध कारोवार गर्दै गरेको अवस्थामा दाङका विभिन्न स्थानमा पक्राउ पर्ने गर्दथे । अहिले पनि यो क्रम रोकिएको छैन ।
छिमिकी जिल्लाका मानिस कारोवारको लागि दाङको बजार वा दाङको बाटोलाई रोज्ने गरेका छन् । दाङमा कारोवार गर्दै गरेको वा ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ पर्ने अधिकांश छिमेकी जिल्लाका हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका गाँजा, भाङ, अफिम, चरेस जस्ता अवैध पदार्थ पहाडी जिल्लामा उत्पादन हुने र बिक्रीको लागि दाङको बजारमा आउने वा दाङको बाटो भएर अन्यत्र लैजाने परिपाटी अत्यधिक रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका तथ्याङ्कअनुसार आव २०७१÷७२ मा तीन किलो ३०० ग्राम अफिमसहित दुई जना पुरुषलाई पक्राउ गरेको थियो । भने अहिले २०७४÷७५ मा किलो २०० ग्रामसहित तीन जनालाई पक्राउ ग¥यो । अन्य लागुऔषधको तुलनामा अफिमसहित पक्राउ पर्ने निकै कम छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा ३६ जना पक्राउ परेका छन् । महिला छ जना र अरु पुरुष छन् । लागुऔषध ब्राउसुगर, चरेश, अफिम र गाँजासहित पक्राउ पर्नेमा २०७२÷७३ मा पनि दुई महिलासहित ३१ जना छन् । त्यस्तै आव २०७३÷७४ मा महिलासहित २५ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक गौतमले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ मा भने ३७ जना पुरुष र छ जना महिला लागुऔषध कारोवारीमा पक्राउ परेका थिए भने चालु आर्थिक वर्ष साउनदेखि यता लागुऔषध कारोवारमा १५ पुरुष र पाँच महिला रहेका छन् । रासस | 2019/05/22 22:45:38 | https://www.nplnews.net/economy/34062.php | mC4 |
कृषि अर्थतन्त्रको सरकारी तथ्यांक र यथार्थ – Sulsule
केशव आचार्य २०७८ असार ६ गते ११:५८ मा प्रकाशित
हाम्रो यथार्थ कृषिको अवस्थालाई हेर्दा लामो समयदेखिको कृषिक्षेत्रमा भएको लगानी खेर गएको देखिन्छ । हाम्रो व्यापार घाटालाई घटाउन र खाद्य संकटको समस्यालाई समाधान गर्न उत्पादन वृद्धि गर्नुपर्ने आवश्यक्ता छ । चामल मात्र होइन तरकारी, दाल, गहुँ, सोयाबिन तेलको आयात पनि बढेको छ । सिँचाइकोे पर्याप्त व्यवस्था, आवश्यक कृषियन्त्र उपकरणको सर्वसुलभ आपूर्ति, बजारको उचित प्रबन्ध, मल, बीउको प्रबन्ध अझै भरपर्दो हुनसकेन । बजार मूल्य चर्को छ, धान्नै गाह्यो भइरहेको छ । यसका लागि खाद्य असुरक्षित क्षेत्रमा फलफूल खेती, पशुपालन, व्यावसायिक प्रशोधन कार्य, कृषिजन्य उद्योगको सञ्चालन र व्यवस्थापन गरिनुपर्छ । (आर्थिक दैनिकबाट) | 2021/07/30 05:34:47 | https://www.sulsule.com/blog/65691/ | mC4 |
आजको राशिफल – वि.सं. २०७३ साल पुस २८ गते। बिहीबार। इश्वी सन् २०१७ जनवरी १२ तारिख। « Npnews
आजको राशिफल – वि.सं. २०७३ साल पुस २८ गते। बिहीबार। इश्वी सन् २०१७ जनवरी १२ तारिख।
858SHARESShareTweet
जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। तापनि मेहनतले विशेष अवसर दिलाउनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। व्यवसायमा पनि राम्रै धन आर्जन हुनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।
हिम्मतले काम लिँदा चिताएको सफलता प्राप्त हुनेछ। प्रतीक्षा गरिएको उपलब्धिले हौसला जगाउनेछ। इच्छाशक्ति बढ्नुका साथै नयाँ कामको योजना अघि बढ्नेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
समयको तालमेल नमिल्दा काममा पछि परिनेछ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ भने मेहनत गर्दा बिस्तारै प्रगति हुनेछ। व्यापारमा लाग्नेहरूलाई सामान्य फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। कमजोरी बाहिर आउनाले नोकरी तथा राजनीतिमा मा समस्या पर्न सक्छ। तापनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
धेरैले मेहनतको तारिफ गर्नेछन्। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वत: हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। सामान्य मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नसोचेको प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। विवादमा अघि नबढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल काम पनि सम्पादन हुनेछ। मेहनतीहरूका लागि समय फलदायी रहनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। आजको कामबाट पछिसम्म फाइदा पुग्न सक्छ। विगतको श्रमबाट मनग्य लाभ हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला।
दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुने समय छ। व्यवसायका लागि यात्राको अवसर जुट्न सक्छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ।
आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारा परिस्थिति आए पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ होला। आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनत गर्दा बिस्तारै फाइदा हुनेछ।
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। सहपाठीहरू पछि पर्नेछन्। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीका माध्यमबाट चिताएको काम बन्नेछ।
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। टाढिएका साथीभाइ तथा आफन्त नजिकिन सक्छन्। भूमि तथा पशुधनबाट पनि फाइदा हुनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। स्थायी सम्पत्ति जोड्ने समय छ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। | 2017/05/24 19:29:25 | http://www.npnews.net/2017/01/11/%E0%A4%86%E0%A4%9C%E0%A4%95%E0%A5%8B-%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A4%BF%E0%A4%AB%E0%A4%B2-%E0%A4%B5%E0%A4%BF-%E0%A4%B8%E0%A4%82-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%A9-%E0%A4%B8%E0%A4%BE%E0%A4%B2-54/ | mC4 |
लकडाउन खुकुलो भएकोमा पोउवा संघको स्वागत, सुरक्षित रहन व्यवसायीलाई आग्रह - समय-समाचार
समय-समाचार शनिबार, २०७७ जेठ ३१ गते, ०५:०८ मा प्रकाशित
पोखरा, ३० जेठ । पोखरा उद्योग वाणिज्य संघले लकडाउन खुकुलो बनाउने सरकारको निर्णयको स्वागत गर्दे सरकारले तोकेका मापदण्ड पूरा गर्दै सुरक्षित तरिकाले आफ्नो व्याापार÷व्यवसाय संचालन गर्न व्यवसायीहरुसँग आग्रह गरेको छ ।
संघका महासचिव अर्जुन पोखरेलद्धारा शुक्रबार जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय श्रम संगठनले विश्व स्वास्थ्य संगठनले तोकेका सुरक्षाका मापदण्ड श्रमिकको हकमा पनि उत्तिकै अपरिहार्य भएको भन्दै सुरक्षा मापदण्ड पूरा गर्न आग्रह सन्दर्भमा जोड्दै उद्योगी÷व्यवसायी, श्रमिक र उपभोक्ता सबैलाई आफू सुरक्षित हुन तथा सुरक्षाका सबै उपाय कडाईका साथ अवलम्बन गर्न अनुरोध पनि गरिएको छ ।
यसका साथै संघले लकडाउनले उद्योग÷व्यवसायमा पारेको असरको मूल्याङकन गर्दै यसअघि घोषित राहत र सहुलियतका कार्यक्रम तत्काल लागु गर्न पनि माग गरेको छ । विज्ञप्तिमा सर्वोच्चसर्वोच्च अदालतले लकडाउन पूर्ण रुपले खुलेको ३० दिनभित्र सबै प्रकारका कर बुझाउन सक्ने गरि नेपाल सरकार, अर्थमन्त्रालय, आन्तरिक राजश्व विभागको नाममा जारी गरेको अन्तरिम आदेशको स्वागत गरेको छ । 'सम्मानित अदालतले लकडाउन पूर्ण रुपले खुलको केही अवधिसम्म सामाजिक दूरी लगायत अन्य विभिन्न सुरक्षित रहने उपायहरु अवलम्बन गर्नु पर्ने अवस्था परिस्थितिलाई विचार गरी विवरण र कर राजश्व दाखिल गर्ने प्रक्रिया र कार्यविधिलाई सरलीकृत गर्नू' भन्ने आदेशको पनि पालना हुन्छ भन्नेमा हामी ढु्क्क छौं', विज्ञप्तिमा भनिएको छ । | 2022/07/01 05:23:03 | https://samayasamachar.com/2020/06/13/%E0%A4%B2%E0%A4%95%E0%A4%A1%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%96%E0%A5%81%E0%A4%95%E0%A5%81%E0%A4%B2%E0%A5%8B-%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A5%8B%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A5%8B%E0%A4%89/ | mC4 |
२४ वर्षदेखि निरन्तर चरा संरक्षणमा बर्ड एजुकेशन, सरकारलाई भने वास्तै छैन (भिडियो) « Image Khabar
२४ वर्षदेखि निरन्तर चरा संरक्षणमा बर्ड एजुकेशन, सरकारलाई भने वास्तै छैन (भिडियो)
२७ पुष २०७७, सोमबार १४:४१
चितवन । ठूला प्रजातिका जीवजन्तुको संरक्षणमा सरकारले अर्बौं रुपैयाँ खर्चिए पनि चरा संरक्षणमा खासै चासो देखाएको पाईंदैन । चराको लागि उपयुक्त वासस्थान रहेको चितवनमा संरक्षणकर्मीको भरमा मात्र गणना हुँदै आएको छ ।
हाल नेपालमा ८ सय ८७ प्रजातिका चराहरू पाइन्छन् । वासस्थान, आहारा र चरा खेल्ने पर्याप्त ठाउँ भएकाले पनि चितवनमा मात्रै ६ सय ५६ प्रजातिका चराहरू छन् । मानिसहरूले आफ्नो रहमाइलोका लागि चराको सिकार गरिरहेको देख्न पाइन्छ । संरक्षण्को अभावमा रहेका चरालाई २०५३ जेठ १३ गतेदेखि बर्ड एजुकेशन सोसाइटी स्थापना गरी संरक्षणकर्मीहरूले संरक्षण गरिरहेका छन् । सरकारले चराको संरक्षणमा चासो नदिएपछि चरा संरक्षणमा चुनौती थपिएको बर्ड एजुकेशन सोसाइटीका पूर्व अध्यक्ष बासु बिडारी बताउनुहुन्छ ।
बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनका पूर्व अध्यक्ष योगेश अधिकारीले पर्यटकले चरा हेरी पैसा दिँदा स्थानीय गुलेली ताकेर त्यही चरा मारिरहेको दर्दनाक अवस्थाले संस्थाको स्थापना भएको स्मरण गर्नुहुन्छ । संस्थाले स्थानीय, विद्यार्थी लगायत चरा संरक्षणमा चासो दिनेहरूसँग मिलेर काम गर्दै आइरहेको छ ।
सोसाइटीले अल्पकालिन र दीर्घकालिन लक्ष्य र योजना सहित चरा संरक्षणको काम गरिरहेका हो । चराको संरक्षणसँगै जैविक विविधतालाई कायम राखी बर्ड टुरिजममा जोड दिने सोसाइटीको योजना छ । २०५३ सालदेखि गणनाकार्य गर्दै आएको सोसाइटीले चरा गणना गर्दै आएको छ । सोसाइटीले बर्ड अफ चितवन नामक पुस्तकनै प्रकाशित गरेर चराबारे अध्ययन अनुसन्धानतर्फ जोड दिइरहेको सोसाइटीका अध्यक्ष रमेश चौधरी बताउनुहुन्छ ।
सोसाइटीले मंगोलियाबाट चितवनको दिव्यनगर आउने कर्याङकुरुङ चरा, बागमती प्रदेशको हेटौंडा स्थित राप्तीमा मात्रै बस्ने र बच्चा समेत कोरल्ने तिलहरी चरालाई जोगाउन विशेष जोड दिएको छ ।
इष्ट एसियन अष्ट्रेलियन फ्लाइ वे र सेन्ट्रल एसियन फलाइ वेबाट चितवनमा आउने चराहरूको दीर्घकालिन संरक्षणमा सरकारले चासो दिए पर्यटक आगमनमा वृद्धि हुनेछ । जसले देशको पहिचान र आर्थिक समृद्धिमा समेत टेवा पुर्याउने पक्का छ । | 2022/01/24 03:49:46 | https://www.imagekhabar.com/news/201169/ | mC4 |
ब्राजिलियन लेखक पावलो कोयलोको चर्चित पुस्तक 'द अल्केमिस्ट' (कमसल धातुलाई सुन बनाउने रसायन वा आयु लम्बाउने औषधि पत्ता लगाउने विद्या अध्ययन गर्ने व्यक्ति) ६० लाख प्रतिभन्दा बढी बिकिसकेपछि एक पत्रकारले प्रश्न राखे। यत्रो किताब बिक्नुको रहस्य के हो ? पावलोले भने– 'इमानदार उत्तर मलाई थाहा छैन।'शुरूमा द अल्केमिस्ट ९ सय कपी छापियो।
त्यसपछि प्रकाशकले रि–प्रिन्ट गरेनन्। पावलोले आफ्नो सपना त्यागेनन्। उनले अर्काे प्रकाशक खोजे र खोजिरहे। भेटे पनि।विस्तारै दश, बीस, पचास हजार हुँदै लाखौंलाख कपी बिक्यो। ६२ भाषामा त उनको पुस्तक अनुवाद नै भयो। ब्राजिलियन लेखकले शुरूमा पावलोलाई मानेनन्। अहिले पनि कतिले मान्दैनन्। अरूले माने पनि नमाने पनि उनले आफ्नो सपना फेरेनन्। बरु सपनासँग नमिल्ने साथी फेर्दै गए। आज पावलो निजी जेटमा चढ्ने लेखक बने।
जीवन हरेकको उस्तै हुन्छ। सबै एकैपल्ट सफल हुँदैनन्। सफलता पछाडि लामो कथा हुन्छ। धोका हुन्छ। अरूले गन्दैनन्। पीडा दिन्छन्। असफल हुन्छ भनेर सफल हुनेले सपना फेर्न हुँदैन। ब्राजिलियन लेखकको आफ्नो कथा बोकेजस्तै बोधराज रेग्मीको पनि आफ्नै कथा छ। धोकाको, पीडा, असफलता र सफलताको। बोधराजले पनि आफ्नो लक्ष्यसँग नमिल्ने साथी फेर्दै गए। विचार फेरेनन्। रविलाल रेग्मी र सावित्रीको छोरा मात्र भएर स्याङ्जा पकवादीमा बसेनन्। सपनामा धार लगाउँदै लगे। त्यसैले त आज कुनै गाउँमा बेनामी भएर उनी बसेनन्। राजधानी आएर आफ्नो नाम एक उपन्यासकार, गीतकार, कोरियन भाषाका चर्चित चार गाइडमध्ये एकमा दर्ता गरे।
जीवन जसोतसो जसको पनि चल्छ। चलेकै छ। जति बेला पनि उद्देश्य सफा भएको मान्छे नै अगाडि जाने हो। दुख त जसलाई पनि हुन्छ। जहाँ दुख हुन्छ। सुख त्यहीं हुन्छ। समयको जीजिविषाले मान्छेलाई एकबाट अनेक बनाउँछ। त्यही अनेकतामा एकता खोज्ने मान्छे नै अगाडि बढ्ने हो| लेखिरहने पढिरहने बोधराजले जिन्दगीको हर मोडबाट शिक्षा लिएर अगाडि बढे। स्याङ्जा जिल्ला अहिले पनि लोकसेवामा नाम निकाल्ने मान्छेमा अग्रपंक्तिमा पर्छ। उनले पनि उति बेलै २०४० सालमा मुखिया पास गरे। त्यसले उनलाई राजधानीमा टिकायो। बाहिरबाट राजधानी केही गर्न आएकालाई गाउँ नै फर्कन पर्ला कि भन्ने बडो पीर हुन्छ। उनले पाएको मुखिया पदले राजधानीबाट फर्कन परेन। पढ्दै गए। दिउँसो काम र रातको पढाइ छाडेनन्।
एसएलसी पास गरेपछि राजधानी छिरेका उनी आईए पास गरेपछि सुुब्बा भए। स्वास्थ्य क्षेत्रमा उनले आठ वर्ष काम गरे। रुकुममा कार्यालय प्रमुख बने। दाङमा सेकेन्डमेन भएर चलाए। सरकारी सिउँदो भनिए पनि त्यसले उनको चित्त बुझेन। साथीहरूको व्यवहार र भ्रष्टाचारी मानसिकताले उनलाई बिरक्त बनायो। उनले आफू केही हुने बन्ने विचार त्यागेनन्। खराब साथी त्यागे। केही बन्नका लागि पैसाको पनि आवश्यकता हुने उनको ब्रह्मले बुझायो। भिजिट भिसामा कोरिया जाने समय थियो उनको। आजभन्दा २२ वर्षअघि उनी त्यसरी नै कोरिया गए। काम गरे। केही कमाए।
जसका कारण राजधानीमा उनको कुटेरोको जोहो भयो। कोरियाले नै उनको जीवनमा धेरै फरक पार्यो। कोरियन भाषा जानेकै कारण आज विश्वभाषा क्याम्पसमा कोरियन भाषाका लेक्चरर बनेका छन्। सिटी मनी एक्सप्रेसमा सिनियर अफिसर छन्। रामायणमा राम १२ वर्ष वनबास बसेको कथाजस्तै कोरियामा १२ वर्ष बस्दाको उनको कथा छँदै छ। जसरी रामको जीवनको उत्सर्ग काल वनबास भएको थियो। बोधराजको पनि कोरियाको बसाइ नै उत्सर्गको काल बन्यो। बिदेसिनु पर्दाको पीडा समेटेर एक उपन्यास नै तयार गरे।
माया नेपाली गीतसंग्रह बनाए। सफल कोरियन गुरु र गाइडका रूपमा चिनिए। श्रीमती केशकुमारी छोरा चण्डी र छोरी पुनमका लागि राम्रो ओत बन्न सके। यी सबैको जग कोरिया नै थियो। कोरियाले बोधराजको जीवन बदल्यो। कौशलटारको उनकै घरमा कुराकानी गर्दा बिहानको सूर्य दिउँसोतिर लम्कँदै थियो। बाहिर राजधानीमा आउँदै गरेको सार्कको हो–हल्ला थियो। एक सामान्य मान्छे पनि नेपाली बिन्दास पारामा यो काम सार्कपछि गरौँ भन्दै हिँडेको थियो।
बोधराज भने कोरियन भाषाका गुरु जो थिए। उनकै घरमा खोलिएको ल्याङ्ग्वेज सेन्टरमा पढाउन जान आतुर थिए। उनलाई सार्कले पनि छोएको थिएन। आफ्नै काम बितिरहेको थियो। त्यही कर्मले नै उनलाई अग्लो बनाउँदै लगेको थियो। कहानी सुन्दा उदेक लागेको थियो। कोदाको रोटी पीपलको टोड्कामा राखेर कुनै दिन स्कुल जान्थे बोधराज। आज राजधानीमा आफ्नै कर्मले घर ठडाएर बसेका छन्। चप्पल नलगाई स्कुल जाने बोधराज आज गाडी चढेर हिँड्छन्। छोराछोरी दुवै हुर्केका छन्। कामको ठाउँमा काम छ |नामको ठाउँमा नाम छ। भन्दैथे– 'म त कल्पना लोकमा छु अहिले।' कोरिया बसिरहेको भए उनको जीवन अहिले जस्तो हुदैनथ्यो। पैसा उनीसँग केही बढी हुन्थयो होला। जीवन सुुखी हुन सक्दैनथ्यो। कोरियामा नबसी नेपाल फर्के। उनी फर्कंदा कोरिया जानेको ताँती रातैभर लाइन लाग्नेमा पुग्यो।
कोरिया देशको नाममा धेरै व्यापार खुले। रेस्टुरेन्ट, ल्याङ्ग्वेज सेन्टर, पुस्तकहरु। उनले पनि पुस्तक लेखे। कोरियन भाषा पढाइको। उनले पनि जानेको कुरा कोरियन भाषा थियो। त्यसलाई लिएर घरमा पढाउने तालिम केन्द्र खोले। बिहानै उनको घरमा राम्रो पढाउँछन् भनेर मान्छे आइपुग्छन्। राम्रो गरेपछि विज्ञापन गर्नै पर्दाेरहेनछ। एकाबिहानै उनको घरमा कोरियन पढ्नेको लाइन थियो। कोरियन भाषाले नै आज उनलाई कोरियन भाषा पढाउने लेक्चररका रूपमा विश्वभाषा कलेजमा नियुक्ति दिलाइसक्यो। सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिट्यान्स कम्पनीमा सिनियर म्यानेजरका रूपमा कार्यरत छन्।
सामान्य जीवन असमान्य बन्दै गएकोमा बोधराज खुसी छन्। जुन कुरा यस्तो भए पनि हुन्थ्यो भनेर सोच्थे। आज उनी त्यही जीवनमा छ। आनन्दका रूपमा जीवन अगाडि बढाउन पाउनुजस्तो सौभाग्य के हुन सक्छ। उनी त्यस्तै शौभाग्यशाली बन्दै छन्। आफूले मनले चाहेको गर्न पाउने एक भाग्यमानी मान्छे। बोधराजको पनि कोरिया बसाइ नै उत्सर्गको काल बन्यो। बिदेसिनु पर्दाको पीडा समेटेर एक उपन्यास नै तयार गरे। माया नेपाली गीत संग्रह बनाए। सफल कोरियन गुरु र गाइडका रूपमा चिनिए। श्रीमती केशकुमारी छोरा चण्डी र छोरी पुनमका लागि राम्रो ओत बन्न सके। यी सबैको जग कोरिया नै थियो। कोरियाले बोधराजको जीवन बदल्यो। | 2021/04/14 04:15:25 | https://siddharthapost.com/710/ | mC4 |
इशा बनिन् पहिलो 'मिस गोरखा' | Suvadin !
इशा बनिन् पहिलो 'मिस गोरखा'
GorkahaDistrict
MissGorkha2017
IshaShaha
KamalaSherstaha
नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी अध्यक्ष एवम् सौन्दर्यकला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले इशाको शिरमा ताज पहिर्याइदिइन्।
Jan 12, 2018 12:38
मिस गाेर्खाकाे ताज जितिसकेपछि मिस गाेर्खाका साथमा अन्य, तस्वीर : हिमाल घले।
गोरखा, २८ पुस – गोरखाकी १९ वर्षीया इशा शाहले 'मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन'को उपाधि जितेकी छिन्। बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा भएकी हुन्।
साथै, निर्णायकले नगद र जिन्सी गरी रु एक लाख बराबरको पुरस्कार इशालाई दिएकी छिन्। सौन्दर्यकला व्यवसायी संघले गरेको प्रतियोगितामा २० जना प्रतिस्पर्धी सहभागी थिए।
प्रकृति श्रेष्ठ फस्ट रनर अप हुँदै नगद र जिन्सी गरी रु ५० हजार बराबरबाट पुरस्कृत भइन्। त्यस्तै, सेकेण्ड रनर अप बसपार्ककी विष्णु घलेले रु ३० हजार बराबरको र थर्ड रनर अप चाइनीज धाराकी सिर्जना मगरले नगद र जिन्सी गरी रु १० हजारभन्दा बढीले पुरस्कृत भएकी छिन्।
सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष सुकु श्रेष्ठले आफूहरुले दुःख गरी पहिलो पटक मिस गोरखाको सफल आयोजना गरेको भन्दै सहयोग गर्नेहरुलाई धन्यवाद दिएकी थिइन्। | 2018/12/12 16:20:23 | https://suvadin.com/news/music-arts-nature-and-creation/first-miss-gurkha | mC4 |
'सिमा रक्षक' देवनारायण यादवलाई भारतमा अपहरणको मुद्दा « Naya Page
'सिमा रक्षक' देवनारायण यादवलाई भारतमा अपहरणको मुद्दा
काठमाडौँ: सीमा रक्षाका लागि भारतीयसँग लाठी लिएर लडेका सप्तरीको तिलाठीका देवनारायण यादव र उनको छोरा अजयलाई अपहरणको मुद्दा चलाएको छ ।भारतको सुनौली गएका बेला प्रहरीले अजयलाई पक्रेको र छोरालाई छुटाउन गएका देवनारायणलाई पनि भारतीय प्रहरीले पक्रेर मुद्दा चलाएको हो । हाल देवनारायण र अजयलाई भारतको सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ ।
देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिहे गरेका छन् । केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि यादव बाबुछोरालाई पक्रेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाइ छ । तर तिलाठीका बासीन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षडयन्त्रको रुपमा लिएका छन् । | 2021/04/19 17:53:56 | https://www.nayapage.com/archives/1637 | mC4 |
एमाले नेता ढकालको पशुपतिमा अन्तेष्टी | Outline News Service
एमाले नेता ढकालको पशुपतिमा अन्तेष्टी
काठमाडौ, २३ चैत(ओएनएस) : आइतबार निधन भएका एमालेका नेता रामनाथ ढकालको आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । केहीबेरअघि ढकालको पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको हो ।
यसअघि उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय बल्खुमा राखिएको थियो । ढकाललाई अन्तिम विदाइ गर्न एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा अन्य पार्टीका नेताहरु उपस्थित भएका थिए । ढकाललाई पार्टीका अध्यक्ष केपी ओलीले पार्टीको झन्डा ओढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए । यस्तै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल थिए ।
यस्तै, स्थानीय विकास मन्त्री तथा कांग्रेस महामन्त्री प्रकाशमान सिंह, कांगेस नेता अर्जुननरसिंह केसी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एमाओवादीका नेता टोपबहादुर रायमाझीलगायतका नेताहरूको बल्खुमा उपस्थिति थियो ।
ढकालको सम्मानमा नेकपा एमालेले तीन दिनसम्म देशभरिका पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
सोमबार बसेको आकस्मिक बैठकले पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वसंसद ढकालको सम्मानमा आधा झण्डा झुकाउनका साथै औपचारिक कार्यक्रमहरु तीन दिनसम्म आयोजना नगर्ने, पार्टी कार्यालयहरुमा शोक पुस्तिका राख्ने र आगामी २०७२ बैशाख ४ गते श्रद्धाञ्जली सभा आयोजना गर्न देशभरिका सबै जिल्ला कमिटीहरुलाई निर्देशित गर्ने निर्णय समेत गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीद्वारा जारी विज्ञप्तिमा ढकालको असामयिक र दुःखद निधन भएकोमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । स्वाइन फ्लुबाट संक्रमित ढकालको आइतबार ग्राण्डी अस्पतालमा निधन भएको थियो । | 2021/06/25 06:49:01 | https://www.onsnews.com/ramnath-dhakal-funeral-on-pashupati/ | mC4 |
वीरगञ्ज कोरोना संक्रमणको उच्च जोखिममा : सेना परिचालन हुने (भिडियोसहित) – Himalaya Television
वीरगञ्ज कोरोना संक्रमणको उच्च जोखिममा : सेना परिचालन हुने (भिडियोसहित)
२०७७ साउन ९ गते २०:०१
९ साउन, २०७७ पर्सा । सरकारले कोरोना संक्रमण समुदायमा नफैलिएको दावी गरिरहेका छ तर पर्सामा समुदायमा नै संक्रमण फैलिएको पाइएको छ । वीरगञ्जमा र्यान्डम परीक्षण गरिएकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो एक सातामा दुई जना डाक्टर र अस्पतालमा अरु नै रोगको उपचार गराइरहेकामा पनि संक्रमण देखिएको छ । समुदायमा संक्रमण देखिएपछि वीरगञ्जमा निशेधाज्ञा जारी गरिएको छ । सरकारले देशभर कोरोना संक्रमण घटिरहेको तथ्यांक सार्वजनिक गरेको बेला विरगञ्जमा कसरी संक्रमण फैलियो त ?
कोरोना संक्रमितको उपचारमा खटिएका नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह । सिंहका अनुसार वीरगञ्जका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
त्यसैले कोरोना संक्रमण देखिएका वीरगञ्जका स्वास्थ्य संस्थामा सावधानी अपनाइएको छ । उहाँका अनुसार नेपाल भारतबीच हुने आउजाउ नरोकिएका कारण वीरगञ्जमा कोरोना संक्रमण बढेको हो ।
सरकारले लकडाउन खुल्ला गरे पनि सीमा नाका खुल्ला गरेको छैन । पर्सामा पर्ने एक सय सात किलो मिटर खुल्ला सीमानाको अधिकांश ठाउँमा गाउँ र बस्ती छन् ।
भारतमा अलपत्र नेपालीले वीरगञ्जको मुख्य नाका प्रयोग गरेर आउन पनि पाउँछन् । तर त्यसरी आउँदा झन्झट हुने भन्दै सीमाका गाउँ र बस्ती हुँदै भारतबाट नागरिक भित्रिएकाले संक्रमण बढेको हो । त्यसैले सीमा क्षेत्रका बासिन्दाले नाकामा कडाइ गर्न आग्रह गरेका छन् ।
वीरगञ्जमा संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न प्रशासन सक्रिय भएको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेसम्मका लागि वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ । उसले सीमा क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द गर्दै नेपाली सेनालाई समेत प्रयोग गर्ने निर्णय गरेको छ ।
पर्सामा बिहीबार ५ जना थुनुवासहित ३१ जनामा संक्रमण पुष्टि भयो । ति मध्ये कतिपयमा लक्षण देखिएको थियो । आफै परीक्षणका लागि पुगेकामा पनि संक्रमण देखिएको छ ।
पछिल्लो पटक भेटिएका अधिकांश संक्रमितको ट्राभल हिस्ट्रि छैन । यसले पनि संक्रमण समुदायस्तरमै फैलिएको देखाउँछ । अब त्यसलाई रोक्न प्रशासनले चालेको कदम कत्तिको प्रभावकारी हुन्छ हेर्न बाँकी छ । | 2022/01/25 01:59:15 | https://www.himalayatv.com/2020/07/24/6776/ | mC4 |
छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु « Khabarhub
काठमाडौं–छोराछोरी पढाउन शहर पसेका जाजरकोट कुसे गाउँपालिका ३ का कर्णलाल जैसी यतिबेला काठमाडौं छाडेर गाउँ फर्कने सोचमा छन् । ३ छोराछोरी पढाउने योजना त्यागेर उनी वर्ष दिन नपुग्दै गाउँ फर्कने निष्कर्षमा पुगेको कान्तिपुर दैनिकमा खबर छ । सरकारले वैशाख २ देखि १६ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान घोषणा गरेको छ ।
प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, जनप्रतिनिधि, शिक्षासेवीले अभिभावकत्व ग्रहण गरेर असहाय बालबालिकालाई गत वर्षदेखि नै विद्यालयमा भर्ना गराएका छन् । तर पाटन उपनामले परिचित पूर्वलडाकु जैसीको न छोराछोरी विद्यालय भर्ना गराउने सामर्थ्य छ, न त अभिभावकत्व दिइदिने कुनै भरपर्दो सहयोगी भेटेका छन् । त्यसैले उनी शैक्षिक सत्रको सुरुदेखि सिंहदरबारका विभिन्न मन्त्रालय धाइरहेका छन् ।
यस्तै नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गबारे छानबिन गर्न माग गरेका छन् । उनले सम्बन्धित कार्यालयले प्रचलित कानुन अनुसार किन्न मिल्लने यकिन गरेकैले आफूले बालुवाटारमा छोराका नाममा आठ आना जग्गा खरिद गरेको उल्लेख गर्दै यसमा छानबिन गर्न माग गरेका हुन् ।
त्यस्तै पत्रिकाले चाउचाउ र खुर्सानीको भर शीर्षकको समाचारमा आठौ राष्ट्रिय खेलकुदमा खेलाडीलाई समस्या भएको खबर पनि प्राथमिकताका साथ छापेको छ ।
संघीय संसद्मा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता शीर्षकको समाचारमा संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैयाँ लिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले २०७४/७५ को प्रतिवेदनमा संसदका महासचिव र कर्मचारीले २०७४ माघदेखि असार मसान्तसम्म गैरकानुनी रूपमा उक्त प्रोत्साहन भत्ता बुझेको उल्लेख गरेको छ । | 2021/12/05 18:00:05 | https://www.khabarhub.com/2019/20/22630/ | mC4 |
पासवर्ड रेडकार्पेट प्रीमियरमा सन्नी लियोनी - Sunkesari
पासवर्ड रेडकार्पेट प्रीमियरमा सन्नी लियोनी
September 12, 2019 September 12, 2019 sunkesari Entertainment
बलीउड अभिनेत्री सन्नी लियोनीले नेपाली मिडियास"ग साक्षत्कार गर्दैछिन् । आज बिहिबार पासवर्ड नेपाली फिल्मको प्रीमियरको लागि दिउसो २ बजे त्रिभुवन बिमानस्थलमा सन्नी लियोनी अवतरण हुने जानकारी पासवर्ड टिमले गराएको छ ।
सांझ ६ ३० बजे कुमारी सिनेमा हलमा हुने नेपाली फिल्म पासवर्डको रेडकार्पेट प्रिमियरमा सन्नीले मिडियासग साक्षात्कार गर्ने बताईएको छ । पासवर्डको प्रीमियरमा सहभागि भएर शुक्रबार दिनभर काठमांडौका बिभिन्न स्थान घुमेर शनिबार मुम्बाई फर्कने कार्यक्रम रहेको बताईएको छ ।
पासवर्डको आईटम गित आजको साम बोलको गितमा पोर्नस्टारको रुपमा परिचित सन्नीको नृत्य रहेको छ सन्नीसंगै अनुपबिक्रम शाही ,बुद्दी बिक्रम फिचर्ड छन् । आजको साम बोलको गितको शब्द बिक्रम जोशीले लेखेका हुन भने अर्जुन पोख्रेलको संगितमा गायिका दुर्गा खरेलले गायकी छन् । गितको छांयाकन लन्डनमा भएको हो । सन्नी लि योनीले एउटा गितको लागि महंगो पारीश्रमीक लिएको चर्चा भएको थियो भने गितको अभिनय देखिनै नेपाली चलचित्रका देखिन पाउंदा खुशीलागेको भन्दै सन्नीले सामाजिक संञ्जाल मार्फत खुशी ब्यक्त गरेकी थिईन ।
अंकित गौतम कार्यकारी निर्माण रहेको सिनेमामा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के।आर थापाको सह(लगानी रहेको सिनेमाको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् । एक्सनप्रधान सिनेमा भदौ २७ शुक्रबारदेखि अलनेपाल रिलिज हुँदैछ । | 2019/09/23 09:56:06 | https://sunkesari.com/%E0%A4%AA%E0%A4%BE%E0%A4%B8%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%A1-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%AE%E0%A4%BF%E0%A4%AF%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A5%80/ | mC4 |
कोरोनाको दोस्रो लहर सुरु भएपछि अधिकांश देशमा एक महिने लकडाउन शुरु - जे देख्छ, त्यही लेख्छ
कोरोनाको दोस्रो लहर सुरु भएपछि अधिकांश देशमा एक महिने लकडाउन शुरु
बिहीबार, कात्तिक १३ २०७७
पेरिस । यूरोपेली राष्ट्रहरुमा कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरले भयावह रुप लिन थालेको छ । फ्रान्समा कोरोना संक्रमणको दास्रो लहरले चापेपछि पुनः एक महिना लामो लकडाउनको घोषणा गरिएको छ । फ्रान्सेली राष्ट्रपति एमानुअल माक्रोनले देशभरि नै नयाँ लकडाउनको घोषणा गरेका छन् ।
फ्रान्सका अस्पतालहरुमा कोरोना संक्रमित चाप निकै बढेकाले यसलाई कम गर्न लकडाउन गर्नु परेको माक्रोनले बताएका छन् ।
उनले राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउन गर्ने निर्णयबारे जानकारी दिएका हुन् ।राष्ट्रपतिका अनुसार नयाँ लकडाउन ३० अक्टोबरदेखि डिसेम्बर १ सम्म लागू हुनेछ । घोषणाअनुसार सुसार केन्द्र र स्कुलहरु भने खुला रहने छन् । लकडाउनको नागरिकहरुलाई अत्यावश्यक सामान खरिद गर्न, स्वास्थ्य परामर्श र एक घण्टा दैनिक व्यायामका लागि निस्किन पाउने छन् । कफी, रेस्टुरेन्ट, बारहरु पूर्णरुपमा बन्द हुनेछन् । सुपरमार्केट र फार्मेसीहरुहरु खोल्न पाइने छ ।
घरबाट काम गर्न असम्भव भएकालाई काममा जान अनुमति दिइने छ । फ्रान्समा हालसम्म संक्रमण पुष्टि हुनेको संख्या १२ लाख ८० हजारभन्दा धेरै छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ हजार ८ सयभन्दा धेरै छ । दैनिक ४०–५० हजारको हाराहारीमा संक्रमितहरु थपिएका छन् । | 2021/07/29 16:23:21 | https://ktmdainik.com/2020/10/36885/ | mC4 |
बुढानिलकण्ठ घटनाका दोषिलार्ई कार्वाही गर्न गगन थापाको माग | Navadristi.com – Nepal Leading Online News Protal
बुढानिलकण्ठ घटनाका दोषिलार्ई कार्वाही गर्न गगन थापाको माग
४ भाद्र २०७४, आईतवार १४:४२
काठमाडौं, ४, भदौ,। युवा नेता गगन थापाले बुढानिलकण्ठ घटनालाई घृणित भएको बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले उक्त घटनाले निर्वाचनको पवित्रतामाथि प्रश्न उठेको बताए । उनले दोषीलाई कारबाही गर्न र निर्वाचनको पवित्रतामा विश्वसनीय वातावरण बनाउन माग गरे । आइतबार संसदको बैठक सुरु भए लगतै विशेष समय लिएर बोल्दै काठमाडौं ४ का सांसद थापाले निर्वाचन आयोगका कर्मचारी एमाले नगर सभापतिको घरमा फोटोसहितको मतदाता नामावली संकलन गर्दै गरेको भेटिएको बताए ।
घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको भन्दै उनले भने, 'जननिर्वाचित पदाधिकारी र जिम्मेवार दलको मात्र होइन । आयोगका कर्मचारीको समेत संलग्नता भेटिएको छ । यसले आयोग पदाधिकारीमाथि नै प्रश्न उठाएको छ ।'
तोकिएको समय सकिसकेपछि अमुख दलको नेताको घरमा गएर फोटो सहितको मतदाता नामावली संकलन गर्नु घृणित काम भएको सांसद थापाको भनाई छ ।
सरकारी सम्पत्ति निजी व्यक्तिको घरमा लैजानु चोरी भएको भन्दै सांसद थापाले दोषीलाई कारबाही गर्न माग गरे । अपराधीलाई कारबाही र निर्वाचनको पवित्रतामा विश्वासको वातावरण बनाउन माग गरे । | 2022/05/18 19:42:10 | https://navadristi.com/archives/6963 | mC4 |
महानगरपालिकाले ल्यायो 'विउ एटिएम'
ललितपुर- ललितपुर महानगरपालिकाले आइतबारदेखि विउ एटिएम (सिड अटोमेटेड टेलर मेसिन) सञ्चालनमा ल्याएको छ । दैनिक सेवा लिने १५ सय सेवा गा्रहीलाई लक्षित गर्दै महानगरले विउ एटिएम सञ्चालनमा ल्याएको हो ।
मेसिनबाट सेवा गा्रहीहरुले ३६ किसिमका मैसमी तरकारी तथा फूलका विउहरु आपूर्ति गर्न सक्ने छन् । सुरुमा महानगरिय तर अहिले मेसिन प्रयोगकर्ताको चाप वृद्धि भएको छ । भारतमा प्रचलनमा रहेको यो मेसिन नेपालमा भने पहिलो पटक प्रचलनमा आएको हो ।
सेवा गा्रहीहरुले मेसिनको स्क्रिनमा रहेको प्रेस बटन दबाई विउको किसिमलाई वालीको फोटोमा छनोट गरी देखिएको मुल्य बराबरको विउको प्याकेट प्राप्त गर्न सक्ने छन् । २०, ५० र १०० मुल्य रहेको विउ प्राप्तिका सेवा गा्रहीले सफा कागजी नोट मेसिनमा छिराएर विउको प्याकेट प्राप्त गर्न सकिन्छ ।
कृषि तथा पशुपंक्षि मात्रालयका कृषि सचिवले डा. युवकधोज जिसीले नेपालको अर्थतन्त्र कृषिमा आधारित रहेको बताए । खाने मुख तीन गुणा वढ्ने तर जमिन घट्दै जाने हो भने वढ्दो जनसंख्याको मागलाई पुर्ती गर्न नसकिने डा. जिसीले बताए ।
ललितपुर नगरपालिकाका मेयर चिरिबाबु महर्जनले मेसिनले सक्कली विउ प्रदान गर्ने दाबी गरे । 'यसमा कुनै समस्या हुने छैन् । विउबाट संकलित रकमको २ प्रतिशत हिस्सा महानगरको राजस्वमा प्राप्त हुनेछ । यो मेसिनको काम र नतिजा हेरेर आगामी दिनमा २९ वटै वडाहरुमा सेवा दिने नीतिगत व्यवस्था भएको छ,' मेयर चिरिबाबु महर्जनले भने। | 2020/07/10 21:27:47 | https://www.nepalsamaya.com/news/16202 | mC4 |
लकडाउनको समय जेठ ३२ गतेसम्म बढाउने निर्णय | Sagunpost.com
आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।
सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । | 2020/07/15 17:55:04 | http://www.sagunpost.com/archives/6771 | mC4 |
रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि : RajdhaniDaily.com -
Home प्रदेश प्रदेश ६ रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेशप्रदेश ६प्रमुखभर्खरै
रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
रोल्पा । रोल्पामा थप १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा रोल्पाको सुनिल स्मृति गाउँपालिकाका १४ जना थप संक्रमित भएको पुष्टि भएको हो । यो संगैं रोल्पामा कोरोना संक्रमण हुनेको संख्या १७ जना पुगेको छ ।
सुनिल स्मृति गाउँपालिका वडा नं. ४ का ७, १६, १८, २२, २४, २७, ३० वर्षीय पुरुष र ४४ वर्षीया एक महिला वडा नं. ७ का १७ वर्षीय पुरुष वडा नं. ८ का १८, १९, २१, २३, ३२ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबै जना जेठ १२ र १३ गते भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका छन् ।
भारतबाट आएका सबैको अनिवार्य परीक्षण गर्ने क्रममा सुनिल स्मृति गाउँपालिकाले स्वाव संकलन गरी पठाएका२ सय ७६ जनामध्ये १४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख सावित्रा थापाले बताइन् । गाउँपालिकाले आफै भिटिएम खरिद गरी पिसिआ जाँचका लागि स्वाव संकलन गरी पठाएको हो ।
यस अघि रोल्पामा जेठ २५ गते सोही गाउँपालिकाकै वडा नं. ५ का २ जना र वडा नं. ६ का एक जना पुरुषमा कोरोना पुष्टि भएको थियो । कोरोना पुुष्टि भएका तीन जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई कुनै लक्षण नदेखिएको बताइएको छ ।
स्वाव संकलन गरी पठाइएकाले दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल बाँके र बुटवलमा प्राथमिकता ढिला पाउने भएपछि रोल्पा स्थानीयहरुले मिलेर पिसिआर मेसिन खरिद गरी जिल्लामै परीक्षण सुरु गर्ने गरी पहल भइरहेको बताइएको छ ।
कोरोना महामारीबाट मुक्ति र शान्तिका लागि कलश यात्रा
सप्तरी, राजविराज । कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै यहाँका एक धार्मिक संस्थाले कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठ गरेका छन् । राजविराजस्थित...
काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी वितरण गर्न सुरु भएको छ । आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक...
बिग बास खेल्न सन्दीप अष्ट्रेलियातिर
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी आज मंगलबार बिहान ११ बजे कतार एयरवेजबाट अस्ट्रेलिया उडेका...
बिचार Kumar Raut - March 20, 2020 0
प्रदेश २ राजधानी संवाददाता - April 16, 2021 0
ट्रेन्डिङ Sushila Bishwokarma - February 7, 2020 0
बेइजिङ । डिसेम्बरको अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि...
सुदूरपश्चिम प्रदेश : दुई पक्षबीच सांसद आफ्नो पक्षमा पार्ने होडबाजी
भर्खरै Sushila Bishwokarma - December 28, 2020 0
धनगढी । प्रतिनिधिसभा विघगठन भएसँगै सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो सुदूरपश्चिम प्रदेशमा पनि पर्न थालको छ । योसँगै दुई तिहाई बहुमत...
रञ्जन रिहा प्रकरण : न्याय प्रशासनमा गम्भीर प्रश्न
Breaking News Kumar Raut - July 25, 2020 0
काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद काटिरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले साढे ११ वर्ष कैद सजाय छुट हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...
प्रदेश ३ Kumar Raut - January 11, 2021 0
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा...
Breaking News Sushila Bishwokarma - December 8, 2020 0
Not-to-be-missed Kumar Raut - February 5, 2020 0
हङकङ । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा... | 2021/04/18 00:23:09 | https://rajdhanidaily.com/id/14496/ | mC4 |
२३ वर्षमा ३४ खर्बको सुन आयातमा खर्च – Online Bichar
२३ वर्षमा ३४ खर्बको सुन आयातमा खर्च
Online Bichar 8th January, 2020, Wednesday 11:34 PM
काठमाडौं, २३ पुष । नेपालले पछिल्ला २३ वर्षमा ३४ खर्ब १८ अर्ब रुपैयाँको सुन आयात गरेको छ। यो रकम गत वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)बराबर हो। २०५३ साउनदेखि गत कात्तिक मसान्तसम्म नेपालीले सुनमा यति ठूलो खर्च गरेका हुन्। २०६५ पछि सुन आयात ठूलो परिमाणमा बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यसका अतिरिक्त अनौपचारिक माध्यमबाट पनि ठूलो परिमाणमा सुन भित्रिरहेको छ।
माओवादी द्वन्द्वको समाधानपछि नेपाली मूलतः खाडी र मलेसियामा वैदेशिक रोजगारीमा जाने क्रम बढेको थियो। वैदेशिक रोजगारीको आम्दानीले बहुसंख्यक नेपालीको क्रय क्षमता बढेको र गरिबी दर तीव्रतर खुम्चिएको तथ्यांक विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले सार्वजनिक गर्दै आएका छन्। बढेको खरिद क्षमताको प्रभाव सुन बजारमा पनि परेको छ। यही कारण सुन आयात चुलिएको राष्ट्र बैंकका अधिकारी बताउँछन्।
सरकारले सुनको आयातमा सीमा तोक्ने, बेलाबखत भन्सार दर बढाएर आयात निरुत्साहित गर्नेजस्ता काम गरे पनि पहेँलो धातुको आयातमा मुलुकले ठूलो रकम खर्चेको छ। सुन नेपालीको संस्कृतिसँग जोडिएकाले पनि यसको खपत बढी भएको नेपाल सुनचाँदी व्यवसायि महाँसंघका संस्थापक अध्यक्ष तेजरत्न शाक्य बताउँछन्। 'जन्मदेखि मृत्युसम्मका सबै कर्मकाण्डमा सुनको आवस्क पर्छ', उनी भन्छन्, 'आयस्रोत बढ्दै गएपछि प्रतिष्ठाको प्रश्न पनि सुनमै गाँसिएको छ।' जसले बढी सुन देखाउँछ, उही सम्पन्न मानिने 'देखाशेखी' बढ्न थालेकाले सुनको माग भविष्यमा अझै बढ्ने उनी बताउँछन्।
सुनलाई संसारभर नै सर्वाधिक सुरक्षित लगानीका रूपमा लिइन्छ। त्यसैकारण सुनमा लगानी बढ्नु स्वाभाविक हो। तर, नेपालमा लगानीको उपकरण मानेर सुन किन्न पाइन्न। यद्यपि, गरगहनाको प्रयोजनमै पनि सुनको खपत उच्च रहेको छ। सुनको धितोमा बैंकले ऋण दिने र तत्कालै बेच्न सकिने भएकाले सुनका गरगहना पनि धेरैका लागि लगानी विविधीकरणको पाटो रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन्।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ ऋण दिएका छन्। यस्तो ऋण लिन पनि केही धनि मानिसले अस्वाभाविक रूपमा सुन थुपार्न थालेको राष्ट्र बैंकका एक अधिकारी बताउँछन्। 'केही मान्छेले धेरै सुन थुपार्ने गरका छन्। त्यस्तो प्रबृत्ती रोक्न सरकार सफल भएको छैन', उनी भन्छन्।
सुनको बढ्दो आयातले केन्द्रीय बैंकलाई बेलाबखत अप्ठेरो पार्ने गरेको छ। 'हामीले सुनको बजारलाई गहन विश्लेषण गर्न र त्यसै अनुरुप नीति नियम बनाउन सकेनौं भने यसले मुलुकको भुक्तानी क्षमता केही दिनमै खतम पार्नसक्छ,' अर्थशास्त्री केशव आचार्य भन्छन्, 'विगतमा धेरैपटक यस्तो समस्या परिसकेको छ।' त्यसबाहेक अनौपचारिक अर्थतन्त्र भनिने तस्करीमा पनि सुन नै सर्वाधिक प्रयोग हुने गरेको राष्ट्र बैंकको आन्तरिक प्रतिवेदनमा उल्लेख छ।
अनौपचारिक आयातले नेपालमा भित्रिएको सुनको वास्तविक आकार यो तथ्यांकभन्दा निकै बढी हुनसक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्। प्रहरीले लगातार समातेको सुनको अबैध आयातको आँकडाले पनि राष्ट्र बैंकको तथ्यांकमा देखिएभन्दा निकै बढी पैसा नेपालीले सुन किन्न खर्चेको अनुमान गर्न सकिन्छ। त्यसो त, रोजगारी र भ्रमणका लागि विदेश जाने नेपालीले ल्याउने गरगहना र काँचो सुनको परिमाण पनि निकै ठूलो छ। त्यसरी आयात भएको सुनको तथ्यांक सरकारी अड्डासँग छैन। यसले सुनको खपतमा मुलुकले ज्यादै बढी रकम खर्चेको अनुमान अर्थविदको छ।
सुनको आयातमा बढी खर्च गरेको देखिनुको अर्को कारण यसको मूल्यको बढोत्तरी पनि हो। २०७३ माघ ३ मा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला ५५ हजार २ सय तोकेको थियो। तीन वर्षपछि गत सोमबार त्यति नै सुनको मूल्य २१ हजार रुपैयाँ महँगिएर ७६ हजार रुपैयाँ पुगेको छ। मूल्य बढ्दा यसका उति नै सुन किन्न पनि बढी प्रसा तिर्नुपर्ने हुन्छ। सन् २००७ पछि अमेरिकाबाट सुरु भएको वित्तीय संकटले विश्व बजारमै सुनको भाउ बढाउन सहयोग गरेको थियो।अन्नपूर्णपोष्ट | 2022/06/30 13:23:16 | https://www.onlinebichar.com/archives/15176 | mC4 |
नेताहरुको लर्को विदेश भ्रमण - Sabal Post
नेताहरुको लर्को विदेश भ्रमण
काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन्। भदौ ३० गते चीन गएका दाहाल स्वदेश फर्किए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेता विदेश जाने तयारीमा छन् । प्रधानमन्त्री ओली असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन्। उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि अमेरिका जाँदैछन्। प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
उपराष्ट्रपति नन्दबहादुर पुन पनि बुधबार चीन गएका छन्। उपराष्ट्रपति पुन '१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन चीन गएका हुन्। उनी ८ गते स्वदेश फर्कने कार्यक्रम छ।
कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाउने सरकारका मन्त्री भने लर्काे लागेर विदेश भ्रमण गरिरहेका छन्।
वाम विश्लेषक हरि रोका मुलुकभित्र देखिएका विभिन्न समस्या छल्न शीर्ष तहका नेताहरुले विदेश भ्रमण गरिरहेको बताउँछन्। 'अहिले एकपछि अर्काे समस्या देखिन थालेका छन्, ती समस्याको भार आफ्नो टाउकोमा नआओस् भनेर नेताहरु विदेश भ्रमणमा जाने होडबाजीमा लागेका हुन्,' रोकाले भने। पछिल्लो समय केन्द्र र प्रदेश सरकारबीचको द्वन्द्व तथा महिला हिंसालगायत घटनाले नागरिकमा चरम निराशा छाउँदै गएको र जनताको प्रश्नबाट जोगिन पनि उच्च राजनीतिक नेतृत्वमा केही समयका लागि भए पनि बाहिर जाने ट्रेन्ड बढिरहेको रोकाको विश्लेषण छ।
दाहालको चीन यात्रा फिक्का
भारतको चार दिने भ्रमण गरेलगत्तै चीन भ्रमणमा निस्किएका नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण फिक्का भएको छ। भारत भ्रमणक्रममा त्यहाँका प्रधानमन्त्रीसहित उच्चसरकारी अधिकारीसँग भेट गरेका दाहालले आफूलाई उच्चतहको सम्मान प्राप्त भएको जनाएका थिए । भारत भ्रमणबाट फर्किने क्रममा दाहालले त्यहाँको उच्च नेतृत्वसँग छलफल भएको र आफू कुनै महत्वपूर्ण सरकारी पदमा नभए पनि उच्च सम्मान पाएको बताएका थिए। चीनमा पनि उच्च राजनीतिक नेतृत्वसँग भेट हुने अपेक्षा राखेका दाहाललाई त्यो अवसर भने जुटेन।
भदौ ३० गते ग्वान्जाअो पुगेका दाहाललाई चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री ग्योे यज्होउले स्वागत गरेका थिए। पूर्वप्रधानमन्त्री एवं सत्तासीन नेकपाका अध्यक्ष दाहालको स्वागत अनौपचारिक पोसाकमा रहेका उपमन्त्री ग्योले गरेका थिए। ग्योले रातो रङको टिसर्ट लगाएर दाहालको स्वागत गरेका थिए। चिनियाँ उपमन्त्रीको स्वागत गर्ने त्यो तरिकाको कूटनीतिक क्षेत्रका जानकारले आलोचना गरेका छन्। भ्रमणको पहिलो दिन दाहाललाई गरिएको अनौपचारिक ढंगको स्वागत हेर्दा उनको भ्रमणलाई चीनले महत्व नदिएको कूटनीतिक क्षेत्रका जानकार बताउँछन्।
दाहालले चीन भ्रमणक्रममा मंगलबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख (मन्त्री) सोङ ताओ र बुधबार उपराष्ट्रपति वाङ क्वी सानसँग भेट गरे । त्यसबाहेक उनले केही प्रान्तीय सचिव तथा अधिकारीसँग भेट गरे। दाहालले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेट हुने अपेक्षा गरे पनि त्यो अवसर मिलेन। उच्चस्तरीय भेट हुने अवस्थामा उनले बेइजिङ भ्रमण गर्ने योजनासमेत बनाएको स्रोत बताउँछ। तर उच्चस्तरीय भेटघाटको सम्भावना नभएपछि उनी च्याङ्सु प्रान्तको नानचिङमा भएको अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसमा सहभागी भएर स्वदेश फर्किए। दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने उनको बेइजिङ जाने कार्यतालिका नभएको बताए।
'बेइजिङ जाने उहाँको कार्यतालिका नै थिएन,' सापकोटाले भने। जानकारहरुका अनुसार दाहालले गलत समयमा चीन भ्रमण गरेकाले पर्याप्त आतिथ्य पाउन नसकेका हुन्। चीन जानुअघि दाहालले दुई देशका कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुमधुर बनाउने तथा विगतमा दुई देशबीच भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिन बताएका थिए। | 2020/08/06 07:30:40 | https://sabalpost.com/archives/7276 | mC4 |
क्यासिनो किङ सिंहको अबैध एक करोड प्रहरीले गर्यो बरामत
HomeAparadh Khabarक्यासिनो किङ सिंहको अबैध एक करोड प्रहरीले गर्यो बरामत
aparadhkhabar.com 9:39 AM
काठमाडौं । सशस्त्र प्रहरी बलले अबैध एक करोड रुपैंया बरामत गरेको छ । झापाको काकडभिट्टाबाट बिरगंज लैजान लागेको उक्त परिमाणको अबैध रुपैंयाँ सशस्त्र प्रहरी बल ८ नम्बर गुल्म काकडभिट्टाले बरामत गरेको हो ।
सशस्त्र प्रहरीले उक्त अबैध रुपैंयासँगै उक्त रुपैंया ओसार पसारमा सगल्न एक गाडी सो गाडीका चालकलाई पनि नियन्त्रमा लिई थप अनुसन्धानको लागी सम्पत्ती सुद्धिकरण अनुसन्धान आयोगमा बुझाएको छ ।
प्रहरीको अनुसन्धानबाट उक्त अबैध रकम झापाको काँकडभिट्टामा रहेको होटल रियाजमा सञ्चालिन क्यासिनो रियाजको हो । उक्त क्यासिनो सुरेन्द्र बहादुर सिंहको हो । सिंहले ह्यापी आवरको नाममा देशका चार सहरमा मिनी क्यासिनो सञ्चालन गर्दै आएका छन् । मिनी क्यासिनोलाई सधै घाटामा देखाउँदै सिंहले अबैध तरिकाबाट रुपैंयाँको सुद्धिकरण गर्दै आएका छन् ।
स्रोतका अनुसार क्यासिनोमा जितेको पैसा सिंहले हुण्डी मार्फत बिदेश लैजादै आएका छन्। उक्त रुपैंया पनि हुण्डी गर्न लैजादै गर्दा प्रहरीले बरामत गरेको हो । क्यासिनोले टाटाको स्टोर्म गाडी भाडामा लिएर अबैध धन्दामा लगाउँदै आएको समत यो काण्डले पुष्टि भएको छ । एक करोड अबैध रुपैंया पक्राउ परेपछि अहिले सिंह तनावमा परेका छन् ।
उक्त अबैध रुपैंयालाई बैध बनाई छुटाउन सिंह अहिले शक्ति केन्द्रमा धाउन थालेका छन् । तर उनको सपना सम्पत्ती सुद्धिकरण बिभागका निर्देशक रुपनारायण भट्टराईले तुहाउने निश्चित छ । पछिल्लो समय सम्पत्ती सुद्धिकरण बिभाग आक्रमक रुपमा अबैध सम्पत्तीको खोजि गर्दै त्यसलाई कानुनको दायरामा ल्याउन तल्लीन देखिन्छ । | 2021/05/07 18:19:00 | http://www.aparadhkhabar.com/2020/02/blog-post_88.html | mC4 |
११ बुँदे आचारसंहिताबारे के भन्छन् नेकपाका केन्द्रीय सदस्यहरु ? | Ratopati
personरातोपाटी संवाददाता exploreकाठमाडौं access_timeमाघ ८, २०७६ chat_bubble_outline2
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सम्पूर्ण नेता कार्यकर्ता र पार्टी सदस्यहरुका लागि तीन दिनअघि मात्रै ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहितामा परिवारका सदस्यलाई 'तँ' भन्न नहुनेदेखि भ्रष्टाचार नगर्ने र कसैले गरेमा त्यसको सूचना सरकारलाई दिनेसमेत उल्लेख छ । जसलाई लिएर सामाजिक सञ्जालमा फरक फरक धारणा र दृष्टिकोण आइरहेका छन् ।
कतिपयले आचारसंहिता नेतृत्वबाटै लागू गर्न सुरु गर्नुपर्ने बताएका छन् भने कतिपयले केही नेता कार्यकर्ताका लागि मात्रै आचारसंहिता जारी गरिएको त होइन भनेर पनि प्रश्न गरेका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका यस्ता टिप्पणीपछि हामीले आचारसंहितालाई पार्टीभित्रका नेता तथा कार्यकर्ताले चाहिँ कसरी हेरेका छन् त ? भनेर उनीहरुको धारणा बुझ्ने प्रयास गरेका छौँ । त्यसका लागि नेकपाका ५ जना केही केन्द्रीय सदस्यलाई सोधेका छौँ, 'जारी आचारसंहिता व्यवहारमा लागू गर्न कति सम्भव छ र त्यसको सुरुवात कोबाट हुनुपर्छ ?' उनीहरुको जवाफ जस्ताको त्यस्तैः
सकारात्मक पहल कदमी : झक्कुप्रसाद सुवेदी
दुई पार्टी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भइसकेपछि ल्याइएको पार्टी आचारसंहिताले पार्टीलाई शुद्धीकरणको दिशामा लैजान्छ भन्ने बुझ्नुपर्छ । साथै यसलाई सकारात्मक कदमका रूपमा पनि लिनुपर्छ । जसले पार्टीलाई थप मजबुत र सुदृढ बनाउन सहयोग गर्छ भन्ने मेरो बुझाइ हो । यस्तो सकारात्मक पहल कदमीका बारेमा आलोचना वा टिप्पणी गर्नु उचित होइन । फेरि यो पहल कदमी मात्रै भएकाले पार्टीमा क्रान्तिकारी रूपान्तरण नै भइहाल्छ भन्ने पनि होइन । अनुशासनमा बस्नु बसाउनु सबैका लागि राम्रो हो ।
ओली प्रचण्डबाट लागू गर्नुपर्छः केशवप्रसाद नेपाल
पार्टीले आचारसंहिता जारी गर्नु सकारात्मक हो । यसलाई कार्यान्वयन गर्नु हामी सबैको दायित्व हो । कम्युनिस्ट सिद्धान्त, राजनीति, आदर्श नैतिकता र वर्गीयतालगायत मूल्य मान्यताहरु छन्, ती हाल स्वखलित भइरहेको अवस्था छ । यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट केही यस्ता आचारसंहिता जारी हुनु सच्चा मार्क्सवादी लेनिनवादीहरुका लागि खुसी र गौरवको कुरा हो । तर पार्टीभित्रका केही व्यक्तिहरु जसमा कम्युनिस्ट सोँच, दृष्टिकोण र विचार स्खलित भएका छन् उनीहरुका लागि यो आचारसंहिता मुटुको किलो पनि हुनसक्छ । त्यसकारण यो आचारसंहिता नेतृत्व अर्थात हाम्रा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बाट आचारसंहिताको पालना गर्न सुरु गर्नुपर्छ । त्यसपछि केन्द्रीय सदस्यहरु, विभागहरु सल्लाहकार, ज्येष्ठ नागरिक मञ्च र प्रदेश हुँदै सेल कमिटीहरु समेतमा लागू गर्दै जानुपर्छ । यसरी कार्यान्वयनमा गए मात्रै जारी आचारसंहिताको औचित्य पुष्टि हुन्छ । कम्युनिस्ट आदर्शहरुलाई ढाडस दिन ल्याइएका आचारसंहिताले स्खलन भएकाहरुले लागू गर्न हिचकिचाउने र अलमल गर्ने गर्छन्, यस्तो अवस्थामा यो लागू नहुन सक्छ तर मार्क्सवाद लेनिनवादप्रति विश्वास गर्नेहरुले यो आचारसंहितालाई अनौठो रूपमा लिँदैनन् ।
अहिले हाम्रो समाजमा पुराना सोच त्यसमा पनि पुँजीवादी सोच कायमै छ । त्यही पुरानो सोचको मात्रै कुरा गर्ने हो भने यो लागू हुन असम्भव छ ।
नेतृत्वको पारदर्शितामा प्रश्न छः ठाकुरप्रसाद गैरे, केन्द्रीय सदस्य
देश, पार्टी, समाज र परिवारको राम्रोका लागि आचारसंहिता जारी गरिएको हो । आचारसंहिता जारी गर्ने अनि लागू नगर्ने भन्ने हँुदैन । लागू हुनुपर्छ, जसका कारण समाज वा पार्टी राम्रो दिशामा हिँड्न सहयोग पुगोस् । कुनै पनि पार्टीका आफ्नै विधि, विधान र पद्धति हुन्छन् र चल्छन् । नेकपाको पनि आफ्नै सैद्धान्तिक र वैचारिक नीति सिद्धान्तहरु छन् । पार्टीका नेताहरुको विचार, जीवनशैली र आचरण अरूले पनि अनुसरण गर्ने हुँदा उनीहरुको जीवनशैली सरल हुनुपर्छ भनिएको छ । नेताहरुको जीवन शैली र पारदर्शिताका बारेमा धेरै प्रश्नहरु उठिरहेका छन् । आचारसंहिता जारी भएपछि सामाजिक सञ्जालमा धेरैले अब 'नेकपाका नेताहरुले यो आचारसंहिता लागू गर्लान् त ?' भनेर प्रश्न गरेका छन् । त्यसकारण पनि अब नेताहरुबाटै आचारसंहिता पालना गर्ने र लागू गर्न सके मात्रै यसको सान्दर्भिकता अझ बढ्न पुग्छ ।
सम्झाएको मात्रै होः विष्णु रिजाल, केन्द्रीय सदस्य
पछिल्लो चरणमा पार्टीमा रहेर पनि एकअर्काविरुद्ध अभिव्यक्ति दिने, आक्षेप लगाउने क्रम बढ्यो । जसले गर्दा अराजकता बढ्ने हो कि भन्ने चिन्ता र चासो सुरु भयो । यो चासो र चिन्तासँगै पार्टी अनुशासनमा नेता कार्यकर्तालाई बाँध्न आचारसंहिता जारी गरिएको हो । आचार संहितामा हामीले जीवनमा भोगिरहेका र गरिरहेका विषय वस्तुहरु नै धेरै छन् । त्यसैले यो गर्नु हुने र यो नहुने भनेर पार्टीले सम्झाएको भन्ने अर्थमा बुझ्दा पनि हुन्छ । खासगरी नेता कार्यकर्तामा कम्युनिस्ट आदर्श र चरित्रमा विचलन नआओस् भन्ने आशयले पार्टीले आचारसंहिता जारी गरेको हो । सम्झाएको वा स्मरण गराएको मात्रै हो । आचारसंहिता सबै नेता कार्यकर्तालाई लागू हुने भएपछि नेताहरुको विलासी जीवन शैलीमा पनि परिवर्तन हुन्छ भनेर बुझ्नुपर्छ ।
अगुवाले झन् बढी कार्यान्वयन गर्नुपर्छः धर्मशिला चपागाईं
समाज, पार्टी या परिवार राम्रो, सम्पन्न, खुसी र सुखी बनाउने कुराले कसैलाई अहित गर्दैन । हामीले हिजोदेखि गर्दै र भोग्दै आएका कुरालाई पार्टीले बुँदागत र आचारसंहिताका रूपमा ल्याएको छ । यसले समाजलाई सभ्य र पार्टीलाई मजबुत बनाउन अवस्य सहयोग गर्छ नै । पार्टीमा केही न केही बिग्रेको देखेर सुधारका लागि नै आचारसंहिता ल्याइएको हुनपर्छ भन्ने मेरो बुझाइ छ । त्यसैले यसलाई कडा ढङ्गले कार्यान्वयनमा जोड दिनुपर्छ । कार्यान्वयन गर्दा नेतृत्व र अगुवाहरुबाटै सुरु भयो भने त्यसको अनुसरण तल्ला तहका नेता कार्यकर्ताले पनि सहजै गर्छन् । किनभने नेतृत्वमा अरूमा भन्दा बढी जिम्मेवारी हुनुपर्छ र छ भन्ने मलाई लागेको छ । त्यसकारण समाजलाई सही दिशामा डोहोर्याउन र पार्टीलाई मजबुत र एकढिक्का राख्न पनि यो आचारसंहिताले मद्दत गर्छ भन्ने मेरो बुझाइ हो ।
#नेकपा#आचारसंहिता
Jan. 23, 2020, 7:13 a.m. लोक विनयी
साॅचो अर्थमा नेकपा बिचलनको गहिरो खाडलमा गतिलै डुबेको रहेछ भन्ने बुझ्न सकिन्छ यहाॅ सम्म की खाडल भित्र पनी भासमा भासिएको छ रहेछ भन्ने लाग्छ । पार्टी अनुशाशित हुनु पर्छ भनेर अध्यक्ष द्वय सहितको पदाधिकारी बैठकले नियम उपनियन जे जे नियम पालना गर्नु पर्छ भनेर बुॅदागत निर्णय गरेता पनि अनशाशन पालना तब सम्म हुदैन जबसम्म नेतृत्व स्वयं अनुशाशित बन्दैन ! | 2020/02/25 11:29:12 | http://ratopati.com/story/114960/2020/1/22/code-of-conduct-of-ncp | mC4 |
mophosala Archives - Page 245 of 259 -
Home > mophosala (Page 245)
mophosala
बिद्यार्थीकोे छात्रबृति तथा दिवा खाजामा शिक्षकको मालामाल
Bishnu June 28, 2017 mophosala, special_two, मुख्य खबर 0
बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाको वडा नं ५ मा रहेको कालिका पञ्चकोट माध्यामिक विद्यालयमा विगत ७ वर्षदेखि विद्यार्थीको नाममा आएको खाजाभत्ता, छात्रवृति लगायतको रकममा हिनामिना भएको भेटिएको छ । पहिलो चरणको स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले उक्त रहस्य बाहिर ल्याएका छन् ।
लम्किचुहा नगरपालिकाको चिसापानीमा भक्त बहादुर चलाउनेको जित सुनिश्चित ।
Bishnu June 27, 2017 mophosala, मुख्य खबर, राजनीति 0
कैलाली चिसापानी । असार १४ गतेको स्थानीय तहको निर्वाचन अन्तर्गत लम्किचुहाको नगरपालिका वडा नम्बर ३ चिसापानीमा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षमा भक्तबहादुर चलाउनेको जित सुनिश्चित भएको छ । समाजसेवी भाबानाका बिकास बादी युबा नेता चलाउने जनता बिचमा निकै लोकप्रिय बनेका छन अरु पार्टीका उम्मेदवार भन्दा नया भिजन नया योजना लियर चुनावी
ईदको शुभकामना संगै नेपालगन्जमा मत माग्दै उम्मेदवारका साथमा तरुण महामन्त्री ।
Bishnu June 26, 2017 mophosala, राजनीति 0
नेपालगन्ज । ईद पर्बको अबसरमा नेपालगन्जमा शुभकामना साटासाट गर्नुका साथै मेयर/उपमेयर र अन्य उम्मेदवारहरुले यहि १४ हुने निर्वाचनको लागि आफुलाइ मत समेत मागेका छन। हजारौं मुस्लिम समुदायका ब्यक्तिहरुले आज एकआपसमा शुभकामना आदनप्रदान गरे। चुनावी प्रचारप्रसारको लागि सुदुरपस्चिम बाट आजै नेपालगन्ज आइपुगेका नेपाल तरुण दल महामन्त्री भुपेन्द्र जङ शाहीले पनि इदको सबैलाई
काँग्रेसलाई हराउने ताकत कुनै दलमा पनि छैन : महामन्त्री शाही
Bishnu June 25, 2017 mophosala, राजनीति 0
काठमाडौं । नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा कांग्रेसलाई हराउने ताकत कसैसँग नभएको बताउनुभएको छ । विभिन्न चुनावी सभामा सहभागी हुँदै पश्चिम नेपालको सुदुरपश्चिम क्षेत्र प्रदेश नं. ७ मा चुनावी प्रचार प्रसारको अभियानमा रहनुभएका तरुण महामन्त्री शाहीले कांग्रेसलाई बिजयी हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको हो
कालिकोटलाई रसायन र विषादी मुक्त वनाइने
Bishnu June 25, 2017 mophosala, मुख्य खबर 0
बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लालाई रसायनिक मल र विषादी मुक्त जिल्ला वनाउन पहल गरिने भएको छ । कर्णाली कृषि तथा खाद्य सरोकार समूह कफागले जिल्लालाई रसायनिक मल र विषादी मुक्त जिल्ला वनाउन पहल गर्ने निणर्य गरेको हो । झण्डै पाँच
सिंहदरबार गाँउमा आएको महसुस गराउछु–डिबी शाही
बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउपालिका नवनिर्बाचित प्रमूख डिबी शाहीले जनतालाई सिंहदरबार गाँउमा आएको महसुस गराउने बताउनुभएको छ । झण्डै दुई दशक पछि गत बैशाख ३१ गते सम्पन्न स्थानिय तहको निर्बाचनमा बिजयी नेकपा माओबादी केन्द्रका नेता शाहीले संबिधानले दिएका अधिकारहरुको प्रयोग गरी शान्नित्रिवेणी गाउपालिकाका जनताहरुलाई सिंहदरबार गाँउमा आएको
कालिकोटको नानिकोट पुर्ण खोपयुक्त गाविस घोषणा
Bishnu June 23, 2017 mophosala, मुख्य खबर 0
बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाको साविकको नानिकोट गाविसलाई पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । स्वास्थ्य चौकी नानिकोटको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको समन्वयमा नानिकोट गाविसलाई पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो । साविकको नानिकोट गाविस हाल पचाल झरना गाउपालिका वडा नं.
तरुण माहामन्त्री शाही चुनाव प्रचार प्रसारको लागि देश दौडाहामा
Bishnu June 19, 2017 mophosala, special_one, मुख्य खबर, राजनीति 0
काठ्माण्डौ । नेपाल तरुण दलका माहामन्त्री भुपेन्द्रजंग शाही चुनावी प्रचार प्रसारका लागि देश दौडाहामा हुमीनुभएको छ । झण्डै दुई दशकपछि भएको स्थानिय तहको निर्बाचनमा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई बिजयी गर्ने अभियानमा दोस्रो चरणको निर्बाचनको प्रचार प्रसारका लागि माहामन्त्री शाही देश दौडाहामा हुमिनुभएको हो । नेपाली कांग्रेस कालिकोटका माहासमिति सदस्य समेत रहनुभएका शाही
घरेलुले थाल्यो निशुल्क उद्योग दर्ता अभियान
Bishnu June 18, 2017 mophosala 0
बिस्नप्रसाद न्यौपाने कालिकोट । नेपाल घरलु तथा साना उद्योग विकास समिति कालिकोटले कुल पुँजी पाँच लाखसम्म भएका उद्योगहरुलाई निशुल्क दर्ता अभियान थालेको छ । जिल्लाका ग्रामिण स्तरमा रहेका लघु उद्यमीहरुलाई तर्दा प्रक्रियामा ल्याउन तथा पाँच लाख मुनी कुल पुँजी भएका साना लघु उद्यमीहरुलाई सहुलियत दिएर उद्यमी बढाउन यस्तो अभियान थालेको
कालिकोटको रकुदेखी मुम्रा जोड्ने ग्रामिण सडकको सिलान्याश आगामी २ बर्षभित्र निर्माण कार्य पुरा हुने
Bishnu June 17, 2017 mophosala, अन्तर्राष्ट्रिय 0
बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाको शान्नि त्रिवेणी गाउपालिकाको लुईयाटादेखी मुम्रा जोड्ने २४ किलोमिटर ग्रामिण कृषि सडकको सिलान्यास गरिएको छ । जिल्लाको शान्नि त्रिवेणी गाउपालिका वडा नं. ५ का कर्णालीकै कान्छा वडा अध्यक्षनरेश बमले उक्त ग्रामिण कृषि सडकको सिलान्याश गर्नुभएको हो । तत्कालका लागि जिल्ला विकास समितिबाट २० लाख बजेट बिनियोजन | 2020/06/04 04:29:51 | http://www.palpalkhabar.com/news/category/mophosala/page/245 | mC4 |
नेपाली सुरक्षाकर्मी विदेशमा अब्बल स्वदेशमा निर्बल ! – Everest Dainik – News from Nepal
नेपाली सुरक्षाकर्मी विदेशमा अब्बल स्वदेशमा निर्बल !
काठमाडौं, भदौ ११ । नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली सुरक्षाकर्मीलाई महत्वपूर्ण जिम्मेवारी दिने गर्छन् ।
गत जेठ अन्तिम साता सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनबीचको वार्तास्थलको सुरक्षार्थ नेपाली सुरक्षाटोली समेत खटिँदा ठूलै चर्चा भएको थियो । तर नेपालमा आयोजना हुने कतिपय अन्तर्राष्ट्रियस्तरका सभा÷सम्मेलन र उच्चस्तरीय जमघटमा नेपाली सुरक्षाकर्मीलाई विश्वास नगरेका उदाहरण पनि दोहोरिन थालेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
नेपाल भ्रमणका क्रममा आफ्नै मुलुकबाट सुरक्षाकर्मी र सवारी ल्याउने परम्पराजस्तै बन्न थालेको छ । आसन्न बिमस्टेक सम्मेलन होस् या ४ वर्षअघिको सार्क सम्मेलन अनि त्यस अघिपछि भारतीय राष्ट्रपति र प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा भारतले आफ्ना मुलुकका सुरक्षाकर्मीको टुकडी नै खटाउने गर्छ ।
यही साता शुरु हुने बिमस्टेकको चौथो शिखर सम्मेलनलाई लक्षित गर्दै गत शुक्रबार भारतबाट दर्जन हाराहारीमा 'स्पेसल ब्लाक कमान्डो फोर्स' काठमाडौं आएर सुरक्षा अनुगमन (रेकी) शुरु गरेको छ । | 2020/02/26 17:42:56 | https://everestdainik.com/2018/08/204524/ | mC4 |
राजदेवी -
घर साहित्य राजदेवी
राजदेवीलाई सेन राजाहरूकी इष्टदेवी मानिएको छ । सेन राजाहरू शूरवीर हुनुका साथै धर्मप्रति आस्थावान् थिए । सेन राजाहरूको राजधानी रहेको मकवानपुरमा पनि राजदेवीको मन्दिर छ । शक्तिपीठ भगवती राजदेवीलाई सेनहरूकी कुलदेवी भनी प्रा. हरिकान्त दासले लेख्नुभएको छ । राजदेवीको नेपालका धेरै स्थानहरूमा स्थापित छ । सप्तरीको राजविराजमा राजदेवी प्रख्यात मानिन्छ र यसलाई शिलाको रूपमा पुजिन्छ ।
रौतहटमा पनि राजदेवी मन्दिर स्थापित छ । राजदेवी रहेको स्थानका विषयमा एउटा कथन छ । उक्त स्थानमा कटहरको बगैँचा रहेको कारण कटहरवन, कटबन्ना, कडबन्ना हुँदै अहिले आएर कटरवनका रूपमा सम्बोधन गरिँदै आएको छ । नेपालको इतिहास हेर्दा मध्यकालको शक्तिशाली राजवंशमा सेनवंशको स्थान उच्च भएको हामी पाउँछौँ । त्यसताका नेपालमा शैवतन्त्र प्रचलित थियो । यसमा तान्त्रिक विधिबाट वाममार्गी पूजाको प्रचलन थियो । राजदेवीको साथमा रहेकी काली भयङ्कर शक्तिशाली मानिन्छिन् ।
वर्णमालाको पहिलो अक्षर 'अ' ले शिव र अन्तिम अक्षर 'हं' बाट त्रिपुरसुन्दरी, यी दुवैको योग 'अहं' काम कलाको सूचक भएको मानिन्छ । शक्तिपीठ राजदेवीलाई संसारलाई पालन गर्ने र भौतिक जगतको सारभूत शक्तिहरूको निरूपण गर्ने देवीका रूपमा सर्वत्र पूजा गरिन्छ । दक्षिणकाली र कालीचाहिँ महाकालका आदिशक्ति हुन्, जो राग–द्वेष (सत्वगुण, रजोगुण र तमोगुण) रहित छन्, अर्थात् लाभ–हानिको परिकल्पनाभन्दा पर छन् । जसरी सबै रङ्ग कालो रङ्गमा विलीन हुने गर्दछ । त्यसैगरी काली मृत्युको प्रतीक मात्र होइन, बरु मृत्यु जित्ने प्रतीक पनि हो । काम–क्रोध, भावावेश आदिको अति उग्र प्रदर्शन काली र दक्षिणकालीक अनन्त शक्तिको द्योतक हुन् । संसारको अनन्त आकर्षण, भोग र आनन्दकी जननी सोह्रवटा कलासहितकी त्रिपुरसुन्दरी हुन् । तिनले प्रत्येक जीवलाई कामप्राप्ति हेतु प्रेरित गर्दछिन् भने बङ्गलामुखी माया, मोह र भ्रममा जीवको विजय प्रतीक मानिन्छिन् ।
जहाँसम्म रौतहट कटरवनको राजदेवीको सन्दर्भ छ, त्यहाँ मिश्र थरका ब्राहृमण पुजारी छन् र वर्तमान पुजारी चन्द्रकान्त मिश्र तेह्रौं पुस्ताका हुन् । मकवानपुरका हरिहर सेनले आफ्नो राज्यको सीमा दक्षिणमा गङ्गाको किनारसम्म पु¥याएका थिए । पूर्वमा विजयपुरसम्म त मकवानपुर राज्यका संस्थापक लोहाङ्ग सेनले नै राज्य विस्तार गरेका थिए । बागमती नदीको पश्चिमी तटमा कटहरको वन रहेको ठाँउमा सधैँ विशेष चहलपहल रहन्थ्यो ।
त्यो समयमा राज्य विस्तार गरी 'हिन्दूपति' उपाधि ग्रहण गरेका राजा हरिहर सेनले दक्षिणकाली, त्रिपुरसुन्दरी, काली, राजदेवी र बङ्गलामुखी यी पाँच देवीको धातुको कलात्मक मूर्ति स्थापना गरेका थिए । उनले नै कान्तिपुरकी विख्यात नृत्याङ्गना नर्मदा बाँडाको विशुद्व शैव नृत्यका लागि विशाल मण्डप मन्दिरको दक्षिणतर्फ निर्माण गरेका थिए । कान्तिपुरकी नृत्याङ्गना नर्मदाको रूप र नृत्य कुशलताको चर्चा कुच बिहारभन्दा टाढासम्म पुगेको थियो भन्ने भनाइ छ । कुच बिहारका राजा वीरनारायणका छोरीहरू रूपमती र अनन्तप्रियाको बिहे कान्तिपुरका राजा प्रताप मल्ल र हरिहर सेनसँग भएको थियोे । मकवानपुरको दरबारसँग प्रताप मल्लको राम्रो सम्बन्ध थियो । यसैमा लोकलाई थाहा भयो कि राजदेवी मन्दिर स्थापना राजा हरिहर सेनको पौरुष हो । त्यसैले जनताले मन्दिरमा पूजा गरे र प्रशंसाका साथै कृतज्ञताको दृष्टिले राजा हरिहर सेनलाई हेरे । त्यस उप्रान्त हरिहर सेनमा उन्माद छायो । उनलाई फेरि अन्य मुलुकहरू जित्न निस्किने, बाहुबल आजमाउने रौस चढ्यो । उनको विचारमा यता जनता त फगत् तमासे बनेर बस्छन् । राजाले युद्ध गर्छन्, जितेमा उत्सव मनाउँछन् । रानी अनजानमा यस्ती दासी बन्दछे र राजालाई स्वच्छन्द र स्वामी बन्नको लागि बल दिन्छे । राजा अर्थात् पुरुषले पदार्थ जित्दछ र सङ्कलन गर्दछ तब रानी अर्थात् स्त्रीले त्यो शरीर र घरमा सजाउँछे र सम्झन्छे कि यो उचित हो र उसको हक हो । यसकारण उचित छ कि राजा पुरुषार्थ देखाउन निस्कियून, जितून् र उसको संरक्षण गरून् । राजाले यो लामो चाक्लो शरीर किन पाएको हो, यो पुरुषार्थी स्वभाव किन भएको हो ?
शक्तिपीठ स्थापनाको चलनले परापूर्वकालका नारीको वीरताको कदर गर्दै वर्तमानमा नारीलाई धर्मको नाममा थान्को लगाएको न हो । मन्दिरमा पूजा गर्ने अधिकार प्रजासँग सुरक्षित रहन्छ । यसरी नै राजा हरिहर सेन दाता र बलशाली बनेका थिए । धनधान्यकी देवी बङ्गलामुखी र राजाकी देवी राजदेवीको मूर्ति पनि स्थापना गरी समग्रमा राजदेवी नामकरण गरी पूजाआजासहित पुजेरी र मन्दिरको खर्च निमित्त दुई गाउँ चिकना र कटरवनमा जग्गाको बन्दोबस्त गरी विष्णुकान्त मिश्रलाई पुजेरी नियुक्त गरिएको भनाइ छ । आज कटरवनको राजदेवीले हरिहर सेनको शक्तिको वकालत (बहस) गरिरहेको छ । मानसिक र भावनात्मक जीवनको लागि भक्तले मन्दिरमा गई प्राथना गर्ने गर्दछन् । यो सुविधा मन्दिर स्थापना गर्ने राजा हरिहर सेनलाई थिएन । मन्दिरमा राजा मानसिक र भावनात्मक तुष्टि देख्न (पाउन) सक्तैनन् । राजासँग आफ्नो अहङ्कारमात्र हुन्छ । त्यसबाट ऊ प्रतिष्ठा फैलाउनमात्र सोच्छ । जब ऊ थाकेर गलित हुन्छ तब फर्केर निर्माण कार्यमा लाग्छ । पत्नीको काख खोज्छ, स्त्रीको समक्ष जान्छ ।
राजदेवीको प्रचार सो समयमा खासै नभए पनि अहिले बढ्दो छ र भक्तहरूको मायाले सिँगारिँदै पनि छ । हरिहर सेन योद्धा र विजेता बन्ने धुनमा थिए र अविजित रहे पनि । परिणाम के हुन गयो भने उनी राजदेवीको पुजारीबाट यस तर्फको दायित्व निर्वाहको अपेक्षा राख्दथे, स्वयम् आफूले दायित्व लिने काम भने कहिल्यै गरेनन् । हरिहर सेनले राजदेवीको स्थापना गराए तर त्यहाँ पूजा गरेर बसेनन्् ।
राजा हरिहर सेन सङ्गीत प्रेमी पनि थिए । नर्तकी नर्मदाको चुल्ठोमा जडिएको मोती एउटा अथवा दुईटा अथवा दशवटा इत्यादि गन्तीको अर्थ नै थिएन । मानिस भन्दछन्, र सही नै भन्दछन् कि नर्मदाको शरीरमा रत्न जडिएको चौबन्दी चोली टम्म कसिएको हुनसक्छ । छिन्न लागेको कम्मरलाई धान्न मलमलको पटुकी आवश्यक थियो । त्यो देखेर दर्शकहरूले नर्मदालाई पत्नी बनाएर आफ्नो गृहस्थी सुम्पन पाए हुन्थ्यो भन्ने कल्पनासम्म गरे । घरदेखि बाहिर राजाले आयोजना गरेको कार्यक्रममा देखिएकी यस्ती नर्तकी पत्नी बन्न सक्दिन, अतः मनमा कुरो खेलाउनुको कुनै अर्थ छैन । पुरुष घरबाहिर घुमफिर गरिरहनु पर्छ । मानसिक र शारीरिक स्वास्थ्यको लागि पनि आवश्यक छ कि यस्तो अवस्थामा पनि स्त्री सुख प्राप्त होस् । एकदम आवश्यक छ नत्र भने लडाइँ गर्ने सिपाहीहरूको स्वास्थ्य र चित्त राम्रो रहने छैन । अतः राजा हरिहर सेनका लागि जति स्त्रीसुख अनिवार्य भयो, निवासमा स्त्रीहरू त्यति नै सेवा गर्न तत्पर थिए । समय समयमा उत्सवको आयोजना गरी सिपाहीहरूलाई पनि केलिक्रीडाको सुविधा सदा उपलब्ध गराएको बुझिन्छ ।
वीरोचित कारनामाले स्थापित राजदेवीको पूजाअर्चना पुजेरीले गरेपछि पञ्चामृत र प्रसाद वितरण गरियो । पञ्चबलीको व्यवस्था विना शूरवीरता पूर्ण भएको पक्कै पनि मानिएन होला । राजा स्वयम्ले पञ्चबली दिएर देवीलाई रक्तभोग चढाउने चलन पुरानो हो । शब्दले नयाँ पुरानो बन्दैन । आज पनि हाम्रो चलन यस्तो छ कि कर्मचारी श्रमिक भन्दा श्रेष्ठ छ । व्यवसायी उत्पादक भन्दा श्रेष्ठ छ । राजनीति सांस्कृतिक भन्दा महत्वपूर्ण छ । यसको अर्थ मूल्य मान्यतामा परिवर्तन आएको ठान्न हुँदैन । त्यहाँ नर्मदा नर्तकीको नृत्य हेर्न दर्शकहरूका गोडा नृत्यशाला तर्फ गए होलान्, यस्तो लाग्दछ कि सार्वजनिक नृत्य हुन थालेको मण्डप केही समयमै भरियो होला । हरिहर सेनकी महारानी मकवानपुर दरबारमा छिन् होलीन । र, नृत्य मण्डपमा भएकी नर्मदा सार्वजनिक हो र उसको उपयोगिता राजाका लागि त्यतिकै विस्तृत छ । शङ्खघोषका साथसाथै महाराजाधिराज, प्रजापालक, हिन्दूपति राजा हरिहर सेन नृत्य मण्डपमा मनोरञ्जनको लागि आउनु अनहोनी कुरो होइन ।
प्रजावत्सल, महापराक्रमी, धर्मरक्षक हरिहर सेनको मान कम हुन नदिन जयनाद भएको हुनुपर्छ । यस्तो जयनादमा म संस्कारिताको हानि पाउँछु । राजा हरिहर सेन त्यसबाट अछुतो कसरी रहन सक्दा हुन् । अर्थात, राजाले आफ्नो दम्भ देखाउन बागमती नदीको किनारमा, कटहर वनमा उम्दा नर्तकी नर्मदालाई नचाई छाडे । नाच गानको स्थान उच्च छ र पनि छोरीहरूलाई नर्तकी बनाउन प्रायःजसो आमाबुबाको चित्त मान्दैन । नृत्य मण्डपको वातावरण स्वर–तालको तरङ्गमा तरङ्गिन थाल्दछ । विज्ञानले आजको जस्तो चमत्कार देखाइसकेको थिएन, त्यसो हुँदा राजाप्रति जनताको अश्रद्धा थिएन ।
नर्तकी नर्मदाप्रतिको आकर्षण त राजाको दम्भले सिर्जना गरेको हो । विवाहको सुविधा त मान मर्यादा र अरू राजाको स्वीकृति विचार गर्दा सजिलो थिएन । विवाह भनेको पारिवारिक कुल–शीलकोे मर्यादा–परम्परा हो, यद्यपि अहिले शिथिल बन्दैछ । नर्मदाको कोमल पाउको हलुका प्रहारले छनछन गरी बज्ने चाँदीको घुँघुरुको आवाज खुला ठाउँमा भन्दा महलभित्र सुहाउँछ, राजाले विचार बनाए । चपल गतिमा कोमलभन्दा कोमल पाउले देखाएको करामात अन्य नर्तकीको भन्दा फरक किसिमको थियो । छक्क परेका दर्शकहरूलाई लाग्यो कि देवी राजदेवीको तर्फबाट नर्मदाले नृत्य शक्ति पाएकी छे, त्यो कला संयमसाथ देखाउँदै छे ।
मानिस आफूले सहजै गर्न नसक्ने कुरालाई धर्मसँग जोड्न पुग्दछ । वास्तवमा नेपालको परिप्रेक्ष्यमा शक्तिपीठ राजदेवीको स्थापना मौलिक हो । सेनवंशी राजाहरूको आफ्नो कुलदेवीप्रतिको प्रेमको यो अपरम्पार उदाहरण राजदेवीका रूपमा हामीसँग छ । नर्तकी नर्मदा स्थापना नृत्यको समयमा चर्चामा आएपनि राजदेवी जस्तो यति व्यापक कहिले बन्न सक्दिन । प्रेम त सबैसँग छ । महान हिन्दूपति राजा हरिहर सेनको आफ्नो कुलदेवी राजदेवी प्रतिको श्रद्धा प्रेमको शक्तिले उनको र देवीको नाम व्यापक छ अहिलेको सामाजिक संस्कृतिले उत्तरोत्तर बनाउदैछ । अर्कोतर्फ नर्तकी नर्मदाको रूपमा चुर्लुम्म डुबेका राजा हरिहर सेनले आफ्नो र निवासको शोभा बनाएको हुँदा साढु दाइ कान्तिपुरका राजा प्रताप मल्लको घृणा र द्वैषको आगोले तत्काल केही गर्न नसके पनि साटो फेर्ने ईखको बिउ भने रोपिदियो । | 2019/02/20 16:02:49 | http://www.malayakhabar.com/%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A5%80/ | mC4 |
तनाव कसरी हटाउने? यस्ता छन् ११ उपाय :: स्वास्थ्यखबर :: स्वास्थ्य खबरपत्रिका
स्वास्थ्यखबर शनिबार, जेठ ७, २०७९, ०६:०२:००
तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः
विश्राम गर्नुस्
काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्न पनि भुल्छौँ। विश्राम कम भयो भने यसले तनाव उत्पन्न गराउँछ।
साथीहरूसँग भेट्नुस्
अनावश्यक विवादबाट टाढा रहनुस्
सरोकार नभएको विवादमा भरसक मुछिनु हुँदैन। यसो गर्दा अनावश्यक तनाव लिनुपर्दैन।
पुरानो कुरा बिर्सिन खोज्नुस्
हाँस्नुस्
मदिरापान नगर्नुस्
कफी, चिया कम गर्नुस्
धेरै भावुक नहुनुस्
एउटा भनाइ छ– अतिले खती गर्छ। स–साना कुराले भावुक बनाउने गरेको छ भने तपाईं तनावग्रस्त अवस्थामा पुगिरहनुहुन्छ। यदि, आफू बढी नै भावुक छु जस्तो लाग्यो भने भावुक बनाउने कुराबाट अन्तै मन डुलाउने प्रयास गरेर यसलाई कम गर्न सकिन्छ।
डाक्टरसँग परामर्श लिनुस्
यदि तपाईंलाई बढी नै तनाव हुन्छ र यसले निदाउन नदिने गर्न थालेको छ भने डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ। डिप्रेसन हुँदा पनि यस्तो अवस्था उत्पन्न हुन सक्छ। डिप्रेसन भएको रहेछ र समयमै औषधि खानुभएन भने तपाईंको मानसिक स्वास्थ्य अझ बिग्रिँदै जान सक्छ।
छदेखि आठ घण्टासम्म सुत्नुस्
नियमित व्यायाम गर्नुस्
योग, व्यायाम नियमित गर्ने गर्नुभयो भने शरीरमा अक्सिजनको 'इन्टेक' बढ्छ। रगतमा अक्सिजनको मात्रा बढ्यो भने यसले तपाईंलाई आलस्य, चिन्ता, तनावबाट मुक्त हुन मद्दत गर्छ।
धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस् रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्याउँछ। यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ। ८ घण्टा पहिले
अनुसन्धानको दाबी: हेडफोनले विश्वभरीका मानिस बहिरोपनको शिकार भइरहेका छन् फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल इन्स्टिच्युटको अनुसन्धानमा फ्रान्समा चारमध्ये एक व्यक्तिमा श्रवण सम्बन्धी समस्या भइरहेको पत्ता लागेको छ। १४ घण्टा पहिले | 2022/06/25 15:00:03 | https://swasthyakhabar.com/story/46231 | mC4 |
बार्सिलोना २ खेल अघि नै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश - Gokarna News
बार्सिलोना २ खेल अघि नै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश
काठमाडौं– युरोपेली क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलानसँग १–१ गोलको बराबरी खेलेको बार्सिलोना २ खेल अघि नै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बार्सिलोना समूह चरणको ४ खेलबाट १० अंक जोड्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । करीव ८० हजार दर्शकमाझ ८३ औं मिनेटमा माल्कोनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेस्सी विना मैदानमा उत्रिएको बार्सिलोनाले ८७ औं मिनेटमा गोल खान पुग्यो ।
अर्जेन्टिनी खेलाडी माउरो इकार्डीले इन्टर मिलानका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । कप्तान लिओनेल मेसी टोलीसँगै इटाली पुगेपनि प्रशिक्षक एर्नेस्टोले जोखिम लिन नचाहेपछि बेन्चमा पनि बसेनन् । यही समूहको अर्को खेलमा टोटनह्यामले पिएसभीलाई दुई एकले हरायो । उसको जितमा दुबै गोल हेरी केनले गरे । उनले खेलको ७८ औं र ८९ औं मिनेटमा गोल गरेका थिए ।
यता समूह सीबाट पेरीस सेन्ट जर्मेन पनि नापोलीसँग एक एकको बराबरीमा रोकियो । बराबरीले नापोली समुहको शीर्ष स्थानमा पुग्दा पिएसजी तेसो स्थानमा कायमै छ ।
यही समूहको अर्को खेलमा इंग्लिस टोली लिभरपुल सर्वियाको रेड स्टारसँग पराजित भयो । सर्वियामा भएको खेलमा लिभरपुलले २–० गोलको पराजय ब्यहोर्यो । यसअघि घरेलु मैदानमा चार शुन्यले हराएको लिभरपुल रेडस्टारको मैदानमा भने पुर्णरुपमा दबावमा देखियो ।
सन् १९७३ पछि रेड स्टारको मैदानमा उत्रिएको लिभरपुलविरुद्ध घरेलु टिमका लागि दुवै गोल पापकोभले गरे । हारँसगै लिभरपुलले समुह सी मा तीन अंकको अग्रता बनाउने मौका पनि गुमायो । समूह ए अन्तर्गत क्लव बर्गसँग ४–० गोलले पराजित भएसँगै फ्रान्सेली टोली मोनाको यसपटक समूह चरणबाटै बाहिरिएको छ । | 2019/08/20 16:35:00 | https://gokarnanews.com/2018/11/07/41630/ | mC4 |
भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने प्रवृत्ति बन्द गरिनुपर्छ : प्रस्तावित राजदुत आचार्य :: PahiloPost
भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने प्रवृत्ति बन्द गरिनुपर्छ : प्रस्तावित राजदुत आचार्य
9th December 2018, 02:26 pm | २३ मंसिर २०७५
काठमाडौं: भारतका लागि प्रस्तावित राजदुत निलाम्बर आचार्यको सुनुवाई सकिएको छ। संसदीय सुनुवाइ समितिको सिंहदरबारमा आज बसेको बैठकमा आचार्यलाई सांसदहरुले भारतसँग सम्बन्ध सुधार्न के कस्ता योजना छन् भनी प्रश्न गरेका थिए।
पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका सांसद भीमसेनदास प्रधानले 'भारतले तीनतीन पटक नाकाबन्दी लगाएकोले नेपालसँगको सम्बन्ध चिसिएको अवस्थामा सम्बन्ध कसरी सुधार्नुहुन्छ?' भनी प्रश्न गरेका थिए।
त्यस्तै नेकपाका सांसद योगेश भट्टराईले 'छिमेकी बदल्न नसकिने अवस्थामा छिमेकीको प्रवृत्ति बदल्न के गर्न सक्नुहुन्छ? भनी प्रश्न गरेका थिए।
जवाफमा आचार्यले राजदुतले आफैले केही नसक्ने र यो सबै सरकारको नीतिमा भर पर्ने बताए। उनले भने, 'छिमेकीसँग सम्बन्ध सुधार्न परराष्ट्र वा राजनीतिक तवरबाट गरिने प्रयास र सरकारको नीति नै अन्तिम हो।'
सम्बन्ध चिसिएको बेला राजदुत बन्ने प्रस्ताव आएकोले आफू यो जिम्मेवारी लिन तयार भएको आचार्यको भनाई थियो। भने, 'मलाई राजदुत बनाउ बन्ने इच्छा थिएन। बन्न प्रस्ताव आएपछि संवेदनशील समयमा जिम्मेवारी लिन तयार भएको हुँ।'
भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने प्रवृत्ति बन्द गरिनुपर्छ
सुनुवाई सकिनसाथ आचार्यले भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने प्रवृत्ति बन्द गर्नुपर्ने प्रतिक्रिया दिए। भने, 'भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने प्रवृत्ति बन्द गर्नुपर्छ। राजनीतिक दलका नेताहरुले पनि ध्यान दिनुपर्छ।'
यसअघि नेपालको सम्बन्ध ४ देशसँग रहेकोमा १६० देशसँग सम्बन्ध विस्तार भएको उल्लेख गर्दै आचार्यले अब भारतसँगको सम्बन्धलाई नयाँ तरिकाले अघि बढाउनुपर्ने बताए। त्यसैगरी उनले नेपालको विकासका लागि भारतसँगको सम्बन्ध राम्रो बनाउनुपर्ने बताए। भने, 'नेपालको विकासका लागि भारतसँगको सम्बन्ध राम्रो हुनैपर्छ। अन्य देशसँगको सम्बन्धले भारतसँगको सम्बन्धमा आँच आउछ भन्ने आशंकालाई मेटाउनुपर्छ।'
खुल्ला सीमाना भएकाले नेपालका अनेकन समस्या भएको उनको भनाई थियो। यी समस्या समाधान गर्नु सरकारको दायित्व भएको आचार्यले बताए। भने, 'व्यक्तिले सीमा क्षेत्रका कुरा उठाउनुपर्छ। जसरी भारतमा काम गर्ने नेपालीहरुको समस्या समाधान गर्न हाम्रो माग छ भने सीमा क्षेत्रमा बस्नेहरुको समस्या पनि समाधान गर्ने हाम्रो दायित्व छ। किन भने खुला सीमानाका कारण दुबै देशका जनता एकआपसमा जोडिएका छन्।'
इपिजी प्रतिवेदनका बारेमा हल्लामात्र बाहिर आएको भन्दै उनले एक जना व्यक्तिले कोठामा बनेको प्रतिवेदन भनेर अस्वीकार गर्दैमा भारतले अस्वीकार नगरेको बताए। 'इपिजि प्रतिवेदन नेपालको वा भारतकोमात्र नभएर दुबै देशकी प्रतिवेदन भएकोले यसलाई स्विकृति गरिएको छ,' आचार्यले भने।
संसदीय समितिमा प्रस्तावित राजदुतविरुद्ध कुनै उजुरी परेको छैन। यद्यपि सुनुवाई जारी छ। अन्य देशका लागि प्रस्तावितको सुनुवाई भएपछि अनुमोदनको प्रक्रिया अघि बढ्ने छ। मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्णप्रसाद ढकाललाई युएइ र डा. अञ्जना शाक्यलाई इजरायलका लागि राजदूतमा सिफारिस गरेको थियो।
भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने प्रवृत्ति बन्द गरिनुपर्छ : प्रस्तावित राजदुत आचार्य को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन । | 2019/08/22 04:54:09 | http://pahilopost.com/content/20181209142558.html | mC4 |
बैदेशिक रोजगार : खानपिनमा भन्दा फोनमा खर्च भरमार ! - inaruwaonline.com
बैदेशिक रोजगार : खानपिनमा भन्दा फोनमा खर्च भरमार !
प्रकाशित मिति: आइतबार, मंसिर २०, २०७२ समय: ९:२६:२५
मंसिर २०, गुल्मी, प्रेम सुनार। गुल्मी बडागाउँका रामबहादुर बिश्वकर्माले मोवाईलमा मासिक ३ हजार सम्म खर्च गर्छन । उनकी श्रीमतीले करिव ५ सय खर्च गर्छिन् । छोरीको झण्डै एक हजार , जेठो छोराले पनि त्यत्तिनै खर्च गर्छन । यहाँ सम्मकी गत तिन महिना देखि मोवाईल खेलाउन थालेका उनका १३ वर्षिय छोराले पनि सरदर मासिक ५ सय खर्च गर्न थाले पछि त्यो घरमा मोवाईलमा मात्र मासिक खर्च सरदर ६ हजार रहेको छ ।
तर उनिहरुको मासिक खर्च अन्न घर मै हुने भएकोले अन्य खाना लगाउन खर्च मोवाईलको फोन खर्च भन्दा कम देखिएको छ । आम्दानीको श्रोत हो वैदेशिक रोजगार । बिश्वकर्मा बैदेशिक रोजगारका लागि कतार जान थाले पछि त्यो घरको फोन खर्च बढेको हो । विदेशबाट परिवारका सवै सदस्यहरुलाई फोन ल्याई दिए पछि त्यो घरमा सवै गरेर ५० हजार भन्दा बढि मुल्यका मोवाईलहरु रहेका छन ।
तर वावु आमाले जोरेर दिएको वाहेक श्रीमति छोरीहरुका लागि २५ हजार मुल्य बरावरको सुन चाँदी समेत आफुले जोर्न नसकेका उनि बताउछन् । उनले भने –'आउदा यस्तो मोवाईल उस्तो मोवाईल मात्रै ल्याई देउ भन्छन त्यस्तो सुन चाँदीको गरगहनामा चासो नै छैन् त्यसेले तिनै मोवाईलका थोत्रा मात्रै छन सुन चाँदी जोरिएको छैन् ।'
यता घरदेशी र उता प्रदेशी त्यस्ता कतिपय जोडीहरुले भिडियो कल र कतिपयले फोन कुराकानीकै माध्यमबाट यौन प्यास मेटाउने गरेको समेत पाईएको छ । यसले गर्दा पनि बैदेशिक रोजगारले खान खर्च भन्दा मोवाईल फोन खर्च बढाएको देखिन्छ ।इबाग्लुगं बाट | 2021/08/04 13:17:59 | https://www.inaruwaonline.com/4824/ | mC4 |
Aagan Fm महालक्ष्मीले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं असोज २६। महालक्ष्मी विकास बैंकले चुक्ता पुँजीको ७ प्रतिशत रकम नगद लाभांश वितरण गर्ने भएको छ। शुक्रबार काठमाडौंमा सम्पन्न बैंकको सत्रौँ साधारणसभाले ७ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति दिएको हो।
बैंकको चुक्ता पुँजी दुई अर्ब ६३ करोड ३७ लाख ९७ हजार कायम रहेकोमा त्यसको ७ प्रतिशत अर्थात १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो। त्यस्तै बैंकले चुक्ता पुँजीको ८ प्रतिशतका दरले २१ करोड सात लाख तीन हजार ७९६ रुपैयाँ बोनस शेयर जारी गर्ने विषयमा पनि साधरणसभाबाट स्वीकृति पाएको छ। यसो गर्दा बैंकको दुईअर्ब ८४ करोड ४५ लाख एक हजार रुपैयाँ चुक्ता पुँजी पुग्ने छ
। बैंकको कुल निक्षेप गत वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भएर २७ अर्ब २७ करोड पुगेको छ। त्यस्तै लगानी एक अर्ब ७६ करोड, कर्जा तथा सापटी २१ अर्ब ६५ करोड रूपैयाँ पुर्याएको बैंकले जनाएको छ। बैंकको कुल सम्पत्ति भने ३१ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यो गत अर्थिक वर्षको तुलनामा ८.९१ प्रतिशतले बढी हो। बैंकले चालु आर्थिक वर्षबाटै चिप बेस कार्ड प्रयोगमा ल्याउने जनाइएको छ।
बैंकका अध्यक्ष राजेश उपाध्यायले बैंकलाई आगामी दिनमा थप राम्रो र विश्वासिलो बनाउनको लागि बैंकले उच्च प्रविधिको प्रयोग गर्ने बताए। उनले बैंकले जनताबाट बचत भएको निक्षेपको सही प्रयोग गर्ने र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने गरी काम गर्ने पनि बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आफ्ना शाखाहरूले विविधिकरण र विस्तार गर्दै लगेको जानकारी गराए। बैंकले हालसम्म देशभर ७५ वटा शाखा विस्तार गरिसकेकाे छ। अव एक वर्षभित्रमा थप २० वटा शाखा विस्तार गर्ने योजना पनि बनाइको जनाइएकाे छ। | 2019/02/17 12:33:08 | http://aaganfm.com.np/news-details/3307/2018-10-12 | mC4 |
मादलको कारोवार घटे पछि, व्यवसाय गरेर जीविकोपार्जन गर्न पनि धौ–धौ ! – ebaglung.com
मादलको कारोवार घटे पछि, व्यवसाय गरेर जीविकोपार्जन गर्न पनि धौ–धौ !
२०७५ कार्तिक २९, बिहीबार ०८:२१ Top News, थप समाचार
कौरव खत्री, गुल्मी २०७५ कात्तिक २९ । गुल्मीमा तिहार आसपासमा पनि मादलको व्यापार निकै कम भएको छ । गत बर्ष झण्डै ढेड सय मादल विक्रिभएको तर अहिले भने त्यसको तुलनामा तीज पर्वदेखि तिहारसम्म आइपुग्दा बल्लतल्ल १५/१६ ओटा मादल विक्रिभएकोले यो तिहारमा मादलको व्यापार लगभग शून्य जस्तै भएको रेसुङ्गा नगरपालिका १ तम्घास बजारमा मादल व्यवसाय गदै आएका डिल बहादुर नेपालीले जानकारी दिए ।
व्यवसायी नेपालीले भने यो सिजनमा नयाँ मादल निकै कम व्यापार भएको र पुराना १२/१३ ओटा मादलहरु मर्मत संम्भार गरेको भन्दै अव मादल व्यवसाय गरेर जिविकोपार्जन गर्न पनि धौ–धौ भएको बताए ।
मादल व्यवसायी नेपालीले फेरी भने, पहिला पहिला मादलको निकै महत्व रहेको तर आजभोलि मादललाई पुरानो बाजा भनेर कम चासो दिन थालेपछि पछिल्ला बर्षहरुमा मानिसहरु आधुनिक बाजाहरुमा अग्रसर हुनथालेपछि आफूले बनाएका मादलप्रति चासो कम हुनथालेपछि मौलिक हाम्रो पुराना लोकबाजा मादल पनि विस्तारै लोप हुने अवस्थामा पुगेको बताए ।
बाग्लुङ्गको गलकोटदेखि मादलको व्यापार गर्न गुल्मीमा आएर पाँच बर्षयता निरन्तर रुपमा गुल्मीको सदरमुकाम तम्घास बजारमा गोल्कोटे मादल पसलको नामबाट व्यवसायिक रुपमा मादल व्यवसाय गदै आएका नेपालीले भने, मादलको व्यापार घट्दै गयो अव व्यवसाय नै संकटमा पर्न थालेको छ ।
साथै उनले भने,बागलुङ र गुल्मीमा गरि मादल व्यवसाय गर्न थालेको पनि चालिस बर्ष पूरा भएको आफ्नो अनुभव सुनाउदै तर यस्तो अवस्था आएपछि पेसा संकटमा पर्न थालेको नेपालीले बताए । | 2019/12/07 10:55:12 | https://www.ebaglung.com/archives/42217 | mC4 |
बाँकेमा कोरोना संक्रमितको सँख्या १५७० – BANKE POST
असोज ३,शनिबार
बाँकेमा शनिबार गरीएको परिक्षणमा २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको परिक्षणमा १५ र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको परिक्षणमा ८ गरी २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार दुबै अस्पतालको ल्यावमा गरिएको परिक्षणमा बाँकेका १७ जना र अन्य जिल्लाका ६ जनामा संक्रमण देखिएको हो । सरकारले सबै अस्पताललाई कोरोना परिक्षणको अनुमती दिएसँगै नेपालगन्ज मेडिकल कलेज कोहलपुरले समेत कोरोना परिक्षण सुरु गरेको छ । यसअघि भेरी अस्पताल नेपालगन्ज र निजि स्तरबाट संचालित वागेश्वरी डाईग्नोष्टिक पोलिक्लिनिक सेन्टरले मात्र बाँकेमा कोरोना परिक्षण गर्दै आएका थिए । आज थपिएका नयाँ संक्रमितसँगै बाँकेमा कोरोना संक्रमितको सँख्या १५७० पुगेको छ ।
Posted on May 13, 2020 May 13, 2020 Author Hari Adhikari
३१ बैशाख, नेपालगञ्ज । बाँकेको कोहलपुरमा एम्बुलेन्स खोलामा खस्दा ६ जना घाइते भएका छन् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट चार दिने सुत्केरी बोकेर गइरहेको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स आज कोहलपुर नगरपालिकाको वडा नम्बर १२ स्थित रोहिणी खोलामा खसेको प्रहरीले जनाएको छ । एम्बुलेन्स सडकदेखि झण्डै सय मिटर तल खोलामा खसेको हो । एम्बुलेन्समा […]
एभरेष्ट बैंकद्वारा ११ नं. वडा कार्यालयलाई राहत हस्तान्तरण
२६ बैशाख, बाँके । एभरेष्ट बैंक लिमिटेड कोहलपुर शाखाले ११ नं. वडा कार्यालयलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको छ । लकडाउनका कारण उत्पन्न परिस्थितीका कारण समस्यामा परेका विपन्न परिवारलाई मध्यनगर गर्दै वडा कार्यालयलाई खाद्यान्न उपलब्ध गराईएको एभरेष्ट बैंक लिमिटेड कोहलपुर शाखा प्रमुख सुभाष बुढाथोकीले जानकारी दिए । बैंकमा कार्यरत कर्मचारीहरुको पहलमा शुक्रबार कोहलपुर नगरपालिका वडा […]
शनिबार पनि बैङ्कहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन
३० जेठ, काठमाडौं (एजेन्सी)। नेपाल राष्ट्र बैङ्कले भोलि शनिबार बैङ्कहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ । क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो । राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व […] | 2022/05/18 10:49:13 | http://bankepost.com.np/2020/09/19/%E0%A4%AC%E0%A4%BE%E0%A4%81%E0%A4%95%E0%A5%87%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE-%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%E0%A4%95/ | mC4 |
बाढीले बेपत्ता दुई बालिका अझै भेटिएन – Khabar Silo
म्याग्दी : बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता बनाएका दुई बालिकाको अवस्था तीन दिनदेखि बेपत्ता छन्।कोटखोलामा शनिवार राति साढे १० बजे आएको बाढीले १० वर्षीया प्रविना परियार र ८ वर्षीया अनुश्का परियार बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भइरहे पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
बगरफाँट स्थायी रुपमा बस्ने माया परियारको घरमा पाहुना आएका बालिकाहरु बेपत्ता भएका हुन्। बेनी नगरपालिका–९ की पार्वती परियारकी १० वर्षीया छोरी प्रविना र बेनी नगरपालिका–५ खोरगैराकी अनिता परियारका छोरी अनुश्का बेपत्ता भएका हुन्।
खोलाले धार परिबर्तन गरि बस्तीतिर आएको बाढीले बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार, राममाया परियारको तीन घरमा पूर्ण क्षति गरेको छ। तीन घरमा आंशिक क्षति पुर्याएको छ। सोेही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पूर्ण क्षति भएको छ। | 2021/10/22 22:17:52 | https://khabarsilo.com/13031/ | mC4 |
सरकारले एमसीसी पास गर्ने लागेको भन्दै विप्लवले गरे आन्दोलनको घोषणा — Motivatenews.Com
सरकारले एमसीसी पास गर्ने लागेको भन्दै विप्लवले गरे आन्दोलनको घोषणा
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्र विक्रम चन्द (विप्लव)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती भएको बताउँदै सहीछाप नलाउन आग्रह गरेका छन् । विप्लवले आइतबार विज्ञप्ति जारी गरेर काँग्रेसको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदबाट पास गर्न लागेको भन्दै आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।
विप्लवले विज्ञप्तिमा जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन आग्रह पनि गरेका छन् । यदि एमसीसी संसदबाट पारित गरे त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिदै विप्लवले त्यसको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने बताए ।
"एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अत्यधिक जनमत पास गर्नु हुँदैन भन्नेमा देखापरेको छ । त्यसैगरी कयौँ राजनीतिक पार्टी र व्यक्तित्वहरूले पनि त्यसका विरुद्ध सङ्घर्ष गरिरहेका छन् । यसप्रति हाम्रो पार्टी खुसी व्यक्त गर्दछ । सरकारी नेकपाभित्र पनि पास गर्नु हुँदैन भन्ने पक्ष देखापर्नुलाई पार्टीले सकारात्मक महत्वका रूपमा लिएको छ । हामी एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष रूपले आग्रह गर्दछौँ । साथै सरकारी नेकपालाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह गर्दछौँ" विज्ञप्तिमा भनिएको छ ।
विप्लवले एमसीसी सम्झौताले नेपाल र अमेरिका सम्बन्धमासमेत गम्भीर नकारात्मक परिणाम ल्याउने भन्दै जबरजस्त सम्झौता नलाद्न र नेपालको सार्वभौमितामामाथि हस्तक्षेप नगर्न अमेरिकलाई आग्रहसमेत गरेका छन्
विज्ञप्तिमा भनिएको छ, "हामी एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौँ ।"
विप्लवले जेठ २८ गतेसम्म चरणवद्ध रुपमा संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । जसमा जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, जेठ २१ गते केपी ओली र शेरबहादुर देउवाको पुतला जलाउने, जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म घोषणा गरिने जानकारी गराएका छन् । | 2020/10/30 21:57:24 | https://motivatenews.com.np/archives/30853 | mC4 |
टाटा मोटर्सको चौथो ग्लोबल सर्भिस क्याम्प शुरु « Khabarhub
टाटा मोटर्सको चौथो ग्लोबल सर्भिस क्याम्प शुरु
नेपालका लागि टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालीले ग्लोबल सर्भिस क्याम्प मेला शुरु गरेको छ ।
टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट श्री गिरिस वाग तथा सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक्तरुपमा उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिस वागले सम्पूर्ण सिप्रदी तथा टाटा मोटर्स्का कर्मचारी, ग्राहकहरु, मिडिया तथा सहभागीहरुलाई बधाई तथा शुभकामना दिए ।
समारोहमा सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले टाटा मोटर्स र सिप्रदीको सम्बन्ध प्रगाढ भएकोमा शुभकामना व्यक्त गरे । साथै यसको लागि सबै ग्राहकहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता, मिडिया साथीहरुको साथका लागि उनले धन्यवाद दिए । यस्तो प्रकारको कार्यक्रमले ग्राहकहरु वीचको सम्बन्ध पनि प्रगाढ हुने उनले बताए ।
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प विश्वभरि एकै साथ आयोजना गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ ।
क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु रहेका छन् ।
सिप्रदी ट्रेडिङ्ग प्रालि ले यसै अवसर पारेर टाटा मोटर्स्को टाटा विङ्गगर बीएसआईभी २.२ एल डिकोर गाडीको औपचारिक रुपमा उद्घाटन गरिएको छ । त्यस क्याम्पमा एक्साईड व्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूव्रिकेन्ट इन्सुरेन्स, बैंक र अन्य अटोमोटिभ व्राण्डहरुले सहभागिता जनाएका छन् ।
विश्वभर एकैसाथ हुने टाटा मोटर्स् ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा चौथो संस्करण हो । विभिन्न स्टेजहरुद्वारा सुसज्जित यस क्याम्पमा टाटाद्वारा आयोजित विभिन्न कार्यक्रमहरुको अवलोकन गर्न पाइनेछ ।
आकर्षक योजना, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न विषयहरुमा सचेतना, विभिन्न सेवा आदि यस क्याम्पका मुख्य आकर्षणहरु हुन् । मेला २१ गते सम्मा सन्चालनमा रहनेछ । | 2021/03/03 12:18:28 | https://www.khabarhub.com/2019/06/107983/ | mC4 |
अब परीक्षा उत्तीर्ण भएको १ महिनामै चालक लाइसेन्स पाइने - Safal Awaj Safal Awaj
अब परीक्षा उत्तीर्ण भएको १ महिनामै चालक लाइसेन्स पाइने
फागुन १४ गते २०७७ मा प्रकाशित
काठमाडौँ, १४ फागुन । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।
अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ । विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताए । उनका अनुसार यी कार्डको खरीद गर्न लागेको कम्पनीले अहिले थोरै सङ्ख्यामा कार्ड नमूना परीक्षणका लागिसमेत पठाइसकेको छ । त्यो ठीक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने उनले जानकारी दिए । थोरै कार्ड मात्रै बाँकी भएकाले थोरै छापिएको र नयाँ कार्ड आउनासाथ धमाधम एकैदिनमा धेरै छपाइ हुने बिभागले जनाएकाे छ ।
विभागले गत वर्ष खरीद गरेको 'मास प्रिन्टर' को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ । एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि चार हजार ५०० छापिने निर्देशक पौडेलले बताए । उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने उनको भनाइ छ । विभागले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा तीन 'सिफ्ट' मा उपकरण सञ्चालन गरेको थियो । कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र सरकारले गत पुसमा पुनः खुलाएको हो । देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन् । तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ ।
नयाँ १४ लाख कार्ड एकैपटक आएपछि माग धान्न गाह्रो नहुने निर्देशक पौडेल बताउछन । 'मास प्रिन्टर' सँगै विभागमा साना क्षमताका उपकरण रहेका छन् । तत्कालका लागि तीनको प्रयोग नभए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागले जनाएको छ । विगत दुई वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन् । विभागले 'सर्भर' को काम र अनुमतिपत्र छपाइ गरिरहेको छ ।रासस
अमेरिका र जापानबीच सहकार्यलाई निरन्तरता दिने सहमति
व्यवसायी र कालिगढको सम्बन्ध नङ र मासुको जस्तै भए समस्या हुँदैन : सांसद थापा
क्युबाको कम्युनिष्ट पार्टी प्रमुख राहुल क्यास्ट्रोद्धारा पद त्याग्ने घोषणा
जयनगर-बर्दिवास प्रथम खण्डमा वैशाखभित्रै रेल चल्ने
वाशिङ्टन, ४ चैत । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ…
काठमाडौ, ४ वैशाख । कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल…
पोखरा, ४ वैशाख । गण्डकी प्रदेश सभाका सदस्य विन्दुकुमार थापाले सुनचाँदी व्यवसायको क्षेत्रमा काम गर्ने कालिगढ र व्यवसायीबीच नङ र मासुको जस्तो सम्बन्ध भए मात्रै…
हवाना, ४ वैशाख । क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गरेका छन । उनले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद… | 2021/04/17 17:51:32 | https://safalawaj.com/2021/02/26/23607/ | mC4 |
भारतका दुई राज्यमा तनाव, हिंसा भड्काउनेलाई गोली ठोक्ने आदेश
प्रकाशित मिति: मंगलबार, भाद्र २८, २०७३ समय: ८:०७:१७
भारतको पश्चिमी दुई राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी सम्बन्धि विवाद पुनः चुलिएपछि बेङलुरुमा ४० बसमाथि आगजनी भएको छ।
तमिलनाडुलाई पानी उपलब्ध गराउने विषयमा उच्च न्यायलयले गरेको फैसलाको विरोधमा कर्नाटकामा पछिल्लो एक सातादेखि विरोध प्रदर्शन चलिरहेको थियो। जसले सोमबार हिस्रक रुप लिएपछि उग्र प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले बेङलुरुमा ४० बसमाथि आगजनी गरे। जसका कारण स्थानीय प्रशासनले धारा १ सय ४४ लागु गर्नु परेको थियो।
बेङलुरुमा हाल ७ स्थानमा कफ्र्यु लगाइएको कर्नाटका सरकारले जानकारी दिएको छ। राज्यका गृहमन्त्री जी परमेश्वरले हिंसा भड्काउने प्रदर्शनकारीलाई गोली ठोक्ने आदेश दिएका छन्।
सोमबार जलाइएका गाडीहरू तमिलनाडुको नम्बर प्लेटका थिए। यस्तै, तमिलनाडुबाट कर्नाटकामा आएर विभिन्न व्यवसाय गरिरहेका व्यक्तिहरूको पसल छानीछानी तोडफोड र आगजनी गरिएको थियो। प्रहरीका अनुसार यो घटनामा २ सय प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।
भारतका दुई छिमेकी राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी उपभोग गर्ने सम्बन्धमा तनाव भएको यो पहिलो घटना होइन्। पानीको विषयलाई लिएर यी दुई राज्यबीच १ सय ३५ वर्षदेखि झगडा छ। खासमा यस क्षेत्रमा बर्षायाममा पानी कम पर्ने वित्तिकै सिचाइँलगायतका कुरामा पानीको उपयोगलाई लिएर विवाद हुने गरेको छ।
कर्नाटकका सरकारले केही समयअघि उच्च न्यायलयमा कावेरी नदीबाट १५ हजार क्युसेक पानी उपलब्ध गराउन याचिका दायर गरेको थियो। तर, न्यायलयले १५ को स्थानमा १२ हजार क्युसेक पानी अघिल्लो १० दिनसम्म उपलब्ध गराउन आदेश दिएपछि तनाव उत्पन्न भएको थियो।
इनरुवा नगरपालिकामा भोली देखि तालाबन्दी गर्ने भएको छ। नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास शिक्षक तथा विधालय कर्मचारी संघर...
इनरुवा नगर सभापतिमा पूनः राजन मेहता निर्वाचित भएका छन । मेहता नेपाली काँग्रेसको १४ औं नगर अधिवेशनबाट सभापतिमा अत्याधिक म...
इनरुवा। नेपाली काँग्रेसको १४ औं महाधिवेशन तालिका अनुसार भएको नगर अधिवेशनबाट इनरुवा नगर सभापति पदमा राजन मेहता निर्वाचित ...
नगर सभापति सहित तीन पद टुङ्गो लगाउन इनरुवामा यतिबेला मतदान भैरहेको छ ।यो समाचार तयार पार्दै गर्दा सम्म २ सय जनाले मत खसा...
इनरुवा। नेपाली काँग्रेसको १४ औं महाधिवेशन तालिका अनुसार भोलि हुन लागेको नगर अधिवेशनमा इनरुवा नगर सभापति पदमा त्रिपक्षीय ... | 2021/09/27 22:16:36 | https://www.inaruwaonline.com/21429/ | mC4 |
प्रिन्सले जिते दोहोरो उपाधि :: PahiloPost
Jun 21, 2019 | ६ असार २०७६
Jun 21, 2019 | ६ असार २०७६ Search
प्रिन्सले जिते दोहोरो उपाधि
11th January 2019, 12:00 am | २७ पुष २०७५
नेपालका प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरो उपाधि जितेका छन्। दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनका विजेता प्रिन्स यू-१९ र यू-१५ दुवैतर्फ च्याम्पियन बने।
यू-१९ को फाइनलमा प्रिन्सले शीर्ष वरीयताका प्रफुल महर्जनलाई २१-८, २१-१० ले सहजै पराजित गरे।
यस्तै तीन सेटसम्म चलेको यू-१५ को फाइनलमा उनले म्यानमारका ज लिन थुलाई २१-१५, १७-२१, २१-९ ले पराजित गरे।
नेपाल ब्याडमिन्टन संघको तत्वाधान तथा मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिलातर्फ तीन विधामा फाइनल पुगेकी रशिला महर्जनले दुईमा उपाधि जितिन् भने एक मा जेसिका गुरुङ च्याम्पियन बनिन्।
यू-१९ मा शीर्ष वरीयताकी जेशिका गुरुङले रशिला महर्जनलाई २४-२२, २१-१४ ले पराजित गरिन्। यी दुई खेलाडीको जोडीले यू-१९ यूगलतर्फ उपाधि जिते। जेशिका र रशिलाको जोडीले शिमा राजबंशी र निता लम्साललाई २१-१२, २१-३ ले पराजित गरे।
यस्तै सहिद रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यू-१५ तर्फ शीर्ष वरीयताकी रशिला महर्जनले स्मृती राईलाई २१-७, २१-३ ले पराजित गर्दै उपाधी हात पारिन्।
यू-१९ पुरुष युगलतर्फ म्यानमारका ज लिन थु र थु रिनको जोडीले नेपालका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २-१ ले पराजित गर्दै उपाधि जिते। म्यानमारको जोडीले महर्जन जोडीलाई १९-२१, २१-१८, २१-१७ ले पारजित गरे। नेपाली खेलाडीले पहिलो सेट जितेपनि उक्त लय कायम राख्न नसक्दा पराजित भए।
शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। विजयी खेलाडीहरुलाई विराटनगर नगरपालिकाका मेयर भिम पराजुली लगायतले पुरस्कार वितरण गरे। | 2019/06/20 21:20:49 | http://control.pahilopost.com/content/20190111202149.html | mC4 |
४० वर्षको शिक्षण पेशापछि मौरीपालनमा जोमेका चुर्णबहादुर | BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार
Home स्थानिय समाचार बाग्लुङ समाचार ४० वर्षको शिक्षण पेशापछि मौरीपालनमा जोमेका चुर्णबहादुर
२०७८, ११ माघ मंगलवार ०९:३९
केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उनको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ । चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्थे । नपुग्दो केही थिएन । गाउँमा पूर्वशिक्षकको मानमनितो छँदै थियो । तर ६१ वर्षीय उनले त्यो बाटो रोजेनन्। बिनाइलम समय खेर फाल्न रानाको मनले मानेन ।
जैमिनी नगरपालिका–७ जैदी, बोरका रानाले घरमा पहिले रहेका एक–दुई घार मौरीलाई व्यावसायिक रूप दिने योजना बनाए। विसं २०६२ तिर उनले रु तीन हजार ५०० तिरेर छिस्तीबाट एक घार मौरी ल्याएका थिए । विसं २०७४ पछि मात्र रानाले मौरीपालन विस्तार गरे। अहिले उनकामा ४५ घार मौरी छन् । आउँदो वर्षभित्र सय घार पु¥याउने रानाको लक्ष्य छ ।
"विसं २०७० बाट घार थप्दै आएँ, व्यावसायिकरूपमा गर्न थालेको यस्तै तीन–चार वर्षजति भयो", रानाले भने । उनले 'फार्म'को व्यावसायिक नाम 'कृषि तथा दीप मौरीपालन' दिए । रानाले गएको याममा ५२ किलो मह बेचेको सुनाए । कात्तिक–मङ्सिर र वैशाख–जेठ गरी दुई याममा मह काढ्नुहुन्छ । प्रतिकिलो रु एक हजार २०० मा घरबाटै मह बिक्री हुने गरेको रानाको भनाइ छ ।
"मह गाउँमै खोसाखोस हुन्छ, उत्पादन गर्न सके बिक्रीको कुनै समस्या छैन", रानाले भने । गाउँघरको महमा मिसावट नहुने र स्वास्थ्यवद्र्धक मानिने हुँदा ग्राहकको रोजाइमा पर्छ । रानाले मह बेचेर वर्षमा डेढ लाख जति आम्दानी हुने गरेको बताए । सय घार पु¥याउँदा कमाइ दोब्बरले बढ्ने उहाँको भनाइ छ । गत वर्ष कृषि ज्ञान केन्द्रबाट रानाको 'फार्म'ले रु एक लाख ४६ हजार अनुदानसमेत पाएको थियो । सो अनुदानबाट व्यवसाय बढाएको रानाले बताए।
"अनुदान र प्राविधिक सहयोग पाएमा मौरीपालन व्यवसाय बढाउँदै लाने सोचमा छु", उनले भने, "कम लगानीले पुग्ने, समय पनि धेरै दिनु नपर्ने हुँदा मौरीपालन सहज छ, व्यावसायिक हुन सके आम्दानी पनि राम्रो छ ।"
विसं २०७७ असारमा शिक्षण पेशाबाट अनिवार्य अवकाश लिएपछि आफूले पूरै समय मौरीपालनमा दिन पाएको रानाले बताए । सुरुआतमा उनका कान्छा छोरा दीपेनले मौरीपालनमा रानालाई बढी सघाउथे । पछि छोरा दीपेन पनि भारतीय सेनामा भर्ती भएपछि व्यवसायको मुख्य भार रानामाथि नै छ ।
श्रीमती मायाको उनलाई दरिलो साथ छ । अरु छोराछोरी पनि रोजगारी र पढाइमा घर बाहिर छन् । कुराकानीका क्रममा रानाले आफू पाँच वर्षको छँदा भएको अप्रिय घटना पनि सम्झन पुगे । उनको अहिले बायाँ हात छैन । शारीरिक अपाङ्गतासँग पनि राना जुँधिरहेका छन्। घरमै खेल्ने क्रममा जाँतोमा थिचिएर हात गुमाउनुपरेको रानाले सुनाए । शारीरिक जटिलताबीच पनि शिक्षण पेशामार्फत उनले चार दशक समाजको सेवा गरे । पेशाबाट निस्कँदा पनि उनले आफ्नो आँट र साहसलाई कायमै राखे ।
विसं २०३७ देखि २०७७ सम्म गाउँकै भगवती प्राविमा उनले अध्यापन गरे । स्थानीय स्रोतको शिक्षक हुँदै २०४१ मा अस्थायी र २०४८ मा स्थायी भएर गत वर्ष उमेरहदका कारण रानाले अनिवार्य अवकाश पाए । "अपाङ्गता भए पनि मौरीको रेखदेख, स्याहारसुसार म आफैँ गर्छु, ठूलो काम पर्दा मात्र ज्यालादारीमा कामदार लगाउने गरेको छु", रानाले भने, "शिक्षणपछि मेरो रुचिको पेशा मौरीपालन भएको छ, यसमै रमाइरहेको छु ।
"मौरीपालनको पकेट जैदीमा दर्जनौँ किसान त्यस पेशामा छन् । बोर नजिकै धुल्लुगाउँका मोहराज उपाध्यायको मौरीपालन उद्योग जिल्लाकै 'व्यावसायिक नमूना फार्म'ले चिनिन्छ । उद्योगमा २०० घार मौरी छन् । उपाध्यायले मह बेचेर वार्षिक रु १० लाख बढी कमाउछन् । कृषि ज्ञान केन्द्रका अनुसार जैदीसहित छिस्ती, धुल्लुबास्कोट, कुश्मीसेरा, भकुण्डे, पाला, रेश, मालिका, दगातुम्डाँडा, मल्म, दुदिलाभाटी, हटियालगायत मौरीपालनका लागि पकेट क्षेत्रमा पर्छन् ।कम लागत र व्यवस्थापनमा राम्रो आम्दानी हुने भएपछि किसान मौरीपालन व्यवसायतिर आकर्षित छन् । जिल्लामा सेरेना प्रजातिको मौरीपालन हुने गरेको छ । | 2022/05/25 17:35:10 | https://myagdikali.com/239255/ | mC4 |
संक्रमितको शव व्यवस्थापनमा सक्रिय दुई युवती – कामना डेली
प्रकाशित मिति २०७८ जेष्ठ २, आईतवार १०:१०
काठमाडौं । युवतीहरू कसैको मृत शरीर देखे भने डराउँछन्, रुन्छन् र कमजोर देखिन्छन् भन्ने हाम्रो समाजको सोच छ। तर भक्तपुरका दुई युवती भने त्यो मान्यतालाई गलत सावित गर्दै कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा सक्रिय रूपमा लागेका छन्।
पिपिई लगाएर कोरोनाबाट मृत्यु भएकाको शव राम्रोसँग र्यापिट गर्ने गर्छन् उनीहरू। स्वयंसेवकका रूपमा भक्तपुर अस्पतालमा २४सै घण्टा सेवाका लागि बसेका हुन्छन् र उनीहरूले राति बस्नका लागि त्यहाँ टेन्ट पनि बनाएका छन्। अघिल्ला वर्षमा पनि उनीहरू यसरी नै निःस्वार्थ सेवामा लागेका थिए यही कामका लागि। तर त्यो बेला शव व्यवस्थापनमा भने जुटेका थिएनन्। यसबाहेकका काममा उनीहरू खटिएका थिए। तर यो वर्ष उनीहरू अस्पतालमा मात्र होइन, आवश्यक परे घरघरमा समेत शव व्यवस्थापनमा जाने गरेका छन्।
पुनम कर्माचार्य भन्छिन्, 'अहिले दिनदिनै कोरोना संक्रमितको मृत्यु बढेको छ। यसकारण हामी शव व्यवस्थापनमा लाग्न थालेका हौं।' भक्तपुरमै मात्र दिनको ७÷८ जना संक्रमितको मृत्यु हुने गरेको र शव व्यवस्थापन गर्ने कामको बोझ बढेकाले आफूहरू पनि जुटेका पुनम बताउँछिन्। अहिलेसम्म सात जना कोरोना संक्रमितको शव व्यवस्थानमा जुटिसकेको उनले बताइन्।
अर्की युवती जिया जोशीले मिलेर शव व्यवस्थापनमा लागेको जनाइन्। शव व्यवस्थापनमा कमसेकम दुईजना चाहिने उनले बताइन्। अहिलेसम्म आफूले दुई जनाको शव व्यवस्थापन गरेको उनले जनाइन्। एक जनाको शव व्यवस्थापन गर्न लगभग आधा घण्टा समय लाग्ने उनी सुनाउँछिन्।
उनीहरू दुवैजनाले स्वेच्छाले सामाजिक सेवामा लागिपरेको बताए। कोरोनाको पहिलो लहरदेखि नै कोरोनासम्बन्धी जनचेतनामूलक काम गरिरहेका उनीहरू कोरोना संक्रमितको लहर कम भएको बेलामा पनि ठाउँठाउँमा पुगेर शव व्यवस्थापनबारे तालिम लिँदै आएका थिए। तर अहिले उनीहरू तालिम अनुसार शव व्यवस्थापनमै जुटेका छन्। 'पहिला तालिम गरेका बेला नक्कली शव राखेर तालिम लिएका थियौं,' अहिले वास्तविक शव व्यवस्थापनमा लागिरहेका छौं,' उनीहरूले नागरिकलाई भने।
आरएनए समूहका संयोजक अरूण सैंजुले कोरोनाको दोस्रो लहरमा आरएनए १६ टिमका ५६ जनाको समूह स्वयंसेवकका रूपमा लागिरहेको बताए। अहिले भक्तपुरको शव व्यवस्थापनको काम आफूहरूले नेपाली सेनाको समन्वयमा गरिरहेको उनले जनाए। उनले अहिले टिममा सक्रिय रूपमा ११ जना लागिपरेको बताए। त्यसमा चार जना युवतीमध्ये दुई जना शव व्यवस्थापनमा जुटेको बताए। 'पुनम कर्माचार्य र जिया जोशी अहिले हामीसँगसँगै शव व्यवस्थापनमा अग्रसर भएर काम गरिरहेका छन्,' उनले भने। कृष्ण किसीले नागरिक दैनिकमा समाचार लेखेका छन् । | 2021/10/27 09:54:03 | https://kamanadaily.com/news/63236 | mC4 |
अन्तर्राष्ट्रिय मंचमा नेपाली बालिकाहरुलाई अवार्ड - Pageant Nepal
Home News अन्तर्राष्ट्रिय मंचमा नेपाली बालिकाहरुलाई अवार्ड
गत जून २६ देखि जुलाई १ तारिखसम्म सिंगापुरमा संचालन भएको बालबालिका तथा किशोरकिशोरी सम्बन्धीत अन्तर्राष्ट्रिय कार्यक्रम एशिया प्यासिफिक ब्युटी, फेसन एण्ड फ्रेन्डशीप फेस्टिभल २०१९ मा टिम नेपालले सफलता प्राप्त गरेको छ । जसमा नेपालबाट पाँच जना बालिकाहरुको सहभागिता रहेको थियो । टिम नेपालको सदस्यहरुमा यांशु श्रेष्ठ, सुखी प्रधान, कृष्टिना खड्का, स्टेला शाह र मिनाल के.सी. थिए ।
सो प्रतियोगितामा सहभागि हुनुपूर्व सबै सहभागिहरुले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता सम्बन्धीत अभिमूखीकरण र प्रशिक्षण प्राप्त गरेका थिए । यी पाँचै जना नेपाली प्रतिधिनिहरु इन्टरनेसनल किडस् अफ इयरका लागि नेपालको आधिकारिक संस्था इभेन्ट बेटर ग्यालेक्सीको संयोजन र व्यवस्थापनमा सिंगापुर प्रस्थान गरेका हुन् ।
Previous articleअन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता 'मिस्टर एण्ड मिस टुरिजम एम्वेसडर युनिभर्स २०१९' बिनायक र सपनाले जिते | 2020/08/04 11:00:26 | https://www.pageantnepal.com/2019/07/10/914-pacafic-beauty-fashions/ | mC4 |
कक्षा १२ को नतिजा प्रकाशित – Kantipur Hotline
राष्ट्रिय परीक्षा बोर्डले कोभिड जोखिमकावीच गत मंसिर महिनामा सञ्चालित कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । साथै बोर्डले परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी रहेको जनाउदै सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको जनाएको छ ।
त्यस्तै प्रकाशित नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि जनाउदै बोर्डलेपरीक्षामा विद्यार्थीले २ दशमलब ४१ देखि २ दशमलब ८० जीपीए ल्याएका छन् । २ दशमलब ८० जीपीए ल्याउने विद्यार्थी संख्या एक लाख ९३ हजार १२ रहेको छ । त्यस्तै ११ हजार ४ सय ९० जनाको स्थगित भएको त्यसमध्ये एक जना परीक्षार्थीको परीक्षानै रद्द भएको जनाएको छ । | 2022/05/26 05:44:37 | https://www.kantipurhotline.com/2021/02/120564/ | mC4 |
९ बच्चाकी आमाको फेसबुकमा लभ परेपछि… | Nepalese.org - No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actoress, Audio, Video, Interview
९ बच्चाकी आमाको फेसबुकमा लभ परेपछि…
आजभोली सामाजिक सञ्जालको प्रभावमा परेर मानिसहरुले अनौठा काम गरेकोे खबर धेरै सुन्न पाइन्छ । विशेषगरी फेसबुक नचलाउने मानिस भेट्टाउन झन गाह्रो भइसकेको छ । यस्तोमा ब्रिटेनको एउटा परिवारमा अचम्मको घटना बहिर आएको छ ।
नौ बच्चाकी आमालाई फेसबुकमार्फत प्रेम भएको कुरा सन्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्छ । अझ आफूभन्दा १४ वर्ष साना युवकसँग प्रेममा परेकी हैदी हेपवर्थ नामक यी महिलाले आफ्ना पति बालबच्चा सबैलाई छाडिसकेकी छन् । आफ्ना पतिसँगको २३ वर्षको सम्बन्ध तोडेर उनी आफ्ना फेसबुकका प्रेमीलाई भेट्न अफ्रिका भागेकी हुन् ।
हैदीका पति एन्डीका अनुसार ती युवकले उनकी पत्नीको दिमाग नै अर्कै पारिदिएका छन् । उनले भने, 'मैले यस्तो सपनामा पनि सोचेको थिइन । हामी धेरै खुसी थियौँ तर अचानक हैदीले मलाई छाडेर जाने कुरा गर्दा म झसङ्ग भएँ । उनी बच्चाहरुको अत्यन्तै ख्याल राख्थिन् र मलाई पनि असाध्यै माया गर्थिन । तर अचानक उनीमा धेरै बदलाव आउन थाल्यो । हैदी ती युवकले भनेका सबै कुरा मान्न थालेको देखेर म छक्क परेको थिएँ । उनले केही महिना अघि ट्याटु उसका लागि ट्याटु बनाइन् र त्यसपछि आफ्नो सम्पूर्ण रुप नै बदलिएर उनी ती युवकलाई भेट्न अफ्रिका गइन् । उनले हामी सबैलाई छाडेर गएको अझै मलाई विश्वास लागेको छैन ।'
हैदीले फेसबुकमा एक अफ्रिकी युवकलाई फलो गरि अचानक तिनीसँग धेरै कुरा गर्न थालेको उनका पतिले थाहा पाइसकेको एन्डी बताउँछन् । तर हैदी बिस्तारै परिवर्तन हुँदै गइन् र ती युवकले भनेका सबै कुरा मान्न थालिन् । यहाँसम्मकी उनले आफ्ना नौ छोराछोरीलाई समेत छाड्न तयार भइन् । उनका पति एन्डीका अनुसार फेसबुकमा ती युवकसँग बोल्न थालेपछि हैदीले मेकअप गर्न सुरु गरेकी थिइन् र यसअघि कहिल्यै नलगाएका लुगा समेत लगाएर हिँड्न थालेकी थिइन् । त्यसैगरी उनी अत्याधिक समय फोनमै बिताउन थालेपछि भने एन्डीलाई आफ्नो शंका सही भएको आभास भएको थियो ।
यता पति र बच्चा छाडेर गएकी हैदीले भने आफू जति टाढा भएपनि आफूले मामादोउ र बच्चाहरुसँगै भविष्यको योजना बनाइरहेको बताउँदै आएकी छिन् । बच्चाहरुको याद आउने भएकाले हेदीले एन्डीलाई दैनिक भिडियो च्याट गरेर कुरा गर्ने प्रस्ताव राखेको एन्डीले बताएका छन् । – एजेन्सी | 2018/04/25 14:36:36 | http://nepalese.org/contents/2017/11/15/46683/ | mC4 |
Nepal Dayari | विदेशमा सात वर्षदेखि वे,पत्ता मेघनाथ तिमिल्सेना भर्खरै यसरी नेपाल पुगे भिडियो सहित ।
विदेशमा सात वर्षदेखि वे,पत्ता मेघनाथ तिमिल्सेना भर्खरै यसरी नेपाल पुगे भिडियो सहित ।
साउन ३२, २०७८ सोमबार ७२३ पटक हेरिएको
एउटा कुशल पत्रकार हुन् अमृतमान ओलि उनले केही दिनअघि मात्रै मलेसियामा 7 वर्षदेखि आफ्नो श्रीमान बे,पत्ता भएको र आफूले धेरै दुः,ख क,ष्ट गरेर आफ्नो छोराछोरी र सन्तानलाई पालेको दु,खेसो गर्दै गरेकी एक महिलाको भिडियो आफ्नो युट्युब च्यानल ए वन टेलिभिजन मा सार्वजनिक गरेका थिए ।
उक्त भिडियो सार्वजनिक भइसकेपछि त्यसको केहि दिनमा नै विदेशमा बे,पत्ता भएका उनका श्रीमान सम्पर्कमा आएका थिए भने उनी सम्पर्कमा आइसकेपछि फेरि अमृतमान ओलि गएर उनको घरमै पुगी उनको श्रीमती र छोराछोरी समेतलाई कुरा गराएका थिए ।
उता श्रीमान भने विदेशमा भएको र आफूले एक पैसा पनि कमाउन नसकेकोले आफूले पनि धेरै दुः,खक,ष्ट भोगेको बताएका थिए तर घरमा भएकी श्रीमतीले भने तपाईंको पैसा हामीलाई केही पनि चाहिँदैन जसरी हुन्छ तपाईको घर मात्र आउनु पर्यो भनेर दु,खेसो राखेकी थिइन् ।
अहिले त्यही विषयमा विदेशमा ७ वर्षदेखि बि,ताएका उनका श्रीमान। Meghnath तिमिल्सेना नेपाल फर्किएका छन् उनी नेपाल फर्किएपछि उनलाई लिन एयरपोर्टमै पत्रकार अमृतमान ओलि त्यहाँ गएका छन् भने उनलाई गाडीमा राखेर उनको घर हेटौडा सम्म पुर्याउन मद्दत गरिरहेका छन् ।
यसरी पत्रकारहरुले नै कसैको बि,छोड भएको परिवारलाई मेलमिलाप गराउनुमा भूमिका खेल्नु भनेको एकदमै राम्रो कुरा हो थप उहाँसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोला र यो समाचारलाई शेर गर्नु होला । | 2022/05/28 08:18:26 | https://nepaldayari.com/archives/7228 | mC4 |
यो हप्ताका Top Ten यी कम्पनीहरु – Palika Express
यो हप्ताका Top Ten यी कम्पनीहरु
PalikaExpress २१ कार्तिक २०७७, शुक्रबार 167 पटक हेरिएको
काठमाण्डौ । Nepal Stock Exchange(nepse) को यो साता प्रमुख १० कम्पनीको सूचीमा ग्लोबल आइएमई बैंकको प्रवेश भएको छ । ग्लोबल आइएमई बैंक बजार पूँजीकरणको टप टेन कम्पनीमा परेसँगै स्ट्याण्डर्ड चार्टर्ड यो सूचीबाट बाहिरिएको छ भने एभरेष्ट बैंकको अवस्था केही बिग्रँदा नागरिक लगानीकोषको अवस्थामा भने सुधार देखिएको छ ।
यो साता बजार खुलेको अघिल्लो साता झै बजार पूँजीकरणको टप टेन सूचीमा टप फोर कम्पनी तिनै छन् । १. नेपाल दूरसंचार कम्पनी २. नवील बैंक ३.नेपाल रिइन्स्योरेन्स कम्पनी ४. नेपाल लाइफ इन्स्योरेन्स यो साता पनि अघिको झै क्रमशः टप वानदेखि फोरको सूचीमा कायमै छन् ।
यी ४ कम्पनी बाहेक टप टेनको सूचीमा सामेल अन्य ६ कम्पनीको स्थान भने अदलबदल भएको छ । अघिल्लोपटक यो सूचीको ५ औ स्थानमा एभरेष्ट रहेकोमा सो कम्पनी यो साता भने ९ औ स्थानमा पुगेको छ । यो पटक ५ औ स्थानमा नागरिक लगानीकोष उक्लिएको छ भने ९औ स्थानमा रहेको ९ औ स्थानमा रहेको एनआइसी एशिया बैंक ८ औ स्थानमा आएको छ । अघिल्लो साता नागरिक लगानीकोष बजार पूँजीकरणको टप टेनको सूचीमा ८ औ स्थानमा सीमित थियो ।
यस्तै, छैठौं स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक यो साता सातौं स्थानमा झरेको छ भने अघिल्लो साता सातौं स्थानमा रहेको एनएमबी बैंक छैठौं स्थानमा उक्लिएको छ ।
अघिल्लोपटक स्ट्याण्डर्ड चार्टर्ड बैंकको सूचीको १० औं स्थानमा थियो । तर,यो बैंकको बोनस शेयर ७ प्रतिशत,४.८४ प्रतिशत नगद लाभांश पारित भए संगै यसको कारोबारमा खासै उत्प्रेरित भएको पाएको छैन, सो बैंक यो साता सूचीबाट बाहिरिएको छ भने उसको स्थान ग्लोबल आइएमई बैंकले कब्जा गरेको छ । यहाँ तल यो हप्ता कारोबार भएको Nepse index सहित दिएको छ । | 2021/04/14 11:49:28 | https://palikaexpress.com/archives/902 | mC4 |
काङ्रेशले जनताको भावना बुझेर काम गरेको छ- उपप्रधानमन्त्री श्रेष्ठ - Hamroserofero.com
गृहपृष्ठ समाचार मुख्य समाचार काङ्रेशले जनताको भावना बुझेर काम गरेको छ- उपप्रधानमन्त्री श्रेष्ठ
काङ्रेशले जनताको भावना बुझेर काम गरेको छ- उपप्रधानमन्त्री श्रेष्ठ
६ आश्विन २०७४ १९:४६
नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सरकारले जन भावना बुझेर कार्य गरेको बताउनु भएको छ। आज गृह जिल्लाको गल्याङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो। शिक्षा मन्त्री श्रेष्ठले अवको शिक्षा जीवनोपयोगी र व्यवसायीक हुनुपर्ने बताउनु भयो । हरेक सामुदायीक विद्यालयमा व्यवसायीक शिक्षा लागु गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सबै युवाहरुलाई रोजगारमुलक शिक्षा दिएर बैदेशिक रोजगारमा जानबाट रोक्नुपर्ने धारणा व्यक्त गर्नु भयो । उपप्रधान मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आउनु भएका नेता श्रेष्ठले स्याङ्जाको विकासका लागि आफु सधै तत्पर रहेको बताउनुभयो । यस अघीका निर्वाचनमा चुनाव लड्दै आएका श्रेष्ठले अव हुने संघको निर्वाचनमा पनि यही क्षेत्रबाट लड्न सक्ने शंकेत गर्नुभयो । कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व सभासद मोहन प्रसाद पाण्डे लगायतले आफ्नो धारणा राख्नु भयो ।
आजै उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको वालिङ नगरपालिका भवनको उदघाटन तथा स्मार्ट वालिङ पिङ्क कलरको शुभारम्भ गर्दै तिन चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनले संविधान कार्यन्वयनको बाटो तर्फ लम्केको बताउनुभएको छ। संविधानमा असन्तसष्ट रहेको मधेसवादी दलहरुले पनि तेस्रो चरणको निर्वाचनमा भाग लिएकाले अव सबै दलहरुले यो संविधानको अपनत्व लिएको दाबी गर्दै उपप्रधान मन्त्री श्रेष्ठले अव मुलुकलाई समृद्ध बनाउन तेरो र मेरो नभनीकन सबैदलहरु एक जुट भएर मुलुकलाई निकास दिने तर्फ लाग्नु पर्ने आवश्यकता रहेको बताउनु भयो।
कार्यक्रममा व्यवस्थापिका संसद एबम् नेपाली काङ्रेश जिल्ला सभापति कमल प्रसाद पंगेनी, संसद राजु थापा, प्रमुख जिल्ला अधिकारी महेश आचार्य, नेकपा एमालेका पाटी प्रतिनिधि दानबहादुर गुरुङ्, माओवादी केन्द्रका प्रतिनिधि प्रकाश न्यौपाने, राजमोका जिल्ला अध्यक्ष राजेन्द्र गैहे्र, नगर प्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, कार्यपालिका सदस्य रेखा थापा लगायतका बक्ताहरुले वालिङलाई स्मार्ट सिटीको रुपमा विकास हुन थालेकोमा खुशी व्यक्त गर्नु भयो । गरे । | 2019/10/14 18:14:12 | http://www.hamroserofero.com/news/headlines/4296.html | mC4 |
आमा दिवस आमाप्रति सम्मान गर्ने र आमाले गरेका त्याग र वलिदान सम्झने दिन हो। यो दिवस विश्वका विभिन्न देशहरूमा अलग अलग दिनमा आ-आफ्नो परम्परा अनुसार मनाइने गरिन्छ। नेपालमा यो दिवस मातातीर्थ औँशीको दिनमा मनाइन्छ।
१.१ मातातीर्थ
नेपालमा हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रूपमा परिचित छ। उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर आफ्नो गच्छे अनुसारका खाद्य पदार्थ खुवाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्। आमा नहुनेहरू भने यस दिन काठमाडौँ उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन्। कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्। मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि रहेको छ। उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ। मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो।
मातातीर्थ[सम्पादन गर्ने]
मातातीर्थ काठमाडौँ जिल्लाको थानकोट महादेवस्थान गाविसमा अवस्थित छ। आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम मातातीर्थ रहेको हो। त्यहाँ गएर छोरा छोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आफ्ना आमालाई मुक्त गराउन सक्छन्। स्वस्थानी व्रतकथा अनुसार यो ठाउँमा सतीदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो। त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख-सन्तोष पाउने जनविश्वास छ। यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन्। यो तीर्थमा सतीदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्री स्वस्थानी व्रतकथामा पाइन्छ। पुण्य प्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ।
भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो। उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे। फलस्वरूप श्रीराम र उनीहरू बीचमा घमासान युद्ध भयो। युद्धले गर्दा दुवै पक्ष आकुल-व्याकुल थिए। त्यही बेला माता सीताजीलाई प्यास लाग्यो। पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गङ्गामाताको स्तुति गर्न थाल्नुभयो। 'माता गङ्गासमो तीर्थ पिता पुस्कर मे वचः' भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो। त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो। ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो। | 2022/05/17 23:43:37 | https://ne.wikipedia.org/wiki/%E0%A4%AE%E0%A4%BE%E0%A4%A4%E0%A5%83_%E0%A4%A6%E0%A4%BF%E0%A4%B5%E0%A4%B8 | mC4 |
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - सातै प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र
शुक्रबार, ०६ भदौ २०७६, ०९ : ३१
बिहिबार, १६ जेठ २०७६, ०९ : १७ | नागरिक
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि वन तथा वातावरण क्षेत्रमा हुने कार्यक्रमका लागि १५ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आवको बजेट पेस गर्दै तीनवटै सरकारका लागि वन तथा वातावरण संरक्षण गर्न १५ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेका हुन्।
सरकारले नेपालीको जीवन पद्धति र समृद्धिको आधारको रुपमा रहेको वन सम्पदाको सन्तुलित रुपमा संरक्षण र उपयोग हुने गरी कार्यक्रम तय गरेको जनाएको छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको संरचनागत परिवर्तन गर्दै पूर्वी, मध्य र पश्चिम क्षेत्रमा आयोजना कार्यालयमार्फत कार्यक्रम अघि बढाउन एक अर्ब ७४ करोड रुपेयाँ विनियोजन गरेको छ। चुरे र भावर क्षेत्रका गल्छी पहिरो नियन्त्रण तथा खोंचमा जल पुनर्भरणका लागि आगामी आर्थिक वर्षमा एक सय १६ पोखरी निर्माण गर्न बजेट विनियोजन गरेको छ।
कोशी, गण्डकी, कर्णाली र महाकाली जलाधारको एकीकृत व्यवस्थापन रणनीति तयार गरी भू–संरक्षणका क्रियाकलाप सञ्चालन गरिने जनाएको छ। सरकारले आगामी वर्षमा वन क्षेत्रको सम्बद्र्धनमार्फत वातावरणीय सन्तुलन कायम गर्दै वनजन्य क्षेत्रको बहुउपयोग गरी आय र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको जनाएको छ। वन उपभोक्ता समूहको सहकार्य र समन्वयमा बहुउपयोगी वन र ब्लक फरेस्ट विस्तार एवं वैज्ञानिक वन व्यवस्थापन गरी वन संरक्षण तथा वनस्रोतको दिगो उपयोग गर्ने व्यवस्था मिलाएको जनाएको छ।
जडीबुटीलगायत वनमा आधारित हरित उद्योग तथा व्यवसाय प्रवद्र्धन तथा विस्तार गरिनेछ। जडीबुटीजन्य वनस्पतिको भेराइटी विकास कार्यक्रममार्फत उपयुक्त प्रविधि र प्रजातिको पहिचान र विस्तार गरिनेछ। जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र कम्पनीमा रुपान्तरण गरी सम्भाव्य प्रदेशमा न्यूनतम एक जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने बजेट वक्तब्यमा उल्लेख छ। मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जंगल र आवासको मध्यवर्ती क्षेत्रमा सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माण तथा कृषि वन प्रवद्र्धन गरिनेछ। लोपोन्मुख तथा दुर्लभ वन्यजन्तुको प्रजाती संरक्षण कार्ययोजना तयार गरी गणना गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। | 2019/08/23 03:46:03 | https://nagariknews.nagariknetwork.com/news/78348/ | mC4 |
विदेशिने युवा रोक्न एउटा गाउँलाई १ करोड बजेट छुट्टाउन दाहालको आग्रह (भिडियो) – Nepal Online News
विदेशिने युवा रोक्न एउटा गाउँलाई १ करोड बजेट छुट्टाउन दाहालको आग्रह (भिडियो)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली युवा विदेशिने परिस्थिती अन्त्य गर्नका लागि सरकारलाई बजेट छुट्याउन माग गरेका छन्।
शुक्रबार १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कृषिमा आधारित उद्योगले मात्रै नेपालको औद्योगिक विकासलाई गति दिनसक्ने र स्वरोजगार सिर्जना गर्न सकिने भन्दै प्रत्येक स्थानीय तहमा एउटा ग्राम उद्योग स्थापना गर्न सरकारले १–१ करोड बजेट छुट्याउनुपर्ने माग गरे।
'सक्रिय र सक्षम जनशक्ति विदेशिने परिस्थितीको अन्त्यका लागि हामीले कृषिमा आधारित औद्योगिक विकासलाई प्राथमिकता नदिइ हुँदैन्। सरकारका नीति तथा कार्यक्रममा लघु उद्योग समेटिने विश्वास लिएको छु', दाहालले भने– 'औद्योगिक विकासलाई गति दिनसक्ने र स्वरोजगार सिर्जना गर्न प्रत्येक स्थानीय तहमा एउटा ग्राम उद्योग स्थापना गर्न सरकारले सहयोग गरोस। त्यसका लागि प्रत्येक तहमा १ करोड बजेट छुट्याइयोस्।'
आफू दोस्रोपटक प्रधानमन्त्रीका रुपमा स्थानीय तह निर्माणको नेतृत्व गर्दै गर्दा स्थानीय तहमा नै उद्योगको विकासका निम्ति रकम विनियोजन गर्दा त्यसमा रकम विनियोजन गर्नुपर्छ भन्ने भावना अनुरुप बाटो खनिसकिएको भन्दै उनले तुरुन्तै सबै कार्यपालिकामा उद्योग स्थापनाका निम्ति रकम छुट्याउन सरकारलाई आग्रह गरे।
यी विषयमा प्रधानमन्त्री र उद्योगमन्त्रीसँग कुरा गर्ने प्रतिबद्धता जनाएका पूर्वप्रधानमन्त्री दाहालले परिवर्तित परिस्थितीमा विकासलाई गति र स्थिरतालाई राम्रोसँग स्थापित गर्नुको कुनै विकल्प नभएको स्पष्ट पारे।
स्थानीय, प्रादेशिक र संघीय तहमा नीति कसरी लिने भन्ने छलफल सरकार र बजेट निर्माणमा चलेको जानकारी गराउँदै उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिए।
लघु र घरेलु उद्योग समग्र देश विकासको औद्योगिक जग आधारभुमी हो भन्दै अध्यक्ष दाहालले जबसम्म घरेलु उद्योगको पर्याप्त विकास गरिँदैन्, लिडिङ उद्योग आधार बन्दैन। ठूलो उद्योगको विकास सम्भव छैन् भने।
स्वदेशी खपत बढाउन, घरेलु बस्तु प्रयोगमा जोड दिनका लागि नैतिक शिक्षा तथा राज्यबाट केही नियम कानून बनाउनुपर्ने भन्दै त्यसमा पनि बजेट छुट्याउन उनले माग गरे। 'लघु उद्योग जति विकसित हुँदै जान्छ ठूला उद्योगको आधार बन्छ', उनले भने।
देशमा पहिलोचोटी बलियो तथा स्थिर सरकार बनेको र सरकारले बजेट निर्माण गरिरहेको भन्दै सबै क्षेत्रमा जनताले देख्ने, महसुस गर्नेगरी आमुल सुधारको खाँचो औल्याए। जनताले विकास र समृद्धिमा परिणाम खोजेको भन्दै अहिलेको प्रचुर अवसरमा परिणाम दिन नसके परिवर्तनको दिगोमाथि प्रश्न उठ्छ र फेरि राजनीतिक अस्थिरता बढ्नेमा उनले सचेत गराए।
राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रमा जोड दिएका दाहालले अगाडि भने– 'कृषिमा आधारित उद्योगको विकासविना आत्मनिर्भरता सम्भव छैन्', उनले भने। | 2019/04/22 11:19:57 | http://nepalonlinenews.com/archives/3860 | mC4 |
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - 'भूमि व्यवस्थापनको तयारीमा सरकार, अब सबैले जग्गा पाउने'
शुक्रबार, २१ मङि्सर २०७५, १५ : ४७ | नागरिक
काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालय मातहतका सबै समस्या समाधानका लागि ऐन निर्माण भइरहेको जानकारी दिएकी छिन्।
रिपोर्टर्स क्लबद्वारा शुक्रवार आयोजित साक्षात्कारमा मन्त्री अर्यालले कानुन निर्माण नभएसम्म भूमिसम्बन्धी समस्या समाधान गर्न नसकिने बताउँदै संसदको हिउँदे अधिवेशन सुरु हुनासाथ ऐनहरु पारित गरिने स्पष्ट पारिन। भूमिसम्बन्धी समस्यालाई वर्गीकरण गरेर आवश्यकताअनुसार ऐन निर्माण गर्न लागिएको उनको भनाई छ। भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासी, जोखिमयुक्त क्षेत्रका बसोबासी, मोही र जमिनदारबीचको समस्यालाई वर्गीकरण गरिएको मन्त्री अर्यालले बताइन।
विगतमा सुकुम्बासीका समस्या समाधानका लागि विभिन्न अयोगहरुले काम गरे पनि त्यसले पूर्णता नपाएको भन्दै मन्त्री अर्यालले ती अयोगले तयार पारेका प्रतिवेदनलाई अध्ययन गरिरहेको जानकारी दिइन्।
सुकुम्बासी समस्या समाधानका लागि शक्तिशाली आयोग बनाउन लागेको जानकारी गराउँदै उनले अब संसद बैठक बस्नासाथ शक्तिशाली आयोग बन्ने दाबी गरिन। अहिलेको सुकुम्बासीको तथ्यांक गलत भएको हुनसक्ने भन्दै शक्तिशाली आयोगले वास्तविक सुकुम्बासीको पहिचान गर्ने उनको भनाई छ।
त्यसैगरी मन्त्री अर्यालले जग्गाको वर्गीकरण पनि नयाँ तरिकाले गर्न लागिएको बताइन्। जमिनको उपयोगका लागि पनि ऐन बनाउन लागिएको उनले स्पष्ट पारिन।
मालपोत ऐन संशोधन गरेर जग्गाको संरक्षण गरिने पनि मन्त्री अर्यालले बताइन्। त्यसैगरी गुठीसम्बन्धी पनि नयाँ ऐन बन्न लागेको उनले बताइन्। गुठीलाई अब प्राधिकरणमा ल्याएर सबैखाले समस्या समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको उनको भनाई थियो।
त्यस्तै, २३ सालमा भएको जग्गा नापीलाई पनि नवीकरण गर्ने तयारी भइरहेको उनले जानकारी दिइन्। त्यसबेलाको नापीका कारण अहिले पनि लालपुर्जा वितरणमा समस्या भएकाले पुराना फाइल अध्ययन गरेर करिब १५ लाख जनतालाई सम्पत्तिका मालिक बनाउने मन्त्री अर्यालको दाबी छ।
कतिपय नक्सामा लिम्पियाधुरा र कालापानीको नक्सा नै हराएको पाइए पनि सरकारको आधिकारिक नक्सामा कुनै गडबडी नभएको अर्यालले दाबी गरिन्। कतिपय ठाउँमा सीमा विवाद भए पनि नक्सा नै हराएको भन्ने हल्ला गलत भएको उनको जिकिर थियो। सीमा विवादलाई सरकारले कुटनीतिक तरिकाले समाधान गर्ने उनको भनाई छ।
द्वन्द्वकालमा भएका हिंसात्मक घटनामा परी नष्ट भएका लालपुर्जा पुनः वितरण गर्नका लागि पनि विशेष नापी गरिने अर्यालले बताइन्। विगतमा नै मुक्त हलिया र कमैयालाई मुक्त गराइएको भए पनि त्यसको कार्यान्वयन नभएकाले अब उनीहरुलाई पुनर्स्थापना गराइने अर्यालले बताइन्। १ वर्षभित्रमा मुक्त हलिया र कमैयालाई पुनर्स्थापना गरिने मन्त्री अर्यालको दावी थियो। | 2019/11/20 13:15:19 | https://nagariknews.nagariknetwork.com/news/63808/ | mC4 |
अष्ट्रेलिया विशेषः टीआरका लागि निवेदन दिदाँ कतै यस्तो गल्ती त गर्नुभएन ?
मैले २०१५ को नोभेम्बर महिनामा टीआरको निम्ति निवेदन दिएको थिएँ । हिजो एक्कासी घरमा भिसा अस्वीकृत भएको पत्र आयो । उनीहरूले मसँग मागेको पुलिस रिपोर्ट समयमै नबुझाएकोले मेरो भिसा अस्वीकृत गरिएको भनेर पत्रमा लेखिएको रहेछ । मैले इमेल चेक गर्दा उनीहरूले पठाएको इमेल जंक फोल्डरमा बसेको रहेछ, जुन मैले हेरेकै थिइनँ । अब मैले के गर्नुपर्छ?
यो त तपाईको हेलचेक्रयाँइ भयो । तर अलिकति सन्तोषको कुरो के हो भने तपाईंले आफ्नो ठेगाना भने इमिग्रेशनमा अद्यावधिक गर्नुभएको रहेछ । नभए तपाईंले यो पत्र पनि नपाउन सक्नुहुन्थ्यो, जसको अर्थ तपाईंले रिभ्यु राइट पनि गुमाउनुहुन्थ्यो । इमिग्रेशनले पठाएको पत्र जंक वा स्पाम फोल्डरमा गएर बसेको कारणले यस्तो समस्यामा पर्ने तपाईं पहिलो व्यक्ति हुनुहुन्न । अरू थुप्रै आवेदकहरू पनि यो समस्यामा परेको पाइन्छ । अब तपाईंले तुरुन्त एडमिनिस्ट्रटीभ अपील्स ट्राइब्युनलमा आवेदन दिनुहोस् ।
भिसाको लागि आवेदन दिएको व्यक्ति सधैं चनाखो हुनुपर्छ । इमेल नियमित चेक गर्ने (जंक र स्पामसमेत), ठेगाना परिवर्तन भएमा तुरुन्त इमिग्रेशनमा अद्यावधिक गर्न लगाउने, कुन समयसम्म अप्लाई गरेका फाइल खुलेका छन् भन्ने कुराको बारेमा जानकारी समय—समयमा लिने आदि गर्नुपर्छ । सानो हेलचेक्रयाँइले पछि ठूलो असर पर्नसक्छ।
यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267) हुन्। तपाईंका पनि कुनै जिज्ञासा छन् भने [email protected] मा पठाउन सक्नुहुन्छ। तपाईंको परिचय गोप्य राखिनेछ। | 2019/10/14 05:34:32 | http://www.nepalipatra.com/news/australia/25767 | mC4 |
नियामक निकायको मिलिभगत रोकियोस - Jay Loktantra
Home सम्पादकीय नियामक निकायको मिलिभगत रोकियोस
नियामक निकायको मिलिभगत रोकियोस
२०७७ पुष २, बिहीबार ०८:५२
नेपालमा न्यायिक, अर्ध न्यायिक र नियामक निकायहरु माफिया, दलाल र बिचौलियाहरुको सेटिङ्गमा चल्दा आम सर्वसाधारणले दुःख पाउनुका साथै घरबास उठीबास हुनेगरी नोक्सानी व्यहोर्नु पर्दै आएको छ । न्यायलयका केही भ्रष्ट न्यायाधिसका कारण पीडितले न्याय पाएका छैेनन् भने पीडक पुरस्कृत भएका कति उदाहरणहरु छन् । अर्ध न्यायिक र नियामक निकायले त पहिला नै आफन्त, नातेदार र सेटिङ्गका बिचौलियाहरुलाई सूचना चुहाएर सोझा सिधालाई मर्कामा पार्ने गरेका छन् । चाहे लोकसेवा आयोगको परीक्षा होस वा धितोपत्र बोर्ड, राष्ट्र बैंक, अर्थ मन्त्रालय वा सेवोन यी सबैमा माफिया, दलाल, बिचौलियको पहुँच बलियो छ ।
शेयर बजारलाई सम्बन्धित देशको अर्थतन्त्रको अवस्था झल्काउने ऐनाकारुपमा mिने गरिन्छ । तर नेपालमा यसलाई आम सर्वसाधारणको पहुँचभन्दा टाढा, केही मुठ्ठीभर व्यक्तिको हातमा सीमित गरिएको छ । आइपिओ भर्दादेखि नै माफिया र दलालहरुले चलखेल शुरु गरिहाल्छन् । शेयर बजारलाई स्वतन्त्र रुपले चल्नै दिंदैनन् । बजारलाई प्रभावित पार्ने, सूचना चुहाएर बढाउने र घटाउने खेलले माफियालाई पोस्ने गरेपनि सोझा, सिधा लगानीकर्तालाई भने संधै शोषण नै गर्दै आएको छ । शोषणको स्वरुप बदलिएको छ , तर चक्र उही छ । नेपाली शेयर बजाुको इतिहासमै गत मंसिर २१ ग्ते आइतबार भीषण नकारात्मक सर्किट लगाइयो । यस दिन १२३.३४ अ.कले शेयर बजारम ागिरावट गराइयो । एकैदिन यति ठूलो अंकमा निप्से घटेको सायद नेपाली शेयर बजारको इतिहासमै पहिलो पटक होला ।
पूँजी बजारलाई व्यवस्थि तगर्ने, संरक्षण गर्ने र प्रवद्र्धन गर्ने निकायका उच्च ओहोदामा बसेका व्यक्तिहरु न्ै शेयर बजार अब घट्छ भनेर प्रचारवाजी गर्दै हिडने, तीन महिना पनि नपुगी शेयर कर्जाको ७० प्रतिशतको मार्जिनमा पुनर्बिचार गर्ने, चारवर्षदेखि बजार घट्दा बैंक र साहूको ऋण तिर्न नसकेर घर खेत लिलामीमा पुगिसकेका साना लगानीकर्तालाई झन डुबाउने र माफिया दलाललाई उकास्ने, पोस्नेगरी नीति, नियम संशोधनको बेमौसमी बाजा बजाउने जनबिरोधी, जनघातीहरुमाथि कडाभन्दा कडा कारवाही हुन आवश्यक छ ।
आइतबारको शेयर बजार चलखेल गरेर अस्वभाविक बजार घटाइप्रति संसदको अर्थ समितिले बिषेश चासो राख्दै सरोकारवाला निकायका प्रमुखहरुलाई आगामी शुक्रबारसम्ममा किन यस्तो भएको उचित जवाफ दिनु भनेर पत्र नै काटेको छ । तर त्यहाँ पनि बिचौलियाहरुको सेटिङ्ग भैहाल्छ । आखिर डुब्ने भनेका यो देशमा जहिल्यै पनि सर्व साधारण सोझा सिधा लगानकिर्ता नै हुन् । नियाकम निकायले जनताको लगानी भएका उद्योग प्रतिष्ठान र संस्थाहरुमा गडबढी हुन नदिने र नागरिकको सम्पत्तिको सुरक्षा गर्नुपर्नेमा माफिया, दलाल, बिचौलियासँग मिलेर गरीबको सम्पत्ति स्वाहा पार्ने अपराधी खेलमा लाग्ने बदमासहरुप्रति छानविन गरी कडा दण्ड सजाय गरेर मात्र पुग्दैन । यो दिन ज जस्को जति सम्पत्ति नोक्सान भएको छ, तिनै माफियाका मतियारहरुबाट क्षतिपूर्ति भराई असुलउपर समेत गराइयोस । आइन्दा नियामक निकायको मिलिभगतलाई रोकियोस । २०७७ मंसिर २४ गतेको सम्पादकीय टिप्पणी । | 2021/04/16 02:20:14 | https://jayloktantra.com/964/ | mC4 |
गृह मन्त्रालयबाट चार महिनामै १०० भन्दा बढी विदेश भ्रमण स्वीकृत - BBC News नेपाली
तस्बिर स्रोत, MOHA
देशको शान्ति सुरक्षा हेर्ने गृह मन्त्रालयले यस आर्थिक वर्षको पहिलो चार महिनामा आफ्ना १०३ कर्मचारीहरूको विदेश भ्रमण स्वीकृत गरेको छ।
उक्त आर्थिक वर्षमा गृहसचिव दुईवटा भ्रमणका लागि मनोनयनमा परेका थिए भने अर्की एक सहसचिवले छवटा विदेश भ्रमणको अनुमति पाएको देखिन्छ।
'काम नगर्ने ठेकेदारका विवरण संकलन'
किन विदेश भ्रमण?
उनी भन्छन्, "पहिला गृह मन्त्रालय त्यति धेरै विदेश जान नपाउने मन्त्रालयमा पर्थ्यो। वर्षको एउटा दुईटा भ्रमणका अवसरहरू आउँथे। त्यही भएर अरू मन्त्रालयतिरका कर्मचारीहरू विदेश गइरहेको भनेर गृहले विदेशतिरको तालिमको माग गर्यो होला।"
एउटै चौमासिकमा त्यतिका धेरै सङ्ख्यामा कर्मचारी विदेश भ्रमणमा जानु उनलाई अस्वाभाविक लागेको छ।
"सयजना कर्मचारी देशबाहिर जाँदा यहाँ कसरी काम भयो होला र जनताले के सेवा पाए होलान्? यो दु:खद हो।"
उनले भ्रमण भत्ता पाइने हुँदा आफू कार्यरत रहेका बेला पनि विदेश भ्रमणप्रति आकर्षण रहेको भने स्वीकार गरे।
उनी भन्छन्, "विदेश भ्रमण गएपछि भत्ता जोगिन्छ भनेर पाउरोटी खाएर पैसा जोगाउँथ्यौँ। तर हाम्रो पालामा हामी उपादेयता हेरेर मात्रै विदेश भ्रमणमा पठाउने निर्णय गर्थ्यौँ।"
तर एकजना प्रशासक एउटै आर्थिक वर्षमा ६/७ पटक विदेश भ्रमणमा जानु अमिल्दो र अरूलाई अवसरबाट वञ्चित गरेको जस्तो देखिने उनको ठम्याइ छ।
राजनीतिशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक ध्रुवकुमार भन्छन्, "सित्तैमा पाए दुई माना चुक पनि खाने नेपालीहरूको बानी हाम्रो शासन सत्तामा रहनेहरूले व्यवहारमा नै अपनाएका छन्।"
"नेतादेखि वडाध्यक्ष र राष्ट्रप्रमुखसम्ममा विदेश भ्रमणको मोह देखिन्छ, अरू सबै व्यवस्था निम्ता गर्ने देशले गरे पनि आकर्षक भत्ता आफ्नै सरकारबाट पाउँछन्।"
ध्रुवकुमारले भने, "हाम्रो प्रशासन संयन्त्र स्वतन्त्र छ कि पूर्ण रूपमा राजनीतिकीकरणको प्रभावमा परेको छ? यो मुख्य प्रश्न हो। 'माछा आए भित्र हात, सर्प आए बाहिर हात' भन्ने प्रवृत्ति हाम्रो स्थायी सरकारमा लामो समयदेखि देखिन्छ। हाम्रो प्रशासन संयन्त्र अहिलेसम्म पनि नुनको सोझो गर्ने भन्दा माथि उठ्न सकेको छैन।"
कुनै पनि अन्तर्राष्ट्रिय सम्मेलन, तालिम वा बैठकमा आयोजकका तर्फबाट बस्ने व्यवस्था मात्र गरिएको भए खाना र 'पकेट' खर्च बापत भत्ताको ३० प्रतिशत उपलब्ध गराउने नियमावलीमा जनाइएको छ।
खानाको पनि व्यवस्था गरिएको तर 'पकेट' खर्च उपलब्ध नगराइएको भए आयोजकबाट प्रमाणित कागजपत्र ल्याए दैनिक २५ अमेरिकी डलर उपलब्ध गराइने उल्लेख छ।
राज्यकोषलाई भार पर्छ कि पर्दैन?
गृह मन्त्रालयबाट कर्मचारीदेखि मन्त्रीसम्म विदेश भ्रमणमा जाने गरेका छन्
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा भन्छन्, "सरकारको एक रुपैयाँ पनि लगानी भएको छैन। निम्ता गर्ने दातृनिकाय र राष्ट्रहरूले नै सबै खर्च बेहोर्ने गरेका छन्। अरूको खर्चमा जाने नराम्रो कुरा भएन किनभने त्यहाँ जाँदा सिक्न र जान्न पाइन्छ।"
उनका भनाइमा माथिल्लो तहभन्दा पनि तल्लो तहका अधिकृतहरूले भ्रमणको अवसर पाउने गरेका छन् तथा उनीहरूले नयाँ कुरा सिक्दा अन्तत: देशलाई नै फाइदा पुग्छ।
के भन्छन् उच्च पदस्थ कर्मचारी?
बीबीसीसँग कुरा गर्दै सुवेदीले भने, "मैले गरेका ती सबै भ्रमण औचित्यपूर्ण छन्। त्यसबेला म बिम्स्टेकको स्रोत व्यक्ति थिएँ र अधिकांश बैठक त्यसैसँग सम्बन्धित भएकाले म अनिवार्य रूपमा त्यहाँ उपस्थित हुनुपर्ने अवस्था थियो।"
सुवेदी भन्छन्, "कतै घुम्न, डुल्न गएको छैन र सरकारलाई एक रुपैयाँ पनि व्ययभार पारेको छैन। आयोजकले नै सम्पूर्ण व्यवस्थापन गरेको हो। भ्रमण खर्च नियमावलीमा तोकिएको कुनै भत्ता लिएको छैन।"
उनले थपे, "तपाईंले सङ्ख्या गनेर यति पटक उति पटक भ्रमण गर्यो भनेर जसरी भन्नुभयो, त्यसले चाहिँ अन्याय हुन्छ।"
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानैपर्ने कतिपय कार्यक्रममा 'राज्यले नै लगानी गर्नुपर्ने' भएपनि अधिकांश कार्यक्रममा 'नेपाल सरकारको एक रुपैयाँ पनि खर्च नहुने' उल्लेख गरे।
कतिपय सहसचिवहरू विदेश भ्रमणको मनोनयनमा दोहोरिएको विषयमा प्रवक्ता शर्मा भन्छन्, "बिम्स्टेक जस्ता क्षेत्रीय सङ्गठन र विपद् व्यवस्थापनसँग सम्बन्धित कतिपय कार्यक्रममा तोकिएकै उच्च अधिकारीहरू जानुपर्ने भएकाले उहाँहरूको भ्रमणको सङ्ख्या अरू भन्दा बढ्ता देखिएको हो।" | 2021/06/18 10:04:04 | https://www.bbc.com/nepali/news-50834114 | mC4 |
सोमवार, आश्विन २६, २०७७ साझावोली संवाददाता
काठमाडौं - सार्वजनिक सवारी साधनले सबै सिटमा यात्रु चढाउन पाउने भएका छन् । सरकारले आधा सिट क्षमतामा मात्रै यात्रु चढाउन पाउने पुरानो निर्णय परिमार्जन गर्दै फुल सिट चढाउन पाउने नयाँ निर्णय गरेको हो ।
मन्त्रिपरिषदको सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सार्वजनिक यातायात सञ्चालन गर्न दिईएपनि एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय भएको थियो ।
दशैंको समयमा यात्रुको चापलाई मध्येनजर गर्दै सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने निर्णय भएको हो । र भाडा भने पुरानैै दरमा लिनुपर्ने सरकारको निर्णय छ ।
मन्त्रिपरिषले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ । सरकारले जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान सबै नागरिकलाई आव्हान गरेको छ । | 2020/10/21 21:56:13 | https://www.sajhaboli.com/news/614 | mC4 |
समय अनुसार मोबाइल गेमको प्रयोग समेत बढिरहेको छ । यसैका लागि कम्पनीहरूले पनि धेरैभन्दा धेरै मोबाइल गेमको विकास गरिरहेका छन् । गतवर्ष लोकप्रिय रहेका प्रमुख ७ गेम्स :
अनलाइन ब्याटल रोयल गेम पब्जी
गतवर्ष पब्जी अर्थात प्लेयर अननोन ब्याटल ग्राउन्ड्स सबैभन्दा मन पराइएको गेम सावित भयो । १ वर्षभन्दा कम समयमै यसले अन्य सबै गेमलाई पछि पार्यो । यसमा हाई क्वालिटी ग्राफिक्स उपलब्ध छ भने प्रयोगकर्ताहरूले ४ जनाको ग्रुप बनाएर आपसमा कुराकानी गरेरै यो खेल खेल्न सक्छन् । पछिल्लो समयमा यसमा विभिन्न अपडेटसमेत गरिएको छ र अझै राम्रो बनाउने प्रयास जारी छ ।
फोर्टनाइट रोयल ब्याटल
यो पनि ब्याटल रोयल गेम हो । यो गेम आइओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको हो । यो एप्स साप्ताहिक रूपमा अपडेट हुन्छ । आइफोन ६एसदेखि माथिका सबै मोडलमा उपलब्ध यो गेम एप्पल युजरहरूले निकै मन पराएका छन् ।
रेसिङ गेम अस्फाल्ट–९
आकर्षक ग्राफिक्सका कारण गतवर्ष रेसिङ गेम अस्फाल्ट ९ निकै मन पराइयो । यसको नयाँ संस्करण अस्फाल्ट ९ : लिजेन्ड्स समेत उपलब्ध छ । यो गेममा संसारभरका ५० किसिमका कार देखिन्छन्, जसलाई अलग–अलग लेभल पार गर्दै जित्नु पर्छ । यसमा भएको आकर्षक रेसिङ कन्ट्रोलका कारण रेसिङ मन पराउनेहरूले निकै रुचाएका छन् ।
मल्टिप्लेयर गेम लुडो किङ
सामान्य अवस्थामा पहिले देखि नै धेरैले लुडो खेल्दै आएका छन् । यद्यपि मोबाइल प्लेटफर्ममा उपलब्ध गराइए पछि भने यसका प्रयोगकर्ता निकै बढेका छन् । इन्टरनेट कनेक्सन समेत आवश्यक नपर्ने भएकाले यसको प्रयोग गर्नेहरू धेरै भएका हुन् ।
आर्केड गेम सबवे सर्फर्स
यो गेम विशेष गरी बालबालिकाहरूका लागि तयार पारिएको हो । यो गेममा ट्रेन माथि दौडिएर क्वाइन कलेक्ट गर्नुपर्छ । यसमा बिस्तारै स्पिड बढ्दै जान्छ र त्यतिबेला ठोक्किनबाट जोगिनुपर्छ । खेल्न सजिलो भएकाले पनि यो खेल लोकप्रिय भएको हो ।
स्ट्राटेजी गेम क्लास अफ क्लान्स
यो एक प्रकारको रणनीतिक गेम हो । यसमा एउटा गाउँ आफै बनाएर आफ्नो सैनिकलाई प्रशिक्षित गर्नु पर्छ । त्यसपछि अर्को गाउँमा हमला गरेर त्यसलाई पराजित गर्नुपर्छ । यो एउटा अनलाइन गेम हो ।
बोर्ड गेम रियल चेस थ्रीडी फ्रि
थ्रीडी ग्राफिक्सका आधारमा तयार पारिएकाले यो गेम धेरैले मन पराएका छन् । यो गेम एआई प्लेयरका साथ बाजी लगाएर खेल्न सकिन्छ । यो चेसको सर्वाधिक राम्रो गेम मानिएको छ । | 2020/05/25 05:39:57 | https://saptahik.com.np/science-and-technology/2019/01/08/20190108122429 | mC4 |
लोकतान्त्रिक गठबन्धनले चुनाव जित्न जरुरी : उपप्रम गच्छदार « News24 : Premium News Channel
नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले संविधानको पूर्ण कार्यान्वयनसहित देशमा प्राप्त लोकतन्त्रको संस्थागत स्थायित्व र आर्थिक समृद्धितर्फ मुलुकको अग्रगामी विकासका लागि लोकतान्त्रिक गठबन्धनले अहिलेको चुनाव जित्न जरुरी रहेको कुरामा जोड दिनुभएको छ ।
उपप्रधानमन्त्री गच्छदारले आज आफ्नो निर्वाचन क्षेत्र नं ३ को एकम्वामा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उक्त कुरामा जोड दिनुहुँदै उहाँले लोकतन्त्र नरहे यो देशमा वाम तानाशाही शासन प्रणाली लादिनसक्ने खतरा सामु आइरहेकोतर्फ सचेत हुनुपर्ने परिस्थितिले देखाएको पनि स्पष्ट पार्नुभएको छ ।
नेपालको इतिहासको हरेक मोडमा देश र जनतालाई अप्ठ्यारो पर्दा नेपाली काँग्रेसले त्यसविरुद्ध आन्दोलन गर्दै आएको इतिहासको स्मरण गराउनुहुँदै उपप्रधानमन्त्री गच्छदारले लोकतन्त्रमाथि कालो बादल मडारिन थालेको खतराको संकेत देखिएकैले अहिले प्राप्त लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्ति एक ढिक्का बन्न जरुरी रहेको उहाँले प्रष्ट्याउनुभयो ।
नेपालको राजनीतिक इतिहासमा भएका विभिन्न घटनाक्रमले वाम शक्तिबाट धेरै अप्रिय र विध्वंसात्मक कार्य हुँदै आएको तथ्य लोकतान्त्रिक शक्तिले नजिकबाट हेर्दै, भोग्दै, व्यहोर्दै आएकाले फेरि पनि त्यही परिस्थितितर्फ वर्तमान वामगठबन्धनले संकेत गराएकाले लोकतन्त्रवादीले सशंकित बन्नुपरेको पनि उपप्रधानमन्त्री गच्छदारले प्रष्ट पार्नुभयो ।
सोही अवसरमा निर्वाचन क्षेत्र नं ३ का प्रदेशसभा सदस्य कुमारजङ थापाले सोझा नेपाली जनताका माझमा गरिबमूखी भन्दै नारा दिने वाम गठबन्धनलाई नजिकबाट चिन्न जरुरी रहेको बताउनुभयो । | 2022/07/07 16:40:17 | https://www.news24nepal.tv/2017/11/10/196737 | mC4 |
बिहेअघि गर्भवती बनेका ५ बलिउड नायिकाहरू – KhabarTime
फिल्म नगरी त्यस्तो ठाउँ हो जहाँ रातारात अनेक घटना घट्छन् र बिहान हुँदासम्म ती घटनाहरूको नाम निशाना मेटिइसकेको हुन्छ। आम मानिसलाई ती घटनाको बारेमा पत्तो समेत हुँदैन। यस्तै बलिउडमा आम मानिने कुरा हो बिहे अघि गर्भवती हुनु। यसलाई बलिउडको कालो सत्य भन्दा पनि हुन्छ। राम्रो कामका लागि निर्देशक, निर्माताको इशारामा चल्नु अथवा चोखो प्रेममा समर्पित हुनु नायिकाको निम्ति सामान्य तर बाध्यताको बनिदिन्छ।
बलिउडका धेरै नायिकाहरू यो अवस्थामा पुगेका थिए। आज हामी बिहेअगाडि गर्भवती बनेका ५ नायिकाबारे छोटो जानकारी दिने कोसिस गर्दै छौँ।
१. रानी मुखर्जी
बलिउडमा धेरै रुचाइएका नायिकाको सूचीमा रानीको नाम पनि पर्दछ। एक समय यी नायिकाले आफ्नो अभिनयको जादू छरेर बलिउडमा राज गरेकी थिइन्। आदित्य चोपडासँगको प्रेमका दौरान रानी गर्भवती बनेकी थिइन्। यो जोडीले हल्ला हुनु पहिले नै हतारमा सानो औपचारिक बिहे गरेको गरेको थियो।
२.श्रीदेवी
बलिउडकी सफल नायिका स्व. श्रीदेवी एक समयमा सबैको दिलकी धड्कन थिइन्। यी नायिका बोनी कपुरसँग प्रेम सम्बन्धमा रहेका बखत गर्भवती बनेकी थिइन्। जबकि बोनी कपुर बिबाहित थिए। पछि आफ्नी श्रीमतीसँग डिभोर्स गरेर बोनीले श्रीदेवीलाई भित्र्याएका थिए। बिहे गर्दा श्रीदेवी ७ महिनाकी गर्भवती थिइन्। अहिलेकी नायिका जान्ह्वी कपुर तिनै बिहे पहिले श्रीदेवीको गर्भमा रहेकी सन्तान हुन्।
३. ट्वीङ्कल खन्ना
खबरका अनुसार, नायक अक्षय कुमारसँग जोडिएको बेलामा ट्वीङ्कल खन्ना गर्भवती भएकी थिइन्। यो जोडिले अनावश्यक हल्ला र बद्नामीबाट जोगिन चाँडै सानो समारोहका बिच बिहे गरेको थियो।
४. महिमा चौधरी
धेरै पटक धोका पाएकी बलिउड नायिका महिमा चौधरी आफ्नो प्रेम सम्बन्धका बखत बबी मुखर्जीबाट गर्भवती बनेकी थिइन्। पछि यो जोडीले २००६ मा बिहे गरेको हो।
५. कोनकना सेन
लामो गोप्य प्रेम सम्बन्धका दौरान नायिका कोनकना सेन रणवीर शोरीबाट गर्भवती भइन्। जब कोनकना गर्भवती भइन् यो जोडीले जतिसक्दो चाँडो बिहे गरेर सबैलाई सर्प्राइज दिएको थियो। अहिले यिनीहरूले डिभोर्स गरिसकेका छन्। | 2021/01/27 15:34:49 | https://khabartime.com/?p=2123 | mC4 |
शीघ्र वीर्य स्खलनको कारण - यौन जिज्ञासा र समाधान - साप्ताहिक
शीघ्र स्खलनको दीर्घकालीन समाधान छ कि छैन ? यो के कारणले हुन्छ ? यसको समाधानका उपायहरू बताइदिन अनुरोध गर्छु ।
- एस.
तपाईंलाई थाहै हुनुपर्छ, प्राय: सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन् । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा चाँडो वीर्यस्खलन भए त्यसलाई शीघ्र स्खलन मान्न थालिएको छ । योनिमा घर्षण नै गर्न नपाई योनिमौ वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो । कतिपयले सामान्य समय सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्छन् ।
महिलालाई चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि सामान्य समयमै भएको भए पनि पुरुषको वीर्य स्खलन चाँडो भएको भान पर्छ । यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा 'राम्रो' गर्न नसक्नु गम्भीर चिन्ताको विषय हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट तुल्याउन सक्दिन कि भन्ने चिन्ता हुँदा यसले समस्या थप चर्काउँछ । विरलै भए पनि केही psychotropic drug को प्रयोग नै यस्तो समस्याको कारण त होइन भनेर केलाउन बिर्सनु हुँदैन ।
आक्कल–झुक्कल शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या थप वृद्धि हुनसक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले अवलम्बन गर्न सकिने केही उपाय छन् ।
१. यौनसम्पर्क रोक्ने–सुरु गर्ने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर केही वेर यौनक्रीडा रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने ।
२. आसन परिवर्तन : लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्र स्खलन कम गर्न मद्दत मिल्छ ।
३. लिंग अँठ्याउने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भए तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिंगको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा यौन उत्तेजना कम भए पछि पुन: सुरु गर्ने ।
४. कन्डम प्रयोग गर्ने : कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याउँछ ।
५. मांसपेशीको प्रयोग : पिसाब आउँदा रोक्ने प्रयास गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ ।
६. औषधीको प्रयोग : अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । यस्ता औषधी लिंगमा प्रयोग गर्दा शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।
७. वीर्य स्खलन नियन्त्रणको अभ्यास : दीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिङ्गलाई चलाउने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने तथा उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने र यो प्रक्रिया दोहार्याउने । वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौन साथी) सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क भने नगर्ने । वीर्य स्खलन होला जस्तो भएपछि यो क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने अनि बिस्तारै–बिस्तारै यौन क्रियाकलाप अघि बढाउने । यो प्रक्रियामा समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक सावित हुन सक्छ । यो उपाय दीर्घकालीन समाधानमा लाभदायक हुन सक्छ ।
दीर्घकालीन समाधानको कुरा
तपाईंलाई थाहै हुनुपर्छ, धेरैजसोले यौनसम्पर्क राखे पनि वीर्य स्खलनलाई पुरुषको यौन कार्य सक्षमताका रूपमा लिन्छन् । यसरी शीघ्र स्लखन हुँदा यौन कार्य राम्रोसँग सम्पादन गर्न नसकेको मानिन्छ । महिलालाई यौन सुख दिन नसकेको भन्ने मानेर दुखी हुने मात्र होइन, आत्मसम्मानको समस्या समेत देखापर्न सक्छ । महिलाले पनि शीघ्र स्खलन हुँदा आफ्नो पार्टनरले मलाई यौन सन्तुष्टि दिन सक्दैन भन्ने मान्न सक्छन् । यौन कार्य सम्पादनको चिन्तालाई नियन्त्रण गर्नु एउटा महत्वपूर्ण पक्ष हो । कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ ।
कुनै कार्य ठिक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै चिन्ता बढेर कार्य सम्पादन क्षमता मै ह्रास आउन थाल्छ । यो स्थितिमा वीर्य स्खलनमा मात्र केन्द्रित रहेर यौनसम्पर्क गरिन्छ । कार्य सम्पादनको चिन्ता भएको स्थितिमा समस्या अझ चर्कन्छ । यस्तो स्थितिमा पहिले गरिने स्पर्श, चुम्बन, सुमसुम्याई वा पाक्क्रीडाजस्ता क्रियाकलाप पनि कम भएर जान्छन् । यसले गर्दा पुरुषमा मात्र होइन, महिलामा समेत मानसिक तनाव हुन्छ । यसले सम्बन्धको सुमधुरतालाई नै समस्यामा पार्न सक्छ । यस्तो स्थितिमा दुवैले राम्रोसँग कुराकानी गरेर तनावरहित वातावरणमा समस्याको समाधान खोज्नुपर्छ । | 2019/02/17 09:29:23 | http://saptahik.ekantipur.com/news/2018-06-16/20180615133238.html | mC4 |
भोली दमकमा कविता तङ्सिङ हुने - Baikalpikkhabar
भोली दमकमा कविता तङ्सिङ हुने
दमक / दमकमा भोली कविता तङ्सिङ हुने भएको छ । याक्थुम लेखक संघ झापाले आयोजना गर्न लागेको तङ्सिङको सम्पूर्ण तयारी पूरा भएको याक्थुम लेखक संघ झापाका अध्यक्ष मौलश्री लिम्बुले जानकारी दिए । भोली दमक उद्योग वाणिज्य संघको सभाहलमा ११ बजे देखी शो कार्यक्रम आयोजना हुन लागेको हो । लिम्बु कवीहरुद्वारा बिभिन्न बिधाका कविताहरु वाचान गरिने उक्त कविता तङ्सिङमा नेपाली भाषाका २२ र लिम्बु भाषाका १३ कविता प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन ।
साहित्यका माध्यम बाट राज्यमा लिम्बु कवीहरुको उपस्थिती जनाउने उद्देश्यले कविता तङ्सिङको आयोजना गरिएको याक्थूम लेखक संघ झापाका अध्यक्ष लिम्बुले जनकारी दिए । कविता तङ्सिङको यो दोश्रो सँस्करण हो । पहिलो सस्करण काठमाडौंमा आयोजना गरिएको थियो । भोलि हुने कविता तङ्सिङको प्रमुख अतिथि प्रदेश न १ का पूर्व प्रदेश प्रमुख गोविन्द तुम्हाङ रहने आयोजकले जनाएको छ । | 2021/06/23 02:33:56 | https://baikalpikkhabar.com/06/03/9673/ | mC4 |
हव पोड संसारको सुरक्षित र सबैभन्दा टाढाको हव्वा पोड सर्फ होवरक्राफ्ट विश्वभरि सुरक्षा समाधानहरू
घर सतह सर्फ
सर्फ होवरक्राफ्ट
Hov पोड सर्फ होवरक्राफ्टले अनोखा क्षमताहरू बनाएको छ भने उनीहरूले अत्यन्त छिमेकी बनाउँदा सर्फमा यात्रा गर्छन्। हव पोड सर्फ होभरक्राफ्टले सुचारु रूपले उडानलाई उडाउन सक्छ; अझै वा छिटो पानी; उज्यालो पानी, वा सर्फमा, हामीलाई अन्य गाईहरू संग पुग्न सक्ने क्षेत्रहरूमा पहुँच प्रदान। तिनीहरूको तीव्र क्षमताओंले गति वा पानीको गहिराइले प्रभावित पारेको छैन, छिटो तीव्र गतिमा बढ्दै जान्छ जसले डुङ्गामा बढी प्रतिरोध प्रदान गर्दछ र यसको विरुद्धमा तैरहन गाह्रो हुन सक्छ।
Hov Pod Surf Hovercraft धेरै अन्य शिल्पहरु को लागी पनि नमक पानी को परिचालन को लागि तैयार त्वरित लिफ्ट को ओटो कवर संग उच्च डिजाइन को लागि डिजाइन गरिएको छ, उच्च विनिर्देश विद्युत घटकों र स्टेनलेस स्टील फिटिंग जो जंग को कम गर्न को लागी, परिचालन विश्वसनीयता र सुरक्षा को बढाते हो।
यदि तपाइँसँग कार्य वा साहसिक छ जहाँ तपाईंसँग खोज्नु, यात्रा, सर्वेक्षण, उद्धार वा ट्राफिक व्यक्तिहरू वा सर्फ, रेत, समुद्र तट र तरंगहरूमा उत्पादनहरू, होभ पोडलाई सम्पर्क गर्नुहोस्, तपाईंको परियोजनालाई छलफल गर्न चाहनुहुन्छ?
हव पोड सर्फ होभरक्राफ्टले बाढी भएको जमीन, चिसो, नदीबारी, उर्जा पानी / जमीर क्षेत्रहरु, राप्ती, शङ्का समुद्र तटहरू, खुला पानी, घाँस, रेत, रेगिस्तान, तालम्यान, मार्शल्यान्ड, प्रेमीहरू, गीलेरीहरू, मेडोज, बोगहरू, किनारों, सामा, जलविद्युत् आयोजना, बर्फ, बर्फ, सडक, उल्लो झीले सूखे माछा मार्न, स्यान्डबैंक, सडक, वास्तवमा कुनै पनि फ्लैट सतह 45 माइल सम्म गति बिना जंगली जीवन वा पारिस्थितिकी बिना प्रभावकारी।
"सबैभन्दा राम्रो सर्फर बाहिर त्यहाँ सबैभन्दा मज्जा छ।"
फिल एडवर्ड्स
सर्फ होवरक्राफ्ट भिडियो
हव पोड सर्फ होभरक्राफ्ट बेस्सरी विभिन्न इलाकामा उड्ने, पानी लिन र पानीबाट टाढा जान सक्छ। हव पोड सर्फ होभरक्राफ्ट विशेष गरी स्थिरता, टिकाऊपन, उछाल र नमक पानीको अपरेशनको लागि डिजाइन गरिएको छ। Hov पोड सर्फ होवरक्राफ्टले सबै इलाका कार्यशैलीहरूलाई ईन्जिनियर गरीएको छ जुन 9 व्यक्तिहरू सक्षम हुन वा 1500 lbs (680KG) प्वाललोड प्रदान गर्न सक्षम छन्, तिनीहरू सस्ती छन्। खरीद गर्न, सजिलो, राख्नुहोस् र प्रयोग गर्न सजिलो।
खोजी र उद्धार अभियानहरूमा हव पोड सर्फ होवरक्राफ्टले पहिलो उत्तरदायीलाई खतरा भन्दा माथि राख्छ, यो होइन। किनकि हव पोड सुरक्षित रूपमा रेत वा पानी माथि 9 इन्च हॉवरमा राख्नुहोस्, उनीहरूलाई पीडितको नजिक पुग्न सक्छ कि एक किल्ला वा हेलिकप्टर पुग्न सक्दैन।
होभ पोड सर्फ होभरक्राफ्टले सुरक्षित र डुङ्गाहरू भन्दा बढी ईन्धन-कुशल, तिनीहरू सस्ती, खरीद गर्न सजिलो छन्, सञ्चालन, बनाए र प्रयोग गर्छन्।
अन्य वाहनको सर्फ समस्याहरू
डूबिङ
प्रायजसो सर्फहरू कुशल तैरनेहरू हुन्। तिनीहरूले नरम पानीलाई सम्हाल्न सक्छन्। त्यो भनिएको छ, लहरहरू अनावश्यक र अप्रत्याशित हुन सक्छ।
शार्क र अन्य समुद्री जीवन
यदि तपाईं सर्फ गर्नुहुन्छ भने, तपाईं समुद्री जीवन देख्नुहुनेछ। यो अपरिहार्य छ। केहि हानिकारक छन्। अरूले तिमीलाई मार्न सक्छन्।
रक र रीफ
जब तपाईं लहरहरु को माथि मा घुमाउनुहुन्छ, सतह को तल धेरै छ कि तपाईं लाई नोकसान गर्न सक्छ।
स्किम बोर्डिङ
थुप्रै प्रकारका खतराहरू छन् जुन स्किम-बोर्डहरू दैनिक आधारमा सामना गर्न सक्छन्। यो कम अम्ल को भंग वा विच्छेद को देखने को लागि असामान्य छैन, केहि गम्भीर चिकित्सा ध्यान को आवश्यकता हो। | 2020/03/29 17:18:04 | https://hovpod.com/ne/%E0%A4%B8%E0%A4%A4%E0%A4%B9-%E0%A4%B9%E0%A5%8B%E0%A4%AD%E0%A4%B0craft/%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%AB-%E0%A4%B9%E0%A5%8B%E0%A4%AD%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AB%E0%A5%8D%E0%A4%9F/ | mC4 |
मेलम्ची आयोजनाको बाटो निर्माण विवाद : कोनेकोले हनिललाई २० करोड बुझाउनु नपर्ने सर्वोच्चको आदेश | गृहपृष्ठ
Home समाचार मेलम्ची आयोजनाको बाटो निर्माण विवाद : कोनेकोले हनिललाई २० करोड बुझाउनु नपर्ने सर्वोच्चको आदेश
on: March 04, 2019 समाचार
मेलम्ची आयोजनाको बाटो निर्माण विवाद : कोनेकोले हनिललाई २० करोड बुझाउनु नपर्ने सर्वोच्चको आदेश
काठमाडौं । मेलम्ची आयोजनासम्म पुग्न बाटो बनाउने विवादमा कोनेको प्रालिले हनिल इन्जिनीयरिङ एण्ड कन्स्ट्रक्शन कम्पनीलाई २० करोड रुपैयाँ बुझाउनु पर्ने मध्यस्थताले गरेको निर्णय कार्यान्वयन गर्नु नपर्ने गरी सर्वोच्च अदालतले आदेश गरेको छ ।
झण्डै ९ वर्षअघि मध्यस्थताले कोरियामा निर्णय गर्दै मेलम्चीसम्म बाटो बनाउने विवादमा कोनेकोले हनिललाई २० करोड रुपैयाँ र त्यसको वार्षिक ६ प्रतिशतका दरले ब्याजसमेत क्षतिपूर्ति बुझाउनु पर्ने निर्णय गरेको थियो । न्यायाधीशहरू हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले सो निर्णय कानून तथा विभिन्न सिद्धान्त विपरीत भएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्नु नपर्ने उल्लेख गरेको हो । सर्वोच्चले सो आदेश केही महीनाअघि गरेको भए पनि आइतवार मात्र त्यसको पूर्ण आदेश आएको हो ।
हनिल कम्पनीले मेलम्ची खानेपानी विकास समितिसँग सम्झौता गरी २०६१ साउन १ गतेसम्म आयोजनासम्म बाटो बनाउने ठेक्का लिएको थियो । सो सम्झौता ४५ करोड ६१ लाख रुपैयाँमा भएको थियो । पछि सो कम्पनीले सोही कार्यका लागि नेपालस्थित कोनेको प्रालिसँग सम्झौता गरेको थियो । ती दुई कम्पनीबीच ४३ करोड ३३ लाख रुपैयाँमा सम्झौता भएको हो ।
पछि कोनेकोले सम्झौताबमोजिम काम नै थालनी नगरेको उल्लेख गर्दै हनिलले क्षतिपूर्तिको दाबी गरेको थियो । हनिलले समितिसँग भएको सम्झौतामा उल्लेख भएको समयभित्र काम नसकिएको उल्लेख गर्दै आफ्नो धरौटीबापतको रकम जफत भएको दाबी गरेको थियो ।
दुई कम्पनी बीच विवाद आएपछि कोरियामा मध्यस्थताको गठन गरिएको थियो । सो मध्यस्थताले २०६६ साउन ५ गते कोनेकोले हनिललाई २० करोड रुपैयाँ र २०६४ पुस १६ गतेदेखि सबै रकमको ६ प्रतिशत ब्याज पनि बुझाउनु पर्ने गरी निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न माग गर्दै हनिलले तत्कालीन पुनरावेदन अदालत, पाटनमा रीट निवेदन दायर गरेको थियो । रीट निवेदनमा माग बमोजिम नभएपछि हनिल सर्वोच्च अदालत गएको थियो ।
सर्वोच्च अदालतले मध्यस्थको नियुक्ति र यसको कार्यविधि पक्षहरूबीचमा भएको सम्झौता वा निजहरूबाट तोकिएको कानून बमोजिम नभएको उल्लेख गरेको छ । सर्वोच्चले पक्षहरूले गरेको सम्झौता बमोजिम कोनेकोलाई आपसी सहमतिबाट विवाद समाधान गर्न पाउने हकबाट वञ्चित गरिएको स्पष्ट गरेको छ ।
स्वच्छ सुनुवाइको मान्य सिद्धान्तअनुसार मध्यस्थ नियुक्ति नभएको र कारबाहीको क्रममा कोनेकोलाई समयमा आधिकारिक सूचना नदिई प्रतिनिधिको अवसर विना मध्यस्थले निर्णय गरेको सर्वोच्चको आदेशमा उल्लेख छ । | 2019/06/18 23:39:53 | http://www.abhiyan.com.np/?p=323056 | mC4 |
पशुपतिको मुल ढुकुटीको ढोका किन खोलिदैन ? « Janata Times
पशुपतिको मुल ढुकुटीको ढोका किन खोलिदैन ?
'पशुपतिको मूल ढुकुटी खोल्नुपर्यो। यसलाई बन्द गरी राख्नुभएन', सांसद खिमलाल भट्टराईले भने, 'यसभित्र के छ ? भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ ? हेरौं त ।' राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बिहीबार उनले राजनीतिक सहमति गरेर वा कानुनै बनाउनुपर्ने भए बनाएर पनि मूल ढुकुटी खोल्नुपर्ने बताए। उनी राष्ट्रियसभामा सत्तारुढ दलका प्रमुख सचेतक हुन्। उनले बन्द अवस्थामा रहेको मूल ढुकुटी खोल्ने वातावरण बनाउन पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरे।
राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले मूल ढुकुटी नखोलिनुको कारण मागे। 'ढुकुटी नखोल्ने कारण के हो ?', उनले भने, 'धार्मिक मान्यता केही छ कि ? सर्वोच्च अदालतको आदेशक के हो ?' यसअघि ढुकुटी खोल्न खोज्दा सर्वोच्चले रोक लगाएको थियो। उनले पशुपतिको सम्पत्ति पारदर्शी हुनुपर्ने बताए। अन्य सांसदले पनि पशुपतिनाथ मन्दिरको ढुकुटीमा भएको सम्पत्तिमा चासो राखे। उनीहरूले ढुकुटी खोलेर त्यसको अवस्थाबारे सर्वसाधारणलाई जानकारी दिनुपर्ने बताए। सांसद बद्रीप्रसाद पाण्डेले ढुकुटीको अवस्था के छ भनी प्रश्न गरेका थिए।
सांसदले श्लेषमान्तक वन डेटिङ गर्ने थलो र दुव्यर्सनीको अखडा बनेकोमा पनि जिज्ञासा राखेका थिए। सदस्यसचिव ढकालले भने श्लेषमान्तक वनमा दिनहुँ दुईपटक गस्ती टोली पठाउने गरिएको जवाफ दिए। समिति सभापति दिलकुमारी रावलले नांगा बाबाको व्यवस्थापन गर्न निर्देशन दिइन्। सदस्यसचिव ढकालले परापूर्वदेखि पशुपतिमा नांगा बाबा आउने गरेको उल्लेख गरे। यसलाई व्यवस्थापन गर्न सम्भव नरहेको उनको भनाइ थियो। 'कसैले यसलाई अश्लीलताका रूपमा लिन्छन् त कसैले आध्यात्मिक रूपमा', उनले भने, 'यो सदियौंदेखिको चलन हो। हामी यसलाई रोक्न सक्दैनौं।'
जनार्दन शर्माले नै सुनाए माओवादीका अधिकांश नेताले चुनाव नजित्ने खुलासा, राखे यस्तो प्रस्ताव
काठमाडौं, असोज १२ । माओवादी नेता जनार्दन शर्माले आगामी निर्वाचनमा माओवादीका अधिकांश नेताले चुनाव जित्न | 2021/09/28 17:17:43 | https://janatatimes.com/archives/9898 | mC4 |
merolagani - "अब माइक्रोफाइनान्स र बैंकले नै लिड गर्छ कि जस्तो लाग्छ"
"अब माइक्रोफाइनान्स र बैंकले नै लिड गर्छ कि जस्तो लाग्छ"
Nov 21, 2020 01:47 PM Merolagani
सबिना बजगाई
यस हप्ता शेयर बजारमा जम्मा दुई दिन मात्र कारोबार भयो । तिहार सकिएसँगै खुलेको बजारमा बुधबार र बिहीबार दुई दिन कारोबार भएको हो । कारोबार भएको दुबै दिन शेयर बजार बढोत्तरीका साथ बन्द भयो ।
यसैगरी शेयर बजारमा यसै हप्ता कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गर्याे । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा ६ अर्बभन्दा बढीको कारोबार भएर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो । यो नेप्सेमा भएको हालसम्मकै ठूलो कारोबार रकम हो ।
यस हप्ता शेयर बजार कस्तो रह्यो भन्ने विषयमा लगानीकर्ता यज्ञ राज पाण्डे,
यो हप्ता धेरै दिन कारोबार नभएकाले पनि शेयर बजारमा धेरै उतारचढावको स्थिति त रहेन । तर समग्रमा बजारको अवस्था राम्रै रह्यो ।
बैकिङ सेक्टर अलि स्लो भइरहेको छ । ट्रेडिङको, अन्य सेक्टरमा विशेषगरी जसको सप्लाई कम भएका शेयरहरु छन्, त्यो बढिरहेको देखिन्छ ।
सामान्य रुपमा मानिसहरुले थाहा नपाएको शेयर, जस्तै आरबीसीएल अहिले बढिरहेको छ । कतिपय मानिसहरुलाई बीबीसीले कस्तो कमाउँछ, के गर्छ, कहिले प्रतिफल दिन्छ केही थाहा छैन । तर पनि त्यस्तो शेयरहरु बढिरहेका छन् ।
बीएनटीको पनि त्यस्तै छ। एसटीसीको शेयर पनि कुदिरहेको छ। कमाईका हिसाबले २०÷२५ रुपैयाँ कमाउने हो । तर बजार मूल्य धेरै माथि पुर्याइरहेको छ । त्यो चाहिँ कर्नरिङ नै भएको हो कि जस्तो लाग्छ । एचडीएल पनि त्यसरी नै बढिरहेको अवस्थामा छ ।
सेक्टर अनुसार हेर्दा इन्स्योरेन्स सेक्टरमा प्रायः सबैको कमाई राम्रो भइरहेको छ। त्यसले गर्दा इन्स्योरेन्स सेक्टर बुल भइरहेको छ ।
कोरोनाले गर्दा विजनेशहरु घट्छ भन्ने जुन अपेक्षा थियो, त्योभन्दा राम्रै रिपोर्ट आयो । त्यसले गर्दा पनि बजार बढिरहेको छ ।
सीआईटी, एसटीसी, यिनीहरु पनि पहिलेदेखिकै ब्रान्ड भएकाले राम्रो बढिरहेको हो । यसरी हेर्दा यस्ता कम्पनीहरु ब्रान्डको हिसाबले नै माथि जाने जस्तो देखियो ।
यता बैकिङमा सप्लाई पनि धेरै छ । कमाई राम्रै आएपनि २/४ वटा ठूला–ठूला बैंकहरुले कमाई बिगार्नाले गर्दा बैकिङ सेक्टरमा मोमेन्टम आउन नसकेको हो ।
विकास बैंकहरुको पनि पहिला एकपटक त राम्रै मोमेन्टम आएर बढिसकेको हो । त्यहीँ भएर अहिले तत्कालै कुदिहाल्ने त देखिदैन । तर तत्काल हेर्दाखेरी, लगानीको हिसाबले बैंक र डेभलपमेन्ट बैंक नै सुरक्षित छ जस्तो लाग्छ । अहिले नबढेपनि भविष्यमा बढ्ने सम्भावना धेरै भएको क्षेत्र जस्तो लाग्छ ।
फाइनान्सहरु पनि एक समय राम्रै मोमेन्टम ल्याएर अड्किरहेको हो ।
सबै सेक्टर एकैचोटी बढ्ने भन्दा पनि टर्न बाई टर्न गरेर बढिरहेको छ । कहिले हाइड्रो बढिरहेको छ, कहिले इन्स्योरेन्स बढिरहेको छ त कहिले बैंकिङ सेक्टर बढिरहेको छ । त्यसरी पालैपालो बढेको भएर सबै सेक्टरमा विस्तारै राम्रै बढ्छ जस्तो लागिरहेको छ मलाई ।
शेयर बजार बढ्नुमा त्रैमासिक रिपोर्टको पनि प्रभाव देखिन्छ । सबै लगानीकर्ताहरुले सोचेको भन्दा त्रैमासको सबै रिपोर्ट राम्रो पनि आएको हो । २÷४ वटा कम्पनीहरुले प्राभिजनिङ धेरै गरेको भएर अलि कम भएको हो । जति घट्छ भन्ने अनुमान थियो, त्यति घटेको छैन। धेरै नै घट्ला भनेर जुन हिसाबमा मानिसहरु डराइरहेका थिए, तर रिपोर्टलाई हेर्दा त्यस्तो डराउनुपर्ने केही देखिदैन। समग्रमा रिपोर्ट पनि राम्रै आएको छ, जसले गर्दा शेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको छ ।
हाइड्रोहरुको पनि सोचेको भन्दा धेरै राम्रो रिपोर्ट आएको छ। इन्स्योरेन्सहरुको पनि राम्रै आएको छ। २/४ वटा बैंकको अलिकति नेगेटिभ आएको भएर मानिसहरुको मनोबल गिरेको हो कि जस्तो लाग्छ।
यसरी हेर्दा आगामी हप्ता शेयर बजारले राम्रै गर्छ जस्तो लाग्छ। चाडपर्वको बेलामा कतियप मानिसहरु बाहिर थिए होला, कोही कहाँ पुगेका थिए होला । यस्तो बेलामा पनि राम्रो भोल्यूममा कारोबार भएको हिसाबले गर्दा आगामी हप्ता पनि बजारले राम्रो मोमेन्टम लिन्छ होला जस्तो लाग्छ।
सेक्टरका आधारमा भन्नुपर्दा, माइक्रोफाइनान्स पनि तल बसेको धेरै दिन भइसक्यो । खासै राम्रो मोमेन्टम आइसकेको छैन । हुन् चाहिँ अप ट्रेन्ड मै छ । जसले गर्दाखेरी अबको समयमा माइक्रोफाइनान्स र बैंकले नै लिड गर्छ कि जस्तो लाग्छ मलाई ।
अख्तियारका आयुक्त पाठकलाइ ७० लाख घुस दिएकाे अभियाेगमा न्याैपाने पक्राउ
Nov 25, 2020 04:41 PM
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका लम्बोदर न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको छ। | 2020/11/25 11:03:34 | https://merolagani.com/NewsDetail.aspx?newsID=65871 | mC4 |