text
stringlengths 146
47.7k
|
---|
फोटो कविताको परिणाम घोषणा: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो । मण्डलका सदस्यमध्ये एक साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले पाठकहरूको सशक्त उपस्थितिले प्रतियोगिताको औचित्य पुष्टि गरेको र यस किसिमको सहभागिताबाट अझ ठूलो हौसला प्राप्त गरेको बताए । प्रतियोगिताको नियममा बाँधिएर ३१ वटा कविता प्राप्त भएका थिए भने नियमविपरीत कयौँ काव्य सिर्जना प्राप्त भएका थिए । नियमविपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले बताएको छ । राम्रामध्येका सबैभन्दा राम्रा कविताहरूको छनोट ज्यादै दुरूह भएकाले यस पटक सर्वोत्कृष्ट तीन छनोट गरिएको छ । ‘नियमअनुसार हामीले तीन वटा मात्र छान्न सक्थ्यौँ । यहाँ छानिएका सबै कविता सर्वोत्कृष्ट हुन् ।’ कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलले जनाएकाे छ । याे साता टीका आत्रेयको ‘उषासँगै’, प्रभा खड्काको ‘दौड’ र दिलिप बान्तवाको ‘रातो यात्रा’ छनाेट भएका हुन् । छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । अर्काे फाेटाे-कविता प्रतियाेगिता आइतबार बिहानदेखि शुरू हुनेछ । पुरस्कृत कविता तल पढ्नुहोस्ः #फाेटाे कविता #विमलफोटो |
फोटो कविता प्रतियोगिता २: साहित्यपोस्ट भाषा र साहित्यको सम्पूर्ण पोर्टल हो । यसमा लेखक–कविका सिर्जनालाई मात्र स्थान दिइँदैन, रचना गर्ने वातावरण पनि तयार गरिन्छ । यसै सन्दर्भमा चर्चित फोटोपत्रकार विमल नेपालले हाम्रो पहलकदमीमा साथ दिएका छन् । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि उनी फोटोपत्रकारिता गर्छन् । हार्वर्ड युनिभरसिटी छेवैमा फोटो स्टुडियो खोलेका उनले केही समय पानासोनिक युएसको लुमिक्स क्यामेरा विभागमा विशेषज्ञ भएर काम गरेका थिए । नेपालमा आर्थिक पत्रकारिता गर्दागर्दै फोटोग्राफीको अध्ययन गर्न अमेरिका गएका उनका तस्बिरहरु नेसनल जियोग्राफिक लगायतका प्रतितिष्ठित पत्रिकाहरुमा छापिएका छन् । साहित्यपोस्ट र विमलफोटोको संयुक्त आयोजनामा हरेक आइतबार एउटा तस्बिर राखिनेछ । उक्त तस्बिरलाई आधार मानेर सर्जकहरुले कविता लेखी तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । ती मध्येबाट हरेक साता तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । हरेक शनिबार प्रकाशन गरिने यस फोटो कविता प्रतियोगिताको समयावधि शुक्रबार रातको बाह्र बजेसम्म रहने छ । यसै सन्दर्भमा दोस्रो साताका लागि आउँदो शुक्रबार, जेठ १६ गते रातको १२ बजेसम्म प्राप्त कवितालाई यस प्रतिस्पर्धामा समावेश गरिने छ । हेर्नुस् फोटो अब तपाईंको मनमा कस्ता भाव आए, त्यसलाईं कविताको रूपमा तल कमेन्ट बक्समा पोस्ट गर्नुस् । #प्रतियाेगिता #फाेटाे कविता #विमल नेपाल |
फोटो कविता प्रतियोगिता ३: साहित्यपोस्ट भाषा र साहित्यको सम्पूर्ण पोर्टल हो । यसमा लेखक–कविका सिर्जनालाई मात्र स्थान दिइँदैन, रचना गर्ने वातावरण पनि तयार गरिन्छ । यसै सन्दर्भमा चर्चित फोटोपत्रकार विमल नेपालले हाम्रो पहलकदमीमा साथ दिएका छन् । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि उनी फोटोपत्रकारिता गर्छन् । हार्वर्ड युनिभरसिटी छेवैमा फोटो स्टुडियो खोलेका उनले केही समय पानासोनिक युएसको लुमिक्स क्यामेरा विभागमा विशेषज्ञ भएर काम गरेका थिए । नेपालमा आर्थिक पत्रकारिता गर्दागर्दै फोटोग्राफीको अध्ययन गर्न अमेरिका गएका उनका तस्बिरहरु नेसनल जियोग्राफिक लगायतका प्रतितिष्ठित पत्रिकाहरुमा छापिएका छन् । साहित्यपोस्ट र विमलफोटोको संयुक्त आयोजनामा हरेक आइतबार एउटा तस्बिर राखिनेछ । उक्त तस्बिरलाई आधार मानेर सर्जकहरुले कविता लेखी तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । ती मध्येबाट हरेक साता तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । हरेक अाइतवार प्रकाशन गरिने यस फोटो कविता प्रतियोगिताको समयावधि शनिवार रातको बाह्र बजेसम्म रहने छ । यसै सन्दर्भमा तेस्रो साताका लागि आउँदो शनिबार जेठ २४ गते रातको १२ बजेसम्म प्राप्त कवितालाई यस प्रतिस्पर्धामा समावेश गरिने छ । हेर्नुस् फोटो अब तपाईंको मनमा कस्ता भाव आए, त्यसलाई कविताको रूपमा तल कमेन्ट बक्समा पोस्ट गर्नुस् । #प्रतियाेगिता #फाेटाे कविता #विमल नेपाल |
फोटो कविता प्रतियोगिता ४ का लागि कविता आह्वान: विमल नेपाल साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको चौथो संस्करणका लागि कविता आह्वान गरिएको छ। अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताको तीन वटा संस्करणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। चौथो संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर फेसबुक, इमेल तथा अन्य माध्यमबाट कविता पठाउनु भएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। प्राप्त कविताहरूमध्ये हरेक साता तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । हरेक आइतबार कविताको नजिता प्रकाशन गरिनेछ भने यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार जेठ ३१ राति १२ बजेसम्म रहेको छ। हेर्नुहोस् तस्बिरः फोटो कविता प्रतियोगिता ४ अब तपाईंको मनमा उब्जेका भावनामा कवितात्मक पुट दिएर तलको कमेन्ट बक्समा पाेस्ट गर्नुहाेस् । याे प्रतियाेगिताका लागि यहीँ कविता राख्न अनिवार्य छ । #प्रतियाेगिता #फाेटाे कविता #विमल नेपाल |
कथाभित्रको कथाः घनचक्कर: म केही दिनदेखि केही लेखौं भनेर टेबलमा बसेको थिएँ। एक हप्तामा दश प्याकेट चुरोट सकिसक्दा पनि एउटा कुनै पढ्न लायक खुराक लेख्न सकिरहेको थिइनँ । राइटर्स ब्लक भन्ने कुरा नि गजब कै हुँदो रै’छ, हात मठ्ठै नसर्ने। लेखिरहेकै हो अलि अलि गर्दै । तर, कहिलेकाहीँ यस्तै हुन्छ, पानाहरू भरिँदैनन्, मात्र खरानीदानी भरिन्छ, चुरोटका ठुटाहरूले । हर साँझझैँ त्यो साँझ पनि चुरोट तान्दै झ्यालबाट बाहिर मेरो कोठा जस्तै साँघुरो गल्लीमा हिँडिरहेका मान्छेहरू हेरिरहेको थिएँ। सोचमग्न थिएँ । कताकता हराइरहेको आभास भइरहेको थियो । यत्तिकैमा कसैले मेरो ढोका ढक्ढक्यायो। मेरो मुद्रा भंग भयो। मेरो ध्यान भंग भएकोमा रिस पनि नउठेको कहाँ हो र ! अल्छी मान्दै ढोकानेर गएँ र ढोका खोलें । मनोज रेग्मी “सर नमस्कार ! सन्चै हुनुहुन्छ ?” ज्ञानेले भन्यो । ऊ सधैँ यसैगरी मेरो घर आइरहन्थ्यो । कहिले आफ्नो जहानलाई चिठ्ठी लेखिदिन भन्थ्यो त कहिले उसले पठाएको चिठ्ठी पढिदिन भन्थ्यो। सोच्दै थिएँ, आज ऊ मलाई चिठ्ठी लेख भन्न आएको रै’छ भने सन्चो छैन भनेर टारिदिनु पर्ला तर आज उसको हातमा एउटा क्यासेट थियो र आँखामा उत्सुकता । “अँ सन्चै छु ! तिमीलाई कस्तो छ ? धेरैमा आयौ त ? के कति कामले आयौ बरु, भन ?”, मैले सोधेँ। “मेरो नि ठिकै छ सर । हेर्नुन, आज एउटा भूकम्पले भत्काएको घरको ढुंगामाटो पन्छाउँदै गर्दा एउटा टेप भेटेँ । नजाने, किन मलाई त्यो सुन्ने साह्रै इच्छा जाग्यो । त्यत्रो घर भत्किँदा पनि यो क्यासेट जस्ताको त्यस्तै सग्लो देख्दा अचम्म पनि लाग्यो । मेरो कोठामा त टेपरेकर्डर छैन । हजुरकहाँ टेपरेकर्डर देखेको थिएँ, त्यसैले हजुरलाई दुःख दिन आएको,” उसले बिना कुनै भूमिका आफू मेरोमा आउनुको कारण बतायो। मनमनै झिंजो लागिरहेको थियो । सोचेको पनि हो, टेपरेकर्डर नै दिएर पठाऊँ, तर फेरि केही रमाइलो पो छ कि न टेपमा भन्ने जिज्ञासा पनि पलायो । मेरो मनमा पलाएको उत्सुकताले अघि लागेको झिँजोलाई कोठाको कुनामा कतै लगेर लुकाइदियो । “भित्रै आऊ न !” मैले उसलाई भित्र बोलाएँ र ढोका बन्द गरिदिएँ । सरासर टेपरेकर्डर भएको टेबलमा गएँ, मैले अघि नै उसको हातबाट टेप लिइसकेको थिएँ । टेपरेकर्डरको बटन थिचेँ, क्यासेट हाल्ने ठाउँ भोको गोहीको मुखझैँ मुख बाएर बाहिर निस्कियो । क्यासेट हालेँ र प्ले गरेँ । हामी दुवै जना टेपरेकर्डरमा बज्ने आवाज व्यग्र भएर कुर्दै थियौँ । अझ अचम्म त के भने, हामी त्यो टेपरेकर्डरलाई पनि बडो चाख दिएर हेर्दै थियौं । हामी त्यो रेकर्डरलाई यसरी हेर्दै थियौं, मानौं त्यो क्यासेटका शब्दहरू एकाएक जीवन्त हुनेछन् र हाम्रो अगाडि नाच्नेछन् । एकछिन स्वाँऽऽ आवाज आयो । हामी दुवैले केही पनि रहेनछ भन्ने भावमा एकअर्कालाई हेराहेर गर्यौं । एक्कासि टेप बज्न सुरु भयो- “धन्यवाद सानु ! मलाई लाग्छ तिमीले हाम्रो वाचा पक्कै पूरा गर्यौ । तिमीले जीवनमा मलाई यति धेरै माया र खुसी दियौ कि मैले जीवनका केही अप्ठेरा परिस्थितिहरू पनि तिम्रो मुहारको मुस्कान हराउने डरले तिमीसँग बाँड्न सकिनँ । तिम्रो खुसीको खातिर म सदा तिम्रो अगाडि खुसी देखिने प्रयत्न गरिरहेँ । जीवनमा झूट बोल्नु र केही कुरा भन्दै नभन्नु बीचको फरक पनि मैले यति नै बेला सिकेको हुँ । कहिलेकाहीँ केही कुरा लुकाउनु पनि पर्नेरहेछ र त्यसलाई झूट भन्न सक्दिनँ । आशा छ, तिमीले यो क्यासेट सुनेपछि मलाई बुझ्नेछौ ।” बीच-बीचमा कोही रोएझैं आवाज अड्की-अड्की आइरहेको थियो। हामी दुवै जना चौतारीमा बसेर ज्ञान बाँडिरहेका गुरुलाई सुन्ने आज्ञाकारी चेलाहरूझैं भुईंमा बसेर एकतमास त्यो रेकर्डिङ सुनिरहेका थियौँ । “सुधा, सधैँ तिम्रो आँखामा हेरेर सबै कुरा भन्ने म, यो कुरा भने तिमीसामु भन्न सकिरहेको थिइनॅं । त्यसैले यो क्यासेटको सहारामा तिमीलाई यो सन्देश छोड्दै छु। तिमीले यो क्यासेट भेट्दासम्म म यो संसारमा हुनेछैन पनि होला तर पनि तिमीले आफूलाई सम्हाल्नू । तिम्रो अगाडि तिम्रो सिंगो जिन्दगी बाँकी छ । मलाई थाहा छ, केही समय तिमीलाई गाह्रो हुनेछ । मसँग जोडिएका हरेक कुराले तिमीलाई मेरो सम्झना दिलाउने छ । मलाई यो पनि थाहा छ कि तिमीले मलाई माफ गर्नेछौ । मलाई ब्लड क्यान्सर छ भन्ने थाहा पाउँदा मेरो पैताला मुनिको जमिन भास्सिएको थियो । मेरो अनुहारमा तिम्रो अनुहार झलझली नाचिरहेको थियो। म तिम्रो हाँसो खोस्न चाहन्न थिएँ । त्यो दिन जब म डक्टरकोबाट घर फर्केको थिएँ, तिमीले मेरो मलीन अनुहारको मुद्रा देखेर कारण सोधेकी पनि थियौ तर म कति कमजोर छु भन्ने तिमीलाई थाहै थियो । मैले टाउको दुखेको भनेर बहाना बनाउँदा तिमीले पत्याएकी थियौ। मैले झुट बोलेर हल्का महसुस गरेको त्यो मेरो जीवनको पहिलो घट्ना थियो । डाक्टरले मसँग धेरै समय नभएको बताए पनि मसँग जे-जति समय बाँकी थियो, तिमीसँग बिताउनेछु भन्ने लागेको थियो, तर फेरि म कतै बहकिएर कुरा फुत्क्यो वा मलाई बीचैमा केही अप्ठेरो पर्यो भने के हुन्छ ? भन्ने प्रश्न आएर ठिंग ठडियो । अनि मलाई डरको कालो बादलले छोप्यो । म सधैंझैँ सामान्य देखिन भरमग्दुर प्रयास गरिरहेँ। म तिमीलाई कुनै कुराको शंका होस् भन्ने पनि चाहन्न थिएँ । सधैंझैं एकरात हामीले शारीरिक सुख साट्दै गर्दा तिमीले सोधेकी थियौ- आज हजुर किन हतारमा देखिनुभएको ? मैले मेरो स्खलित शरीर तिम्रो शरीरबाट अलग्याउँदै भनेको थिएँ,- कहिलेकाहीँ केही नयाँ गरौं भनेर नि ! त्यसपछि तिमीले तिम्रो करोडौंको चुम्बन मेरो निधारमा टाँसिदिएकी थियौ । एकपल त मलाई लागेको थियो कि तिम्रो चुम्बन संजीवनी बुटी हो, जसमा हररोग निको पार्ने शक्ति छ । भनिन्छ, संसारमा झूट बोल्न जस्तो गाह्रो केही छैन तर झूट बोल्नभन्दा कुरा लुकाउन कयौं गुणा गाह्रो हुन्छ भन्ने मैले बुझ्दै थिएँ । जबजब तिमी मेरो साथ हुन्थ्यौ, मेरो मन दुई भागमा बाँडिन्थ्यो । जसमध्ये एउटामा तिमी प्रतिको असीमित माया हुन्थ्यो भने अर्कोमा त्यस्तै असीमित डर, तिमीबाट तिमीलाई केही नभनीकनै छुट्टिनु पर्ने डर- त्यो पनि सदाका लागि । सम्झेरै मनमा करेन्ट लागेझैं हुन्थ्यो । शरीर कामज्वरो आएझैं काम्थ्यो । सायद यो क्यासेट तिमीले भेट्दासम्ममा म यो संसार छोडिसकेको हुनेछु । यो क्यासेट म खाममा हालेर मैले काम गर्ने अफिसको टेबलको घर्रामा राखिदिनेछु, तिम्रो नाम र ठेगाना लेखेर । कसैलाई म बिदामा जानुअघि मौखिकरुपमा आग्रह पनि गर्नेछु, ताकि यो तिमीसम्म पुगोस् । मलाई थाहा छ, मैले यो रेकर्डिंग जति लामो बनाउँछु, त्यति नै तिमीलाई असह्य पीडा हुनेछ । मलाई धिक्कार्ने छौ । मप्रति घृणा पनि जाग्नेछ । म तिम्रो दोषी हुँ । मैले तिमीलाई भन्न सक्नुपर्थ्यो । हामीले हरेक सुख-दु:खमा साथ दिने कसम खाएका थियौं, तर म त्यो कसमको अदालतमा खरो उत्रन सकिनँ । सक्छौ भने मलाई माफ गरिदिनू । उही तिम्रो जीवनको अधुरो यात्रामा भेटिएको एउटा कम्जोर सहयात्री !” तिम्रो अमर !!” रेकर्डिङ सकिएर टेपरेकर्डर स्वाँऽऽऽ आवाज निकालेर, ‘मलाई गाह्रो भयो, बन्द गर’ भन्दै थियो । हामी दुवै जना चोकमा राखिरहेको शालिकझैं आ-आफ्नो ठाँउमा स्थिर भएर जमेका थियौं । चोकका शालिक र यी दुई शालिकहरू बीच फरक यत्ति थियो कि, यी दुईका आँखा भने रसाएका थिए। ज्ञानेले आफ्नो आँखाको आँशु पुछ्नेबित्तिकै सोध्यो- “के यो क्यासेट जसलाई भनेर रेकर्ट गरिएको हो, उनले सुनिन् होला?” मैले केही बोलिनँ । मलाई निकै नमज्जा लागिरहेको थियो । न चिनेको, न देखेको मान्छेको पीडामा सरिक हुन पनि निकै सकसपूर्ण हुँदो रहेछ भन्ने कुराको ज्ञान पनि त्यति नै बेला गरेको थिएँ मैले । “हो त, के सानु भन्ने पात्रले यो सन्देश भेटेर सुनी होली ?”, मैले त्यही प्रश्न आफैँलाई दोहोऱ्याएँ । “अब एउटा खोज गर्नुपर्यो । कतै मेरो पहिलो किताबको लागि केही नयाँ कुरा पो मिल्छ कि ?” , मनमनै एकैपटक धेरै कुराहरू खेल्न थाले । प्राय: सबै आफ्नै स्वार्थले अभिप्रेरित थिए। कथाको लागि खुराक भेटिने लोभ पनि सँगसँगै आइरहेको थियो । “तिमीले यो कहाँ भेटेको थियौ ? मलाई त्यो ठाँउमा लान सक्छौ ?”- मैले सोधेँ । “त्यो रिकर्ट सुनेर क्या नमज्जा लाग्यो, एक पेग पिलाउने भए मात्र !”- उसले सर्त राख्यो । “ल हिडँ !”- मैले मेरो कुर्सीमा राखेको कोट उन्दै भनेँ । उसले सरासर एउटा घरको भग्नावशेष मात्र भएको ठाउँमा लग्यो र ठाउँ देखाउदै भन्यो – “ऊ त्यो भाँचिएको पिल्लर छ नि, त्योभन्दा उताको झ्याल छेउमा एउटा घर्रा थियो, त्यसैमा भेटेको ।” “यहाँ पहिले के थियो ? केही थाहा छ तिमीलाई ?”- मैले हकानिंदै सोधें। “खोई सर, थाहा भएन। बरु यस्सो पैसा दिनुभए म बाटो लाग्थें !”- अचम्म, उसलाई त केही समय अगिको संवेदनाले छोडिसकेको थियो। उसमा आएको त्यो परिवर्तनबाट मैले एउटा निष्कर्ष निकालेँ, स्वार्थले मान्छेलाई अरुको पीरमर्कामा आउने संवेदनाको म्याद घटाइदिँदो रहेछ । खल्तीबाट पाँच सयको दुई नोट झिकेर उसको हातमा थमाइदिएँ। पैसा पाउना साथ ऊ नजिकैको भट्टीभित्र छिर्यो। म भने केही सुराक भेटिन्छ कि भन्दै त्यो घरको भग्नावशेष खोतल्नतिर लागें । करिब आधा घण्टाको कडा खोजतलासमा पनि केही नभेटिएपछि निरीह भएर उसलाई खोज्न अघि ऊ छिरेको भट्टीमा छिरेँ। छिरेर एकफेर सबैतिर नजर डुलाएँ तर ऊ देखिएन । उसलाई कतै नदेखेपछि म पैसा तिर्ने काउन्टरमा बसिरहेको मान्छे भएतिर गएँ । उसले मलाई ग्राहक ठानेर खाली टेबल देखाउँदै बस्न आग्रह गर्यो । मैले हाँस्दै भनें- “होइन, होइन ! म यहाँ बस्न आएको होइन । म त यहाँ कसैलाई खोज्दै आइपुगेको हुँ । यहाँ केही समयअघि एकजना छिरेको थियो, ऊ कहाँ गयो केही थाहा छ र हजुरलाई ?” उनी केही झोँक्किएर भनें- “यो भट्टी हो, भट्टी ! यहाँ कति आउँछन् आउँछन् ! कतिलाई याद गरेर साध्य हुन्छ र !” उनी झोँक्किएपछि मलाई यहाँभन्दा अरु केही सोध्न मन लागेन । म त्यहाँबाट निस्कनु नै उचित लागेर ढोकातिर लम्किएँ । “ए पख्नुस् त ! कतै तपाईं पनि त्यही छट्टु कथाकारलाई खोज्न त यहाँ आउनुभएको होइन ?” – तिनै भट्टीका साहुजीले म ढोकाबाट बाहिर निस्कनै लाग्दा सोधे । “छट्टु कथाकार ? कसको कुरा गर्नु भ’को ? मैले त केही बुझिनॅं नि, के भन्न खोज्नुभएको?” – अन्योल मान्दै मैले सोधेँ । “ए, यहाँ एउटा कथाकार आउॅंछ, प्रायः दुई-तीन महिनाको अन्तरालमा । र, ऊ आएको दिन कोही न कोही उसलाई खोज्दै मेरो भट्टीमा आएकै हुन्छ। यसपालि हजुर आएजस्तै । उसले प्राय: साहित्यमा दिलचस्पी हुने मान्छेलाई नै आफ्नो निशाना बनाउॅंछ । उसले आफूले गुनेको कुनै कथाले उनीहरूलाई अल्झाइदिन्छ । उनीहरू कथालाई साँचो मानेर उसको कथामा डुबिदिन्छन् । त्यसपछि त्यो कथाको पात्र र ठाउँ देखाएझैं गरी उनीहरूसॅंग रक्सी पिउने पैसा माग्छ र म कहाँ आउॅंछ । ऊ यहाँ बसेर रक्सी पिउॅंदैन। किनेर लिएर जान्छ । म कहाँ आएपछि ऊ फेरि केही महिनाको लागि हराउॅंछ ।” साहुजीले यति भनिसक्दा मलाई विश्वास भैसकेको थियो कि म पनि उसको कथाभित्रको एउटा पात्र बनिसकेको रहेछु । सोचेँ, सायद कुनै दिन अब उसले मेरो कथा पनि अरु कसैलाई तोडमतोड गरेर सुनाउनेछ । त्यो कथा सुन्ने व्यक्ति पनि मजस्तै मलाई खोज्न यहीँकहीँ आउनेछ । र, यो क्रम दोहोरिरहनेछ, साहुजीले साँचो कुरा गरेका हुन् यदि भने । यावत् कुरा सोचे पनि मेरो मनमा अझै पनि केही शंका बाँकी नै थियो, त्यसैले सोधिहालेँ, “तर ऊ त मेरो घरनजिकै बस्छ । ज्यामी काम गर्छ । ऊ प्राय: मेरोमा उसकी जहानलाई चिठ्ठी लेखिदिनु पर्यो भनी आग्रह गर्न आउॅंथ्यो । मैले कतिपटक लेखिदिएको पनि छु । उसलाई त लेख्न पढ्न नि आउॅंदैन । त्यस्तो मान्छेले कसरी कथा लेख्न वा रच्न सक्छ ? अनि यी सब कुरा हजुरलाई कसरी थाहा भयो ?” “हा…हा…हा”, लामो हाँसो हाँसिसकेपछि उनले थपे, “यो पनि मेरो लागि कुनै नौलो प्रश्न होइन । उसलाई खोज्न आउॅने हरकोहीले सोध्ने प्रश्न हुन् । आउनुस् बसेरै कुरा गरौं ।” – उनले मलाई खाली टेबल देखाउॅंदै भने । मन उत्सुक भएकाले बस्न करै लाग्यो । उनी सुरु भए, “ के तपाईं पनि साहित्यकार हो र ?” “साहित्यकारै त होइन, अलिअलि लेख्छु । साहित्यमा विशेष रुचि चैं छ भनौं,” मैले उत्तर दिएँ । “ल सुन्नुहोस्,” उसले बिस्तारमा बताउने भयो, ” पहिलोपटक ऊ मेरोमा आउँदा ऊसँग अर्को एकजना पनि थियो । त्यो दिन दुवै जना एकदमै मातेका थिए । दुवै निकै हतास देखिन्थे । अनुहार मात्रै हेरेर अनुमान लाउँदा लाग्थ्यो उनीहरू ठूलै असफलताको शिकार भएका छन् । उनीहरू मध्येको एउटाले आफूहरू साहित्यकार हुन नसके पनि साहित्यको सहारामा बाँच्न त सकिन्छ नि भन्ने खालको कुराहरू गर्दै थियो । उसको नै आइडिया हो जस्तो लाग्छ मलाई त ! त्यसपछि मैले दुई जनालाई सँगै देखेकै छैन ।” उसले केही सम्झेझैं भन्यो, “अँ साँच्ची, एकपटक एउटा मान्छे तपाईं जसरी नै उसलाई खोज्दै आएको थियो । म यो भट्टीको साहु हो भन्ने थाहा हुनासाथै, उसले मलाई सिधै भनेको थियो- तपाईं किड्नी बेच्ने भए म किन्न तयार छु। जाँऊ हिंड्नोस् ! उसको कुरा सुनेर म त वाल्ल परेको थिएँ । पछि बुझ्दै जाँदा पो थाहा भयो, उसले त मलाई नै पात्र बनाएर मेरै कथा बेचेको रहेछ । उसले त्यो मान्छेलाई भनेको रहेछ, मलाई पैसाको खाँचो छ । म जे पनि गर्न तयार छु । पऱ्यो भने म आफ्नो एउटा मृगौला नै बेचिदिन्छु भनेको छु भनेर लाइदिएछ । पछि साफ झपारेपछि माफी माग्दै गए बिचरा । गल्ती उनको पनि कहाँ थियो र ? श्रीमतीको मृगौला फेर्नुपर्ने भएको रहेछ, कता मिल्छ, कसको मिल्छ भनेर हिंडेको बेला यही छट्टुको फेला परेछन् । अनि त झिनो आशले आत्तिदैआएका रहेछन्, विचरा !” कथाभित्रको कथाले मेरो माथिंगल नै नराम्ररी हल्लाइदियो । म आफैँ पनि उल्लु भएकोमा हाँसो पनि नउठेको कहाँ हो र ! जे होस् हजार रुपैयाँमा घनचक्कर नै सही, एउटा कथा त सुनाएर गयो मोरोले । कथाकार मात्र होइन, मोरो त कलाकार नै रहेछ नि ! सुरुमा भेट्दाको त्यो निश्चल, निष्कपट अनुहार, त्यो टेप सुन्दै गर्दा भरिएका आँखा र भासिएको स्वर, क्या बहुआयामिक मान्छे रहेछ ! अनौठो पाराले आफ्नो रक्सीको सौख पुरा गर्दोरहेछ । “ल साहुजी, जानकारीको लागि धेरै धन्यवाद ! जे होस्, गज्जबकै मान्छे रहेछ त्यो ! फेरि आयो भने खबर गर्नुहोला है ! अहिलेलाई म लाग्छु पनि,” मैले हाँस्दै भनें । त्यसपछि आफ्नो नम्बर एउटा कागजको चिर्कटोमा लेखिदिएँ र त्यहाँबाट निस्किएँ । म निस्केपछि पनि ती साहुजी केही फत्फताउँदै थिए तर मैले केही बुझिनँ । सरासर घरतिर लागेँ । ऊ कलाकार कि कथाकार ? भन्ने प्रश्नले भने बाटाभरि घोचिरह्यो । #मनोज रेग्मी |
सुरू भयो मुक्तक प्रतियोगिताको तेस्रो चरण: साहित्यपोस्ट हरेक साता गरिने मुक्तक प्रतियोगिताको तेस्रो चरण सुरु भएको छ । यसअघि यसका दुई चरण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । मुक्तक सम्पादक निसा केसीका अनुसार दुबै प्रतिस्पर्धामा पाठकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । साहित्यपोस्टका अनुासर प्राप्त मुक्तकहरूलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरूको रहोबरमा छानिने छ । यसरी छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरूलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरूको संगालो प्रकाशन गरिने छ । त्यसैगरि पुस्तकको डिजिटल कपी साहित्यपोस्टमा पढ्न र सुन्नसमेत पाइने छ । त्यसैगरि उत्कृष्ट मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरूलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ । मुक्तकका निर्णायकहरूमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ । अर्का निर्णायकमा ज्ञानु अधिकारी रहनु भएको छ । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएको छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचकमध्ये पर्नुहुन्छ । तेस्रा निर्णायकमा राजन सिलवाल रहनुभएको छ । २०४४ सालदेखि मुक्तक लेखनमा सक्रिय साहित्यकार राजन सिलवालको ‘दुई हजार सोह्र पाइला’ नामक मुक्तक संग्रह प्रकाशित छ । अन्य दुई जना निर्णायकहरूमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहनुभएको छ । यो साताका तीनवटा विषय यसप्रकार रहेका छन् । पहिलो मुक्तकको विषय नेपाली जनताको नियति ( यसलाई छुने जुनसुकै विषय वा घटना) दोस्रो मुक्तक को विषय नेपालको वर्तमान अवस्था ( यसलाई छुने जुनसुकै विषय वा घटना) तेस्रो मुक्तक को विषय नेपालका छिमेकी ( यसलाई छुने जुनसुकै विषय वा घटना) नियमहरू: — सहभागीहरूले प्रत्येक विषयमा एक–एकवटा गरी तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । — मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ । — प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नवीन कथ्यका आधारमा एक एक नम्बर प्राप्त गर्नेछन् । — पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन । — यसअघि अनलाइन,छापा वा कुनै पनि स्मारिकाहरूमा प्रकाशन भैसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन । तर आफ्नो फेसबुक वालमा राखिएका मुक्तकहरू भने स्वीकार गरिने छन् । यो साताको प्रतियोगिता अहिल्यैबाट सुरु भई अर्को साताको शुक्रबार (असार २६ गते) रातको १२ बजेसम्म रहनेछ । पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन्; पहिलो मुक्तकको विषय नेपाली जनताको नियति ( यसलाई छुने जुनसुकै विषय वा घटना) दोस्रो मुक्तक को विषय नेपालको वर्तमान अवस्था ( यसलाई छुने जुनसुकै विषय वा घटना) तेस्रो मुक्तक को विषय नेपालका छिमेकी ( यसलाई छुने जुनसुकै विषय वा घटना) यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येक विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ । #मुक्तक प्रतियोगिता |
अस्मिता: विमल किशोर श्रीवास्तव अमानुषिकता, भ्रष्टाचार र अराजकता मौलाएको यो देशमा, कहाँबाट परिचालन गरुँ म शासन-विधि र परोपकारिताको अस्मिता ! बेफिक्री सीमा अतिक्रमण र राजनीतिक कलहले ग्रसित यो राष्ट्रमा, कहाँबाट प्रतिरक्षित गरुँ म राष्ट्र र राष्ट्रियताको अस्मिता ! अवैध खनिज उत्खनन, घुसपैठ र शिकार अभ्यासरत यो राज्यमा, कहाँबाट संरक्षण गरुँ म दिव्य हिमाल र पहाडको अस्मिता ! शिक्षाको व्यापारीकरण, युवा बेरोजगारी र विदेश पलायनले आश्रय पाएको यो देशमा, कहाँबाट सम्हालुँ म अद्वितीय कला र कौशलको अस्मिता ! आतङ्ककारी, बलात्कारी र क्रुरता फस्टाएको यो मुलुकमा, कहाँबाट सञ्चित गरुँ म नारी, चेली र बालबालिकाको अस्मिता ! विराटनगर #विमल किशोर श्रीवास्तव #विराटनगर |
सहरमा लक्ड हुँदै पुर्खाहरूले बाँचेको समय नियाल्दा: विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीको सन्त्राश जताततै छ । कहाँ छैन ? गाउँमा समेत छ । तर सहरको जस्तो कहर गाउँमा छैन । महामारीलाई निरन्तर पछ्याइरहेको अभाव सहरमै छ । महङ्गी सहरमै छ । कालाबजारी सहरमै छ । आतङ्क सहरमै छ । गाउँमा त अहिले पनि भकारी राख्ने चलन छ । ऐँचोपैँचो चल्छ । गाउँघरमा आउने पाहुनाहरूलाई खाए नखाएको सोधिन्छ । भोको फर्किनु पर्दैन । खेतबारीको काम, खनजोत, गोडमेल भइरहेको छ । यति हो, गाउँलेहरू सहर जानलाई बाटाहरू अवरुद्ध छन् । गाउँ त करिब करिब अप्रभावित छ । पहिल्यै अछुतोजस्तो थियो, त्यो अहिले प्रष्ट देखिएको छ । मायामितु गाउँ त गाउँ नै हो । नूनतेलको जोहो मात्र हुनुपर्छ । अपवाद त जहाँ पनि हुन्छ । गरिबी सहरमा भन्दा गाउँमा धेरै छ । खेतबारी हुनेको हातमा पैसा हुन्न । सहरका मानिसमा पैसा छ । अन्न छैन । गाउँमै निर्भर हुनुपर्छ । गाउँबाट दाल चामल नपठाइदिए सहरमा कतिको घरमा चुलो अहिले पनि बल्दैन । अहिले त पैसा भएर मात्र के गर्नु ? सबै बन्द छ । खुले पनि महंगोमा किन्न बाध्य छन् । पैसा नै सबथोक हो । पैसाले सबैथोक किन्न सकिन्छ, पाइन्छ भन्थे । कहाँ सत्य रहेछ र । यतिबेला बुढापाकाले भन्ने गरेको उत्तम खेती, मध्यम व्यापार अनि मात्र जागिर भन्ने कतिले सम्झिए होलान ! गाउँलेलाई पाखे, केही जानेका हुँदैनन भन्नेहरू अहिले गाउँ फर्कदै छन् । सहरमा मःम, चाउमिन, बर्गर, कुरकुरे, चाउचाउले बानी परेकाहरूलाई अहिले गाउँ सहज त नहोला ! तर विकल्पमा रूपमा सही छ । एकछिनको जिब्रोको स्वाद न हो यी खानेकुरा ! नजानिँदो तरिकाले शरीर रोगी बन्दैगएको छ सहरमा । जसरी सहर रोगी छ । धुलो, धुवाँ, प्रदुषण, भीडभाडले । त्यस्तै रोगी छन् सहरका मानिसहरू । जसरी सहर हेर्दा सुन्दर देखिन्छ, त्यस्तै देखिन्छन् सहरका मानिसहरू । बाहिरबाट हेर्दामात्रै हट्टाकट्टा र खाइलाग्दा । भित्रभित्रै खोक्रो र कामै नलाग्ने । बस नुन आइपुग्नुपर्छ गाउँमा, मानिसहरू भोको हुँदैनन । बजारमा पाइने जंकफुड गाउँमा पनि छ । तर सहरको जस्तो होइन, म्याद सकिएको, बासी । अग्र्यानिक र ताजा पाइन्छ गाउँमा । घरमै बनाइएको मस्यौरा, गुन्द्रुक, सिन्की, सुकाएर राखेर मुलाका चाना, भटमास, सातु आदि । नुन भए गाउँका मानिसलाई वर्र्षौँ लकडाउन भए पनि खासै असर पर्दैन । सहरमा जस्तो कोही आए हतार हतार चाउचाउका प्याकेट किन्न पसलतिर दौडिनु पर्दैन । गाउँमा त पसल पनि त्यति नजिकै कहाँ हुन्छ र ? घरैपिच्छे जस्तो । यतिबेला म पनि गाउँभन्दा अलि पर छु । गाउँको भाषामा सहर नै हो । यो सहरमा लक्ड हुँदै म हाम्रा पुर्खाहरूले बाँचेको समय नियाल्न खोजिरहेछु । कति सहज र प्राकृतिक थियो उहाँहरूको जीवनशैली । हामीले उहिलेका बूढाबूढीले के जान्दछन् ? भन्यौ । दुत्कार्दै आयौ उनीहरूका कुरा । जुन कुरा वैज्ञानिक भएका प्रमाणित हुँदै जाँदै छन् । अहिले हामी जस्तो एकजुवा घाम लाग्दासम्म कहाँ सुत्थे उनीहरू ? झिसमिस उज्यालो हुनु पहिल्यै उठिसक्थे । धर्मकर्ममा मन अडिएको थियो । विश्वास अडिएको थियो । सूर्य उदाउनुभन्दा अघि उठ्नु स्वास्थ्यको लागि लाभदायक भनेर विज्ञानले नै भनेको छ । उनीहरूलाई विज्ञानको अर्थ के थाहा ? हुन त विज्ञानले भनेको भन्दा विश्वास नर्गलान् भनेर धार्मिक नाम दिएका होलान् । किन कि धर्ममा मानिसहरूको खुब विश्वास थियो । उहिल्यै ऋषिमुनिहरूदेखि नै चलिआएको चलन हो । तर विज्ञानले प्रमाणित गरेको कतिपय कुराहरू पनि धर्मको नाममा अंगिकार गर्दै आएका हुन् । पुस्तौंदेखि गर्दैआएको उनीहरूले संस्कारका रूपमा गरे । परीक्षण गरेर बुझे । जुन विज्ञानसम्मत रहेछ भनेर आजको उन्नत समाजले भनिरहेछ । बिहान उठेर ननुवाई, शुद्ध नभई, कुनै काम शुरु गर्दैन थिए । गर्न मनाही नै थियो । उनीहरूले जे गरे धर्म या संस्कारका नाममा गरे । पाप लाग्ने डरले गरे । तर, जे गरे प्राकृतिक गरे । जब कोरोना महामारी आगोसरि विश्वको कुना कुना सल्कियो । अनि मात्र शरीर शुद्धताको ज्ञान बाध्यतास्वरूप हामी लिँदैछौँ । यो त हाम्रा पुस्ताले वर्र्षौँअघि सिकेका थिए । व्यवहारमा प्रयोगमा ल्याएका थिए । त्यसलाई हामीले बूढाबूढीको कुरा भन्यौ, धर्म भन्यौ, रुढिवादी भन्यौँ, अन्धपरम्परा ठान्यौँ, उहिलेका कुरा खुइलिए भन्यौ र अवलम्बन गर्दै गरेनौँ । पहिले कतै बाहिरबाट घर पुगियो भने हातखुट्टा नधोई घरभित्र पस्न पाइदैनथ्यो । गाउँघरमा कोही आए अलि पर बस्ने, छुट्टै बसाउने गरिन्थ्यो । आएका पाहुनासँग बोल्दा हाम्रा हजुरआमाहरू साडीको सप्कोले मुख छोपेर बोल्थे । यसको कारण त अहिले पो बुझिँदैछ । मुख नछोपी बोल्दा श्वासप्रश्वासका कारण रोग सर्न सक्छ भनेर पो रहेछ । त्यतिबेला घरघरमा चर्पी थिएन । घरदेखि टाढा दिसापिसाब गर्ने जान्थे । दिसा गर्न जाँदा लुगा फेरेर जाने गर्थे । साबुन त्यति चलनमा आएकै थिएन । खरानी या रातो माटोले हात धुन्थे । यसो गर्नु त भाइरस अर्थात् जीवाणु नलागोस् भनेर पो रहेछ । कति प्राकृतिक थिए उपायहरू ! बाहिर कतै गएर आइएको छ भने आगो नछोई कसैलाई छुदैनथे । आगोले हातमा भएको जीवाणु मर्छ भन्ने कत्रो विश्वास ! कस्तो अचम्मको तरिका उनीहरूले अपनाएको जीवनशैली ! उहिलेको कुरा खुइलिए भन्दै गर्दा “आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको” चाहिँ सम्झनै चाहनौं । या सम्झने फुुसर्दै भएन । चियाको चलन आएकै थिएन । घरमा कोही आए दूध, मोही आदिले सत्कार गरिन्थ्यो । आफँै पनि दुध पिउँथे । मोही पिउँथे । जसले खाना पचाउन सहयोग गथ्र्याे । आँगनमा तुलसी रोप्थे, घरअगाडि वरपिपल रोप्थे । वातावरण शुद्ध हुन्थ्यो । घाम नअस्ताउँदै बेलुकीको खाना खान्थे । जसले खाना राम्रोसँग पच्ने गथ्र्याे । खाना खाँदा थालवरिपरि पानीको घेरा हालेर भात छर्केर चढाउने चलन थियो । पितृलाई दिएको भन्थे । त्यो किटाणुहरूबाट बच्न पो रहेछ । खाना खाउन्जेल ती किटाणुहरू तिनै छर्केको भातमै अलमलियोस् र थालमा नआओस् भन्न पो रहेछ । अहिले पो बुझिदैछु । बिहानै उठेर शंख, घण्ट बजाएर पूजा गर्थे । जसले वातावरण स्वच्छ राख्न मद्धत गथ्र्यो । घण्ट बजाउदा मन एकाग्र हुने र दिमाग शान्त हुने गर्छ । यसरी बजाइने घण्टको आवाजले मनमा भएका विकार फाल्न सहयोग गर्ने रहेछ । शंख बजाउँदा पैदा हुने आवाजले वातावरणमा रहेको कति हानिकारक जीवाणु नष्ट हुनेरहेछ । कहाँ धर्मका लागि मात्रै रहेछ र ? जानी नजानी कति व्यवाहारिक, शुद्ध र वैज्ञानिक जीवनशैली रहेछ त्यो बेलाको । अहिलेको जस्तो डाइनिङ टेबल कहाँ थियो र ! भुइँमा सुकुल, चकटी, पिर्कामा बसेर खाने चलन थियो । खाना खाँदा पलेटी कँसेर बस्थे । जसमा पाचन प्रणालीलाई सहयोग पुग्ने रहेछ । पुरुषहरूले टुप्पी पाल्थे । जनै लगाउँथे । टाउकोमा पालेको टुप्पीको गाँठो पारिएको शिखाले टाउकोको रक्षा गर्ने रहेछ । बाहुन चिनाउन भनेर टुप्पी पालेको भन्थे । यस्तै पिसाब फेर्दा दायाँ कानमा जनै सिउरिन्थे । यसो गर्दा पिसाबसम्बन्धि रोग नलाग्ने रहेछ । काँधमा जनै लगाउनाले पेटसम्बन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिने रहेछ । यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको पनि काम गर्छ । यस्तै शंख बजाउँदा फोक्सोको व्यायाम पनि हुन्छ । अहिले जसरी दमका रोगीलाई बेलुन फुक्न लगाइन्छ । एकप्रकारको उपचार विधि मानिन्छ दम रोगीका लागि । त्यस्तै शंख फुकेर पनि श्वासप्रश्वास क्रियालाई चुस्त राख्न सकिने रहेछ । अहिले कोरोना भगाउनका लागि शंख, घण्ट बजाउनु भन्ने खालका समाचार पनि आए । तर मन एकाग्र बनाउन र श्वासप्रश्वास नियमित राख्न यसको भूमिका महत्वपूर्ण छ । हुन त पहिलाका चलन पनि सबै राम्रा कहाँ थिए र ? धर्म, संस्कारमा पनि समानता कहाँ थियो र ? टुप्पी पाल्ने, जनै लगाउने आदि चलन ब्राहम्ण क्षेत्री परिवारमा मात्रै थियो । अन्यमा थिएन । यसले विभेद गरेको प्रष्ट छ । त्यस्तै महिलाका लागि त झन् धेरै विभेद छ, धर्म र संस्कारमा नाममा । दास प्रथाको अन्त्य नेपाल वि.स. १९८१ वैशाख १ मा उन्मूलन भएको थियो । यस्तै भारतलागयत अन्य देशले पनि दासप्रथाको उन्मूलन गरेका छन् । सन् १८४८ भारत, १८६१ अमेरिका, १८५९ स्विडेन, १८७१ ब्राजिल, १८९७–१९०१ अफ्रिकन संरक्षित राज्य, १९०२ फिलिपाइन, १९२१ अबिसीनियाले उन्मूलन गरेका थिए । तर खै अहिलेसम्म मानसिकता र व्यवहारबाट हट्न सकेको छैन ? धर्म र संस्कार सबै उत्कृष्ट भनिएको होइन । धर्म र संस्कारकै कारण पनि विभेद भएको छ । तर अबका पण्डित र धर्मगुरुहरू ठूलो स्वरमा पुराण लगाउँदा धर्म र परम्पराका नाममा भइरहेका विकृतिबारे बोल्नुपर्छ । बोल्न सक्नुपर्छ । पुराणभन्दै गर्दा जातीय विभेदका मुद्धा पनि उठाउन सक्नुपर्छ । स्वास्थानी वाचन गरिसकेपछि यसमा यो अहिलेको समयसापेक्ष छैन भनेर अबका पण्डितहरू र धर्मगुरुहरूले भन्न सक्नुपर्छ । यहाँ मैले धर्म र संस्कारका बारेमा होइन, धर्म र संस्कारका नाममा त अपवादका यी कुरा बाहेक विभेदै विभेद मात्र भेटिन्छ । तर, जानीनजानी अपनाइएको चालचलनका बारेमा कुरा गर्दैछु । जुन लकडाउनले अहिले हामीलाई सिकाइरहेको छ । हाम्रा पुस्ताहरूले त वर्षाैंदेखि गर्दै आएका थिए । हरेक कुराको राम्रोसँगै नराम्रो पक्ष हुन्छ । नराम्रालाई छाड्दै, या परिवर्तन गर्दै राम्रा पक्षको आत्मसात गर्न सके भन्ने लागेर मात्र हो । पहिलेका सबै राम्रो विभेदरहीत भन्न खोजेको पटक्कै होइन । विभेद हुँदाहुदै पनि राम्रा पक्ष पनि त रहेछन् नि ! हुन त नराम्रा कुरा छिटै देखिन्छन् र त्यो चाँडै फैलिन्छ, तर राम्रा कुराहरू ओझेलमा परिरहेका हुन्छन् । यस्तै भएको हो कि ? बिरामी भए रासायनिक औषधिहरूभन्दा घरायसी जटीबुटीमा जोड दिन्थे । अब आयुर्वेदिक उपचार पद्धतिले ठाउँ लिने सम्भावना बढेर गएको छ । आयुर्वेदिक क्षेत्रमा काम गर्नेहरू अहिले सक्रिय भएका छन् र एलोपेथिक औषधिहरूलाई चुनौति दिइरहेका छन् । हाम्रो देशमा अधिकांश झारबुट्यानहरूमा नै औषधिको गुण छ । यो गाउँ जडीबुटीको खानी नै हो । हामीसँग भएको जडीबुटी भारत पठाउँछौ र उता प्रशोधन भैसकेपछि फेरि हामी त्यही आयात गर्छौँ त्यही खरिद गर्छौैँ । अत्याधिक भौतिकीकरणले गर्दा मानिस मेसिन जस्तै भएका थियौँ । आफ्नो भाषा, कला, संस्कृति, धर्म बिर्सदै गएका थियौँ, निदाउँदै गएका थियौँ । यो विकराल अवस्थाले फेरि एकपटक हामीलाई राम्रैसँग झक्झक्याएको छ । #मायामितु |
मृत्यु चिन्तन: इच्छामरण: इच्छामरण मृत्युको अलि बेग्लै आकारको विधि हो । चलनचल्तीमा नभएकाले नौलो पनि लाग्नसक्छ , तर इच्छामरणको बारेमा हाम्रा पुर्खाहरूले पनि चर्चा गरेका छन् । पौराणिक ग्रन्थमा इच्छामरणका प्रसंग हरू छन् । हालसालकै कुरा गर्ने हो भने भनिन्छ – गलेश्वर बाबाले इच्छामरण वरण गरे । वर्तमानमा पनि सांसारिक कोलाहलबाट टाढा रहेका तपस्वीहरूले इच्छामरण विधि अवलम्बन गरिरहेका हुनसक्छन् , जहाँ सञ्चारको पहुँच नपुगेको हुनसक्छ । सञ्चार जगत् प्रायः कोलाहल र सतही कुरामा रमाउन थालेको छ । रामबाबु घिमिरे चलनचल्तीको मृत्यु विधिमा इच्छा – अनिच्छाको सवालै हुँदैन । मानिसहरू मर्न नचाहँदा नचाहँदै मरिरहेका हुन्छन् । कवि शिरोमणि लेखनाथको कालमहिमा कविता पढ्नुभएकै होला ! यति चाहिं हो कि आधुनिक चिकित्साविज्ञानले मृत्युको म्याद गुजार्न केही सहयोग पुर्याएको छ । प्रकृति विज्ञानको दृष्टिले विचार गर्दा शरीर प्राकृत संयोजन हो भने मृत्यु विघटन हो । जेहोस् मृत्यु साक्षात्कार जीवनको परम् सत्य हो । झट्ट विचार गर्दा आत्महत्या पनि इच्छामरण जस्तो लाग्न सक्छ , तर होइन | किनकि आत्महत्याको निर्णय अति नै विषाद्जन्य मनोदशाका कारण चरम् आवेगमा गरि ए को हुन्छ । स्व : निर्णय जस्तो लागे पनि त्यस्तो अवस्थामा गरिएको निर्णयलाई सहज निर्णय मान्न सकिन्न । आत्महत्यामा मृतक स्वयम्ले मृत्यु हुनेसम्मको शारीरिक आघात पु र्या उँछ , जबकि इच्छामरण भनेको शारीरिक आघात बिना सहज मृत्युवरण गर्नु हो । इच्छामरणको निर्णय शान्त मनले सुविचारित किसिमले गरिएको हुन्छ । बाह्य वा आन्तरिक कुनै शरीरजन्य आघात हुँदैन । हो , मैले भनिसकें – आत्महत्या पनि स्व : निर्णय जस्तो लाग्नसक्छ , तर मूल कारण अनियन्त्रित आवेग बन्छ । आत्महत्या प्रयासमा असफल भएका कमैले दोस्रो प्रयास गर्छन् । चलचल्तीको मृत्यु वा आत्महत्यामा बाह्य वा आन्तरिक शरीरजन्य आघात मृत्युको कारण बन्छ , तर इच्छामरणमा मात्र इच्छा वा निर्णयबाट मृत्युवरण गरिएको हुन्छ । इच्छामरण सहज पहुँचको विषय होइन । तप – साधनाबाट मात्र त्यस्तो सिद्धि प्राप्त गर्न सकिन्छ । त्यस्तो सिद्धि प्राप्तिको उपायको सम्बन्धमा मलाई पनि केही थाहा छैन । मलाई लाग्छ , योग – साधनाको मार्गबाट त्यस्तो सिद्धि सम्भव छ होला ! योगको प्रसंग आउनासाथ योगगुरु रामदेवको सम्झना भयो । तर इच्छामरणको सन्दर्भमा उनी असान्दर्भिक छन् , किनकि रामदेव हठमार्गी हुन् । शरीरमा आधारित सबै योग कर्म हठमार्ग हो । हठ मार्गबाट शरीर तन्दुरुस्त हुनसक्ला , तर इच्छामरणको अवस्थामा पुग्न सकिन्न । त्यसका लागि मनोयोग मार्ग अवलम्वन गर्नुपर्छ । हाम्रा ऋषि – महर्षिहरू शारीरिक निचेष्टापूर्वक तप – साधनामा लीन रहन्थे । शरीरमा धमिरा लागेको पनि बे वास्ता गर्थे । इच्छामरण विधिमा सहज पहुँच हुँदा हो त खतरनाक पनि हुने थियो । मान्छेहरू अनियन्त्रित आवेगका कारण भटाभट मर्न थाल्थे । त्यसो हुँदो हो त इच्छामरण पनि कानून प्रतिबन्धित हुन्थ्यो होला । हुन त आत्महत्या पनि कानूनमा प्रतिबन्धित छ , तर मर्नेहरू मरिरहेछन् । निषेधित कानुनहरू मान्छेको कुनै प्रवृत्ति नियन्त्रणका लागि बनेका हुन्छन् । इच्छामरणलाई अलि सजिलै बुझ्न यसो भन्नु उपयुक्त होला कि , मानौं आफू एउटा चालु अवस्थामा रहेको यन्त्र हो जसलाई विचारपूर्वक शान्त मनले आफैंले सधैँका लागि बन्द गर्नु इच्छामरण हो । बि स्तारमा नगई भन्दा शरीरजन्य आघातबिना स्व : निर्णयबाट मृत्युवरण गर्नु नै इच्छामरण हो । इच्छामरण मृत्युको एक विधि हो , प्रकार हो । यतिबेला म मृत्यु चिन्तन होइन , मृत्युको विधिको बारेमा मात्र सोच्दैछु । मर्नु त प्राणी जगतको अकाट्य नियति नै हो । प्राणीको अस्तित्व रहेसम्म मृत्यु परम्परा कायम रहने छ । त्यसैले ले दार्शनिकहरू जन्मलाई नै मृत्युको कारण मान्छन् । मृत्युबाट निजात पाउन धर्मले जन्ममृत्युबाट उन्मुक्ति खोज्छ । हुन पनि हो , नजन्मेको भए मृत्युको झण्झट बेहोर्नु पर्ने थिएन । अनि तपाईंलाई थाहा छँदैछ , दुनियाँमा सबैभन्दा असुरक्षित जीवित अस्तित्व भनेको बोटविरुवा को हो । बोटविरुवासँग कुनै आत्मरक्षात्मक उपाय हुँदैन । हुन त इच्छामरण विधिका बारेमा मलाई खासै थाहा छैन । मैले त एक अति नै खाँचोको विषयमा तपाईंसँग विचार विनियम गर्न मात्र खोजेको हुँ । यदि इच्छामरण विधि अवलम्वन सम्भव छ भने तपाईँ र म अर्थात् हामी दुबैलाई काम लाग्न सक्छ । जीवनमा हरक्षण कुनै न कुनै साना वा ठूला निर्णय गर्नुपर्छ । मैले पनि जीवनमा कैयन साना – ठूला निर्णय गरें र त्यसका परिणाम बेहोरें । मेरो वर्तमान अवस्थाको कारक विगतका मेरा निर्णय हुन् । वर्तमान जतिसुकै दु : खद भए पनि खुसी यसकारण छु कि ती सबै मेरा निर्णय हुन् । म चाहन्छु , मृत्यु जहाँबाट जीवन समाप्त हुन्छ , त्यो निर्णय पनि आफैं गरुँ । कुनै पनि कारणबाट आफूउपर थोपरिएको मृत्यु मलाई रुचिकर छैन । त्यसैले इच्छामरण मेरो लागि सरोकारको विषय बनेको छ । इच्छामरणको बारेमा सोच्दै गर्दा जन्मपूर्व र मृत्युपछिका रहस्यबारेमा मनमा उत्सुकता जागेको छ । मलाई थाहा छैन , मेरो हालको जन्म पुनर्जन्म हो वा म यसपटक नै प्रथमपटक पृथ्वीमा प्रकट भएको हुँ । पुनर्जन्म भएको हो भने पूर्वजन्मको मलाई केही थाहा छैन । पूर्वजन्मको जानकारी दिन ज्योतिषशास्त्र पनि समर्थ छैन । जन्मपूर्वका बारेमा त केही थाहा हुँदैन भने मृत्यु पछिको त झन् थाहा हुने कुरै भएन । मलाई यति चाहिं थाहा छ , एकदिन मृत्यु साक्षात्कार गर्नु छ । त्यसो हुनाले नै सहज विधिबाट मृत्युवरण गर्नका लागि इच्छामरणको कुरा गर्दैछु । हो , मलाई थाहा छैन मेरो पुनर्जन्म भएको हो वा यसपटक नै पहिलोपल्ट पृथ्वीमा प्रकट भएको हुँ । पुराणमा पुनर्जन्मका धेरै कथाहरू छन् । आजकल पनि पुनर्जन्मका रोचक घटनाहरू सुनिन्छ । तिब्बती लामा गुरुहरूको छनौट पुनर्जन्मकै आधारमा गरिन्छ । अद्भूत र अपत्यारिला कुराहरू नै धर्मशास्त्रका विषय हुन् । मान्छेहरू फिदाइन बन्नुमा धर्मको अपव्याख्या छ । जेहोस् , धर्म नै त्यस्तो विषय हो जसले जन्मपूर्व र मृत्युपछिका कुरा गर्छ । मृत्युपछि पनि मान्छे आफ्नो भलो चाहन्छ । त्यही एउटा कारण , फगत् त्यही कारणले मान्छे धर्मउन्मुख हुन्छ । आजको विश्वमा मान्छेको बढी जमात मानवीय विवेकभन्दा धार्मिक विश्वासबाट परिचालित छ । म भन्दै थिएँ , मेरो पूनर्जन्म भएको हो वा प्रथमपटक नै प्रकट भएको हुँ ? मेरो अस्तित्वको आविस्कारक मातापिता मात्र हुन् वा कुनै अज्ञात कारण पनि छ ? त्यस विषयमा म अनभिज्ञ छु । माता – पिता मात्र मेरो अस्तित्वको कारण हुन् भने म मात्र एक भौतिक संयोजन हुँ । मेरो अस्तित्व भनेको नै भोतिक उपस्थिति हो । कहिले काहीँ यस्तो लाग्छ , यति मात्र होइन मेरो जन्मको कुनै अज्ञात कारण हुनुपर्छ । अज्ञातको प्रसंग आउनासाथ धर्म टुप्लुक्क आइपु ग् छ । जन्मको कारण जैविक संयोजन मात्र मान्दा ममा धेरथोर नैराश्य उब्जन्छ । अँ , बोटविरुवाको जस्तै रहेछ मेरो अस्तित्व पनि । त्यसो हो भने जीवनको सम्बन्धमा खासै चिन्तन र चिन्ता गर्न जरुरी छैन । जीवन भनेको जन्म र मृत्य बि चको एक कालखण्ड रहेछ । मनोविद्हरू भ्रूण – मनोविज्ञान उत्खननमा लागेका छन् । मलाई आमाको गर्भमा रहँदाको कुनै कुरा थाहा छैन । सबै बिर्सें । महाभारतका अभिमन्यू आमाको गर्भमै चक्रव्यूह भेदनमा प्रशिक्षित थिए । म पनि जीवनको चक्रव्यहूमा परेको छु । कहींकतै बाटोझैं लाग्छ , तर दुई – चार कदम हिंड्न नपाउँदै पर्खाल ठडिएको पाउँछु । मलाई थाहा छ , जबसम्म म सांसारिकताप्रति निश्पृह हुदिनँ तबसम्म यो चक्रव्यूहबाट मेरो उन्मुक्ति हुँदैन । निश्पृहता इच्छामरण विधिको आधारभूमि हो । आजकल म निस्पृहताको अभ्यास गर्दै छु । माया – प्रेमको कुरा गर्न छाडेको छु , युवती र योगीमा फरक देख्न छाडेको छु । युवती र योगी दुवै प्रेमका प्रतीक हुन् । युवती सांसारिक प्रेमको अनि योगी असांसारिक प्रेमको । मृत्यु पश्चात् जीवनको अस्तित्व नकार्दा मृत्युलाई अलि पर धकेल्न मन लाग्दो रहेछ । चिकित्सा विज्ञान मृत्युलाई पर धकेल्न केही सक्षम देखिएको छ । थाहा भएन , महामृत्युञ्जय मन्त्र के कति कारगार छ । जेहोस् , महामृत्युञ्जय मन्त्रको सार्थकता मृत्युको म्याद गुजार्नुमा छ । चलचित्रमा इच्छाधारी नाग – नागिनी देखाइन्छ । त्यस्ता चलचित्र बढी उत्पादन हुनुको कारण के हो भने , मान्छेको अन्तस्मा इच्छाधारी हुन पाए भन्ने लालसा हुन्छ र त्यसैले त्यस्ता चलचित्रले दर्शकको ठूलो भीड फेला पार्छ । मणियुक्त सर्प इच्छाधारी हुन्छ रे ! नागमणि दुर्लभ र अमूल्य मानिन्छ । आर्थिक अवस्था सारै बि ग्रिएको बेला एकताका म पनि नागमणिको खोजीमा थिएँ , नागहरू भने जहींतहीं फेला परे तर मणिचाहिं कहींकतै फेला परेन । नागमणि प्राप्त गर्ने विधिचाहिं कहींकतै पढेको थिएँ – नागले रातमा मणि मुखबाट ओकलेपछि मणिको तीक्ष्ण प्रकाश एउटा सानो गोलाकारमा फैलन्छ , जहाँ किराफट्यांग्रा आउँछन् र नागले आफ्नो आहारा बनाउँछ । त्यतिबेला सुस्तरी नजिकै पुगेर गाईको गोबरले मणि छोप्नुपर्छ । अन्धकार भएपछि नाग मणि खोज्न यताउता भौतारिन थाल्छ । त्यही मौकामा सेता कपडाले मणिसहित गोबर उठाएर कुलेलम ठोक्नु पर्छ । भनेको सुनेको हुँ , मान्छेसँग पनि मणि हुन्छ रे ! जसलाई नरमणि भनिन्छ । मैले मणि नाम गरेका मान्छेचाहिं धेरै फेला पारेको छु , तर नरमणिका बारेमा चाहिं जानेको छैन । अब म सरोकारको विषयमा केन्द्रित हुँदै छु । सरोकारको विषय भनेको इच्छामरण हो । अब मलाई यति चाहिं विश्वास छ कि इच्छामरण विधि अति नै उत्तम मृत्यु विधि हो भन्नेमा तपाईं र ममा मतान्तर रहेन होला ! इच्छामरण विधिका बारेमा चिन्तन गर्नुपूर्व मृत्यु सत्यचाहिं स्वीकार्नु पर्छ | किनकि यो त एउटा विधि मात्र हो , मूल कुराचाहिं मृत्यु हो । मेरो अभिप्राय मृत्युलाई सस्तो बनाउन खोज्नु होइन । यो विधि त्यतिबेलाको लागि हो जतिबेला सहज किसिमले जीवनबाट उन्मुक्तिको इच्छा हुन्छ । शारीरिक वा अन्य कुनै कष्टले जीवन परित्याग गर्न खोजिएको अवस्था होइन । मैले पूर्व उल्लेख गरिसकेको छु – इच्छामरणको अवस्थामा पुग्न पूर्ण रूपले निस्पृह भैसक्नु पर्छ । मनमा कुनै कामना – वासना हुनुहुँदैन । दीर्घ जीवन व्यतीत गरिसकेपछि , शरीरका अवयवहरू शिथिल भैसकेपछि , सांसारिक कुनै पनि आकर्षण समाप्त भएपछि शान्त मनले सोच्दा मृत्युवरण गर्ने इच्छा भएमा इच्छामरण विधि अवलम्वन गर्न सकिन्छ । यति धेरै कुरा गरिसकेपछि तपाईंबाट म आफ्नो मनोभाव छिपाउन चाहन्न । म इच्छामरण विधिबाट मृत्युवरण गर्न चाहन्छु । म त्यसैको लागि प्रयासरत छु । केही वर्षपछि थाहा पाउनु हुनेछ , मेरो प्रयास सफल भयो वा भएन । #रामबाबु घिमिरे |
दूर शिक्षामा अभिभावक तयारी खोई ?: सामान्य परिस्थितिमा यतिबेला शैक्षिक सत्रको तेस्रो महिना चलिरहेको हुन्थ्यो तर प्रतिकूल परिस्थितिले विद्यालयका ढोका बन्द छन् । यसैबीच शिक्षा मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ, जसमा विद्यार्थीहरूको पहुँच अनुसार रेडियो, टिभी, अनलाइन, अफलाइन माध्यमबाट पठनपाठन अगाडि बढाउने परिकल्पना गरिएको छ । यसैको आधारमा असार १ गतेबाट सरकारकै अग्रसरतामा रेडियो, टेलिभिजनमार्फत शैक्षिक कार्यक्रम सुरु भएका छन् । हुन त गैह्रसरकारी तवरमा यस्ता कार्यक्रमहरू वैशाखदेखि नै सञ्चालनमा आइरहेका छन् । केही नहुनुभन्दा देशको क्षमताअनुसार जन्मिएको यो अवधारणा अहिलेको एउटा विकल्प हो । यसको प्रभावकारिता भोलि अनुसन्धानले देखाउँला । यो निर्देशिकाको एउटा सकरात्मक पक्ष भनेको पठनपाठनको सहजीकरणमा अभिभावकलाई पनि अघि सारिएको छ । यतिबेला आएर मन्त्रालयलाई सिकाइ सहजीकरणमा अभिभावकको भूमिका खड्किएछ । ढिलै भए पनि अभिभावकलाई सिकाइ केन्द्रित भूमिकामा अघि सारिएको छ । अभिभावकलाई बालबालिकाको सिकाइका लागि उत्प्रेरक भूमिका निर्वाह गराउने, ‘होम स्कूलिङ’ गराउने र ‘होम स्कूलिङ’ सिकाउन प्रदेशस्तरबाट अभिभावक शिक्षा र तालिम सञ्चालन गराउने प्रावधान राखिएको छ । अपेक्षा ठूलो , तयारी छैन वैकल्पिक सिकाइ प्रणाली लागु गरेसँगै शिक्षामन्त्रीले अभिभावकसँग ठूलो अपेक्षासहित घरलाई शिक्षालय बनाउनुपर्ने घोषणा गरे । यसका लागि अभिभावकले सिकाइ सहजकर्ता र सह–शिक्षकको भूमिका नखेली हुँदैन । टेलिभिजन, रेडियो, मोबाइल वा कम्प्युटर खोलेर एकतर्फी ‘लेक्चर मेथड’ सुनाउँदैमा सिकाइ हुन्छ भन्ने भ्रममा अभिभावक र शिक्षक पर्नु हुँदैन । वास्तवमा बालबालिका लागि यस्तो ‘लेक्चर मेथड’ उहिल्यै फेल भइसकेको विधि हो । सिकाइका लागि तत्परता चाहिन्छ । अन्तरक्रिया चाहिन्छ । सहपाठीसँग सहकार्य चाहिन्छ । क्रियाकलापमा आफैँ सरिक हुनुपर्छ । ‘ट्रायल एण्ड एरर’ चाहिन्छ । नजानेको, नबुझेको सोधपुछ गर्नुपर्छ । जुन कुरा दूर शिक्षाका कमजोरी हुन् । अर्कोतर्फ अनेकथरि कार्टुन र रमझमलाई छोडेर टेलिभिजन हेरी पढ्न विद्यार्थीलाई प्रोत्साहन गर्नै गाह्रो छ भने रेडियो सुनेर पढ्ने कुरा त उनीहरूलाई खेलाँचीझैँ लाग्नेछ । विद्यालय नखुलेसम्म यसो भुलाऊँ भन्ने हो भने अर्कै कुरा, होइन साँचो अर्थमा सिकाउने नै हो भने बालबालिकासँग एकजना सह–शिक्षक चाहिन्छ र त्यो जिम्मेवारी अभिभावकले पूरा गर्नुपर्ने छ । त्यसैले अभिभावक पनि विद्यार्थीसँगै अघि नसरी सुखै छैन । सिकाउनलाई पहिले आफूले पनि सिक्नु पर्यो । आफू पनि अगाडि सरेर कार्यक्रम हेर्नु, सुन्नु पर्यो । नबुझेको ठाउँमा उनीहरूलाई बुझाउनु पर्यो । छलफलमा सरिक हुनुपर्यो । उनीहरूको कक्षाकार्य वा गृहकार्य हेरेर सुझाव दिन सक्नु पर्यो । एक हिसाबले अभिभावकले बालबालिकाको सहपाठी र सह–शिक्षकको टोपी लगाउनु पर्ने देखिन्छ । उता धमाधम खेतीपातीको सिजन छ, अभिभावक मात्रै होइन बालबालिका पनि काममा तल्लीन छन् । विद्यालय बन्द भएर त एकथरि अभिभावक असाध्यै खुसी छन् । अनि प्रश्न उठ्छ, यत्रो ठूलो जिम्मेवारीका लागि खोई त अभिभावकलाई तयार पारिएको ? नीतिगत प्रावधान र अभ्यास शिक्षासँग सम्बन्धित जति पनि ऐन, निर्देशिका, नियमावली छन्, तिनले सधै अभिभावकलाई विद्यालयको व्यवस्थापकीय पाटोमा सघाउने र विद्यालयमा हुने निणर्यहरूको केवल साक्षीको रूपमा मात्रै परिकल्पना गरेको पाइन्छ । राष्ट्रिय पाठ्यक्रम प्रारूपले पाठ्यक्रम विकासमा अभिभावकलाई पनि सहभागी गराउने भने तापनि त्यो औपचारिकतामै सीमित छ । त्यस्तै शिक्षा ऐनले अभिभावक शिक्षासम्बन्धी कानुन, योजना तथा कार्यक्रम बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा राखिदिएको छ, त्यो कहिले बनेर आउने हो, कस्तो बनेर आउने हो अत्तोपत्तो छैन । [bs-quote quote=”के अभिभावक खोला तर्दाका लौरी मात्रै हुन् ? अप्ठ्यारो परेको बेलामा मात्रै उनीहरूलाई अगाडि धकेल्ने ? शिक्षकका लागि अनगिन्ती तालिम, कार्यशाला, गोष्ठीहरू चलाइयो, के अभिभावकको लागि अभिभावक बैठकबाहेक अन्य क्षमता विकासका कार्यक्रम ल्याइयो त ? के उनीहरूलाई पाठ्यक्रम बुझाउने, शिक्षण सिकाइका विधि, प्रक्रिया र सिकाइ सहजीकरण बुझाइयो त ? अभिभावक पनि सह–शिक्षक हुन् भन्ने छाप बालबालिकाको दिमागमा पार्न सकियो त ?” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] लेखकलाई जानकारी भएसम्म वितगमा अभिभावकलाई प्रत्यक्ष सिकाइ सहजीकरणमा अगाडि सारिएको कुनै अभ्यास छैनन् । तर अहिले आएर अचानक उनीहरूलाई ‘होम स्कूलिङ’ का लागि सह–शिक्षक रूपमा अगाडि सार्दा विभिन्न प्रश्न जन्मिएका छन् । के अभिभावक खोला तर्दाका लौरी मात्रै हुन् ? अप्ठ्यारो परेको बेलामा मात्रै उनीहरूलाई अगाडि धकेल्ने ? शिक्षकका लागि अनगिन्ती तालिम, कार्यशाला, गोष्ठीहरू चलाइयो, के अभिभावकको लागि अभिभावक बैठकबाहेक अन्य क्षमता विकासका कार्यक्रम ल्याइयो त ? के उनीहरूलाई पाठ्यक्रम बुझाउने, शिक्षण सिकाइका विधि, प्रक्रिया र सिकाइ सहजीकरण बुझाइयो त ? अभिभावक पनि सह–शिक्षक हुन् भन्ने छाप बालबालिकाको दिमागमा पार्न सकियो त ? बालबालिकामा अझै पनि शिक्षक नै सर्वेसर्वा हो र शिक्षकले सिकाएका गलत कुरा पनि अकाट्य हुन् र अभिभावकले शिक्षकले जति जानेका छैनन् भन्ने भ्रम कायमै छ । यसले पनि अभिभावकलाई सिकाइ सहजीकरणमा कति तयार पारियो र बालबालिकाले अभिभावकलाई कतिको ग्रहण गर्छन् भन्ने स्पष्ट हुन्छ । अन्तर्राष्ट्रिय अभ्यास न्यूजिल्याण्डमा विभिन्न परिस्थिति र बाध्यताले विद्यालय जान नसक्ने सहर तथा विकट भेगका बालबालिकालाई लक्षित गरी अनलाइनबाट दूर शिक्षा कार्यक्रम चलाइन्छ । जसमा अभिभावक वा उनीहरूले तोकेको व्यक्तिले सह–शिक्षकको भूमिका खेल्नुपर्छ । अभिभावकले बालबालिकालाई विद्यालयमा जस्तै घरमा पनि निश्चित समय छुट्याइ पठनपाठनको वातावरण सिर्जना गरी आफू पनि सँगै बसेर पढाइ लेखाइमा सघाउँछन् भने शिक्षक तथा प्रशिक्षकले उनीहरूलाई सघाउँछन् । अभिभावकलाई जिम्मेवार र कटिबद्ध बनाउन विद्यार्थीको सिकाइ उपलब्धिको आधारमा प्रोत्साहन भत्ता पनि दिइन्छ । यसले विद्यार्थीको सिकाइमा अभिभावकलाई पनि जवाफदेही बनाउँछ । उनीहरूलाई सह–शिक्षकको रूपमा तयार पार्नलाई जसरी हाम्रा शिक्षकलाई क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिन्छ, त्यसैगरी विभिन्न तालिम, गोष्ठी र कार्यशाला गरी सँगै पाठ्यक्रम विकास गर्ने, पाठ्यक्रम बुझाउने, पढाउने विधि, प्रक्रिया तथा क्रियाकलापहरू सिकाउने साथै आफ्ना बालबालिकाको सिकाइको लक्ष्य निर्धारण गराइन्छ । त्यस्तैगरी बीचबीचमा पनि कोचिङ र मेन्टरिङलाई जारी राखी विभिन्न सपोर्ट क्लबहरू पनि सञ्चालन गरिन्छ । [bs-quote quote=”बालबालिकाको पढाइलेखाइका लागि विद्यालयको मात्रै मुख ताकेर हुँदैन, यो सिकाइ प्रक्रियामा अभिभावकलाई पनि सह–शिक्षकको रूपमा विकास गर्नुपर्छ । त्यसो नगरी दूर शिक्षा अथवा वैकल्पिक शिक्षा कार्यक्रमहरू खासै प्रभावकारी हुन सक्दैनन् । त्यसो भए सिकाइ सहजीकरणमा अभिभावकलाई पनि अगाडि बढाउन हामीले के गर्न सकिन्छ त ? यसका लागि तत्कालीन र दीर्घकालीन उपाय के हुन सक्छन् ?” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] यसले के देखाउँछ भने बालबालिकाको पढाइलेखाइका लागि विद्यालयको मात्रै मुख ताकेर हुँदैन, यो सिकाइ प्रक्रियामा अभिभावकलाई पनि सह–शिक्षकको रूपमा विकास गर्नुपर्छ । त्यसो नगरी दूर शिक्षा अथवा वैकल्पिक शिक्षा कार्यक्रमहरू खासै प्रभावकारी हुन सक्दैनन् । त्यसो भए सिकाइ सहजीकरणमा अभिभावकलाई पनि अगाडि बढाउन हामीले के गर्न सकिन्छ त ? यसका लागि तत्कालीन र दीर्घकालीन उपाय के हुन सक्छन् ? तत्कालीन उपाय अहिले बालबालिकाको सिकाइमा सघाउन सक्ने सबैभन्दा नजिकमा को छ ? उनीहरूकै अभिभावक र परिवार । विद्यालय खुलेर सामान्य अवस्थामा नआएसम्म उनीहरूलाई सिकाउने त घरघरमै हो । सक्ने अभिभावकले आफ्नै तरिकाले पठनपाठन अघि बढाइरहेका छन् भने अन्य अभिभावक दूर शिक्षा कार्यक्रमकै भरमा छन् । त्यसैले यो सिकाइ प्रक्रियामा अभिभावकलाई पनि अर्थपूर्ण सहभागिता गराउन सर्वप्रथम अभिभावक पहिचान गर्नुपर्छ । पहिलो नम्बरका अभिभावक आफैँ सचेत र क्षमतावान् छन् । उनीहरूले आफ्नै पहलमा घरमै सिक्ने सिकाउने काम सुचारु गरिरहेका छन् । दोस्रोथरिका अभिभावकलाई गर्ने इच्छा छ, तर सहजीकरण गर्ने तरिका थाहा छैन । तेस्रोथरि अभिभावकलाई सिक्ने सिकाउने तरिका अलिअलि थाहा छ, तर उनीहरूले यो वैकल्पिक प्रणालीलाई पत्याएका छैनन् र सघाउन अघि सरेका पनि छैनन् । चौथोखाले अभिभावक आफू पढ्न लेख्न सक्दैनन् र अक्षर नचिने पनि सिकाउन सकिन्छ भन्ने कुरामा विश्वासै राख्दैनन् । अभिभावक पहिचान भइसकेपछि वैकल्पिक सिकाइ सहजीकरण निर्देशिकाले जिम्मेवारी तोकेबमोजिम प्रदेश सरकारले अभिभावकलाई सिकाइ सहजीकरण गर्न सक्ने गरी ‘होम स्कूलिङ’ को तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गनुपर्छ । पहिले अभिभावकलाई तयार पारेर पठनपाठन सुरु गर्नुपर्ने थियो तर कार्यक्रमहरू धमाधम प्रसारण हुन थालिसके, अभिभावकलाई के गर्ने, कसरी गर्ने मेसोमेलो छैन । त्यसैले छिटोभन्दा छिटो अभिभावक लक्षित रेडियो, टिभी कार्यक्रम सञ्चालन गरौं, सिकाइ सहजीकरण गर्ने र घरमा सिक्ने वातारण बनाउने आधारभूत तरिकाहरू सिकाऔं । त्यस्ता कार्यक्रममा अभिभावकका आवाज, असल अभ्यास, समस्या तथा जिज्ञासा पनि समेटौं । सकेसम्म छुट्टै कार्यक्रम बनाउनुभन्दा बालबालिकाको रेडियो वा टेलिभिजन कार्यक्रमसँगै एकीकृत रूपमा लैजाऔं । घरमै ठूला दाइदिदी छन्, उनीहरूलाई पनि अघि सारौं । अल्लोपल्लो घरबाट पनि सिक्ने सिकाउने वातावरण बनाऔैं । कोरोनाको सन्देश जस्तै घरमै पठनपाठनसम्बन्धी चेतनामूलक सन्देशहरू सञ्चारका माध्यमका साथै फोनमा गर्दा पनि बज्ने बनाऔं । अर्को महत्त्वपूर्ण पाटो हो, शिक्षक परिचालन । कक्षा शिक्षकमार्फत् प्रत्येक अभिभावकमा पुगौं । माथि चर्चा गरे अनुसारका अभिभावकका किसिम पहिचान गरी फोनबाटै भए पनि सहयोग गरौं । चौथो किसिमका अभिभावकलाई विशेष सहयोग चाहिन्छ । अभिभावकको पहुँचअनुसार, प्रसारण भइरहेका कार्यक्रमको बारेमा जानकारी गराऔं । घरमै बालबालिकालाई सिकाउन चाहिने आधारभूत तरिकाहरू सिकाऔं । कक्षामा विद्यार्थीको संख्या हेरी हप्ताको दुई तीन पटक फोन गरौं । दोस्रो, तेस्रोपटकको फोनमा पठनपाठन कसरी चलिरहेको छ, जानकारी लिऔं । अप्ठ्यारो परेको ठाउँमा फोनबाटै कोचिङ र मेन्टरिङ गरौं । थप के गर्ने सकिन्छ ? योजना बनाऔं । सम्भव भए विद्यार्थीसँग पनि कुरा गरौं । यसले उनीहरूको हौसला बढाउँछ । अप्ठ्यारो परिस्थितिमा गरेको यो सहयोगले शिक्षक र विद्यालयप्रति अभिभावक र विद्यार्थीको सम्मान जरुर बढाउँछ । शिक्षक चासो दिएर लागेपछि अभिभावकको पनि जाँगर चल्छ । प्र.अ.ले पनि फोनबाटै भए पनि प्रत्येक शिक्षकसँग प्रगति विवरण संकलन गरौं । आवश्यकता अनुसार कहाँ कस्तो सहयोग चाहिन्छ छलफल गरौं । त्यस्तै, उक्त प्रगति विवरण प्र.अ.ले पालिकासम्म पुर्याउने व्यवस्था मिलाऔं । एकअर्को विद्यालयका असल अभ्यास र चुनौतीमाथि छलफल गरी पालिकाले कहाँ सघाउनु पर्ने हो, सहयोग गरौं । छलफल गरेर फोन खर्च छुट्याऔं । फोनबाटै अभिभावकलाई प्रभावकारी सहयोग, कोचिङ र मेन्टोरिङ गराउन पालिकाले शिक्षकलाई पनि केही आधारभूत विषय र तरिका सिकाउनु पर्छ । भविष्यको बाटो शिक्षासम्बन्धी नीति, कार्यक्रममा अभिभावकले सिकाइ सहजीकरण गर्ने सिकाइ केन्द्रित भूमिकाले प्राथमिकता पाएन वा भनौं उनीहरूको क्षमता र भूमिकालाई बेवस्ता गरिँदै आइयो । यसले सिकाइ र विद्यार्थीलाई केवल शिक्षक र विद्यालयमुखी मात्रै बनायो तर यो महामारीले वैकल्पिक शिक्षक खोज्यो । त्यसैले अब भावी नीति र कार्यक्रमहरूमा हरेक अभिभावकलाई वैकल्पिक शिक्षकका रूपमा विकास गरौं । त्यसका लागि क्षमता विकासका कार्यक्रम ल्याऔं । शिक्षकलाई जस्तै क्षमता विकासका तालिम, कार्यशाला, गोष्ठीमा अभिभावकलाई पनि किन नल्याउने ? [bs-quote quote=”उनीहरूलाई विद्यालयमा हुने गनगने बैठक र निणर्यका साक्षीभन्दा माथि उठाऔं । स्थानीय तहको काँधमा आएको यो जिम्मेवारीमा प्रदेश र संघद्वारा सहजीकरण होस् । त्यस्तै न्यूजिल्याण्डको अभ्यासजस्तै अभिभावकलाई पनि पाठ्यक्रम राम्रोसँग बुझाऔं ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] उनीहरूलाई विद्यालयमा हुने गनगने बैठक र निणर्यका साक्षीभन्दा माथि उठाऔं । घरमा बालबालिकाको सिकाइलाई सघाउन सक्ने आधारभूत सीप विकास गर्ने निर्देशिका तयार पारौं । स्थानीय तहको काँधमा आएको यो जिम्मेवारीमा प्रदेश र संघद्वारा सहजीकरण होस् । त्यस्तै न्यूजिल्याण्डको अभ्यासजस्तै अभिभावकलाई पनि पाठ्यक्रम राम्रोसँग बुझाऔं । आधारभूत शिक्षण विधि तथा प्रक्रियाहरू सिकाऔं र आफ्ना बालबालिकाको सिकाइको लक्ष्य आफैँ निर्धारण गर्न लगाऔं । अब घरमा अभिभावकले पढाउनै नसक्ने यो शिक्षकमुखी पाठ्यक्रम तुरुन्तै बन्द गरौं । पाठ्यक्रममा जतिसक्दो व्यवहारिक पक्षलाई जोडौं । अभिभावकले पनि सहजीकरण गर्न सक्ने विषयवस्तु पहिचान गरौं । पाठ्यक्रम विकास प्रक्रियालाई संघ र प्रदेशको सहयोगमा स्थानीय तहले नै नेतृत्व गरौं । र त्यो प्रक्रियामा बढीभन्दा बढी अभिभावक समेटौं । यसले अलि बढी समय लिन सक्छ, तर सिकाइ उपलब्धि बढाउन सकिन्छ भने बढी समय लागेर के फरक पर्छ ? अहिले विद्यालयको प्रयासले मात्रै ५० प्रतिशतको हाराहारीमा सिकाइ उपलब्धि हासिल गरिएको छ भने अभिभावकलाई पनि सिकाइ प्रक्रियामा ल्याउन सकियो भने पक्कै पनि थप १५-२० प्रतिशत बढाउन सकिन्छ । कोरोना कहरले हामीलाई सिकाएको पाठ र देखाएको बाटो पक्रन सक्यौं भने यसले नेपालको अभिभावक शिक्षामा नयाँ कालखण्ड जन्माउने छ । घरघरमा वैकल्पिक शिक्षकहरू जन्मनेछन् अनि मात्रै मन्त्रीज्यूले भनेजस्तै घरहरू पनि शिक्षालय बन्नेछन् । (लेखक शिक्षाकर्मी, अनुसन्धानकर्मी र प्रशिक्षक हुन् । उनी विशेषगरि बालबालिका र शिक्षाको विषयमा कलम चलाउँछन् ।) #जीवन कार्की |
आउनुहोस्, निःशुल्क गर्वपतन गरौँ: सधैँ उत्थानको मात्र चर्चा गरेर नहुँदो रहेछ, कहिलेकाहीँ त उत्थानकै लागि पतनको पनि चर्चा गर्नुपर्दो रहेछ । भ्रूणहत्या अत्यन्त ठूलो पाप हो भन्ने थाहा पाउँदापाउँदै पनि धेरैजसो देशले वर्तमानमा त्यसलाई कानुनी मान्यता दिएका छन् । भ्रूणहत्यालाई नै गर्भपतन भनेर नयाँ नाम दिइएको छ । भ्रूणहत्या जघन्य अपराध हो भनेर पूर्वीय वाङ्मयमा उल्लेख गरिएको भए पनि गर्भपतन शब्दले आधुनिक वाङ्मयमा सम्मानित स्थान पाउन थालेको छ । त्यसैले पतन पनि उत्थानकै द्योतक बन्न सक्दो रहेछ भन्ने कुराको पुष्टि हुन्छ । नेपालमा ‘गर्भपतन’ गराउने अस्पतालहरू त धेरै खुलिसकेका छन् तर ‘गर्वपतन’ गराउने अस्पताल खुलेको कमैलाई मात्र थाहा छ । ‘गर्वपतन’ गराउन सक्ता व्यक्तिको मात्र होइन समाज, देश र विश्वकै समेत उन्नति हुन्छ भन्ने कुरामा कसैको पनि दुई मत नहोला । विश्वमा हालसम्म कुन कुन देशले ‘गर्वपतन’ गर्ने अस्पतालहरू खोलेका छन् त्यो त गम्भीर अनुसन्धानको विषय हो तर नेपालमा गरिएको प्रारम्भिक अनुसन्धानले राजधानीको मुटुमै त्यस्तो अस्पताल खुलेको पत्ता लागेको छ । ललितपुर, सानेपा–३ को धोबीघाटमा रहेको ‘मेघा अस्पताल प्रा.लि.’ले नेपाल सरकारबाट मान्यता प्राप्त ‘सुरक्षित गर्वपतन केन्द्र’ सञ्चालनमा ल्याएको रहेछ । सरकारी मान्यता नै पाएर सुरक्षित रूपमा ‘गर्वपतन’ गर्ने केन्द्र खोल्नु हामी सबै नेपालीका लागि गौरवको विषय हो । उक्त अस्पतालले कहिलेदेखि ‘गर्वपतन’ गर्ने सेवा प्रदान गर्न थाल्यो र हालसम्म कतिजनाले त्यस्तो सेवा लिएर आफूलाई स्वस्थ र उन्नतिशील मार्गमा डोर्याउन सके ? भन्ने बारेमा जोकसैका मनमा पनि खुल्दुली उत्पन्न हुनु स्वाभाविक हो । पढेलेखेकाले र आफैँ डाक्टर भएकाले मलाई धेरैले स्वस्थ रहेको देख्ता हुन् तर म पढेलेखेको र डाक्टर भएकै कारणले दीर्घकालीन गर्वरोगी छु । मैले धेरै वर्षदेखि ‘गर्वधारण’ गर्दै आएकाले मलाई ‘गर्वपतन’ गराउने अस्पतालको खाँचो परेको थियो । आफ्नो ‘गर्वपतन’ गराउन मेघा अस्पतालमा जाऊँ भने गैरसरकारी अस्पताल भएका कारण त्यस अस्पतालमा ‘गर्वपतन’को सेवाशुल्क महँगो होला भनेर मैले नेपालमा ‘गर्वपतन’ गर्ने सरकारी अस्पताल खोज्दै गएँ । त्यसरी खोज्दै जाँदा चौतारा साँगाचोकगढी नगरपालिकाले सरकारी स्तरमा ‘गर्वपतन’ सेवा दिँदै आएको रहेछ र उसले त्यस्तो सेवा एकदिनमै दिने व्यवस्था मिलाएको रहेछ । आफूलाई पायक पर्ने ‘गर्वपतन’ सेवा दिने अस्पताल कहाँ भेटिएला ? भनेर खोज्दै जाँदा जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानले पनि सरकारी स्तरमै सुरक्षित गर्वपतन सेवा प्रदान गर्न थालको भेट्टाएँ । नेपालमा गर्वपतनसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको कुरालाई केही अनलाइन पत्रिकाहरूले पनि समाचार बनाएर प्रकाशन गर्दै आएका छन् । दाङस्थित तुलसीपुर अनलाइन पत्रिकाले २०७४ माघ ११ गते प्रकाशित एउटा समाचारको शीर्षकमा ‘गर्भपतन’ र ‘गर्वपतन’ दुवै शब्दको प्रयोग गरेको देखेपछि भने ‘गर्भपतन’ शब्दलाई नै असावधानीका कारण ‘गर्वपतन’ उल्लेख गरिएको रहेछ र नेपालमा हालसम्म ‘गर्वपतन’सम्बन्धी एउटा पनि अस्पताल खुलिसकेको रहेनछ भन्ने कुराको यथार्थबोध मलाई भयो । यति हुँदाहुँदै पनि कतिपय पत्रिकाहरूले समाचारको शीर्षकमा ‘गर्भपतन’ लेखे पनि समाचारमा ‘गर्वपतन’ लेख्न नछाडेका उदाहरणहरू धेरै पाइन्छन् । भाषण गर्दा कतिपय जनप्रतिनिधिहरू र संघसंस्थाका प्रतिनिधिहरूले ‘म गर्व गर्छु’ भन्नुपर्नेमा प्रमादवश ‘म गर्भ गर्छु’ भन्न अग्रसर भएको देखिन्छ । त्यसैले नेपालमा ‘गर्भपतन’को मात्र होइन ‘गर्वपतन’को पनि आवश्यकता देखिएको हो । विश्वमा कतिपय यस्ता धेरै मुलुकहरू छन्, जसले आफ्नै भाषालाई पहिलो प्राथमिकतामा राखेर शिक्षण गर्छन् र सानोतिनो भाषिक कमजोरी हुन नदिन त्यहाँका हरेक नागरिक अत्यन्त सचेत हुन्छन् । नेपालमा भने नेपाली भाषाका प्रयोक्ताहरू बढ्ता रहँदारहँदै र सरकारी कामकाजको प्रमुख माध्यम नेपाली भाषा हुँदाहुँदै पनि नेपाली भाषालाई पहिलो प्राथमिकतामा राखेर शिक्षण गर्ने र सानातिना कमीकमजोरीहरूमा पनि प्रयोक्ताहरूलाई जागरूक बनाउने परिपाटिको अझैसम्म विकास हुन सकेको देखिँदैन । अन्तरराष्ट्रिय भाषा भनेर अङ्ग्रेजीमा ससाना गल्तीहरूप्रति पनि सचेत हुने तर नेपाली भाषालाई सौतेनी व्यवहार गरी ‘बुझे त भइहाल्यो नि’ भन्ने ठानेर जेजसरी लेखे पनि हुने अघोषित छुट दिँदै जाने प्रवृत्तिले गर्दा नेपाली भाषाको प्रयोगमा शुद्धता कायम गर्दै जान निकै गाह्रो हुँदै गएको छ । नेपाली भाषाका सर्वसाधारण प्रयोक्ताहरू त नेपाली भाषा शुद्ध लेखिनुपर्छ भन्ने विषयमा हिजो पनि सचेत थिए, आज पनि सचेत छन् र भोलि पनि सचेत नै रहने छन् तर राजनीतिक दलको छाता ओढेर आफूलाई प्राज्ञ र भाषाविद् भन्न रुचाउनेहरूको गोरुजुधाइको गर्वोन्नतिका कारण प्रयोक्तहरूको अभिमतलाई बेवास्ता गरी तथाकथित ‘शुद्धलेखनको घोषणापत्र’ जारी गरिरहने परिपाटिले नेपाली भाषाका प्रयोक्ताहरू अन्योलमा पर्दै गएका हुन् । यस परिस्थितिमा तथाकथित प्राज्ञ र भाषाविद्हरूको ‘गर्वपतन’ गर्न प्रयोक्ताहरू नै जागरूक हुनु आवश्यक छ र त्यसो नभएसम्म नेपाली भाषाको शुद्ध लेखनले ‘गर्भधारण’ गर्नै सक्तैन । नेपालीको स्रोतभाषा संस्कृत व्याकरणमा आधारभूत नियमहरूको सामान्य जानकारी नलिएसम्म र राजनीतिक अल्पज्ञका निर्देशनहरूको ‘गर्वपतन’ नगरेसम्म नेपाली भाषाका प्रयोक्ताले शुद्धलेखनमा गर्व गर्न पनि सक्तैनन् । तसर्थ हरेक प्रयोक्ताले आआफ्ना गुरुहरू र अग्रज स्रष्टाहरूको शुद्धलेखनलाई आदर्श ठानेर आफूमा विद्यमान अल्पज्ञताको निःशुल्क गर्वपतन गर्दै जानु आवश्यक छ । – सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय । #डा. मतिप्रसाद ढकाल |
संस्मरण: एसएलसीको गाँठो: अहिले एसईईको परीक्षाको चर्चा परिचर्चा छ । आफूले प्राप्त गरेको शिक्षाको मापन ठानिएको एसईईको परीक्षा अन्योलमा हुँदा चिन्ता हुनु स्वाभाविक नै हो । यो प्रसङ्गले मलाई एकपटक हाम्रो पालाको एसएलसीको तयारीको कुरा सम्झायो । शिक्षा प्राप्त गर्ने अवसर पाउनु र अवसर उपलब्ध हुनु दुई फरक कुरा हुन् । तैपनि हामी सानो छँदा दुबै कुरा सिमित थिए । रुकुम जिल्लामा वि.स. २०३२ सालमा नयाँ शिक्षा कार्यक्रम शुरू भयो । कार्यक्रम आठ कक्षामा लागू भयो । म त्यतिबेला रुक्मिणी साधारण माध्यामिक विद्यालय रुकुमकोटमा सात कक्षामा पढ्थें । नयाँ शिक्षा कार्यक्रम शुरू त भयो, तर न पाठ्यपुस्तक उपलब्ध थिए न त शिक्षक नै । पाठ्यपुस्तक किन्न नेपालगन्ज जानुपर्थ्यो । घिऊ बेच्न र नून किन्न जाने हटारूहरूलाई पाठ्यपुस्तक ल्याइदिने अनुरोध गर्नुपर्थ्यो । सबै विषयका पाठ्यपुस्तकहरू एकैपटकमा पायो भने पनि सौभाग्य हुन्थ्यो । कुनै कुनै विषयको पाठ्यपुस्तक त बीस-तीस जना विद्यार्थीको बीचमा दुई चारवटा मात्र हुन्थे । जो जोसँग पाठ्यपुस्तक हुन्थे, उनीहरू आफूलाई निकै माथिल्लो दर्जामा राख्थे र रवाफ लगाउँथे । विद्याभन्दा पनि किताब भएकोमा चुरीफुरी हुन्थ्यो । त्यसमाथि पनि ऐच्छिक विषयका पाठ्यपुस्तक त भेटाउनै गाह्रो । डा. कुसुमाकर शर्मा मेरा दाजी र दिज्यूले पुरानो शिक्षामा पनि ‘ऐच्छिक गणित’लाई एक ऐच्छिक विषय लिएर पढ्नुभएको थियो । गणित विषयमा विद्यालयभरिकै उत्कृष्ट विद्यार्थी भएकोले मलाई पनि नयाँ शिक्षाको आठ कक्षादेखि ऐच्छिक गणित पढ्ने ठूलो इच्छा थियो । तर ऐच्छिक गणित विषयको किताब नपाएकोले इच्छा अधुरो रह्यो । नेपालगन्जमा पाइँदैनथ्यो । काठमाडौंमा खोज्दा पनि पाइएन । मेरोअगाडिका ब्याचका विद्यार्थीहरूले त ‘ऐच्छिक गणित’ पनि ऐच्छिक विषय छ भन्ने थाहै पाएनन् । आठ कक्षामा ग्रामीण अर्थशास्त्र ऐच्छिक विषय पढियो । नौ कक्षामा आफैँ नेपालगन्ज वादविवाद प्रतियोगितामा गएको बेला ऐच्छिक गणितको किताब खोजें तर भेटिएन । त्यो साल पनि ग्रामीण अर्थशास्त्र नै पढें । दश कक्षा शुरू नहुँदै दाजीले क्याम्पसको हिउँदे बिदामा घर आउँदा ऐच्छिक गणितका कक्षा आठ, नौ र दशका तीनवटा किताबहरू ल्याइदिनु भयो । किताब पाउँदा त दंग भएँ, तर पढ्न पाइने हो कि होइन भन्ने चिन्ताले सतायो । किनभने मलगायत कक्षामा भएका सबै बत्तीस जना विद्यार्थीले ग्रामीण अर्थशास्त्र पढिरहेका थिए । एसएलसी दिने सालमा कसले विषय फेर्छ ? स्कूल शुरू हुनेबित्तिकै मस्तबहादुर हेडसरसँग ऐच्छिक गणित पढ्ने इच्छा व्यक्त गरें । हेडसरले मेरो याचनालाई ठाडै अस्वीकार गरिदिनुभयो, “तिमी एकजनालाई मात्र ऐच्छिक गणित पढाउने शिक्षक कहाँबाट ल्याउन सक्छु ?”, हुन पनि हो, स्कूलमा अनिवार्य गणित पढाउने शान्तबहादुर सर मात्रै हुनुहुन्थ्यो। मैले अनिवार्य गणित पढाउने सरसँग मेरो इच्छा राखेँ। उहाँले ‘हुन्छ, म ऐच्छिक गणित पढाइ दिन्छु’, भन्नुभयो। मेरो आँट आयो। तर बुबा घरमा नभएकोले मेरो पक्षमा बोलिदिने कोही अभिभावक भएन । एक-दुई दिनमा जुक्ति निकालें। त्यतिबेला मेरो बुबा सरकारी कामले तुल्सीपुर बस्नुहुन्थ्यो । त्यही कुरालाई समातेर हेडसरलाई भनें, ‘यहाँ मैले ऐच्छिक गणित पढ्न नपाउने भएँ। बुबा तुल्सीपुरमा हुनुहुन्छ। त्यहींको हाईस्कूलमा गएर पढ्छु।’, एसएलसीमा स्थान ल्याउन सक्ने एउटा राम्रो विद्यार्थीले स्कूल छोड्ने कुरा गर्दा हेडसरलाई पनि चिसो पसेछ। भन्नुभयो ‘किन यस्तो कुरा गर्छौ? यही वर्ष एसएलसी दिनुपर्छ। ऐच्छिक गणित धेरै गाह्रो हुन्छ। त्यसले अरू विषयलाई पनि असर गर्छ।’ तर म ऐच्छिक गणित पढ्छु भन्नेमा अडिग भएँ। हेडसरलाई पनि अरू उपाय सुझेन। मेरो याचना स्वीकृत त भयो, तर सशर्तमा। हेडसरले भन्नु भयो, ‘स्कूलले तिमीलाई ऐच्छिक गणित पढ्न स्वीकृति त दिन्छ, तर ऐच्छिक गणितको छुट्टै कुनै समय-तालिका हुने छैन। हाफ-टाइमको विश्राममा पढ्नु पर्छ।’, हेडसरको शर्त मैले सहर्ष स्वीकार गरेँ। स्कूलबाट स्वीकृति त पाएँ तर मलाई मेरो पढाइ कसरी अगाडि बढाउने भन्ने चुनौती थियो। दश कक्षाको विद्यार्थी भए पनि आठ कक्षादेखिको ऐच्छिक गणित पढ्न शुरू गरेँ। मेरो ऐच्छिक गणित पढ्ने नियमित कक्षा नभएकोले गणितको सरलाई खाली देख्नेबित्तिकै सिक्न जान्थेँ। गणित पढाउने सर सँधै मलाई सिकाउन उत्सुक हुनुहुन्थ्यो। कहिल्यै पनि मलाई पन्छाउने बहाना खोज्नु भएन। उहाँको यो बानी नै विद्यार्थीमाझ प्रशंसनीय थियो। उहाँले सिकाएको कुरा तुरुन्तै टिप्न सक्नेभएकोले पनि मलाई सिकाउन उत्साहित हुनुहुन्थ्यो। स्कूलबाट घर फर्किंदा आधा बाटोसम्म सँगै हुँदा पनि मैले शान्तबहादुर सरसँग ऐच्छिक गणितका प्रश्नहरू सोध्थेँ। उहाँले ‘यसो गरे कसो होला?’ भनेर उपाय बताइदिनुहुन्थ्यो। म घरमा पुगेर सरले बताएको उपायलाई अभ्यास गर्थें। अभ्यास गर्दा उत्तर मिलेपछि साह्रै आनन्द आउँथ्यो। अझै उत्साहित भएर नयाँ नयाँ च्याप्टर अभ्यास गर्थें। मलाई अझैं गाइडको जरूरत भएको अनुभव गरेर शान्तबहादुर सरको घरमै पढ्न गएँ। उहाँको ठुल्दाइले बनाउँदै गरेको झ्यालका खापा नभएको घरमा बासै बसेर पनि पढें। उहाँले न सिकाएको भए म यसरी अगाडि बढ्न सक्ने थिएन। उहाँ अहिले यो संसारमा हुनुहुन्न, तर उहाँको प्रेरणाले अझैसम्म डोर्याइरहेको छ मलाई। यस्तो प्रयासले आठ र नौ कक्षाका ऐच्छिक गणितका किताबहरू असारमा सिध्याएँ। अर्धवार्षिक परीक्षा भयो। नौ कक्षाको ऐच्छिक गणितमा सतप्रतिशत मार्क आयो। तर अरू विषयमा पनि ध्यान दिनुपर्ने देखियो। हेडसरले भनेको कुरा सही रहेछ। मैले अब सबै विषयहरूको पढाइलाई सन्तुलनमा राख्नुपर्ने भयो। मैले आफूले जानेको कुरा अरूलाई सिकाउँथें। यसो गर्दा मलाई नै धेरै कुरा छर्लङ्ग हुन्थ्यो। मसँगै मेरो घरमा आई सिक्ने समकक्षीहरू वीरबहादुर, मोहन कृष्ण, भुवनेश्वर बूढा, अनन्त, यादबसँग मिलेर संयुक्त पढाइ गर्थ्यौं। विशेषगरि भीमकान्त त मेरा अनन्य र परिवारको सदस्य जस्तै थिए। अन्य विषयहरू पनि साथीहरूसँगै छलफल गरी पढ्थ्यौं। ऐच्छिक गणित पढ्ने छुट्टै समय बनाएको थिएँ। अनिवार्य गणित उनीहरूलाई सिकाउँदा सिकाउँदै स्वतः आइहाल्थ्यो। मङ्सिरमा सेन्टअप परीक्षा भयो। बत्तीस जनामध्ये तेईस जनाले सेन्टअप पास गर्यौं। मैले दश कक्षाको ऐच्छिक गणितको किताब तीन चौथाइमात्रै सकेको थिएँ। सेन्टअपमा उच्च प्रथम श्रेणीको मार्क ल्याएको भए पनि अझै पढ्न बाँकी थियो। सेन्टअपपछि सबै शिक्षकहरूले हामीहरूलाई आफ्नै बुतामा छोडिदिनुभयो। एसएलसीको परीक्षा केन्द्र सदरमुकाम मुसिकोटमा मात्रै थियो। त्यसैले एसएलसी परीक्षा तयारीका लागि तीन महिनाअगाडि नै मुसिकोट जाने र त्यहीं ऐच्छिक गणित पढाउने शिक्षक खोज्ने निर्णय गरेर त्यहाँ गएँ। मुसीकोट गएपछि ‘ऐच्छिक गणित’ पढाउने शिक्षक भेट्न साह्रै गाह्रो भयो। किनभने त्यहाँको स्कूलमा ऐच्छिक गणित पढ्ने कोही रहेनछ। मुसिकोटमा गणित पढाउने शिक्षक हिउँदे बिदामा आफ्नो घरतिर गइसक्नुभएको रहेछ। गणित या विज्ञान पढेको व्यक्ति सदरमुकामभरि कोही रहेन छ। जिल्ला शिक्षा कार्यालयका माध्यामिक विद्यालय निरीक्षक (माबिनि) यमनारायण सरले बीएससी पढेको थाहा पाएर उहाँलाई पढाउन अनुरोध गरें। माबिनि सरले केही समय पढाउनु भयो। उहाँको आफ्नो कामको कारणले धेरै समयसम्म सिकाउन मौका मिलेन। फेरि ऐच्छिक गणित सिकाउन सक्ने मान्छे खोज्न थालें। जिल्लामा आएका नयाँ इन्सपेक्टरले साइन्स पढेको भन्ने सुनेँ। तर इन्स्पेक्टरसँग कुरा गर्न जाने आँट आएन। केही दिनपछि बुबा पनि मुसीकोट आउनु भयो। बुबालाई इन्सपेक्टरको कुरा सुनाएँ। भोलिपल्ट बिहानै इन्स्पेक्टरलाई भेट्न गयौं। उहाँको नाम दीपेन्द्र विष्ट रहेछ। उहाँ कालान्तरमा नेपाल प्रहरीको माथिल्लो पदबाट निवृत्त हुनुभयो। उहाँले पनि मलाई ऐच्छिक गणित पढाउने हुनुभयो। उहाँसँग मैले दश कक्षाको ऐच्छिक गणितको किताब पढेर भ्याएँ। म आज जहाँ छु, त्यहाँसम्म पुर्याउन दीपेन्द्र बिष्टको पनि ठूलो हात छ। मेरो प्रयास सदरमुकाममा चर्चाको विषय बनेछ। सदरमुकामका हाईस्कूलका हेड सर, सुधीर शाहले मलाई आफ्नो डेरामा बोलाउनुभयो र भन्नुभयो, ‘एसएलसी जांच आउनुअगाडिसम्म रुकुम जिल्लाका तीनवटा हाईस्कूलका राम्रा विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर म अङ्ग्रेजी पढाउँछु र इन्स्पेक्टर सापले गणित पढाउनु हुन्छ ।’, सुधीर सरको त्यस कार्यले प्रतिस्पर्धी स्कूलका विद्यार्थीमाझ गहिरो सम्बन्ध स्थापित गराइदियो। त्यतिखेरका हामी विद्यार्थीहरू सुरेश विक्रम शाह, भरत शर्मा, प्रकाश विक्रम शाह, गोविन्द पुन र म आ-आफ्नो क्षेत्रमा सफल छौं। सबै गुरुहरूको आशीर्वादले नै हामीहरू सक्षम भएका हौं। मेरा सम्पूर्ण गुरुहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै नमन् गर्छु। एसएलसीको तयारी राम्रै चल्दै थियो। मुसीकोट हाई स्कूलका एक जना शिक्षकले ‘जिल्लामा ऐच्छिक गणित जाँच दिने तिमी मात्रै एक जना छौ । एक जनालाई मात्र एसएलसीको प्रश्नपत्र आउला त ? म त पूर्ण विश्वस्त छैन’, भन्नुभयो। मेरो मनमा डर पस्यो। हुन पनि हो, यस्तो त कहिल्यै भएको थाहा छैन। ऐच्छिक गणितको प्रश्नपत्र आएन भने त मेरो जिन्दगी नै खतम हुने भयो। परीक्षा केन्द्राध्यक्ष सुधीर सरलाई सोधें। उहाँले प्रश्नपत्रको चिन्ता छोडेर परीक्षाको तयारीमा ध्यान देऊ भनेर ढाडस दिनुभयो। तैपनि कुनामा डर बसिरहेको थियो। जाँचको बेला ऐच्छिक गणितको प्रश्नपत्र पनि आयो। मैले जाँच दिएँ। जाँचका अन्तिम दिनहरूमा मेरो एक सय चार डिग्री ज्वरोका बाबजुद हाम्रो ‘राम्रा विद्यार्थीहरूको’ समूह एसएलसीमा प्रथम श्रेणीमा पास भयो। म जिल्लाकै प्रथम भएछु। प्रतिकूल परिस्थितिमा पनि तत्कालीन समयमा हामीहरूको तयारी आजका पिँढीलाई मार्गदर्शन हुन सक्दछ। #डा. कुसुमाकर शर्मा |
सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) १. झझल्को मेरी आमाको (कृष्णभूषण बल) चोलो चौबन्दी, बर्को सेतो सारी थियो खाँडीको ढाडमा थुन्चे, पटुकामा खुरुम्बी तुनामा फूल गुराँसको आँखा रसिला तर्तर पसिना सायद जाँदै थिइन् माइती एकै झल्को देखेँ झन्नै बोलाएँ थियो उनमा मेरै आमाको आकृति । २. दुई सहर (विक्रम सुब्बा) उता चिडियाखाना छ सर्प छन्, गोही छन् स्याल र भालु छन् गिद्धहरु छन् । यता मन्त्रालय छन्, क्याबिनेट छ प्रधानमन्त्री, मन्त्री अध्यक्ष र सांसदहरु छन् । वागमतीको पुलले यी दुवै सहरलाई चुपचाप जोडिदिएको छ । ३. खलामा (ज्ञानेन्द्र खतिवडा) खलामा दाइँ गर्दै छु दुईओटा गोरूहरु घुमिरहेछन् पछिपछि लौरो लिएर म पनि घुमिरहेछु होइन–होइन तीनओटा गोरूहरु घुमिरहेछन् कि म पनि त गोरू झैँ खटिरहेछु ! म महागोरू खट्नसम्म खटिरहेछु किनकि पराल र धान छुट्टिएपछि पराल गोरूको हुन्छ, धान र पराल छुट्टिएपछि धान साहुको हुन्छ, वर्षभरि खट्नुपर्ने खेतचाहिँ मेरै हुन्छ । ४. मन्त्रीमण्डल (किशोर पहाडी) पानी प¥यो भनेर छाता किनेको, त्यो त बर्सात्को अन्तिम दिन पो परेछ ! ५. विकल्प (नरेश शाक्य) कुहिरोभित्र काग हराइरहेछ जति बाटो खोज्छ घनीभूत अन्धकारमा, उति हराउँछ ! हराउनु बाहेक उसको अगाडि कुनै विकल्प छैन । #विप्लव ढकाल #स्मार्ट पोयम्स् |
रचनाको मूल्य: मन-मस्तिष्कमा उब्जिरहने अनेकन उकुसमुकुसहरू कसैलाई पनि म सहजै व्यक्त गर्न सक्दिनँ । व्यक्त गर्न सके पनि मनले खाएका एकाध व्यक्तिलाई मात्र गर्दछु । मलाई लाग्छ, हामीमध्ये आफ्ना सारा उल्झन र गुम्फनहरू अर्को व्यक्तिसँग बोलेर व्यक्त गर्न अलि बढीले सक्छौं । तर लेखेर व्यक्त गर्न भने धेरै कमले मात्र सक्छन् । जसले लेखेर मानवीय भावनाहरू व्यक्त गर्न सक्छन्, तिनीहरूले ती भावनाहरू धेरै माझ पुगून् भनेर सम्प्रेषणको माध्यम खोज्छन् । दीपक श्रेष्ठ मैले धेरै माध्यमहरूमार्फत् आफ्ना मनका भावनाहरू पोख्न धेरैपटक प्रयास गरेको छु । रेडियो, टेलिभिजनका कार्यक्रमका साथै पत्रपत्रिका र अहिले आएर अनलाइन मिडियाहरूमा समेत आफ्ना नयाँ-पुराना रचनाहरू निरन्तर पठाइरहेको हुन्छु । एकल प्रस्तोता रहने रेडियो, टेलिभिजनका कार्यक्रम होस् वा सीमित सम्पादकमण्डल रहने दैनिक पत्रपत्रिका तथा साहित्यिक पत्रिकाहरू, प्रसारण र प्रकाशनको निम्ति कसले कति जनाका रचनाहरू पढ्न भ्याउलान् ? पढेर कति जनाको रचना छान्न सक्लान् ? अनि प्राप्त भएका रचनाहरूमध्ये छानेर कति जनाको रचना प्रकाशन, प्रसारण गर्न सक्लान् ? यसको मारमा म जस्ता नवआगन्तुक लेखक/रचनाकारहरू त परेकै छन्, स्थापित लेखकहरू पनि कतै यस्तै समस्यामा परेका पो हुन् कि भन्ने महत्त्वपूर्ण प्रश्न मेरो मनमा उब्जिएको छ । लेख्नुको एउटै उद्देश्य, लेखिएका भावनाहरू कसै न कसैले पढून् भन्ने नै हुन्छ । लेखिसकेपछि जतिसक्दो छिटो पाठकहरूसम्म पुगोस् भन्ने नै हुन्छ । तर हामी धैर्य गर्न सक्दैनौं । म धैर्य गर्न सक्दिनँ । अरू धेरै लेखकहरूमा पनि धैर्यताको कमी देखिन्छ । मलाई त कुनै रचना सकेर अन्तिम पटक रुजु गरिसकेपछि कसलाई पठाउँ भन्ने हतारोले गाँज्छ । खासमा साहित्यिक प्रकाशनका सम्पादकहरू आफूकहाँ पठाइएका रचनाहरू अन्त नपठाउनु भन्ने सूचना पनि जारी गर्नुहुन्छ । तर जसरी पनि पाठकसम्म पुर्याउनै पर्छ भन्ने मान्यता हावी हुँदा म भने धेरै सम्पादकहरूलाई पठाउने गर्थें । लामो समयसम्म छापिएर नआएपछि अघि उठाएका प्रश्नहरूले हिर्काइरहन्छ बारम्बार । [bs-quote quote=”करिब एक दशकदेखि भने हामी सबैले गज्जबका मञ्चहरू भेट्टाएका छौं । फेसबुक, ट्वीटर तथा ब्लग साइटहरू प्रशस्त छन्, जहाँ हामी मनले चाहेको बेलामा आफ्ना रचनाहरू पोष्ट गर्न सक्छौं, ब्लग बनाएर राख्न सक्छौं । तर ती मञ्चहरूमा कहाँ हामीले सोचेका पाठकहरू पुग्छन् र !” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] करिब एक दशकदेखि भने हामी सबैले गज्जबका मञ्चहरू भेट्टाएका छौं । फेसबुक, ट्वीटर तथा ब्लग साइटहरू प्रशस्त छन्, जहाँ हामी मनले चाहेको बेलामा आफ्ना रचनाहरू पोष्ट गर्न सक्छौं, ब्लग बनाएर राख्न सक्छौं । तर ती मञ्चहरूमा कहाँ हामीले सोचेका पाठकहरू पुग्छन् र ! फेसबुकमा त आफूले बनाएका साथीहरू मात्र न हुन्छन् ! जहाँ उनीहरूले हाम्रा रचनाहरूलाई लाइकसिवाय अरू खासै बलियो दृष्टिकोण दिनुहुन्न । मन दुखाउने हो कि भन्ने मानेर कुनै नकारात्मक टिप्पणीहरू दिनुहुन्न । सल्लाह/सुझाव त परको कुरा भयो, जे लेखे पनि ‘आहा !’, ‘राम्रो !’ भन्दा माथि कहिल्यै नगएको देखेकै/भोगेकै छौं हामी सबैले । अनि ब्लग पछ्याउने त नगन्य नै छन् । तर पनि त्यतिमै चित्त बुझाउनु परेको छ हामीले । यो दुखलाग्दो स्थिति हो । साहित्यका विभिन्न विधामा कलम चलाएर, कृतिहरू प्रकाशन गरेर एउटा तहमा पाठकको मन-मस्तिष्कमा नाम लेखाइसकेका लेखकहरूले गर्ने नयाँ सिर्जनाहरूको समेत उस्तै हविगत हुन्छ कि त ? ख्याति कमाइसकेका लेखकहरूले कहिले हामीमाझ नयाँ रचना ल्याउलान् भनेर पर्खने पाठकहरूको सङ्ख्या धेरै नै रहेको छ । तर उनीहरू पनि पाठकसम्म पुग्न हतारो गर्नेकै लहरमा त उभिइरहेका छैनन् ? फेसबुकजस्ता सामाजिक सञ्जालमा आउने रचनाहरूको भेलमा परेर आफ्ना अमूल्य रचनाहरूलाई खेर फालिरहेका त छैनन् ? भेलमा परेर उछालिएका रचनाहरू त्यसै नामेट भएर जान्छन् । त्यसको ज्वलन्त उदाहरण बोकेर फेसबुक सबैको हातहातमा बसेको छ । लाइक थिच्नै नभ्याउने गरी ओइरिरहेका हुन्छन् असङ्ख्य लेखकहरूका रचनाहरू । हेर्न नभ्याइने समयमा पढ्न भ्याउने त सयमा एक मात्र हुन्छ कि ! त्यसैले त फेसबुकमा बाढीसरी आउने रचनाहरू समयको छालसँगै पाठकविहीन भएर कतै बेवारिस भएर थन्किएका छन् । एउटा कुरा के प्रस्ट छ भने, पाठकहरू सबैले सबै लेखकहरूलाई सामाजिक सञ्जालमा एकैपटक पछ्याउन सक्दैनन्। आजको जिन्दगीको व्यस्त समयबाट थोरै भए पनि समय निकालेर बरू पाठकले आफूलाई मनपर्ने पुस्तक नै पढ्न रूचाउँछन् । कम्तीमा समय मिलेमा, पछि पढ्ने भनेर किनेर राख्छन् । पुस्तकबाट पाइने पठनको मज्जा अरू माध्यममा पढेर कमै पाइन्छ भन्ने सोच धेरैको रहेको छ । साहित्यिक रचनाहरूले पार्ने प्रभाव त्यतिबेला प्रखर रूपमा देखापर्छ, जब पाठकले त्यो कुरामा अपनत्व देख्दछ। लेखकहरूले सिर्जना गरेका नयाँ रचनाहरू सहजै पुस्तकाकारमा पाउन सरल छैन । पुस्तकको स्वरूप पाए पनि प्रकाशक अनि वितरकहरू व्यवसायिक हुन नसक्दा कैयौं उदीयमान लेखकहरूका नयाँ कृति ढुसी खपेर थन्किनु परेका उदाहरण प्रशस्त छन् । पुस्तकको रूपमा आउनु पहिले नयाँ रचनाहरूले स्तरीय माध्यम र स्तरीय पाठक, स्रोता पाए भने न त्यो व्यापक हुने हो । अनि व्यापकता पाएसँगै पुस्तकहरू संग्रहित गरेर राख्न लायक हुने हुन् । त्यतातिर ध्यान पुर्याउने हो भने लेखकहरूले आफ्ना रचनाहरू सस्तो लोकप्रियता पाएको माध्यममा सम्प्रेषण नगरेकै वेश हुन्छ । यसले गम्भीर पाठकको ध्यान खिच्न कदापि सक्दैन । त्यसैगरी गम्भीर लेखकहरूको ध्यान भङ्ग हुन सक्ने सम्भावना पनि त्यति नै बढी रहन्छ । [bs-quote quote=”लेखकहरूले अहिलेको मात्र सोचेर आफ्ना रचनाहरूलाई सार्वजनिक गर्नु हुँदैन । भलै धेरैले लेखन भनेको स्वान्तसुखाय जप्दै गर्ने काम ठानेका होलान् ! तर के तिनमा प्राण हुँदैन ? अनि प्राण भरिएको रचनाले अस्तित्व खोज गर्छ भन्ने लाग्दैन ?” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] लेखकहरूले अहिलेको मात्र सोचेर आफ्ना रचनाहरूलाई सार्वजनिक गर्नु हुँदैन । भलै धेरैले लेखन भनेको स्वान्तसुखाय जप्दै गर्ने काम ठानेका होलान् ! तर के तिनमा प्राण हुँदैन ? अनि प्राण भरिएको रचनाले अस्तित्व खोज गर्छ भन्ने लाग्दैन ? हामीले आफूले लेखेका कुनै पनि साहित्यिक रचनाहरूले समाजमा पार्ने दीर्घकालीन असरलाई समेत मध्यनजर गर्नुपर्दछ । म सम्झन्छु, मैले यो भाइरस र यसले निम्त्याएको समयलाई आफूले बुझेसम्म र अनुभूति गरेसम्मको उत्साहले लेख्न बसेको समय । एउटा कथा रचिसकेपछि एउटा कविता रचना गर्ने सोच्दै मस्तिष्कमा अनेकन बिम्ब खेलाइरहेथेँ । सारा बिम्बहरू फिका लागिरहेथे । अन्तिममा सिर्फ शीर्षक, बीचमा खाली ठाउँ र अन्तमा दुइटा पूर्णविरामहरू दिएर कविता टुङ्ग्याएको थिएँ । लागेको थियो, ‘भोक र भाइरस’ कविता पूर्ण भयो । मैले शेयर गरेँ फेसबुकमा तर ‘भोक र भाइरस’लाई लहडमै लाइक मात्र दबाए । कुनै प्रतिक्रिया आएन । एक शब्द पनि नबोलेर कत्रा-कत्रा आन्दोलन/सत्याग्रहमा बसेर जित हासिल भएका थुप्रै उदाहरणहरू सम्झदै मैले मेरो कविताले पनि यो भाइरसले निम्त्याएको रिक्तता अनि त्यसकै फलस्वरूप भोकले दिएको खाली पेट अनि फुर्सदले दिएको रित्तो मस्तिष्क दर्शाउन रचेको थिएँ । तर कविता अनाहकमै तुहियो । त्यस कविताले कुनै स्तरीय प्रकाशन माध्यममा स्थान पाएको भए सायद मेरो लेखक मन पुलकित हुन सक्थ्यो । [bs-quote quote=”फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा हाम्रा रचनाहरू हतारमा नछरौं । रचनाहरूले साहित्यिक मूल्य कमाऊन् भन्ने उत्प्रेरणा जगाउनको निम्ति सही विजारोपण हुनु जरूरी हुन्छ । मलाई लाग्छ, कुनै पनि रचना कालजयी बन्न सक्ने सम्भावना र संग्रहित गरेर राख्न योग्य भएको जाँच्ने पहिलो कडी भनेकै यसले सार्वजनिकीकरण हुँदा पाउने उचित माध्यम नै हो ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] यसर्थ मेरो आग्रह के हो भने हामी हाम्रा रचनाहरूलाई उचित मूल्य दिन आफैँ सचेत हुनु जरूरी छ । फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा हाम्रा रचनाहरू हतारमा नछरौं । रचनाहरूले साहित्यिक मूल्य कमाऊन् भन्ने उत्प्रेरणा जगाउनको निम्ति सही विजारोपण हुनु जरूरी हुन्छ । मलाई लाग्छ, कुनै पनि रचना कालजयी बन्न सक्ने सम्भावना र संग्रहित गरेर राख्न योग्य भएको जाँच्ने पहिलो कडी भनेकै यसले सार्वजनिकीकरण हुँदा पाउने उचित माध्यम नै हो । उच्च साहित्यिक चेतले परिपूर्ण सम्पादकमण्डलको मन्थनले गम्भीर लेखकलाई गहन पाठक वर्गमाझ पुग्ने ढोका सहजरूपमा खोलिदिन्छ । लेखकहरूका रचनाले उचित स्थान पाउँछ । त्यस कार्यले अन्तत: साहित्यको भकारी भर्ने काममा महत्त्वपूर्ण योगदान दिनेछ भन्नेमा पूर्णतः विश्वस्त हुने प्रशस्त ठाउँ रहेको छ । नखिपोट, ललितपुर-१४ #दीपक श्रेष्ठ |
कृष्ण धराबासीको औपन्यासिक यात्राः आरोह अवरोह: कृष्ण धराबासी (२०१७) नेपाली उपन्यास परम्पराका अमूल्य निधि हुन् । लीलालेखनको चिन्तन र नवीन प्रयोगमा रुचि राख्ने धराबासीका शरणार्थी (२०५६), आधाबाटो (२०५९), राधा (२०६२), तपाईँ (२०६३) र टुँडाल (२०६५), पाण्डुलिपि (२०६९), गेस्टापो (२०६९) र तल्लो बाटो (२०७४) उपन्यासहरू प्रकाशित छन् । पूर्वकृतिका पात्रहरुको पुनर्लेखन गरी शरणार्थी उपन्यासमार्फत औपन्यासिक यात्रा आरम्भ गरेका धराबासीको औपन्यासिक यात्रा आधाबाटोले निर्माण गरेको आत्माख्यानको नवीन मार्ग र पुनर्लेखनको पथमा नै सफल देखिन्छ । यस मार्गलाई छाडेर फरक फरक पथ पहिल्याउने प्रयास गरिए पनि तपाईं , टुँडाल र तल्लो बाटो ले धराबासीको औपन्यासिक यात्रालाई अग्रगति प्रदान गर्न सकेको छैन । जीवन जीवन्त शरणार्थी अघि पूर्वकृतिका पात्रहरुलाई पुनर्लेखन गरी अर्को उपन्यास सिर्जना गर्ने परम्परा नेपालीमा पाइँदैन । यसप्रकारको शैली पूर्वीय पौराणिक ग्रन्थहरुमा पाइन्छ । पुराण लेखनको पद्धतिमा लीलालेखनको चिन्तनलाई अभिव्यक्त गरेर उपन्यासकार धराबासीले आफ्नो पहिलो प्रवेश (डेब्यु) मा नै एउटा गतिलो सम्भावना प्रस्तुत गरेको छ । यसले एकातिर इन्द्रबहादुर राईले स्थापना गरेको लीलालेखनको चिन्तनलाई उपन्यासको धरातलमा सफल अवतरण गरेको छ भने अर्कोतिर नेपाली उपन्यास परम्परामा पुनर्लेखनको नवीन पद्धति निर्माण गरेको छ । यसमा पूर्वप्रकाशित बसाइँ , मुग्लान , भ्रमर , मुलुकबाहिर लगायतका चौध वटा कृतिका विभिन्न पात्रहरुलाई उही सन्दर्भमा फरक ढङ्गले पुनर्लेखन गरिएको छ । काम र मामको खोजी देश छाडेर जहाँ पुगे पनि नेपालीहरुले आफ्नो भाषा, संस्कृति र परम्परा जोगाएका छन् । त्यसैका निम्ति उनीहरु जन्मिएको विदेशी भूमि मातृभूमि बन्न सकेको छैन र मातृभूमिको खोजीमा आएका नागरिकहरु आफ्नै मुलुकमा शरणार्थी बनेर बस्नुपरिरहेको विडम्बनालाई यस उपन्यास प्रस्तुत गरिएको छ । इमान्दारिता सफल लेखनको एउटा सूत्र हो । आफ्ना जीवनका तितामिठा अनुभव तथा आरोहअवरोहलाई इमान्दारपूर्वक पस्कन सक्नु लेखनका निम्ति चुनौतिपूर्ण कार्य हो । उपन्यासकार धराबासीले यस चुनौतिलाई सफलतापूर्वक सामाना गरेका छन् । उनले आफ्ना जीवनका दर्दनाक र कुरुप यथार्थहरुलाई पनि इमान्दारपूर्वक लेखेका छन् । उनको चर्चा र सफलताको एउटा सूत्र यसै इमान्दार लेखनमा रहेको छ । आधाबाटो र पाण्डुलिपि धराबासीको यथार्थ जीवनको दस्तावेज हो । यसको मुख्य पात्र उपन्यासकार धराबासी हुन् भने यसका घटनाहरु उपन्यासकारको जीवनका यथार्थ हुन् । यसमा सबै पात्र र स्थानहरु पनि यथार्थ नै रहेका छन् । उपन्यासकार स्वयम् र भूमिकाकार विजय सुब्बाले जीवनलाई उपन्यासको संज्ञा दिँदै एउटा जीवनको आरोह अवरोह र त्यससँग सम्बिन्धत यावत् परिवेश समेटिएको कृति भएकाले यसलाई उपन्यासको संज्ञा दिएका छन् । यसै मान्यताका आधार पाण्डुलिपिलाई पनि उपन्यास विधामा राखिएको छ तर यी कृतिहरु आत्मजीवनी हुन् । लेखकको व्यक्ति जीवनलाई नै आख्यानका रुपमा प्रस्तुत गर्ने परम्परा नेपाली साहित्यमा धु्रवचन्द्र गौतमले आरम्भ गरेका छन् । उनले काल्पनिक पात्रको सिर्जना गरी आफ्नो जीवनको यथार्थ चित्रण गरेका छन् । उपन्यासकार धराबासीले उनका आत्मपरक कृतिहरुमा ‘म’ पात्रकै माध्यमबाट जीवनका यथार्थ प्रस्तुत गरेका छन् । यसले प्राप्त गरेको औपन्यसिक मूल्यको लेखाजोखा जुनसुकै किसिमले गर्न सकिने भए तापनि ‘म’ पात्रको प्रयोगले यसका घटनाहरुलाई लेखनको जीवन यथार्थसँग एकदम नजिक उभ्याएको छ । उपन्यासकार धराबासीको जीवनका निम्ति महत्त्वपूर्ण दुई पात्र– आमा र श्रीमतीको अन्त्यसँगै उनका आधाबाटो र पाण्डुलिपि को पनि क्रमशः अन्त्य भएको छ । निश्चित पात्र र समयको एकान्वितिमा आएका घटनाहरुको दस्तावेजलाई स्वीकार गरेर उपन्यासको कोटीमा उभ्याउँदा यी कृतिहरु इमान्दार लेखनका निम्ति नमुना बन्न सक्ने देखिन्छन् । उपन्यासकार कृष्ण धराबासीमा उत्तरआधुनिकतावादप्रतिको झुकाव शरणार्थी उपन्यासदेखि नै रहेको छ । विनिर्माण र विधामिश्रणलाई उनले प्रारम्भिक उपन्यासहरुमा सफल रुपमा प्रयोग गरेका छन् । यस्तै प्रकारको प्रयोगको उत्कर्ष तपाईं उपन्यासमा पाइन्छ । द्वितीय पुरुष दृष्टिविन्दुको समाख्यानात्मक शैलीमा लेखिएको यस उपन्यासमा बहुनायकत्वको खोजी गर्ने प्रयास पनि गरिएको छ । आख्यानभित्र आख्यानकै विषय रहेको, लेखक, पाठक र समीक्षकजस्ता वास्तविक जीवनका यथार्थ पक्षहरुलाई आख्यानको काल्पनिक संसारमा समावेश गरिएकाले यसले परम्परागत आख्यानको सीमालाई नाघेर अधिआख्यानको दायरामा प्रवेश गरेको छ । यस उपन्यासले प्रयोगको नाममा परम्परागत धारणालाई मात्र भत्काएको छैन आफ्नै आख्यान संरचनाको गतिशीलतालाई पनि अवरोध पु¥याएको छ । प्रयोगको अतिशय बोझले उपन्यासको मूल्यलाई गौण बनाएको हुँदा यो उनको नवीन प्रयोगको चरमोत्कर्षका साथै औपन्यासिक यात्राको अपकर्ष पनि हो । कृष्ण धराबासी राधा लीलालेखन र उत्तरआधुनिकतावादी विनिर्माण तथा पुनर्लेखनको सफल प्रयोग गरिएको उपन्यास हो । यसमा भगवान् कृष्णप्रतिको पौराणिक धारणालाई विनिर्माण गर्न राधामार्फत कृष्णको कथालाई पुनर्लेखन गरिएको छ । परम्पराले ईश्वरीय शक्ति प्रदान गरेको कृष्णलाई स्वाभाविक मानवीय गुण प्रदान गरी उनका चामत्कारिक कार्यहरुलाई यसमा वर्तमान समयसापेक्ष पुनर्लेखन गरिएको छ । उपन्यासकारकै भाषामा यस उपन्यासमा पौराणिक युगलाई वर्तमान समयको चेतना भरेर नयाँ बनाउन खोज्दा पुराणका देवताहरु यसमा साधारण मानिस भएका छन् । उनले यसमा पनि शरणार्थी उपन्यासमा जस्तै परम्परामा सीमान्त पात्रको कथालाई पुनर्लेखन गरेको उल्लेख गरेका छन् । शरणार्थी उपन्यासमा पूर्व कृतिका काल्पनिक पात्रलाई पुनर्लेखन गरी जीवन्त बनाइएको छ भने यसमा परम्परामा बाँचेका पात्रहरुलाई काल्पनिक बनाइएको छ । समाजमा पौराणिक कालदेखि स्थापित परम्परागत मान्यतालाई भत्काएर आधुनिक समयसापेक्ष पुनर्लेखन गर्नु लेखकीय हिम्मत र औपन्यासिक शक्ति दुवै हो । यसैको मूल्य स्वरुप प्रस्तुत उपन्यासले मदन पुरस्कार पनि प्राप्त गरेको थियो । टुँडाल उपन्यासमा भक्तपुरको सांस्कृतिक परिवेशमा अङ्कित यौनबिम्बलाई विषय बनाइएको छ । संस्कृतिले सम्पन्न हाम्रो मुलुकमा वस्तुगत अध्ययन अनुसन्धानको अभावमा तिनका इतिहास हराउँदै गएको छ । सांस्कृतिक अध्ययनको अभावमा तिनका सामाजिक पक्षहरुको पनि अध्ययन हुन सकेका छैनन् । यस प्रकारको अनुसन्धानमूलक विषयलाई उपन्यासमार्फत उठान गर्ने प्रयास गर्नु यस उपन्यासको शक्ति हो । तर यसमा उपन्यासकार धराबासीको मौलिक पहिचान प्रकट भएको छैन । विनिर्माण र पुनर्लेखनमार्फत नेपाली उपन्यास परम्परामा छुट्टै पहिचान बनाएका धराबासीको मौलिकता यस उपन्यासमा पाउन सकिँदैन । तपाईं र टुँडाल उपन्यासमा हराएको उपन्यासकार धराबासीको मौलिकता गेस्टापो उपन्यासमा नवीन विषयसहित पुनोर्दय भएको छ । जर्मनीको ऐतिहासिक परिवेशमा सिर्जना गरिएकोे यस उपन्यासमा दोस्रो विश्वयुद्धका खलनायकका रुपमा चित्रित हिटलरप्रतिको नवीन दृष्टि प्रस्तुत गरिएको छ । इतिहासले हिटलरलाई नकारात्मक चरित्रका रुपमा व्याख्या गरेको सन्दर्भमा तत्कालीन समयको वस्तुगत विश्लेषणमा नवीन धारणा निर्माण गरिएको छ । यसमा हिटलरलाई इतिहासको खलनायक नभई तत्कालीन राजनीतिक–सामाजिक सन्दर्भले जन्माएको नायक रुपमा चित्रण गरिएको छ । विजेताहरुद्वारा निर्मित इतिहासले अन्याय गरेका चरित्रहरुप्रति वस्तुगत विश्लेषणका आधारमा नवीन धारणा निर्माण गर्ने सन्दर्भमा यस उपन्यासले पुनर्लेखनको पद्धतिलाई सफल रुपमा उपयोग गरेको छ । तर यसले पर्याप्त चर्चाको अभावमा उचित मूल्य प्राप्त गर्न सकेको छैन । राधा उपन्यासमा पुराणको परम्परालाई विनिर्माण गरिएको थियो भने गेस्टापो उपन्यासमा इतिहासलाई पुनर्लेखन गरिएको छ । विश्व इतिहासको पुनर्लेखन गरेर फराकिलो दृष्टि बनाउन सफल उपन्यासकार धराबासीबाट नेपाली इतिहासका यावत् रहस्य र सीमान्त पात्रहरुको पुनर्लेखनका माध्यमबाट नवीन इतिहास निर्माणको ढोका खोल्ने सम्भावना आशा गर्न सकिन्छ । नेपाल राष्ट्रको लामो ऐतिहासिक परम्परालाई परिवर्तित वर्तमान सामयिक दृष्टिबाट हेर्ने औपन्यासिक दर्पण उपन्यासकार धराबासी जस्ता लेखककै कलमबाट निर्माण हुन सक्छ तर उपन्यासकारको अमेरिका यात्राले तल्लो बाटो जस्तो फरक धारको उपन्यास जन्माएको छ । तल्लो बाटो भौतिक सुखको सपना सजाएर अमेरिका जान गैरकानुनी बाटो अवलम्बन गर्ने नेपालीहरुको यथार्थ चित्र हो । शरणार्थी उपन्यासमा विदेशी माटोको मोहलाई त्यागेर आफ्नो मुलुक फर्किएका पात्रहरुको कथा लेख्ने उपन्यासकारले पछिल्लो उपन्यासमा पुनः विदेशप्रतिको मोहलाई विषय बनाएका छन् । यद्यपि दुवैमा राष्ट्र र राष्ट्रियताको गरिमालाई उच्च स्थानमा राखिएको छ । उत्तरआधुनिकतावादी विनिर्माणवादी पद्धतिमा पहिचान बनाएका उपन्यासकार धराबासीलाई यस प्रकारको परम्परागत यथार्थवादी लेखनले अर्को सफल पहिचान प्रदान गर्न सकेको देखिँदैन । नेपाली उपन्यास परम्परामा पचासको दशकपछि उत्तरआधुनिकतावादी लेखनको प्रभाव धेरै पाइन्छ । उपन्यास लेखनमा यसको सफल प्रयोग गरी उत्तरआधुनिकतवादी नेपाली उपन्यासलाई उचाइ प्रदान गर्ने कार्यमा उपन्यासकार धराबासीको योगदान महत्त्वपूर्ण रहेको छ । उनको लेखनले लीलालेखनको अन्तर्यभित्र व्यापक रुपमा उत्तरआधुनिकतावादी प्रवृत्तिलाई अङ्गालेको छ । उनका उपन्यासमा विधाभञ्जन, विधामिश्रण, बहुनायकत्वको खोजी, द्वितीय पुरुष दृष्टिविन्दुको प्रयोग, अधिआख्यानात्मकता आदि विविध नवीन प्रवृत्तिहरुको प्रयोग पाइए तापनि पुनर्लेखनले नै उनको सफल औपन्यासिक प्रवृत्ति हो । यसै पुनर्लेखनमार्फत नेपाली उपन्यासलाई थप उचाइ प्रदान गर्नमा उपन्यासकारको आगामी कदम अपेक्षा गर्न सकिन्छ । #कृष्ण धराबासी #जीवन जीवन्त |
अँध्यारो उज्यालो: शब्दमा अँध्यारोको प्रशंसा गर्न जति सहज छ, भोग्न अति नै कठिन छ । उज्यालो र अँध्यारोको विषयमा धेरै दार्शनिक कुरा लेख्न सकिन्छ । अँध्यारो बनाइदेऊ, उज्यालो कष्टकर भयो भन्न सकिन्छ । तर जसले जे भने पनि अँध्यारो समस्याको मूल जरा नै हो । कुनै बेला काठमाडौंमा सिमित मानिसहरूले मात्रै बिजुली बत्तीको उपभोग गर्थे । म आफैँ सानो छँदा बिजुली बत्ती आइसकेको थिएन । रात पर्नुभनेको पुरै अन्धकार हुनु थियो । अँध्यारो भएपछि आमा र हजुरआमासँग टांसिएर बस्नु नै सबैभन्दा सुरक्षित थियो । आमाहरू पनि यही पो चाहनु हुन्थ्यो, शायद । उहाँहरू यही अँध्यारोको बेला भूतका कथा सुनाउनु हुन्थ्यो । आज बोक्सीको कथा, भोलि किचकन्नेको कथा, पर्सी तान्त्रिकको कथा । कथा पनि पैलताले नटेकीकनै अलिअलि उडेर गएको, भूतले पछाडिबाट गर्लम्म अंगालो हाल्न आएको । यस्ता कथाहरू रोमाञ्चकारी पनि हुन्थ्यो । आफूलाई अत्यन्तै माया गर्ने आमा र हजुरआमाले भन्नुहुने कथा भएकोले विश्वास पनि लाग्थ्यो । अनि सबैभन्दा ठूलो कुरा अति डर लाग्थ्यो । स्नेह सायमि उबेला अहिले जस्तो कोठापिच्छे बाथरुम कहाँ ? पिसाब फेर्न घरबाहिर अलि पर चर्पी बनाइएको हुन्थ्यो । घर अन्धकार, बाहिर झन अन्धकार , त्यसैले पिसाब फेर्न मन लागे पनि डरले चुपचाप बस्थ्यौं । राति पिसाब फेर्न जानुपर्यो भने हामी दुई-तीनजना सँगै जान्थ्यौं, सबै डराएको अवस्थामा । टुकी वा लालटीन हुन्थ्यो । त्यो पनि के के भएर अचानक निभ्थ्यो । एक जना चर्पीभित्र पसेपछि दुईजना बाहिर गार्ड बसिन्थ्यो । यसरी हतार हतार पिसाब फेरेर आउनुपथ्र्यो । अँध्यारोमा विभिन्न आकारका छायासँग जम्काभेट हुन्थ्यो र हरेक छाया भूतजस्तो लाग्थ्यो । म १० वर्षको हुँदा मेरी आमा बिरामी पर्नुभयो । के बिरामी हो ? थाहा भएन, तर लामो समयसम्म बिरामी हुनुभयो । उबेला हाम्रो उपचार गर्ने भनेकै किर्तिपुरमा । किर्तिपुरमा नाम चलेको ज्योतिष, झारफुक, वैद्य, कम्पाउण्डरहरू थिए । हामीहरू बिरामी पर्दा उतै लाग्थ्यौं । मेरी आमाले सबै आफ्ना नौजना सन्तानहरूलाई किर्तिपुरमैं उपचार गराएर हुर्काउनु भयो । आमा बिरामी हुँदा झारफुके, वैद्य वा कम्पाउण्डर बोलाउन र औषधि लिन जाने मैं हुन्थें । नैकाप र किर्तिपुर भएर जाँदा अहिलेको भिराडील, बल्खु खोला, खोलाछेउका मसानघाट अति सुनसान र डरलाग्दो हुन्थ्यो । आमाको कथाको भूत त्यही मसानघाटबाट उठेर मलाई पछ्याइरहेको जस्तो लाग्थ्यो । पछाडि फर्केर हेर्न पनि डर लाग्थ्यो । जूनको उज्यालोमा देखिएको रूखका छाया, बाटोका ठूलो ढुंगा, यी सबै अँध्यारोमा नै लाग्थ्यो । म एकै सासमा कुदेर नैकापबाट किर्तिपुर र किर्तिपुरबाट नैकाप पुग्थें । मेरो बाल्यकालको बाध्यात्मक यात्रामा रातले यति धेरै सास्ती दिन्थ्यो । अहिले सोच्छु, यो अन्धकारले यसरी सताउँदो रहेछ । कहाँ बोक्सी हुनु, कहाँ भूत हुनु , कहाँ किचकन्ने हुनु ! तर मेरो लगायत आमाहरू र हामी केटाकटीहरूको मन मस्तिष्कमा भूत हालिदिएपछि त्यो भूतले पुस्तौंपुस्ता हजारौं लाखौं जनमा यसरी छोप्दो रहेछ, सताउँदो रहेछ । एकपटक हालिदिएपछि निकाल्न कठिन हुने रहेछ । अहिले लाग्छ, त्यो भूतको स्रोत के हो ? किन भूतका यति धेरै कुराहरू भए मेरो बाल्यकालमा ? त्यो स्रोत भनेको त उबेलाको अन्धकार नै थियो । दिउँसोको उज्यालोमा भूत नआउने, रातमा आउने भनेको के हो त ! त्यतिबेलाका जनसाधारणले उज्यालोमा रात काट्न नपाएका कारण जन्मेको डरको कथा हो भूत ! त्यस्तै राति भूत आउने कथाले त्यतिखेरका शासकहरूलाई शोषण गर्ने, आफ्ना दूतहरूमार्फत राज्यका विद्रोहीहरू बेपत्ता पार्ने, चेलीबेटी उठाउने अवसर हो । जनताहरू भूतका कथा हालेर डराएर रहुन्जेल स्रोत र शक्ति सम्पन्न सत्तालाई दमन गर्न सजिलो हुने रहेछ । आमाहरू स्वभावैले मायाका अपार स्रोत त हुनुहन्थ्यो, तर उहाँहरू नै अन्धकारमा हुनुहुन्थ्यो । आमाहरूले माया गरेरै, आफ्ना सन्तान अँध्यारोमा बाहिर नजाउन र भूतले नलैजाउन भन्ने उदेश्यले बेलैमा भूतको डर हालिदिनुहुन्थ्यो । तर त्यो भूतको डर कति खतरनाक भनेर थाहा नपाएरै जीवन सकाउनु हुन्थ्यो । हामी पनि त्यही अन्धकार संसारमा सबैभन्दा बढी माया गर्ने आमासँग ग्रहण गरेर लामो समय त्यत्तिकै डराइरह्यौं । त्यसैले अन्धकार अति खतरनाक कुरा र सोच रहेछ । अहिले आधुनिक युग, एक्काइसौं शताब्दीमा आइपुग्दा ती पुराना अँध्यारा र अँध्याराका कथाहरू छैनन् । ती सबै किंवदन्ती नै भइगए । तर नयाँ अँध्याराहरूको जन्म भइरहेको छ । कसैले तपाईं र मेराबीच सम्बन्ध बिगार्नुपर्यो भने केही गारो छैन । कुनै तेस्रो व्यक्तिले मलाई वा तपाईँलाई एकअर्काको विरुद्धमा कुरा लगाइदियो र त्यही कुरालाई पत्याइदियो भने सम्बन्धमा तीतोपन आइहाल्छ । हामीले एकअर्कामा तेस्रो व्यक्तिको कुरामा सत्यता छ कि छैन भनेर जाँचै नगरी अन्धकारमा बस्यौं भने सम्बन्ध सकियो । यो अन्धकार कति खतरनाक छ भने, त्यसले राजनीति र बाहिर त असर पार्छ पार्छ, आफ्नो प्रियजनहरू बीच त विषको नै काम गर्छ । म हिजोआज योखाले अन्धकारको भुक्तभोगी छुँ । मेरोबारेमा तपाईंलाई कसैले कुनै नकारात्मक कुरा सुनाइदिन्छ र तपाईं त्यही कुरा पत्याएर चिसो भइदिनुहुन्छ र हाम्रो सम्बन्धमा त्यहीं अवरोध आउँछ । यस्ताखाले अन्धकारका बाहकहरूको बाढी नै आएको छ । यी अन्धकारका बाहकहरू आफ्नै क्षमताले त केही गर्न सक्दैनन तर अरूको सम्बन्धमा खुम्रे कीरा राख्न सक्छन् । म यो अन्धकारबाट अति त्रस्त छु । मैले त तपाईंको बारेमा कसैले कुरा गर्न आउँछ भने पत्याउन छाडिसकें । मलाई सबैभन्दा बढी आफ्नो नजिकक प्रियजनहरू बीचको सम्बन्धसँग डर लाग्छ । अन्धकारसँग विजय गर्ने एउटै उपाय भनेको उज्यालो हो, त्यो भनेको सम्बन्धमा पारदर्शीता । हामी आफैँ जब पारदर्शी हुँदैनौ तब यस्तो समस्या आउने हो । हामीले पारदर्शी हुनुपर्ने कुरा र विधि अझै धेरै छन् । मेरा प्रियजनहरू, अझै पारदर्शी हौं र अन्धकारका दूतहरूसँग बचौं | #जीवनको रङ #स्नेह सायमि |
मित्रबन्धु पाैडेलका केही सेन्यू: सडकभरि ‘यदुवंशी’ भिडन्त विवेक हार्छ । ई………राजनेता ! जनमन छाडेर आत्मरतिमा? छताछुल्ल भाे, असारे झरिभरि सत्ताकाे आँशु ! गण-गाँड पाे गलगाँड हुँदैछ- गणतन्त्र याे । …तान्त्रिकहरू ‘शरण’काे तन्त्रले देश-प्रहार ! घातक अस्त्र काेराना -कुर्सीहरू भाेक- भाेजन । श्रीपेच विना कत्ति नसुहाएकाे याे ‘खड्ग र्याली’ ! उधाराे छापेँ फ्लेक्स, फाेटा र नारा बिल पठाउँ ? याे समय त हल्दी-पानीकाे पाे त कुर्सी हैन नि ! अन्तिमचाेटि काेराेनासँग भिड्न ‘खड्ग’ उचालूँ ? #मित्रबन्धु पाैडेल |
लेखिका हेलेन बेइलीका हत्यारालाई थप ३४ वर्षको कैद माग: लेखिका हेलेन बेइलीसँग इयान स्टेवार्ट २०१६ मा हत्या गरिएकी बाल साहित्यकी लेखिका हेलेन बेइलीका हत्याराले यसअघि पनि पत्नीको हत्या गरेको खुलासा भएको छ। लामो समयदेखि सँगै बसेका इयान स्टेवार्टले उनको हत्या गरेका थिए। हेलेनले बालबालिका तथा किशोरकिशोरीहरूका लागि शृंखला पुस्तक लेखेकी थिइन्। पुस्तक लेखेरै करोडपति बनेकी हेलेनको २०११ को अप्रिल ११ मा उनको घर नजिकै घुमघाममा निस्किएको पछिल्लो पटक देखिएयता २० पुस्तककी लेखिका उनी गायब भएकी थिइन्। २०१८ मा उनको हत्या भएको र त्यसको आरोप त्यो बेला सँगै बसिरहेका इयानमाथि शंका सोझिएपछि उनलाई जेल हालिएको थियो। अनुसन्धान थपिँदै गर्दा इयानकी प्रथम पत्नीको पनि हत्या गरेको खुलासा भएको छ । उनको यस नयाँ अपराध खुलासा भएपछि थप ३४ वर्ष सजाय थप्न प्रहरीले अदालतसँग आग्रह गरेका छन् । लेखिका हेलेन बेलीको इलेक्ट्रा ब्राउन शृंखला पुस्तक निकै चल्तीको पुस्तक हो । यही शृंखलाले उनलाई करोडपति लेखिका बनाएको थियो । फरेन्सिक साइन्टिस्ट बन्छु भनेर लक्ष्य ललिएकी उनी पछि लेखिका भएकी थिइन् । उनको पहिलो पति जोन सिनफिल्ड बिदा मनाउन बार्बाडोस गएका बेला पौडी खेल्दाखेल्दै ज्यान गुमाएका थिए। हत्याराले ४० लाख पाउन्डको इन्स्योरेन्स हत्याउन हेलेनको हत्या गरेको थियो। यतिबेला पूर्वपत्नीको समेत हत्या गरेको पाइएपछि एउटा हत्यारालाई लेखिकाले कसरी विश्वास गरिन् होला भन्दै लेखिका हेलेनप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रशंसक बढेका छन्। #द टाइम्स |
भूपिनको 'एउटा नोटको जीवनी' र जन्मकथा: कवि भूपिनले सन् २०१३ को अन्ततिर यो कविता लेखेका थिए । जुनबेला उनी ’मनी टक्स’वाला देश अमेरिकाबाट धेरै आफन्तहरूलाई दुःखी बनाएर नेपाल फर्किएका थिए । क्याम्पसका बिहानी कक्षाहरू सकिएपछि उनी कहिलेकाहीँ रिजाल बाजेको पान पसलमा जान्थे, जुन चितवन जिल्ला समन्मय समितिको चोकमा बर पिपलको रुखमुनी थियो । कुनै दिन त्यहाँ कलेजका एक साथी कृष्ण भुषाल आए र मुख मिठ्याउँदा रिजाल पान खाए । पैसा फिर्ता लिने बेला उनले तर्सिएको भावमा रिजाल दाइलाई भने, ’मलाई यो हैन, पानको रस नलागेको अर्को नोट दिनुस् ।’ कवि भूपिन कविलाई त्यसबेला लाग्यो कि – “यो कस्तो विरोधाभाष हो ? पान खाने अनि पानको रस लागेको नोट नचाहिने ? यो नोटप्रति अतिसय आसक्ति हो कि घृणा ?” पान खाने व्यक्तिले कवितिर फर्किएर आँखा झिम्काउँदै भने, ‘सर मलाई पानको रस लागेको नोट पकेटमा राख्न घिन लाग्छ ।’ कवि साथीको कुरा सुनेर सनन्न भए र उनका दिमागमा तरंगहरू चल्न थाले –“ हो त ! पैसा त निकै फोहोर वस्तु हो ।” जुनकुरा कविले कहिल्यै सोचेका थिएनन् । मानिस अरू सबै कुरा सफा गर्छ, तर नोट सफा गर्दैन । जरुरत महसुस गर्दैन । पैसा त रोगको घर पनि त हो । तर यसैलाई मानिस किन यति मूल्यवान मान्छन् । किन यो अचेल फूलभन्दा पनि बढी ईश्वरलाई चढाइन्छ ? त्यसपछि कविले बाइक स्टार्ट गरे । बाटोमा मैले केवल पैसाको जीवनीबारे चिन्तन गरे । र कोठामा आएर निकै स्वभाविक रुपमा यो कविता लेखे । भूपिनको यस कविता सबैभन्दा धेरै वाचन भएको कविता हो । यस कवितामा कवि अमृता स्मृतिले सस्मरणमा लेखेकी छिन्, ‘यो कविता पढेपछि मैले मन्दिरमा पैसा चढाउँन छाडिदिएँ ।’ कविको विचारमा मानिसले आविष्कार गरेको सबैभन्दा शक्तिशाली (र खतरनाक पनि) भौतिक वस्तु पैसा हो र आत्मिक सत्ता ईश्वर हो । यो कविता ती दुवैलाई जोड्ने एक कथा हो । कविता- एउटा नोटको जीवनी मेरो हातमा हजारौं हातहरूको फोहोर टाँसिएको कागजको एक नोट छ म त्यसको जीवनी पढिरहेछु । यो नोटको जन्मको बारेमा म बिल्कुल अनभिज्ञ छु । तर थाहा छ मलाई कुनै बैंकको सफा कुनाबाट यो नोटको फोहोर यात्रा सुरू भयो । एक क्यासियरले जिब्रोको थुकमा बूढी औंला चोबेर गन्यो यो नोट र पहिलोपटक थमायो ग्राहकको हातमा । बैंकबाट बाहिर निस्किएपछि नोट पुग्यो मासु पसलमा । नोटमा बगरेको हातको आलो रगत टाँसियो । त्यसपछि पुग्यो नोट रूघाग्रस्त साहूको हातमा नोटमा साहूको सिंगान टाँसियो । त्यसपछि पुग्यो नोट कुनै आसामीको हातमा जो भर्खरै पिसाब फेरेको हातले नोट गन्दै थियो । पुग्यो नोट भर्खरै वाथरुममा सेफ्टी प्याड निकालेर बाहिर निस्किएकी मालिक्नीको हातमा नोटमा टाँसियो मासिक श्रावको रगत । पुग्यो नोट यौनकर्मीको हातमा जसमा टाँसियो चिप्लो यौनरस । भ्रष्ट, तस्कर, दलाल पण्डा, नेता, हिपोक्रेट सबैको हातहातसम्म नोटको यात्रा जारी रह्यो । एकपटक बढो मुस्किलले गरीबको हातमा पनि पुग्यो नोट जसमा उसको आँसु र पसिना पनि मिसियो । तर भोलिपल्ट नै नोट पुग्यो बेरोजगारीले किलकिले अँठाएर कुलतमा फसेको कुनै युवकको हातमा त्यसमा गाँजाको गन्ध टाँसियो अफिमको वासना टाँसियो । लामो यात्रापछि अन्तमा पुग्यो नोट एक भक्तको हातमा भक्तले चढायो भगवानलाई त्यही नोट । म पढिरहेछु एउटा नोटको रोमाञ्चक जीवनी । तर बुझिरहेको छैन कि किन चढाउँछ भक्तले देउतालाई यो फोहोर नोट ? किन सबैभन्दा सफा लाग्छ मानिसलाई यो फोहोर नोट ? #भूपिन |
नक्कली विद्वानको बिगबिगी: गएको एक वर्ष यता नक्कली पत्रकार, विश्लेषक र राजनीतिक कन्सल्टेन्टले युनाइटेड अरब इमिरेट्सका बारेमा प्रशस्ती गाएका आलेखहरू संसारका चर्चित अखबारहरूमा ठाउँ पाएको खुलासा द डेली बिस्ट पत्रिकाले गरेको छ । ती कथित विद्वानहरूले जेरूसलेम पोस्ट र साउथ चाइना मोर्निङ पोस्टका लागि शृंखलाबद्ध आलेख लेखी युएईका पक्षमा माहोल बनाउने कार्य गरेको पत्रिकाले खुलासा गरेको हो। यस्ता नक्कली लेखकहरूका बारेमा त्यो बेला शंका बढ्न थाल्यो, जब ती अनुहार भएका व्यक्तिका बारेमा खोजी शुरू भयो। त्यस्ता १९ नक्कली व्यक्ति फेला पारिएको पत्रिकाले जनाएको छ। यस्ता नक्कली लेखकले ४६ वटा विभिन्न पत्रिकाहरूमा ९० वटा सम्पादकीय पृष्ठमा ठाउँ सुरक्षित गरेको पनि खुलासा गरिएको छ। नक्कली लेखकका नक्कली लिङ्क्ड इन र ट्वीटर प्रोफाइल बनाइएको, लेखकका तस्बिरहरू अरू नै कोही नचिनिएका मानिसहरूको राख्ने गरिएको वा आर्टिफिसियल इन्टेलिजेन्स उपयोग री बनाइउको समेत अखबारले जनाएको छ। यस्ता अखबारहरू उदारवादी खेमाका पत्रिकाहरूमा प्रकाशित हुने गरकेो पनि जनाइएको छ। ब्रिटिस लाइब्रेरियनहरूको वेबसाइट स्पाइक्ड र अमेरिकी वेबसाइट वासिङ्टन एक्जामिनरका विचार पृष्ठमा यिनले महत्त्वका साथ ठाउँ पाउने गरेको जनाइएको छ। यस्ता आलेखमा युएईको प्रशंसा र कतार तथा कतारद्वारा स्थापित अल जजिरा मिडियाको खदो खन्ने गरिएको जनाइएको छ। कतारले आतंकवादलाई सघाउ पुर्याउन लगानी गर्ने गरेको समेत यस्ता आलेखमा आरोप लगाइने गरेको छ। यस्तो किन गरिन्छ त? यस्तो गर्नुको प्रमुख कारण आफ्ना पक्षमा माहोल बनाउन यस्तो कार्य गर्ने गरिएको कतार स्थित हमाद बिन खलिफा विश्वविद्यालयका सहायक प्राध्यापक मार्व ओवन जोन्स बताउँछन्। यस्ता लेखकको अनुहार सफ्टवेयरद्वारा निर्माण गरिने र त्यो मान्छे सक्कली हो कि नक्कली हो भन्ने पत्ता लगाउन कठिन हुने बताइएको छ । उबर सफ्टवेयरका पूर्व इन्जिनियर फिलिप वाङले बनाएको यो आर्टिफिसियल इन्टेलिजेन्समा हिजोआज खुबै प्रयोग हुने गरेको छ। यस्ता अदृश्य लेखकको ट्वीटर अकाउन्टमा राजनीतिक कन्सल्टेन्ट र फ्रिलान्स जर्नलिस्टजस्ता परिचय राखिएको पाइएको छ। यस्ता लेखकको ट्वीटरमा अकाउन्ट हुनु स्वयं ट्वीटरकै नीतिको हनन हुने विश्लेषकहरू बताउँछन्। #द टाइम्स |
अनिल माटो र आफ्नो सभ्यतासँग नजिक छन्: यो शृङखलामा हामीले कवि अनिल खतिवडा को कवितामाथि कवि सुर्दशन पौडेल को दृष्टि प्रस्तुत गरेका छौँ । समकालीन नेपाली कविता लेखनमा सक्रिय युवा कविमध्ये अनिल खतिवडा छुटाउन नहुने एक नाम हुन् । कलात्मकता र वैचारिक अभिव्यक्तिको दुर्लभ सन्तुलन पाइने उनका अधिकांश कविताहरूले मानवीय संवेदनाका मिहिन आयामहरूलाई बडो सरलताकासाथ प्रस्तुत गरिरहेका हुन्छन् । नेपाली र अंग्रेजी भाषामा कविता लेख्ने कवि खतिवडाका १० कविताहरू शिखा बुक्सद्वारा प्रकाशित कविता संग्रह ‘उज्यालोका मालीहरु’मा संकलित छन् । आज सोही संग्रहबाट उनका तीन कविताहरूमा टिप्पणीकारले आफ्ना विचार व्यक्त गर्न गइरहेका छन् । कवि अनिल खतिवडा १. अहिल्या एक मुठी माटो हातमा लिएर निर्मलालाई सम्झेँ अनायासै मुखबाट निस्कियो— “हे ईश्वर किन यस्तो?” त्यही माटोबाट एउटा आदिम आवाज आयो— “म पनि उत्तर पर्खिरहेछु ।” अनिल खतिवडाका कविताहरू पढ्दा महसुस हुन्छ, उनी माटो र आफ्नो सभ्यतासँग नजिक छन् । पूर्वीय सभ्यताका विभिन्न मिथक र दन्त्यकथाहरूलाई वर्तमानसँग गाँसेर मानव समाज र स्वभावको विशाल चित्र प्रस्तुत गर्न उनी सफल छन् । वर्तमान नेपाली समाजमा निर्मलाको नामले चिनिएका महिलाहरू विभिन्न नामहरूमा विभिन्न पुरुषहरूबाट परापूर्व कालदेखि नै लुटिँदै आएको र अझै पनि न्याय पाउन नसकेको यथार्थलाई उनले कलात्मक ढंगले व्यक्त गरेका छन् । दन्त्यकथा र वर्तमानलाई जोडेर उनले लेखेका कवितामध्ये दैत्य कथा पनि उत्तिकै बेजोड छ । २. सँगालिएको अतित तिमीले धेरै पहिले पैसा भनेर दिएको पीपलको पात बालापनको खेल भनेर सजिलै भुलिदियौ म मूर्ख अझै त्यही पात लिएर सम्बन्धहरु किन्न बजारमा र्भौँतारिरहेछु । वर्तमान र विगतको समानता औँल्याउने खतिवडाका कवितामा विगत प्रतिको रोमान्टिसिजम् र बितेकै समयमा फर्कन चाहने अभिप्सा पनि उत्तिकै देख्न सकिन्छ । परिवर्तन प्रतिको सन्देह र वर्तमानसँगको उकुसमुकुस उनका अन्य कविताहरूमा पनि प्रवल रुपमा देखिन्छन् । विगतलाई विगतमै रहन दिएर वर्तमानलाई स्वीकार गर्नुको सट्टा बितेका पलमा वर्तमानलाई खोज्दै उनका कवितका पात्रहरू यथास्थितिमा अल्झिन पुगेका छन् । झरीमा तिमी र विधवा कवितामा उनको यही प्रवृत्ति देख्न सकिन्छ । कवितादृष्टि सुदर्शन पौडेल ३. त्याग बलिरहेको दियोलाई सोधेँ— “आफू सक्किएर जल्न तिमीलाई पीडा हुँदैँन?” त्यति भनिसक्दा, दियो निभिदियो र पूरै ब्रह्माण्ड अन्धकारभित्र हरायो । यस कविताले उज्यालोको लागि कसै न कसैले जल्नैपर्ने अवश्यंभावी सत्यलाई अभिव्यक्त गरेको छ । केही प्राप्तिको लागि आवश्यक पर्ने सर्मपण र त्यसको अभावमा पर्नसक्ने क्षतिलाई सजिलैसँग बुझ्न सकिन्छ । उनको अघिल्लो प्रवृत्तिसँग जोडेर हेर्दा यस कविताले पनि वर्तमानप्रतिको अभ्यस्ततालाई नै वकालत गरेको देखिन्छ । दियोले आफू जलिरहँदा सक्किरहेको वास्तविकता नजान्दा ब्रह्माण्ड उज्यालै थियो तर वास्तविकता बुझेपछि अन्धकार छाएको छ । यसले पनि उनका कविताहरुले जानाजान अज्ञानता (विलफुल इग्नोरेन्स)को बाटो पछ्याएको आभाष हुन्छ । र अन्त्यमा, कविता र लेखनका विषयमा टिप्पणीकारका आफ्नै अनेक कमजोरीहरु छन् । कविताजस्तो खुकुलो विधामा कवि र कवितालाई निश्चित वाद वा सिद्वान्तमा कैद गर्नु टिप्पणीकारको उद्देश्य हैन । यहाँ व्याख्या गरिएका तीन कविता अनिल खतिवडाका प्रतिनिधि कविता मात्र हुन् । कला र विचारको सन्तुलनमा लेखिएका यी कविताहरुले समकालीन नेपाली कविताको सुन्दर रुप प्रस्तुत गर्दछन् भन्नेमा म विश्वस्त छु । अनिल खतिवडालाई सुन्दर काव्यिक भविष्यको शुभकामना । #अनिल खतिवडा #सुदर्शन पाैडेल |
भिखारी: चकमन्न सुनसान रात आकासमा चम्किएका सानासाना ताराहरू आँैसीको रातमा लुकेको जून र दोबाटोमा उभिएको म एउटा भिखारी । मन दोधारमा छ यो बाटो जाऊ या त्यो बाटो जाऊ छिटो जाऊ या एकछिन यहीँ टुसुक्क बसाँै लक्ष्यविहीन जिन्दगी न केही बित्ने न केही छुट्ने । भोको पेट टप्प सुकेको प्यासी ओठ केही पाउने आसमा भिरेको झुत्रो झोलाभित्र हात हाल्छु खानको लागि एक गेडो मकै छैन पिउनको लागि एक बोतल पानी छैन । फाटेका लुगाहरू खुट्टामा एकजोर चप्पल छैन टाउको टोपी फाटेर सेतो भित्री देखिरहेको छ याद पनि छैन आफँै किनँे या कसैले दियो । अझै दोधारमा छु दाया जाऊँ या बाया जाऊँ यो बाटो रोजौँ या त्यो बाटो रोजौँ या यही दोबाटोमा अल्मलिरहौँ कोही आउने आसमा केही पाउने आसमा नयाँ बिहानी हुने आसमा । धिक्कार छ मेरो जिन्दगीलाई दोधारमा नै बाँचेको छु यसो आफैँलाई नियाल्छु यी हातहरू सग्लै छन खुट्टाहरू बलियै छन् दुई चार अक्षर पढेको पनि हो सपनाहरू सजाको पनि हो देशको मुहार फेर्न जनयुद्ध पनि लडेकै हो के मा अल्झिएँ आज कहा गएँ ती जोस र जाँगरहरू किन लर्खराएँ यी तन र मन । जब देश परदेश बन्न लागेपछि शाषकहरू लालचर मस्तीमा डुबेपछि शासन कुशासनमा परिणत भएपछि जनताहरू अनाथ र दुर्वल भएपछि । हरेक दिन म जस्ता भिखारीहरू जन्मन्छन् र दोबाटो उभिएर सोच्छन् यो बाटो जाऊ या त्यो बाटो जाऊ दायाँ जाऊ या बायाँ जाऊ लक्ष्यविहीन जिन्दगी न केही बित्ने न केही छुट्ने । #ददिन पाण्डे #भिखारी |
किशनको गजल: देखिँदैन हेर्नुस् खास कसैको प्रगति यहाँ देखिन्छ धेरैको मानसिक दुर्गति यहाँ ।। धेरैछन् पार्टी र विचारहरू राजनीतिको देशको लागि बन्दैन ठोस सहमति यहाँ ।। कसको लागि किन गर्छन् यो राजनीति ? देश र सिमाना दुख्दा हँुदैन आपत्ति यहाँ ।। भ्रष्टहरूकै हालीमुहाली देखिन्छ जताततै नेताहरूको हेर्नुस् बिग्रेको छ मति यहाँ ।। #किशन पौडेल #किशनको गजल |
यस्तो लाग्छ कहिलेकाहीँ: म उनको आँखा भैदिऊँ र हेरिदिऊ आफ्नै आँखा आखिर त्यस्तो के रहेछ मेरो आँखामा ? कि उनी डुबिरहिन् चाहान्छिन् । यस्तो लाग्छ कहिलेकाहीँ म उनको हात भैदिऊँ र स्पर्श गरिदिऊँ आफ्नै हात । आखिर त्यस्तो के रहेछ मेरो हातमा ? कि उनी स्पर्श गरिरहन चाहान्छिन् । यस्तो लाग्छ कहिलेकाहीँ म उनको छाती भैदिऊँ र आफ्नै तस्बिर टाँसेर आँफैलाई सम्झिदिऊँ आखिर त्यस्तो के रहेछ मेरो तस्बिर टाँसेर सम्झिनुमा ? कि उनी हरेक रात छातीमा टाँसेर मेरो तस्बिर मलाई सम्झिरहन्छिन् । यस्तो लाग्छ कहिलेकाहीँ म उनको ओठ भैदिऊँ आखिर त्यस्तो के छ र मेरो आगमनमा कि सबथोक बिर्सिएर उनको ओठ मेरो आगमनमा मुस्कुराइदिन्छ । यस्तो लाग्छ कहिलेकाहीँ म उनको आँसु भैदिऊँ र छुटिनेबेला उनको परेलीबाट खसिदिऊँ आखिर त्यस्तो के छ हामी छुट्नुमा ? कि उनको आँसु मेरो निम्ति खस्नु परोस् । यस्तो लाग्छ कहिलेकाहीँ म उनको पैताला भैदिऊँ र हिँडिदिऊँ आफैँसँग आखिर त्यस्तो के छ मसँग हिँड्नुमा ? कि उनको पैताला काँडा कुल्चिएर पनि मसँगै हिँडिरहन चाहान्छ । यस्तो लाग्छ कहिलेकाहीँ म उनी भैदिऊँ र पर्खि बसुँ आफैँलाई आखिर मलाई पर्खिरहनुमा त्यस्तो के मज्जा छ ? कि म हिँड्ने बाटोमा घण्टौसम्म मलाई पर्खिरहन्छिन् । यस्तो लाग्छ कहिलेकाहीँ म उनी भैदिऊँ अनि आफैँलाई प्रेम गरिदिऊँ र थाहा पाइदिऊँ यति बिघ्न मलाई प्रेम गर्नुको रहस्य । ताकि यतिकै प्रेम गर्न सकुँ उनलाई जो मलाई एकोहोरो प्रेम गर्छे । #प्रदीप योङहाङ #यस्तो लाग्छ कहिलेकाहीँ |
बुवाको झिल्के कोट: मेरा बाको पुरानो एउटा नयाँ कोट छ त्यो पनि अस्ति भर्खर उनकै बिहेमा सिलाएको रे हजुरबुवाले पल्ला घरे काजीको बर्खदिन काममा पाको चारमाना धान दमाइले लगेर सिएको सिलाउँदा फुस्रो थियो रे उनलाई पिटिक्क मन परेको थिएन आजका दिनमा फुस्रो त्यो कोट रंगीन भैसकेको छ र त्योभन्दा प्रिय अरू उनको कुनै लुगा नै छैन । उनले आमालाई सिन्दुर लगाएर यही बाहुलामा पुछेका थिए । अभावको आँसुले यही कोट भिजेको छ र म आसाका सिक्काहरू त्यही कोटबाट झिक्ने गर्थें । उनका साथीभाइको भतेर उनका बाबुको अस्तु छोराको आची एक एक गर्दै सब यसैमा टाँसिएका छन् एक एक गर्दै इन्द्रेणीको सारा रंग भरिएका छन् एक एक गर्दै उमेरको ढंग भरिएका छन् । सायद त्यही भएर होला मैले उनको आँखामा पनि त्यही रंग देख्छु । र सहनु नपरेका त्यो सब सहेर सायद यही कोट अब सम्धीको फेटा कस्न अघि बढ्नेछ छोरालाई बेहुला बनाएर आकर्षक कोट भिराएर उनी दुलही लिन जानेछन् र जानेछन् सायद यही फुस्रो कोटमा उनी आफ्नै मलामी । #बुवाको झिल्के कोट #रुपक अधिकारी |
बालकृष्णको गजल: dav नोटैले कृति रचिने भए कहानी केका लागि हुन्न गलत हो जान्दाजान्दै मनोमानी केका लागि ? किन बनायौ हे दैव ! अलग अलग लिङ्ग तिमीले नजन्मी जीवन मासिन्छ भने जवानी केका लागि ? तिमी आफू हुँदा के बिग्रियो र सप्रियो धर्तीमा एउटा तिमीजस्तै थपिन्छ जलनी केका लागि ? मानव रहेनौ ए दानव, निष्ठुर, पापी तिमी सर्वश्रेष्ठ भनी आफैँलाई सलामी केका लागि ? जन्मसँग किन यत्ति घृणा ए मनुका सन्तती रुँदै रुँदै राम राम जप्दै मलामी केका लागि ? #बालकृष्ण अधिकारी |
म लुटेरा हुँ: तपाईँलाई लाग्यो होला गरिबी निमिट्यान्न पार्लान कार्यकालभित्रै सिंचाइ होला त्यो बाँझो खेतमा साना नानीबाबु प्रविधिसँग खेल्दै सिकाएका स्वाद लिन्छन् । हिलाम्मे बाटो पीच सडक हुनेछन् रोजगारीका निम्ति राहदानी बनाउने दिन जालान् चेलीबेटी निर्धक्क हिँड्न पाउलान् त्यसैले केही नसोची मलाई जितायौ । तिमीहरू जस्तो मुर्खलाई मुर्गा बनाएँ असन्तुष्टलाई ठेक्का पारिदिएँ म लुटेरा हुँ, म लुटिराख्छु अख्तियारले नसमाएसम्म । चप्पल पड्काएर हिजो पो हिँडियो आज सक्दिनँ फुक्क चिउरा र दालमोठ हिजो पो चपाइयो आज सक्दिनँ । किनभने आज त जनप्रतिनिधी हुँ तपाईंको प्यारो नेता तपाईंहरूकै दानापानीले बाँचिरहेको यो लुटेरा आज नि लुटिरहेको छु तपाईंको साथ पाएसम्म । सुरुवात आफँैबाट गर्ने हो त्यसैले घडेरी जोडेकै छु व्यापार बढेकै छ कालाबजारीको हेरम अब चै देश समृद्धि हुनेछ जब सहरमा मेरो नि घर हुनेछ बैंक मौज्दात रकममा वृद्धि हुनेछ । #भोला अस्तानी #म लुटेरा हुँ |
डम्बरको गीत: जसले तिमीसँग अरुको कुरा काट्छ उसले अरूसँग तिम्रो नि कुरा काट्छ । चिल्लो लगाउँदै मीठा मीठा कुरा गर्ने कामले होइन, सधैँ गफैले पूरा गर्ने जसले तिमीसँग अरूको नाक काट्छ उसले अरूसँग तिम्रो नि नाक काट्छ । चाटूँ चाटूँ गर्ने सधैँ महझैँ कुरा मुखमा रामराम बगलीमा छुरा जसले तिमीसँग अरूको शीर काट्छ उसले अरूसँग तिम्रो नि शीर काट्छ । #डम्बरको गीत |
उमेशको गजल: तिमी छौ समय पनि आजकाल खास छ हरपल लाग्छ सब चीज यहँ आसपास छ ।। सम्झौता नगरेको को होला र यो दुँनियामा नव विबाहित जोडीको पनि मलमास छ ।। तोडिने जोडिने त नियती नै हो समयको अझै पनि लाग्छ यो मनलाई तिम्रै नै आस छ ।। सरकार देखाउँछ मलाई सुकुम्बासी ढड्डामा मेरो पनि टाउको लुकाउने ठूलो आकाश छ ।। कसैले दुखाएर दुख्ने दिल कहाँ होर यो मिलेपछि मनमा मन यो रात पनि झकास छ ।। #उमेशको गजल #उमेशजंग रायमाझी |
मानव र मानवता: मानव नै हुन् संसारलाई सुन्दर रूपमा प्रस्तुत गर्ने मानव नै हुन् मानवताको गुण असल रूपमा प्रस्तुत गर्ने मानवता नै हो जसले हामीलाई अरू प्राणीभन्दा भिन्न बनाउँछ यही मानवता नै हो जसले हामीलाई हाम्रो पहिचान दिलाउँछ । खै ! त त्यो मानवता जब भोकोको पेट भर्न सकिन्न खै ! त त्यो मानवता जब नाङ्गोको लाज ढाक्न सकिन्न कसैको चित्त दुखाउन कहाँ पाइन्छ र यति उच्च स्थानमा बसेर पशु भनि हात उठाउन कहाँ पाइन्छ र मानवको ताज शीरमा बोकेर । प्रतिकूल भाव त्यागी अनुकूललाई अगाल्न सके ! मानव र मानवबीचको सम्बन्धलाई सुमधुर बनाउन सके ! के हुँदैन थियो होला यो संसार सुन्दरमय के हुँदैन थियो होलान् प्रकृति र अरू प्राणी आनन्दमय । धन्य छ तिनका जीवन जो मानवताको अर्थ सामार गर्न जुटेका छन् धन्य छ तिनका जीवन जो मानवको लागि अहोरात्र खटेका छन् म पनि यसो बाटो खोजिरहेको छु ती हातलाई चुम्ने कलमको साहारा लिएर मानव हितमा विश्व ब्रह्माण्ड घुम्ने । #प्रियांकुश गौतम #मानव र मानवता |
आउने र जानेहरू: कोही ऋणमा डुबेर आए कोहि पार्टी दिएर आए कोही गोठालो छोडेर आए कोही सपिङ गरेर आए । कोही बाआमासँग रुँदै चढे कोही इष्टमित्रसँग हाँस्दै चढे कोही तातो आँगन ढोग्दै चढे कोही रंगिन ध्वजाले सजिदै चढे । कोही महँगो ब्याज गनेर उडे कोही फर्कन नपरोस् भनेर उडे कोही मर्न नपरोस् भनेर उडे कोही नक्कली जोडि बनेर उडे कोही अपांग भएर फर्के कोही धनाढ्य बनेर फर्के कोही बाकसमा सुतेर फर्के कोही दागबत्ती दिएर उतै फर्के । #आउने र जानेहरू #मनिष प्रजा |
नवपुस्ता: कोही हिलो र माटोसँग प्रेम साट्दै, कोही ऐना हेरी मुस्कुराउँदै: लक्ष्मी गौली: “लाखौँको लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ” म एउटा मार्क्सवादी विद्यार्थी । लकडाउनले मलाई श्रम र उत्पादनसँग जोडेपछि धेरै नयाँ कुराहरूको अनुभूति गर्न पाएँ । हरेक कुरालाई भिन्न दृष्टिकोणले हेर्दै आलोचनात्मक अध्ययन रुचाउने भएकोले यो देशको सुन्दरतामाथि पनि आलोचनात्मक भएर सोच्ने एउटा सन्दर्भ यही लकडाउनले जुरायो । घर छोडेर बिर्तामोड बस्न थालेको पनि पाँच वर्ष भैसकेछ । दशैँ-तिहारमा पन्ध्र-पन्ध्र दिन त गाउँतिर आएर पनि बसेकै हो, तर यतिका लामो समय गाउँमा बसेको चाहिँ पाँच वर्षमा पहिलोपटक नै होला । सयौँ वर्षमा एकपटक आउने महामारीले मलाई पनि पाँचौं वर्षमा एकपटक सयौँ दिनसम्म गाउँमा बसाइदियो । समग्र देश लकडाउन भएर आफू गाउँमा बस्दैगर्दा मेरो मनमा एउटा कुरा खेल्यो, एकपटक एक जना अर्थमन्त्रीले सदनमा बजेट भाषणको बेला भनेका थिए, “देशलाई सहरी मोडलको विकासमा अगाडि लाने ।” जब महामारी आएर संसार घरभित्रै थुनिन र भोकभोकै बस्न बाध्य भयो, त्यतिबेला पनि गाउँमा लकडाउनले त्यत्रो ठूलो असर भने गरेन । मेलापात, घाँस-दाउरा, जमघट, भेटघाट सबै चलिरह्यो | अलिकति पनि कमी आएन । टाढा गएर काम गर्ने मजदुरहरूलाई केही गाह्रो भए पनि आपसी सर-सहयोगले उनीहरूलाई पुग्दो सहयोग भयो । मलाई पनि के लाग्यो भने, यो देशमा सहरी मोडलको हैन गाउँले मोडलको दिगो विकास चाहिएको छ । गाउँमा भातृत्व छ, एकअर्कामा स्नेह छ र सुरक्षित छ र नजिकैको जंगलको चिसो वातावरण पनि । गाउँमा हुँदा सबैभन्दा नजिक श्रम र उत्पादनसँग भइँदोरहेछ । ठ्याक्कै मकै गोड्ने बेलामा लकडाउन भएछ । गाउँ पुग्नासाथ हतियार बोकेर युद्धमैदानमा उत्रनै पर्यो । कृषिसँग नजिक भैइयो । गाउँमा दलाल पूँजीको उत्पादन सहरभन्दा धेरै कम हुन्छ । त्यहाँ पार्क देखाएर पैसा असुल्ने काम हुँदैन, पाठोलाई बोको बनाएर बेच्ने काम हुन्छ । त्यहाँ पारिको सामान १० मा ल्याएर २० मा बेच्ने काम हुँदैन, त्यहाँ त दाना रोपेर घोगा उत्पादन गरिन्छ । यो नै सही मानेमा उत्पादन हो जस्तो लाग्छ । लक्ष्मी गौली म आफैँमा एक मार्क्सवादी भएको कारणले श्रम र उत्पादनसँग यसरी जोडिन पाउँदा हर्षित छु । लकडाउनभरिमा दुइ-चार केजी बोसो त पसिनै भएर निस्किएछ । सानैदेखि घरमा खासै काम गरिनँ । बुबाआमाले ‘खुरुखुरु पढ, यो काम गर्ने काम नै हैन’ भनेर हुर्किएँ । आफूले पनि धेरै दु:ख गरेको कारणले सायद यही क्षेत्रमा छोराले काम नगरोस् भन्ने ध्येयले बुबाआमाले सधैँ यो क्षेत्रबाट टाढै राख्नुभयो । जब मौकाले कृषिसँग नजिक बनायो, किसानको वास्तविक समस्या आफैँले भोग्ने मौका मिल्यो । थोरै उत्पादनका लागि अत्याधिक धेरै श्रम र अहोरात्र खट्नुपर्ने अवस्था, रासायनिक मल कतै पनि नपाउँदा उत्पादन सबै माटोमै मिल्छ कि भन्ने चिन्ता अनि फौजी किरासँगको घमासान लडाइँ । यी सब समस्याहरूका बाबजुद बिरुवामा घोगा लाग्दा आफ्नै बच्चा हुर्किएजत्तिकै खुसी लाग्ने रहेछ । सायद यही भएर पनि होला, जति दु:ख गर्नु परे पनि गाउँमा मानिसहरू खुसी नै हुन्छन । खुसी भए पनि सन्तुष्टचाहिँ सायद हुँदैनन् । आफैँ त्यस क्षेत्रमा पसेर हिसाबकिताब गर्दा श्रमको तुलनामा उत्पादन निकै कम हुँदोरहेछ भन्ने लाग्यो । मकै-धान सारै अनुत्पादक लागेपछि सुपारीको बीउ लिन रोङ २, इलाम पुगियो । मेनरोडमा साधन राखेर निकै तलसम्म हिँड्नुपर्ने रहेछ । निकै शितल ठाउँ, हावा पनि चिसो चलिरहने । एक्लै थिएँ, अनायसै मुखबाट फुत्किहालेछ- फकिङ ब्युटिफुल यार ! ओरालो बाटो निकै मज्जा आयो हिँड्न । बाटोमा मोबाइलमा त्यहाँको सुन्दरता क्याप्चर गर्न खोजेँ, कुनै फोटा चित्त बुझेनन् । हुन पनि चिसो हावाले शरीरमा उमारेका काँडा फोटोहरूमा कैद हुने कुरै भएन, न त्यहाँको तापक्रम नै । केही समय ओरालो हिँडेपछि बीउ बेच्ने घरमा पुगियो । ड्याम्म आँगनभरि राता-राता सुपारीका दाना लडेका थिए । ठूला ठूला दाना, त्यहाँको माटो नै सुपारी उमार्न लालायित रहन्छन् जस्ता । छेउमा एक जना बूढा हजुरबा बूढो तराजु बोकेर ‘चार चार …, पाँच पाँच ….’ भन्दै तौलिएको सुपारीको गन्ती नभुल्ने प्रयास गर्दै थिए । आफ्नो पालो पर्खिनै पर्यो । पालो पर्खिएर मोलतोल गरेर ४० केजी सुपारी लिएर म त्यही बाटो फर्किएँ । लकडाउनले भारी त मनका मन बोकाएकै हो, तर ठाडो उकालोमा त्यत्रो भारीले त ‘ऐं ऐँ’ पारिहाल्यो । अघि खुसीले गदगद हुँदै, ‘फकिङ ब्युटिफुल यार’, अब ब्युटिफुल लागेन । तर केही गम्भीर कुराहरू मेरो मनमा उब्जिरह्यो; १) हामीले पहाडी क्षेत्र सुन्दर, चीसो, हरियो भनेर गीत गाइरहदा कतै त्यस क्षेत्रको संघर्षलाई पनि त्यही गीतमै उडाइरहेका पो छौ कि ? २) टाढाबाट हेर्दा हिमाल निकै सुन्दर लाग्छन्, यस बारेमा धेरै कविता, गीत लेखिएका छन् तर जुन दु:ख त्यस क्षेत्रका बासिन्दाले भोग्छन्, त्यसको साहित्यचाहिँ यथार्थवादी साहित्य हैन र ? के त्यस्तो कतै लेखियो ? ३) डाँडाकाँडा, पहाडपर्वत हामीलाई निकै सुन्दर लाग्ला तर यो सुन्दरताको भजन गाउँदा त्यही पाखाका गगनचुम्बी रूखमा चढेर घाँस काट्ने दिदीबहिनीको संघर्षलाई नजरअन्दाज त गर्दै छैनौँ ? ४) हाम्रो बालापन त ‘यो देश यति सुन्दर उति विशाल’ भनेरै गयो, तर मधेसमा आफ्नो खेतभन्दा बाहिर कहिले पनि जान नपाएको किसानलाई पनि यो देश उति नै सुन्दर त्यति नै विशाल लाग्दो हो ? ५) यो देश क्यामेरा बोकेर फोटो खिच्न हिंडेकाहरूको लागि मात्रै सुन्दर हो कि भारी बोकेर जिन्दगी चलाउन हिंडेकाहरूको लागि पनि सुन्दर हो ? ६) यो देश कसरी सबैका लागि सुन्दर हुन्छ होला ? ठाउँठाउँमा भ्युटावर, पार्क बनाएर कि हरेक क्षेत्रमा मोटरबाटो पुर्याएर ? बाग्लुङकी एउटा विद्यार्थीले पार्क बनाउँदा यो देश सुन्दर देख्लिन् कि तुइनको ठाउँमा पुल आइदिँदा सुन्दर देख्लिन् ? अन्तिममा एउटा गीतको दुई लाइन लेखिहालौँ, “बसाइँ हिड्नेको ताँतीले, बस्नेको मन रुवाउँदछ, लाखौँको लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ |” दुर्गा जोशी: “मुस्कुराउदै ऐना हेर्नूस् , संसारकै सुन्दर अनुहार भेटिन्छ” दुर्गा जोशी साँझ पर्न थालेपछि, “ओहो ! आजको दिन यसै खेर गयो”, भन्ने लाग्न थालेको पनि तीन महिना भन्दा बढी भैसकेछ । हुन त लकडाउन अवधिमा मैले मेरो काम, अध्ययन र जिम्मेवारीलाई घट्न दिएकी छैन । सुरुवाती दिनमा जस्तो अचेल कोराेनाको त्रास मात्र छैन, एकातिर भोक, तनाव, अभाव र अर्कोतिर हत्या, आत्महत्या, बलात्कारका डरलाग्दा रूपले खुब त्रसित बनाउँछ । अनि जिन्दगीको झन् झन् माया लाग्छ । सोच्ने गर्छु, मान्छे अरूलाई जलाउनका लागि आफू सलाईको काँटी बनेर सिद्धिन किन तयार हुन्छ होला ? के आवेशमा आएको बेला बा-आमाको माया लाग्दैन होला ? पत्थरको रूपमा त भगवान छन् नि ! मान्छेका मन कसरी पत्थर भएका होलान् ? अचेल मनका यस्तै प्रश्नहरू सुन्ने समयको अभाव छैन मलाई । मनलाई समय दिएकी छु, मन खुसी छ । उसो त चामलका दाना र झुलका प्वालहरू गन्नु नपरेकोमा म पनि खुसी छु । गाउँको माटोसँग जिस्किन नपाएको पीडा मुटुमै छ । साथीहरूले काचो आँप, हरिया काँक्रा, ऐँसेलु ,काफल खाँदै गरेका तस्बिरले मन झन् लोभ्याउँछ । साहित्य मन पराउने मान्छे, साहित्यिक कार्यक्रमका लाइभ छुट्टाउनु परेको छैन । पुस्तक पढ्दा शब्द भित्रै हराएर, मुभी हेर्दा पात्रसँगै दाँजिएर जीवन र वास्तविकता बुझ्ने अवसर पाएकी छु । यो लकडाउनको अर्को उपलब्धि भनेको मेरा पुराना साथीहरूसँगको भेट पनि हो । अचेल मेसेन्जरभरि गाउँ छदाँका, बजारका डुल्दाका ,स्कुल पढ्दाका, कलेजमा रमाउँदाका, जागिर खाँदाका साथीहरूसँग फरक फरक ग्रुपमा मीठामीठा कुरा साट्न सिकिएको छ । बेला-बेला कोठाका चार भित्ता देखेर आँखा र मन अघाउँछ, भोको रहनेभनेको त पेट मात्र हो । दिन बिराएर अफिस जान थालिसकेकी छु । अचेल पहिले जसरी शनिबार पर्खिनु त पर्दैन, तर रमाउनलाई संसार उज्यालो हुनुपर्दो रहेछ । शनिबारमा रमाइलो होइन, बिदा मात्र हुन्छ भन्ने बुझ्न थालेकी छु । खुसी हुनलाई संसारै जित्नु पर्दैन, लुडो खेल्दा जितेर होस् या इन्टरनेट राम्रो चलेर होस्, बिहान अबेरसम्म निदाउन पाएर होस् या मेसेन्जरमा कसैको मेसेज देखेर होस्, खुसी हुन अलिकति पनि बिर्सिएकी छैन । भोलि सुन्दर छ भन्ने विश्वास मनभरि जोडेकी छु । सन्तुष्ट बन्न सके रहर खोज्दै भौतारिनु पर्दैन । कामहरू अपुरा रहेका होलान्, जिन्दगी पूरा बाँकी छ । कोही पनि मनमा पीडा नलुकाउनूस् बरु आँसुलाई बग्न दिनूस् | तर आँसुमा आफूलाई नबगाउनूस् । मुस्कुराउदै ऐना हेर्नूस्, संसारकै सुन्दर अनुहार भेटिन्छ । आउनूस्, सबै मिलेर एकपटक विश्वशान्तिको कामना गरौं । मनोज मुस्किल: “कविता मबाट र म कविताबाट कहिल्यै पृथक् रहन सक्दैन ।” मनोज मुस्किल लकडाउन अनुभूतिमा माटोको कविता यो प्रकृति, यो समय, यो ब्रह्माण्ड सयोँगहरूको संयोगपुन्ज हो । वास्तवमा संयोगहरू सुन्दर हुन्छन् । यादगार हुन्छ्न् । अभूतपूर्व हुन्छन् । भूतपूर्व प्रेमिकालाई वर्षौँपछि पहिलोपटक भेट भएको ठाउँमा संयोगवश भेट हुनुजस्तै सुन्दर हुन्छ्न् । पहिलोपल्ट मुस्कुराएको बच्चाको मुस्कानजस्तो सुन्दर हुन्छन् । कुनै कविले आफ्नो आमाको बर्णनमा दिएको उपमा जस्तो सुन्दर हुन्छ्न् । यस्तै संयोगले लक डाउन हुनुभन्दा केही दिनअघि घर आइपुगेको थिएँ । आरम्भ: एउटा मुस्कान आँखादेखि ओठसम्म माताजी गोबरले भान्सा-आँगन लिप्नुहुँदै थियो। घर-आँगन माताजीको अनुहारको उज्यालोले उज्यालो भयो । एसएलसी दिएपश्चात् दशैँ-तिहारबाहेक घरको बसाई कमै हुन्थ्यो । त्यसमा पनि घरै कहिले नबस्ने म । कता कता डुलिहिँड्नु पर्ने । एकपटक माताजीले “तँलाई त घरै आउन मन लाग्दैन छोरो, हामीलाई माया गर्दैनस् तैलें” सम्म भन्नू भएको थियो । एकान्तमा खुब रोएको थिएँ । दिदीहरूले “मेरो भाइ त सारै निस्ठुरी छ” भनेको हो कि हो कि जस्तो भएको थियो । ब्याचलर सकेर केही समय घर बस्छु सोचेको थिएँ । एक-दुई दिनमै काठमाडौं जानुपर्यो । माताजीको आँखाले चुप लागेर केही त पक्कै भनिरहेका थिए । योपटक मलाई घर बस्न मन थियो, मैले भनिन् । “योपटक चाहिँ अलि दिन बसेर जानू है ! समय पनि ठीक छैन,” माताजीले भन्नुभयो । संयोगवश लक डाउन भयो । फेरि लाग्यो संयोगहरू सुन्दर हुन्छन् । तर लक डाउनको समय बित्न सकस हुँदै गयो । एक-दुई दिन त बस्छु भनेर राखेका केही कविता, कथा र उपन्यासका पुस्तक हतारमा नलिई आएकोमा पश्चताप पनि भैइरह्यो । पछि वेबसिरिज र मूभी हेरेर दिन बित्न थाल्यो । केही राम्रा र साथीहरूले सजेस्ट गर्नुभएका हेरिभ्याए । सबैभन्दा कम हेरेको ‘हरर्र’ जनराको सेरिज/ मूभी राती १/२ बजेसम्म तर्सिनेगरी हेर्नभ्याए । मन हर हर भएर आयो । लक डाउन हरर्रमय भयो । मध्य-अन्त: असारे कविता कविता नेलेखेको पनि वर्ष दिन बढी भएको रहेछ । यसमा मेरो आफ्नै निजि कारणहरू छन्, पछि कतै लेखौँला । तर कविता मबाट र म कविताबाट कहिल्यै पृथक् रहन सक्दैन । यसपटकको मेरो कविता अनुभव अलि फरक रह्यो । मनभरि गाउँको कविता बसेको थियो । छातीभरि माटोको कविताले उभार हाल्यो । हृदय झरीको कविताले कुत्कुत्यायो । आमाको ममताजस्तो अर्ग्यानिक केही तत्त्वबोधले मेरो कविताको मुटु सुम्सुम्यायो । साँच्चै भन्नुपर्दा यस बीचमा मेरो जर्जर कवि हृदय केही सलबलाएको महसुस गरेँ । वर्षौँपछि माटोको सुगन्धले नाकबाट सेन्स अफ स्मेल लिएर मस्तिष्कसम्म जाने स्नायुको जाम कतै खुले जस्तो भयो। गाउँको अर्ग्यानिक लिची, आँप, किम्बु, जामुनले जिब्रोको स्वाद फेर्यो । आँखाले गाउँको सुन्दर कविताहरू देख्यो । हृदय वर्षौपछि गाउँ हुँदाको उस्तै/फरक अनुभूतिले पुलकित भयो। सबैभन्दा संयोग र मेरो लागि हर्षको कुरा यसपटक म माटोसँग जोडिन पाएँ। खेतीमा माताजी-पिताजीको मीठो-तीतो अनुभूतिबाट छामिन पाएँ। झरीले टिनको छानामा लेखेको गीतको अन्तरामा गुनगुनाउन पाएँ । कोदालोले आली तास्दा पानीमा बजेको छप्लक्क आवाज हिँड्दा कोही चिनेको आवाजले आवाज दिए जस्तो मीठो थियो । बिउ काड्दा बिउले माटो छोड्नु पर्दाको चरक्क आवाज, पहिलोपटक प्रेम पत्र च्यातिदाको जस्तो पीडामय थियो । खेतमा पजाइसकेपछि उही बीउ वर्षौँपछि ‘मूभ अन’ भए जसरी हाँसिरहेजस्तो देखिन्थ्यो । मलाई यो सब एउटा सुन्दर कविताभन्दा कम लागेन । काम गरिसकेपछिको अनुभव अझ वर्णनातीत छ । थाकेको शरीरले दिने मिठास कस्तो सुन्दर ! मन्द-मन्द दुखाइ, हल्का-हल्का आहट कति मिठो ! माताजीले हात्केलाभरि तोरीको तेल लगाएर गर्दिनुभएको मालिस, त्यो ममता, त्यो सामीप्य, त्यो प्रेम मेरो लागि अनन्त छ । त्यो छटपटी कविता लेख्न बस्दाको भाव, आवेग र लेख्न नसक्दाको छटपटी जस्तै मिठो । त्यो दुखाइ निको हुन लागेको घाउ हल्का चिमोटेर दुखाइरहँदाको जस्तो मिठो । खासमा त्यो दुखाइ कुनै वियोगान्त कविले आफ्नो प्रेमको लागि लेखेको अन्तिम कविताभन्दा पनि सुन्दर थियो । #दुर्गा जोशी #नवपुस्ता #मनोज मुस्किल #लक्ष्मी गौली |
ईश्वरसँग माफी: भगवान् ! तिम्रै आँखाअगाडि पुजारीले बहिनीको चरित्र हत्या गरिदिँदा । तिम्रै चर्च छेउमा नाङ्गो शरिरमा धर्म ग्रन्थका ठेलीहरू लेखेर सानो लुगा च्यातेर शासकहरूले मुख पुछ्ने रुमाल बनाउँदा । मस्जिदमा गएर प्रदेशिको दुवा माग्दा तिम्रो आकाशवाणी सुनेर घर पुग्ने हतारमा प्राण उतै बिर्सेर पति फर्किँदा । मलाई लाग्यो तिमी आँखा नदेख्ने छौ । कान नसुन्ने छौ । तर अफसोच् ! शताब्दीऔँ अघि सतीघाटमा सतीको चिच्च्याहट सुन्न नसकेर तिमी त पृथ्वीबाटै अन्तरध्यान भइसकेका रहेछौ । अचेल ! हात थामिदिने बुवा पैतालामुनि हत्केला राखिदिने आमा र आमाबुबा नै भगवान् हुन् भनेर सिकाएका गुरुलाई भगवान् मान्दै आएको छु । मलाई माफ गरिदिनू एउटा चिल्लो ढुङ्गामा फूल चढाएर मैले तिम्रो पूजा गर्न सकिनँ । #ईश्वरसँग माफी #माधव पौडेल |
विवादास्पद कम्पनीले ल्यायो नयाँ प्रकाशक: डाना कनेडी द न्युयोर्क टाइम्स पत्रिकामा २० वर्षभन्दा बढी समय पत्रकारका रूपमा काम गरिसकेकी तथा पुलित्जर प्राइज वितरक संस्थामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी डाना कनेडी विवादास्पद पुस्तकहरू निकालेर कुस्त कमाउने संस्था सिमोन एन्ड सुस्टरको प्रकाशकका रूपमा नियुक्त भएकी छन् । गएको सोमबार सिमोन एन्ड सुस्टरले उनलाई सिनियर भाइस प्रेसिडेन्ड तथा प्रकाशकको रूपमा नियुक्त गरेको घोषणा गरेको हो । पुस्तक प्रकाशनको काममा उनको पद सबैभन्दा ठूलो जिम्मेवारीका रूपमा लिइन्छ । ५५ वर्षीया कनेडीले २०१७ यता पुलित्जर प्राइजको प्रशासकीय कार्य हेर्दै आइरहेकी थिइन्। सोअघि उनले २० वर्ष द न्यु योर्क टाइम्समा पत्रकारका रूपमा विभिन्न विभागका समाचार लेख्दै र सम्पादन गर्दै आएकी थिइन्। उनले व्यापार, राजनीति र समाजका समाचार लेख्ने तथा सम्पादन गर्ने गरेकी थिइन्। २००१ मा उनले हाउ रेस इज लिभ्ड इन अमेरिका समाचारमा संयुक्त रूपमा पुलित्जर प्राइजसमेत पाएकी थिइन्। यसअघि कहिल्यै कुनै पुस्तक प्रकाशकसँग काम नगरेकी उनले ‘अ जर्नल फर जोर्डन’ नामक पुस्तक प्रकाशन गरेकी छन्। उनको सो पुस्तकमाथि कलाकार डिन्जेल वासिङ्टनले निर्देशन गर्ने गरी सोही नामको फिल्म बनाउने सम्झौता समेत भएकी छ। उनी यो फिल्मको निर्माताका रूपमा सहभागी हुने समेत जनाइएको छ। फिल्म यही भदौ महिनाबाट सुटिङमा जाने निश्चित भएको छ। आउँदो जुलाई २७ बाट उनले सिमोन एन्ड सुस्टरमा हाजिर गर्नेछिन्। आफ्नो ओछ्यानको एउटा कुनामा कहिल्यै पनि किताबहरू राख्न नटुटाउने र हरेक रात केही न केही पढ्ने बानी बसालेकी कनेडीका १४ वर्षे छोरा छन्। सिमोन एन्ड सुस्टरका प्रमुख कार्यकारी जोनाथन कार्पले उनको कार्यकाल कम्पनीका लागि नयाँ लेखक ल्याउन, तिनलाई हुर्काइबढाइ गर्न निकै फलदायी हुने अपेक्षा व्यक्त गरेका छन्। दुई वर्षअघि कार्पले कनेडीलाई कम्पनीमा ल्याउन निकै जोडबल गरेका थिए तर त्यो बेला उनी पुलित्जर प्राइजमा छिरेको एक वर्ष मात्र भएको थियो। यति छिटै पुलित्जर छाड्न असमर्थ भएको जनाउँदै त्यो बेला उनले कार्पको प्रस्तावलाई अस्वीकार गरेकी थिइन्। यतिबेला भने उनी आफू मानसिक रूपमा तयार भएको बताउनेबित्तिकै उनी सिमोन एन्ड सुस्टरको प्रकाशकका रूपमा भित्र्याइएका बारे कम्पनीले घोषणा गरेको हो। उनको ठाउँमा यसअघि क्यारोलिन रेइडी थिइन्, जसको गएको मे १२, २०२० मा ७२ वर्षको उमेरमा निधन भएको थियो। त्यो बेला कार्पलाई प्रमुख कार्यकारीका रूपमा भर्खरै भित्र्याइने भनी घोषणा गरिएको थियो। क्यारोलिनको निधन लगत्तै कार्पले इमेल गरी कनेडीलाई प्रकाशकका रूपमा काम गर्न अनुरोधका साथ इमेल गरेका थिए। यससँगै सिमोन एन्ड सुस्टरमा उपल्लो तहमा पुग्ने तेस्रो महिला बनेकी छन् भने यस्तो प्रमुख पदमा आसिन हुने पहिलो काला जातिकी महिला बन्न पुगेकी छन्। Dana Canedy announces 2019 Pulitzer winners at a ceremony in New York. “ब्ल्याक लाइभ्स म्याटरको आन्दोलन चलिरहेका बेला संसारलाई देखाउन लायक अनुहार खोजी हुनु र म फेला पर्नु निकै राम्रो संयोग बन्न पुगेको छ,” कनेडीले द न्यु योर्क टाइम्ससँग भनेकी छन्, “कार्पले एउटी काला जातिकी महिलाका रूपमा मात्र मलाई छानेको भए म यो पद अस्वीकार गर्थें।” कार्पले कनेडीलाई प्रकाशन संसारको अनुभव नभए पनि पुरस्कार कस्ता किताबलाई दिनुपर्छ भन्ने अनुभव भएका कारण उनलाई कम्पनीमा ल्याइएको बताए। उनलाई लेखकका आवश्यकता बोध भएका कारण पनि ल्याइएको धारणा राखे किनभने पछिल्लो समय राम्रा लेखकलाई अड्याउन निकै गाह्रो छ। यस्तो अवस्थामा लेखकसँग राम्रो सम्बन्ध बनाउने र टिकाउने व्यक्तिको खाँचो पनि उत्तिकै रहेको कार्पको भनाइ छ। सिमोन एन्ड सुस्टरले पछिल्लो समय ट्रम्प प्रशासनसँग जोरी खोज्ने पुस्तकको बाढी नै ल्याएको छ। अमेरिकी प्रथम महिला मेलेनिया ट्रम्पको जीवनी वासिङ्टन पोस्टकी पत्रकार मेरी जोर्डनले लेखेको ‘द आर्ट अफ हर डिल’, जोन बोल्डनको ‘द रूम ह्वेयर इट ह्यापेन्ड’ र राष्ट्रपति डोनाल्ड ट्रम्पकी भतिजी मेरी लि ट्रम्पको ‘टु मच एन्ड नेभर इनफ’का पुस्तक यतिबेला विवाद र चर्चा दुवैमा छन्। ह्वाइट हाउसले त ‘टु मच एन्ड नेभर इनफ’को प्रकाशन रोक्न निकै प्रयास गरिरहेको छ। ट्रम्प प्रशासनको यस्तो हर्कत भन्दै प्रकाशकले नियमित भन्दा चाँडै नै सो पुस्तक बजारमा ल्याउने तयारी पूरा गरेको छ। आफू आउनेबित्तिकै बजारमा ल्याउन लागिएको टु मच एन्ड नेभर इनफ पुस्तकप्रति धारणा राख्दै कनेडीले भनिन्, ‘सिमोन एन्ड सुस्टरले राजनीतिक पुस्तकमा बढी नै जोड दिएको छ र समय हेर्दा पनि यो निकै महत्त्वपूर्ण कार्य हो भन्ने मलाई लाग्छ।’ सिमोन एन्ड सुस्टर अमेरिकाको मिडिया कम्पनी भियाकम सिबिएसको एउटा अंग हो। तर भियाकमले आफू प्रशारण उद्योगमा मात्र केन्द्रित रहने प्रयासस्वरूप यो कम्पनीलाई बेच्न खोजिरहेको छ। महामारीअघि कम्पनी बेच्ने अन्तिम तयारी भइरहेको भए पनि यसबारे अहिले खासै प्रक्रिया अघि बढेको छैन। भियाकम सिबिएसले आफूलाई खेलकुदका कन्टेन्टलाई जोड दिने बताउँदै आएको छ। #द न्युयोर्क टाइम्स #पुलित्जर प्राइज #सिमोन एन्ड सुस्टर |
मानवताको डोरी: खै ! कहाँनेर चुँडियो मानवताको डोरी ? तिम्रो आँखामा देख्दिँन म त्यही प्रेमको फूल जुन वर्षौँ पहिले फुलेको थियो । तिम्रो हातमा पाउँदिनँ म त्यही न्यानोपन जुन मेरै रक्षाका लागि खटिन्थे । अनि सुन्दिनँ म तिम्रो आवाजमा त्यही शब्द जसले प्रेमको भाव बोकेर आउँथे । ए ! मानिस कति निरीह भयौ तिमी त्यही ढुङ्गाको मूर्तिजस्तै जो सुन्दैन अनाथको पुकार र नारीको चित्कार । ऊ त नसुनेर बोल्दैन अनि तिमी सुनेर पनि बोल्दैनौ र बुझेर पनि बुझ्दैनौ एउटी आमाको खोसिएको सिन्दुरको भाव एउटी नारीको अस्मितामाथिको दाग अनि एउटी नाबालिकाको अधिकार । ईश्वरले त तिमीलाई सबै गुण दिएथे ता कि तिम्रा आँखाले न्याय गरुन् तिम्रा ओठ सत्यका लागि बोलुन् अनि तिम्रा हात रक्षाका लागि लडुन् । तर आज, त्यही सुन्दर देख्ने आँखाले सबै उजाड पारिदिए ती ओठ सत्य बोल्न डगमगाए अनि तिम्रा हात कुबाटो तिर सल्बलाए । खै ! कहाँनेर चुँडियो मानवताको डोरी ? #मानवताको डोरी #सुष्मा पौडेल |
किसान: सबैलाई बचाउने,किसान हौ बढ तिमी मानो रोपी मुरी खन्ने, संसारका माली तिमी । श्रम गर्छन् किसान ती पसिना त्यो बगाई मलजल गरेर नै बढ्छन् हात समाई आलोपालो गरेर नी जुटेका छन् खेतमा गोडमेल गरीगरी पोखेका छन् श्रममा । मूल्य छैन किसानको न त बजार भाऊ राख्ने ठाउँ छैन तिनको दाउ खोज्छन् साहू झरी, वर्षा महामारी सबै तिनले खेप्छन् गाउँ समाज सबैतिर तिनैलाई हेप्छन् । सबैलाई बचाउने, किसान हौ बढ तिमी मानो रोपी मुरी खन्ने, संसारका माली तिमी । #किसान #नारायणप्रसाद न्यौपाने |
लाल सलाम: जब हामीले नमस्कार गरिरहेका थियौं कमरेड आएर लालसलाम गर्न सिकाएर गए । जब हामीले लालसलाम गरिरहेका थियौं कमरेड मन्त्री ! हामीतिर मुन्टो बङग्याएर नमस्कार गर्नेको लर्कोतिर हात खप्ट्याएर अभिवादन फर्काइरहेका थिए । मन्त्रालयमा नचल्ने मन्त्री क्वाटरमा नचल्ने त्यो तिमीले सिकाएको लालसलाम पार्टी कार्यालयमा आमसभामा भोट माग्न घरदैलोमा किन चलाउँछौ कमरेड ! लालसलाम सर्वहारालाई गिज्याउन उज्याईएको मुठी हो ? लालसलाम गरीब, दुखीलाई तर्साउने पहलमानको बक्सिङ हो ? लालसलाम जनताको शासनलाई कैद गर्ने निरंकुश मुठी हो ? #यकिना अगाध |
भर्चुअल समय चित्रकला प्रदर्शनी सम्पन्न: पोखरा / पोखरेली युवा सांस्कृतिक परिवारले प्रत्येक तेस्रो महिनाको तेस्रो शनिबार सञ्चालन गर्दैआएको समता कला कार्यशालामा “समय” चित्रकला प्रदर्शनी गरेको छ । पोखरेली युवा सांस्कृतिक परिवारको फेसबुक पेजबाट असार २५ गते ४ बजे लाइभमार्फत् कलाकारहरु चित्रकला प्रदर्शनी गरिएको संस्थाका कला संयोजक हेमकान्ती गुरुङले साहित्यपोस्टसँग बताइन् । कोभिड १९ को असर विश्वभर परिरहेको यस विषम परिस्थितिमा पनि संस्थाले आफ्नो नियमित कार्यक्रमलाइ भर्चुअल आर्टस् एक्जिबेसनमार्फत् गर्ने नयाँ जमर्को गरेको संस्थाका अध्यक्ष प्रकाश ज्ञवालीले बताए । “साहित्य, कला र संगीतको उत्थान हाम्रो प्रण” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको पोखरेली युवा सांस्कृतिक परिवारले वि.सं. २०४२ सालबाट ग्रामीण तत्स्थानीय कलायात्रा शुरु गरेको हो । वि.सं. २०६० सालबाट अनवरत रुपमा प्रत्येक तीन महिनाको तेश्रो शनिबार समता कला कार्यशाला आयोजना गर्दैआएको छ । “समय” भच्र्युल आर्टस् एक्जिबेसन चित्रकला प्रदर्शनीमा ३१ जना कलाकारको सिर्जना राखिएको थियो । कोषाध्यक्ष मोती भुजेलले साहित्यपोस्टसँग भने– सकेसम्म नयाँ प्रविधि अपनाएर यो प्रदर्शनी सम्पन्न गरेका छौँ । अग्रज र अनुजहरुका कला सिर्जना प्रदर्शनमा राखिएको छ । अनुजहरुले यो प्रर्दशनीबाट धेरै कुरा सिक्ने मौका मिल्नेछ । #चित्रकला प्रदर्शनी |
धार्मिक र पर्यटकीय स्थल रैथाने पोखरी, फोटो यात्रा: रैथाने पोखरी अनि रैथानेश्वर महादेव पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको प्रसिध्द धार्मिक तथा पर्यटकीय स्थल हो। काठमाडौंबाट साँखु, नाङ्लेभारे, मेलम्ची, तिपिनी, थाङपालधाप हुँदै रैथाने पोखरी लगभग ६० किमि टाढा छ र ५ देखि ६ घण्टाको यात्रामा त्यहाँ पुग्न सकिन्छ। काठमाडौंबाट लोकल बस, मोटरसाइकल, निजी सवारीसाधनमा कतै पक्की वा कतै कच्ची बाटो गरि यस स्थान पुग्न सकिन्छ। उपत्यकाको नजिक भेएका कारण हरेक सप्ताह अन्तका दिन यस स्थान गएर बोटिङ, फिसिङ तथा साइट सिइङको मज्जा लिन सकिन्छ। हरेक जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने भएका कारण वरपर गाउँ तथा अन्य स्थानका गरेर यस पोखरी र मन्दिर परिसरमा हजारौं भक्तजनको घुइँचो लाग्ने गर्दछ। महादेव यसै स्थान हुँदै मिरमिरे बिहानको समयमा पाँचपोखरी जानका लागि हिंडिरहनु भएका बेला अचानक खुट्टामा काँडा बिझेछ र ढुंगामा बसेर काँडा निकाल्ने क्रममा भाले बासे पछि अब मानिसहरु उठ्ने र आफूलाई देख्ने भन्ने डरले यस स्थानमा ढुंगा मुनि लुकेको भन्ने किम्वदन्तीका रहिरहेको छ। शिवजी बसेको सो ढुंगा अझै पनि त्यस स्थानमा देख्न सकिन्छ भने शिवजी लुकेको ठाउँमा मन्दिरको स्थापना भएको छ। परापूर्व कालमा त्यस पोखरीमा तीन वटा निकास थिए रे। एउटाबाट पानी, अर्कोबाट रगतजस्तो रातो पानी र अर्कोबाट दुध बग्ने गर्थ्यो रे, अहिले भने ३ वटै निकास देख्न पाइए पनि मुख्य एउटा निकाशबाट पानी नै बग्छ। साथै सोही पोखरीमा राँगाको जत्रो टाउको भएका नागहरु निस्किन्थे रे भन्ने सुन्न पाइन्छ। विभिन्न जातका साना तथा ठूला सर्पहरु भने अहिले पनि देख्न पाइन्छ। पाँचपोखरी दर्शन गरेर आसकेपछि त्यहाँको जल रैथाने पोखरीमा चढाउने चलन छ। पाँचपोखरी दर्शन गरिसकेपछि रैथाने पोखरी दर्शन गरेन भने यात्रा अधुरो रहन्छ र मागेका कुरा पुग्दैन भन्ने मान्यता छ। रैथाने पोखरी गइसकेपछि त्यस स्थान नजिक रहेका थाङपाल धाप, हाडिखोला, रैथाने भ्यु पोइन्ट, गुन्साकोट घुम्न जान पनि असाध्य रमणीय छ। रैथाने पोखरीको संरक्षण गर्दै आएको रैथाने मा. वि. सँग सहकार्य गरेर स्थानीय युवा यस पोखरीको संरक्षण र प्रचारमा लागिपरेका छन्। पोखरीको पानीको मूल त्यहीँ उत्पत्ति हुने र अन्तबाट कुनै पानी नमिस्सिने हुनाले, हरेक महिना पानीको स्तर यथावत् राख्न, स्थानीयहरुले नाजिकैको मूलबाट पाइपमा पानी ल्याएर पोखरीमा पानी भर्ने योजना बनाएका छन्। धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यस पोखरीको संरक्षण गर्नु हामी सबैको दायित्व हो। साथै धामी झाँक्रीमा आस्था राख्ने हरेक मानिसलाई यस स्थानको जनैपूर्णिमा मेला खास हुन सक्छ। #पाँचपोखरी #रैथाने पोखरी #विशाल हुमागाईँ |
सरकारका दर्जनौँ बेथितिको मारमा परेका जनताको प्रतिनिधि चिच्याहट- क्वारेन्टिन अभियान: सामाजिक सञ्जालमा सुरू भएको सरकारविरोधि ‘ क्वारेन्टिन कविता अभियान ‘ले गजललाई पनि ‘क्वारेन्टिन अभियान’को हिस्सा बनाइसकेको छ । क्वारेन्टाइनको पीडा देखाउन सुरू भएको सरकारविरोधि कविता/गजल अभियानमा देशका चर्चित कविहरू पनि जोडिन थालेका छन् । देशमा अनेक समस्या रहे पनि त्यो समाधान गर्न छाडेर नेताहरू सत्ताको साँघुरो खेलमा लागेको भन्दै उनीहरूले विरोध सुरू गरेका हुन् । यसलाई कविहरूले क्वारेन्टाइन कविता अभियान नाम दिएका छन्, यस्तै गजललाई जोडेर ‘क्वारेन्टिन गजल अभियान’ | प्रस्तुत छ, यसै अभियानलाई प्रतिनिधित्व गर्दै आउनुभएका नवपुस्ताका शक्तिशाली कविद्वय बाबु साहेब र नवीन प्यासी तथा गजलकार सीता थुलुङ सँग अभियान, आन्दोलन, कविता र गजलका सेरोफेरोमा साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेल ले गरेको कुराकानीको सम्पादित अंश; बाबू साहेबः “अभियानको माग सरकार जनताप्रति जिम्मेवार बन्नुपर्छ भन्ने हो” बाबु साहेब १. क्वारेन्टिन कविता अभियान के हो ? प्रष्ट बुझाइदिनुहोस् न ! सरकारको अकर्मण्यता, कुर्सीको घिनलाग्दो अङ्गगणितिय चलखेल, विभेद, दमन, अर्थतन्त्रको उच्च गिरावट, भष्टचारको ऐतिहासिक संरक्षणजस्ता दर्जनौँ बेथितिहरूको मारमा परेका जनताहरूको प्रतिनिधि चिच्याहट हो- क्वारेन्टिन कविता अभियान । चिच्याहटको प्रतिनिधित्व कवि/लेखकहरूले आफ्नो कलममार्फत एकसाथ गरेका हौँ/गरिरहेका छौं । २. ‘ इनफ इज इनफ ‘ भन्दै केही समयअगाडि एउटा भीडले सडक तताएको थियो । अहिले ‘ क्वारेन्टिन कविता अभियान ‘ ले पनि त्यही ह्यासट्याग समाएको छ । यी दुई अभियानबीच केही सम्बन्ध छ ? कि यी दुवै अभियान एकै संयन्त्रबाट सञ्चालित छन् ? बुझ्नुपर्ने मुख्य कुरा चाहिँ , ‘इनफ इज इनफ’को ट्रेन्ड नेपालमा सडकमा निस्किएको भीडले मात्र समाएको होइन, आन्दोलनको एउटा विश्वव्यापी ट्रेन्ड हो । यो वाक्यांश १६ औं शताब्दीदेखि प्रयोग हुँदैआइरहेको छ | त्यसपछि यसको बृहत प्रयोग अमेरिकामा सन् १९६०, नारीवादी आन्दोलन र मानव अधिकारको माग गर्दा भएको हो । त्यसयता विश्वका धेरै सडक र संसदमा यसको प्रयोग भैसकेको छ । हजुरले सोध्नुभएको छ, नेपालमा सडकमा निस्किनेहरूसँग क्वारेन्टिन कविता अभियानको सम्बन्ध; हाम्रो स्पस्ट मत, क्वारेन्टिन कविता अभियान सरकारलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यसँग सम्बन्धित छ । र अभियान, अभियानकै उद्देश्यबाट सन्चालित छ । बाँकी रह्यो हामीले इनफ इज इनफको ट्रेन्ड किन समायौँ ? यसको सरल उत्तर, हामीलाई पनि अत्ति नै भएको हुँदा हामीले पनि ‘इनफ इज इनफ’ भनेका हौँ | क्वारेन्टिनमा जीवनजलसमेत नपाएर छट्पटाइरहेका राजु सदाको भिडियो हेरिरहँदा, विश्व स्वास्थ संगठनले रोक लगाएका औसधि र किटहरूको प्रयोग गरी जनताको स्वास्थसँग खेलबाड भैरहँदा, मेडिकल सामाग्रीको खरिदमा भएको करोडौं भष्टचारको समाचार पढिरहँदा, क्वारेन्टिनमा स्वास्थ्यकर्मीबाटै बलत्कृत भएकी नारीको वेदना सुनिरहँदा, महिनौँसम्म हिँडेर घर पुग्नुपर्ने मजदुरको अवस्था देखिरहँदा, “घर फर्किन देउ ” भनेर सिमामा भोक र रोकसँग लडिरहेका परदेशीको आलाप सुनिरहँदा र सरकार यस्ता दुर्घटनाबाट अमुकजस्तो बसिरहँदा पनि हामीलाई अत्ति हुँदैन भने हामीलाई अत्ति कहिले हुन्छ ? यस्ता दुर्घटनाहरूमा सरकारलाई सचेत बनाउनका लागि हामी बोल्दैनौं भने हामी कहिले बोल्ने ? समृद्धिको सपना देखाएको सरकारले विकृतिको संरक्षण गरिरहँदा पनि हामीले सरकारलाई प्रश्न गरेनौँ भने इतिहासले हामीमाथि प्रश्न गर्नेछ । त्यसैले हामीले पनि प्रश्नमाथिको अन्तराष्ट्रिय ट्रेन्ड समाउँदै प्रश्न गरेका हौँ । हामीलाई पनि अति भएको कारण हामीले पनि इनफ इज इनफ भनेका हौं । ३. ‘क्वारेन्टिन कविता’ अभियानको खास माग के हो ? अहिलेको सरकारको बर्हिगमन ? आरडीटी टेस्टलाई बन्द गर्ने निर्णयले सरकारले गरी नै सक्यो क्यारे ? पहिलो कुरा त अभियानको माग सरकार जनताप्रति जिम्मेवार बन्नुपर्छ भन्ने हो । र स्पस्ट रूपमा हामी राजनीतिक लाभ वा हानीका निम्ति अभियानमा छैनौँ । देखिरहनुभएकै छ, सरकारको निर्माण वा बहिर्गमनमा त सत्तापक्षीयहरूकै बढी रस्साकस्सी छ । हामीले भनेको चाहिँ चाहे त्यो राम राज्य होस् चाहे भरत राज्य, शासनव्यवस्था जनताप्रति उत्तरदायी बन्नुपर्छ । जनताकै करले चलिरहेको राज्यव्यवस्था जनताका आधारभूत आवश्यकताको परिपुर्ति गर्ने जिम्मेवारीबाट पन्छिन मिल्दैन भन्ने हो । दोश्रो कुरा, सरकारले भनेका कुराहरू सबै पूरा भएका हुन्थे भने त हामी यतिखेर पानीजहाजको टिकट काटिरहेका हुन्थ्यौं, मोनोरेलमा यात्रा गरिरहेका हुन्थ्यौं, पाइपलाइनबाट ग्यास बालिरहेका हुन्थ्यौं, खाना लिएर सरकार कोठा कोठामा आइपुग्थ्यो, हावाबाट निकालेको बिजुली भारतलाई बेच्ने तयारीमा हुन्थ्यौं र दुनियाँ अचम्मित पर्नेगरि समृद्धिको राजमार्गमा हुन्थ्यौं । तर सरकारले त जनताको धरातल बिर्सेर सपनाका बेलुनहरू उडाउरहेछ | हजुरले उठाउनुभएको आरडीटी टेस्ट बन्द गर्ने निर्णय पनि यस्तै हो, गरेपछि सकिने निर्णय, संसदको रोस्टममा उभिएर प्रधानमन्त्रीले निर्णय गरिऊँ भन्दै सुनाउने र सांसदहरूले ताली ठोक्ने निर्णय । आरडीटीको टेस्ट अझै रोकिएको छैन । ४. यो अभियानमा ठूलो नामहरू पनि समर्थन छ , जस्तै रविन्द्र मिश्र । यसलाई कसरी बुझ्ने ? यो अभियानको बिर्सजन कहाँ गएर हुन्छ ? यो ठूलो नाम भन्ने हाम्रो चलनचाहिँ म आफूलाई अफ्ट्यारो जस्तो लाग्छ । खास अभियानमा को जोडियो भन्दा पनि जोडिएको मान्छेले अभियानलाई आफ्नो रुचि वा फाइदाका लागि प्रयोग गर्यो अथवा अभियानको मर्मलाई बुझेर अभियानमा हातेमालो गर्यो भन्ने कुरा महत्वपूर्ण रहन्छ । हजुरले नाम लिनुभएको व्यक्तिलगायत अन्य थुप्रै व्यक्ति अभियानमा आउँदा आफ्नो राजनैतिक र सामाजिक अवस्थाका कारण नभएर एउटा सर्जकको रूपमा नै आउनुभएको हो । साथसाथै हजुरले अभियानको बिसर्जनको कुरा उठाउनुभएको छ, यस्ता अभियानचाहिँ बिसर्जन हुने अभियान होइनन् । समयअनुकूलका आधारभूत आवश्यकता परिपुर्तिको लागि सरकारलाई झक्झक्याई रहनु, बेथितिहरूविरुद्द प्रश्न गरिरहनु, शासनव्यवस्थालाई जनताप्रति उत्तरदायी र पारदर्शी बनाउन सहयोग गर्ने यस्ता अभियान जुनसुकै सरकार र जुनसुकै समयमा पनि आवश्यक छन् | र हामीले यो अभिभारा कलममार्फत बोकिरहने छौं । सुरुआत क्वारेन्टिन कविताबाट गर्\u200dयौं । तर, यसमा हामी साहित्यका विभिन्न विधालाई जोडेर अघि बढ्ने पक्षमा छौं । जस्तै अहिले ‘क्वारेन्टिन गजल’ गरिरहेका छौं, भोलिका दिनमा गीत, पेन्टिङ आदि पनि यस अभियानमा जोड्दै जानेछौं । नवीन प्यासी: “आन्दोलनमा नारा हुन्छ, नारामा कविता हुन्छ” नवीन प्यासी १. प्यासीजी ! कविता र नाराको फरक बताइदिनुहोस् । यो धेरै पुरानो छलफल हो । यसमा सबैको आ–आफ्नै किसिमका तर्क होलान्, छन् । मलाई के लाग्छ भने नारा पनि कविता हुनसक्छ, र कविता पनि नारा हुनसक्छ । त्यो समय र परिस्थितिले अथ्र्याउने कुरा हो । दुवैको चरीत्र र स्वभाव भने फरक हुन्छ । २. सरकारले सडकलाई बेवास्ता गरिरहेको बेला संजालमा कविता लेखेर हुन्छ ? यो अभियान फगत समयको सदुपयोग मात्र त होइन ? ‘संजालमा कविता लेखेर के हुन्छ ! केही हुँदैन, फगत समयको बर्बादी या सदुपयोग मात्र हो ।’ कोही यसो भन्छ भने ऊ सामाजिक संजालको शक्ति र सामथ्र्यबारे अवगत छैन । हामीभन्दा धेरै अघि नै संजाल र अनलाइनको शक्ति ज्याक माहरूलाई थाहा थियो । अमेजनजस्ता साइटलाई थाहा थियो । अहिले संसारभरको राजनीतिको ठूलो हिस्सा सामाजिक संजालले ओगटेको छ । अमेरिकामा राष्ट्रपतीय चुनावका प्रत्याशीले संजालको विज्ञपनका लागि अर्बौं डलर खर्च गर्छन् । अब कोही खाली सामाजिक संजालमा फगत खाली समयको सदुपयोग मात्र हो भन्छ भने त्यो उसको बुझाइ हो । तर, संजाल भनेको के हो भन्नेबारे अवगत छ भने पक्कै पनि यसो भन्दैन । किनभने हाम्रो पुस्ता सडकमा उभिएर नारा घन्काएर, टायर बालेर, ढुंगामुडा गरेर बस्ने पु्स्ता होइन । यो पुस्ताले विरोध पनि सृजनात्मक गर्छ । तपाईंले देख्नुभो होला ह्यासट्याग इनफ इज इनफसहित कति ठूलो संख्यामा माइतीघर मण्डलामा आएका थिए युवाहरू ! त्यहाँसम्म ल्याउने काम कुनै नेताले होइन, संजालले गरेको थियो । एक स्टाटस या ट्वीटका कारण धेरै घटना घट्न सक्छन् या त घटेका छन् । अहिलेको पुस्ताका लागि सामाजिक संजाल सबैभन्दा ठूलो प्ल्याटफर्म हो । यहाँ कुनै मन्त्रीले उसको ट्वीटमा गरिएको रिप्लाइकै कारण आफ्नो ट्वीट डिलेट गर्छ । अब अनुमान गरौँ संजाल फुर्सदका सदुपयोग मात्र हो कि अरु पनि केही हो । अब पनि कसैले संजालमा कविता लेखेर के हुन्छ कोही भनिहिँड्छ भने त्यो आफैँमा घनघोर दुःख हो, जसको कारण छ तर निवारण छैन । ३. नाम उल्लेख नगरौँ , तर तपाईंका केही समकालीन कविहरूले ‘कवितासँग नारा टाँसेर कविताको हुर्मत लिन सक्दिनँ’ भन्ने भावको विचार व्यक्त गर्नुभएको थियो नि ! प्रष्ट पारिदिनुहोस् । कवितासँग नारा टाँसेर कविताको हुर्मत लिने भन्ने कुरा कहाँबाट आयो ? कसले लिएछ हुर्मत ? पहिलो कुरो त कविताको फैलावट र सामथ्र्य के हो भन्ने ख्याल भएको मानिसले यस्तो भन्दैन । यो एकदम निम्नस्तरको बुझाइ हो । नारा टाँसेर कविताको हुर्मत नलिने कुरा श्रवण मुकारुङ दाइहरूले दोस्रो जनआन्दोलनमा गरेका भए के हुन्थ्यो ? जब कविता सडकमा उभिन्छ या कुनै पनि आन्दोलनमा उभिन्छ, त्यहाँ कविताको अनेक किसिमको अनुहार देख्न सकिन्छ । भलै ती सबै कविता नहुन सक्छन्, तर ती सबै कविताको शक्ति प्रमाणित गर्नका लागि सडकमा उभिएका हुन्छन् । आन्दोलनमा नारा हुन्छ, नारामा कविता हुन्छ । कवितामा सिंगो आन्दोलन हुन्छ । यसका आ–आफ्नै स्वरुप र अर्थ हुन्छन् । जब कुनै पनि कविलाई थाहा हुँदैन, कविता कहाँ कहाँ कस्तो कस्तो अवस्थामा उभिन्छ भन्ने, उसले भन्ने यस्तै हो । कविताको एउटा स्वरुप र अनुहार हो नारा । जब सडकमा कविता उभिन्छ, त्यहाँ नारा नै बन्छ । अन्य हिसाबमा विलासिता, आनन्द, वियोग जस्ता विषयमाथिका कविताको आफ्नो हिसाबको ओज छँदैछ । या अन्य ठाउँमा कविता फरक हिसाबले उभिन्छ । र कविता हरेक परिवर्तनका खातिर सडकमा मुठी उठाएर उभिएको छ र आफ्नो शक्ति, सामथ्र्य देखाएको छ भन्ने थाहा नपाएकाहरूले नै भन्ने हुन्, कवितासँग नारा टाँसेर कविताको हुर्मत लिन सक्दिनँ भनेर । ४. आन्दोलन र कविता अर्थात् सृजनाको धरातल फरक हो । तर , विगतलाई हेर्दा पनि ठूलो आन्दोलनमा कवितालाई हतियारका रुपमा प्रयोग गरेको पाइन्छ । आन्दोलन र कविताको आवाजमा के कति आधारमा समानता र भिन्नता रहेछ ? सृजनाको प्रक्रियाको पाटोबाट त आन्दोलन र कविता फरक हुने भइहाले । आन्दोलनले सत्तालाई दबाबमा राख्न सक्छ, कविताले आन्दोलनलाई बलशाली बनाउन सहयोग गर्छ । समानता र भिन्नताको कुरा गर्दा एउटा कविता आन्दोलनमा सहभागी हुनसक्छ, र एउटै कविताभित्र सिंगो आन्दोलन अटाएको पनि हुनसक्छ । फेरि आन्दोलन कस्तो उद्देश्यसहित सडकमा आइपुगेको छ भन्ने कुरा पनि हो । अब आन्दोलनको उदेश्य नै स्वार्थी छ भने त्यस्तो ठाउँमा कविता उभिन सक्दैन । कवितालाई आफ्नो धर्मले दिँदैन । कविताले सधैं असमानता, विभेदमाथि प्रश्न गरेर आएको लामो इतिहास छ । त्यस हिसाबले जब परिवर्तनका खातिर या राज्यलाई सचेत गराउन आन्दोलन हुन्छ, त्यसबेला कविता सधैँ अग्रमोर्चामा हुन्छ । यही नै कविता र आन्दोलनको एउटा समानता हो । ५. कविताले संकेत गर्छ । लेख्न र बुझ्नका लागि त नारा थियो , चर्को आवाजमा बोल्नका लागि आवाज थियो । तर , फेरि पनि कविता नै किन ? लेख्न र बुझ्नका लागि नारा या त चर्को आवाज पनि थियो । तर किन कविता लेखियो ? अब एउटा किसान आन्दोलनमा आयो भने बन्दुक बोकेर आउँछ कि कुटो कोदाली बोकेर आउँछ ? एउटा संगीतकर्मी आन्दोलनमा आयो भने गीटार र केही गीत पक्कै आउनेछ भनेर किन ढुक्क हुन्छौँ ? किनभने जोसँग जे छ, जस्तो क्षमता छ, त्यहीमार्फत् उसले आफ्नो आवाज मुखारित गर्ने हो । कविताले संकेत गर्छ कि सीधै भन्छ त्यो हाम्रो वशको कुरा होइन । यो कुरा वहस र छलफलको अर्कै पाटो हो । तर, हामीसँग आवाजको नाममा, नाराको नाममा मात्र कविता छ, अब कविता नै किन त ? ६. नवपुस्ता , त्यसमा पनि सबै सृजनशील नवपुस्ताले कविताको सांकेतिक भाषालाई सजिलै ग्रहण गर्न सक्छन् ? यस अभियान सीमित जमातमा मात्र कैद हुँदैन ? यसबारे के सोच्नुभएको छ ? यति चाहिँ के ख्याल गर्नुपर्छ भने कविताको सर्वव्यापी भाषा सांकेतिक होइन । त्यो एउटा मात्र भाषा हो । यसो त संसारभरका मानिसको भाषा भनेको अंग्रेजी हो या चिनियाँ हो भनेजस्तो कुरो हो । संसारमा भाषा यति मात्र होइन ! ठ्याक्कै कविताको भाषा र वर्णमालाको कुरा गर्दा यस्तै नै हो । कविता जब सडकमा उभिन्छ, उसले नाराको भाषा बोल्छ, आक्रोश र परिवर्तनको भोकको भाषा बोल्छ । जब समाजमा उभिन्छ, ऊ विभेदको भाषा बोल्छ, प्रश्नको भाषा बोल्छ । जब कुनै प्रेमी र प्रेमीकाको सामुन्ने उभिन्छ, ऊ प्रेमको भाषा बोल्छ । जब कुनै दुधे बालक र आमाको बीचमा उभिन्छ, कविताले स्नेह, मातृत्व र ममताको भाषा बोल्छ । र हाम्रो पुस्ताले कविताको भाषालाई बुझ्ने मात्र होइन, त्यसलाई पर्गेलेर अगाडि जानसक्छ । यो अभियान सीमित जमातमा कैद हुनसक्छ या नहुन पनि सक्छ । त्यो समयलाई जिम्मा हो । तर, सचेत नागरिकको हिसाबले एकजनाले मात्र प्रश्न किन नगरोस्, या एक्लैले मात्र औंला किन नउठाओस्, त्यो विरोध हो । त्यो आन्दोलन हो । किनभने हामी लोकतन्त्रको अभ्यास गरिरहेका छौँ । सीता थुलुङः “ यो अभियानलाई गजल इतिहासमा कोशेढुङ्गा सावित गर्न दस्तावेजीकरण गर्नु आवश्यक छ “ सीता थुलुङः १. तपाईँ विशेष गजल लेख्नु हुन्छ । अहिले गजलकै आवाज बोकेर क्वारेन्टिन अभियानमा जोडिनुभएको छ । विरोधको लागि गजल नै किन लेख्नुपर्यो ? अहिले हामीले सरकारका अकर्मण्यता, अनुदारपन, गैह्रजिम्मेवारीपन विरुद्ध सिर्जनात्मक विरोध, लेखनबाट गरिरहेका छौ । विरोधको लागि गजल नै भन्दा पनि, गजल पनि यो अभियानको लागि एउटा सशक्त र विशिष्ट विधा (माध्यम) भएको कारण ह्यासट्यागमा क्वारेन्टिन गजल लेखेका हौ । योभन्दा अगाडि जुलाई १ मा पनि यही अभियानको पहिलो थालनी क्वारेन्टिन कविताबाट सुरु गरिएको थियो । त्यसैले यही अभियान अन्तरगत नै सरकारको अकर्मण्यताविरुद्ध सिर्जनात्मक विरोधको लागि अहिलेको पुस्तामा लोकप्रिय लघुकाव्यात्मक विधा गजलबाट पनि गरिएको हो । विशेष संरचनामा लेखिने गजलका माध्यमबाट अहिलेको यो भयावह अवस्था, मानवीय र सामाजिक मुद्दाहरूलाई संवोधन गर्न शालीन र कलात्मक रूपबाट प्रभावकारी हुने देखिएकोले यो क्वारेन्टिन गजल लेखिएको हो । २. गजल लेखनका क्षेत्रमा आफ्नै सैद्धान्तिक विवाद र बहस छन् । यो अभियानमा त अझ् गजलहरू नाराका रूपमा देखिदैछन् ? यसले थप विवाद र बहस निम्त्याउँदैन ? हो, गजल लेखनमा सुरुवातदेखि नै विभिन्न सैद्धान्तिक विवाद र बहस छन् । यद्यपि मेरो विचारमा, यो अभियानको गजल लेखनलाई नाराका रूपमा लेखिएको भन्नुभन्दा पनि सरकारको काम कारबाहीमा असन्तुष्ट भएपश्चात सर्जक र लेखकद्वारा सामाजिक मुद्दा, मानवीय संवेदनामाथि लेखिएको भनेर बुझ्न उपयुुक्त हुन्छ । जसरी साहित्यका अन्य विधाको माध्यमबाट आफ्नो विशेषता, तौल र मूल्य कायम राख्दै विभिन्न सामाजिक विषयवस्तुमाथि लेखिन्छन्, उसरी नै गजल पनि यसको आधारभूत विशेषता कामय राख्दै सामाजिक मुद्दामाथि लेखिएको छ । नेपालमा गजल लेखनको इतिहास करिब डेढ सय वर्षको हाराहारीमा छ । विश्वमा गजल लेखनको सुरुवाती नै दरबारबाट गेयात्मक र शृङ्गारिक भावबाट भयो । नेपालमा पनि गजल सुरुवाती चरण योभन्दा फरक रूपबाट हुन सकेन । अझ गजल लेखनको सुरुवात जहानीय राणा शासनकालमा भएको थियो । राणाकालीण समयमा सत्तासँग सिंगौरी खेल्ने अवस्था र आँट कम नै देखिन्थ्यो । यसर्थ सुरुवाती गजल लेखन शृङ्गारिकतातर्फ नै विकसित हुँदै गयो । लगभग पचासको दशकपश्चात् मात्रै ज्ञानुवाकर पौडेल, बूँद राणा, मनु ब्राजाकी, ललिजन रावल, रवि प्राञ्जलजस्ता गजलकारले सुस्ताएको गजलको पुनर्जागरण गरे । तत्पश्चात गजल शृङ्गारिक मात्रै नभएर अन्य विषयहरूमाथि पनि लेखिन थाल्यो । मैले यहाँ के प्रसंग जोड्न खोजिरहेको छु भने, गजलको उत्पति गेयात्मक र शृङ्गारिक हुनुपर्छ भन्ने मान्यताबाट फराकिलो हुँदै यसका विशिष्ट संरचनागत कुराहरू जस्तै शेर, काफिया, मतला, मकतालाई ध्यानमा राखेर अहिले विभिन्न विषयवस्तु तथा मुद्दामाथि गजल लेखिइरहेको छ । गजल छन्द वा बहरमा पनि लेखिन्छ र स्वतन्त्र पनि लेखिन्छ । फराकिलो लेखन संस्कृतिले गजलको संरचनात्मक पक्षलाई मात्रै होइन गजलको विचार पक्षलाई पनि उतिकै मजबुत बनाउदै लगिरहेको छ । गजलको आधारभूत पक्ष मिजाज (स्वभाव वा प्रकृति) प्रेमिल नै भए पनि गजलले आफ्नो स्वभाव विस्तार गरेर जीवन जगतका हरेक विषयमा विचरण गरिसकेको छ। गजलको सैद्धान्तिक धरातलबाट हेर्ने हो भने पनि गजलको वैचारिक सिद्धान्त अन्तरगत विभिन्न पक्षहरू छन् । तखय्युल भन्नाले गजलकारले विचरण गरेको विषयवस्तु, दर्शन वा सोचाइको (सम्भावित) आयामलाई बुझिन्छ । गजलकै भाषामा यसका विषयवस्तु शहरे आशोब, जम, तजाहुल आरिफाना, हजल, रेखती, नाजुल खयाली आदी हुन् । कुनै समयको विसङ्गत अवस्थालाई छर्लङ्ग हुनेगरी बिम्ब, प्रतिकको प्रयोगद्वारा अभिव्यक्त गर्नु शहरे आशोब हो । यसले तत्कालीन समयको ऐतिहासिक परिस्थितिको ऐना देखाउने गर्छ । त्यसैगरि शायरहरू प्रायशः आफू रहेको समाज, जमाना, परिवेशप्रति असन्तुष्ट हुनु, दोष देखाउने र आलोचनात्मक हुनु, संस्कृतिको विरोध गर्नु जम हो । दर्द, पीडा, आँसु, वियोग साथै विप्रलम्भ शृङ्गारका प्रशङ्गहरू कोमल र शालीन तरिकाले उठान गर्नु नाजुक खयाली हो । यसर्थ यो अभियान जोडिएका गजल प्रायशः माथि उल्लेख गरेअनुसार शहरे आशोब, नाजुक खयाली, जम अनुसार लेखिएका छन् । साथै अभियानका लागि बहरमा लेखिएका गजलहरू पनि उति छैनन् । त्यसैले क्वारेन्टिन गजललाई नै लिएर थप विवाद र बहस हुने अवस्था र आवश्यकता म देख्दिनँ । ३. गजल लेखनमा अहिले एउटा ठूलो भीड छ । तीमध्ये धेरै गजलकार हुँ भन्ने भ्रममा पनि बाँच्नुभएको होला । यो अभियानले त त्यो भीडलाई अझै मौलाउन दिएको जस्तो देखियो नि ! यसले गजलको गुणवत्तामा कस्तो प्रभाव पार्ला ? पछिल्लो केही दशकमा गजल लेखनमा ठुलो जमात छ । यहीँ जमातबाट आएका र स्थापित भएका गजलकारहरू पनि छन्, जसले नेपाली गजललाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका छन् । जमातमध्ये गजलकार हुँ भन्ने भ्रमभन्दा पनि गजलप्रतिको रहर, माया, मोह हो जस्तो लाग्छ मलाई । कसैमा भ्रम पनि हुनचाहिँ सक्ला, तर भ्रम केही समयको लागि मात्रै हुन्छ । मेरो विचारमा यो अभियानले भ्रमको भिडलाई मौलाउन दिएको जस्तो लाग्दैन । हाम्रो यो अभियानमा मुद्दा प्राथमिक हो । त्यसलाई प्रस्तुति दिने माध्यमको रुपमा गजललाई लिइएको छ । गजलको भौतिक पक्ष र वैचारिक पक्ष दुवै समेटेपछि मात्रै सशक्त हुने भएकाले गजल लेखन सरल र सहज छैन । अतः अहिलेको परिस्थितिलाई उजागर गर्दै गजल लेख्नु एक चुनौतीको विषय पनि हो । कतिपय अवस्थामा विषयवस्तु बुझिन्छ, तर संरचना मिलाउन सकिन्न, कहिले संरचना मिल्छ तर भाव, विचार कमजोर भएर आउँछ । तर यो अभियानमा आएका गजलहरूलाई हेर्दा दुवै सैद्धान्तिक पक्षको दृष्टिकोणबाट सबल नै देखिन्छ । छन्दमा लेखिएका गजलहरूका हकमा भने तुलनात्मक रूपमा थप विशिष्ट संरचना (मात्रा) मा ध्यान पुर्याउनु पर्छ । मैले चाहिँ यो अभियानको लागि भनेर लेखिएको छन्द, बहर गजल भेटेको छैन । गजलको बारेमा सैद्धान्तिक ज्ञान हुनु र गजल लेख्नु दुई अलग विषय हो । गजल सिद्धान्तमा दखल रहेर पनि कमजोर सिर्जना हुन सक्छ । निकै अब्बल सिर्जनाका पनि सिद्धान्ततः केही दोषहरू देखिन सक्छन् । त्यसैले नेपाली गजलको गुणस्तर यो अभियानसँग जोडिनुले र नजोडिनुले कुनै असर वा प्रभाव पारेको देख्दिनँ र यसले निर्धारण पनि गर्ने होइन । ४. अहिलेसम्मका ठूलो परिवर्तन तथा आन्दोलनमा कविताले जुन किसिमको हस्तक्षेप राख्दै आएको थियो , त्यो गजलले राख्न सकेको थिएन । त्यसका प्रविधिक तथा संरचनागत कारण विविध थिए होलान् । अब यो अभियानले नेपाली गजलको क्षेत्रमा नयाँ आयाम थप्न सक्छ ? सक्छ भने त्यो कस्तो हुनेछ ? दार्शनिक र सैद्धान्तिक दृष्टिकोणबाट विश्वमा पन्ध्रौं शताब्दीदेखि नै विभिन्न काव्यिक आन्दोलन भएको इतिहास देखिन्छ । बीसौं शताब्दीमा भारतमा Hungry Generation, चीनमा Misty Poets तथा अमेरिकामा वर्ग चेतनाको लागि Proletarian Poetry आन्दोलनहरू चलेका थिए। विश्वमा शान्ति, न्याय र समानताका लागि काव्यिक आन्दोलन र अभियान चलाइएका छन् । नेपालमा पनि सडक कविता क्रान्ति अभियान, राल्फाली आन्दोलन, सिर्जनशील अराजकता जस्ता आन्दोलनहरू भएका छन् । विश्वका ठूलाठूला आन्दोलनहरूमा कवितामार्फत समर्थन र विरोध भएको पाइन्छ । तथापि यस्ता विभिन्न आन्दोलन र अभियानहरूमा कविताको हस्तक्षेपकारी भूमिका रहेको भन्दा पनि बलियो उपस्थित रहेको भन्दा उपयुक्त हुन्छ होला । क्वारेन्टिन गजल अभियानले नेपाली गजल साथै विश्वको गजल इतिहासमा नयाँ आयाम थप्ने प्रयास गरेको छ । विभिन्न विषयवस्तुमाथि गजल लेखिएता पनि विभेदविरुद्ध केही कार्यक्रमहरूमा छिटफुट गजल वाचन गरियो/भए तर गजलले ठूला स्थापित आन्दोलन र अभियानको रूपमा भने उपस्थिति जनाएको थिएन । त्यसैले यो अभियानलाई गजल इतिहासमा दर्ज गर्नको लागि, कोशेढुङ्गा सावित गर्नको लागि दस्तावेजीकरण गर्नु अति आवश्यक र महत्वपूर्ण कुरा हो । नेपालमा गजल लेखनको समयक्रमलाई आधार मान्दा, गजलको मध्ययुगसम्म आइपुग्दा शृङ्गारिक भावबाहेक पनि जीवन जगतका सम्पूर्ण विषयवस्तु गजल लेखनले समेटिसकेको छ । यसले समाजका विकृति( विसङ्गती, परिस्थिति( परिवेशको आलोचना, पीडा, वियोग आदि विषयमाथि गजल लेखिएका छन्। यसले गजलको दायरालाई फराकिलो बनाएको छ । यो गजल अभियान शासकले नागरिकप्रति देखाएको उदासिनता, गैरजिम्मेवारीपन, अनुत्तरदायीपन र अकर्मण्यताको विरुद्धमा, सामाजिक विभेद, बेथितिजस्ता विषयवस्तुमाथि सामूहिक आवाज उठान गर्ने एक सशक्त माध्यम बन्न सक्छ भन्ने उदाहरण बनेको छ । यसले नागरिकको जिउधनको सुरक्षा गर्न, मानव अधिकार सुनिश्चित गर्न, सामाजिक, सांस्कृतिक विभेद अन्त्य गर्दै सामाजिक न्यायको सिद्धान्त पालना गर्न नैतिक दबाब सिर्जना गर्छ । #क्वारेन्टिन कविता अभियान #नवीन प्यासी #बाबु साहेब #सीता थुलुङः |
भीडतन्त्रबाट निर्देशित युवा कार्यकर्ताहरू: युवाका परिभाषा आ-आफ्नै खालका भए पनि एउटा सर्वसत्य के हो भने, हरेक परिवर्तनको संवाहक नै युवा हो । शारीरिक र मानसिक उर्जाका हिसाबले जीवनकै उच्च सम्भाव्यता भएको अवस्था नै युवा अवस्था हो । यसलाई उमेरसँग जोडेर परिभाषित गर्ने आधिकारिक अभ्यास विश्वमा चलिआएको छ र हरेक देशको आ-आफ्नै खालको परिभाषा छ । नेपालमा राष्ट्रिय युवा नीति २०७२ अनुसार १६-४० वर्ष उमेर समूहलाई युवाको परिभाषाभित्र राखिएको छ । २०६८ को जनगणनामा नेपालमा कूल जनसंख्याको ४०.३४% युवा छन् । जहाँ युवाको संख्या धेरै छ, त्यसलाई राष्ट्र विकासको लागि राम्रो सुचांकका रूपमा लिइन्छ। यसलाई स्वर्णीम समय मानिन्छ। यसरी युवाको संकुचित परिभाषा दिई युवाको महत्व विषयान्तर गर्नेक्रम नेपालमा पनि जारी छ। युवा निश्चित समूहको घेरामात्र नभई आत्मविश्वास हो। युवा मानसिकता हो। युवा चेतनशीलता र परिवर्तनको सम्वाहक हो। तर विडम्बना ! नेपालमा युवालाई रेमिटान्सको उद्योग बनाइयो। युवालाई पार्टी र अभियानहरूका विवेकहिन कार्यकर्ता र अभियन्ता हुन बाध्य पारियो। तिनै युवा कार्यकर्ताहरू सधैँ सबै राजनितिक परिवर्तनको अग्रमोर्चामा रहँदैआए पनि परिवर्तन भएपछि भूमिकाबिहिन भएका छन् । यो युवाको क्षमताप्रतिको अविश्वास हो। जति युवामा जोस, जाँगर र इच्छाशक्तिको अवसर हुन्छ, त्यतिकै मात्रामा क्षणिक लाभ, अपरिपक्कता र अहंकारको चुनौती पनि हुन्छ | यदि नेतृत्वले यी चुनौती पक्षहरूलाई व्यवस्थापन गर्ने कुशल र रचनात्मक उपायहरूसहितको नेतृत्व गर्न सकेनन् भने त्यो युवा जनशक्ति केवल साधन बन्छ, स्रोत हैन | जसलाई आवश्यकता अनुरूप सबैले प्रयोग गर्छन् । सरकारले ल्याएका युवा लक्षित कार्यक्रमहरूमा पनि केही निश्चित युवा जसमा भीडतन्त्र निकै हावी छ, त्यस्ताले मात्रै लाभ लिएको देख्न सकिन्छ। भीडतन्त्रले युवामा पारेको प्रभाव देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ। यो व्यवस्था ल्याउन पनि अग्रणी भूमिका युवाकै रहेको थियो। २०४७ सालदेखि यता केही कार्यकर्ताहरू शक्ति केन्द्र धाउने र आफ्नो क्षमता बिर्सिदै गएको पाइन्छ। क्षमतावान युवाहरूले नै ल्याएको व्यवस्थामा भीडतन्त्र हावी हुनुले युवाहरू आफू-आफू नै तर्क र वितर्कमा व्यस्त छन् । सदनदेखि सडकसम्म केवल टेवल ठोक्ने र विरोधका अग्रमोर्चामा उभिएर चर्को नारा लगाउनमै सिमित छन् । सदनमा एकअर्कालाई आरोप-प्रत्यारोप गर्दैमा समय पुग्दैन। कसैले पनि विकल्प दिन सकिरहेका छैनन् । यता समाजमा भने आफू र आफ्नो पार्टीप्रति विमति राख्नेलाई देशभरिका कार्यकर्ता मिलेर त्रासको अवस्था सिर्जना गर्नुबाहेक स्वविवेक प्रयोग गरेर बहसको बाटो रोज्नै चाहँदैनन् । सबै पार्टीका नेता-कार्यकर्ताहरूले आफ्नो पार्टीप्रति असहमती जनाउने जोकोहीलाई विकास विरोधी देख्नुले नै भीडतन्त्र हावी भएको मानिन्छ। यसरी स्वतन्त्र युवा कार्यकर्तामा परिणत हुन्छ। भीडतन्त्रमा हावी भएकाहरू नै किन राजनीतिमा ? विश्व महामारीले आक्रान्त छ। यस्तो विषम परिस्थितिमा पनि पार्टी र नेता भन्दै कुर्लने युवा कार्यकर्ताले आफ्नो नेताहरूबाट आफू अनुकूलको बजेट पाउने भएपछि किन नलाग्ने राजनीतिमा ? अन्त केही पनि गर्न नसक्ने, न कुनै पेशा व्यवसाय नै छ । त्यस्तो केही पनि गर्नु नपर्ने , दुई-चारको टाउको फुटाउन सक्ने योग्यता, जेल बसेको अनुभव भएकाहरू धेरैका लागि राजनीति रोजीरोटी भएको प्रसस्तै उदाहरणहरू समाजमा छन् । तिनीहरूको मुल ध्यय जसरी पनि आफ्नो पार्टीका नेताहरूमा प्रभाव पार्ने मात्रै हुन्छ । आफ्नो पार्टी र नेताले मूर्खतापुर्ण कार्य गर्दा पनि स्वविवेक प्रयोग नगरी भीडबाट आएको आवाज अनुसारको तर्क गर्न मै व्यस्त छन् । उसो त राष्ट्रपति कार्यलयमा भएका कार्पेट काण्डलगायतका कार्यहरूमा प्रश्न उठ्दा राष्ट्रपति माथिको प्रहार गणतन्त्र विरोधि साजिस हो भनेर बचाउ गर्ने प्रधानमन्त्रीले उक्त पदमा नरहँदा उनीबाट प्रशिक्षित कार्यकर्ताहरूले उनको सिको गर्नु अनौठो मान्नुपर्ने विषय होइन। कार्यकर्ताले गलत गर्दा नेताले खुलेर प्रशंसा गरेर बचाऊ गर्ने र नेताले गलत गर्दा कार्यकर्ताले कुतर्क गरेरै भए पनि बचाऊ गर्ने शृङ्खला जारी छ। यिनीहरूको यस्तै कार्यहरूले राजनीति जहाँबाट राज्य सुरक्षित महशुस गर्छ, राज्यले स्तरउन्नति गर्छ, त्यस्तो माध्यमलाई फोहरी खेल बनाएका छन् । यस्तो अवस्थामा थुप्रै राजनीति गर्न चाहने युवाहरूमा पनि वितृष्णा जागेको छ । फेरि पनि कोही विवेकहीन नेता-कार्यकर्ताहरूको रोजीरोटी राजनीति नै बन्न पुगेको छ । स्थानीय, प्रदेश र संघले विकास निर्माणका कार्यहरूका लागि छुट्याइएको बजेट उपभोक्ता समिति निर्माण गर्दा, ‘यो त कार्यकर्ता भरणपोषणका लागि दिएको हो, म पनि यसको भागिदार हुनुपर्छ’, भनेर हानथाप गरेको उदाहरण अचेल थुप्रै पाइन्छन् । यसरी केही अबुज युवा कार्यकर्ताहरूले विकास निर्माणका कार्यहरूका लागि आउने बजेटमा आशातित भएर, अरू केही गर्न नसक्नेहरूका लागि राजनीति रोजीरोटी बनेको पाइन्छ। विकल्पसहित निष्कर्ष माटो, झण्डा, युवा, श्रम, स्रोतसाधन र समग्र राष्ट्र नै अत्यन्त कठिन अवस्थामा रहेका बेला राजनीति र अर्थतन्त्रको फ्युजनभित्र बौद्धिक बहसको केन्द्र बनाइनुपर्ने पार्टीहरू कार्यकर्ता भर्ती केन्द्र भएका छन्। यस्ता पार्टीहरूमा भर्ती भएका कार्यकर्ताहरू राजनैतिक शक्ति कब्जा गर्न र नेताको विश्वासिलो पात्र बन्न प्रयत्नशील छन्। राजनीति त राज्य निर्माण गर्न, कुशलतापूर्वक सरकार चलाउन, जनतामा आर्थिक, सामाजिक र राजनितिक संस्कार पैदा गरेर आधारभूत परिवर्तन गर्ने गरिनुपर्थ्यो । विडम्बना ! जानीजानी गुणात्मक नेतृत्व निर्माण गरेर पुस्तौँपुस्तालाई पुग्ने सम्पति थुपार्ने प्रशिक्षण दिइन्छ। नेपाली जनता प्रगति र उत्कर्षका चिल्ला आश्वासन बाँढ्ने कुनै पनि पार्टीका कार्यकर्ताहरूसँग महत्वपूर्ण समयमा जिम्मेवारी बहन गर्ने र चुनौतीहरूको सामना गर्ने क्षमता छ भनेर पत्याउँदैन। नपत्याउनुको कारण उनीहरूका विगतका गतिविधिहरूले निर्धारण गरेको हो। भुटानमा स्नातक नगरी सांसद हुन पाइँदैन। त्यहाँ मन्त्री, प्रधानमन्त्रीहरू पेशागत विज्ञ हुन्छन्। जर्मनीका राष्ट्राध्यक्ष एन्जेला मर्केलले विद्यावारिधि गरेकी छिन। त्यहाँ विज्ञताको सम्मान हुन्छ। विमति सुन्ने धैर्यता देखाइन्छ। अभिव्यक्तिमा पानीका फोहोरा र लाठी प्रहार गरिदैन। किरोनाको यस्तो महामारीमा आफैँ ज्ञान बाँढेर बस्दिनन्, विज्ञहरूलाई अघि सार्छिन्। त्यहाँ ग्रुन पार्टीले वातावरणलाई महत्व दिन्छ। एफडेपेले व्यापार, एसपेडेले श्रमिकका मुद्दाहरू उठाउँछ। यसरी फरक फरक पार्टीले प्रस्तुत गरेका विज्ञताको सम्मान हुन्छ। हाम्रो देशका पार्टीहरूझैँ नलुटेकै कारण आज उदाहरण बनेका छन। त्यस्ता देशका कार्यकर्ता निकै अध्ययनशील र सचेत हुने गरेको पाइन्छ। हाम्रो जस्तो देशका युवा कार्यकर्तामा पनि त्यो किसिमको चेतनामा वृद्धि गर्न आवश्यक विकल्पहरू निम्नानुसार पनि हुनसक्छन्; १. युवा कार्यकर्ताहरूलाई राष्ट्रप्रति जिम्मेवारी बहन गर्न र चुनौतीहरूको सामना गर्न प्रशिक्षणात्मक कार्यहरू हुन जरुरी देखिन्छ। २. नेतृत्वमा पुगेकाहरूले आफ्नो घोषणापत्रबाट विमुख नभई कुशलतापूर्वक सरकार संचालन गर्नु पर्दछ। ३. मन्त्रालयमा जिमखाना होइन युवा कार्यकर्तालाई रिसर्च गर्न प्रेरित गरी रिसर्च ल्याबहरूको स्थापना गरिनुपर्छ। साथै समाजका विभिन्न क्षेत्रमा संघर्ष गर्दै गरेका युवाहरूको रचनात्मक र समालोचनात्मक संवाद र सहकार्यको वातावरण निर्माणका लागि संरचनागत व्यवस्थापन हुन जरुरी छ। ४. युवा कार्यकर्ताहरूले आपतकालीन परिस्थितिको दृढताका साथ सामना गरी आवश्यक कदम चाल्नुपर्ने र प्रोलोभनको प्रतिरोध त्याग्नुपर्छ । ५. युवा कार्यकर्ताहरूले यथार्थपरक र व्यवहारिक हुन आफू समर्पित भई जनताको हितमा आफ्नो शक्ति प्रयोग गरेर सार्वजनिक विश्वास कमाउनु पर्दछ। ६. नेतृत्वले पनि कार्यकर्ता र जनतालाई `भोट बैंक´ मात्रै नसम्झी प्रजातन्त्र, निष्पक्षता, प्रतिस्पर्धा र चयनात्मकताका सिद्धान्तहरूको पालना गर्नुपर्दछ। यसरी प्रगतिशील सोच, उत्कृष्ट प्रदर्शन, उच्च नैतिक अडान राख्ने कार्यकर्तालाई सम्मानस्वरूप अघि सार्दै लैजानुपर्छ। ७. युवाहरूलाई व्यवहारिक शिक्षा प्रदान गरी उत्पादनमुलक क्षेत्रमा खटाउन महत्वपूर्ण भूमिका खेल्नुपर्दछ। यी केही उदाहरणका प्रतिनिधि विकल्पहरू हुन। आफू सम्यमित भई अध्ययन संस्कृतिको विकाससँगै संस्कारसहितको राजनीतिमा लाग्नु युवाको दायित्व हुन्छ। #सचिन तिमल्सिना |
रित्तो नहुने मनको कोठा: तपाईंले शुरुबाटै चिया अड्डा ‘फलो’ गर्नुभएको छ भने निक्की तपाईंका लागि नयाँ नाम नहुन सक्छ । अघिल्लो दुई भागमा निक्की आइन । मैले एउटा भागमा आत्महत्या गर्नेहरूप्रतिको हेराईका बारेमा र मानव मनको संवेदनशीलताका बारेमा चर्चा गरेको थिएँ भने अर्को भागमा सामाजिक संजालको सदुपयोग कसरी गर्न सकिन्छ भनेर केही कुराहरू राखेको थिएँ । त्यसलगत्तै निकै दिनपछि निक्कीले मेसेज पठाई, “तपाईंको चिया अड्डामा त आजकल चियाको कुरै हुन छोड्यो नि ?” “अँ, आजभोलि गाउँतिर आको छु । घरमै चिया पिउँछु । चिया अड्डामा नपसेको धेरै भयो । घरकै चिया पिएर बसेपछि गाउँकै कुराहरू लेखौंजस्तो सोच पनि आयो ।” “यो त झन् मज्जाको कुरा हो नि ! अनि मलाई किन वास्ता नगर्नुभा’को त ?” “मतलब ?” “मेसेज गर्नुभएन नि ! ” म उसलाई किन मेसेज पठाउँथें र । असली परिचय नै नखुलेकीलाई बरु एड पो कुन सुरमा गरेछु । कोही आफ्नै साथीले केटीको आइडी बनाएर मजाक पो गरेको हो कि ? फेक आइडीलाई जवाफ त अड्कलेर दिनुपर्छ, अझ आफैँ पहिले नै बोलाउँला र ? तैपनि रूखो बनिहाल्न मन लागेन र भनिदिएँ, “आजकल फेसबुक अलि कम नै चलाउँछु ।” “हाहाहा, गफ पनि अलि पत्याउने लगाउनु नि ! चौबीस घण्टा अनलाइन बसेर, घण्टा घण्टामा पोस्ट गरिराख्ने मान्छेले फेसबुक कम चलाएँ अरे !” म निच्च परें । हुन पनि सुतेको बेलाबाहेक दिनको अठार घण्टा त छुस्स छुस्स गरेर मोबाइल खेलाइरहेको हुँदो रहेछु । त्यसमा पनि अधिकतम समय त फेसबुक नै चलाइरहेको हुँदो रहेछु । हिजो राती पनि मोबाइलको चार्ज सक्किएपछि वस्तुभाउलाई किलोमा बाँधेजसरी मोबाइललाई चार्जरमा जोडेर सुतेँ । बिहान उठेपछि आँखा खुल्नासाथ फेरि त्यही मोबाइल हेरेर दिनको शुरुवात गर्नु नै थियो । अनि टन्न चार्ज नभरेर भयो त ? पुराना दिनहरू सम्झिएँ, जतिबेला हातमा मोबाइल थिएन । फेसबुक भनिने सबैले चिहाउन मिल्ने जिन्दगीको खुल्ला नाटक पनि थिएन । हामी स्वतन्त्र थियौँ । जीवनका असली रङहरू हामीसँग थिए । हामी त्यतिबेला चौतारीमा गफ गरिरहेका हुन्थ्यौं । या कतै कुनै चियापसलको बाहिर हातभरि मैदाको धुलो समेटेर क्यारम बोर्डमा पोइन्ट जितिरहेका हुन्थ्यौं । सुरेश बडाल म हाम्रो गाउँका आमाहरूलाई हेर्छु । घरकै आमा, हजुरआमालाई हेर्छु । न त मोबाइलको चासो, न त फेसबुकमा के के भयो भन्ने चिन्ता, न त इन्स्टाग्राममा कस्तो फोटो पोस्ट्याउने भन्ने पीर । फगत जिन्दगी जिन्दगीजस्तै नै वास्तविक देखिन्छ । हजुरआमाहरूलाई न त सन्चो भएन भनेर कहिल्यै फिलिंग सिक लेखेको फेसबुकमा स्टाटस राखेर केयर रियाक्ट बटुल्नु पर्छ भन्ने ध्याउन्न छ । न त आमाहरूलाई हातहरू छिया छिया पारेर घाँस काटेको भिडियो खिचेर टिकटक बनाउनु पर्छ भन्ने सुर छ । हजुरबाहरू ‘हर गंगे’ गरेर नुहाउनु हुन्छ एकाबिहानै, गायत्री मन्त्र पढ्नु हुन्छ, ध्यान जप गर्नुहुन्छ । उठ्नासाथ क-कसको आज बर्थडे परेछ भनेर कहिल्यै हेर्नु हुन्न । बा’हरू बजार डुल्नु हुन्छ, किनमेल गर्नु हुन्छ, खेतबारीमा जानु हुन्छ, भत्केका आली अड्याउनु हुन्छ, पानी लगाउनु हुन्छ, समाह थुन्नु हुन्छ, घरतिर यताउता नियाल्नु हुन्छ, खाजा खानुअघि दहीच्युरा, मकै भटमास, गहुँको रोटीहरूका फोटाहरू खिच्नु हुन्न, फेसबुकमा राखेर खाजा सेलाउने बेलासम्मै नखाई नखाई, लाइक र कमेन्ट गन्नु हुन्न । आउन त प्रविधि हामीलाई नजिक बनाउन भनेर आयो । तर हिजो जो टाढा थिए, त्यसलाई त नजिक बनाइदियो, तर जो नजिक थिए, तिनलाई भने निकै पर बनाइदियो । म कहिलेकाही अचम्ममा पर्छु । कति धेरै परिचितहरू जसलाई हामी असलमा को हौँ भन्ने थाहा छ, उनीहरू फेसबुकमा लाइक गर्छन्, कमेन्ट गर्छन् । तर बाटोमा भेट्दा बोलिहाल्न हिच्किचाउँछन् । अनि अरू केही अपरिचितहरू पनि छन् जसले हामीलाई रत्तिभर चिन्दैनन् तर फेसबुकमा जोडिएपछि कतै भेट्दा बोलाइहाल्छन् । हामीलाई हाम्रा छेउछाउका मान्छेहरू बिराना लाग्न थालेका छन् भने परका मान्छेहरू आफ्ना लग्न थालेका छन् । जिन्दगीको रित यस्तै नै हो । समयले जसको महत्त्व देख्छ उसैलाई नजिक ल्याएर जोडिदिन्छ । जो आफूसँग जोडिन आउँछन् उसैसँग भावनात्मक रूपमा सम्बन्ध स्थापित गरिदिन्छौँ हामी । र त यस्ता सम्बन्धहरू टुट्दा अथवा केही दूरी हुँदा हाम्रो चित्त दुख्ने गर्छ । पहिले स्कुल पढ्दा सँगै एउटै भाँडामा खाएका, एउटै बेन्चमा वर्षौँ बिताएका साथीहरू पनि समयसँगै छुटेर जान्छन् । हामी कुनै समयमा एउटालाई बेस्ट फ्रेण्ड भन्छौं, त्यही बेस्टफ्रेण्ड पनि समयअनुसार थपिँदै अथवा एउटाको ठाउँ अर्कोले लिँदै जान्छन् । हामीसँग स्कुल पढ्दा, गाउँघरमा खेल्दा, कलेज पढ्दा, व्यापार व्यवसाय वा अन्य कुनै जागिर गर्दासमेत नयाँ नयाँ साथीहरू बन्दै जान्छन् । ती साथीहरू हामीले चाहेर बनेका हैनन्, ती त समय र आवश्यकताले जुराएका हुन् । तर यो पनि सत्य हो कि चाहना नमिलेकाहरू चाहिँ आत्मीय बन्न सक्दैनन् । हामी समयको कुनै कालखण्डमा कुनै एक मान्छेलाई नै विशेष ठानेर हरदम च्याट गरिरहेका हुन्छौँ । फेसबुकमा पनि त्यही व्यक्तिलाई खोजिरहन्छन् हाम्रा आँखाहरू र कुराकानी गर्छन् औँलाहरू । तर यो सम्बन्धको पनि एउटा सिमा रहन्छ । जब कुरा गर्ने विषयहरू लगभग सकिँदै जान्छन् तब कुराकानी पनि पातलिँदै जान्छ । हिजोका मन मिल्ने साथीहरू अब हल्काफुल्का लाइक र कमेन्टमै सिमित हुन्छन् । त्यही औपचारिक सम्बन्ध पनि बिस्तारै धमिलिँदै जान्छ र बिल्कुल अपरिचितजस्तै हुन जान्छन् । बिस्तारै त्यो ठाउँ अर्थात मेसेन्जरको च्याटबक्स अर्कै साथीले लिन थाल्छ । आउने-जाने, मिलन-विछोड र समयले गराउने कार्यहरू सबै जिन्दगीका पाटाहरू हुन् । एउटै मान्छे साथीको रूपमा जिन्दगीभर रहनसक्नु एउटा असामान्य अवस्था हो । यसरी सम्बन्धलाई जोगाउने कला कोही कोहीसँग मात्र हुन्छ । नत्र त हिजो नजिक भएकाहरू आज टाढा हुन्छन्, आज नचिनेकाहरू भोलि नजिक बन्छन् । भावनालाई आफ्नो अनुकूल सन्तुलनमा राखेर हामीले सम्बन्धको सत्यलाई स्विकार्न सक्यौँ भने सायद हामी धेरै दुखी हुनु पर्दैन । त्यही भएर त भनिन्छ नि, जो साथी जीवनभरको लागि साथ दिन आउँछ त्यही नै जीवनसाथी हो । यसकारण अस्थायी सम्बन्धहरू, इन्टरनेटबाट बनेका भर्च्युअल सम्बन्धहरू चिरस्थायी भएनन् भनेर पीर मान्नु हुँदैन । हामीले वास्तविक जीवनमै साथहरू छुटेका देखेका छौँ । जसरी छुटेकी थिई ऊ जसलाई म ज्ञानी भनेर जिस्काउँथें, ऊ मलाई बुद्धु भन्थी । नभन्दै बुद्धु नै त रहेछु म । जो फेसबुकबाट जीवनमा ओर्लिएकी थिई, उसलाई जीवनकै कारागारमा आजीवन बन्दी बनाउने मन थियो, तर ऊ त मेरा आँखाहरूमा भ्रमका धुलो छरेर फरार भैदिई । निक्की सोध्छे, “कस्तो लाग्दैछ त घरको चिया ?” भन्छु, “यहाँ चिनी नराख्दा पनि मिठास आउँछ चियामा, किनकि यहाँ आफ्ना मान्छेहरूसँग बसेर चिया पिउन पाइन्छ ।” “उता शहरमा नि ?” “उता त केही थोपा यादहरू तप्किन्छन् कपमा । तिमीलाई थाहै हुनुपर्ने, नमीठा यादहरूमा मीठा स्वादहरू हुँदैनन् ।” “जो आफ्नो थिएन, त्यो गयो, अनि त्यो पराईलाई सम्झेर जिन्दगी कतिन्जेल चल्छ ?” “कतिन्जेल पनि चल्दैन मलाई थाहा छ, तर तिमीलाई यो पनि थाहा हुनुपर्ने, कहिल्यै रित्तो नहुने कोठा भनेकै मनको कोठा हो, अर्को नआउन्जेल पुरानाका खातापाता भुइँभरि छिरोलिएका हुन्छन् ।” निक्की निकैबेर मौन रहन्छे । #चिया अड्डा #सुरेश बडाल #सुरेश बादल |
विशेष सम्पादकीय: नेपाली साहित्यको एउटा पूर्ण विद्युतीय पत्रिका सञ्चालनमा आएको देखेर हर्षित हुँदै हाम्रा हरेक गतिविधिमा साथ दिने हजारौँ पाठकहरुसमक्ष हामी क्षमा माग्दछौँ । हामीलाई साथ दिनेहरुमा बौद्धिक पाठकहरु हुनुहुन्छ, साहित्य अनुरागीहरु हुनुहुन्छ र साहित्यमा नाम बनाउन चाहने युवा पुस्ताका एउटा सिंगो जमात हुनुहुन्छ । सञ्चालनमा आएको दुई महिना बित्दा नबित्दै हामीले पाठकहरुको जुन ठूलो सङ्ख्या पायौँ, त्यो हाम्रो कल्पनाभन्दा बाहिर थियो । हामीले पाएको अपार मायाकै कारण हामीले चाँडै फोटो कविता प्रतियोगिता र मुक्तक प्रतियोगिता सुरु ग¥यौँ । हरेक दिन फरक विषय र विधालाई केन्द्रमा राखेर विशेष सामग्रीहरु पस्कन थाल्यौँ । यसो गर्दा हरेक दिन साहित्यपोस्टमा फरक–फरक स्वादका सामग्री आउन थाले । यसले पाठकहरुको आकार बढ्यो र सँगै अपेक्षा पनि । सानो टिम, कोरोनाकाल र दलनमा परेको विषयका कारण हामीले धेरै विविधता दिन सकेनौँ । तै पनि पाठकहरुको अपेक्षालाई सम्बोधन गर्न सकियोस् भन्ने कुरामा हरदम प्रयासरत रह्यौँ । हामीले नेपाली भाषा बोल्ने विश्वभरिका पाठक जोड्यौँ र उहाँहरुका लेखनी र समालोचनालाई पनि महत्त्वपूर्ण स्थान दियौँ । तर हामीले बिर्सियौँ, साहित्यभित्र पनि प्रतिस्पर्धा छ । साँघुरा सोच राख्ने व्यक्तिहरुको बोलावाला छ । साहित्यपोस्ट सुरु भएदेखि नै नेपाली साहित्यलाई आफ्नो घेरामा सीमित राख्न चाहनेहरुबाट पाएको असहयोगबाट हामीले यो कुरा बुझ्नु पर्दथ्यो । [bs-quote quote=”गएको विहीबार बिहानैदेखि हाम्रो साइट पूरै ह्याक हुन पुग्यो । ह्याकरले हाम्रा सामग्रीहरुमा पहुँच राखेर त्यसलाई छिन्नभिन्न पारे । केही सामग्रीहरु पूर्णरुपमा नष्ट भए भने साइट हेर्न मिल्ने अवस्थामा आइपुग्न पूरै ४८ घन्टा लाग्यो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] बाहिर भइरहेका आलोचना स्वस्थ हुन् कि आग्रहपूर्ण हुन्, बझ्नु पर्दथ्यो । हामीसँग जोडिएर आएका हरेक आलोचनालाई समालोचनाको कसीमा हेर्नु पर्दथ्यो । भोलि हुने सम्भावित आक्रमणमा सचेत हुँदै प्रत्येक कदम होसियारीका साथ चाल्नु पर्दथ्यो । त्यो हाम्रो लापरवाही थियो । यी र यस्तै लापरवाहीका कारण केही दिनदेखि साइट स्लो हुने, एकैछिनमा साइट लक हुने र पुनः सुरु हुने घटनाहरु बढ्न थाले । पाठकहरुबाट साइट खोल्दा आउने गरेका गुनासाहरुलाई हामीले समान्यरुपमा लिँदै गयौँ । तर गएको विहीबार बिहानैदेखि हाम्रो साइट पूरै ह्याक हुन पुग्यो । ह्याकरले हाम्रा सामग्रीहरुमा पहुँच राखेर त्यसलाई छिन्नभिन्न पारे । केही सामग्रीहरु पूर्णरुपमा नष्ट भए भने साइट हेर्न मिल्ने अवस्थामा आइपुग्न पूरै ४८ घन्टा लाग्यो । यसो गर्दा हामीले सोमबारदेखि बिहीबारसम्म ४ दिन राखिएका सम्पूर्ण साहित्यिक रचना गुमायौँ । जसमा नेपाली साहित्यका चर्चित कथाहरु, नियात्राहरु, बहसहरु, समाचारहरु, फोटा कविता प्रतियोगिता मुक्तक प्रतियोगिताका रचनाहरु थिए । ह्याकहरुले प्रतियोगिताका लागि पाठकहरुले पठाउनु भएका मुक्तक र फोटोकविताहरुलाई पनि नष्ट पारे । यी सबै कुरामा लापरवाही गरेको महसुस गर्दै हामी सम्पूर्ण पाठकहरुसमक्ष क्षमा माग्दछौँ । हामीसँगै एउटै स्पेसमा रहेका सर्भरका अन्य साइटहरुमा केही नभई केवल साहित्यपोस्टमाथि नै आक्रमण हुनु र त्यहाँका महत्त्वपूर्ण सामग्री नष्ट गर्नुका पछाडि कसको के नियत छ, ढिलो चाँडो प्रकाशमा आउने नै छ । यसका लागि नेपाल प्रहरी र साइबर विज्ञहरुको सहयोग हामीले लिएका छौँ र यसलाई गम्भीररुपमा अनुसन्धान गर्ने आश्वासन पनि उहाँहरुबाट पाएका छौँ । भोलिका दिनमा हाम्रो साइटको सुरक्षामा लापरवाही नगरी यथेष्ट सुरक्षा कवच लगाउँदै अघि बढ्न कुनै कसर बाँकी नराख्ने कुरामा हामी प्रतिबद्ध छौँ । [bs-quote quote=”साइट ह्याक हुनेबित्तिकै प्रत्यक्षरूपमा सयौँ पाठकहरुबाट आएको चिन्ता, आश्वासन र चासोले साहित्यपोस्ट एक्लो छैन भन्ने सन्देश पनि दिएको छ । यो प्रकरणले गलत नियतले हामीमाथि गर्ने साइबर वा बौद्धिक आक्रमणहरुलाई निस्तेज गर्न ठूलो टिमको साथ पनि पाएका छौँ ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] साइट ह्याक हुनेबित्तिकै प्रत्यक्षरूपमा सयौँ पाठकहरुबाट आएको चिन्ता, आश्वासन र चासोले साहित्यपोस्ट एक्लो छैन भन्ने सन्देश पनि दिएको छ । यो प्रकरणले गलत नियतले हामीमाथि गर्ने साइबर वा बौद्धिक आक्रमणहरुलाई निस्तेज गर्न ठूलो टिमको साथ पनि पाएका छौँ । केही दिनभित्रै हामी पुनः पुरानै लयमा फर्किनेछौँ । त्यसो गर्दा फोटो कविता प्रतियोगिता, मुक्तक प्रतियोगिता र साप्ताहिक विधागत प्रस्तुतिहरु एक साताका लागि रोक्नु पर्ने बाध्यताका लागि पनि क्षमा चाहन्छौँ । हामी डराएका होइनौँ, केवल तयारीका लागि थोरै समयको जोहो मात्र गरेका हौँ । हजारौँ पाठकको साथ पाएर हामी अझ बलिया भएका छौँ । हाम्रो टिम सम्पूर्ण पाठकलाई विश्वास दिलाउन चाहन्छ, साहित्यपोस्ट नेपाली भाषा, संस्कृति, परम्परा र साहित्यका सम्पूर्ण सामग्री पस्कन आतुर छ । हामी हरेक दिन फरक र हरेक दिन विशेष काम गर्न आतुर छौँ । विशेष प्रस्तुति एक साताका लागि रोकिए पनि साहित्यका अन्य गतिविधिहरु, समाचारहरु, सामयिक सामग्रीहरु भने नियमित अपडेट भइरहनेछन् । यसलाई बढी भन्दा बढी पाठकसम्म पुर्याएर एक सातापछि आउने सामग्रीकाहरुका लागि वातावरण तयार पारिदिन पनि तपाईँहरुसँग विशेष आग्रह गर्दछौँ । जदौ… आउँदा जाँदा लाउँला पिरती ! #अश्विनी कोइराला #विशेष सम्पादकीय |
प्रज्ञा प्रतिष्ठानकाे नयाँ पुरस्कार विदेशमा बस्ने नेपालीलाई: प्रज्ञा प्रतिष्ठान नेपाल प्रज्ञा प्रतिष्ठानले फरक भाषा र भुगाेलमा बसेर नेपाली भाषा र साहित्यमा याेगदान गर्ने स्रष्टालाइ केन्द्रमा राखेर दुइवटा नयाँ पुरस्कारकाे स्थापना गरेको छ ।त्यसैगरि स्वदेश वा विदेशमा बसेर नेपाली साहित्यलाई अनुवाद गरेर विश्व साहित्यमा प्रवेश गराउन सहज भूमिका निभाउने स्रष्टाकाे प्राेत्साहनका लागि पनि नयाँ पुरस्कार पनि स्थापना गरेकाे छ । प्रतिष्ठानले यी तीनवटा पुरस्कारकाे नाम नेपाल प्रज्ञालङ्कार, भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार दिएकाे छ ।नेपाल प्रज्ञा अनुवाद पुरस्कार पनि दुईवटा रहेकाे छ । विगतमा स्थापना भएका पुरस्कारहरुलाई कायमै राखेर प्रतिष्ठानले नयाँ पुरस्कारहरू स्थापना गरेको हो । नेपालको गौरवलाई वाङ्मयका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न योगदान पुर्\u200dयाउने विदेशी नागरिकलाई प्रत्येक तीन वर्षमा दिने गरी नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापना गरिएको प्रतिष्ठानले जनाएकाे छ । उक्त पुरस्कारको राखी ३ हजार अमेरिकी डलर बराबरको नेपाली रकम नगद, पदक र प्रमाण पत्र रहेको छ । यस्तै नेपाल बाहिर रहेर साहित्यमा विशिष्ट योगदान गर्ने नेपाली मूलका स्रष्टाहरूलाई प्रत्येक दुई वर्षमा प्रदान गर्नेगरी भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कारको स्थापना गरेकाे छ । नेपाली भाषा साहित्यको अन्य भाषामा र अन्य भाषाको नेपाली भाषामा अनुवाद गर्ने अनुवादकलाई दुई प्रर्षमा प्रदान गर्ने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरिएको छ । दुबै पुरस्कारको राशी २ लाख नेपाली रुपैयाा नगद, पदक र प्रमाणपत्र रहेको छ । #प्रज्ञा प्रतिष्ठान |
नम्बर एक साथी, नम्बर चार बल: त्यतिबेला साथी र मित्रता के हो भन्ने कुरा बुझेको पनि थिइनँ होला ! साँच्चै भन्दा आफ्नै नाम पनि राम्रोसँग भन्न सक्दिनँ थिएँ । हो , त्यहीबेलादेखिको मेरो साथी वा मित्र अथवा यार जे भने पनि ज्ञानेन्द्र पोखरेल थिए । उसलाई हामी ज्ञानी भन्थ्यौँ । ऊ नामजस्तै ज्ञानी पनि थियो । तर मेरा लागि ज्ञानी ईश्वरभन्दा माथिको नम्बर एक साथी थियो । चितवनको तत्कालीन शिवनगर गाविसको वडा नं. २ , हालको भरतपुर नगरपालिका – १५ मा थियो हाम्रो घर । ज्ञानीको परिवार स्याङ्जाबाट बसाइँ सरेर आएका थिए । मैले उनै साथीबाट पहिलोपटक सुनेको थिएँ , “ ड्याडी ” भन्ने शब्द । उसको परिवार सरकारी कर्मचारी । हाम्रो परिवार पूरै किसान । सुरुमा कसरी सम्बोधन भयो ? थाहा छैन , तर आजसम्म मलाई सम्बोधन गरेर बोलाउँदा सबैभन्दा प्यारो लाग्ने दुई जनाको नाम छ । एक मेरी दिदी अर्थात् ज्ञानु र अर्को उही साथी ज्ञानी । हाम्रो मित्रता निकै गहिरो थियो । हामी ज्ञानीको घरको भोगटे , हाम्रो घरको भुइँकटहर , निबुवा आदि चोरेर सँगै खान्थ्यौँ । आजभोलि त्यो बालापन सम्झँदा पनि रमाइलो लाग्छ । मैले पहिलोपटक ज्ञानीकै घरमा देखेको हुँ , क्यारमबोर्ड । त्यहीबेलादेखि हामी क्यारमबोर्ड खेल्न सुरु गर्यौँ । हामीबीच लेखमा सधैँ प्रतिस्पर्धा हुन्थ्यो । कहिले उसले जित्थ्यो कहिले मैले जित्थेँ । फुटबल खेल्दा पनि हाम्रो जितहारको लय उस्तै थियो । यसरी ज्ञानीको सङ्गतले म केही कुरा सिक्थेँ पनि । गर्मीमा निकै गर्मी हुन्छ चितवन । गर्मीले गर्दा दिउँसो स्कूल लाग्दैनथ्यो । बिहानको पढाइ हुन्थ्यो । एघार बजेपछि घर आयो । खाना खाएर फेरि कुद्यो खेतका गहरामा फुटबल खेल्न । गर्मीको केही मतलबै थिएन । पुष्पराज पौडेल तर पढाइका कारण ज्ञानी र म छुट्टाछुट्टै स्कुल भर्ना भयौँ । तैपनि स्कूलपछिको समय सायद कहिल्यै छुट्टिएनौँ । त्यही समयको एउटा घटना मैले अहिलेसम्म बिर्सिएको छैन । हामी प्रावि स्कूलमा पढ्थ्यौँ । हाम्रो घर नजिकै महेन्द्रचोकमा किराना पसल थियो । मलाई “ उधारो कारोबार कसरी हुन्छ ? ” भन्ने थाहा थिएन । तर ज्ञानीलाई थाहा रहेछ । एकदिन ज्ञानीले , “ जाम हिँड् दोकान ” , भन्यो । मैले कारण सोधेँ । उसले उज्यालो अनुहार पारेर आज हामीले बिस्कृट खाने कुरा सुनायो । मैले पैसाको बारेमा सोध्दा उसले केही भनेन । हिँड्न मात्र भन्यो । म उसको पछि लागेँ । ऊ मेरो अघिअघि लाग्यो । हिँड्दै गर्दा उसले सोध्यो , “ कुन बिस्कुट खाने ? ” म त छक्क परें ! बिस्कुट पनि कुन भन्ने हुन्छ र ? मैले अन्य कुनै बिस्कुट देखेको र खाएको थिइनँ । खाएको र देखेको भनेकै ग्लुकोज बिस्कुट थियो । तर उसले आज पाइनापल बिस्कुट खाऔं भन्यो । न त मैले देखेको थिएँ न खाएको , पाइनापल बिस्कुट कस्तो हुन्छ ? मलाई केही थाहा थिएन । तैपनि मैले हुन्छ भनेँ । पसलमा पुगेर उसले पाइनापल बिस्कुट माग्यो । पाइनपल बिस्कुट त जोडीजोडी खप्टिएको हुँदो रहेछ । त्यो जोडीको बीचमा निकै गुलियो के हालेजस्तो । साह्रै मीठो लाग्यो । त्यसपछि हाम्रो जिब्रो पल्कियो । दैनिकजसो एक एकवटा बिस्कुट खान थाल्यौँ । केही समयपछि ज्ञानीको ड्याडीलाई थाहा भएछ । तर ज्ञानीको ड्याडीले ज्ञानीलाई केही भन्नुभएन । मलाई पनि केही भन्नुभएन । दोकानमा गएर खाद्य सामग्रीबाहेक बच्चालाई उधारो नदिन भन्नुभएछ । त्यसपछि हाम्रो बिस्कुट बन्द भयो । ………………….. जेठबाट सुरु भएको गर्मी बिदा साउन महिनाभरमा सकिन्थ्यो । हामीले फुटबल खेल्ने खेतमा रोपाइँ गरेपछि फुटबल खेल बन्द हुन्थ्यो । त्यसपछि दैनिकजसो पौडी खेलेर दिन काट्थ्यौँ । एकपटक हामी बस चढेर नारायणगढ गयौँ , फुटबल किन्न । फुटबल त के हुन्थ्यो , भलिबल पनि होइन । चार नम्बरको हावा हाल्न मिल्ने बल । दिनभर पसल पसलमा गएर दिन बितायौँ । हामीसँग जम्मा पैँतीस रूपयाँ थियो । पसलेले बलको चालिस रुपियाँ भने । तर मोलतोल गर्दा तेत्तीस रुपियाँमा कुरो मिल्यो । तर हामीलाई घर फर्किन दुई दुई रुपियाँ लाग्थ्यो । त्यसपछि मैले ज्ञानीलाई मंगलपुरसम्म गाडीमा जाऊँ , यसपछि हिँडेर जाऊँ भनेँ । त्यहाँसम्म गएको एक एक रूपयाँ दिने । हामीबीच यही कुरामा सहमति भयो । फेरि हाम्रो स्वभाव नै एउटाले भनेपछि अर्कोले हुँदैन भन्ने थिएन । असहमति हुँदैनथ्यो । गाडी चढेर हामी मंगलपुरसम्म आयौँ । हामी बसको छतमा थियौँ । माथिबाट तल आउन बल समातेर मिलेन । ज्ञानीले बल फालिदियो । हामी बसबाट तल झर्यौं । तल आउनेबित्तिकै ड्याम्म पडकेको आवाज आयो ! सबै बस रोकेर हेर्न थाले । हामी पनि हेर्न थाल्यौँ । बस अलिकति कोल्टे प ¥ यो । साह्रै डर लाग्यो मलाई । एक्कासि गाडीको खलाँसी आएर मलाई समात्यो । मलाई केही थाहा भएन । गाडीको पाङ्ग्रामा बल परेछ । भुन्टे खलाँसी निहुँ खोज्दै कराउन थाल्यो — बस पल्टेको भए के हुन्थ्यो ? तर हामीलाई त्यो कराएको भन्दा बल फुटेको बढी चिन्ता थियो । उता बसभित्रबाट ओर्लिएका मान्छे पक्ष ÷ विपक्षमा देखिए । कोही खलाँसीलाई उस्तो भन्थे , कोही हामीलाई । तर अन्तिममा हामी फुटेको बल लिएर भाग्यौँ । हाम्रो योजना थियो — गाविस स्तरीय जुनियर म्याच खेलाउने । यो योजनासाथ बल किन्न पाएकोमा हामी गमक्क थियौँ । तर क्षणभरमै बलको हावासँगै हाम्रो उत्साह पनि उडिसकेको थियो । ………………… यस्तै हाँसखेलमा बालापन सकियो । सधैँ साथमा हुने ज्ञानीको घरमा विवाहको कुरा चलेछ । उसले मलाई सबै कुरा सेयर गर्यो । केहीदिनपछि टीका लगाउने कुरा भयो । उसको ड्याडीले कुरो पक्का गरेपछि हामी टीका लगाउन गयौं । टीका लगाउने दिन म पनि गएको थिएँ । केटीका घरमा पुग्न लागेका थियौँ । ज्ञानीले मलाई भन्यो , “ मैले चिया खान्न भनेको छु । तँ पनि नखा नि फेरि । हामी साथी – साथीको कुरा फरक पर्छ । ” मैले हुँदैन भन्ने कुरै थिएन । हुन्छ भनिदिएँ । ऊ खुसी भयो । केटीका घरमा पुगेपछि केही समयमा टीका सम्पन्न भयो र हामी फर्कियौँ । त्यसपछि विवाह तयारी सुरु भयो । ज्ञानीको ड्याडीले मलाई गाडीको जिम्मा दिनुभयो । मसँगै पढेको साथीको गाडी थियो । उसैसँग कुरा गरेँ । दिनभरिको रिर्जभ दुई हजार भन्यो । अरूलाई त्योभन्दा बढी भन्ने गरेको रहेछ । साथीको लागि दुई हजार भनेको रहेछ । विवाहको दिन ज्ञानी दुलाहा भएर हिँड्यो । म दुलाहाको साथी , उसलाई छाता ओडाएर हिँडेँ । यता दुलाहालाई टीका लगाएको पैसा मसित थियो । उता गएर जल खाँदाको पैसा पनि मसित थियो । ड्राइभर पनि साथी । तर आउँदा दुलाहासित बस्ने ठाउँ पाइनँ । गाडीको इन्जिनमाथि बस्न भनेर फर्म दियो । बिहे त साथीको थियो , अरूको अगाडि मेरो त मानै फरक ! म गमक्क थिएँ सायद । घरमा पुगेपछि ज्ञानीले भन्या , “ जा , तँ केही खाएर आइजा । ” “ पख न ! पैसा तँलाई दिन्छु अनि । ” मैले भनेँ । “ पछि दिए हुन्छ , पहिले केही खा न ! ” उसले जिद्द गर्यो , तर मैले मानिनँ । उसले खामबाट फटाफट छ सय झिकेर दियो । यो झोलामा , बाँकी यहाँ नै छ । तँ आएपछि मिला भनेर मुख देखाउने काम गर्यो । ज्ञानीको विवाह भएको एक वर्षपछि मेरो पनि विवाह भयो । मेरो विवाह उमेर पुगेर भएको हैन । अहिले भएको भए बालबिवाह मानिन्थ्यो । संयोग पनि एउटै , ज्ञानीका पनि दुई छोरी मेरा पनि दुई छोरी । उसले सिटिइभिटी पढेर वि.पि. कोइराला क्यान्सर अस्पतालमा जागिर खायो । अहिलेसम्म ऊ त्यही जागिरमा छ । केही समय मैले भरतपुर नगरपालिकामा जागिर खाएँ । त्यसपछि गाउँको दुग्ध उत्पादन सहकारीको व्यवस्थापक भएँ । एकदिन राति पेट पोल्यो । साह्रै नै भयो । श्रीमती शोभालाई उठाएँ । उनले हातमा हेरिन् त्यहाँ त दुईवटा सानो खालजस्तो भएर रगत आइरहेको रहेछ । थाहै थिएन , मलाई त सर्पले टोकेछ ! उनले आमालाई बोलाइन् । आमाले सानो बालाई बोलाउनुभयो । रातिको समय , अहिलेजस्तो गाउँमा फोन थिएन । हाम्रो गाउँमा दुई घरमा मात्र मोटरसाइकल थिए । मैले आमा र शोभालाई ज्ञानीलाई भन्न पठाएँ । सधैँ बिरामी लिएर अंकल जानुहुन्थ्यो । उहाँ कोष तथा लेखा नियन्त्रण कार्यलयको कर्मचारी , थप चिनाजान थियो अस्पतालमा । त्यो दिन ज्ञानी आफैँ आयो । म बाइकको पछाडि बसेँ । शोभाले हातले ज्ञानीको कम्मर समात्न भनिन् । मैले त्यसै गरेँ । घरबाट हिँडेपछि मैले ज्ञानीलाई भनँ , “ म केहीबेरमा बेहोस् हुनसक्छु , छिटो जाऊँ । ” , नभन्दै प्रेमबस्ती पुगेपछि म बोल्न छाडेछु । ज्ञानीले एक हातले मलाई समाएर एक हातले बाइक चलाएर भरतपुर अस्पताल पुर्याउन भ्याएछ । उसले मलाई बोकेर लगेको याद छैन । डाक्टरले सोधेपछि मैले भनेको थाहा छ । सायद बाँच्नको लागि सबै जुरेको थियो । म त सर्पको विष लागेर बेहोस भएछु । उता सानोबा र रमेश थपलिया भाइ साइकलमा आएछन् । आमा आत्तिएर शम्भु भण्डारी , पूर्वगाविस अध्यक्ष हाल वडां नं. १५ का वडा अध्यक्षलाई अस्पताल लिएर आउनुभएछ । अस्पतालका फिजिसियन डा. नगेन्द्रकुमार सिंह पनि तुरून्त आउनुभएछ । उपचार प्रक्रिया सुरु भयो । एन्टी स्न्याक भ्याक्सिन चलाउन सुरु भयो । तर उपचारमा अवरोध हुने देखियो । तत्कालीन श्री ५ को सरकारले एन्टी स्न्याक भ्याक्सिन निःशूल्क उपलब्ध गराउने भनेको थियो । तर त्यसबेला त्यो भ्याक्सिन अस्पतालमा पुगेको रहेनछ । अस्पतालले निःशूल्क उपलब्ध गराउने भ्याक्सिन अन्य मेडिकलमा पनि ल्याएनछन् । त्यही औषधिको अभाव भयो । डाक्टर आफैँ औषधि व्यवस्थापन गर्नतिर लाग्नुभयो । मेरो छिमेकी भाइ दीपक अधिकारी पनि अस्पताल अगाडिको औषधि पसलमा जागिर खान्थ्यो । ऊ पनि नारायणगढको औषधि होलसेलतिर लागेछ । रमेश दाइले साझाको गोदाममा छ भन्ने थाहा पाउनुभएछ । स्टोरकिपरलाई लिन उहाँले घरमै पठाउनुभएछ । दीपक र ज्ञानी नारायणगढमा औषधि खोज्न गएछन् । मलाई बचाउनको लागि सबैको सहयोग भयो । औषधि पाइयो । जम्मा ९३ वटा भ्याक्सिन लगाइएछ । अस्पताल पुगेको तीन दिनपछिको साँझ मात्र मैले बत्ती बलेको देखेँ । साथीहरू , आफन्त र शुभचिन्तकको भीड नै देखेँ हस्पिटलमा । अचेत हुदाँ ज्ञानीलाई मैले भनेको रहेछु , “ ज्ञानी , मलाई केही भएमा छोरीहरूको ख्याल गर ल ! ” , मैले यसो भनेको सुनेर मेडिकल वार्डका बिरामी र नर्सहरू पनि भावुक भएछन् । उनीहरू आँखाभरि आँसु जमाएर रुँन खोजेका रहेछन् । पाँचौ दिन बिहान डा. सिंह आउनुभयो , सरासर म भएको ठाउँमा । अरू बेलामा त टिम नै भएर आउनुहुन्थ्यो । त्यसदिन उहाँ एक्लै आएर मलाई बोलाउनुभयो । गोजीबाट पेन निकालेर बिर्को झिकेर कलमको निभतिर देखाउँदै हेर्न लगाउनुभयो । मैले हेने सकेछु क्यारे ! , “ ल केटो त बाँच्यो ” भनेर खुसी हुनुभयो । मलाई पनि म अब बाँच्ने भएँ भन्ने लाग्यो । त्यतिबेलाको बाँच्न पाउँदाको खुसी अहिले भन्न सक्दिनँ । डाक्टर सिंहले भनेपछि मलाई बल्ल थाहा भयो , म मरेर बाँचेको रहेछु । मेरो हर समस्याको साथी ज्ञानी ! म आजभोलि पुस्तक व्यवसायमा छु । साथीहरू कति छन् कति , तर मेरो बाल्यकालको साथी ज्ञानी , तँ मेरो प्रिय साथी । मेरो नम्बर एक साथी । #पुष्पराज पौडेल |
महारानी हुने विचार छ कि कसो ?: आज सन् २००३ जनवरी १४ तारिख मेरो इरान बसाइको पाचौँ दिन पनि म आफ्नो नियमित नेपाली समयमै ब्यूँझिहालेँ । उठेँ र बसेँ एकछिन त्यतिकै । एकतमासको शून्यताको अनुभूति भयो बिहानै । एक्लो र अथाह एकलास ओढेको कोठा र त्यसभित्र एक्लो म । एकाबिहानै यो विचित्र अनुभूति ! मैले यो वातावरणलाई बिथोल्न उठेर टेलिभिजन खोलेँ तर मेरो मन भने एकतमासको भई नै रह्यो । हेरेँ, टेबुलको एक छेउमा डायरी र एउटा कलम राखिदिएको रहेछ होटलले । बिस्तारै उठाएँ कलम र सोचेँ— यो नरमाइलो एक्लोपनलाई यहीँ घोप्ट्याउनुपर्यो, डायरीमा । यो कोठामा कोठाजत्रै शून्यता छ कोठाजत्रै एकान्त छ र कोठाजत्रै उदासी छ । शून्यताले कोठाजत्रै मुख बाइरहेको छ एकान्तले आतङ्कजस्तो हात पैmलाइरहेको छ र उदासीले त्रासद आँखाले हेरिरहेको छ । कतै भाग्न पनि नसकेको लड्न पनि नसकेको यी सबैसँग कोठामा म पनि छु कोठाभन्दा ज्यादै सानो निरीह र एक्लो । यो कोठामा कोठाजत्रै शून्यता छ … । यति लेखिसकेपछि हलुका भएँ म । चङ्गा मन लिएर गएँ बाथरूममा, र नुहाएँ । भीष्म उप्रेती श्री एस. एम. हुसेनियनले ‘मेरो टिकटमा केही समस्या छ जस्तो छ, पासपोर्ट ल्याउनुस् है !’, भनेका थिए हिजो । त्यसैले पासपोर्ट झिकेँ सुटकेशबाट र कोटको भित्री गोजीमा राखेँ । त्यसपछि उही नियमित प्रक्रिया, आठ बजे लबीमा गयो, शुभप्रभात भन्यो साथीहरूलाई र ब्रेकफास्ट खाएर सेमिनारको लागि प्रस्थान गर्यो । दिउँसो खाना खाइसकेपछि श्री हुसेनियन र म निस्कियौँ बजारतिर इमिरेट्स एयरलाइन्सको अफिसमा जान । मैले तेहरानबाट फर्कनको लागि १७ तारिखको मिति निश्चित गरेको टिकट लिएको भए पनि त्यसलाई फेरि कन्फर्म गरेर ढुक्क हुनका लागि हुसेनियनजीलाई भनेको थिएँ हिजो । यो उनको कार्यक्षेत्रभित्रै पथ्र्यो पनि । हिजो फोनबाट बुझ्दा पासपोर्ट लिएर आउन भन्यो होला एयरलाइन्सले । त्यसैले हामी आज निस्किएका थियौँ यसरी । मेरो लागि त यो एउटा अवसर थियो इरानलाई अर्को एउटा नयाँ पाना पल्टाएर पढ्ने । मैले हुसेनियनजीलाई सोधेँ — “किन इरानीहरू अङ्ग्रेजी बुझ्दैनन् ? अङ्ग्रेजी पढ्नु पर्दैन हो ?” “इस्लामिक क्रान्ति अघि पढ्नु पथ्र्यो । तर क्रान्तिपछि इरानलाई पश्चिमी प्रभावबाट बचाउने नाममा अङ्ग्रेजी पठनपाठन बन्द गरियो । तेहरान विश्वविद्यालय धेरै प्रसिद्ध थियो यस क्षेत्रमा । युरोप र अमेरिकाबाट आएका सबै प्राध्यापकहरू उतै फर्किए क्रान्तिपछि ।” “तपाईंको अङ्ग्रेजी त राम्रो छ त ?”, मेरो जिज्ञासा बोल्यो । “मैले विदेशमा पढेको हुँ, त्यसैले ।” उनले भने । र, अझै भने — “राजा पहल्वीलाई हटाएर गरिएको क्रान्तिपछिको इरानीहरूको एउटा सिङ्गै पुस्ताले अङ्ग्रेजी बुझ्दैन ।” मलाई आफूले अलिअलि पढेको इरानको इस्लामिक क्रान्तिका केही झलकहरूको सम्झना भयो । पर्सिया नाम रहेको प्राचीन मानवसभ्यताको एउटा धरोहर रहेको यस देशको पुनः नामाकरण गरी इरान बनाइएको थियो सन् १९३५ मा । यस देशमा शासन गर्ने राजपरम्परा थियो । तर सन् १९७९ मा भएको क्रान्तिले राजसंस्थाको अन्त्य गरिदियो । त्यसबेला इरानमा राजा शाह रेजा पहल्वी थिए । उनकी रानीको नाम इमप्रेस फराह थियो । तर राज्यका महत्वपूर्ण पदहरूमा आफ्नै नातेदारहरूलाई मात्रे राख्ने, मोजमस्ती र निर्लज्ज भ्रष्टाचार गर्ने एवं जनताले विरोध गरेमा त्यसलाई क्रूरतापूर्वक दबाउनेजस्ता गलत क्रियाकलापले इरानमा राजालाई ज्यादै अलोकप्रिय बनाइदियो । जनताको असन्तोष बढेपछि राजा पहल्बीले निर्वासनमा पठाएका इरानका धार्मिक नेता आयोतोल्लाह रोहोल्लाह खुमेनी फ्रान्सको १४ वर्षको निर्वासित जीवन त्यागेर १९७९ जनवरी १ मा इरानमा फर्किए । त्यस रात तेहरान रातभरि जागै थियो । कफ्र्युको कुनै पर्वाह नगरी दसौँ लाख जनताहरू सडकमा निस्किएका थिए । त्यसपछि उनैको नेतृत्वमा इरानमा आन्दोलन र क्रान्ति प्रारम्भ भयो । सरकारी संयन्त्रहरू गतिहीन भए । राजाको क्रान्तिलाई दबाउने सबै उपायहरूले काम गर्न नसकेपछि सोही वर्षको जनवरी १६ मा राजारानी इरान छाडेर निर्वासनमा जान बाध्य भए । शुरुमा विदा मनाउन र औषधी गर्न भनेर विदेशिएका राजा फर्केर फेरि कहिल्यै इरान आएनन् । फेब्रुअरी ११ मा आयोतोल्लाह खुनेनीले इरानको राज्यशक्ति हातमा लिएपछि अप्रिल १ मा इस्लामिक रिपब्लिक इरानको घोषणा गरिएको थियो । निर्वासित राजा शाह रेजा पहल्बीको भने सन् १९८० मा इजिप्टमा क्यान्सर रोगले मृत्यु भयो । मैले बल्ल बुझें, किन हामीले पसलहरूमा अङ्ग्रेजी बोल्ने मानिसहरू भेटेनौँ, किन सेमिनारका इरानी सहभागीहरू विषयवस्तु बुझेर पनि छलफलमा भाग लिन सकिरहेका थिएनन्, फुर्सदको समयमा किन हामीसँग चाहेर पनि खुलेर कुरा गर्न सकिरहेका थिएनन् । “तपाईंहरू खुसी हुनुहुन्छ त यस्तो प्रणालीसँग जसले मानिसको स्वतन्त्रतालाई कुँजो बनाउँछ ?”, मैले उनको भित्री विचार जान्न चाहेँ । “खुसी त छैनौँ । तर इरानीहरूले धेरै रक्तपात भोगिसकेका छौँ । अझ रक्तपात चाहँदैनौँ । रक्तपातविहीन परिवर्तन हाम्रो चाहना हो ।”, उनले भने । “यो त राम्रो कुरा हो । तर सम्भव होला र ?”, मेरो सानो आशङ्का बोल्यो । “हामी आशावादी छौँ । हेर्नूस् न, सन् अस्सीको दशकभन्दा निश्चय नै धेरै खुकुलो भएको छ अहिले । इरानी युवाहरूले ठूलो समर्थन गरेर सुधारवादी राष्ट्रपति (मोहम्मद खतामी) लाई जिताएका छन् । उनी सकेसम्म सुधार गर्न चाहिरहेका पनि छन् । अङ्ग्रेजी भाषालाई पनि बिस्तारै फेरि अध्ययन गराउन थालिएको छ विद्यालयमा । तर राष्ट्रका सर्वोच्च व्यक्ति त धार्मिक नेता नै हुन् । उनीहरू अझै पनि धेरै बलिया छन् । त्यसैले राष्ट्रपतिले ज्यादै होशियार नभईकन सुखै छैन ।” हामी इमिरेट्स एयरको कार्यालयमा पुग्यौँ । एकैछिनमा सकियो हाम्रो काम र पुनः फर्कियौँ इरानको केन्द्रीय बैँकमै । ………………….. साँझ ज्वेलरी म्यूजियम हेर्न जाने कार्यक्रम थियो । मन त्यसैले पनि चन्चल भइरहेको थियो । अहिले गाडीमा बसेर म्यूजियमतिर हुँइकिएपछि त उत्सुकता ह्वात्तै बढेको थियो । मनको फुर्फुरको त के कुरा ! हामी इरानको केन्द्रीय बैँकको सबैभन्दा पुरानो भवनमा पुग्यौँ । विशाल दरबार रहेछ त्यो भवन । यसै भवनलाई इरानको केन्द्रीय बैँकले ज्वेलरी म्यूजियम बनाएको रहेछ । हामीलाई यस भवनको मूल ढोकामै क्यामरा र अन्य चुम्बकीय वस्तुहरू भए सुरक्षाकर्मीलाई बुझाउन भनियो । जवाहरातको फोटो खिचौँला भन्ने उत्साहमा पानी परिहाल्यो शुरुमै । हामी सबैले क्यामरा बुझायौँ र एक एकओटा टोकन प्राप्त गर्यौँ सट्टामा । मूल ढोकाबाट भित्र पसेको मात्र थिएँ, वाफ रे ! अचानक सासै रोकिएझैँ पो भयो । अकल्पनीय सौन्दर्य, भव्यता र विलाससँग जम्काभेट भयो । इरानका राजाहरूले प्रयोग गर्ने गरेका सुनचाँदी र अरू के-के हो के-के जवाहरातले निर्मित झलझलाकार भव्य पलङ । म त अवाक्, केवल टुलुटुलु हेरिरहेको थिएँ । सँगै उभिएकी सादियाले भनी— “यो पलङचाहिँ पाएँ भने मलाई संसारका अरू कुनै चिज चाहिँदैन ।” मैले पुलुक्क उसलाई हेरेँ र उसको कानैनेर फुसफुसाएँ— “निद्रा लाग्छ यस्तो पलङमा ?” ऊ मतिर हेरेर मीठोसँग मुस्कुराई मात्र । तर मलाई त साँच्चै निद्रा लाग्ने छैन यस्तो पलङमा सुत्न पाए पनि । यो भव्यताले, जवाहरातको रापले मजस्तो साधारण मान्छेको साधारण निद्रालाई नजिक आउनै दिने छैन, पक्कै पनि । यो मेरो सामथ्र्य त के, कल्पनाभन्दा पनि कोसौँ टाढाको कुरा भयो । कसरी चैनले निदाए होलान् इरानी राजारानी यहाँ ! के इरानी जनताको दारुण गरीबीको टीठलाग्दो मुहार र करुणाले पोलेन होला र उनीहरूलाई भत्भती ? हामी अर्को ढोकाबाट भित्र छिर्यौं । विशाल कोठा थियो यो, र बिजुलीबत्तीको मधुरो प्रकाश बालिएको थियो । यस कोठाभित्रको दौलत र तिनको चमचमाहट, वाफ रे ! मेरो जीवनको सर्वथा नौलो कुरा थियो । के मात्र हेर्ने र कुन कलाकारिताको प्रसंसा गर्ने ! कुन गहना हेर्ने र आफ्नी मायालुलाई सम्झिने ! म त अलमलिएँ । आजको यस साँझलाई खोई कसरी सम्झने हो मैले मेरो जीवनमा ! यति धेरै दौलत, बहुमूल्य जवाहरात एकै ठाउँमा देखुँला भन्ने त मैले कहिल्यै कल्पनै गर्न सकिनँ भने देख्ने आशा त कसरी गर्नु ! र, फेरि जिन्दगीभरिमा देखुँला भन्ने किन्चित अपेक्षा पनि छैन । झलझलाकार हिरा, मोती, मुगा, रुवी, पन्ना र अरू केके हो केके ! नामै नजानेका रत्नहरूले बनेका कलापूर्ण श्रीपेचहरू, महारानीले लगाउने ताजहरू, विभिन्न किसिमका गरगहनाहरू, मालाहरू, कम्मरपेटी, तरबारका म्यानहरू, ढाल, कलात्मक कचौरा, चम्चा र प्लेटहरू । राजारानीको यिनै रत्नजडित भव्य सिंहासन र औपचारिक पोशाकहरू । सुनचाँदी मात्र त तुच्छ ढुङ्गा बराबर लाग्न थाले मलाई त्यहाँ । त्यस्तै, तत्कालीन इरानी राजाले वितरण गर्ने विभिन्न तक्माहरू पनि सजाइएका थिए । कुनै पनि गहना अथवा केहीमा जडित नगरिएका हिरा, मोती, रुबी, सुनका टुक्राहरू आदि पनि त्यत्तिकै सजाएर राखिएका थिए । हामी सबैका विस्फारित आँखाहरूले मानौँ झिमझिमाउनसमेत बिर्सेका थिए त्यहाँ, हामी सबैका मुटुहरूले मानौँ ढुकढुकाउनसमेत बिर्सेका थिए त्यहाँ । त्यहाँ त केवल आश्चर्यहरू थिए सलबलाइरहेका, भावुकताहरू थिए चलमलाइरहेका । त्यहाँको एक जना कर्मचारी हामीलाई प्रत्येक गहनाको, प्रत्येक वस्तुको बारेमा, त्यसलाई प्रयोग गर्ने व्यक्तिको बारेमा, त्यसको कालिगढी र निर्मितिको बारेमा टेपरेकर्ड खोलेजसरी फरर्र भट्याइरहेको थियो एउटै प्रवाहमा । जब उसले केही हिराका ठूलाठूला टुक्राहरू र अन्य बहुमूल्य जवाहरातहरूलाई देखाउँदै भारतको हैदरावाद, दिल्ली र अन्य सहरहरूबाट ल्याएको भन्न थाल्यो, मैले सुटुक्क भारतीय साथीहरूको अनुहार हेरिहालेँ । उनीहरूको अनुहारमा अथाह आश्चर्यहरूबीच पनि एउटा तनाव र तम्तमाइलो उदास रङ चढेको देखेँ मैले । एक किसिमको क्षोभजस्तो, सबैभन्दा प्रिय वस्तु गुमाउनुपरेको पीडाजस्तो ज्यादै नमीठो भाव देखेँ मैले । विशेषतः श्रीमती बलबीर कौर र डा. शर्मिष्ठा मित्राको अनुहारमा यो भावना प्रष्ट पढेँ मैले । त्यस भव्य कक्षबाट बाहिर निस्कँदा सादिया फेरि मेरो नजिकै आइपुगेकी थिई । “के छ तपाईंको विचार अहिले ?”, बिस्तारै सोधेँ मैले । “मलाई यो पलङ र त्यो परको एउटा ताज भए पुग्छ ।”, उसले भनी । मैले कालो बुर्काले छोपेको उसको जीउडाल र उमेर नियालेँ एकपल्ट र भनेँ— “महारानी हुने विचार छ कि कसो ?” ऊ फेरि मुस्कुराई तिनै जवाहरातजस्तै उज्यालो मुस्कान । हामीलाई मूल ढोकामा हाम्रा क्यामरासँगै एक एक सेट पोष्टकार्ड उपहार दिइयो । यी पोष्टकार्डहरू यिनै जवाहरात र गहनाहरूसँग सम्बन्धित थिए । ………………. होटलमा फर्केपछि आफ्नो कोठामा टेलिभिजन हेरिरहेको थिएँ, ढोकामा कसैले आवाज दियो । खोलेर हेरेँ, सामुन्नेको कोठामा बस्ने अन्जनेलुजी मुस्कुराइरहेका थिए । उनले हतार गर्दै भने —”ल ल, चाँडै तयार हुनुहोस्, ढिला भइसक्यो ।” “किन, के भो र ?”, मलाई अचम्म लाग्यो । “दिल्ली दरबार निकै टाढा छ यहाँबाट । निकैबेर लाग्छ त्यहाँ पुग्न ।”, यति भनेर उनी तल लबीमा भेट्ने भनेर हिँडिहाले । यो अल्पसूचनाले जन्माएको उत्सुकताले लगाएको काउकुतीले मलाई पनि हतार लगायो । हतारहतार कपडा बदलेर ओर्लिएँ म लबीमा । अन्जनेलुजीका साथमा डा. शास्त्री र स्वामिदास मलाई पर्खिरहेका थिए । हामी चार जना होटल परिसरबाट एउटा ट्याक्सीमा बसेर हुइकियौँ तेहरानको ल्याम्पोष्टको बत्तीले रङमङिएको सडकमा । ड्राइभरले कहाँकहाँ घुमाउँदै करिव ४० मिनेटपछि पुर्यायो हामीलाई ‘दिल्ली दरबार’मा । हामीले ड्राइभरलाई विदा गर्न चाह्यौँ । तर ऊ जान मानेन । “जति समय लाग्छ लागोस्, तपार्इंहरूलाई मै पुर्याइदिन्छु नि ! बढी भाडा लिन्नँ ।”, हामीले केही भनेनौँ । मलाई बल्ल थाहा भयो, दिल्ली दरबार भनेको त तेहरानमा रहेको भारतीय रेस्टुरेन्टको नाम पो रहेछ । दिउँसो डा. शास्त्रीले भारतीय रेस्टुरेन्टको विषयमा गाइँगुईं कुरा गरेको त सुनेको थिएँ, उनीहरूले त पूरै कार्यक्रम नै पो बनाएछन्, अहिले त ! हामीले लगभग १ घन्टा बितायौँ दिल्ली दरबारमा । फर्कंदा केही ड्राइफुड किन्ने विचार गरे साथीहरूले । ड्राइभरले त्यहीँ नजिकै एउटा पसल देखाइदियो र भन्यो — “तपाईंहरू सामान छान्नोस् मात्र । पैसा तिरेर म किन्छु । मलाई पछि पैसा दिनुहोला, नत्र त तपाईंहरूलाई ठगिहाल्छ त्यसले । किन ठगिनुहुन्छ व्यर्थैमा ?” अहो ! यो ड्राइभर त साँच्चैको मित्रवत् पो रहेछ । चिन्नु न जान्नुका मान्छेलाई पनि कति हार्दिक व्यवहार गरेको ! इरानी हृदयको कोमलताको सानो नमूना — यो ड्राइभर । हामीले छोकडालगायत केही ड्राइफुड किन्यौँ । होटलमा फर्कंदा आधा रात बितिसकेको थियो । #भीष्म उप्रेती |
अन्तरमनको आकाशमा आभूषणहरूको भूमि: अतितले नपछ्याउँदो हो त जीवन कति सुनसान र उजाड हुन्थ्यो होला ! त्यसैले त अतित, अनुभव र स्मृतिको ऐना पनि रहेछ । जब ती अनुभव र स्मृतिहरू वर्तमान समयको छेउमा आएर उभिन्छन् तब मात्र प्यारा लाग्दारहेछन् । हाम्रो जीवनको कमाइ भनेको पनि यिनै सुनौला अनुभव र अनुभूति नै रहेछन् । समयचाहिँ एकैनास हुँदोरहेछ, तर हाम्रा अनुभव र अनुभूति चाहिँ व्यक्तिपिछे फरक फरक हुँदारहेछन् । ‘भारतको आभूषण’ अनि ‘पूर्वको स्विट्जरलैण्ड’ मानिने मणिपुर वाह्य वा आन्तरिक पर्यटकको गन्तव्य पनि हो । हामी गुवाहाटी एयरपोर्टबाट दिनको करिब एक बजेतिर मणिपुर राज्यको राजधानी इम्फालस्थित एयरपोर्ट पुग्दा तीन सय किलोमिटरको हवाई यात्रा पूरा भइसकेको थियो । दीपक सुवेदी ‘अहिलेको समयमा बस यात्राबाट मणिपुर आउँदा प्रायः कष्टकर, अनिश्चित र जोखिमपूर्ण नै हुन्छ । कठिन भूगोलका कारण यस्तो भएको होइन, राजनीतिक कारण छ ।’ सीता दिदीले भनेपछि हाम्रो यात्रा जलपाईगुडीबाट गुवाहाटीसम्म टे«न र त्यहाँबाट प्लेनको यात्रा तय गरिएको थियो । साँच्चै, जीवन भोगाइको अमूल्य साधन रहेछ । जीवनमा भोगेका केही घटना अविस्मरणीय र अमूल्य पनि हुँदारहेछन् । १४ सेप्टेम्बर २०१८ न्यू जलपाईगुडी जक्सनबाट कञ्चनजङ्घा एक्सप्रेसको ५४ को ५, १९, २६, २७, २८, २५ र एस एलको ३६ नं. हाम्रा स्लिपर थिए । लम्मेतान रेल जलपाईगुडीबाट छुट्दा बेलुकाको ९ः१० बजेको थियो । मेरो दिमागमा स्मृतिहरू ओहोरदोहोर गरिरहेका थिए । रेल जतिबेला जोल्ठिङमा पथ्र्यो त्यतिबेला स्मृतिको लय गिजोलिन्थ्यो । जब विपरित दिशाबाट आएको रेलको सिठ्ठी मेरो कानमा पथ्र्यो, तब स्मृतिबाट म बौरिएजस्तो भएँ । बाहिरबाट एकनासले हावा आइरहेको थियो । रातमा खाली पट्री, ट्रेन बेस्मारी हुइँकिएको कर्कस आवाज हाम्रा कानमा ठोक्किरहेको थियो । र, ठीक त्यसैगरी मेरो मन पनि दौडिरहेको छ– कल्पना, भावना अनि आभासहरूमा । ‘ए दीपकजी, हाइकुका बारेमा बताउनु त ।’ स्लिपरमा लुगा ओछ्याउँदै शरदजीले भन्नुभयो । मेरो र शरदको स्लिपर अपरका थिए । विज्ञानका धेरै चेला र समालोचकीय चेत भएको अध्ययनशील शरदजी । तर लेखनमा चाहिँ खै किन हो, अध्ययन र अध्यापनमा जस्तो जाँगर छैन उहाँको । ‘मणिपुरको यात्राका क्रममा ट्रेनमा गरिएको छलफलले नै मलाई हाइकु लेख्न प्रेरित गरेको हो ।’ हिजोआज पनि शरदजी भन्ने गर्नुहुन्छ । ‘दीपकजी, तपाईंलाई कस्तो लाग्छ, मलाई चाहिँ धेरैले हाइकु बुझेर लेखे जस्तो लागेन है ।’ यसबाट पनि प्रष्ट हुन्छ, शरदजी दक्ष समालोचक हो । सुकराजसँगको भेटमा त शरदजीलाई हिजोआज पनि हामी हाइकु कवि नै भनेर बोलाउने गर्छौं । रात छिप्पिँदै छ । मेरा आँखामा निद्रा आइरहेको थियो तर मनले भने रोकिरहेको थियो । आँखा त बन्द थिए तर मन भने खुल्लै थियो । चार सय सात किलो मिटरको दूरी पार गरेर १५ तारिक विहान आठ बजे हामी गुहाटी प्लेटफम उत्रिएका थियौँ । हाम्रो यहाँबाट इन्डिगोमार्फत् दिनको १२ बजेको उडान थियो । हामीसँग केही घण्टा बाँकी रहेकोले नेपाली मन्दिरतिर लाग्यौँ । भारतको पूर्वोत्तर राज्य हुँदै नेपाल फर्कने र नेपालबाट विभिन्न सिलसिलामा यतातिर आउने नेपालीले सधैँ सम्झने स्थल हो नेपाली मन्दिर । अझ भनौँ यात्राको थकान मेटाउने स्थल गुवाहाटी (पल्टनबजार) स्थित नेपाली मन्दिर हो । यसको धर्मशालामा यात्रारत नेपालीको बाक्लै भीड लाग्ने गर्छ । सन् १९४८ सालदेखि यस मन्दिरमा अहिलेसम्म पनि दशैँमा भव्य रूपमा पूजापाठ गर्ने चलन रहिआए पाइन्छ । धेरैपटक यहाँ बास बसेको छु । सहज नै थियो विगत । तर यसपाला फर्कंदा यस मन्दिरले नमीठो छाप दिलायो । हामीले कोठा छोड्ने बेलामा कर्मचारीले बढी शूल्क लिन खोजे । ‘हामी कार्यक्रमको लागि आएका सञ्चारकर्मी÷लेखक हौँ । हामीसँग त तपाईं यसो गर्नुहुन्छ भने अरुसँग तपाईं के गर्नुहुन्छ ?’ हामीले भन्यौँ । तर उनले केही गर्दा मानेन् । मैले पत्रकार परिचयपत्र देखाएँ । पत्याएनन् । सिलिगुडीबाट खेम सापकोटाको सम्पादनमा प्रकाशित पत्रिका मध्यमार्ग । भारतीय पूर्वोत्तर राज्यमा यस पत्रिका पाठक निक्कै छन् । अझ नेपालीहरूको मन जित्न सफल छ । ‘म मध्यमार्गको सम्पादक÷प्रकाशक हुँ । यसको सञ्चालक कोही बोलाउनु त ।’ खेमजीले परिचयपत्र देखाउँदै भनेपछि भने ती हच्किए । हामीले शुरुको सर्तअनुसार शूल्क बुझाएर हिँड्यौँ । धर्ती उही छ । आकाश उही छ । माटो पनि उस्तै छ । आँखाले देखुन्जेल हरिया डाँडा, उत्तर र पूर्वमा फराकिला फाँट अनि खेत । खेत सकिएपछि आँखैअगाडि लमतन्न परेर सुतिरहेको सुन्दर मणिपुर । न मोटर गाडीको चर्को स्वर, न होहल्ला नै । नागाल्याण्डको आकाशदेखि नै अघाउन्जेल हेर्न पाइँदोरहेछ । प्रकृतिको अनुपम सङ्गम अनि सुन्दर शान्त करेला आकृतिमा मणिपुर । गहनाहरूको देश मानिने मणिपुरको शाब्दिक अर्थ ‘आभूषणहरूको भूमि’ हुँदोरहेछ । यसको राजधानी इम्फाल । पूर्वमा यसको सीमा म्यानमार, पश्चिममा असम, उत्तरमा नागालैण्ड र दक्षिणमा मिजोरम पर्दारहेछन् । यसको क्षेत्रफल २२,३४७ वर्ग कि. मी. रहेछ । यहाँका मूल निवासी मेइती जनजातिका मानिस रहेछन् । जो यहाँका घाटी क्षेत्रमा रहँदारहेछन् । यिनको भाषा मेइतिलोन, जसलाई मणिपुरी भाषा पनि भनिदोरहेछ । यो भाषाले १९९२ मा भारतको संविधानको आठौँ अनुसूचीमा परेर राष्ट्रिय भाषाको मान्यता पाएको रहेछ । यहाँका पर्वतीय क्षेत्रहरूमा नागा अनि कुकी जनजातिका मानिस रहँदारहेछन् । मणिपुरीलाई एउटा संवेदनशील सीमावर्ती राज्यसमेत मानिदोरहेछ । खुल्ला आकासमुनि पहेँला रङका लहरा र विचित्रका पहरा आउन छाडेकै थिएनन् । मणिपुरको शिरमा जहाजको परिपरि पोखिएको कुहिरोले मुटु हल्लायो एकपटक । धर्तीको उचाइ चुमेर रमाउन निस्केको म बबुरोलाई बेलाबेला निमोठी रहन्थ्यो ओसिलो कुहिरोको दृश्यले । ३८ हजार फिटको उचाईबाट हेर्दा तराईको समथर भूभागमा बग्ने नदी नालाहरू केही तेल सकिन लागेको दीयोझैँ मधुरो गतिमा थिए । केही गर्मीयाममा पानीबिना चीर निद्रामा सुतेका जस्ता देखिन्थे । तर पनि आँखाले नभेट्ने ठाउँसम्म फैलिएको बगर देख्दा वर्षायाममा ब्युँतिने नदीको निद्रा भङ्गलाई सहजै अनुमान लगाउन सकिन्थ्यो । मलाई यस्तो लाग्यो, मणिपुर असङ्ख्य समसामयिकका भीरमुन्तिर चेपिएको रहेछ । म अनेक पीरले चेप्टिएको छु । मणिपुर अविरल प्रवाहित छ अजश्र धाराहरूसँग । लामो थकाइ पन्छाउँदै इन्डिगोजस्तै प्रवाहित हुन चाहन्छु म पनि । हरिया पहाडको सम्झना साँचेर मणिपुर भेट्न कुदिरहेछ ऊ । म पनि इम्फालको आकासबाट प्रकृतिका हरिया सियाँलहरू हेर्दै रमाएको थिएँ । साँच्चै, प्राकृतिक संसाधनहरूको प्रचुर भण्डार रहेछ । नजिकै छ मणिपुरको माटो । मौकामा भूगोल नियाल्ने रहरले झरिरहेछौँ यसको आकासबाट हामी इन्डिगोमार्फत् । नेपाली साहित्य परिषद्, मणिपुरको आयोजनामा १६ सेप्टेम्बर २०१८ आइतबारका दिने सीतादेवी क्षेत्रीको मूल परेको छोरो कथा सङ्ग्रहको लोकार्पण कार्यक्रममा सहभागी हुन हामी सातजना गएका थियौँ । जसमा मिरिकका पत्रकार एवं प्रकाशक दधिराम घिमिरे, सिलगढीका सम्पादक एवं निबन्धकार गणेश प्रधान र पत्रकार एवं समालोचक खेम सापकोटा, कालेबुङका समालोचक शरद क्षेत्री साथमा दार्जिलिङका स्रष्टा सुकराज र बबिता दियाली अनि म (झापा) नेपालबाट विशेष आमन्त्रित विशेष अतिथिका रूपमा । १५ तारिक शनिबारका दिन अरुणाञ्चल प्रदेशको नागाल्याण्डको आकाशमार्ग हुँदै इम्फालमा उत्रिएका थियौँ । यसपाला मैले टेक्ने पाटो नै फरक थियो र दूरी धेरै टाढा थियो । अझ भनूँ, मेरो लागि मणिपुरको यो यात्रा पहिलो थियो । गुवाहाटी एयरपोर्टबाट तीन सय किलोमिटरको दूरीमा पर्दोरहेछ इम्फाल । ३८ हजार फिटको उच्चाइबाट ४० मिनेटको उडान थियो । इम्फालमा पाइला टेक्नेबित्तिकै मैले तुलाचन आले मगरलाई सम्झिएँ । यो तुलाचनले पनि सिन्चन गरेको भूमि हो । सीता दिदी र राहुल हामीलाई लिन एयरपोट बाहिर बसिरहनुभएको रहेछ । खेमजी र म राहुलजीको भेनमा चढ्यौँ बाँकी साथीहरू सीता दिदीसँग । इम्फाल भारतको मणिपुर राज्यको एक शहर रहेछ । राज्यको राजधानी । भारत र बर्माको सिमाना नजिक पर्ने यो शहर भारतको प्रख्यात पर्यटकीय तथा व्यापारीक केन्द्र पनि । चटक्क सिउँदो काडेर कपाल कोरेकी नेपाली युवतीझैँ सफा र फराकिला सडक । एयरपोटबाट बाहिरिँदा घाम हाम्रै शिरमाथि थिए । ‘अब सार, पहिला खाना नै खाउँ होला, यहाँको विशेष मणिपुरी खाना । राहुल भाइ खाना कहाँ खाने ?’ सीता दिदीले राहुलजीलाई सोध्नुभयो । ‘पोलोग्रामस्थित मणिपुरे होटल नै जाऊँ है म्याडम ?’ राहुलजीको छनौट अनुसार हामी चढेका कारहरू बसपार्कस्थित पोलोग्रामतिर हुइँकिए । यसरी हुइँकिए कि हामीभन्दा पनि यी सवारी साधन भोकाएका छन् । केराका पात वरिपरि तारेका केही बदाम, उसिनेको एक टुक्रा लौका, साग, अचार, नुन, मणिपुरे खोसार्नी, दाल र भात । ‘ए भाइ, खै त त्यो खोर्सानी फेरि पाऊँ त ।’ खानासँगै राखिदिएको खोसार्नी खाइसकेर माग्ने को रहेछ ? त्यसमा पनि मनिपुरे खोसार्नी ! मैले हेरेँ । पर कुनाबाट दधिराम सर पो हात उचालेर देखाउँदै भन्दै हुनुहुन्थ्यो । हैट ! झर्झराउँदो अनुहारमा कालो चस्मा, कालै कोट, पेन्ट र जुत्ता अनि सेतो सर्टमा रातो टाईमा ठाँटिनुभएको दधिराम सरको खोसार्नी खुवाइ अचम्मकै रहेछ । ओहो ! पोलोग्रामको मणिपुरे होटलमा मणिपुरी खानाको स्वाद अहिले पनि सम्झँदा धर्ती नै रसाएर आएझैँ लाग्छ । खाना खाएर हामी घुम्ने भयौँ । शहरमा श्री गोविन्ददेवजी मन्दिर, शहीद मीनार, युद्ध स्मारक, मणिपुर जू, लोकताक झील आदि पर्यटकीय क्षेत्रहरू रहेछन् । काङ्ग्लातोम्बी ग्राम पञ्चायत प्रधानपञ्च मीना बिस्ट र उहाँको श्रीमान् राजेन बिष्टले हामीलाई झीलमा लिएर जानुभयो । फराकिलो ठाउँ । चारैतिर हरियालीका बीच आफूलाई लुकाएर राखेको लोकताक अत्यन्तै मोहक र सुरम्य थियो । हामी तालको किनारमा उभिए पनि मेरा आँखाचाहिँ तालमा तैरिरहेका र मुटु भने तालभित्रै डुबुल्की मार्दै थियो । म भावना र तर्कहरूका द्वन्द्वबीच हराइरहेको थिएँ । दिन उज्यालो हुनुमा, उज्यालो सुन्दर हुनुमा र सुन्दरताको महत्व अनेक फूलमा देख्नु अचम्मै हो । लोकताक झीललाई अनेक फूल चढायौँ हामीले मनका, तस्बिरका अनि कल्पनाका । बदलामा झीलले खुला पिट्ठ्युँ दियो । जहाँबाट देखिन्थे अनमोल दृश्यहरू । अझ भनूँ, सायद यहाँ आउने प्रेमीप्रेमिकाहरूलाई बैँसालु उमेरको अर्थ बुझाइदिने लोकताक नै थियो । लोकताकको सान्निध्यमा झन् रमणीय थियो मणिपुर । मणिपुर आफ्नो नीलो जलमा पहाडी छायाको जीवन गीत घोलिरहेथ्यो । पहाडी चीसो स्पर्शले जागृत मेरो अन्तरमनको आकासमा पनि झीलका बहुरङ्गी ध्वजापताका फरफराए । अहिलेसम्म पनि फरफराइ रहेकाछन् । लोकताक झीलबाट फर्किएर हामी बजारबोट पुग्दा अध्याँरो नै भैसकेको थियो । बत्तीको उज्यालोमा मैले हेरेँ, चोक झिलिमिली तर सानो देखिन्थ्यो । इम्फालबाट यहाँसम्म आइपुग्दा हामीले २५ किलोमिटरको दूरी पारगरिसकेका रहेछौँ । यहाँबाट दियाली दम्पति, खेम र शरदजी राहुलसँग जानुभयो । बाँकी दधिराम सर, गणेश सर र म सीता दिदीसँग लाग्यौँ काङ्ग्लातोम्बी मन्दिर । सीता दिदीको घर पुग्दा घर त के, गाउँको वातावरण नै सुनसान अनि चकमन्न थियो । मूल परेको छोरो (कथा सङ्ग्रह) जसले गर्दा हामी मणिपुरसम्म आइपुग्यौँ । भोलिको विमोचन कार्यक्रम पुस्तक हेरेकै थिएन । सीता दिदी घरभित्र छामछाम छुमछुम गर्न थाल्नुभयो । साथीहरू आरम गर्नतिर लाग्नुभयो । मैले भने मूल परेको छोरो मागेँ । म भनेँ भोलिको लागि केही तयारीतिर लागेँ । केहीक्षणमा दिदीले चिया बिस्कुट ल्याउनुभयो । चियासँगै यात्रा र भोलिको कार्यक्रमका बारेमा सन्लापहरू भए । फेरि दिदी आफ्नै कामधन्दामा व्यस्त रहनुभयो । ‘सार, थकान भयो होला, अब खाना खाऔँ ।’ सीता दिदीले भन्नुभयो । चिया बिस्कुटले केही त राहत मिलेको थियो । नत्र त थकान र भोकले हामी व्याकुल थियौँ । दिदीको खाना खाने उर्दीसँगै हामी पनि तयारी भयौँ । ‘खै, त्यो एउटा खोसार्नी ।’ दधिराम सर फेरि हात लम्काउँदै भन्दै हुनुहुन्थ्यो । अहो ! सीता दिदीचाहिँ हातले छुँदा पिरो हुन्छ भनेर खोसार्नी चम्चाले दिँदैहुनुहुन्थ्यो । दधिराम सरको खुवाई चाहिँ ? हैट ! मैले यसरी खोसार्नी, त्यसमा पनि मणिपुरे खोसार्नी खाने व्यक्ति देखेकै थिइनँ । देखेको थिएँ त आजै विहानदेखि नै दधिराम सर मात्र । दधिराम सरले बूढी र चोरी औँलाले पहेँलो खोसार्नी च्याप्प च्यापेर दाँतले के कर्याक्क मात्र पार्नुभएको थियो । मेरा आँखाबाट पो तरर आँशु झरे । रात छिपिँदै थियो । बाहिर बस् चकमन्नता । सुनसान । अँध्यारो । टाढा कुकुरहरू भुकिरहेछन् । कहिलेकाहीँ रात कुकुरझैँ भुक्छ । कहिलेकाहीँ कुकुर रातझैँ भुक्छन् । मलाई लाग्यो– शून्यताले निमोठिरहेछ काङ्ग्लातोम्बी मन्दिरलाई । मलाई लागेन यस्तो हिजोको साँझ र अस्तिको साँझ पनि । विहान पाँच बजेको हुँदो हो । मैले झ्यालबाट बाहिर च्याएँ । झ्याल सुमसुम्याउँदै पसिरहेको चिसो बतास मसँगै कोठामा बयली खेलिरह्यो । मिरमिरे विहानीमा आफ्नो अद्भूत प्रकाशसँगै सूर्यका किरणहरू चारैदिशामा फैलिरहेका थिए । मैले झ्यालबाट आफूलाई हटाएँ । आँगनमा निस्किएँ । सीता दिदीका काव्यात्मक बिम्बहरू थोरै फूलबारी अनि अतिकति करेसाबारीमा लहलहाइरहेका थिए । पात र फूलहरूमा रङ्गीबिरङ्गी पुतलीहरू फरफराइरहेका थिए । आगाडि बाटोको एक किनारबाट दूधका भाँडा बोकेर साइकलका पाइडिल थिचिरहेका एकहुल पुरुष देखिए । लाग्छ, झिसमिसे विहानीमा आइपरेको आपतबाट अझै ब्युँतिन सकिरहेका छैनन् । तिनीहरूको मुहार धमिलो जलजस्तै देखेँ । खुइलिएको रङजस्तै देखेँ । गरिबीले गालेको मनजस्तै देखेँ । सायद, मानव सभ्यताको उठानमा जन्मनासाथ कोही धनी र गरीब थिएन । शासक र शासित थिएन । शोषक र शोषित थिएन । राम्रो र नराम्रो थिएन । असल र खराब थिएन । जब मानव मानवबीच श्रम विभाजित भयो, त्यसपछि मानवजीवनको परिभाषा, जीवन बाँच्ने कला र जीवनको उद्देश्य पनि विभाजित भयो । अनेक सकसका विरुद्घ सङ्घर्ष गरी स्वतन्त्र र समानतामूलक जीवन जिउनु नै जीवनको सार्थक परिभाषा बन्यो । कालो बादलमा चाँदीको घेराजस्तै पारीपटी डाँडामा मानिसका परिश्रम र पसिना पोखिएको खेतीबाली भने हेरिरहुँ जस्तो । सीता दिदीको घर मन्दिर, मन्दिर पहरोको आडमा । अलि मास्तिर शान्तिपुर । भित्तामा कठोर पहरो छ त्यसलाई बाटो देखाइरहेको । मेरो मनको भित्तो छ कमलो पीरहरूले कोपरेको । मणिपुर धमिलिएको छ । त्यसको धमिलो हेरेर रमाउँदै म सङ्लिरहेको थिएँ । विहानको १०: ३० बजेको हुँदो हो, हामी खाना खाएर कार्यक्रम स्थलतिर लाग्यौँ । काङ्ग्लातोम्बी सार्वजनिक भवन परिसरमा हामी पुग्दा आयोजकलाई भ्याइनभ्याई थियो । निम्तालु आइरहेका थिए । ‘भित्रै जाऊँ सार ।’ कीर्तिमणि खतिवडा सरले भन्नुभयो । हामी कार्यक्रम स्थलतिर लाग्यौँ । भित्र डबलीको एक छेउमा माएक, लहरमा भित्तामा टाँसेर राखिएका सोफा । डबलीअगाडि लहरै फूल । कार्यक्रम प्रारम्भ भयो । कार्यक्रममा नेपाली साहित्य परिषद् मणिपुरका अध्यक्ष लोकबहादुर बस्नेत सभाध्यक्ष, १६– सेक्माई केन्द्रका विधायक हैखाम डिङगो सिंह प्रमुख अतिथि, विशिष्ट अतिथिहरूमा एम.डी.सी. सदस्य मिलन प्रधान र विष्णुलाल हाई स्कूलका प्रधानाध्यापक खड्प्रसाद प्रसाईं लगायत हामी पनि थियौँ । मूल परेको छोरो कथा सङ्ग्रह विमोचन भयो । कार्यक्रममा पत्रकार दधिराम घिमिरेले आफ्नै क्षेत्रमा लेखकलाई बिट बनाउनुभयो । स्रष्टा सुकराज दियालीको भने लेखकको व्यक्तित्वमाथिको मन्तव्य रहेको थियो । मूल परेको छोरोमा उत्तरसंस्कृति र परम्पराबीचको द्वन्द्व (नेपाली डायस्पोरा र अन्य सिर्जना, २०७६ः पृ. २४२) अनि बढी आदर्शवादीको पृष्ठभूमि भएका सीतादेवी क्षेत्रीका कथाहरूमा सामाजिक यथार्थताभित्र क्रान्तिचेतको अङ्कुरण छ । समाज रूपान्तरणमा एकैपटक क्रान्तिकारी सोच र चिन्तन प्रयोग नभई सामाजिक यथार्थवादी चिन्तनसँगै यसको सुरुवात भएको पाइन्छ । यस मूल परेको छोरोमार्फत् सीतादेवीको सामाजिक यथार्थता, आदर्शवादी सोच, वर्गीय चिन्तन वा वर्गसङ्घर्ष तथा निम्नवर्गीय जनताले भोगेका दुःख, पीडागत अवस्थालाई उठाउनुभएको छ । साँच्चै लुसियन गोल्डम्यान, संसारका कुनै पनि जाति, वर्ग वा कुनै पनि सामाजिक तहको आफ्नै सोचविचार गर्ने ढङ्ग हुन्छ । यस किसिमले त्यस वर्गको मानसिक संरचना निर्माण भएको हुन्छ । यसर्थ त्यस समूहबाट आएका कुनै पनि कलाकार, दार्शनिक, विचारक तथा लेखकले आफू आएको सामाजिक समूहको मानसिक संरचनालाई आफ्नो लेखन वा कलामार्फत् व्यक्त गर्ने गर्दछन् । कथा सङ्ग्रहमाथि मेरो भने यस्तै यस्तै दृष्टिकोण रह्यो । कार्यक्रमस्थल बाहिर भवानी अधिकारी, सीतादेवी क्षेत्री, बसन्ती पौडेल, डा. टङ्कनाथ खतिवडा, भोलानाथ शर्मा, कीर्तिमणि खतिवडा, चुडामणि खरेल र म लगायत अन्यसहित केही तस्बिर खिचेका थियौँ । अहिले पनि ताजै छ, नेपाली साहित्य परिषद्को यो र बजार बोर्डमा गरिएको सिरोई सिर्जनाको त्यो सम्मान । कार्यक्रम सकेर हामी राहुलजीको घर काङ्ग्लातोम्बी तिसपरी वर्ड जाने भयौँ । यहाँबाट तिसपरी वर्ड पाँच किलोमिटरको दूरीमा पर्दोरहेछ । गीत गाउँदै जीवनको लय खोजिरहेको एउटा गायक । लोभलाग्दो एउटा नायक । आशालाग्दो एउटा स्रष्टा पनि । सिर्जनशील निर्देशक अनि विश्वासिलो र भरपार्दो व्यापारी र एउटा चालक पनि राहुलजी । १७ सेप्टेम्बर २०१८ मा हामी राहुलजीको घर पुग्दा दिनको चार बजेको थियो । मैले घर वरिपरि आँखा लगाएँ । बूढो पीपलको रुखमा पनि जवानी चढिसकेछ । बरको बोटमा पनि । पिपललाई हेर्दै सायद बरले घुटुक्क थुक निल्दै थियो । आँगनको पल्लो छेउमा घण्टीफूल पखेटा फिजाउँदै खेल्दै रमाउँदै थिए । चराचुरुङ्गीले पनि चिरबिर चिरबिर गर्दै झाडीमा लुकामारी खेल्दै सङ्गीतमय ध्वनि प्रवाहित गरेझैँ लाग्थ्यो । साँच्चै, फूलले कहाँ सुवास छर्दा सबैलाई निम्तो पठाउँदारहेछन् र आफू नजिक आउन । हावाले कहाँ सन्देश पठाउँदोरहेछ र आफ्नो सिरेटोको मजा लिन । फराकिलो आँगन । आँगनको बीचमा टी टेबल, वरिपरि कुर्सी । ‘आबो लु हाउ साथी हो, बसौँ ।’ राहुलजीले आदेश दिनुभयो । हामी बस्यौँ । हेर्दाहेर्दै सत्कारका चिजले टेबल भरियो । ‘मेरो चस्माको ग्लास झरेको छ राहुलजी, कहाँ बनाउने ?’ मैले सोधेँ । ‘आबो आमा बजार घुम्नु नि पर्छ, तीँ बनाउँन हुन्न ?’ राहुलजीले भन्नुभयो । आमा बजार सुन्दै कस्तो होला ? १८ सेप्टेम्बर हामी आमा बजारतिर लाग्यौँ । राजधानी इम्फाल मात्रै होइन, सिङ्गो मणिपुरको बजारतन्त्र ‘मातृसत्ता’ मा चलेको रहेछ । यहाँ पुरुषलाई व्यापार गर्न निषेध नै त रहेनछ । तर, व्यापारमा हाम्रा बजारहरूमा जस्तो पुरुषहरू त्यति देखिएनन् । सरकारले इम्फालमा महिलालाई व्यापारमा प्रोत्साहन गर्न अलगै भवन नै निर्माण गरिदिएको रहेछ । जसलाई स्थानीयहरू ‘इमा केथेल’ अर्थात् आमा बजार भन्दारहेछन् । इम्फालबाहेक सेनापति, उखरुल, चान्देल, तमेंलोड, चुरा चाँदपुरलगायत ग्रामीण बजारमा पनि आमाहरू नै व्यापार गर्दा रहेछन् । १६ औँ शताब्दीतामा चीन र बर्मा बीचको युद्धमा मणिपुरी पुरुष होमिएपछि महिलाले बालबच्चा हुर्काउन व्यापार गर्न थालेका रहेछन् । ‘पुरुष त बजारमा किनमेलका लागि मात्रै आउँछन् ।’ राहुलजी भन्दै हुनुहुन्थ्यो, ‘पूरै बजार आमाहरूले कब्जा गरेर राखेका छन्, यस बजारमा शासन भनौँ कि हुकुम, आमाहरूकै चल्छ ।’ पाँचसय वर्षदेखि मणिपुरी आमाहरूले बजार गर्दैआएका रहेछन् । सीता दिदी भन्दै हुनुहुन्थ्यो– ‘करिब २८ लाख हाराहारी जनसङ्ख्या रहेको मणिपुरमा रैथाने मणिपुरी (मैत्यै) समुदायको बाहुल्य रहेको तथ्याङ्क छ । यहाँ करिब ८७.०७ प्रतिशत बढी मैत्यै रहेका छन् । ८.५० प्रतिशत इशाई र ४.४२ प्रतिशत रैथाने मुस्लिम समुदायका महिलाले बजार ओगटेका छन् ।’ मैले विचार गरेँ, बजारमा नेपाली अनुहारका महिलाचाहिँ त्यति देख्न सकिँदोरहेनछ । ‘सार, यो साल म्याडमलाई उपहार ।’ सीता दिदीले आमा बजारमा किनेर एउटा सल दिँदै भन्नुभयो । त्यहाँको मनमोहक दृश्यले मलाई मन्त्रमुग्ध बनाइरहेको थियो । सबै आफ्नै तरिकाले सुन्दर आमाबजारलाई पृष्ठभूमि बनाउँदै तस्बिर खिच्न र खिचाउनमा मस्त थियौँ । बजारमा भनेँ ह्वारह्वारी आगो सल्केलाझैँ गर्मी थियो । मानिसहरू गर्मीले सुकेको बिरुवाझैँ ओइलाइरहेका देखिन्छन् । सानोमा पढेको ‘तिर्खाएको काग’ कथामा कागले पानीको छटपटीपछि खाएको पानीको महसुस भइरहेको थियो । पान र गुट्खाहरू चपाएर थुकिरहेका केही महिलाहरू खाली खुट्टै हिँडिरहेका देख्दा मलाई लाग्यो– ‘मणिपुरको सामाजिक जीवनस्तर र चेतनास्तर पनि हाम्रो जस्तै अभाव र गरिबीमा नै रहेछ ।’ यति हुँदाहुँदै पनि इम्फालको लिमी उपत्यका एकपटक सबैले पुग्नुपर्ने ठाउँ रहेछ । सुन्दर दृश्य, प्रकृति पनि कति फुर्सदमा बनाएको ठाउँजस्तो लाग्छ । राजनीतिक स्थिरताले देशलाई आर्थिक र पूर्वाधार विकासमा सघाउँदो रहेछ । ऐतिहासिक पानामा नयाँ विकासका धर्साहरू कोर्दै परिवर्तित हाम्रो देश भने पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा आएर पनि राष्ट्र विकासमा ध्यान गएको, व्यवहारमा भने देख्न पाइएन । वास्तवमा राजनीति कुनै खेल होइन रहेछ, यो त व्यापार पो रहेछ । तर इम्फाल आसपासको विकासमा पर्यटन र व्यापारको ठूलो हात रहेछ । मेरो मनमा अनेकौँ रङ्गीन प्रश्न थिए इम्फाल उत्रदैँ गर्दा । यहाँको भाषा, साहित्य अनि परम्परा र संस्कृति बुझ्ने हुटहुटी थियो ममा । यहाँको साहित्यको इतिहास कस्तो होला ? कहाँबाट शुरु भएको होला ? अहिले कति स्रष्टा र कृति भए होलान् ? आदि प्रश्नहरू मेरो मनमा खेलिरहे । ‘मणिपुरको नेपाली साहित्यको इतिहास कस्तो छ ?’ मैले भवानी अधिकारीलाई सोधेँ थेँ । ‘भाषा, साहित्य, कला अनि संस्कृति र जातजातिका हिसाबले बर्मा (म्यानमार) र नेपालबीच धेरै समानता छन् । जसै गरी घुमाएर ल्याउँछौँ । सार, हुन्न नभन्नु है ।’ हार्दिकता साथ सीता दिदीले भन्नुभएको थियो । ‘यो पटक नजाऊँन ।’ मैले भनेको थिएँ । किन ? यो अनुत्तरित प्रश्नसँगै आज पनि मेरो नजरभरि, मेरो मनभरि छ मणिपुर । मानौँ, वर्षौँदेखि हृदयमा जमेको नदी आजैदेखि बग्न थालिरहेछ । बर्माको यात्रा थाँती नै राखेर यसपटकलाई १९ सेप्टेम्बर २०१८ दिनको एक बजे इम्फालबाट इण्डिगोमार्फत् फर्कियौँ । मणिपुरलाई पढेर र सुनेर होइन, हेरेर र भोगेर आनन्द लिनुपर्ने रहेछ । हो, सौन्दर्यले आँखाको बाटो हुँदै गएर हृदयलाई छुनु पर्दोरहेछ । यसरी छोइएको सुन्दरताले नै मानिसलाई असल बनाउँदो रहेछ अनि लट्याउँदो पनि रहेछ । गौरादह, झापा #दीपक सुवेदी |
आफ्नो छायाबाट को भाग्न सक्छ ?: बुढिँदै गएका एक प्राध्यापकले भनेको सुनेँ — केबल छाया हो अनुवादक । प्रौढतातिर उक्लिँदै गरेको मेरो मस्तिष्कले दोहोर्यायो — केबल छाया । कसले भनेको हो यो ?- म जान्न चाहन्थेँ । यसो भन्ने आधार के ? कारण के ? मेरो मनमा उठेका प्रश्नहरू व्यक्त नहुँदै प्राध्यापकबाट जवाफ आयो — यो मेरो विचार होइन । क्वीटिलियन नामका विद्वान्ले भनेका हुन् । यी विद्वान्सँग उत्तरसंरचनावादीहरू सहमत छैनन् । म पनि सहमत छैन । ती प्राध्यापकले यति भनिसक्दा मेरो मनमा अर्को प्रश्न उठ्यो — छाया त छाया तर कस्को ? प्रश्न प्राध्यापककोमा पुग्यो । जवाफ आयो — लेखकको । अब म भने क्वीटिलियनसँग सहमत भएँ । लेखकको छाया हो अनुवादक भन्ने यिनको बुझाई राम्रै लाग्यो । मलाई स्वीकार्य थियो लेखकको छाया हुनुमा । बलराम अधिकारी मैले त्यसै कक्षाकोठामा त्यहीबखत लेखकको छाया बन्ने सोच बनाएँ । यही सोच लिएर कोठामा पुगेँ , पारिजातको मैले नजन्माएको छोरो अङ्ग्रेजीमा अनुवाद गर्न थालेँ । एक सातापछि अनुवादको खेस्रा गरेर तिनै प्राध्यापकलाई देखाएँ । उनले मेरो प्रयत्नको प्रशंसा त गरे तर अनूदित कथाको पहिलो एक-दुई पंक्ति पढेपछि यस्तो कठिन अनुवादमा हात हाल्ने बेला नभएको बताए । पहिले परीक्षाको तयारी गर्न सल्लाह दिए । उनले पुरै अनुवाद पढ्न आवश्यक ठानेनन् । पढेनन् । यसको अर्थ , म पहिलो अनुवादमा नै असफल भएँ । तर मेरो ध्येय कथाभन्दा पनि कथाकारसँग जोडिने थियो । अनुवाद जस्तोसुकै होस्, म पारिजातसँग जोडिन चाहन्थेँ । क्वीटिलियनले भने झैँ म उनको छाया बन्न चाहन्थेँ । मलाई लाग्यो, लेखकको सङ्गतमा रहने यो सबैभन्दा उत्तम रोजाइ थियो । लेखकको छाया बन्दा कमसेकम म लेखकको साथमा त रहन्छु, कहिले दृष्य भएर त कहिले अदृष्य भएर । विद्यालय छिरेदेखि नै लेखक मेरा लागि स्तुतीय बने । लेखकले मलाई आफूसँग जे छ त्यसमा गर्व गर्न सिकाए । सम्झन्छु, अझै पनि उही लय र उमङ्गमा सानामा गाएको महेन्द्रमालाको कविता — सानो छ खेत, सानो छ बारी, सानै छ जहान । हाम्रो सात कठ्ठाको सानो खेत थियो । जम्मा दश हात मोहोडाको सोतो परेको खेतको उब्जनीले कहिल्यै वर्षदिन खान पुगेन । तर कविले हाम्रो लामपुच्छ्रे खेतको गुणगान गरे । मलाई आफ्नो सानो खेत देखेर हिनताबोध हुन छाड्यो । बरू चिच्याई चिच्याई अरूलाई सुनाउन थालेँ — सानो छ खेत, सानो छ बारी… । लेखकले मलाई दिक्कालको सीमाभन्दा बाहिर लिएर गए । लेखकको कल्पनाको उडानसँगै मैले आफ्नो भूगोल र समयभन्दा परको दुनियाँ देखेँ, आफ्ना मनका आँखाले । दौलतविक्रम विष्टको चपाइएका अनुहार को साथ लागेर म अफ्रिकाको जंगलसम्म पुगेँ । अनन्त , किमरिख र युवतीले छिचोलेको केतुकीको गन्ध सुघेँ । पारिजातको शिरीषको फूल ले मलाई बर्माको युद्धभूमिसम्म पुर्यायो । मदनमणि दीक्षितको माधवी ले उत्तरवैदिक कालमा प्रवेश गरायो । गोविन्दराज भट्टराईको सुकरातको पाइला ले सहरको कहरमा अस्तित्व संकटको बोध गरायो । लेखकले मलाई प्रेमको उत्तेजना र उमङ्ग देखाए , अनि विछोडको विरह र वेदना पनि । यस्तै देखेँ यासुनारी काबावातको हिमदेश मा , गोविन्द मल्ल गोठालेको पल्लोघरको झ्याल मा , लैनसिंह बाङ्देलले मुलुक बाहिर मा । लेखकले मलाई मनोरञ्जन दिए । वेदप्रकाश शर्माका हिन्दी जासुरी उपन्यासका बाक्ला पाना पल्टाउन पाएपछि गर्मी विदाका लामा दिनहरू निकै छोटा लाग्थे । युधिर थापाका उपन्यासहरूले क्याम्पसका यान्त्रिक पढाइबाट त्राण दिन्थे । लेखकले मेरो मष्तिस्कका लागि आवश्यक पोषणयुक्त चेतना दिए । जीवनलाई हेर्ने दृष्टिकोण दिए , भोग्ने शैली बताए । खलिल जिब्रानको द प्रोफेट , हर्मन हेस्सेको सिद्धार्थ , जे कृष्णमूर्तिको द फस्ट एन्ड लास्ट फ्रिडम सँग भेट नभएको भए मेरो जीवनको बाटो अर्कै हुन्थ्यो , हिँडाइको गति अर्कै । लेखकले मलाई असल मित्र दिए । यिनले दिएका पुस्तकभन्दा असल मित्र मैले आजसम्म फेला पारेको छैन । पुस्तकसँग रहँदा म आफूलाई कहिल्यै एक्लो महसुस गरिनँ । गर्दिनँ । मेरा प्रिय लेखकहरू मैले सोच्न नसेकेको कुरा सोच्थे । मैले नदेखेको दुनियाँ देखाउँथे , नबुझेको रहस्य बुझउँथे , नपुगेको भूगोलमा पुर्याउँथे । यिनका सृजनामा मेरा आफ्नै अव्यक्त अनुभूतिहरू व्यक्त भएझैँ लाग्थो । पछिपछि मलाई उदेक लाग्न थाल्यो — के हो यो लेखक भन्ने प्राणी ?! भेट्नु त परै जाओस् , कहिल्यै देखेको पनि होइन । तर उसका शब्दले जीवनमा उर्जा आउँछ । शरीरमा उत्तेजना सलबलाउँछ , मनमा अनेकौँ भावना उम्लिन्छ । मेरा लागि कहीँ कुनै चमत्कारी प्राणी थियो भने त्यो लेखक नै थियो । म लोभिन्थें यिनका सृजनाको भाषा देखेर । विद्यालय र विश्वविद्यालयका कक्षाकोठामा , परीक्षा कोठामा मैले भाषासँग सधैँ अनुनय गरेँ — मलाई साथ देऊ । विद्यालय र विश्वविद्यालयका नेपालीका शिक्षकहरू भन्थे — देवकोटालाई शब्दहरूले पछ्याउँथे । म कल्पना गथेँ — तालु खुइलिएको मान्छे बेतोडले दौडँदै छ , भाग्दै छ । हावाले उडाएका सिसौका सुकेका पातझैँ शब्दहरू उसका पछाडि दौडिरहेका छन् । भन्दैछन् ती — पर्ख ओ कवि पर्ख । उतार हामीलाई तिम्रा सृजनाहरूमा । तिम्रो कलमको सहाराले कागजमा टासिएर हामी स्थिर हुन चाहन्छौँ । वाचाल बनेर संवादमा छिर्न चाहन्छौँ । यता आफू छु, दिनमा एउटा शब्द पनि याद गर्न धौधौ पर्ने । वाक्यमा प्रयोग गर भन्दा निकैबेर कलम टोक्ने । भाषा मसँग कहिल्यै प्रेमलीन बनेन । ऊ हल हल मात्र भन्थ्यो । म पछिपछि लुरुलुरु हिँडिरहेँ । म जति जति पछ्याउथेँ ऊ उतिउति पर जन्थ्यो, र मलाई आइज-आइज भने झैँ गर्थ्यो । यो क्रम अहिले पनि उस्तै छ । तर म लेखकको लेखनीमा तिनका भावना र भाषा एउटै तालमा नाचेको देख्थेँ । भावना र भाषा एकाकार भएपछि तिनका कविता मेरा लागि मन्त्र बन्थे । तिनका कथा र उपन्यासको जगत् सजीव भएको पाउथेँ । तिनका निबन्ध मेरा लागि चिन्तनको चौतारी बन्दथ्यो । यस्तो चमत्कारी चेतना बन्न नसके पनि कमसेकम म यस चेतनाको छाया त बन्न सक्छु । यही छायावी अस्तित्व स्वीकार गर्दै म अनुवादमा लागेँ । अनुवादअर्थात् अनुवाचन — लेखकलाई अनुसरण गरेर गरिने वाचन । लेखक बोल्छ , अनि म बोल्छु ऊ पछि । म लेखकको भाषा बुझ्छु , उसको चेतनामा भित्रिन्छु । त्यसपछि बाहिर निस्किएर अर्को भाषामा बोल्छु । भावना उसको तर अनुवाचनको भाषा मेरो । यसरी नै मैले अनुवाचन गरेँ गोविन्दराज भट्टराईको सुकरातको पाइला को , मोतीराम भट्टको पिकदूत को , रक्ष राईको पोएट इन किलिङ् जोन को , निरज भट्टराईको धुवाँको धागो को , नवीन प्राचीनको उभिएर एक्लै को , शारदा सुब्बाको यसोधरा को । यी लेखकहरूले पहिला सोचे – लेखे नेपालीमा । यिनलाई मैले पढेँ नेपालीमा , मनन गरेँ र मानसिक पाठ बनाएँ अङ्ग्रेजीमा । यसरी तयार भएको अमूर्त पाठलाई अनुलेखन गरेँ अङ्ग्रेजीमा । यस अनुलेखन कर्ममा लाग्दा मेरो सन्तुष्टिको पारो माथि चढ्दै गयो । चढिरहेछ । यही सन्तुष्टिले गर्दा अनुवाद मेरो जीवनको अभिन्न पाटो बन्यो । अनुवाद बेगरको दैनिकी मलाई असहज लाग्न थालेको छ । अनुवादक झुम्पा लहरीलाई जस्तै अनुभव हुन थालेको छ अचेल मलाई — म अनुवाद गर्छु , त्यसैले म छु । लहरीको अस्तित्वादी चेतमा म केही थपी हेर्छु — लेखक छन् र म अनुवादक छु । म अनुवादक , म लेखकको छाया । लेखकसँगै फैलिएको भानमा रमाउँछु । मेरो यो भानमा तुक पनि छ । रक्ष राईको पोयट इन किलिङ् जोन अनुवाद गरेँ । बेलायतमा छापियो । कवि राईसँगै म पनि बेलायतमा छु, जहाँ म अहिलेसम्म पुगेको छैन । सार्क कल्चरल सेन्टर , कोलम्बोले मोतीराम भट्टका पिकदूत र अन्य केही कविताहरू छाप्दैछ । मोतीराम भट्टको सृजनासँगै म उनको छाया बनी श्रीलङ्कामा छु, जुन मलाई चनाको जस्तो आकार भएको देश भन्ने मात्र थाहा छ । मलाई न त त्यहाँको हावाको वहाव थाहा छ न त पानीको स्वाद नै । बितेका १७ वर्षदेखि म यो विशाल एम्पिथियटर जस्तो काठमाडौँ उपत्यकामा छु । तर म अनुवादक, मेरा लेखकहरूको साथ लागेर केही फैलिएको छु बाहिर । दार्जलिङ्बाट इन्द्रबहादुर राईले अनुवाद शीर्षकमा कथा लेखेका छन् । एउटा पात्रले भनेको छ — फैलिअ , नत्र सिद्धिन्छौ । फैलिने माध्यम अनुवाद हो भन्ने यस पात्रको ठम्याइ छ । हो पनि । अनुवाद नहुने लेखक आफ्नै भाषाको सानो बनपाखामा केही समय सुसेल्छ र हराउँछ । उसको सृजनात्मक सुसेली अर्को भाषाको पाखामा सुनिँदैन । भिन्न भाषी पाठकलाई सुनाउन अनुवादकले उनीहरूकै भाषामा सुसेल्नु पर्दछ । म पनि फैलिन चाहन्थे , चाहन्छु फैलिन लेखकको सुसेली सुसेल्दै । मैले अनुवाद गरेका लेखकहरू जहाँ जहाँ पुगेका छन्, त्यहाँ त्यहाँ म पनि साथै पुगेको छु तिनका छाया बनेर । म आनन्दित छु यो फैलावटमा । गत हप्ता कवि , अनुवादक रामानुजनलाई पढेपछि त लेखकको छाया बन्नुमा मलाई गर्व लाग्न थालेको छ । रामानुजन भन्छन् – आफ्नो छायाबाट कोही पनि अलग हुन सक्दैन । मैले अनुवाद गरेका लेखकहरू म अर्थात् आफ्नो छायाबाट अलग्गिन सक्ने छैनन् । चाहेर पनि अब उनीहरू आफ्ना अनूदित सृजनामा मेरो उपस्थितिलाई नकार्न सक्दैनन् । अनुदित सृजनाको जग्गामा लेखक र मसँगै उभिने छौँ । म मेरा लेखकहरूबाट अलग हुने छैन । #बलराम अधिकारी |
भानुभक्त, नेपाली भाषा र राष्ट्रियता: साधारणतया मानव समुदायबीच विचार विनिमय गर्ने साधन हो- भाषा । यसका साथै भाषा भावाभिव्यक्तिको साधन पनि हो । भाषालाई कहिल्यै कसैले पनि उपेक्षा गर्न सक्दैन । भाषाको अन्त्य हुनु, वास्तवमा मानिसको सार्वभौमिकता र उन्नतिको अवसान हुनु हो । राष्ट्रको पहिचान खतरामा पर्नु हो । नेपालको सन्दर्भमा भन्दा हाम्रो देश विभिन्न जातजाति, भाषाभाषी, धर्मसंस्कृति आदिको सह–अस्तित्वले युक्त देश हो । विविध सन्दर्भमा देखिएको यो एकता नेपालको विशिष्ट चिनारी नै हो । अनेकता भएर पनि एकता देखिएको नेपालीको साझा तत्व भाषा पनि हो । त्यो भाषा, हाम्रो नेपालको राष्ट्रभाषा नेपाली हो । अनेकताका विविध आयामहरूमा एकता भएजस्तै प्रत्येक नेपालीबीच भाषागत रूपमा पनि मेलमिलाप छ, सद्भाव छ र सहृदयता छ । भाषाकै कारणले सारा नेपालीमा राष्ट्रियता मजबुत छ । यही भाषाको तागत बुझेरै कवि बालकृष्ण सम भन्छन्, “ भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति जीव वैभव भाषामै बाँच्दछन् पछिसम्म यी । ” मूलतः नेपाल एकीकरणपछिको जातीय मिश्रणलाई नेपाली भाषाले नै साझा र माध्यम भाषा बनेर भूमिका खेल्यो । साहित्य रचनातर्फ पनि यही भाषामा कलमवीरहरू लागी परे । त्यसो त भाषाको विकसित र परिपुष्ट रूप हो साहित्य, यसमा निहित ज्ञान, विज्ञान तथा गुण, बौद्धिक विकास । त्यसैले भाषाको उन्नयनका लागि साहित्यलाई सबैले उच्च भन्छन् । जितेन्द्र बस्नेत यी त भए भाषा र यसको महत्वका कुरा, अब नेपाली भाषा, राष्ट्रियता र भानुभक्तको सन्दर्भ चर्चा गरौँ । भानुभक्तले कलम चलाउन थालेको समयमा नेपाली भाषा सामान्य बोलचाल र कामचलाउ भाषा मात्र थियो । साहित्यको क्षेत्रमा यस भाषाको प्रयोग ज्यादै न्यून थियो । उच्चवर्गका व्यक्तिहरूले संस्कृत अध्ययन गर्ने परम्परा थियो । संस्कृत पढेपछि उनीहरू प्रायः आफ्नो विद्वता संस्कृतमै उत्कृष्ट ठान्थे र प्रस्तुत हुन्थे । नेपाली भाषालाई तुच्छ मानी अपहेलना गर्थे । त्यसैले गर्दा हाम्रो भाषामा गिरावट देखा पर्दै थियो । भानुभक्त पनि संस्कृत नै पढेका ब्राम्हण थिए । तर उनलाई आफ्नो भाषाप्रति मोह थियो । स्वजाति, स्वभाषा र सभ्यताप्रति प्रगाढ आस्था थियो । त्यसैले उनले नेपाली भाषामा कवितात्मक चैतन्यलाई समाहित गरेर संस्कृत साहित्यकै उत्कृष्ट ग्रन्थ रामायणलाई सरल र सहज रूपमा जनमानसले आत्मसाथ गर्नसक्ने गरी प्रस्तुत गरे । पठित पण्डितहरूको कटाक्ष सहेरै भए पनि रामायणको नेपाली रूप अन्ततः सामान्य साक्षरदेखि विद्वान्सम्मका सबैको हृदयमा स्थान पायो, भानुभक्त स्वतः जनकवि भए । आफ्नो भाषाको दाँजोमा काव्यकलाको लागि अरू भाषा प्रभावकारी हुन नसक्ने दुरदर्शन दृष्टिकोणले रामायण सिर्जना गर्नु राष्ट्र र राष्ट्रभाषाप्रतिको उनको प्रेमको पराकाष्ठ नै थियो । वास्तवमा सुगौली सन्धिले विराम लागेको नेपाल एकीकरण अभियान र वीर भावनामा आएको आँचपश्चात भक्ति धाराका काव्यिक साहानुभूतिहरू मलम बनेर नेपाली समाजमा प्रसारित भए । संस्कृतका विद्वान्हरूको मात्र पेवा रहेको आदर्श पुरुषोत्तम, वा मर्यादा पुरुष, श्री रामको गाथा, नेपाली माटोको सुवास र सुगन्धमा मिसिँदै, घरघर दैलोदैलो पुग्यो । भर्खर जोडिएका भुरे टाकुरे राज्यहरूको भौतिक सीमामा एकत्वको भावना यही नेपाली भाषाको शिल्पमा कुँदिएर निर्माण भएको काव्यले जोड्यो र भाषाको मानक रूप स्थापित गर्दै लग्यो । । वास्तवमा राष्ट्रियता र एकताको लागि भौगोलिक सीमा मात्र हैन, भाषिक एकता र आध्यामिक चिन्तनको र समताको जरुरी हुन्छ। त्यो अभाव उनै भानुभक्तले पूर्ण पारिदिए। रामगाथा र त्यसको भाव के खस, के नेवार, के मधेसी, के हिमाली, के पहाडी सबैतिर गुन्जिन थाल्यो । “यही भाषिक उत्कृष्टताको प्रसंसा गर्दै बालकृष्ण सम लेख्छन् । “नेपाली भाषामा त्यति मिठो अधिकार आजसम्म कसैको भएन, लेखनाथले संस्कृतको शरण परेर पनि,शम्भुप्रसादले फारसीको भर परेर पनि भानुको स्थान लिन सकेनन्। देवकोटाले शाकुन्तलामा भाषा प्रदर्शन गरे तर भानुभक्त ध्रुवतारा झै अचल रहे “त्यसैले उनी नेपाली भाषाका परमात्मा हुन् ।” भानुभक्त अघिका कविहरूले पनि भाषामा कविता नलेखेका होइनन् तर तिनीहरूमा भाषिक त्रुटि, मिश्रण भावगत अस्पस्ट रहे, जसलाई जनताले रुचएनन् । जब भानुभक्तीय रामायण आयो, त्यो प्रसाद गुणयुक्त सीप सबैले रुचाए । उनी भाषामा कति पोख्त थिए र उनमा कति मौलिकता थियो भन्ने कुरा उनको जीवनीमा आधारित विभिन्न प्रसङ्गका कविताकलाबाट प्रष्ट हुन्छ । कतै नैतिकताका कुरा, कतै व्यङ्ग्य प्रहार त कतै विकृतिको उजागर, सबैमा चोटिला शब्द खन्याए । सबैले बुझे, नेपाली भाषा यति सुशोभित र उन्नत रहेछ । यी योगदानहरू मुलतः समाज र राष्ट्रका लागि योगदान नै हुन् । रामायण पढेर सोही राम र सीता भएनन् तर काव्यमा वर्णित आर्दश, मातृभूतिप्रतिको प्रेम, र भाषा सबैलाई स्वीकार योग्य भयो । भाषामा एकरूपता आयो, अक्षर ज्ञानप्रति सबैको लोभ जाग्यो । नेपाली संस्कार अनुरूपको काव्य लेखनले गर्दा उनका पूर्ववर्ती कविहरूमाझ पनि उनी लोकप्रिय बने । उनको भाषामा कति नेपाली रङ मुछिएको छ भन्ने कुरा अशोक वाटिकामा पति वियोगमा छटपटाएर बसेकी सीताजीको रावणसँग प्रतिकार गर्दा निस्केको रिसयुक्त वाणीबाट थाहा हुन्छ । “पाजी रावण , बोल्दछस् बहुत दुर्वाच्य बक्बक् गरी । राघवदेखि डराई छल्न भनी एक् सन्यासीको रूप धारी ।। जस्तै यज्ञ विषे हवी कुकुरले हर्छन् उसै चालले । राम लक्ष्मण नहुँदा हरिस तँ बुझिले मर्लास् यसै कालले ।। ”(भा. रा. सुन्दरकाण्ड) भानुभक्तले नेपाली भाषामा रामायण नलेखीदिएको भए नेपालीलाई राष्ट्रियता भन्ने कुरा बुझ्न अझ धेरै समय लाग्ने थियो । भर्खर राष्ट्रभाषा बनेको नेपाली भाषा उनको काव्य सँगसँगै घरघर पुग्यो । मीठो भाषा संवेदनशील विषय, सर्वप्रिय आध्यात्मिक चिन्तन र मनछुने भावले गर्दा नै रामायण सबैले गुनगुनाउन थाले । रामायण सबैको सुख दुःखको साथी बन्यो । निष्कर्षत:बग्ने नदीको प्रवाहसँग भानुको भाषिक सीप तुलना गर्न सकिन्छ । संस्कृतमा कविता कोर्नु त्यतिबेला ठूलो कुरा मानिन्थ्यो । उनी सक्थे, तर पनि विदेशी भाषा अनुशरण गरेर आफ्नो भाषालाई अपहेलना गर्न उनले जानेनन् । यसलाई माथि उठाउनुमा नै आफ्नो गौरव ठाने । तब पो संस्कृतको काव्य नेपालीमा उनले लेखेपछि सबैको मुखमा गुन्जिन थाल्यो- “एक दिन नारद सत्यलोक पुगि गया…………।” यसपश्चात् मात्र नेपाली इतरका भाषीहरूमा पनि यसको मोह बढ्यो । नेपाली भाषाको स्थिति मजबुत बन्दै गयो, यसको श्रेय भानुभक्तलाई नै जान्छ । अन्तमा राष्ट्रप्रेम मुखरित भएका थुप्रै फुटकर रचनादेखि उनले रामायणको नेपालीमा अनुवादमात्र गरेनन्, आफ्नै ढाकर र खुर्पेटो, आफ्नै रीतिरिवाज, डाँडाकाँडा र माटोको सुवास अनि सजीवतामा यसलाई रङ्ग्याएर हरेकको जिब्रोले बोल्ने भाषालाई आफ्नो काव्यको गति बनाएर फैलाए । त्यो नै नेपाली भाषाको पहिलो र उत्कृष्ट, महान् क्रान्ति र परिवर्तन थियो । यही कार्यका खातिर मोतिराम भट्ट, जसले उनका पाण्डुलिपिलाई प्रकाशन गरे र भानुभक्तलाई आदिकविको संज्ञा दिए र त्यही पदवीबाट हामी उनलाई चिन्दछौ । जुन तथ्य आज पनि सबै राष्ट्रप्रेमी र साहित्यप्रेमीका लागि उत्तिकै सान्दर्भिक र अनुकरणीय छ । #जितेन्द्र बस्नेत |
सरूभक्तको ‘पागल बस्ती’ र अहंकेन्द्रित मानवतावाद: लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिक साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् । नेपाली साहित्यिक समालोचनाको स्वरूपले सिद्धान्तपरक पठनको आवश्यकतालाई टड्कारो रूपले महसुस गरिसकेको कुरा चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) ले २०६० को सुरुदेखि उठाउँदै आएको हो । समालोचनालाई एकातिर पाण्डित्यपूर्ण खेल (Pedantic Game) हुनबाट बचाएर आल्हादमय खेल बनाउनुपर्ने जरुरी छ भने अर्कोतिर सूत्रपरक प्राध्यापकीय शैली, विवरणात्मक शैली, प्रभावपरक शैली र जीवनीपरक शैलीको बाहुल्यबाट पनि मुक्त गराउनु आवश्यक छ । समालोचना सृजनाको विपरीतार्थ शुष्क र रसविहीन विषय होइन, यो आफैँ नै सिर्जनशीलताको आग्रह गर्ने साहित्यिक हो भन्ने कुराले मान्यता र प्रयोग दुवैका रूपमा स्थापित हुन नपाएसम्म साहित्यिक समालोचनाले सृजनाकै समगतिमा आफूलाई विकास गर्न सक्दैन । इतिहास र काव्यकृति दुवैभित्र कैयौँ गोप्य र अनुद्घाटित आयामहरू हुन सक्छन् । परम्परागत समालोचनात्मक शैलीले समालोचकलाई सर्वद्रष्टा र काव्यकृतिलाई एकै दृष्टिकोणबाट पर्गेल्न सकिने निरीह र पारदर्शी अस्तित्व ठान्दछ । तर हामीले विकास र प्रयोग गर्दै आएको समालोचनाको चक्रव्यूह चेतनाले इतिहास र काव्यकृति कहिल्यै पनि सरल र आयामिक हुन्छन् भनेर मान्दैन । अर्थहरू इतिहास र काव्यकृतिमा घुमाउरो, पत्रेदर र बहुआयामिक भएर विद्यमान रहेका हुन्छन् । भ्रामकता र अर्थविविधता भाषाको नैसर्गिक चरित्र हो भन्ने कुरालाई चेतना निर्माणको दिशामा आधारवाक्य नबनाएसम्म हामी समालोचना भनेको अर्थहरूको परेडभूमि प्रदर्शन गर्ने भाषिक समारोह हो भनेर स्वीकार्ने अवस्थामा पुग्दैनौँ । अर्थहरू निर्माण, स्खलन, विनिर्माण र पुननिर्माणको गतिशील प्रक्रियामा सामेल हुन्छन् । यो प्रक्रिया यसर्थ निरन्तर रूपमा चल्दछ कि समाज पनि द्वन्द्वको प्रक्रियाबाट अग्रगमनको यात्रा जारी राख्दछ । समाजम विद्यमान वर्ग र शक्तिहरूले चेतना निर्माण र विस्तार गर्दछन् र त्यही चेतनाको आधामा अर्थहरूको विश्लेषण प्रक्रिया अगाडि बढ्दछ र चक्रव्यहू सञ्चेतनाले अर्थहरूको बहुल्यतालाई विश्वास गर्नु भनेको एकल अर्थको सर्वसत्तालाई नमान्नु हो र समाज परिवर्तनको गतिशीलतामाथि अटुट् आस्था राख्नु हो । समाज जसरी विचारै विचारहरूको पुञ्ज हो त्यसैगरी काव्यकृति (Text) पनि अर्थैअर्थको उपस्थिति भएको रङ्गमञ्च हो । समाजमा सबै किसिमका आस्था र विचारहरूको समान हैसियतको प्रभाव नरहेर प्रभावको भिन्नता भएजस्तै अथवा बाहुल्य सबैले कायम गर्न नसके जस्तै काव्यकृतिमा पनि सबै अर्थले समान महत्व र प्रभाव स्थापित गन सकेका हुँदैनन् । समालोचकहरूले दमित, सीमान्त र बहिस्करणमा परेका अर्थहरूलाई स्थापित मञ्चमा ल्याएर सबैको चेतना अगाडि प्रदर्शन गरिदिने जिम्मेवारी बहन गर्नुपर्दछ । यही मान्यतामा विश्वास राख्ने चक्रव्यूह सञ्चेतना प्रजातान्त्रिक चरित्रको समालोचनात्मक पद्धतिमा आस्था राख्दछ । अंश र एकाईहरूको संयोजनबाट पूर्ण निर्मित हुनेभएकाले सिद्धान्तपरक एकाईहरूबाट अर्थनिरूपणको परियोजना प्रार्दुभाव हुनुपर्छ । पहिचानको सङ्कटबाट पार पाउन जसरी आजको विश्वमा पहिचान निर्माणका सङ्घर्षहरू धमाधम प्रस्फुटित भइरहेका छन्, त्यसरी नै साहित्यको सिर्जना फाँटमा पनि महाआख्यानहरू (Grand Narratives) को स्थान क्रमशः लघुत्तम आख्यानहरू (Minimal Narratives) ले लिइरहेका छन् । त्यसैले हाम्रो समयमा सिर्जित भइरहेका लघुत्तम आख्यान र स्थानीय आख्यानहरूलाई समालोचनाका केही पूराना ‘रेडिमेड’ नमुनाहरूले समेट्न र न्यायोचित विश्लेषण गर्न सक्दैनन् । यसै परिप्रेक्ष्यमा चक्रव्यूह सञ्चेतनाले नेपाली साहित्यिक समालोचनाको मृतप्रायः विधालाई सशक्तिकरण गर्नका निम्ति सिद्धान्तपरक नमुनाहरूको विविधकरणको प्रस्ताव अगाडि सारेको हो । विदितै छ, हामी चक्रव्यूह सञ्चेतनाको घोषणापत्रलाई वि.सं.२०६० मा सार्वजनिक गरेदेखि नै सिद्धान्तपरक नमुनाहरूको प्रयोग गर्दै हाम्रो आन्दोलनलाई अगाडि बढाउँदै आइरहेका छौँ । माफ पाऊँ पाठक महोदय, हामीले यहाँसम्म चक्रव्यूह सञ्चेतनाकै बहसलाई लम्ब्याइआयौँ । शीर्षकमा भने झैँ अब हामी सिर्जनशील पागलपनले भरिपूर्ण भएर नेपाली साहित्यमा आफ्नै विशिष्ट पहिचान बनाइसकेका साहित्यकार सरूभक्तको वि.सं.२०४८ मा प्रकाशित विचारप्रधान एवम् कलात्मक उपन्यास ‘पागल बस्ती’मा कसरी अहम्केन्द्रित मानवतावादको जीवनदर्शन प्रयोग भएको छ भनेर चिरफार गर्न गइरहेका छौँ । यस उपलक्ष्यमा हामी सरूभक्त आर्फैँद्वारा प्रतिपादित अहम्केन्द्रित मानवतावादको दर्शनका मुलभूत पक्षहरू, उपन्यासमा यस दर्शनको परावर्तन, यस दर्शनका सीमा, सामाथ्र्य, त्रुटि र अरू पितृदर्शनहरूसँगको यसको सम्बन्धलाई पनि केलाउने प्रयास गर्नेछौँ । उपन्यासकार सरूभक्त ‘पागल बस्ती’ उपन्यासमा उनको दार्शनिक जीवनदृष्टि अहम्वादलाई प्रमाणित गर्ने कसरतमा देखिन्छन् । उनको विचारमा अहम् वा अहङ्कार प्रत्येक मानव र मानवेत्तर प्राणीमा विद्यमान हुन्छ । यो मानवजन्य प्रवृत्ति हो । अझ विस्तृत रूपमा यो प्राणीजन्य स्वभाविक संवेग हो । मानवीय अहङ्कार सकारात्मक र नकारात्मक दुवै तहमा उद्भाषित हुन्छ । विध्वंसात्मक अहङ्कारको व्यवस्थापन गर्न नसकेकै कारण संसारमा हत्या, हिंसा, आतङ्क र विनाशको श्रृङ्खलाले निरन्तरता पाएको हो भन्ने आशय उपन्यासकारको रहेको छ । सुरेश हाचेकाली अष्ट्रियन मनोविश्लेषक सिग्मण्ड फ्रायडले मानव मनको विश्लेषण गर्ने क्रममा मानव मनका तीन तहहरू इड, इगो र सुपरइगोको व्याख्या गरेका छन् । इड आनन्द सिद्धान्तको निकट रहेको छ भने सुपरइगो नैतिक सिद्धान्तसँग जोडिएको छ । इगोले आनन्द सिद्धान्त र नैतिक सिद्धान्तको बीचमा सन्तुलनको भूमिका खेलेको पाइन्छ । फ्रायडले इगो भनेर भनेकै अवधारणाको दुरुस्त अनुवाद सरूभक्तले भन्ने गरेको अहम् हुन सक्छ कि सक्दैन ? यो बहसको विषय हो । जे होस् सरूभक्तका निम्ति अहम् नैसर्गिक मानवीय भाव हो । जो कतिपय अवस्थामा मङ्गलकारी त कतिपय अवस्थामा अमङ्गलकारी हुन्छ । विभिन्न धर्मशास्त्र र दर्शनशास्त्रका पुस्तकहरूमा पनि अहङ्कारलाई नकारात्मक र प्रेमलाई सकारात्मक शक्तिश्रोतको रूपमा लिइएको पाइन्छ । तर सरूभक्तले चाहिँ प्रेम र अहम्को त्यो परम्परागत पदसोपानलाई विनिर्मित गरिदिएका छन् । उपन्यासकारको मुखपात्र प्रशान्त अहम्ले परिपुष्ट भएको छ । मार्थाको प्रेमिल अनुरागको अनुनयविनयलाई ऊ अस्वीकार गरिदिन्छ । परम्परागत ज्ञानशास्त्रमा अहङ्कारलाई कसरी नकारात्मक र विध्वंसात्मक मानवीय भावको रूपमा परिभाषित गरिएको छ भनेर विहङ्गम दृष्टि राख्नु यहाँनिर हामीलाई सान्दर्भिक लाग्दछ । यसका केही उदाहरणहरू हेरौँ । नेपाली बृहत् शब्दकोषले अहङ्कारलाई यसरी परिभाषित गरेको छ – “आफूलाई सर्वेसर्वा सम्झने क्रिया, भाव वा गुण, भिमान, घमण्ड, सेखी, मपाइँ, अहम्त्याइँ” (९७) । यो परिभाषामा अहङ्कारले किमार्थ सकारात्मक भावार्थ बोकेको छैन । यो शब्दकोषले दिएको अहङ्कारको परिभाषामा यो (अहङ्कार) त्याज्य र निन्दनीय मानवीय भाव हो । हिन्दुहरूको धार्मिक ग्रन्थ श्रीमद्भागवत्गीतामा भगवान् कृष्णले अर्जुनलाई भनेका छन्– “अहङ्कारं बलं दपं कामं क्रोधं परिग्रहम्÷विमुच्य निर्मम शान्तो ब्रह्मभूयाय कल्पने” –भक्तिवेदान्त स्वामी प्रमुपद, २६३) । यसको आशय यो छ कि जो मानिस अहङ्कार, सामथ्र्यको भ्रम, अहम् आशक्ति, क्रोध, भौतिक लालसा, स्वामित्वको भ्रम जस्ता कुराबाट मुक्त भएर मनस्थितिलाई शान्त राख्न सक्छ ऊ नै आत्मसिद्धिको उच्चतामा पुग्न सफल हुन्छ । एक विश्वविख्यात दार्शनिक तथा योगगुरु ओशो रजनिसले पनि अहङ्कारलाई नकारात्मक, विध्वंसात्मक र घटिया तत्वको रूपमा लिएका छन् । ओशो कोनोपनिषद प्रवचन नं.७ बाट सङ्कलित ‘धार्मिक जीवनः जागरुकताका जीवन’ लेखमा ओशोले ध्यानलाई सम्पूर्ण मानसिक विकारहरूबाट मुक्ति दिएर परमात्मामा मिलन गराउने अस्त्रको रूपमा परिभाषित गर्दै भनेका छन्–“…यह…ध्यान तुम्हारे संस्कारों, तुम्हारी दासता, तुम्हारे मन, तुम्हारे अहंकारको नष्ट करने के लिए है–गहरे अर्थो में तुम्हे ही नष्ट करने के लिए है । ताकीं नया जन्म सके” (२३) । उनको विचारमा अहङ्कारको नाश नभएसम्म मानिसको अर्को पूर्ण र सार्थक जीवनको शुभारम्भ हुन सक्दैन । यसैगरी इसाईहरूको पवित्र ग्रन्थ वाइवलमा परमेश्वर जिसस क्राइष्टले अहङ्कारलाई तिलाञ्जली दिँदै प्रेममय हुन यसरी अभिव्यक्ति दिएका छन — “But I tell you not to resist an evil person. But whoever slaps you on your right cheek, turn the other to him also” (९३५) । यसको भावार्थ यस्तो छ कि तिमी दुष्ट व्यक्तिहरूसँग प्रतिवाद नगर । तिमीलाई जब कसैले दाहिने गालामा झापड हान्दछ, अर्को झापडका लागि देब्रे गाला पनि समर्पण गर । यसैगरी क्राइष्टले अगाडि भनेको छन्, “But I say to you, love your enemies, bless those who curse you, do good to those who hate you, and pray for those who spitefully use you and persecute you” (९३५) । यसको आशय यस्तो छ कि शत्रुलाई प्रेम गर, जसले तिमीलाई श्राप दिन्छ, उसलाई आशीर्वाद देऊ, जसले तिमीलाई घृणा गर्छ उसको भलाइ गर र जसले तिमीलाई दुःख दिँदै आफ्नो घृणित स्वार्थको निम्ति प्रयोग गर्छ त्यसको उन्नतिको लागि प्रार्थना गर । क्राइष्टले भनेको यो अवस्था भनेको पूर्णतः अहङ्कारको बर्जना हो । सरूभक्तले प्रतिपादन गरेर सिर्जनात्मक लेखनमा प्रयोग गरेको अहम्केन्द्रित मानवतावाद (Egocentric Humansim) सिद्धान्तको सान्दर्भिकता के हुन सक्छ ? यो दर्शनमा सामाजिक रूपान्तरण, समतामूलक समाज निर्माण र श्रमको महत्वलाई कसरी उजागर गरिएको छ ? मानवेत्तर प्राणीप्रतिको पे्रमलाई कसरी उठान गरिएको छ ? लोककल्याणकारी राज्यव्यवस्थाको मर्मलाई कसरी सूक्ष्म तहमै भए पनि हृदयङ्गम गरिएको छ ? समाजले पागलपनको सङ्कथन (Insanity Discourse) निर्माण गरेर कसरी अशक्त, निमुखा र सीमान्त अल्पसङ्ख्यकहरूलाई उपेक्षा र अवहेलनाको दृष्टिले हेरेको छ ? यी प्रश्नहरू ‘पागलबस्ती’ उपन्यासको विश्लेषणको सिलसिलामा निरूपण गर्नुपर्ने विषयहरू हुन् । प्रशान्त विश्वविद्यालय कालमा आफूले भोगेको प्रेम प्रस्तावको अस्वीकृतिलाई इखालु मनले प्रतिशोधको भावनासहित प्रत्यूत्तर दिइरहेको छ । अन्तिम समयसम्म पनि मार्था आशावादी भएर प्रशान्तको हृदयबाट अहम्को समाप्ति भएर प्रेमको पुनः प्रज्ज्वलन हुने मुहुर्त कुरी बस्छिन् । अहम्वादी दर्शनको प्रणेता आदिगुरु प्रशान्त आफ्नो बस्तीभित्र आदिमाता मार्था र आफ्ना पुत्रपुत्रीहरूलाई आदिमन्दिरमा सम्बोधन गर्दै आफ्नो दर्शन यसरी सार्वजनिक गर्दछ– मानवीय अहम्को प्रयोगात्मक विश्लेषण आनुभाविक परीक्षण र अन्नतः बोधिज्ञानात्मक व्यवस्थापनको अहम्जन्य महत्वकांक्षा लिएर यस विशेष भूमिमा भेला भएका हामी विश्व नागरिक हौँ । …प्रत्येक पल प्रतिपल मान्छे जातिले दुःख पाएको छ वा दुःख भोगेको छ । प्रत्येक युगमा मान्छे जातिले हिसा गरेको छ । प्रत्येक युगमा मान्छेले लोभ, मोह र विषय वासनादी कर्मलाई मानवीय अस्तित्व रक्षाका नाममा वरण गरेको छ । तर मानव जाति प्रत्येक युगमा आफ्नो प्राकृतिक वरणप्रति असन्तुष्ट पनि छ । त्यसैले यस मानव विश्वमा गौतम बुद्धहरू जन्मने गर्दछन्–‘प्रेम गर प्रेम नै भगवान् हो’ भन्दै र महावीरहरू जन्मन्छन्–“हिंसा नगर’ भन्दै । हामी मानवीय दुःखबाट छुट्कारा प्राप्त गर्न सकिरहेका छैनौ । त्यसैले गौतम बुद्धको पूजा गर्न हामी विवश छौँ । हामी मानवीय अप्रेमहरूबाट मुक्त हुन सकिरहेका छैनौ । त्यसैले जिसस क्राइष्टको आराधना गर्न हाम िविवश छौँ । …प्रत्येक व्यक्ति बुद्ध हुन सक्दैन, जिसस क्राइष्ट हुन सक्दैन, तर के प्रत्येक व्यक्ति गौतम बुद्ध हुनु आवश्यक छ ? के प्रत्येक व्यक्ति जिसस हुनु आवश्यक छ ? मलाई यो सत्य स्वीकार गर्न मन लाग्छ र म स्वीकारोक्तिको घोषणा गर्छु । मोहम्मद मोहम्मद हुन सक्छ, प्रत्येक मान्छे मोहम्मद हुन सक्दैन, महावीर महावीर हुन सक्छ, प्रत्येक मान्छे महावीर हुन सक्दैन, लाओत्से लाओत्से हुन सक्छ, प्रत्येक व्यक्ति लाओत्से हुन सक्दैन । यो मानवीय इतिहासको एक सामान्य सत्य हो । जसलाई हामी असामान्य सत्य सम्झन थालेका छौँ । यो एक अति सरल सत्य हो, जसलाई हामी असामान्य सत्य सम्झन थालेका छौँ । यो एक अति सरल सत्य हो, जसलाई हामी जटिल सत्य सम्झन थालेका छौ । जसको परिणाम स्वरूप मानवीय अहम्चेतना कुण्ठित भएको छ । यो इतिहासको महान् दुर्भाग्य हो” (५८÷५९) । महापुरुषका विचारलाई सुन्नु र मनन् गर्नु जरुरी भए पनि कसैले आफ्नो अहम् सत्तालाई त्यागेर कुनै महापुरुषको प्रतिकृति बन्नु हुँदैन । आफ्नो सिर्जनाशीलतालाई मार्नु हुँदैन भन्ने आशय राख्ने आदि गुरु प्रशान्त अगाडि भन्दछ– “म अहम्विरोधी सबै धर्म र दर्शनको घोर विरोध गर्छु– कारण जीवन अहम्युक्त हुन्छ, अहम्युक्त हुन सक्दैन । बुद्ध मेरो दृष्टिमा अहम्युक्त पुरुष हो, महावीर र यसु अहम्वादी व्यक्तित्व हुन् । सिजर, अलेकजेण्डर, नेपोलियन र हिटलर अहम्युक्त पुरुष हुन् । सम्पूर्ण मानवीय भावनाहरू र विचारहरू अहम्केन्द्रित हुन्छन् । त्यसैले म अहम्वादी हुने शिक्षा दिन्छु । अहङ्कारी हुने शिक्षा दिन्छु ।” (पुर्ववत्) सम्पूर्ण मुक्ति र निर्माणका सिद्धान्तहरूको विरोध गर्दै अहम्वादी प्रशान्त भन्छ–“…पृथ्वीमा मानवजातिको इतिहास भनेको अहम् सङ्घर्षको इतिहास हो, व्यक्तिगत र समूहगत दुवै स्तरमा अहम् भावनालाई उपेक्षा नगर, स्वीकार गर, घृणा नगर, अध्ययन गर, दमन नगर, निरीक्षण गर, परीक्षण गर ।” (५९÷६०) आदिमाता मार्था प्रेममा विश्वास गर्छिन् भने आदिगुरु प्रशान्त अहम्मा । मार्था प्रशान्तलाई प्रेम गर्छिन् । प्रेम र अहम्बीचको द्वन्द्वलाई उपन्यासमा कौशलतापूर्वक बुनिएको छ । मार्था भनिछन्– “पहिले म सायद अहम्युक्त नारी थिएँ, विस्तारै प्रेमयुक्त हुन पुगेँ, प्रेम गर्न सिकेँ – यो मेरो जीवनको विकासक्रम हो । तिम्रो (प्रशान्तको) जीवनदर्शन मानवीय दृष्टिले ठीक उल्टो छ । तिमीले प्रेमबाट यात्रा थालेका थियौ, कुनै अहङ्कारको दलदलमा यात्रा टुङ्गिन सक्दैन । प्रेमको समाप्ति अहङ्कारमा हुन सक्दैन, तर अहङ्कारको समाप्ति प्रेममा हुन सक्छ । म आफूलाई क्रमशः विकास गर्दैछु – अँध्यारोबाट उज्यालोतिर…अहङ्कार र बृथाभिमानबाट प्रेम–मार्गमा…” (८१) । मार्थाको मन प्रशान्तको प्रेम पाउन व्यग्र छ । पूर्वदार्शनिकहरू अहम्को विसर्जन चाहन्थे भने ऊ इतिहास, ज्ञान, विज्ञान र मानव सभ्यताका पानाहरूबाट दबिएको मानवीय अहङ्कारलाई उत्खनन गर्नुपर्ने तर्क राख्दछ । ऊ अहम्को प्राण प्रतिष्ठा चाहन्छ । मार्था भन्छिन्– “प्रेम भनेको अमृत हो, अहङ्कार भनेको विष हो । प्रेमामृतले मात्र अहङ्कारको विष निवारण हुन सक्छ” (१९५) । प्रशान्त एक प्रसङ्गमा भन्छ– “मेरो दृष्टिमा परमेश्वर कतै भए महाअहङ्कारी हुनपर्छ, तुच्छ अहङ्कारी होइन” (१९४) । प्रशान्त कुकर्नी बिन्दुले नवजात गाईको बाच्छोलाई देखाएको विजातीय मातृप्रेमलाई पनि मातृप्रेम नभनेर ‘मातृअहम्को सिर्जनात्मक महाजागरण’ भन्दछ (२१४) । मार्था प्रतिवाद गर्छिन्– “तिमी मतिभ्रमका शिकार भएका छौ । त्यसैले ममता जस्तो पवित्र कुरामा पनि अहङ्कारको गन्ध भेट्छौ” (२१४) । आदि गुरु प्रशान्त र आदिमाता मार्था दुई परस्पर विरोधी मान्यताका पक्षधर हुन्छन् । प्रशान्त मार्थाको बस्ती प्रवेश भएदेखि नै मार्थालाई प्रेमिकाको रूपमा हेर्दैन । दूरताको सङ्केत गर्ने औपचारिक, आदरार्थी र शीत तार्किकतायुक्त भाषाशैली प्रयोग गर्छ । उसको शब्दचयनमा माया, प्रेमयुक्त संवेदना, अनौपचारिकता, हाँसोठट्टा शून्यप्रायः हुन्छ । उसको वाक्य संरचनामा शास्त्रीय गुरुहरूको जस्तो शब्दजाल र चेतनालाई चक्कर लगाइदिने भद्दा कुटनैतिक छनक फेला पर्दछ । जसबाट मार्था आजित बन्दछिन् । स्वाभाविक तवरले एउटा प्रश्न उब्जिन्छ, के प्रशान्त यौनलिप्साबाट सम्पूर्णतः मुक्त भइसकेको प्राणी हो ? यदि त्यसो हो भने के ऊ मानवताका नैसर्गिक लक्षणहरूसँग सन्निकट छ त ? अहङ्कार आरुढ भएको मनमा प्रेम र यौनका सूक्ष्मतम भावहरू पनि पुरै निमिट्यान्न हुन्छन् ? सरूभक्तले उभ्याएको मुखपात्र प्रशान्तलाई प्रेम र यौन अनुरागप्रति जुन किसिमको वैराग्य उत्पन्न भएको छ, यो वैराग्य मानवीय स्वभाव अनुकूल छ त ? लिविडोको निष्कृयतामा के अहङ्कारको भाव एक्लै सक्रिय बनिरहन सक्छ ? मार्थाको प्रेमलाई स्वीकार गरेरै पनि त प्रशान्तले आफ्नो दर्शन र बस्तीलाई सम्बद्र्धन गर्न सक्थ्यो । अवश्य पनि मार्थाको प्रेमले तगारोको काम गर्दैनथ्यो । आदिमाता र आदिगुरुको पारस्पारिक सम्झौताले बस्तीको भविष्यलाई सुन्दर, सुखद् र व्यवस्थित गराउन सक्थ्यो । सहृदयी मार्थाको पवित्र प्रेमको उपहारलाई स्वीकारेरै पनि प्रशान्त आफ्नो कर्तव्यपथमा अविचलित निष्ठा कायम गर्न सक्थ्यो । यसो गरेको भए बस्तीका पुत्रपुत्रीहरूको पवित्र अभिलाषामा पनि तुसारापात हुने थिएन । हुन त प्रशान्तले यसो नगर्नुमा नै उसको अहम्ले सन्तुष्टि प्राप्त गरेको हुन सक्छ । तर अर्को विचारणीय पक्ष के छ भने आदिगुरुले स्थापना र सञ्चालन गरेको आदिबस्ती किन दीर्घकालसम्म टिक्न सकेन ? समाजबाट तिरस्कृतहरूले शरण पाउने आश्रयस्थलको रूपमा किन यो विकास हुन सकेन ? आदिगुरुद्वारा दीक्षित अहम्वादी महाज्ञानी कपील र प्रेममूर्तिलाई प्रशान्तले बस्ती बाहिर संसारको सेवार्थ भनेर पठाउनुको साटो आफ्ना उत्तराधिकारीको रूपमा बस्तीभित्रै प्रवद्र्धन गरेको भए यो बस्ती अनुकरणीय कोलोनी बन्ने थिएन ? आदिमाता मार्थाको ममतामयी चासोले उनको बस्ती त्याग पूर्व बस्तीमा सुन्दर वातावरण विकास भएको थियो । एकातिर प्रशान्त प्रेमलाई अहङ्कारकै एक स्वरूप ठान्दछ भने अर्कोतिर मार्थाको प्रेमलाई स्वीकार्नै सक्दैन । ऊ नारी पुरुषबीच हुने अन्तरलिङ्गीय प्रेमप्रति पूर्णतः उदासीन छ । ऊ अहङ्कारको जटिल चक्रव्यूहबाट फुत्कनै सक्दैन । उसको मानसपटलमा विकसित भएको अहङ्कारको भाव आत्मप्रतिष्ठाको लागि सृजित एक प्रतिशोधात्मक मनोदशाजस्तो लाग्दछ । ऊ मार्थालाई प्रेमपीडित बनाएर आफ्नो पूर्व प्रेमपीडाको बदला लिन चाहन्छ । विश्वविद्यालयमा मार्थाले उसलाई गरेको अपमान नै उसको सृजनशीलताको मुहान भएको छ तर उसको हकमा अहम् कहिल्यै समर्पण हुन र झुक्न नचाहने मानवीय मनोवृत्ति भएर देखा परेको छ । ‘पागल बस्ती’ उपन्यासमा प्रेम र अहङ्कारको असंवादात्मक द्वन्द्वलाई चित्रण गरिएको छ । यी दुवै मान्यताहरू विपरित र असम्बद्ध धु्रवहरूजस्ता भएर आ–आफ्नै पृथक् मार्गमा अगाडि बढ्दछन् । मार्था सुरुदेखि अन्तसम्मै प्रेमको सर्वकल्याणकारी शक्तिमा विशवास गर्छिन् भने प्रशान्तको अहम् चेतना आफ्नै सैद्धान्तिक दृढताबाट किञ्चित पछाडि हट्दैन । मानसिक अभिघातबाट तरुनी जमुनाको मृत्यु, कुकुर्नी बिन्दुको बीभत्स हत्याजस्ता दुःखद् प्रकरणबाट व्यथित भइरहेकै बेला प्रशान्तको एकोहोरो अहङ्कारवादी शैलीबाट आहत भएर मार्था आफ्नो अमर प्रेमशक्तिलाई आजीवन प्रशान्तमै समर्पण गरिरहने प्रण गर्दै कथित पागल बस्ती छोडेर सहर फर्किन्छिन् । उनी प्राध्यापन र चित्रकारितालाई सँगसँगै अगाडि बढाउँछिन् । कहिल्यै निको नहुने दुःखान्त प्रेमको अभिघातपूर्ण घाउ बोकेर बाँच्नु मार्थाको नियति बनिदिन्छ । प्रशान्त आफ्नो अहम्को तुष्टिका लागि मार्थाको बस्ती त्याग गर्ने निर्णयलाई सजिलै स्वीकृति प्रदान गर्दछ । त्योभन्दा अगाडि ऊ मार्थालाई अरू कुनै योग्य पुरुषसँग विवाह गरेर सुखी र सन्तुष्ट जीवन व्यतित गर्नका लागि सल्लाह दिन्छ, जुन सल्लाह मार्थाको निम्ति अत्यन्तै पीडादायी र अपमानजनक बन्दछ । ऊ भन्छ– “म हजुरको शुभविवाह कुनै सुगोग्य, सुदर्शन, व्यक्तित्वशाली पुरुषसित होस् भन्ने चाहन्छु ता कि जीवन सुखमय होस्, हजुर आदिमाता हुनुहुन्छ, यसका लागि साथै सुन्दर, जवान र अविवाहित युवती पनि हुनुहुन्छ । म हजुरको जीवन बर्बाद भएको देख्न चाहन्न” (२४०) । प्रशान्तले मार्थालाई प्रयोग गर्ने भाषाशैली मायालु र समान तहको नभएर असमान, उच्च आदरार्थी र औपचारिकतापूर्ण छ । मार्था प्रशान्तको लवज र शैलीमा कठोर औपचारिकताको गन्ध भेट्टाउँछिन् । प्रशान्तको शिष्य प्रेममूर्ति पनि तरुनी जमुनाबाट प्रेममा तिरस्कृत भएपछि आफूलाई यसरी विकास गर्छ कि ऊ प्रवृत्तिगत हिसाबले हुबहु प्रशान्तको पदचिन्ह अवलम्वन गर्न खोज्दछ । प्रशान्तले प्रेममूर्तिलाई पनि आफ्नै दार्शनिक साँचोमा रूपान्तरण गर्न चाहन्छ । प्रेममूर्तिको रूपान्तरण धेरै हदसम्म यान्त्रिक प्रतीत हुन्छ, किनकि जमुना मानसिक अभिघातले थला परेर ढलेको बेला आदिमाताले जमुनाका बारेमा कुरा गर्दा उसका नेत्र सजल हुन्छन् । प्रेममूर्तिको जन्मान्तरण समारोहको आयोजना गर्न आदिगुरु प्रशान्त लालयित छ । प्रेम, विवाह र पारिवारिक बन्धनबाट मुक्त प्रशान्त मार्थाले जति नै अनुरोध गरे पनि प्रेममूर्तिको जन्मान्तरण घोषणा फिर्ता लिन चाहँदैन । मार्थाले भने जमुना र प्रेममूर्तिको मिलन गराएर अहङ्कारमाथि प्रेमको विजय स्थापित भएको देखाउन चाहेकी हुन्छिन् । प्रशान्तको निम्ति अहङ्कार सर्वप्रिय छ । विश्वविद्यालयमा पढ्दै गरेका बेला मार्थाबाट आफ्नो प्रेम त्यतिबेला मात्र सफल हुन्छ जतिबेला यो एकोहोरो हुन्छ भन्ने निष्कर्षमा पुग्छ । ऊ भन्छ–“…जहाँसम्म प्रेममा सफलताको कुरा छ, यदि त्यो सत्य हो भने, प्रेमका सफलताका सबै कथा मैथुन कथा हुन्” (१९६) । एउटा प्रश्न उठ्छ कि अहङ्कारको महाज्ञान प्राप्त गर्ने मान्छेहरू सबै नै प्रेम, विवाह र गृहस्थको सनातन परम्पराबाट विमुख हुँदै जाने हो भने सांसारिक सृष्टिले कसरी निरन्तरता पाउला ? आजसम्मको विश्व सभ्यतामा मैथुनकै माध्यमबाट सृष्टिले निरन्तरता पाएको छ । भाषाशैलीमा शास्त्रीयताको निर्वाह भएको उपन्यास ‘पागल बस्ती’ मा आदिगुरु प्रशान्तलाई अहङ्कारको अकाट्य प्रवक्ताको रूपमा विकास गरिएको छ । यो उपन्यास सैद्धान्तिक एवम् दार्शनिक चिन्तनलाई प्रायोगिक तहमा उतार्ने एक विचार प्रधान उपन्यास हो । यसले भौतिकवादी सत्यलाई अवलम्वन गर्ने चिन्तन बोकेको छ । चित्रकारिता कलाको एक महत्वपूर्ण विधागत हिस्सा हो । यस उपन्यासमा महत्वका साथ चित्रकारिताको उजागर भएको छ । उपन्यासकी एक प्रमुख एवम् निर्णयक पात्रा मार्था स्वयम् कुशल चित्रकार हुन् । उनी आफ्नो रुचिमा निरन्तर तल्लीन छिन् । उपन्यासको कथानकमा किशोर नामको पत्रकारले मार्थाको र पागल बस्तीको अनुसन्धान गरेका छन् । नेपाली काव्य इतिहासमा महाकवि देवकोटाले पागल आद्यरूपको प्रयोग गरेर तत्कालीन राजनैतिक, आर्थिक एवम् बौद्धिक सत्तालाई चोटिलो व्यङ्ग्यात्मक प्रहार गरेका थिए । यसैगरी सरूभक्तको ‘पागल बस्ती’ उपन्यासभित्र पनि पागलकै आद्यरूपलाई समातेर समाजको वेवकुफ अनुत्तरदायी शैलीलाई व्यङ्ग्य गरिएको छ । यस उपन्यासले काल्पनिकीभित्र पागल बस्तीको निर्माण र त्यसको उत्खनन्लाई प्रस्तुत गरेको छ । यो उत्खनन् भौतिक किसिमको नभएर प्रशान्तको अहम्युक्त गोप्यताको उत्खनन् हो । ‘पागल बस्ती’ उपन्यासको काल्पनिक निर्र्मिितभित्र तथ्य र परिकल्पनाको जटिल एवम् सृजनशील माखेसाङ्लो भेटिन्छ । पाठक र समालोचकको जिम्मेवारी भनेको त्यस माखेसाङ्लोभित्र ऐतिहासिकता र काल्पनिकतालाई यसरी बिभक्त गरेर देखाउनु हो, जसरी सूर्यबाट प्रदत्त सामान्य प्रकाशलाई प्रीज्मको सहायताले विभिन्न रङ्गहरू छुट्याएर दृष्यात्मक बनाइन्छ । पोखरा र यसका वरिपरिका क्षेत्रहरूको आञ्चलिक झलक पनि पाइने यस उपन्यासमा उल्लेखित पागल बस्तीभित्र मैच्याङ नामकी कुरूप महिला, कुष्टरोगीहरू, पूर्ववेश्याहरू, कथित पागल, कथित बोक्सीलगायतका सीमान्त मान्छेहरू पनि छन् । जो सामाजिक रूपले बहिस्कृत हुन् । ‘पागल बस्ती’ उपन्यासको कथानकभित्र प्रयुक्त पात्र र घटनावलीहरूलाई हेर्दा सरूभक्तको जीवनदृष्टि भौतिकवादी ठहर्छ । उनी समाज विकासको द्वन्द्वात्मक प्रंक्रिया र शासनको प्रजातान्त्रिक विधिमा विश्वास गर्ने स्रष्टाका रूपमा देखा पर्दछन् । बस्तीभित्र पुत्रपुत्री सङ्घको निर्माण भएको छ । यो सङ्घ र यसका सदस्यहरू आदिगुरु र आदिमाताप्रति श्रद्धानत छन् । उनीहरू बस्तीको विकास र प्रगतिका लागि एकमत र एक चित्तले समाहित छन् । सामूहिकताको भावना प्रवल छ । समाजवादी संरचनामा आधारित यो बस्ती एउटा नमुना लघुराज्य हो । अर्थतन्त्रको विकासका लागि विभिन्न व्यवसायको सञ्चालन भएको पाइन्छ । जमीन आवादी गरेर धेरै प्रकारका अन्नबाली, फलफूल र तरकारीहरू उत्पादन गरिएको छ । घरेलुु उद्योगहरूबाट दैनिन्दिन प्रयोग हुने समानहरूको उत्पादन गरी बस्तीको अर्थव्यवस्थालाई मजबुत गराउने प्रयत्न गरिएको छ । बस्तीभित्र बालबालिकालाई मात्र हैन, अशिक्षित प्रौढ र वृद्धवृद्धाहरूलाई पनि शिक्षाको अवसरमा समाहित गरिएको छ । सक्षम डाक्टर तथा नर्सहरू बिरामीको उपचार र सेवासुसारमा चोबीसै घण्टा तल्लीन छन् । समाजबाट वेश्या, कोढी, बोक्सी, बहुलाहा भनेर बहिस्करणमा परेका निमुखा (Subaltern) मानिसहरूलाई ममतामय आश्रयस्थल दिइएको छ । आदिशिक्षणशाला अन्तर्गत विज्ञान शिक्षणतर्फको प्राचार्य प्रशान्तका सम्बन्धमा भन्छ– “आदिगुरुलाई प्राप्त समाज अशिक्षित थियो, शोषित थियो, रोगी थियो, भोको थियो, दुःखी थियो । अशिक्षितहरूलाई सामान्य शिक्षाको टुकी बालेर बाटो नदेखाएसम्म, शोषितहरू र दुःखीहरूलाई सामाजिक, पारिवारिक शोषण र दुःखको भुमरीबाट निकालेर प्रकृतिको सुन्दर काखमा नखेलाएसम्म, शारीरिक रोगीहरूलाई औषधोपचारको व्यवस्था नगरेसम्म र भोकाहरूलाई बाँच्नका लागि खानेकुरा नजुटाएसम्म ‘परमसत्य’ को कुरा भन्नु निरर्थक हुन्थ्यो” (१०४) । बस्तीमा लागू गरिएको वैज्ञानिक किसिमको शिक्षा पद्दतिले मानिसलाई परलोकवादी बनाउनुको सट्टा इहलोकवादी बनाएर आफ्नो भौतिक दुनियाँलाई समृद्धशाली बनाउँदै मानसिक शान्ति खोज्न प्रेरित गरेको छ । ध्यानलाई भौतिक र सत्य मान्ने प्रशान्त भन्छ– “अहम्को शून्य अवस्थालाई म ठीक प्रकारले शब्दहरूमा व्यक्त गर्न सक्दिनँ । अव्याख्येय र शब्दातीत जस्तो प्रतीत हुन्छ । तर यो ऐतिहासिक सत्य हो, पारिमार्थिक सत्य होइन, भौतिक सत्य नै हो, आध्यात्मिक सत्य होइन, प्रायोगिक सत्य नै हो, आनुभाविक सत्य होइन ।” (११३) आदिगुरु प्रशान्त आफैँ श्रममा समर्पित हुने श्रमप्रेमी अगुवा हो । उसले मार्थाको चोखो प्रेमलाई अस्वीकार गर्नु पाठकका निम्ति एउटा खट्किने पक्ष होला तर मानवताका निम्ति उसले आफ्नो हृदय घोप्ट्याएर गरेको प्रेम सर्वदा बन्दनीय छ । डाक्टर, नर्स मार्था, बस्तीका बासिन्दाहरू लगायत स्वयम् कोढीहरूको चेतावनी र अनुरोधका बाबजुद प्रशान्त आफैँ कोढीहरूसँग गएर हेलमेल गर्छ । उनीहरूसँगको भौतिक तथा दैनिक सन्निकटताले आफैँलाई ज्यानमारा रोग लाग्न सक्ने बलिष्ठ सम्भावनाप्रति ऊ असचेत र बेमतलवी बनिदिन्छ । उसको यो सीमान्त मानवता (Marginal Humanity) प्रतिको अगाध प्रेम बिर्सिनसक्नुको छ, चाहे ऊ जति नै अहङ्कारको कुरा किन नगरोस् । प्रशान्त गुरुवत् अधिनायकत्वको विपक्षीमा रहेको छ । पुत्र–पुत्री संघको स्थापनाका बारेमा विज्ञानशिक्षणतर्फको प्राचार्य भन्छ– “यसको (पुत्रपुत्रीसंघको) स्थापना स्वयम् आदिगुरुद्वारा भएको हो । तर उहाँ यसको कुनै पनि क्रियाकलापलाई नियन्त्रण गर्नुहुन्न । उहाँ भन्नुहुन्छ– “यो संघ पुत्रपुत्रीहरूको हितरक्षार्थ स्थापना गरिएको हो, त्यसैले आदिगुरु प्रत्येक शिक्षालाई आज्ञापालनको दृष्टिले होइन सन्देशको दृष्टिले हेर, आँखा चिम्लेर आदिगुरुको अधिनायकत्व स्वीकार नगर” (११५) । आदि गुरु पर्व मनाउन लालयित पुत्रपुत्रीहरूप्रति लक्षित प्रशान्तको अभिमत यस्तो छ– “कोही पनि मेरो मूर्ति स्थापना गर्न प्रेरित नहोऊन् भन्ने म चाहन्छु । यस पर्वले एक गलत परम्पराको शिलान्यास गर्न सक्छ” (११६) । यसै प्रसङ्गमा ऊ अगाडि भन्छ, “गुरूपुजा आवश्यक छैन, गुरु केही कदमअघि हिँड्ने पृथक् मात्र हो…ऊ अवलोकनीय, अनुकरणीय, दर्शनीय हुन सक्छ, पुजनीय हुन सक्दैन” (११७) । शिष्यहरूले गुरुलाई प्रजातान्त्रिक मर्म अनुसार अनुशरण गर्नुपर्दछ तर दासोचित अन्धअनुशरण होइन भन्ने आदिगुरु प्रशान्तको मान्यता रहेको पाइन्छ । जुन मान्यताले अधिनायकत्व र तानाशाहीलाई आत्मसात गरेको छैन । आदि शिक्षणशाला अन्तर्गत विज्ञानशिक्षणको प्राचार्य आदिमाता मार्थालाई प्रशान्तको भौतिकवादी जीवनदर्शनका बारेमा यसरी बताउँछ– “आदिगुरु विश्वब्राम्हाण्डलाई भौतिक, विज्ञानमय नै देख्नु हुन्छ । उहाँ जगत्लाई मिथ्या मान्नुहुन्न, पूर्ण सत्य मान्नुहुन्छ । धेरैजसो धर्मपुरुषहरू, दर्शनपुरुषहरू धर्म र दर्शनका हवाई किल्लाहरू निर्माण गर्दछन् र विज्ञानलाई असत्य, अनावश्यक र तुच्छ सम्झेर किल्लाबाट निकालिदिन्छन् । आदिगुरु यसको विरोध गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “विज्ञान प्रकृतिको आधारभूत सत्य हो, त्यसैले जबसम्म आधारभूत ज्ञान प्राप्त हुँदैन तबसम्म विज्ञानको गुरुत्वाकर्षणबाट कोही पनि बाहिर जान सक्दैन ।” (१०५) सङ्क्षेपमा भन्नुपर्दा अहम्केन्द्रित मानवतावाद (Egocentric Humanism) को दर्शनलाई प्रमाणित गर्न लेखिएको उपन्यास ‘पागल बस्ती’मा उपन्यासकार सरूभक्तले मानवीय संवेदनाहरूमध्ये अहम् सर्वाधिक महत्वपूर्ण हुने देखाउन खोेजेका छन् । आदिगुरु प्रशान्त प्रेम प्रकरणमा बिच्किएको आफ्नो अहङ्कारलाई आजीवन कायम राख्दछ । उसको प्रेमको प्रस्ताव अस्वीकार गरिदिने युवतीले पश्चातापपूर्ण तरिकाले गरेको क्षमायाचनाले प्रशान्तको अहम्पूर्ण हृदयलाई स्पर्श गर्न सक्दैन । ऊ अपहेलित र निमुखा पात्रहरूको सेवामा हरतरहले निरन्तर प्रेंमपूर्वक लागिरहन्छ । तर मार्थाको प्रेमलाई स्वीकार्दैन । ऊ आफ्नो अहङ्कारलाई समर्पण गर्ने पक्षमा छैन । यति हुँदाहुँदै पनि ऊ आफ्नो अहङ्कारको सृजनशील प्रयोग गरिरहेको छ । यस उपन्यासमा प्रयोग भए अनुसार अहम्केन्द्रित मानवतावादले वैज्ञानिक एवम् भौतिकवादी जीवनदर्शन र वैचारिक बहुलतामा आधारित प्रजातान्त्रिक विधिमाथि आस्था राखेको पाइन्छ । परमेश्वरलाई समेत उच्च किसिमको अहङ्कारी देख्ने आदिगुरु प्रशान्त अहङ्कारको भाव नकारात्मक पनि हुने तर त्यसलाई सिर्जनाशीलतामा रूपान्तरण गर्नुपर्ने मान्यता राख्दछ । प्रशान्तको अहङ्कारवादी दर्शन र मार्थाको प्रेमवादी दर्शन एकापसमा पृथक् देखिए पनि तिनीहरूबीचमा के समानता देखिन्छ भने यी दुवैले मानवीय प्रेम र सर्वकल्याणको चाहनालाई गुरुमन्त्र बनाएका छन् । उपन्यासको टुङ्ग्याउनीतिर प्रशान्त र मार्था दुवैजना आ–आफ्नै जीवनदर्शनप्रति अडिग रहन्छन् । प्रशान्तको निम्ति अहम् अस्तित्वको सर्वस्व हो भने मार्थाको निम्ति प्रेम । तर पाठक महोदय ! यी उपन्यासकारले प्रशान्तलाई अति धेरै अहम्वादी बनाएर ऊ भित्रको मानवजन्य यौनाभिलाषा र प्रेम भावलाई शून्यावस्थामा ल्याइदिएका छन् । जे होस्, ‘पागल बस्ती’ केही उत्कृष्ट नेपाली उपन्यासभित्र पर्दछ । यसले निर्माण गरेको काल्पनिकी र त्यसभित्रका घटनावलीहरू दुवैले दार्शनिक तथा बहुआयामिक पाठकीय सञ्चेतनाको माग गर्दछन् । हामीले यो लेखमा सरूभक्त आफैँले प्रस्तावित गरेको अहम्केन्द्रित मानवतावादको नजरबाट यो उपन्यासलाई हेर्ने प्रयत्न ग¥यौँ । अरू विविध समालोचकीय एकाईहरू प्रयोग गरेर पनि यो उपन्यासमाथि पठन गर्न सकिन्छ । समालोचनाको रोमान्चकारी खेलमा अर्थहरूको उलटपुलट एवम् ती अर्थहरूको केन्द्रदेखि सीमान्तसम्म र सीमान्तदेखि केन्द्रसम्म ‘स्ट्याटस’ परिवर्तन चक्रव्यहू सञ्चेतनाको दृष्टिमा स्वभाविक र सदावहार प्रंक्रिया हो । पाठक महोदय ! हामी पनि अर्थ उत्सवको झाँकीमा सहभागी बनौँ र रक्तबीजजस्ता अदम्य अर्थहरूको उदयलाई स्वीकार गरौँ । अर्थ अन्वेषण विश्वविद्यालयका चौघेराभित्र अभ्यास गरिने सूत्रपरक कर्मकाण्ड (Formulaic Ritual) होइन यो असीमित सिर्जनात्मक कर्म हो । समालोचना आफैँमा सिर्जनशील पठन हो । यो शुष्क र बेरसिलो पाण्डित्य प्रदर्शन होइन । अर्थमहोत्सव–जिन्दावाद !! #सरूभक्त #सुरेश हाचिकाले |
गजल: डा. वीरेन्द्र केसी दुश्मन आए सिमानातिर बन्दुक बोकेर अगाडि बढ्छौ नेपाली वीर बन्दुक बोकेर यो मेरो देश प्रहार गर्न अनेकौँ कालमा जो आए भागे झुकाई शिर बन्दुक बोकेर देशले मागे म पनि जान तैयार सिमामा डटेर लड्न नमानी पिर बन्दुक बोकेर बैरीले सीमा मिच्दैछ भन्ने खबर के सुनेँ म छोडी हिँडे पस्केको खिर बन्दुक बोकेर रुँदै छ यहाँ पुर्खाको नासो आउन युवा हो हिसाब लिन लिपुलेक भिर बन्दुक बोकेर #डा. वीरेन्द्र केसी #दाङ #न्युजिल्यान्ड |
नेपाली कसरी शुद्ध लेख्न सकिएला ?: शुद्ध लेख्न नसकिने मानसिकता सबैभन्दा पहिला हामीलाई वर्णमाला सिक्न गाह्रो भयो । दुःखसाथ नेपाली वर्णमाला सिकिसकेपछि शब्द बनाउन, तिनलाई वाक्यमा प्रयोग गर्न, प्रयुक्त वाक्यलाई प्रयोग गर्न र त्यसपछि स्वतन्त्र रूपमा अनुच्छेद लेख्न पनि हामीलाई अप्ठ्यारो भयो । जब हामीले साधारण रूपमा पढ्न र लेख्न पनि जान्यौँ तब हामीलाई नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भन्ने चिन्ता थपियो । पहिला पहिला पढेलेखेका धेरै मान्छे थिएनन् । त्यतिबेला नेपाली भाषालाई शुद्धसँग लेख्न मार्गनिर्देशन गर्ने गुरुहरू पनि अत्यन्त थोरै थिए र उनीहरूको निर्देशन प्रायः सबैका लागि स्वीकार्य पनि हुन्थ्यो । जब पढेलेखेका व्यक्तिहरू बढ्दै गए तब नेपाली भाषालाई ‘यसरी लेख्नुपर्छ, उसरी लेख्नुपर्छ’ भन्ने गुरुहरू पनि बढ्दै जान थाले, जसका कारण प्रयोक्ताहरू कुन गुरुको निर्देशन मान्ने ? भन्ने विषयमा द्विविधामा पर्दै गए । त्यति मात्र होइन आपूmहरूलाई मार्गनिर्देशन गर्ने गुरुहरूले आफ्नै लेखरचनाहरूमा पनि भाषिक शुद्धता र एकरूपता कायम गर्न सकेनन् । फलस्वरूप नेपाली भाषाका विद्यार्थी र सर्वसाधारण प्रयोक्ताहरूसमेत नेपाली लेखनमा दिग्भ्रान्त हुन पुगे । जसका कारण नेपाली शुद्ध लेख्नै सकिँदैन भन्ने मानसिकता प्रायः सबैजसो नेपालीमा मौलाउँदै गएको हो । सचेत प्रयोक्ताहरूमा शुद्धीकरणको चिन्ता नेपाली भाषा जसरी लेखे पनि हुन्छ भन्ने दुष्प्रवृत्ति बढ्दै जानु भनेको आफ्ना खुट्टामा जानाजान आपैmले बन्चरो प्रहार गर्नुजस्तै हो । आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नेहरू दिनानुदिन सलबलाइरहे तापनि अशुद्ध लेखनका माध्यमबाट नेपाली भाषालाई जोगाउनुपर्छ भन्ने सचेतता केही प्रयोक्ताहरूमा अद्यावधि कायमै छ र यस्तै सचेत प्रयोक्ताहरू नै नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भन्ने चिन्ताले पिरोलिएका छन् । नेपाली भाषा कसरी लेख्ने ? भनेर चिन्तित भएकाहरूको चिन्ता निराकरण गर्दै नेपाली भाषा जसरी लेखे पनि हुन्छ भन्ने हचुवा प्रवृत्तिको क्रमशः निराकरण गर्दै जानु आवश्यक छ । शिक्षकमा विद्यमान लेखन–द्विविधाको निराकरण विद्यार्थीलाई शुद्धसँग नेपाली लेख्न सिकाउने हो भने सबैभन्दा पहिला शिक्षकहरूले नै आपूmमा विद्यमान कमजोरीहरू के के छन् ? भनेर पत्ता लगाई क्रमशः तिनको निराकरण गर्नुपर्छ । शिक्षक नै द्विविधामा रहेका खण्डमा विद्यार्थीको कलिलो मस्तिष्कमा द्विविधाकै बीजारोपण हुन जान्छ र विद्यार्थीले कहिल्यै शुद्धसँग नेपाली लेख्न सक्तैनन् । तसर्थ शिक्षकले आपूmलाई शुद्धसँग नेपाली लेख्ने शिक्षकका रूपमा प्रमाणित गर्नका लागि वरिष्ठ लेखकका स्तरीय कृतिहरूको निरन्तर अध्ययन गर्नाका साथै यथासम्भव मानक मानिएको नेपाली शब्दकोश साथमा राख्नुपर्छ र आपूmलाई द्विविधा लागेका अवस्थामा शब्दकोशको प्रयोग गर्नुपर्छ । टीकादत्त बरालद्वारा सम्पादित तथा विद्यार्थी पुस्तक भण्डार काठमाडौंद्वारा प्रकाशित ‘तत्सम नेपाली व्युत्पत्ति शब्दकोश’, ‘तद्भव नेपाली व्युत्पत्ति शब्दकोश’, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित र यथासम्भव निर्विवादित २०४० देखि २०५८ सम्मको ‘नेपाली बृहत् शब्दकोश’को कुनै एउटा संस्करण, वामन शिवराम आप्टेको ‘संस्कृत हिन्दी शब्दकोश’, नागरी प्रचारिणी सभा काशीद्वारा प्रकाशित ‘संक्षिप्त हिन्दी शब्दसागर’जस्ता आधारभूत शब्दकोशहरू आफ्नो वैयक्तिक पुस्तकालयमा भित्र्याउनु आवश्यक छ । यदि यस्ता शब्दकोशहरूको प्रयोग गर्दा समेत कुनै शब्द भेटिएन वा भेटिएका शब्दको पनि व्युत्पत्ति पत्ता लागेन भने संस्कृत व्याकरण वा नेपाली व्याकरणका सम्बद्ध विशेषज्ञसँग सम्पर्क गरेर आफ्नो द्विविधालाई निराकरण गर्न लजाउनु हुँदैन । विद्यार्थीलाई नेपाली शब्दकोश प्रयोग गर्न प्रोत्साहन डा.मतिप्रसाद ढकाल शुद्धसँग नेपाली लेख्न सिक्ने र सिकाउने हो भने सर्वप्रथम वर्णमाला सिक्ने बेलामा नै द्व, द्य जस्ता सबै संयुक्त वर्णहरू कुन कुन वर्ण मिलेर बनेका हुन् भन्ने कुराको यथार्थ जानकारी विद्यार्थीलाई गराउनुपर्छ । त्यसो हुन सक्यो भने द्वारा, द्वितीय, विद्वान् आदि लेख्नुपर्दा द्धारा, द्धितीय, विद्धान् आदि अशुद्ध लेखिने छैन । त्यसैगरी विद्या, विद्यालय आदि लेख्नुपर्दा विध्या, विध्यालय लेखिएको देख्नुपर्ने छैन । त्यसका साथै जसरी हाम्रा विद्यार्थीले तल्लो कक्षादेखि नै अङ्ग्रेजी शब्दकोश अनिवार्य रूपमा साथमा राख्छन् र त्यसको नियमित प्रयोग गर्छन्, त्यसैगरी तल्लो कक्षादेखि नै कुनै एउटा नेपाली शब्दकोश साथमा राख्न र त्यसको नियमित प्रयोग गर्न विद्यार्थीलाई प्रोत्साहन गर्नुपर्छ । यसका लागि साझा प्रकाशनबाट प्रकाशित रामचन्द्र ढुङ्गानाद्वारा सम्पादित ‘संक्षिप्त नेपाली कोश’ तथा नरेन्द्रमणि आचार्य दीक्षितद्वारा सम्पादित ‘अङ्ग्रेजी नेपाली साझा संक्षिप्त शब्दकोश’ उपयोगी मानिन्छन् । सूचना र प्रविधिको वर्तमान समयमा डाउनलोड गरेर राख्न मिल्ने नेपाल प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’को पिडिएफ र त्यसको मोबाइल एप्स पनि आवश्यकतानुसार उपयोग गर्न सकिन्छ । शब्दकोशको प्रयोग कसरी गर्ने ? नेपाली शुद्ध लेख्नका लागि नेपाली शिक्षक र विद्यार्थीले मात्र होइन नेपाली लेखक, पत्रकार, टाइपिस्ट आदिले समेत कुनै एउटा शब्दकोश अनिवार्य रूपमा साथमा राख्न र त्यसको निरन्तर प्रयोग गर्नु आवश्यक छ । नेपाली शब्दकोश साथमा राख्नमात्र होइन त्यसलाई कसरी प्रयोग गर्ने ? भन्ने बारेमा समेत जानकारी लिनु र दिनु पनि आवश्यक छ । अर्थको विविधता पत्ता लगाउनमात्र होइन नाम, सर्वनाम आदि पदवर्ग पत्ता लगाउन, तत्सम, तद्भव र आगन्तुक शब्दको स्रोत पहिल्याउन एवं शब्दको निर्माणप्रक्रिया बुझ्न पनि शब्दकोशको प्रयोग गरिन्छ । नेपाली शब्दकोशमा स्वरवर्ण आदिमा हुने शब्द पहिल्याउन सर्वप्रथम चन्द्रविन्दु (अँध्यारो आदि), त्यसपछि शिरविन्दु (अंश आदि) र त्यसपछि क्रमशः अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ र औ लागेका शब्दहरूको खोजी गरिन्छ । त्यसैगरी व्यञ्जनवर्ण सुरुमा हुने शब्दको खोजी गर्दा क्रमशः ‘क’देखि ‘ह’सम्मका वर्णहरूको खोजी गरिन्छ । नेपाली शब्दकोशहरूमा ‘ह’वर्णभन्दा पछाडि कुनै पनिवर्णको प्रयोग गरिएको पाइँदैन तर नेपाली वर्णमालामा ‘ह’भन्दा पछाडि प्रयोग गरिएका क्ष, त्र र ज्ञ वर्ण नेपाली शब्दकोशमा नदेख्ता शब्दकोश नै त्रुटिपूर्ण रहेछ कि भन्ने आभास पनि शब्दकोशका प्रारम्भिक प्रयोगकर्तामा हुनु अस्वाभाविक होइन । तसर्थ क् अनि ष मिलेर क्ष, त् अनि र मिलेर त्र तथा ज् अनि ञ मिलेर ज्ञ संयुक्त वर्ण बनेका हुन् र यिनको खोजी क्रमशः क, ज र त वर्णभन्दा पछाडि गर्नुपर्छ भन्ने जानकारी प्रदान गर्नुपर्छ । त्यति मात्र होइन ब र व वर्णमध्ये कुनै एउटा वर्णमा नभेटिएमा अर्को वर्णमा शब्द खोज्नुपर्छ भने श, ष र स वर्णमध्ये एउटामा नभेटिए क्रमशः अर्को वर्णमा शब्द खोज्दै जानुपर्छ । अङ्ग्रेजी शब्दमा प्रत्येक वर्ण अलग अलग देखिने हुँदा शब्दकोशमा शब्द खोज्न गाह्रो हुँदैन तर नेपाली शब्दमा वर्णहरूको संरचना थाहा पाउन अधिकांश विद्यार्थीहरूलाई गाह्रो हुने भएकाले नेपाली शब्दकोशबाट विद्यार्र्थीले सजिलै शब्द खोज्न सक्तैनन् । त्यसका लागि शिक्षकले नेपाली शब्दकोश नै कक्षामा लगी एकदुई शब्दको वर्ण संरचना छुट्ट्याउन लगाएर शब्द खोज्न प्रेरित गर्नुपर्छ । उदाहरणका लागि ‘प्रेम’ र ‘पाठ’ दुई शब्द शब्दकोशमा खोज्नु छ भने यिनलाई प्, र्, ए, म् अनि अ पाँच वर्ण मिलेर ‘प्रेम’ शब्द र प्, आ, ठ् अनि अ चार वर्ण मिलेर ‘पाठ’ शब्दको संरचना बनेको छ भनेर शब्दको वर्णसंरचना बुझाएपछि यीमध्ये शब्दकोशमा कुन शब्द पहिला र कुन शब्द पछि खोज्नुपर्दो रहेछ ? भन्ने कुरा विद्यार्थीहरूले जानकारी प्राप्त गर्दछन् । स्तरीय लेखनको निरन्तर अध्ययन नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भनेर चिन्ता, चासो र जिज्ञासा राख्ने प्रत्येक विद्यार्थी र प्रयोक्ताहरूले स्तरीय लेखनको अध्ययनमा आपूmलाई निरन्तर अग्रसर गराइरहनुपर्छ । त्यसरी अध्ययन गर्दा कुन शब्द कसरी लेखिएको छ ? भनेर पनि विशेष ख्याल गर्नुपर्छ । स्तरीय लेखनको निरन्तर अध्ययनले ज्ञानको क्षेत्र त फराकिलो हुन्छ नै, त्यसका साथसाथै पाठकले आफ्नो लेखनशैलीलाई पनि स्तरीय बनाउन सक्छ । स्तरीय लेखन भएका कृतिको अध्ययनका माध्यमले शब्दको शुद्ध प्रयोग गर्न मात्र मद्दत पु¥याउँदैन वाक्यगठन पनि कसरी स्तरीय बनाउन सकिन्छ भन्ने जिज्ञासा शान्त गराउनसमेत मद्दत गर्दछ । यसका लागि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल आदि स्थापित लेखकका स्तरीय साहित्यिक कृतिहरूको अध्ययन गर्न सकिन्छ भने गोरखापत्र, कान्तिपुर, नागरिक जस्ता स्तरीय लेखनको नमुना मानिने पत्रिकाहरूको पनि निरन्तर अध्ययन गरिरहनु आवश्यक छ तर यी पत्रिकाहरूमा छापिने विज्ञापनहरूको भाषामा भने अहिलेसम्म अशुद्ध नै कायम हुने गरेको पाइएकाले विज्ञापनको भाषाबाहेक विशेषतः लेख र समाचारको भाषालाई शुद्ध ठानेर अध्ययन गर्न सकिन्छ । निरन्तर अतिरिक्त लेखनको अभ्यास सूचना र प्रविधिको बढ्दो प्रयोगले वर्तमान पुस्तालाई चलाख र सचेत त बनाएको छ तर निरन्तर अध्ययन गर्न र संवेदनशील बनाउन भने सकेको छैन । फलस्वरूप आजकल अधिकांश शिक्षकहरू अध्ययनशील बन्न सकेका छैनन् भने अधिकांश विद्यार्थीहरू पनि पाठ्यपुस्तकभित्रका विषयवस्तुको सरसर्ती अध्ययनमा समेत रुचि राख्न छाड्दै गएको परिस्थिति छ । मासिक, त्रैमासिक र वार्षिक रूपमा विद्यालयहरूमा लिइने परीक्षा पनि दिन नपरे हुन्थ्यो भन्ने विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएका कारण लेखनप्रति अधिकांश विद्याथीहरूको वितृष्णाभाव बढ्दै गएको छ भन्ने कुराको पुष्टि हुन्छ । पाठ्यपुस्तक र पाठ्यक्रमलाई प्रवद्र्धन गर्ने अतिरिक्त सन्दर्भ सामग्रीहरूको पनि अध्ययन गर्न तथा कविता, गीत, गजल आदि लेख्न र कक्षामै सुनाउन लगाउँदै जाने हो भने यसका माध्यमले विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त प्रतिभाको प्रस्फुटन हुने अवसर प्राप्त हुन्छ । त्यसबाट पढाइमा उनीहरूको भोकसमेत जाग्दछ । यसरी पढाइमा भोक जगाउँदै जान सकेमा उनीहरूले अतिरिक्त सन्दर्भ सामग्रीहरू पनि आपैmले खोजेर पढ्न थाल्छन् र पढिसकेका सामग्रीको सारांश वा मन परेका बुँदाहरू टिपोट गर्न लगाउँदै जान सकेका खण्डमा त्यसले उनीहरूलाई निबन्धलेखन, बुँदा टिपोट, संक्षेपीकरण आदि अभिव्यक्ति खण्डका पाठ्यांशहरूको उत्तर लेखनमा पनि सहयोग पु¥याउँछ । तसर्थ निरन्तर अतिरिक्त अध्ययन र निरन्तर न्यूनतम एक पृष्ठ अतिरिक्त लेखनमा विद्यार्थी वा नेपाली भाषाका प्रयोक्ताहरूको अभिरुचि जाग्न सक्यो भने नेपाली शुद्ध लेखनमा त्यसले विशेष सहयोग पु¥याउनेछ । शुद्ध लेख्न सक्छु भन्ने आत्मविश्वास आत्मबल वा आत्मविश्वासले जुनसुकै सफलता प्राप्त गर्न असम्भव हुँदैन । तसर्थ प्रत्येक शिक्षक, विद्यार्थी वा प्रयोक्ताले आपूmमा ‘शुद्ध लेख्न सक्छु’ भन्ने आत्मविश्वास जगाउनु जरुरी छ र तदनुसार शुद्ध नेपाली लेखनमा आपूmलाई सचेततापूर्वक अग्रसर गराउनुपर्छ । प्रत्येक नेपालीले आपूmमा यस किसिमको आत्मविश्वास जगाउने हो भने ‘नेपाली लेख्न त हुन्थ्यो तर शुद्ध लेख्नै सकिँदैन’ भन्नुपर्ने अवस्था नै आउँदैन । त्यति मात्र होइन हरेक प्रमाणपत्र वा साधारण लिखत तयार गर्दा अशुद्ध हुन्छ भनेर नेपाली पढाउने गुरुहरूलाई गुहार्नु नै पर्दैन । आपूmमा आत्मविश्वास जगाउन सकेका खण्डमा आजका कुनै पनि विद्यार्थीहरूले भोलि गएर कुनै निवेदन लेख्नुपर्दा आपैmमाथि अविश्वास प्रकट गर्नुपर्ने परिस्थितिसमेत आउने छैन । शुद्ध लेखनको व्यावहारिक अभ्यास नेपाली शुद्ध लेख्नका लागि विगतमा धेरै नियमहरू बने र तिनलाई भत्काउने चलखेलहरू पनि धेरै भए, जसका कारण शिक्षक, विद्यार्थी र आम प्रयोक्ताहरूमा अद्यावधि अन्योल कायम रहँदै आएको छ । तसर्थ वर्तमानमा हामीले शुद्ध लेखनको व्यावहारिक अभ्यासमा जोड दिनु आवश्यक छ । लेख्य नेपाली वर्णमालामा रहेका सातवटा स्वरवर्ण र सातवटै व्यञ्जनवर्णको प्रयोग कथ्य नेपाली भाषामा हुँदैन । कथ्य नेपालीमा प्रयोग नहुने ऋ, ञ, ण, श, ष, क्ष, त्र र ज्ञ वर्णको संस्कृत भाषाबाट जस्ताको तस्तै नेपालीमा आएका तत्सम शब्दमा मात्र प्रयोग हुन्छ तर तद्भव र आगन्तुक शब्दमा हुँदैन भन्ने कुरा हामीले व्यावहारिक अभ्यासबाटै पत्ता लगाउनुपर्छ । त्यसैगरी पूmल, तीन आदि क्षतिपूर्तिदीर्घीभवनको मान्यताबाट दीर्घ भएका तद्भव शब्दमा बाहेक अन्य तद्भव र आगन्तुक शब्दको सुरु र बीचमा दीर्घ हुँदैन तर तत्सम शब्दमा सुरु र बीचमा समेत दीर्घ हुनसक्छ भन्ने कुराको ज्ञान पनि हामीले प्रयोग गरिरहेका शब्दको अध्ययनबाट जानकारी लिनुपर्छ । त्यस्तै हामीलाई शुद्ध लेख्ने बेलामा कुनै शब्द यो शुद्ध हो कि त्यो शुद्ध हो भन्ने शङ्का लाग्यो भने अलगै कागजमा दुवै किसिमका शब्द लेख्ने र तीमध्ये हाम्रा आँखालाई जुन शब्द बिझाउँदैन त्यही शब्द शुद्ध हो र अर्को शब्द अशुद्ध हो भनेर व्यावहारिक निर्णय गर्न सक्छौँ । यसका लागि आपूmले यसअघि पढेको वा लेखेको शुद्ध शब्द यस्तो थियो भनेर विचार गर्नु अत्यन्त आवश्यक छ । विद्यार्थीले शुद्ध लेख्न सकून् भन्ने उद्देश्य राख्ने हो भने हाम्रा पाठ्यपुस्तकमा रहेका अनेकौं त्रुटिहरू प्रथमतः निराकरण गरिनुपर्छ । पाठ्यपुस्तकमा शुद्धीकरण हुन सकेका खण्डमा विद्यार्थी स्वयंले पाठ्यपुस्तकलाई आधार बनाएर अनि स्तरीय लेखनको निरन्तर अध्ययन गरेर यसरी शुद्ध लेख्न सकिँदो रहेछ भन्ने आफ्नै धारणा बनाउन सक्छ । त्यसका लागि विद्यार्थीलाई नेपाली विषयका शिक्षकले दिशानिर्देश गर्न सक्छन् तर ‘यसो गर उसो गर’ भनेर आदेश दिँदा विद्यार्थीमा भय वा त्रास उत्पन्न हुने भएकाले उसले आफ्नो लेखनमा शुद्धता ल्याउन सक्तैन । तसर्थ शिक्षकले आपूmलाई सहजकर्ताका रूपमा उभ्याएर विद्यार्थीलाई स्तरीय कृतिहरूको अध्ययन, नेपाली शब्दकोशको नियमित प्रयोग र निरन्तर लेखनमा अभ्यास गराउँदै जान सकेमा निश्चय नै विद्यार्थीहरू नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भन्ने त्रासबाट क्रमशः मुक्त हुन सक्नेछन् । भाषासम्पादनमा लगानीको आवश्यकता विद्यार्थीलाई त कक्षागत तह उत्तीर्ण गर्नका लागि मात्र परीक्षामा कसरी शुद्ध लेख्न सकिएला ? भन्ने चिन्ताले सताएको हुन्छ तर आम लेखक, पत्रकार, टाइपिस्ट आदिलाई कसरी शुद्ध लेख्न सकिएला ? भनेर जसरी सधैँ जिज्ञासा र सचेतता जागिरहनुपर्ने हो त्यसरी जागिरहेको देखिँदैन । जसका कारण वैयक्तिक रूपमा पुस्तक प्रकाशन गर्ने अधिकांश लेखकहरूले आफ्नो कृतिमा भाषिक शुद्धता कायम हुन सकोस् भनेर आर्थिक लगानी गर्न कन्जुस्याइँ गरिरहेका छन् । पत्रकारहरूले पनि ‘मेरो काम त रिपोर्टिङ गर्ने मात्र हो’ भनेर आपूmले सधैँ प्रयोग गरिरहने भाषामा शुद्धता कायम गर्न मैले केही न केही अध्ययन र सचेतता अपनाउनुपर्छ भन्ने कुरामा विशेष ध्यान दिन सकेका छैनन् । हरेक सरकारी र गैरसरकारी कार्यालयमा रहेका टाइपिस्टलाई भाषिक शुद्धताका लागि अल्पावधिक तालिम दिएर आफ्नो कार्यालयमा गरिने विभिन्न लिखित सामग्रीहरूमा भाषिक शुद्धता कायम गर्नुपर्छ भन्ने चिन्ता पनि नदेखिँदा हाम्रा सबैजसो कार्यालयहरूले भाषासम्पादनका लागि थोरै पनि आर्थिक लगानी गर्न चाहेको देखिँदैन । जबसम्म हरेक सरकारी तथा गैरसरकारी कार्यालयहरू, प्रकाशनगृहहरू र स्वतन्त्र लेखकले भाषिक शुद्धताका लागि सचेत भएर भाषासम्पादनका लागि आर्थिक लगानी गर्न कन्जुस्याइँ गरिरहन्छन् तबसम्म विद्यालय र महाविद्यालयका कक्षामा दुईचार पिरियड भाषिक शुद्धताका नियमहरू पढाएका र पढेका भरमा अनि नेपाली भाषाको शुद्धीकरणका लागि विभिन्न समयमा संस्थागत र वैयक्तिक रूपमा चालिएका आन्दोलनहरूको समर्थनले मात्र नेपाली भाषा शुद्धसँग लेख्न नसकिने कुरा सुनिश्चित छ । भाषासम्पादन गरेर मात्र प्रकाशनको व्यवस्था कतिपय कुराहरू पुराना पनि अनुकरणीय हुन्छन् र तिनलाई रूढिवादी भनी बढारेर फाल्न उपयुक्त हुँदैन । २००७ सालअघि नेपाली भाषामा प्रकाशन गरिने सूचना र विज्ञापनको भाषालगायत हरेक लिखित सामग्री गोरखा भाषा प्रकाशिनी समितिले स्वीकृति दिएपछि मात्र प्रकाशन गर्ने गरिन्थ्यो तर त्यसपछि त्यस्तो व्यवस्था हटेकाले नेपाली भाषामा क्रमशः विवाद र अशुद्धलेखनको बीजारोपण हुँदै गएको हो । वर्तमानमा प्रयुक्त नेपाली भाषाका हरेक लिखित सामग्रीहरूमा बारम्बार त्रुटिहरूको भण्डार बढ्दै गएका कारण त्यसले सबैजसो नेपाली भाषाप्रेमीहरूलाई चिन्तित बनाएको छ । दिनप्रतिदिन राष्ट्रपति कार्यालयदेखि वडा कार्यालयसम्मका धेरैजसो लिखित सामग्रीहरूमा देख्दै लाजमर्दो हुने किसिमको भाषिक अशुद्धि कायमै रहँदै जानु निश्चय नै गम्भीर चिन्ताको विषय हो । लिखित सामग्री धेरै वर्षसम्मको प्रामाणिक अभिलेख भएका कारण लिखित सामग्रीहरूमा भाषिक शुद्धीकरण गर्नका लागि संघीय, प्रादेशिक र स्थानीय तीनै किसिमका सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ र यसका लागि तीनै तहका सरकारी निकायले सर्वप्रथम आपूmले प्रयोग गर्ने भाषामा शुद्धता कायम गर्दै आफ्ना मातहतमा सञ्चालित सरकारी तथा गैरसरकारी सम्पूर्ण संघसंस्थाहरूले नेपाली भाषामा प्रयोगमा ल्याउने जुनसुकै पाठ्यसामग्री, ब्रोसर, पत्रिका, लेखरचना, सूचना, प्रतिवेदन, चिठीपत्र, टेलिभिजनको फ्ल्यास समाचार, साइनबोर्ड, होर्डिङबोर्ड, पर्चा, पम्प्लेट, ब्यानर, पसलको नाम आदिको भाषा सम्पादन गरेपछि मात्रै प्रकाशन गर्न पाउने व्यवस्था हुनुपर्छ । भाषासम्पादन नगरीकन प्रकाशन तथा प्रसारण गरेमा र त्यसबाट पाठक वा प्रयोक्ताहरूमा भ्रम उत्पन्न हुने परिस्थिति आइपरेमा सम्बद्ध संस्थालाई यथोचित जरिवाना तिराउने व्यवस्था गर्ने दिशामा पनि नेपालका तीनै तहका सरकारी निकायहरूको गम्भीर ध्यान जानु आवश्यक देखिन्छ । (डा. ढकाल नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् |) #डा. मतिप्रसाद ढकाल |
आमा: डा. वीरेन्द्र केसी प्रियाले भन्छिन्, मेरो ज्यान उनको त्यो माया जान्दछु मेरो यो शरीर मेरै हो भन्ने पनि म मान्दछु माने नि यो ज्यान उनको हो भनी ईश्वर स्वयंले मेरा हर अङ्ग आमाकै अंश सत्य त्यो ठान्दछु बाबाले जस्तो हार्दा नि साथ छोराले दिँदैनन् पत्नीले जस्तो लागेको घाउ पतिले धुँदैनन् हजारौँ भिडले जितेको बेला जयजय गाए नि आमाले जस्तो निःस्वार्थ माया दिने कोही हुँदैनन् सुखको सहर छ आकाशपारि स्वर्गको नाउँमा भनेर मानिस त्यहीँ पुग्न खोज्छन् ईश्वरको गाउँमा पुगे नि त्यहाँ बादलभित्र खुशी त्यहाँ पाइन्न खुशी त यहीँ मिल्दछ आमा—बाबाका पाउमा हाँस्दा साथ हाँस्ने सबैले रुँदा यी आँखा छुँदैनन् मरेर जाँदा छोरीझैँ छोरा पीरमा हुँदैनन् रुन त रोलान् दाजुभाइहरु चिताछेउ एकछिन जीवनभर सम्झी आमाको जस्तो बाबा नै रुँदैनन् । जन्म स्थानः दाङ हालः न्युजिल्याण्ड #डा. वीरेन्द्र केसी #न्युजिल्यान्ड |
अन्तिम भेट: स्वदेश रिजाल पहिलो भेटले सँगसँगै अन्तिम भेट पनि जोडेर ल्याउने रहेछ । उनी सँगको अन्तिम भेट जति अविस्मरणीय रह्यो, त्यो भन्दा बढी यादगार पहिलो भेट थियो । पहिलो भेटसँगै जोडिएर आयो दोस्रो, तेस्रो, चौथो अनि त्यसपछिका अनगिन्ती भेटहरु । पहिलो भेट यस दुनियाको बिल्कुलै अञ्जानसँगको थियो । लगातारका भेट अनि सामजस्यताले आफूभन्दा पनि बढी जानकार त बनायो, अफसोच अन्तिम भेटले पुनश्च: पहिलो भेट अगाडि जस्तै हुनु पर्ने बनायो । त्यसो त भूपेन्द्र खड्काको रचना अनि कर्णदासको आवाजमा ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाति हुन्थ्यो…’ भनेजस्तै अन्तिम भेट पछिका समय तिमीसँगको पहिलो भेटभन्दा अगाडिको जस्तो हुनै सकेन । तिमी, तिम्रो अनुहार, तिमीसँग जोडिएका अनेकन स्मृतिले वर्षौंसम्म पनि तिमीसँग अञ्जान बनाउनै सकेन । भेटसँगै जोडिएका थिए तिम्रो हेराई, तिम्रो मधुर मुस्कान, तिम्रो आफ्नो सुगन्ध, लामोकालो सिल्की कपाल, त्यो क्याफे, त्यो गल्ली, गल्लीसँगैको मोड, सँगै हेरेका सिनेमा, त्यो सम्झना अनि यस्तै यस्तैका बीचमा फक्रिएको प्रेम त तिमी, म हुनु भन्दा त्यो क्याफे, त्यो मायाको चिनो अनि तमाम कुराहरुसँग जोडिएको रहेछ । लाग्छ, अन्तिम भेटपछि अलग मार्गबाट हराएका हामीलाई ती क्याफे, त्यो गल्ली, गल्लीसँगैको मोड अनि सिनेमाघरले न्यास्रो मान्ला कि के गर्ला ? अचानक समयले ल्याएको फरकपन, फरक अस्तित्व, स्थानान्तरण आदिलाई आत्मसात गर्नुको विकल्प अब थिएन । सँगै रहन कोरिएका कल्पना, प्रगाढ प्रेम, सहअस्तित्व र केही पलका सहयात्राले भलै भोलि फरक नपार्लान्, तथापि त्यसले महत्त्व जरुर राख्ने छ । जस्तोकि मुसाफिरले जीवनको कुनै क्षणमा कतै पुगेपछि फर्केर यात्रालाई हेर्नु र सहयात्रीलाई मनबाटै नमन र न्यानो धन्यवाद प्रकट गर्दछ । पहिलो भेटमा जति हामी अरु भेटका निम्ति हतारमा, उत्साहमा थियौँ, अन्तिम पक्कै त्यही प्रकारको थिएन । चाहना त अन्तिम भेट नटुंन्गिओस् भन्ने नै थियो । जसरी भगवान् रामलाई बलि दिन पाताल लगिँदा हनुमानको पुकारमा सूर्य रोकिएजस्तै म पनि सूर्यले टक्क रोकिदिओस् भन्ने चाहन्थेँ । सेकेन्ड, मिनेट, घण्टा सुईको गणितीय हिसाब मेरो निम्ति बिग्रिओस् भन्ने चाहन्थेँ । अन्तिम भेट- दुवै मौन अनि बोलीचालीमा दुवै, अर्थहीन टुंग्याई, अर्थहीन सुरुवात थियो भन्ने प्रायश्चितमा । त्यसपछि, अर्को पहिलो भेटको जाँगर चलेन । विदुर ७, नुवाकोट #नुवाकाेट #स्वदेश रिजाल |
चीज - बीज: संसार तिवारी यदि, तिमी बसिरहेको घरको माटो, बालुवा, ढुङ्गा या ईंटा तिमीले छोएका, खनेका, फुटालेका हैनौ भने, केवल वर्षौँदेखि बसिरहेकै भरमा, त्यो घर कसरी तिम्रो हुन सक्छ ? यदि, तिमीले शरीरमा पहिरिइरहेका रङ्गीबिरङ्गी कपडाहरु तिमी आफैँले बुनेका, तुनेका, जोडेका हैनौ भने, त्यो कपडा कसरी तिम्रो हुन सक्छ ? र यदि, तिमी आफूले खान भनी अगाडि राखिरहेको त्यो खाना, तिमीले गोडेको, उमारेको, उब्जाएको होइन भने, त्यो कसरी तिम्रो हुन सक्छ ? किनकि तिमीजस्तै, तिमीले हेर्ने, सुन्ने, खाने, लाउने सब चिजभित्र ब्रह्माण्डको बीज लुकेको हुन्छ । कुनै बीज वृक्ष, कपास, कपडा बनोस्, या त्यो माटो, बालुवा वा सिमेन्ट बनोस्, या त्यही बीज तिम्रो खाना बनी तिम्रो अगाडि आवोस्, त्यस बीजको ऊर्जा कहिल्यै मासिने होइन, त्यसको धड्कन कहिल्यै मेटिदैन । जबसम्म तिमी त्यो धड्कन सुन्ने चेष्टा गर्दैनौ, तबसम्म तिमी त्यसलाई कदापि बुझ्न सक्दैनौ र, जुन चिजलाई तिमी बुझ्न सक्दैनौ, त्यसलाई तिमी कसरी आफ्नो भन्न सक्छौ? #संसार तिवारी |
उज्ज्वलको गजल: सास न हो तिम्रो न मेरो, जान्छ आउँदैन फर्केर हेर विश्वासमा लिनु पर्छ हर कोहीलाई, के गर्नु तर्केर हेर । कवि मन थियो उसको पनि, कमजोरी सम्झिएर गयौ अपमानका गोला वर्षायौ, छिया छिया ह्रदय चर्केर हेर । शत्रु नै भए पनि पीडा पनि, सहन सक्ने दिनु पर्छ नि के गरोस् विचरा देखाउँछ, आँसु आँखाबाट दर्केर हेर । रुवाउने त सबैको रहर जस्तो भो, जो कोहीलाई यहाँ अरुलाई किन दोष दिनु, बरु नुन चुक आँफैमा छर्केर हेर । समय आउँछ भनेकै हो केवल, हरेकको यहाँ कुर्नु पर्छ हतारो निर्णय हुन्न फलिफाप, केही बेर त पर्खेर हेर । #उज्ज्वल बस्नेत “ह्रदय“ #उज्ज्वलको गजल |
नयाँ इतिहास रचौँ: अचेलघरि थुप्रो मिरजाफरहरू हुटिट्याउँ कराए सरह कराएको सुन्छु अखबारको पानाहरूमा न्यूज च्यानलहरूमा कोही जनजातीको माँग लिएर कोही अलग राज्य गोर्खाल्याण्डलाई भोट बटुल्ने यन्त्र बनाएर । त कोही हजाराँै हाम्रो छातीहरूमा निर्मम गोलीको प्रहार गरेर सिंहासान ओगट्न दौढिरहेछन् बिट्रिश सरकारको गुलाम बनेर आफ्नो मातृभूमी गिर्बी राख्न दुश्साहस गर्ने त्यस्ता मिरजाफरहरू भने मलाई पटक्कै चाहिएन युद्धभूमीमा लाखौँ सिपाहीहरूलाई मृत्युको मुखमा छोड़ी सुइकुच्चा ठोक्ने ती सम्राटहरू पनि मलाई चाहिएन मलाई त सुकदेव राजगुरू र भगतसिहं जस्ता शुरवीरहरूको खाँचो छ बिनय बादल र दिनेश जस्ता वीर सपुतको खाँचो छ चाहिएन मलाई ती पुच्छर लुकाई जंगल पस्ने महाराजाहरू ।। त्यसैले अचेलघरी म टोलाइरहन्छु हिसाँ र अहिसाँमा फसेका आफ्नो अस्तित्व र शूरवीरता भुलेका गुलामी गर्न सक्षम बनेका मातृभूमी बेच्न तत्पर रहेका जनतालाई रित्तो बनाई खल्ती भर्ने मेरो गोर्खे जाती देखेर । त्यसैले आऊ मित्र हो ! एउटा नयाँ इतिहास रच्न तयार हौ फेरेर त्यस्ता कायरताका काँचुलीहरू पहिलाई हिँडौ हाम्रो वीर पुर्खाको पद चिन्हहरू लोभ र लालचलाई पर फ्याकी गुलामीको जन्जीरलाई तोडिदिऊँ एउटै डोरीको माला बनी छेकीदिऊँ उन्मुक्तिका छालहरूलाई तुहिन नदिउँ हाम्रो सन्तानको सपना भविष्यको कालो गर्भमा वर्तमानलाई अँगाली रचिदिऊँ हामी रचिदिऊँ एउटा नयाँ इतिहास । #नयाँ इतिहास रचौँ #शंकर शर्मा |
बाँसको पुल: तिमीसँग पत्रकार थियो उसको गोजीमा क्यामेरा थियो र बाँसको पुरानो पुल तरेर पुस्तौँपुस्ता भोगेका कष्ट आज देख्यौ! भिडियो बनायौ, सप्पैलाई देखायौ, काश, तिम्रो पछिपछि हिँड्ने पत्रकारको हातमा कागज र कलम मात्र भा ! त्यो बाँसको पुल तरेर कार्यालयसम्म पुग्दा नपुग्दै बिर्सिदिने थियौ त्यो गाउँका जनताको आवश्यकता । त्यसैले त्यो बाँसको पुल राम्रो, बेलाबेला डोकोमा राहत बोकेर त आइरहन्छौ । फलामे पुल नराम्रो, उद्घाटन गरेर पाँच वर्षसम्म कताकता हराउँछौ, फेरि झुक्याएर भोट माग्नु टुप्लुक्क आइपुग्छौ, घरीघरी त्यही बाटो भएर त्यही फलामे पुल तरेर आइरहन्छौ । बरू, यो बर्खा जसरी नि काट्छौ होला, अब आउने हिउँदमा नयाँ बाँसको पुल बनाम्ला । दार्जिलिङ #दार्जिलिङ #विकास चाम्लिङ |
भेरी नदी र प्रेम: ओ ! ठकुरी दाइ प्रेम गरेर तिम्री बहिनीलाई कस्तो गर्नै नहुने अपराध पो गरेछु आऊ, बाँध मेरा पनि हातखुट्टा र, जोडिदेउ भेरीको भेलसँग सुमधुर सम्बन्ध ! बग्दै बग्दै जानुछ मलाई दूरसम्म कहिलै नभेटिने गरी तिम्री बहिनीसँग ! तिमीले ’हैन’ भन्न लगाउँदा मैले ’हो’ भनें होला ! तिमीले ’छैन’ भन्न लगाउँदा मैले ’छ’ भनें होला ! तिमीले ’जात मिल्दैन’ भन्दा बाठो भएर मैले ’मन मिल्छ’ भनेँ होला ओ ! ठकुरी दाइ अपराधीलाई जस्तो उभ्याएर कठघरामा जति लिनुछ लेऊ बयान म कलियुगको सत्य हरिश्चन्द्र कसरी ढाँटु तिमीलाई मैले प्रेम गरेको साँचो हो तिम्री बहिनीलाई भन, भेरीमा चडाएर केही थान प्रेमका कोपिला उकालो चढ्दै गरेको त्यो छाँया कसको हो ? प्रेमको छातीमा रोपेर जातका तीरहरू कसले बनायो प्रेमको शहीद नवराजहरूलाई ? र दियो अजात प्रेमको संज्ञा ? ओ ! ठकुरी दाइ कसम खाएर ज्यान दिने तिम्री बहिनीलाई कस्तो गर्नै नहुने अपराध पो गरेछु आऊ, कस मेरो पनि मुखमा पट्टि र, जोडिदेउ भेरीको भेलसँग सुमधुर सम्बन्ध ! बग्दै बग्दै जानुछ मलाई दूरसम्म कहिलै नबोल्ने गरेर तिम्री बहिनीसँग ! एउटै योनी ब्रह्माण्डबाट जन्मिएको यो एउटै पृथ्वी ! एउटै पृथ्वीबाट जन्मिएका हामी एउटै मान्छे एकाएक कसरी भयौं फरक ? एउटै वायुमण्डलको हो हामीले फेर्ने श्वास पनि ! एउटै घामको हो हामीले ताप्ने प्रकाश पनि ! तर दिनप्रतिदिन कसले कोर्दैछ पृथ्वी योनीमा सहस्र विभेदका रेखाहरू ? पृथ्वीको पाठेघरभित्रै कसले लगाउँदैछ अग्ला अग्ला जातीय पर्खाल ? ओ ! ठकुरी दाइ हामी त एउटै बगैँचाका फूल पो त हामी त थरी थरी फूलका रङ्गीन माला पो त तर तिमी भड्काएर फूलहरूबीचको युद्ध किन मच्चाउन खोज्छौ एउटा अर्को नरसंहार ? अब मलाई च्यात्नुछ आरक्षणको नाममा विभेदको खोल ओडाउने संविधानका ती केही अछुत पानाहरू अब मलाई डढाउनुछ वर्षौँदेखि शीर ठाडो पारेर हिन्न नदिने मनुस्मृतिका ती केही अछुत व्यवस्थाहरु र, गर्नुछ तिम्री बहिनीलाई निर्धक्क प्रेम ओ ! ठकुरी दाइ प्रेम गरेर तिम्री बहिनीलाई कस्तो गर्नै नहुने अपराध पो गरेंछु आऊ, बाँध मेरा पनि हातखुट्टा र, जोडिदेऊ भेरीको भेलसँग सुमधुर सम्बन्ध बग्दै बग्दै जानुछ मलाई दूरसम्म कहिलै नभेटिने गरेर तिम्री बहिनीसँग ! #बि. एन ढकाल #भेरी नदी र प्रेम |
बलात्कार एक युगको: प्रकाश नेपाल तिमी यसरी यति छिटै अस्ताउला भनेर सोचेकै थिइनँ हामी त भर्खरै सगरमाथाको घामभित्र एकअर्काको अँगालोको न्यानो ताप्दै जुनीजुनीका सपनाहरु बुन्ने रहरमै थियौं जब मैले तिमीलाई मन पराएँ तिमीले पनि आफूलाई मेरो आँखामा खोज्यौं आफ्नो छाती च्यातेर मलाई घप्लक्कै ढाक्यौ र त म हराएँ तिमीभित्रै तिमी बिलायौ मभित्र भन्छन् नि मान्छेहरु प्रेम गर्नु त यसरी गर्नु ताकि प्रेम आफैँ गर्वले लुछुप्प भिजोस् युगले सधैँ प्रेमको गीत गाउन सकोस् ताकि तिमीलाई छुने हावाले पनि ईर्ष्या गरोस् र भागोस् परपरै अनि दुनियाँले गाओस् युगयुग प्रेमका गीत यतिखेर म कौसीमा बसेर आकाशको अंकुसे जून हेरिरहेछु बादलले जून छेकेर टुक्राटुक्रा पारेको छ र म त्यही जूनजस्तै टुटेकी छु, फुटेकी छु सर्वाङ्ग लुटिएकी छु म जवाफ मागिरहेछु यो आकाशसँग जवाफ मागिरहेछु यो धर्तीसँग ए आकाश मैले गरेको प्रेम उसको थरमा थिएन तर किन भत्काउँछ यो थरले मान्छेलाई ? ए धर्ती मैले गरेको प्रेम उसले फुक्ने आरनमा थिएन किन जलाउँछ आरनले मान्छेको प्रेमलाई ? ऊ त केवल मान्छे थियो एक होनहार मान्छे म सोधिरहेछु जगतसँग उसको थर बताउँदैमा कसरी फरक भयो ऊ थर बताउँदैमा कसरी मान्छे भन्दा बेग्लै भयो ऊ? हे ईश्वर, चिच्याई रहेछु तिम्रो अगाडि म भन्देऊ- थरले नै अरु भन्दा फरक हुन्छ कसरी? कसरी ठूलो हुनसक्छ थर मान्छे भन्दा कसरी पार्न सक्छ मान्छेलाई मान्छेले कागज च्यातेजस्तै धुजाधुजा र फाल्न सक्छ पवित्र भेरीमा? कसरी बलात्कार गर्न सक्छ यो सभ्यतामाथि दिन दहाडै ? कसरी बलात्कार गर्न सक्छ यो मानवतामाथि दिन दहाडै? आऊ सबै आऊ ए सभ्य मान्छेहरु आऊ मलाई पनि बलात्कार गर उसलाई जस्तै आऊ बलात्कार गर तिम्रो सभ्यतालाई बलात्कार गर तिम्रो मानवतालाई र, बगाइदेऊ भेरीमा अहो, म कस्तो उपहासको जिन्दगी बाँचिरहेछु क्षण क्षण सुनिरहेछु कहालीलाग्दा क्षणहरुको विभत्स रुप नव- तिमी यसरी यति छिटो अस्ताउला भनेर सोचेकै थिइनँ म तिम्रै छायाँ स्पर्श गरिरहेछु यतिखेर युगभित्र हुर्किएको गर्विलो गर्भ भित्रको कोपिलासँगै र प्रतीक्षा गरिरहेछु त्यो युगको जहाँ मान्छे केवल मान्छे मात्र भै बाँच्न सकून् युगयुग बाँच्न सकून्। #प्रकाश नेपाल |
दागहरूको सम्मेलन: आज म केलाउँदैछु वर्षौँदेखि तिम्रै इतिहासले मेरोे अस्थित्वमाथि थोपरिदिएका असङ्ख्य दागहरू । उक्लिँदैछु हरदम पासो थापेका ढुङ्गे गोरेटाहरू अनि हिँड्दैमा नथाक्ने मेरा पैतालाहरू जुनदिन मैले खुला क्षितिज भेट्टाउँछु हो, त्यहीदिन व्यर्थ ठहरिनेछ तिमीले डामेका धब्बाहरू त्यहीदिन रङ्गीन फूल झैँ ठान्नेछ विश्वले सादा कपडा भिरेका अछुत औँलाहरू । यदि सपनाहरूमा फरक पाउँछौ भने मैले सदियौँदेखि टाल्दै आएको देशको झण्डालाई सोध्नू यदि जीवनको अर्थमा भिन्नता पाउँछौ भने तिमै्र पवित्र मन्दिरमा सखारै घन्किने डमरु–खैँजडीमा लत्पत्तिएका मेरा पसिनाहरूलाई सोध्नू सायदै प्रतिपक्ष भै उत्रिन्छन् तिमीले भिराइदिएका अमूर्त दागहरू । ‘मार्टिन लुथर’का चक्रसँग मित लाउँदै सम्मिलित हुँदैछन् मुठ्ठी पारेर ठड्डिएका दागहरू आजभालि तिम्रो मस्तिष्कको अँध्यारो सडकमा सायदै उसलाई सह्य भएन होला इतिहास सजाइएका इन्दे«णीहरू नालीको फोहोरझँै थुकिएको,लत्याइएको । चन्द«माको दाग त सहँदैनन् ‘मलाला युसुफजाइ’का आँसुहरूले तर अबोध गाउँमा पिंजडामा थुनिन्छन् धानका बालाहरू अतृप्त यौनप्यास बुझाइदिन बाध्य जीवनका आशाहरू अब सहँदैनन प्रत्येक सप्तरङ्गहरूले पनि निर्बाध..तिमीले दल्दिएको कालो म्वाँसो । सम्मिलित हुँदाहुँदै असङ्ख्य दागहरू सफा गर्नलाई कञ्चन वागमती– यो समाजको के महिला ? के पुरुष ? के बाहुन ? के दलित ? फूलबारी सुवासित गुलाबले मात्र हो र ? यदि चाहान्छौ भने सुधार्न तिम्रा महान् गल्तीहरूलाई दुनियाँ नियाल्ने आकाशले पनि अँध्यारो इतिहासलाई माफी दिनसक्छ । #केसब भन्डारी " कन्चन " #दागहरूको सम्मेलन |
साहित्यपोस्टले गर्यो साप्ताहिक प्रतियोगिता केही दिनलाई स्थगित: साहित्यपोस्ट साहित्यपोस्टले वेवसाइटमा समस्या देखिएपछि साप्ताहिक रुपमा गर्दै आएको प्रतियोगिता स्थागनको घोषणा गरेको छ । ह्याकरले सर्भरमा समस्या खडा गरी वेवसाइड तथा सामाग्रीहरुमा क्षती पुराएको हुनाले साप्ताहिक रुपमा सञ्चालन गरिँदैआएको “फोटो कविता प्रतियोगिता ९” र “मुक्तक प्रतियोगिता ४” स्थागन गरिएको छ । साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले भने, “सुरक्षा घेरालाई पाठकको अपेक्षानुसार मजबुत बनाउन नसकेकोमा हामी क्षमा चाहान्छौँ । यसअघि घोषणा गरिएका “फोटो कविता प्रतियोगिता ९” र “मुक्तक प्रतियोगिता ४” मा पनि ह्याकरले असर पुर्याएकोले प्राप्त सिर्जनाहरु हाम्रो पहुँचबाहिर गए । यसकारण तत्कालका लागि हामीले यी दुवै प्रतियोगितालाई स्थगन गर्ने निर्णय गरेका छौँ । सुरक्षा घेरालाई मजबुत बनाएर केही दिनमै स्थगन गरिएको प्रतियोगितालाई सोही भागबाट सुरु गर्ने छौँ ।” गत बिहीबार बिहानबाट साहित्यपोस्टको वेवसाइट ह्याक भएको थियो । ह्याक भएका कारण गत सोमबारपछिका सम्पूर्ण सामाग्री पूर्ण रुपमा नष्ट भएका छन् भने बिहीबारदेखिका नियमित विधागत अपडेटलाई रोकिएको छ । अहिले साइडलाई ह्याकरबाट फर्काइसकेएको भए पनि पछिल्ला चार दिनका सम्पूर्ण सामाग्रीमा क्षती पुग्न गएको छ भने विशेष सामाग्रीलाई पाठकको सुविधाका लागि पुनः प्रकाशित पनि गरेको छ । प्रधानसम्पादक कोइरालाका अनुसार नियमित अपडेटलाई निरन्तरता दिँदै साहित्यपोस्ट केही दिनभित्रै पुरानै लयमा फर्किने छ । #प्रतियोगिता स्थगन |
राष्ट्रवाद: छोरीलाई रोडपारीको स्कुल (डे केयर) लान तयार पार्दै श्रीमतीले राजारामलाई भनिन् – “ खै त ! छारीलाई छोड्न जान्छु भन्नु भएको हैन ? ढिलो हुन लाग्यो ।” भित्रबाट ऊ चिच्याउँदै भन्यो– “ल म आइहालेँ, एउटा पोस्ट अपडेट गर्दैछु ।” अचेल राजाराम अलिक व्यस्त नै भएको छ, चुनावले गर्दा । नेपालमा ठूटे राजनीति गरेकालाई विदेशमा एनआरएनको चुनाव चाडपर्व नै भइदिन्छ । नेपालमा बरू आमसभा, प्रशिक्षण, र्याली, बैठक अनेक नाममा समय खेर जान्छ, विदेशमा त्यो गर्नु पर्दैन । नेपालबाट पार्टीका नेता बोलायो, घुमाइदियो, कुम जोडेर फोटो खिचायो भइहाल्यो । नेपाल विकास गर्ने हामी युवाले नै हो । “तपाईंलाई फेसबुक भए पुग्छ है ?”, अस्पतालको ड्युटी भ्याउन हस्याङ्फस्याङ् गर्दै गरेकी नर्स श्रीमती रिसाएको मुद्रामा राजारामलाई गाली गर्दै थिइन् । “चुनावमा उठेको छु, भोटरलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउनु छ, सिद्धान्त र आदर्शका कुरा, परिवर्तनका कुरा र एकताका कुरा बोल्ने लेख्ने यही बेला त हो नि !”, उसले थप्यो, “अब यो महिना अनि चुनाव पछि अर्काे एक, प्लिज बुझ न !” “तपाईँका भने अनेक बाहाना, म रातदिन बिहान नभनी अस्पताल जान्छु, कमाउँछु, पिर आर पनि बनाएँ । तपाईं राजनिति गर्ने, समय खेर फाल्ने र पैसा खेल्ने भए नेपाल जानुस् ”, जारामकी श्रीमती यी कुरामा सधैँ अडिग थिइन् । राजाराम छोरीलाई स्कुल पुर्याउँदै श्रीमतीका मन बिजाउने शब्दहरू सम्झिरह्यो । म आखिर नेपाल फर्कने होइन यहाँ यसो सक्रिय भएको त हो । श्रीमतीको कुरा ठिकै हो भन्ठान्यो । उकुस मुकुस मन फुकाउन घर पुग्ने बित्तिकै उसले फेसबुकमा फेरि पोस्ट गर्यो, “ नेपाल विकास गर्ने हामी युवाले नै हो ।” #राष्ट्रवाद #सञ्जय शान्ति सुवेदी |
किशनको गजल: समय फेरिएको छ जिउने तरिका बद्लिएको छ परिवर्तन खोज्दै रीति संस्कार खल्बलिएको छ ।। भाग दौडको रेसमा जिन्दगी दौडिँदा दौडिँदा, यहाँ हरेक मान्छेहरूको मगज हल्लिएको छ ।। विस्थापित् हुँदैछन पूरातन सोंच र मान्यताहरू जरो गाडेका विश्वासहरू आज भत्किएको छ ।। बाहिर आदर्श र सुन्दर देखिन्छन् हरेक रुपहरू भित्र हेर्नुस् विचारहरू खोक्रो भएर मक्किएको छ ।। #किशन पौडेल #किशनको गजल |
बर्माको कथैकथाका गाउँ: बर्माको लोखुमा रहेको संस्कृत विश्वविद्यालयमा म रात बिताउँछु । विश्वविद्यालयका सहसचिव मनबहादुरजीले ‘भोलि सँगसँगै गाउँतिर डुल्न जाऊँला’ भने पनि भोलिपल्ट बिहान मनबहादुरजी आउनुभन्दा पहिल्यै म गाउँ पसिसकेको छु । त्यहाँ पढ्ने विद्यार्थीहरूले ‘यो वरिपरिको पूरै बस्ती गोरखाली (नेपाली) को हो ?’ भनेपछि मलाई त्यो गाउँ कहिले पसौँ जस्तो भएको छ । म निकै हतारिन्छु र सामान्य चियापानी लिएपछि हिँडिहाल्छु । नगेन्द्र न्यौपाने आधा भाग रातो माटो, आधा भाग कंक्रिटको आँगन, चारैतिर काठको गाह्रो अनि आँगनको छेउमा तुलसीको मठ– म सडकछेउको त्यो एकतले घरतिर सरासर पस्छु । त्यो बिरानो मुलुक, बिरानो भेष, नबुझ्ने भाषा अनि म एक्लो तर मलाई गाउँ पस्दा डर लागेन, त्यो आँगन टेक्न त्रास पसेन । दकस लागेन । किनकि त्यो गाउँलाई मेरो मनले जितिसकेको थियो । अझ एक जना व्यक्तिले ‘कसलाई खोज्नुभयो ?’ भन्दै आएपछि मेरो साहस झन् थपिन्छ । रमाइलो लाग्छ । म हौसिँदै उत्तर दिन्छु– ‘तपाईंलाई नै खोजेको ।’ उनले आपूmसँग ल्याएको घाँस गाईको गोठमा राख्छन् र सरासर मतिर आउँछन् । अनि निकैबेर नै मलाई तल–माथि गरेर हेरिरहेका हुन्छन् । म नै मेरो परिचय दिन्छु । ‘म नेपालबाट आएको । हिजो राति यहीँ रामेश्वरधामको छात्रावासमा बसेँ । अब आज यसो गोरखालीको बस्तीतिर… ।’ तर उनले मेरो वाक्य पूरा हुन दिँदैनन् । बोलिहाल्छन्– ‘तपाईं नेपालबाट आउनुभयो । नेपाल नै देखेको जस्तो लाग्छ । खै ! हामी त कहिले नेपाल जान पाइन्छ होला र ! आफ्नो पूर्वजको थातथलो ! बसौं न !’ भन्दै आँगनमा कुर्सी ल्याउँछन् । एउटा व्यक्तिलाई सिङ्गो नेपाल देख्ने ती आँखाहरूप्रति मेरो आत्म–सम्मान मात्र गमक्क फुलेन, ती व्यक्तिको नेपालप्रतिको हार्दिकताले द्रविभूत बन्छु । मलाई के गरौं, कसो गरौं बनाउँछ । मैले उनको घरको चारैतिर नेपालै नेपाल प्रवाह भएको अनुभव गर्छु । त्यो गर्मीमा पनि सितल अनुभव हुन्छ । उनले कुर्सी ल्याउँछन् तर म बस्दिनँ । बरु घरको मूलढोकातिर जान्छु । घरभित्र टि.भी. बजिरहेको छ भने एक जना वृद्ध महिला नेपाली दोहोरी–गीत सुनेर बसिरहेकी छन् । सम्भवतः ती वृद्ध महिला ती व्यक्तिका माता हुन् । सेतै फुलेका केश, बुढ्यौली अनुहार, विधवा भेष अनि हँसिलो अनुहार । ती वृद्ध महिला आपूm बस्दै गरेको कुर्सीबाट हल्का रूपमा उठ्छिन् र मतिर आउँछिन् र केही बोल्न खोज्दै छिन् तर म नै उनलाई सोध्छु । ‘सन्चै हुनुहुन्छ ?’ ‘सन्चै बाबु !’ उनले मलाई धेरैबेर नै गहिरिएर हेरेपछि फेरि सोधिन्– ‘बाबुलाई मैले ठम्याउन सकिनँ त ?’ ‘मलाई तपाईं चिन्नुहुन्न । म नेपालबाट आएको हुँ ।’ ‘ए ! बाबु नेपालबाट पो ! खै म त ! एकपटक नेपाल नै नपुगी मर्ने भएँ । आफ्नो बाबु–बाजेको जन्मथलो । जान मन थियो ।’ ‘नेपाल किन जानपर्यो त ! टि.भी.मा त्यस्तो मीठो दोहोरी गीत सुनिरहनुभएको छ । यहाँ यति राम्रो मिलेको गाउँ रहेछ । अझ तपाईंको घर नजिकै त्यति ठूलो संस्कृत पाठशाला छ । अब त यतैको रस बस्नुपर्ने होइन र ?’ ‘खै बाबु !’ उनले केही दिक्कलाग्दो स्वरमा बोलिन्– ‘बसेन ! जति गरे पनि यो मन उतै जान खोज्छ । जतिबेला पनि हजुरबाले सुनाएको कुरो कानमा आउँछ ।’ ‘हजुरबाले के सुनाउनु हुन्थ्यो र ?’ म सोध्छु । ‘हाम्रो घर वरिपरि डाँडै–डाँडा थिए अरे ! आँगनमा ढुङ्गा बिछ्याएको थियो अरे ! अनि आँगनका डिलमा लहरै चार–पाँचवटा सुन्तलाका बोटहरू थिए अरे ! एउटा सानो खोल्सी तरेपछि बेसिआई पुगिन्थ्यो अरे ! गाई–बाख्रा सराबरी थिए अरे ! साँझ परेपछि सुसेली बजाउँदै मान्छेहरू गाउँतिर उकालो लाग्थे अरे ! रमाइलो थियो अरे ।’ उनी केही भावुक देखिन्छिन् । उनको बोलीमा स्मृतिका तरङ्गहरू सलबलाउन थाल्छन् । उनको हजुरबाले सुनाएको विगतसँग वर्तमान नमिलेको पनि हुनसक्छ तर उनको आत्मा छट्पछिनु स्वाभाविक नै हो । कहिल्यै नदेखेको, कहिल्यै नटेकेको भूगोलसँग आफ्नो आत्मीयतालाई सामीप्यमा ल्याउन खोज्नु हरेक गोरखाली (नेपाली) को रुचिमात्र होइन, ममता पनि हो । ‘तपाईं यस्तोसम्म मिलेको जग्गामा बस्नेलाई डाँडा–काँडाको के सम्झना आयो त ! नेपालमा पनि खेतीपाती गरेर खान गाह्रो छ । बाटो–घाटो छैन ।’ मेरो भनाइमा उनले आपूmलाई सन्तोष मान्न तयार छैनन् । केही कडा स्वरमा बोल्छिन्– ‘होइन बाबु ! एकपल्ट त जानै पर्छ । पोहोर दशैं सकिँनासाथ छोरालाई लगी दे भनेको थिएँ । मिलेन । यसपटक पनि मिल्दैन जस्तो छ । … तर जान्छु ! जान्छु ।’ त्यहीबेला मनबहादुरजी मोटरसाइकल प्याट–प्याट पार्दै आइपुग्नु हुन्छ र केही हतारिएको आभासमा बोल्नुहुन्छ, ‘सर त यहाँ पो आउनुभएको रहेछ, उहाँ खाना तयार भइसकेको छ । जाऔं ।’ वास्तवमा खाना खाइसकेपछि मनबहादुरजीले मलाई आफ्नो घर लैजाने सल्लाह पहिल्यै तय भएको थियो तर मेरो गाउँ घुम्ने रहर मेटिएको हुँदैन । म यो अनुरोध मनबहादुरजीलाई सुनाउँछु र पुनः मनबहादुरजी बिना नै खाना खाएपछि गाउँ पस्छु । मलाई गाउँ घुम्न कुनै साथीको आवश्यकता पर्दैन । असोज महिना भएकोले पूरै गाउँ ढकमक्क छ । थन्क्याउन तयार भएका खैरा–पहेँला मकैका घोगाहरू, उखुको बाक्लो खेती, अनि धानको हरियो फाँट । कृषिको यो सौन्दर्य देखेपछि मैले सोचेँ– सायद यही दृश्यले लोभ्याएर नै गोरखालीहरू बर्मामा अड्किए होलान् । फराकिलो आँगन, आँगनको एकछेउमा भर्खर भित्र्याउन तयार भएका मकैको थुप्रो अनि पिँढी लहरै बसिरहेका व्यक्तिहरू ! म सरासर अगाडि बस्छु र पिँढीमा बसिरहेका सबैलाई एकैचोटि नमस्कार गर्छु । स्वाभावतः गाउँमा नयाँ व्यक्ति पसेको छ भन्ने थाहा पाएपछि सबैको कौतूहलता बढ्नु स्वाभाविक नै हो । अझ त्यो घरका धनीलाई यो जानकारी आइसकेको रहेछ । म त्यहाँ देखा पर्नासाथ एक जना युवकले मलाई सोधिहाल्छन् । ‘ए ! तपाईं नै नेपालबाट आउनुभएको ? मलाई मनबहादुरजी फोन गर्नुभएको थियो । आउनुहोस् बस्नुहोस् ।’ म उनले देखाएको कुर्सीमा बस्छु । उनी थप्दै जान्छन् । ‘यी ! हाम्रो बर्माको बसाइँ यस्तै छ, खानलाई दुःख छैन । बाबु–बाजेले मन पराएपछि हामीले पनि मन पराउनु पर्यो । उनीहरूले आफ्नो देश छोडेर आए । यही खेती देखेर त लोभ्यायो होला ।’ हुन त बर्मामा रहेका हरेक नेपालीले खान–लाउनको लागि चिन्ता गर्नुपर्दैन । आधुनिक प्रविधिबाट पनि उनीहरू टाढा छैनन् । गाउँ–गाउँमा सडक पुगेको छ, सबैका आ–आफ्ना यातायातका साधन छन् । घर–घरमा रेडियो, टेलिभिजन छ, हात–हातमा फोन छ । तर पनि उनीहरूको पछुतो– इतिहाससँग छ । बाबु–बाजेप्रति गुनासो छ । अझ त्यसमा थपिएको हुन्छ– नेपालसँग आफ्नो सम्बन्ध तोड्न नसक्नु । यी वस्तुस्थितिलाई संकेत गर्दै म गफ गरिरहेको हुन्छु । र गफ सिलसिलालाई जोड्दै सेतै फुलेका ज्ञावाली बाजेलाई सोध्छु– ‘तपाईं आफैँ बर्मा आउनुभएको हो कि ! तपाईंको बुबा ?’ उनलाई आफ्नो बुबाको धमिलो कथामात्र सम्झना रहेछ । त्यो कथाभित्र जतिसुकै वेदना र कष्ठहरू गुट्मुटिए पनि उनलाई त्यो कथा सुनाउन कुनै दकस छैन, कुनै अप्ठ्यारो छैन । ‘आउन त मेरो बुबा आउनुभएको हो, गोराको पछि लागेर– बगैँचाको रेखदेख र गोडमेल गर्न तर मलाई मेरो बुबाको अनुहार सम्झना छैन । नेपालमा राजा जुद्धशमशेर थिए ।’ उनी बोल्दै जान्छन्– ‘बर्मामा जापानीहरूले आक्रमण शुरु हुनासाथ बृटिशले पनि आफ्नो पल्टन बढाएछ । त्यहीँ बढेको पल्टनमा थुप्रै गोरखाली लिएर गोरा कलकत्ताबाट बर्मा आए । गोरखाले बहादुरसाथ लडे । जापानी हारेर गयो तर गोरखालीले बर्मा छोड्न चाहेनन् । बरु नेपालबाट उनीहरूका श्रीमती र छोरा–छोरी थपिए । अझ मेरो बुबाको सैताने हाँगो रहेछ, फर्किने कुरै भएन । गोराले पनि तिमी अहिले यही बस, म भारत गएर आउँछु भनेर फर्केको थियो अरे । तर भारतबाट ऊ बर्मा फर्किएन । आफ्नो देश बेलायत पो गएछ । केही दिनपछि यता बर्मामा गोराको घरमा बम बिष्फोटन भयो । मेरो बुबा उम्कन सक्नुभएन । म र मेरी आमाचाहिँ उम्कन सक्यौं तर मलाई बुबाको अनुहार हेक्का छैन ।’ आफ्नो वेदनायुक्त कथा भनिसकेपछि पनि ज्ञवाली–बाजेको अनुहारमा कुनै भावुकता देखिनन् । उनी अपमानबोध देखिएनन् । वास्तवमा कयौं वर्ष अघिको घाउलाई सम्झेर पनि भएन । त्यहीबेला एक जना ४५ वरिपरिको व्यक्ति आँगनमा टुप्लुक्क देखा पर्छन् । उनको अनुहारको रोकन र कम्मरमा बेरिएको लुङ्गीले म अन्दाज लगाउँछु– पक्कै गोरखाली नै हुन् । र ती व्यक्तिलाई सामान्य रूपमा आपूm नजिकै आउने संकेत गर्दै नमस्कार गर्छु । “नमस्कार ! आउनुहोस् ! बसौं ।” तर ती व्यक्ति मेरो नमस्कार फर्काउन परै जाओस्, टाउको समेत हल्लाउँदैन । बरु सुने–नसुने गरी पिँढीको छेवैको कुर्सीमा ढसमस्स बस्छन् । “यो गोरखाली होइन, यसले नेपाली बुझ्दैन ।” “यी को हुन् त ? नेपाली जस्तै देखिन्छन् ।” म सोध्छु । “यो यहीको ‘खोष्टे’ हो । बर्मेली !” म खोष्टेको अर्थ बुझ्दिनँ । तर यसको अर्थ आदरणीय वा सम्मानजनक जस्तो लाग्दैन । यसले अवश्य कुनै समुदायलाई होच्याएको छ वा प्रहार गरेको छ । पछि थाहा हुन्छ । जब बर्मामा बृटिशले भारतीय र नेपालीलाई ओर्सान थाल्यो– त्यति नै स्थानीय बासिन्दाहरू रुष्ठ हुन थाले । उनीहरू डाइले बन्दै गए । स्थानीय र थपिएका बीच तनाव बढ्दै गयो । बर्मेलीहरू आफ्नो बासस्थानमा नयाँ अनुहार देख्न चाहँदैन थिए तर बृटिश सरकार थप्दै जान्थ्यो । अब उनीहरूबीच मारपिट र भनाभन गालीगौलज शुरु हुन थाल्यो । बर्मेलीहरू बाहिरबाट थपिएकालाई ‘कल्ला’ भनेर दुर्वाच्च बोल्थे भने आप्रवासीहरू भने स्थानीयलाई ‘खेष्टे’ भनेर होच्याउँथे । कल्लाको अर्थ– कुला, पानी वा डुङ्गा तरेर आएको विदेशी । त्यस्तै खेष्टे भनेको– मकैको खेष्टामा सुर्ती बेरेर तान्ने । त्यो दिनभरि नै म घर–घर चाहार्दै हिँड्छु । मकै, चिया, मिठाइ खाँदै हिँ्छु । लाग्छ ! म त्यति टाढा पुगेर पनि आफ्नै गाउँघरमा हिँडेको छु । र साँझतिर मात्र नाउछो (अर्को शहर) पुग्छु । क्रमसः #नगेन्द्र न्यौपाने |
निकेश भण्डारीको अविश्वसनीय थ्रिडी (3D) चित्र कला: निकेश भण्डारी चित्र बनाउन रहर गर्छन् । उनको रुचिको विषय हो यो तर जब चित्र बनाइसक्छन् र अरुलाई देखाउँछन्, मानिसहरुले विश्वास गर्न गाह्रो हुन्छ कि यो बनाइएको चित्र हो । उनले बनाउने चित्रहरुलाई थ्रिडी चित्र भनिन्छ । थ्रिडीको अर्थ हो, चित्रले लम्बाइ र चौडाइ मात्रै देखाउँदैन, यसमा गहिराइ पनि अनुभूत गर्न सकिन्छ । उनका चित्रहरु अहिले बिस्तारै सामाजिक सञ्जाल तिर चर्चा पाउन थालेका छन् । उनी यसबाट थप उत्साहित भएको बताउँछन् । यहाँ हामीले उनका केही चित्रहरु प्रस्तुत गरेका छौँः चित्रमा प्रस्तुत भएका सामग्रीहरु विज्ञापनका रुपमा प्रयोग गरिएका होइनन् तर हामीले दैनिक जीवनमा देखिरहेका र प्रयोग गरेका वस्तुहरुको उनी चित्र बनाउन मन पराउँछन् । |
एकान्तवासका अनुभूति किताबमा: भरतपुर, साहित्यपोस्ट पत्रकार विनोदबाबु रिजालको पहिलो कृति ‘एकान्तवास’ को लोकार्पण गरिएको छ । यो पुस्तक कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न गरिएको लकडाउनको सेरोफोरोमा लेखिएको हो । पुस्तकको शनिबार वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीसँगै लेखककी आमा पदमकुमारी रिजाल, सासूआमा गौरीदेवी बस्ताकोटी र पत्नी कल्पना बस्ताकोटीले लोकार्पण गरे । साहित्यकार विनोदीले लकडाउनलाई विनोदबाबुले सदुपयोग गरेको बताए । “असहज परिस्थितिलाई सदुपयोग गर्नुभएको छ, यो कृति पठनीय छ”, उनले भने, “राम्रो कृति आएको छ, ‘न्युज’, ‘भ्युज’ को सम्मीश्रण छ ।” एकान्तवासमा साधना गरी निकालेको कृति उपयोगी हुने उनले बताए । पछिल्लो समय पत्रकार पनि साहित्यको क्षेत्रमा अघि बढेकोमा आफूलाई खुसी लागेको उनले बताए । कृतिको समीक्षा गर्दै साहित्यकार बालकृष्ण थपलियाले चैत ८ देखि असार १ गतेसम्मका मुख्य घटनाक्रम, तथ्यांक र अनुभूतिलाई रोचक ढंगले समावेश गरिएको बताए । “यो डायरी पढिरहँदा हामी उनीसँग रुन सक्छौँ, हाँस्न सक्छौँ”, उनले भने, “कतै इतिहास सम्झिन सक्छौँ, कतै जीवनका आरोह अवरोह सम्झिन सक्छौँ ।” सधैँ समाचार लेखिरहने पत्रकारले हरेक दिनका मुख्य घटनाकै प्रभाव समेटेको चर्चा थपलियाले गरे । “कोरोना नियन्त्रण र रोकथामका लागि भएका पहल पनि समेटिएका छन्”, उनले थप भने, “समाचार मात्रै होइन, अनुभव पनि पोखेका छन्, यो कृति भावी पुस्ताका लागि दस्ताबेज पनि हो ।” साहित्यकार एलबी क्षेत्रीले एकान्तवासको असह्य पीडा भोगे पनि मिठो कृति ल्याएकोमा खुसी व्यक्त गरे । साहित्यकार केदार खनालले समाजका लागि एकान्तवास कृति दस्ताबेजका रुपमा रहने बताए । समीक्षक उदय अधिकारीले लकडाउनलाई भावी पुस्ताले सहजै बुझ्ने भाषामा उतारेको चित्रण गरे । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले कृति सबैखाले पाठकका लागि पठनीय बन्नेमा विश्वास व्यक्त गरे । “यो डायरी मात्रै होइन, यसमा देश तथा विदेशका मुख्य घटनाहरु सबै समेटिएका छन्”, उनले भने, “जुनसुकै भूगोलमा बसेर पनि पढ्न मिल्ने कृति निस्केको छ ।” लेखक रिजालले अविष्मरणीय लकडाउनको सम्झनाको संगालो भएको बताए । “गाहिरो कल्पनामा डुबेर लेखिएको किताब होइन, कोरोना त्रास र लकडाउनको कालो दिनलाई सम्झने प्रयास गरेको हुँ ।” लकडाउन अवधिमा अर्थतन्त्र र सामाजिक जीवनमा पारेका प्रभावलाई एकीकृत गरी पुस्तकको आकार दिएको उनले बताए । कृतिमा लकडाउन अवधिमा भएका राजनीतिक उतारचढाव, प्रधानमन्त्रीका अभिव्यक्तिहरु, नयाँ नक्सा जारी, संक्रमितको बढ्दो प्रभावलगायतका घटना समेटिएका छन् । कृति युरेका पब्लिकेसनले प्रकाशन गरेको हो । युरेका पब्लिकेसन तथा सम्पूर्ण किताबका लेखराम सापकोटाले पत्रकार रिजालले लकडाउन अवधिलाई पत्रकार र नागरिकको आँखाबाट नियालेर दैनिकीमा लिपिबद्ध गरेको बताए । सापकोटाले लकडाउन अवधिका तथ्यांक मात्रै नभई त्यसले पारेका प्रभाव र आउन सक्ने चुनौतीसमेत समेटी कृति आएकाले पढ्न उपयोगी हुने बताए । रिजालले डायरीलाई ७८ मूल शीर्षकमा लेखेका छन् । २ सय ७६ पृष्ठ रहेको पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ । कृतिमा ३ लामा कविता पनि छन् । पत्रकार रिजाल कायाकैरन दैनिकका सम्पादक हुन् । उनी १६ वर्षदेखि चितवनको पत्रकारितामा क्रियाशील छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेको उनी कानुन संकायमा एलएलबी पनि गर्दैछन् । व्यवथापनतर्फ कक्षा ११ र १२ मा कविलास माविमा अध्यापन पनि गर्छन् । धादिङको वेनिघाट रोराङ–१० का रिजाल हाल भरतपुर–१० मा बस्छन् । #एकान्तवास |
लोकगीत–संगीतमा जनकविकेशरीले पुर्याएको योगदानको स्मरण: साहित्यपोस्ट नेपाली लोकसाहित्यका धरोहर जनकविकेशरी धर्मराज थापाको ९६ औं जन्मजयन्ती मनाइएको छ । कोरोना महामारी तथा लकडाउनको असहज परिस्थितिलाई मनन् गर्दै उनकै निवास कास्कीचोक, स्वयम्भूमा एक कार्यक्रमका बीच थापाको जन्मजयन्ती मनाइएको हो । जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको जन्मजयन्ती कार्यक्रममा अध्यक्ष मदनराज थापाले उनका कृतिको उत्थान तथा प्रचारको योजना बनाइएको बताए । ‘नेपाली साहित्य र लोकसंगीतको क्षेत्रमा उहाँले छोडेर जानुभएका तमाम कृति तथा गीतलाई आधुनिक प्रविधिमा रूपान्तरण गरेर जर्गेना गर्ने पहल सुरु भएको छ,’ उनले भने । थापाका कालीको लहर, गोल सिमल, मंगली–कुसुम, तिलोत्तमाको भेल, लोकसंस्कृतिको घेरामा लमजुङ, तनहुँ फूलबारी, चितवन दपर्ण लगायत कविता, काव्य तथा अनुसन्धान मुलक कृति प्रकाशित छन् । यसैगरी, मौलिक लोकगीत गायनमा पनि उनको छुट्टै पहिचान पाइन्छ । स्वर्गीय थापाका रेडियो नेपालमा हरियो डाँडामाथि हलो जोत्ने साथी, धुरुधुरु नरोऊ आमा, आज मादल बजेको किन, नेपालीले माया मा¥यो बरिलै, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, कहाँ गयौ वीर केआई सिंह झ्यालखाना तोडेर, जन्मेछौ बुद्ध नेपालमा जस्ता दर्जनौं कालजयी लोकगीत रेकर्ड भएका छन् । थापाले तत्कालीन १४ अञ्चल ७५ जिल्लाको भ्रमण गरी लोकगीत संकलन गरेर रेडियो नेपालमा रेकर्ड गराएका थिए । साथै, देशभरिका गन्धर्वहरूको पहिचानलाई प्रचारप्रसार गर्न गन्धर्व संगीतको भेला समेत गराएका थिए । उता देशबाहिर दार्जिलिङ, सिक्किम, आसाम, देहरादुन, भाक्सु, गुहावटी लगायत क्षेत्रको भ्रमण गरी नेपाली लोकगीत र लोकसाहित्यको प्रचारमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए । साहित्य संगीतबाट राष्ट्रलाई योगदान पुर्याएको भन्दै तत्कालीन राजा महेन्द्रले २०१३ सालमा थापालाई जनकविकेशरीको उपाधी दिएका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाले त उनलाई झ्याउरेको ‘बुलबुल’ उपनाम दिएको पुराना साहित्यकार सम्झिन्छन् । साहित्य तथा लोकगीत संगीतको माध्यामबाट राष्ट्रलाई अतुलनीय योगदान पु¥याएका थापाको जन्म १९८१ साल साउन १ गते कास्की (पोखरा) को बाटुलेचौरमा भएको थियो । उनको निधन २०७१ साल असोज २८ गते स्वयम्भूस्थित आफ्नै निवासमा भएको थियो । #धर्मराज थापा |
इच्छामृत्यु: धेरै धेरै कोसिस गरिरहिन् तर अँहँ ! सकिनन् उनलाई बुझ्न माया गरिन् घृणा गरिन् केही गरी पनि सकिनन् अनि उनैले आत्महत्या गरिछन् अनुसन्धानमा एउटा पत्र भेटियो जसमा लेखिएको थियो – “ यसरी आँटेपछी पुगिने रहेछ ऊभित्रको देश ।” #इच्छामृत्यु #ज्ञानेन्द्र दाहाल |
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा माइलासहित एक दर्जन निर्वाचित: प्रकाश पौडेल “माइला” अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाश पौडेलको नेतृत्वमा नयाँ कार्यकारी समिति घोषणा गरेको छ । अनेसासले ६ साताअघि तोकेको निर्वाचित समितिले विश्वभरका १ हजार २ सय बढी मतादाताहरूले दिएकाे मतका आधारमा नयाँ कार्यकारी समिति चयन गरेकाे निर्वाचन समितिले घाेषणा गरेकाे हाे । संस्थामा करिब २ हजार १ सय जना आजीवन सदस्य रहेकाे जानकारी दिइएकाे छ । समितिकाे अन्तिम नतिजाअनुसार कार्यकारी अध्यक्षमा प्रकाश पौडेल “माइला” निर्विरोध निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा गोवर्धन पूजा आजीवन सदस्यहरूले दिएकाे भाेटका आधारमा निर्वाचित भएका हुन् । गोवर्धन पूजाले ७५५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी लालगोपाल सुवेदीले ३९७ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतहरू डा. चुडामणि खनाल, तीर्थराज पाण्डे, पुष्पा खनाल, विजयराज भट्टराई, कुमार सिम्खडाले उक्त जानकारी दिएका हुन् । अनेसास महासचिवमा सर्वज्ञ वाग्ले निर्वाचित भएका छन् । महासचिव वाग्लेले ६६८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी स्पन्दन विनोदले ४ सय ५२ मत प्राप्त गरेका छन् । गोवर्धन पूजा सदस्यहरूमा सबैभन्दा बढी मत जापानका दीप पाठकले प्राप्त गरेका छन् । पाठकले ८२६ मत प्राप्त गरे । सदस्यमा निर्वाचित हुने मध्ये दुइजना सदस्यहरूले बराबर मत ल्याएर निर्वाचित भएका छन् । दोस्राे धेरै मत प्राप्त गर्नेहरूमा तारा अधिकारी र रणुका बस्नेत छन् । दुबैले ६२८ मत पाएका छन् । त्यसैगरी अर्का सदस्य प्रमोद सारंगले ५ सय ८८ मत प्राप्त गरे भने निजानन्द मल्लले ५७१ प्राप्त गरे । उपाध्यक्षहरूमा राजेन्द्र श्रेष्ठ (अमेरिका) बाबा बस्नेत (एसिया) सुनिल संगम (युराेप) र राजेश बुढाथोकी (अाेसेनिया) विजयी भएका छन् । चारैजना क्षेत्रीय अध्यक्षका रूपमा निर्विरोध भएका हुन् । कोषाध्यक्षमा कृष्ण गिरी निर्विराेध निर्वाचित भएका छन् । सचिवमा भने निर्वाचन भएकाे थियाे । सचिवमा विमला निराैला र प्रेमप्रसाद भट्टराइबीच प्रतिस्पर्धा भएकाे थियाे । विमला निराैलाले प्रेमप्रसाद भट्टराईलाइ अत्यधिक मतले पराजित गरेकी हुन् । निराैलाले ७ सय ५७ मत प्राप्त गरिन् भने भट्टराइले ३ सय ४८ प्राप्त गरे । दीप पाठक सर्वज्ञ वाग्ले #अन्तर्राष्ट्रिय |
तुलना: ‘कति ऐनामा मात्र अनुहार हेरेकी ?’ झ्यालनेरको कुर्सीमा बस्दै ‘क’ले भनी । ‘जे भए पनि टिपटप त बन्नै पर्\u200dयो नि ? के गर्नु तँलाई थाहा नै छ कतिबेला फोन आउँछ ?’ ‘ख’ ले जवाफ दिई । ‘त्यो त हो, मैले पनि होइन कहाँ भनेकी छु र ? अनुहार त उर्वशीको भन्दा पनि कम छैन तिम्रो त ?’ ‘क’को जवाफपछि ऐनामा हेर्दै फुलेका कपाल टिप्दै उसले भनी, ‘केही महिना अगाडिको भन्दा अहिले त धेरै नै फुलेछ ।’ ‘त्यसमा चिन्ता नगर न । कालो लगाउँला तर के गर्नु खै ?’ ‘क’ले अनकनाउँदै भनी । साथीको शब्दमा ऊ बढी जिज्ञासु बनेर प्रश्न सोध्न थाली, ‘के तर…?’ ‘ऊ त्यो हाम्रो कोठाअगाडि सडकको छेवैमा रोकिएको ट्रक हेर त ?’ ‘क’को जवाफमा उसले भनी, ‘त्यो त सधैँ देखेकी नै छु मैले, तिमीले पनि देखेकी छ्यौ होइन र ?’ ‘थाहा छ तिमीलाई दश वर्ष भयो, त्यो जहाँको त्यहीँ छ ? अहिले त्यो ड्राइवर, मालिक सबैबाट त्यागिएको छ । अहिले त्यसलाई कसैले वास्ता पनि गर्दैन । एकताका त्यसको कस्तो माग थियो । राजमार्गमा क्या शानले गुड्थ्यो त्यो । तर आज त्यसको स्थिति देख्दा मलाई पनि त्यस्तै लाग्छ कुनै दिन हामी पनि त्यसको नियति बाँचिरहेका त हुने छैनौँ ।’ साथीको फुलेको कपाल उखेल्दै ‘क’ले भनी । #देवेन्द्र अर्याल ‘आँसु’ |
दुई गीतहरू: १ भेट्न मन लाग्दो रैछ बोल्ने आँट नभएनी आँखा प्यास मेट्दो रैछ छुने आँट नभएनी। पूर्व घाम झुल्की आउँदा उर्ली आए आशाहरू पारि जुन अस्ताउँदा वर्षिरहे आँखाहरू आशा त्यसै मर्दो रैन्छ मिल्ने छाँट नभएनी आँखा प्यास मेट्दो रैछ छुने आँट नभएनी। फूल हुन रहर लाग्यो उनले शिरमा सजाउँथिन् ऐना हेर्दै मुस्कुराई आफैँसँग लजाउँथिन् नसाजस्तै रैछ मायाँ चुस्की लिन नपाएनी आँखा प्यास मेट्दो रैछ छुने आँट नभएनी। २ सपनीमा देखेँ फेरि बिथोलियो मन टाढाटाढा किन भयौ साँच्चै तिमी भन। चुपचाप रित्तो मनमा तिमी आई बस्यौ थाहै नपाई कतिखेर हृदयमा पस्यौ मन तिम्रो रैछ खोटी चिन्न सकिएन समयमै कुनियत जान्न सकिएन। पोल्टाभरि चिल्ला कुरा कैँची रैछ मन्मा जुग जाने मायाँभन्दा तृष्णा रैछ तन्मा मुटु घायल बनाई गयौ नफर्किने गरी अधकल्चो पारी छाड्यौ नबौरिने गरी। (हाल अमेरिका बसाेबास गर्ने गीतकार अर्यालका चार कथा संग्रह प्रकाशित छन् भने एउटा गीत संग्रह प्रकाशोन्मुख छ ।) #सीता अर्याल |
बाल्यकालको कथाः फुल्टिन हराएपछि: स्कुलका मेरा सबै साथीहरू फुल्टिनले लेख्थे । म चाहिँ बाँसको कलमले लेख्थेँ । बाँसको कलम मसीको बट्टामा चोपेर लेख्नुपर्दथ्यो । त्यसरी लेख्दा मेरो मनभरि पनि फुल्टिनले नै लेख्ने रहर जाग्थ्यो । मैले मेरो रहरलाई पिताजीसँग भनेको पनि हुँ तर पिताजीले पैसा छैन भनेर उल्टै गाली गर्नुभयो । म मरिच चाहुरिएजस्तै भएर बाँसकै कलम लिएर स्कुल जान्थेँ । आमालाई थाहा थियो मेरो फुल्टिन मोह । उहाँसँग पैसा थिएन । पैसा भएको भए ला, कान्छा यसले किन् भन्नुहुन्थ्यो पक्कै । पिताजीसँग मैले फुल्टिन किनिदिनु भनेर गरेको आग्रह उहाँले सुन्नुभएको थियो । पिताजीले पैसा छैन भनेर मलाई गाली गरेको पनि उहाँलाई थाहा थियो । किनिदिनू न त एउटा फुल्टिन । रहर गर्दैछ । साथी सबैसँग फुल्टिन छ रे । ऊ मात्रै कति बोकोस् बाँसको कलम ? आमाले पितासँग भन्नुभएको हो । पिताले सुनेको नसुन्यै गर्नुभयो । केही दिनपछि आमाले बोलाएर मलाई भन्नुभयो, “बाबु तलाई फुल्टिन चाहिन्छ होइन ? तेरा पितासँग पैसा छैन । पितासँग नरिसा । तेरो रहर म पूरा गरिदिन्छु । अब तँसँग नि फुल्टिन हुनेछ । फुल्टिनले नै लेख्नेछस् पाठशालामा ।” म हाँसे । आमाको हात समातेँ । आमाले सन्तानको चाहना बुझ्दा रहेछन् । मेरी आमाले पनि बुझ्नुभयो । मैले आमाको मुहार नियालिरहेँ एकछिन । आमाले एउटा पोको मलाई दिनुभयो र भन्नुभयो, “कान्छा यो दुई माना चामल लैजा । पसलमा लगेर थुके नेवारकी छोरीलाई दिनू । मैले पठाइदिन्छु भनेकी छु । यसबाट आएको पैसाले फुल्टिन किन्नू । तर, पिताजीलाई यो कुरा नभन्नू नि । पिताजीले थाहा पाउनुभयो भने फेरि गाली गर्नुहुन्छ ।” म आमाको कुरामा सहमत भएँ । मलाई त्यतिबेला आमाको महत्त्व बोध भयो । आमाले भनेजस्तै गरी पिताजीलाई नदेखाई मैले दुई माना चामल पसलमा पुयाएँ । मेरो चामल थुके नेवारकी छोरीले पच्चीस पैसा मानाको दरले किनिन् । मसँग पचास पैसा भयो । त्यही पचास पैसा लिएर म इलाचा साहुको पसलमा गएँ । पचास पैसामा मसीसहितको फुल्टिन किनेँ । फुल्टिन बोकेपछि मलाई लाग्यो, “म धेरै ठूलो मान्छे भएँ । फुल्टिन बोक्ने मान्छे अब झिनो मसिनो होइन । मलाई अब कसैले हेप्ने छैनन् । मसँग फुल्टिन छ ।” फुल्टिन लिएर म घर गएँ । आमा घरमै हुनुहुन्थ्यो । मसी र फुल्टिन आमाको हातमा दिएँ र भनेँ, “आमा किनेँ फुल्टिन मैले ।” आमाले फुल्टिन समाउनुभयो । आमाको अनुहारमा शरच्चन्द्र आएर थपक्कै बसेजस्तो देखियो । त्यही फुल्टिन आमाले मेरो हातमा दिँदै भन्नुभयो, “कान्छा धेरै पढेर ज्ञानी हुनू । यही फुल्टिनले हाम्रो घरभित्र उज्यालो ल्याउनू । आपिसमा सही गर्ने हुनू । हामीले जस्तो तमसुकमा ल्याप्चे हान्ने नहुनू । मेरो फुल्टिन बोक्ने चाहना पूरा भएको थियो । ठूलो सङ्घर्षपश्चात् पाएको फुल्टिन मेरो लागि सबै थोकभन्दा प्यारो थियो । विगतका दिनमा अरू साथीहरूले फुल्टिन चलाउँदा मभित्र ईष्र्याको भाव उत्पन्न हुन्थ्यो । मभित्र ईश्र्या जाग्नु स्वाभाविक नै थियो । मसँग पनि उनीहरूको जस्तै चाहना थियो । अनि फुल्टिनले पाठ लेख्ने इच्छा थियो । फुल्टिन लिएर स्कुल गएको दिन मेरो छाती सगरमाथा झै ठडिएको थियो । अरू साथीले देखुन् अनि यसको पनि फुल्टिन रहेछ भनुन् भन्ने मेरो तीव्र महत्वकांक्षा थियो । स्कुल जानु अगाडि र छुट्टी हुनु अगाडि सधैँ झोला जाँच गर्थेँ फुल्टिन हराउँछ होला भनेर । हिँडेको बेला पनि टक्क रोकिएर झोलाको फुल्टिन छाम्थेँ । जुन कुराको तीव्र महत्वकांक्षा हुन्छ त्यो आफूसँग सधैँ नटिक्दो रहेछ । मेरो चाहनाको फुल्टिन मसँग धेरै दिन टिक्न सकेन । त्यो दिन स्कुल छुट्टी भएपछि झोलामा मैले फुल्टिन चेक गरँे । झोलामा फुल्टिन थिएन । झोलाबाट सबै किताब कापी भुइमा खन्याएँ तर फुल्टिन खसेन । रित्तो झोला टक्टक्याउन पनि बाँकी राखिनँ । फुल्टिन नभेटेपछि रुन बाहेक मेरो अर्को विकल्प रहेन । म यसरी रोएँ मानौँ मेरो रूवाइको आवाज सुनेर कुनै कुनामा खसेको फुल्टिनले म यहाँ छु तँ नरो भनोस् । तर सोचे अनुसार नत फुल्टिन बोल्यो नत मेरो रुवाइ नै रोकियो । मेरो रूवाइ सुनेर घर हिँड्न लागेका सबै सरहरू पनि त्यहाँ आएर सोधे मलाई— के भयो तलाई र रुँदैछस् केटा ? अब मलाई आमाले मार्छिन् । किन ? के भो र ? मेरो फुल्टिन छैन । हरायो । झोलामै राखेथेँ । अहिले छैन । सरहरूले यता उता खोज्नु भयो । तर भेटिएन । छुट्टी भइसकेको हुनाले सबै साथीहरू घर गइसकेका थिए । मेरो रुने क्रम अलिक मधुरो भएको थियो । तर फुल्टिन चाँडो भेटिए हुन्थ्यो भन्ने आशाको लहरले भने हृदयभित्र छल्का मारिरहेको थियो । मलाई सम्झाउँदै सरले भन्नु भयो — “कुन चैँ साथीले लगिदियो । अब यहाँ खोजेर पाइदैन । तँ घर जा अब । यो कोठा बन्द गर्नु पर्छ । पिउन आइसक्यो ढोका लगाउन ।” सरहरू सबै घर गए । पिउनले ढोका लगाए । मैले पनि झोला भिरेँ । सरहरू आँखाबाट ओझेल परेपछि मलाई झन् रुन आयो । फुल्टिन किनेको दिन झम्झेँ । कति खुसी थिएँ त्यो दिन । अहिले फुल्टिन हरायो । कति दुःखी छु म । सोच्दै सोच्दै स्कुल प्राङ्गणबाट बाहिरिँदै घरतिर निस्किएँ म । घरमा गएर कसरी भन्ने मैले आमालाई फुल्टिन हरायो भनेर । त्यो किन्नका लागि कत्रो सङ्घर्ष गर्नु परेको थियो । पिताजीले नदेखी आमाले दिएको चामल बेचेर किनेको फुल्टिन मैले जतन गर्न सकिनँ । म घरमा गएँ भने आमाले पक्कै पनि पिट्नु हुन्छ । घर नजान पाए पनि हुन्थ्यो । मेरो मनमा अनेक कुराहरू खेल्न थाले । कमिलाको चाल गरेर म हिँड्दै थिएँ साँझ पर्न लागेको थियो । मेरो मनले चाहेको थियो “आज रात नपरोस् ।” रात परेपछि मलाई घरबाट खोज्न आउँछन् र पिट्छन् । मभित्र भयङ्कर डर उत्पन्न हुन थाल्यो । घाम अस्ताइसकेको थियो । बिस्तारै अँध्यारोले धर्तीलाई छोप्दै थियो । हाम्रो घरदेखि दश मिनेट परेको दूरीमा एउटा थोत्रो पाली थियो । त्यहाँ मान्छे बस्दैनथे । झ्याल ढोका उदाङ्गै थिए त्यहाँ । म त्यहाँभित्र पसेँ र एउटा निर्णय गरेँ, “आज म घर जान्नँ । यही पालीमा रात काट्छु ।” त्यो पालीभित्र धूलैधूलो थियो । बस्नका लागि केही सामानहरू पनि थिएनन् त्यहाँ । एकछिन उभिएर यताउता नियालेँ । अँध्यारो पाली त्यसमाथि झ्याल ढोका नहुँदा राति स्याल आएर मलाई खायो भने भन्ने डर लाग्न थाल्यो । त्यो पाली दुई तले भएको हुनाले म माथिल्लो तल्लामा चढेँ । माथिल्लो तल्लाको छेउमा बसेर तलतिर हेर्दा मलाई झन डर लाग्यो । यहाँ बस्यो भने त तलबाट स्यालले उफ्रेर खान्छ मलाई भन्दै उठेर कुनातिर गएर बसेँ । रात झमक्कै परेको थियो । सबै साथीहरू स्कुलबाट घर गइसकेका थिए । उनीहरूले खाजा त के बेलुकीको खाना पनि खाइसकेका थिए त्यो बेलासम्म । मलाई भोक लागेको थियो । बिहान आठबजे खाएको खानाले काम गर्न छाडेको थियो । तर फुल्टिन हराएको पीडाले भोक तिर्खा मेरो लागि साधारण मात्रै भएका थिए त्यो दिन । जताततै धूलो र मुसाका लिंड बाहेक अरू केही पनि थिएन त्यहाँ । पुरानो दौरा र कट्टु मात्रै लगाएको हुनाले मलाई जाडो भयो । धूलामाथि नै पलेटी कसेर बसेँ म । नाङ्गो तिघ्रा छोप्नका लागि दौराको फेरलाई सहारा लिएँ । रात सकिएपछि उज्यालो हुन्छ । उज्यालो भएपछि घरका पिताजी र आमाले थाहा पाउँछन् र मलाई पिट्छन् । त्यसैले यो रात रातमै सीमित रहोस् भनेर कामना गरेँ । मैले कामना गरेकै समयमा मेरो कानमा पिताजीको आवाज हुरी बनेर ठोकियो । “कान्छा ..कान्छा कहाँ छस् छिटो आइज बाबु ।” छिटो आइज बाबु भनेर पिताजीले बोलाउनु भएको आवाजले मेरो मुटु भक्कानिएर आयो । ‘म यहाँ छु । आउन त मन छ तर डरले आउन सक्दिनँ ।” भन्न मन लागेको थियो पिताजीले जस्तै ठूलो आवाजले तर मैले आफैलाई नियन्त्रण गरेँ । पिताजीले धेरै चोटि बोलाउनुभयो । आमाले पनि बोलाउनु भयो यसरी — “कान्छा …भात खान आइज । यो राति कहाँ गइस् ? मलाई किन रुवाउँछस् तँ हँ ?” आमाको आवाज सुनेपछि मैले आँसु रोक्न सकिनँ । मन भक्कानिएर आयो । हातले मुख छोपेर रोएँ धेरै बेरसम्म । सधैँ आमासँग सुत्ने बानी थियो मेरो । त्यो दिन मलाई आमाको छेउ नजान पाए पनि हुन्थ्यो भन्ने लागेको थियो । बिस्तारै घरबाट बोलाउन छाडे । मैले कल्पना गरेँ म घर नगएपछि पिताजी र आमाले भात खाएनन् होला । छोरो हरायो भनेर रुँदै होलिन् आमा । त्यही बेला पल्ला घरका कान्छा काका राँको बालेर खोज्दै आएको मैले थाहा पाएँ । काकाले थाहा पाउँछन् र मलाई घर लैजान्छन् भनेर म चुप लागेर त्यहीँ बसिरहेँ । “छैन है कान्छो त कतै पनि ।” भनेर काका त्यहाँबाट गए । काका त्यहाँबाट गएपछि म ढुक्क भएँ । “अब मलाई कसैले भेट्दैनन् ।” ७, ८ वर्षको कलिलो केटो । फुल्टिन हराएको कारण मैले यो सब भोगिरहेको थिएँ । डर र त्रासको पिङमा मचिदा मचिदै कतिबेला म निदाएछु । बाहिरको कल्याङ बल्याङ आवाजले मेरो निद्रा भङ्ग भयो । बाहिर बाटोमा मान्छेहरू भन्दै थिए – “कान्छो पक्कै म¥यो । अब लास पो कहाँ भेटिन्छ । केटाकेटी नाथे । बाघले पो खायो कि ?” मलाई बाघले खाएको थिएन । म मरेको पनि थिइनँ । तर मलाई मान्छेहरू मयो होला भन्ने अनुमान गर्दै थिए । “ला ! अब मान्छेहरू यसभित्र आए भने ?” म सोच्दै थिएँ । यस पालीभित्र मान्छेहरू नआऊन् । मलाई नभेटून् । मेरो फुल्टिन हराएको कालो समाचार सुनेर आमा र पिताजीले कालो मुख नपारून् । केही समयपछि कान्छा काका त्यो पालीमा पस्नु भयो । “कान्छा कहाँ छस् तँ ?” यति भन्नुभयो । अनि भ¥याङ्गबाट उक्लिनु भो माथि । देख्नु भो मलाई । म पुलिसका अगाडि चोर जस्तै भएँ । काका खुसी हुनुभो । भन्नु भो अनि — “तेरो माया मारिसकेको थियौँ । यहाँ रहिछस् । हामीलाई किन दुःख दिइस् कान्छा ?” काकाले बर्बरी आँसु निकाल्नु भो आँखाबाट । मलाई समातेर तल्लो तलामा झार्नु्भयो । म पनि त्यति बेलासम्म आँसु आँसु भइसकेको थिएँ । काकाले मेरो हात समातेर घरतिर लैजानुभयो । गाउँका सबै मान्छे मलाई हेर्न थाले । रातभरिको हल्ला खल्लाले म हराएको कुरो धुवाँ बनेर उडेको थियो । मलाई देखेर आमा यसरी झाँक हाल्न आउनु भो मानौँ मैले आमाका लागि एक सेकेण्ड पनि ओझेल पर्नु हुन्थेन । आमाले रूदै भन्नु भो, “तलाई मेरो माया लागेन । कहाँ गइस् तँ रात भर ? केटाकेटी मान्छे घर चाँडै आउनु पर्दैन ? तेरै कारणले हिजो बेलुका देखि तेरा पिता र मैले मुखमा पानी पनि हालेका छैनौँ ।” आमाले त्यति भन्न नपाउदै पिताजी पनि आइपुग्नु भो । मलाई देखेर पिताजीले जुरूकै बोक्नु भयो । मानौँ म पिताजीका लागि सबैभन्दा प्रिय थिएँ र मेरो एक रातको अभावले उहाँका लागि म झन् प्रिय भएँ । काकाले पालीमा रहेछ भनेपछि पिताजी र आमा झन् आत्तिनुभयो । “किन त्यो पालीमा बसेको कान्छा ? कसो स्यालले खाएन ? किन घरमा नआएको ?” पिताजीले सोध्नुभयो । पिताजीको सोधाइले मेरो बह भरिएर आयो । अनि रुँदै भनेँ, “फुल्टिन हरायो । आमाको दुई माना चामल बर्बाद भयो । मैले जतन गर्न सकिनँ ।” मेरो कुरा सुनेर आमाले भन्नु भयो, “मरेकी थिइनँ नि म । फेरि किन्नलाई दिन्थे नि चामल । किन त्यसो गरिस् बाबु ?” आमा, पिताजी र काकाको अनुहार हेरेर मैले भनेँ, “डर लाग्यो । डरभन्दा ठूलो अरू केही भएन मलाई । फुल्टिन हराएपछि मेरो सुद्धि पनि हरायो । तपाइहरूले गाली गर्नुहोला भन्ने डरले मैले घर बिर्र्सिएँ । तपाईँहरू पनि बिर्सिर्एँ । डरका कारण सबैभन्दा नजिकका मान्छे पनि टाढा झैँ लाग्दो रहेछ । घर नआएर त्यही धूले पालीमा रात काट््ने साहस गरेँ । आमाले दिनुभएको दुई माना चामलको संरक्षण गर्न नजान्ने मलाई हिनता बोध भयो र यो सब गरेँ ।” मेरो कुरा सुनेर काकाले भन्नु भयो, “फुल्टिन सबै थोक होइन कान्छा । तँलाई हिजै राति बाघले खाको भए ? के गर्नु फुल्टिनले ? फुल्टिन हराए पनि तँ त हराएको थिइनस् नि । तेरा पिता र आमा हराएका थिएनन् नि । पिता आमा र आफू नहराउनु ठूलो कुरा हो । फुल्टिन त पैसा भएपछि अर्को किन्न पाइहाल्छ नि कान्छा ।” काकाको कुरा सुनेर पिताजीले मेरो कपाल सुम्सुम्याउँदै भन्नुभयो, “तेरो चाहना पूरा गर्न मैले सकिनँ । उल्टो गाली गरेँ । तेरी आमाले बुझिछ तेरो भावना बरू । फुल्टिन हराएपछि थपक घर आउनु पर्दैन ? अबदेखि त्यस्तो काम कहिल्यै नगर्नू । भोलि पसलमा गएर म अर्को फुल्टिन किनिदिन्छु ।” म केही बोल्न सकिनँ । चुपचाप लागिरहेँ । आँखाबाट नजानिदो पाराले आँसु छछल्किन थालेका थिए । अघि काकाले भनेको कुरा सम्झनामा उतारेँ— “फुल्टिन त पैसा भएपछि अर्को किन्न पाइहाल्छ नि कान्छा । आफू नहराउनु पो ठूलो कुरा हो त ।” #फुल्टिन हराएपछि #लालबहादुर कार्की |
कथा : मधेसतिर: सुनकोसी र तामाकोसीको संगममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोसीमा धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोसीमा मिसिन्थ्यो । सुनकोसीलाई तर्नसक्ने कोहीमात्र होलान्, तर तामाकोसीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो । यी दुवै नदीको किनारमा दुवैतिर हरियोपरियो केही उम्रेको थिएन । यिनको सम्मानार्थ रुखपातहरू टाढै उभिएजस्ता थिए । सूर्यको प्रथम किरण पर्नासाथ पृथ्वीका पाप्रा उप्केझैं गरेर नदीका किनारमा गुम्लुंग परेर सुतेका चार–पाँच जना उठे । उठ्नासाथ सबैका मनमा प्रश्न उठ्यो— पेट कसरी भर्ने ? एउटाले अर्काको मनोभाव बुझेजस्तै गरेर सबै मुखामुख गर्न थाले । विधवाको दृष्टि गोरेमाथि थियो । उनले सबैलाई सम्बोधन गर्दै भनिन्, “होइन, तिमरु घरबाट हिँड्दा पेट भर्ने के उपाय गरेर हिँडेका थियौ ? के खाउँला भनी ठानेका थियौ ?” सबैजना विधवाको कुराले विस्मित भए । भोटेले भन्यो, “मेरो त घरै छैन ” बूढाले भन्यो, “मेरो थियो तर म अब घरबार नभएको छु । तर, नानी ! तिम्रो भए किन यहाँ आएकी त ?” घरबार नभएका यी चार जना— माग्ने भनौं कि कुल्ली भनौं— काम पाए कुल्ली नत्र माग्ने—का माझमा घरबार भएकी विधवा हँसिली थिइन् । तिनले अन्नपूर्णझैं झट्ट हातको पोकोबाट च्युरा झिकिन् र भाग लगाउन थालिन् । अनि सबैको च्युरामाथि चाकुका डल्ला राखिन् । सबैका आँखामा अकस्मात तेज आयो । र, सबैका हृदयमा विधवाप्रति महान आदरको भाव उत्पन्न भयो । गोरेलाई आफ्नो भागबाट च्युरा थपिँदिदै भन्यो, “तिमी जवान छौ, तिमीलाई अरुभन्दा बढ्दा भोक लाग्दो हो ।” फेरि सबैलाई सम्बोधन गर्दै भनिन्, “मधेसतिर हिँडेको । कोही छैनन् । सासू—ससुरा फुटेको आँखाले हेर्दैनन् । देवर रुखो माया गथ्र्यो । तर, पोइ नभएको घरमा टिक्न सकिनँ ।” यो वाक्यले ती चारै जनाको हृदयमा खुब प्रभाव पा¥यो । खान पाइने ठाउँ, पोइ छैन भन्दैमा लत्याएर हिँड्नु लरतरो काम होइन । तिनीहरू विधवालाई झन् मान गर्न थाले । उनले सोधिन्, “तिमीहरू कहाँ हिडेको नि ? तिमीहरूले त राति पनि केही खाएको देखिनँ । त्यसै सुत्यौ । मेरो पनि कोही साथी नभएकाले तिमीहरू नजिक आएर सुतें । रातभरि तिमीहरूको माया लागिरह्यो ।” भोटेले बडो आश्चर्य मानी सोध्यो, “तपाईंलाई हाम्रो किन माया लाग्यो ? हामी तपाईंका पोइ होइनौं, छोरा होइनौं, बाबु होइनौं ।” विधवाले भनिन्, “तिमीहरू मान्छे त हौ ।” हिजो दिनभरि नखाएको पेटमा च्युराका कणहरू पर्दा सबै फुर्तिला भएर उत्साहसँग कराई–कराई कुरा गर्न थाले । बूढाले भन्यो, “नानी, हामीहरू चार जनाको केही नाता छैन । कसैको घर छैन । यता काम पाइन छाड्यो । कतै काम पाइन्छ कि भनेर हिँडेको । अहिले तिम्रो कुराले मधेस जानुपर्ने जस्तो लाग्यो । के भन्छौ साथी हो, मधेस झर्ने ? मधेसमा पेटभरि खान पाइन्छ । म एकचोटि भारी बोकेर मधेस गएको थिएँ ।” उत्तिनै खेर सबैले मधेस लाग्ने निश्चय गरे । यी चार जना लोग्ने मानिस, एक स्वास्नी मानिस पाँचै जना दक्षिणको बाटो लागे । बूढाले आफ्नो जीवनका बितेका घटनाहरूलाई भन्यो— उसले एकचोटि निकै पैसा कमायो । १७ रोपनी खेती गथ्र्यो । पछि त्यसै बिग्री–बिग्री आयो । त्यसबेला ऊ जवान थियो । निधारमा नाम्लो हाली भरियाको काम गरी पेट भर्न सक्थ्यो । अब त त्यो पनि सामथ्र्य छैन । नत्र यो बूढो यसै भोकभोकै हल्लिरहन्थ्यो र ! अब मर्ने बखत पनि भयो । पेटको ज्वाला खप्न नसकी यताउति हिँड्नु परेको । विधवाले भनिन्, “मेरो त मधेसमा गएर राम्ररी घरबार गरी बस्ने इच्छा छ । सानो खेतीबारी ग¥यो । त्यहाँ खेती गर्न सजिलो छ रे ! जग्गा पनि त्यसै पाइन्छ रे । यहाँ त सासू—ससुराको कचकचले अड्नै सकिएन । फेरि पोइ मरेको ठाउँमा, त्यसै उच्चाट लागेर आउने ।” भोटे र धने तिनीहरूको कुरा चाख मानेर सुनिरहेका थिए । तर, आफू केही बोल्दैनथे । गोरे थाकेजस्तो भएको थियो । त्यो सबैभन्दा पछाडि गोडा धसारी हिँडिरहेको थियो । विधवाले गोरेका निम्ति पर्खिइन् । उनी थामिएपछि सबै थामिए । गोरे नजिक आएपछि विधवाले भनिन्, “के थाक्यौ गोरे ? घाम पनि अघ्घोर छ । तिम्रो टाउको तात्यो होला । लौ लेऊ, यो कपडा टाउकोमा राख ।” उनले आफ्नो टाउकोमा राखेको सेतो लुगा झिकेर गोरेको टाउकोमा राखिदिइन् । फेरि सबैजना हिँड्न थाले । त्यो बूढो, बूढो भन्नुमात्रै थियो । सबैभन्दा अघि लमकलमक गरेर हिँड्थ्यो । भोटे र धने त्यसको दुवैतर्फ त्यसका कुरा सुनीसुनी हिँडिरहेका थिए । आफ्नो व्यतीत जीवनका घटनालाई त्यसरी रुचाएर तिनीहरूले सुनेको देख्दा बूढो झन् सुरिएर भएनभएका कुरा गर्न थाल्यो । भोटे र धने पक्क भएर सुनिरहेका थिए । भित्रभित्रै तिनीहरू बूढाको आदर गर्थे । गोरे र विधवा पछिपछि बिस्तारै–बिस्तारै आइरहेका थिए । गोरेको उमेर २५ वर्षको हुँदो हो, विधवाको ३० । गोरे धेरै नबोल्ने र लाज मान्ने स्वभावको थियो । त्यसको खपटे गाला धेरै दिनको कठिन परिश्रमले तल भास्सिएको थियो । आँखा ज्योतिहीन थिए । विधवाले सोधिन्, “तिमी मधेस गएर के गर्छौ ?” गोरेले भन्यो, “कुन्नि !” विधवाले भनिन्, “के तिमी घरवार गर्दैनौ ? खेतबारी गरी बस्न मन छैन ?” गोरेले भन्यो, “पैसा खोइ नि ?” “ह्वाँ खेत सित्तैमा पाइन्छ । तिम्रो उमेर के भएको होला र ! घरबार गर, स्वास्नी पाल । छोराछोरी पाल । यस्तो उरेन्ठेउलो भएर कति दिन बिताउँछौ ?” विधवाले फेरि एक्कासि प्रश्न गरिन्, “तिमीलाई स्वास्नी मानिस मन पर्दैनन् ?” गोरेले टाउको उठाएर विधवातिर तीव्र दृष्टिले हे¥यो, “किन मन पर्दैनन् र !” विधवाले भन्न थालिन्, “मधेस गएर खेतीपाती गर्छु, घरवार गर्छु । तर, स्वास्नी मानिसले मात्रै घरवार चलाउन सक्दैनन् । लोग्ने मानिस पनि चाहिन्छ । मेरो मनमा त्यसै यो विचार आयो । किन हामी दुईजना मिलेर घर नचलाऊँ ?” गोरेले विधवालाई विस्मयको दृष्टिले हे¥यो । विधवाले अलि अप्रतीत भएर भनिन्, “के म तिम्रो लायक छैन र ? मेरो उमेर धेरै भएर के भयो त ? मैले आफ्नो शरीर जोगाएर राखेकी छु । मेरो लोग्ने मरेदेखि मलाई कसैले छुन पाएन ।” गोरेले चकित भएर विधवालाई हेरिरह्यो । विधवाले भनिन्, “गोरे ! मेरो धेरै दिनदेखि आफ्नो घर बनाएर बस्ने इच्छा छ । पोइ चाँडै मरिदिए । आफ्नो इच्छा मुटुमै सुकेर जालाजस्तो भयो । म के छोराछोरी पाउन सक्दिनँ र ? ख्वै मेरा छोराछोरी, ख्वै मेरो आफ्नो घर ? ख्वै मेरो आफ्नो मान्छे ?” विधवाको मुख अकस्मात रुन्चेजस्तो भयो । उनको मुख रातो भयो । मुटु तल गाडेर नबोली हिँड्न थालिन् । धेरै बेरसम्म उनीहरू नबोली हिँडिरहे । साँझ पर्ने बखत हुन थाल्यो । विधवाले निःस्तब्धतालाई भंग गर्दै भनिन्, “गोरे, मसँग अलि गहना पनि छ । रुपियाँ पनि छ । त्यसैले गएर खेती किनौंला । घरबार बनाउँला । तिमी मेरो भयौ भने यो सब तिम्रो हुन्छ ।” अलिक पर बूढो, भोटे र धने एउटा ठूलो ढुंगामा बसेर तिनीहरूलाई पर्खिरहेका थिए । उनीहरू आइरहेको देखेर टाढैबाट बूढाले भन्यो, “अब बस्ने हैन ? खाने के नि ?” सबैको दृष्टि विधवामाथि प¥यो । उनले भनिन्, “अलिकता च्युरा बाँचेको छ । पेटभरि नभए पनि अलिअलि त थेग्ला ।” तिनीहरू बसेर च्युरा फाँक्न थाले र खाकाशलाई छानो बनाएर गुडुल्किएर बाटोकै छेउमा सुते । दिनभरि हिँडेका हुनाले तिनीहरू लड्न पनि पाएका थिएनन्, भुसुक्क निदाए । बिहान सूर्यको पहेंलो किरणका साथसाथै बूढो उठ्यो र खोक्न थाल्यो । सबैजना उठे तर गोरेको पत्तो थिएन । विधवाले आत्तिएर सोधिन्, “गोरे खै ?” बूढोले शान्त भएर भन्यो, “गयो होला कतै । अब हामीले हिँडिहाल्नुपर्छ । अहिले खानलाई केही छैन । साँझसम्म त पुग्नुपर्छ । त्यहाँ केही खाने उपाय त हुन सक्छ ।” विधवाको हृदय भारी भयो । उनी बूढो, भोटे र धनेको हृदयहीनता देखेर छक्क परिन् । दुईदिनको सङ यसरी अल्पिँदा यिनीहरूको मनमा अलिकता पनि दुःख नहुनू ? तिनी आफ्ना पोका बटुल्न थालिन् । उनको हृदय ढक्क भयो— गहनाको पोको छैन । सबैजना हिँड्न तयार भए तर विधवा बसेर पोका बाँधबुधमात्रै गरिरहेकी थिइन् । त्यो देखेर बूढाले सोध्यो, “के गरिरहेकी ? हिँडिहालौं । नत्र साँझसम्म पुगिँदैन । भोक्कै सुत्नुपर्ला ।” विधवाले रुन्चे स्वरमा भनिन्, “मेरो गहनाको पोको छैन ।” सबजना छक्क परेर विधवातिर टुलुटुलु हेर्न थाले । बूढाले भन्यो, “तिमी गहनागुरिया लिएर कहाँ हिँडेकी त ? लग्यो होला गोरेले । अब चोरिने कुरा चोरिइहाल्यो, रोएर के गर्नू !” विधवालाई त्यसको कुरा सुनेर रिस उठ्यो । उनले चिच्याएर भनिन्, “चुप लाग् बूढा । त्यस गहनाले मैले के–के गरूँला भनी विचार गरेकी थिएँ । खेती किनौंला, बिहा गरौंला, घर जमाउँला, छोरा पाउँला… मेरो सारा आशा नष्ट भयो ।” यति भनेर उनी डाँको छाडेर रुन लागिन् । बूढो तिनी भएनेर गएर उनको काँधमा हात राखेर भन्न थाल्यो, “किन रोएकी नानी ? चोरिने कुरा चोरियो । मधेसमा केही न केही उपाय भइहाल्छ । तिमीले पोइ पनि पाउँछ्यौ, तिम्रो घर पनि हुन्छ । नआत्तेऊ । लौ हिँड ।” विधवा टोलाएर उभिइन् र बूढाको पछिपछि लागेर हिँड्न थालिन् । त्यो टाढाको टाकुरामा पुगेर बूढाले बडो उत्साहसँग दक्षिणतिर आँखाले भ्याउन्जेलसम्मको ठूलो मैदानलाई देखाएर आफ्ना साथीहरूलाई भन्न थाल्यो, “ऊऽऽ त्यै हो मधेस । त्यहाँ हाम्रो उद्धार हुन्छ । त्यहीँ हामी अघाउन्जेल खान पाउँछौं ।” भोटे र धनेको आँखामा उत्साहको आभा दगु¥यो । भोकले सुकेका गालामा पनि आनन्दको गुलाफ देखियो । कानसम्म मुखको कुना पु¥याएर मुखभरि चाउरी पारेर तिनीहरू हाँसिरहे । तर, विधवामा उत्साह थिएन । आफ्नो उमेर ढल्किसकेको थियो । उनले तिनी गहना र रुपियाँको आकर्षणले कुनै युवकलाई तानेर आफ्नो बनाउने इच्छा गरेकी थिइन् । आफ्नो सानै उमेरदेखिको सपनालाई आफ्नो सानो घर, छोराछोरी सफल बनाउने इच्छा गरेकी थिइन् । सब तासको घरझैं भताभुंग भयो । उनले पनि देखासिकी गरेर उत्साहहीन दृष्टिले दक्षिणतिरको मैदानलाई हेरिन् । (कोइरालाको कथासंग्रह ‘दोषी चश्मा’बाट साभार) #कथा : मधेसतिर #विश्वेश्वरप्रसाद कोइराला |
नरक मार्ग: एउटा ठूलो भुँडी लगाएको राक्षसजस्तो मान्छेले मेरो ढाडमा धारे हात लगाएर जोडले हान्यो । म पानी पनि खान नपाएर हलचल गर्न नसकी वेहोश भएँ । हान्ने मान्छेले खुट्टामा समाउँदै जुरूक्क उठाएर तातो पानीमा डुवायो । मलाई असहय पीडा भयो । म खुत्रुक्कै भएँ । मलाई भुत्ल्याइयो । यसरी अकालमा मर्न परेपछि नरकमा जानुपर्ने रहेछ । म खुरूखुरू अगाडि लागेँ । यमदूतहरू स्यालझैँ पछाडि लागे । बाटोमा उखरमाउलो गर्मी भएर आँत सुक्यो । मैले उनीहरूसँग अलिकति चराले खाने जति पानी मागेँ तर उनीहरूले दिन मानेनन् । उल्टै नरकमा एकैचोटि तातो तेलमा डुवाएर सोझै यमराजको टेवलमा पुर्याउने कुरा सुनाए । मैले के पाप गरेको थिएँ र यसरी तेलमा डुवाउनलाई ? सम्झिँदा पनि मन भक्कानिएर आउँछ । हुन त जिउँदो हुँदा पनि त नरकमै बसे सरह त थियो नि । एउटा अटाउने ठाउँमा दशसम्म कोचेर राखेका थिए । गर्मी मौसममा घामले फ्याँ फ्याँ बनाउँथ्यो भने जाडोमा चिसोका कारण सिल्टिमुर खाइन्छ कि भन्ने डर लागिरहन्थ्यो । बेलाबेलामा भुस च्याख्ला आदि मिसाएर बनाएको खानेकुरा त आइरहन्थ्यो तर मिठो लाग्थेन । बस्ने घरको कुरै नगरौँ । दुर्गन्धका कारण सास फेर्नै गाह्रो लाग्थ्यो । हुलुक्क बान्ता आउला जस्तो हुन्थ्यो । एक पटकको कुरा हो । जताततै फ्ल्युको हल्ला चल्यो । महामारीको रूप लियो भने नियन्त्रण गर्न गाह्रो हुन्छ भनेर हाम्रो मालिकले हामी अलि कमजोर जतिलाई जिउँदै खाडलमा हालेर पुर्ने षड्यन्त्र गरेका रहेछन् । धन्न त्यो रोग हाम्रो घरसम्म आइपुगेन र बाँचियो । बरू त्यतिखेर खाडलमै हालेको भए कमसेकम स्वर्गमा पुगिन्थ्यो होला । आफ्नै आँखाले यो नरक मार्ग तय गर्नुपर्ने त थिएन । बाटोमा अनगिन्ती भट्टीहरू भेटिए । भट्टीछेउमा जताततै टट्टीको राश थियो भट्टीबाट मदिराले टिल्ल भएको एउटा मानिस ट्टटीमा उतानो परेको थियो । उसको मुखमा हरिया झिँगा भन्किरहेका थिए । एउटा लुते लुते कुकुर आएर हामीले हेर्दाहेर्दै उसको मुखमा सु गरेर गयो । कुकुर साह्रै हतारमा भएझैँ दौडिदै थियो । एउटा भर्खरको ठिटोले कुकुरलाई देख्यो । उसले भुइँबाट ढुङ्गा टिपेर कुकुरलाई प्रहार ग¥यो । कुकुरको ढाडमा लाग्यो । कुकुर कुइँकुइँ गर्दै दौडियो । फेरि उसले अर्को ढुङ्गाले हान्यो । यतिखेर कुकुरको कञ्चटमा लागेछ । कुकुर पुर्लुक्कै ढल्यो । हेर्दा हेर्दै उसको प्राण उड्यो र ऊ पनि मेरो साथी बन्यो । एउटा दूतले यसलाई कोरिया शाखामा वुझाउनुपर्छ भनेको सुनँे । अर्को दूतले मधुरो स्वरमा के भनेको हो मैले ठम्याउन सकिनँ । बाटोमा घना जंगल पर्दोरहेछ । जंगलमा थरीथरीका चराचुरूगीहरूको चिविबर सुनेर मन प्रफुल्ल भएर आयो । मृगका पाठाहरू बुरुक्क बुरुक्क उफ्रिरहेका थिए । कोइलीहरूको कुहु कुहु सुनेर मन रमायो । तर यो प्रफुल्लता धेरै बेर कायम रहन सकेन । झोलाबाट हतियार निकालेर दूतहरूले मृगलाई ताकेर हाने । मृग वालवालले बच्यो । उनीहरूले त्यसको पिछा गरे । मृग भेटिएन । अलि पर एउटा अर्ना चरिरहेको रहेछ । त्यसलाई नै उनीहरूले आफ्नो निशाना बनाए । अर्ना ठहरै भयो । उसले आफ्ना निर्दोष आँखाले उनीहरूलाई हेर्यो र पिरलिक्क आँखा पल्टायो । उनीहरू त्यसलाई काटकुट पार्ने ध्याउन्नमा लागे । एकाएक सुन्दर शान्त बगैचा जस्तो ठाउँ रणभूमिमा जसरी रूपान्तरित भयो । जमिनमा रगतको ठूलो आहल बन्यो । उनीहरूले रगत चुहाउँदै मासु बोकेर हिँडे । केही समय हिडेपछि मूल सडक आइपुग्यो । एउटा बाह्र तेह्र वर्ष जतिको देखिने खलासी गुटका चपाउँदै “नरक नरक” भनेर चिच्याउँदै थियो । उसको पाइन्ट कम्मरबाट तल झरेर मलद्वारभन्दा माथिको गहिरो भाग देखिएको थियो । अनुहार राम्ररी खान नपाए जस्तो न्याउरो थियो । ओठमुख गहिरो तिर्खाले व्याकुल भएजस्ता सुख्खा थिए तैपनि बेलाबेलामा गुटखा चपाएर निस्केको रातो झोल थोत्रे गाडीको ढोकामा उभिएर प्याच प्याच थुकिरहेको थियो । ऊ घरबाट पढ्न छाडेर भागेर आएजस्तो देखिन्थ्यो । खलासीले चारजना यमदूतहरूलाई गाडीभित्र कोच्यो । गाडीमा कतै सिट खाली थिएन। । उनीहरू गाडीको डण्डी समाएर उभिए । मलाई बोक्ने दूतचाहिँ ड्राइभर छेउको बुनोटमा गएर बस्यो । ड्राइभरको मुखबाट मदिराको नमिठो गन्ध ह्वास आयो । मलाई बान्ता होला जस्तो भयो । यात्रुहरू पनि धेरै जसो मदिराले टन्न जस्ता देखिन्थे । कोही झ्यालबाट टाउको बाहिर निकालेर बान्ता गरिरहेका थिए त कोही भित्र नै वाक्क वाक्क गर्दै थिए भने कोही बोकालेझैँ लामो स्वर निकालेर वा वा वा वा गर्दै थिए । सडकमा इनार जस्ता गहिरा खाल्डा परेका थिए । कतै हिलो जमेर गाडी नै डुब्न खोज्थ्यो त कतै पानीका ठूला आहल बनेका थिए । एकचोटि । ओरालो परेको ठाउँमा ब्रेक लाउँदा लाउँदै पनि गाडी लुतुतु चिप्लेर आफैँ अगाडि बढ्यो । गाडीभित्रका सबैले आआफ्ना भगवान्का नाम पुकारे । ड्राइभरले खलासीलाई आमाचकारी गाली गर्दै ओट हाल्न पठायो । खलासी ओट हाल्ने ढुङ्गा ल्याउन जाँदा हिलोमा चिप्लिएर उतानो प¥यो । गाडी पनि धन्न भिरतिर खसेन । भितातिर जोतियो । अलि अगाडि गएपछि सडक छेउमा दुई चारवटा घर देखिए । ड्राइभरले घ्याच्च गाडी रोकेर भुइँमा झयो । झर्ने बितिकै ओठमा बाक्लो लाली पोतेकी नक्कली नक्कली देखिने एउटी होटेलवालीको नजिक पुगेर साहूनीका गाला चिमट्यो । साहूनी सूर्यमुखी फूल सूर्यतिर ढल्केझैँ ड्राइभरतिर ढल्कि।ड्राईभरको काँधमा च्युडो अडाएर उसको कानमा के के कुरा खुसुक्क भनी । ड्राइभर मुसुक्क हाँस्दै होटेलभित्र पस्यो । साहुनीले गिलासमा रक्सी र प्लेटमा मासु ल्याएर दिई । ड्राइभरले एकै स्वाटमा गिलास रित्यायो । अरू यात्रुहरू पनि झरेर दाँया बाँया होटेलहरूमा लागे । त्यहाँ प्राय जसो घरमा होटेलको साइनवोर्ड झुण्ड्याइएका थिए । एक ठाउँमा भने फ्रेस हाउस लेखिएको थियो । त्यहाँ मासुमा हरिया झिँगा भन्किरहेका थिए । त्यही बाहिर सिनुमा गिद्द झुम्मिएझँै मान्छेहरू झुम्मिरहेका थिए । एउटा जाँड खाएर टिल्ल परेको जड्याहा मलाई दुई किलो उदारो मासु चाहियो भनेर अड्डी कसिरहेको थियो । साहूजी दिन मानिरहेको थिएन । ऊ साहूजीसँग चर्को चर्को स्वरमा कराउँदै थियो । साहुजी भित्रबाट निस्केर उसलाई धकेल्दै रोडमा वल्लो छेउ पुर्याउर फर्कियो । ऊ झन् ठूलो स्वरमा साहूजीलाई आमाचकारी गाली गर्न थाल्यो । साहूजी पनि के कम जवाफ फर्काउँदै थियो । जड्याहले फेरि के भनिस भन्दै पसलमै पुगेर मासु राखेको शिशामा मुड्कीले बजार्यो । शिशा झर्याम्म फुट्यो । साहूजी रिसले आगो भएर बाहिर निस्क्यो । बाघले वाख्रालाई झम्टेझँै साहूजीले उसको गला समात्यो । नजिकै होटेलमा तास खेल्न बसेका मान्छेहरू आएर छुट्टाए । ड्राइभर दारूले टिल्ल परेर निस्क्यो । गाडीमा चढेर कानको जाली फुट्ने गरी हर्न बजायो । यात्रुहरू तँछाड मछाँड गर्दै गाडी चढ्न थाले । पहिले सिटमा बसेका जति सिटमा बसे । पहिले उभिएका जति उभिए । दुई चार जना नयाँ यात्री पनि थपिए । तिनीहरू पनि उभिनेकै लस्करमा गएर उभिए । यात्रुहरूका पसिना ,अपान वायु, जाँड रक्सी, चुरोट र गुटखाको गन्धको समिश्रणले गाडी भित्र अर्कै खालको दुर्गन्ध फैलिएको थियो । एकजना उभिरहेको मान्छेले सिटमा बसिरहेकी युवतीको टाउकोमा पर्ने गरी हुलुक्क बान्ता ग¥यो । युवती अङग्रेजी भाषामा के के भनेर गाली गर्दै बड्बडाउँदै थिई । मैले बुझिनँ । नरक मार्गमा थुप्रै घुम्तीहरू आए । ती घुम्तीबाट तल हेर्दा सीधै स्वर्गलोक देखिन्थ्यो । दुईचार किलोमिटर अन्तरालमा दुई चार वटा पसलहरू बाटैभरि देखिन्थे । ती पसल छेउमा चटाई ओछ्याएर चारचार जनाको समूहमा तास खेल्ने मान्छे बसिरहेका देखिन्थे । तिनका वरिपरि फुटबलका फ्यानहरू झुमिएझैँ तासका फ्यानहरू झुम्मिरहेका थिए । चिया पसलमा मान्छेहरू जम्मा भएर विकास र राजनीतिका चर्का चर्का बहस गरिरहेका थिए । नरक मार्गलाई स्वर्ग मार्गमा रूपान्तरित गर्ने विषयमा बहस हुँदै थियो सायद । त्यहाँ कसैको कुरा कसैले सुने जस्तो लाग्दैनथ्यो । सबै आआफ्ना कुरा मात्र सही, आफू मात्रै जान्ने, आफू मात्रै विद्वान् अरू सबै मुर्ख भने जसरी प्रस्तुत भइरहेका थिए । कुरा सुन्दा यस्तो लाग्थ्यो त्यहाँ नेता बढी, जनता कम छन् । सबका सब नेता मात्रै छन् जनता खोई कहा छन् ? सायद नरक लोकमै छन् कि ? यमराजले बिना कसुर तिनलाई तातो तेलमा डुवाउँदै होलान् । तिनका नेताले गरेको गल्तीको सजाय तिनले पाउनुपर्ने व्यवस्था कानुनमै सुनिश्चित गरिएको छ रे । चिया पसलको गफ उत्कर्षमा पुग्दै थियो । मान्छेहरू चर्को चर्को स्वरमा कराउँदै थिए । त्यहाँ उनीहरूले अधिकारका कुरा मात्र गरेको सुनियो तर कर्तव्यको क पनि बोलेको सुनिएन । यसपटक नरक मार्गको स्तरोन्ति गर्ने योजना रहेछ । हुन त यो योजना प्रत्येक वर्ष पर्ने रहेछ । तर हिउँदभरि योजना बनाएर जब वर्षा लाग्छ तब काम सुरू गरिने रहेछ । डोजर मालिक, नेता र कर्मचारीहरूको मिलेमतोमा वर्षे भेलमा बजेट खन्याइँदो रहेछ । वर्षामा डोजर लाउँदा भएको सडक पनि भत्किँदो रहेछ । हिलाम्मे भएर बिग्रिदो रहेछ । बजेट जति भए पनि कम गुणस्तरको काम गरेर अलिकति बजेट नरक मुख्यालयसम्म पुर्याउ नै पर्ने रहेछ । नरक शाखाको प्राविधिक खानामा त बोर्डमै योजनाको पचास प्रतिशत रकम प्राविधिकलाई वुझाउनुपर्ने नत्र योजना पास नगरिने भनी स्पष्ट लेखिएको नै रहेछ । ड्राइभरले घ्याच्च ब्रेक लगायो । रोपाइँ गर्न ठिक्क पारिएको खेतको गह्रा जस्तो ठाउँमा बस रोकियो । ल नरक आइपुग्यो झरौँ सबै जना भन्दै खलासी करायो । मलाई बोक्ने यमदूत माथि मेरो आत्मा उडिरहेको थियो । कति कति खेर म मरेको छैन भनेर झुक्किरहन्थेँ । तर हलचल नगरेको आफ्नै शरीर यमदूतको झोलामा देखेर म मरेको नै रहेछु भन्ने विश्वास हुन्थ्यो । नरक मुख्यालयको भव्यता देखेर म मन्त्रमुग्ध भएँ । चिल्ला सडक, भव्य भवन ,चिल्ला गाडीमा सुलुलु बग्ने मुख्यालयका कर्मचारीहरू । मिनिस्कर्ट लगाएका षोडषी युवतीहरू । हात हतियारसहितको कडा सुरक्षा व्यवस्था । पानीका फोहोराहरू बगैचा र फूलहरू । यी सबै देखेर मलाई पहिल्यै मर्न नपाएकोमा थकथक लागेर आयो । यमदूतले मलाई भोजन शाखामा बुझायो । भोजन शाखामा पाकेका परिकार देखेर मैले घुटुक्क थुक निलेँ । मसँगै हिँडेको अर्ना अगाडि नै आइसकेको रहेछ । ठूलो कुकरभित्र स्याँस्याँ गरेर सास फेर्दै थियो । अब स्याँस्याँ गर्ने पालो मेरो थियो । भकभकी ऊम्लेको तेल देखेर मलाई भाउन्न छुटेर आयो । मलाई उम्लेको तेलको कराहीमा हाल्ने सुरसार हँुदै थियो । अगि तातोपानीमा डुवाउँदा पनि मलाई कम्ति कष्ट भएको होइन । तर डुबाएर निकाल्दा भने मलाई एकदमै आन्नद लागेको थियो । शरीरमा बिझेको काँडा निकालेझँै शीतल लागेको थियो । म हावामा तैरिरहेको थिएँ । मेरो शरीर मात्रै यमदूतसँग थियो । मेरो शरीरलाई उम्लेको तेलमा डुबाए । झ्वाइँया आवाज आयो । तर अहँ दुखेन । हेर्दाहेर्दै मासु तारिएर रातो बन्यो । सरकारलाई कुखुराको रोष्ट मनपर्छ भन्दै भान्सेले मलाई कराहीबाट निकालेर एउटा ठूलो किस्तीमा राख्यो । एकछिन पछि म यमराजको टेबलमा थिए । विदेश रक्सीसँगै मेरो मासु काटा र चम्चाले लुछेर यमराज चपाउँदै थिए । म भने नरकमार्ग स्वर्ग मार्गमा बद्लियोस् भनेर प्रार्थना गरिहेको थिएँ । #भूपेन्द्र शाही |
आङालाई माया गर्ने पोचो: काम परेको थियो गान्तोक जाने कालेबुङबाट,२०१० को नोभेम्बर महिनामा। अहिलेको व्यस्त जुगमा फुर्सद भक्कु लिएर यताउति हिँड्न सकिने हैन। बस्नैपऱ्यो दुइचार दिन, कतै बाहिर निस्केपछि। धेरै आफन्त र परिचितहरू भएको गान्तोकमा त झन् एक ठाउँ बसेर फर्केको अरूले थाहा पाए भने रिसाएर, ठुस्केर, बम्केर गर्छन्। खै ! रिसाएजस्तो गरेका हुन् कि साँच्चै रिसाएकै हुन्? त्यो शोधको विषय हो। सिक्किमको सिमानाबाट सुरू भएको पुर्ख्यौली थलो रम्फुदेखि माइनिङ, माजिटार, बागे, साउने, सिङताम, ३२नम्बर, घट्टे, रानीपुल, छ माइल, आईसीआर, मणिपाल, तादोङ, डाँडागाउँ, आम्दो गोलाई, देउराली, सियारी, नामनाङ, पानी हाउस, लालबजार, स्यालगाउँ, डीपीएच, सिच्छे, पाल्जर क्रीड़ाङ्गण, डेभलपमेन्ट, गार्ड ग्राउन्ड, चानमारी, बालुवाखानी, बुर्तुक, स्वस्तिक, बोजोघारी, लुइङ, राङ्का खै कता-कता भ्याउनु भनेर यहाँ थुप्रो कुरा गरेको चाहिँ हैन, संस्मरणको भूमिका मात्रै बाँधेको हुँ । सबै ठाउँ अनुहार देखाउनु हो भने एक महिनाको छुट्टी पनि कमै पर्छ। यति धेरै साखा-सन्तान र परिचितहरूको आँखा छल्दै एकदुई दिनको काम सुटुक्कै निप्ट्याएर फर्किन विश्वयुद्धमा दुर्गा मल्लले अङ्ग्रेजको दस्तावेज लुकाएर भागेजस्तै सङ्घर्ष गर्नुपर्छ। कुनै एकसमय गन्ती गर्दा एक दर्जन त भान्जीहरू मात्रै थिएमेरा, गान्तोकवरिपरि । यति भनेर आफ्नो विज्ञापनमूलक भूमिका बाँधेपछि अब मूल कुरामा आऊँ न… हीरा छेत्री अँ, त्यो दिन गान्तोक पुग्नुपर्नेभयो, एक रात बस्ने गरी। भन्नु मात्रै गान्तोक र कालेबुङको दूरत्व अढाई घन्टाको तर त्यो समय प्रबन्ध गर्न अढाई साल लाग्छ। कसैले थाहा नपाउने गरी सुटुक्कै लुकेर जाने र फनक्क फर्केर आउने मन भयो। तर त्यो एकदिनचाहिँ कता बस्ने त? ‘यसपाली आफन्त हैन, साथीभाइकहाँ बस्नुपऱ्यो !’ भन्ने मनमा लागेर यस्ता साथीभाइको निवास सोच्न थालेँ, जहाँ बस्दा गुप्तवासको रहस्योद्घाटन हुने सम्भावना कम होस् वा अरूले थाहा नपाओस्। साथीभाइ त थुप्रै छन् तर बास बस्तै जानेचाहिँ पाउन अलि गारै कुरो हो। किनभने उनीहरू पनि सबै आ-आफ्नै धुनमा मस्त हुन्छन्। गफ गरेर, हालखबर मात्र बुझ्नलाई हो भने त आ ….. मा ….. मा …… यति धेरै साथीभाइ र इष्टमित्र छन् कि सबैले साथ दिए भने त राष्ट्रियस्तरको पार्टी खोलेर पञ्चायत भोट लड्दा पनि हुन्छ। मैले छानेँ, सुदेश खाती साथी। दिउँसो पुगेर काम सिध्याएपछि साँझ सुटुक्कै झर्छु डाँडागाउँ अनि त्यहीँ बास बसेर रातभरि गफ्फिएपछि भोलिपल्ट फर्किन्छु। सम्पर्क गरेँ। साथी एक्लै एउटा कोठा लिएर बस्दा रहेछन्। खुसी भए। के खाने, कसो खाने सबै सोधे। बन्दोबस्त मिलायौँ। यता कालेबुङबाट चाँड़ै निस्केँ, बिहान बाटामै नास्ता गर्नुपर्ला भनेर खाली पेट। ल्यापटप र यौटा झोला बोकेको थिएँ। सानु गाडीको यात्रा हुनाले समयभन्दा धेरैअघि नै पुगिएलाजस्तो भयो। मूल काम थियो, नयाँ बजारमा। ल्यापटप भिरेर किन बजार-बजार डुलिरहने? बरू गाडी छिट्टै पुग्नेरहेछ र पहिला सुदेशकै कोठामा ल्यापटप थन्क्याएर उँभो चढ़्नुपऱ्यो भन्ने सोचेँ। साथी स्पाइसेस बोर्डमा सेवारत् हुनाले उनको दफ्तर पनि डाँडागाउँमै थियो। रम्फुमा एकछिन मात्र वाहन थाम्मियो। चियापानी भएन। वाहन थाम्मिएको बेला छेउका सहयात्रीलाई आफूडाँडागाउँमै उत्रिनलाई खिड़कीपट्टिको सिट मागेँ। साथीसित अघिदेखि नै सम्पर्क साँध्ने कोसिस गरेको, लागेकै थिएन। सिक्किम भित्रिएपछि लाग्ला भनेर फेरि कोसिस जारी राखेँ। बल्लबल्ल लाग्छ, तर विज्ञापन पो आउँछ। त्यो बङ्गाली विज्ञापन सकिँदा-नसकिँदा नेटवर्कदेखि टाढिन्छ। नेटवर्कभित्र पस्छ त ‘अभी व्यस्त है’ भन्छ। कसोकसो गर्दा लाग्छ, आवाजै आउँदैन। फेरि कुनै ठाउँमा आवाज आउँछ- राम्रो सुनो, आफ्नै आवाज पो फर्केको रैछ। टेक्नोलोजी इंस्टिट्युटतिर पुग्दाचाहिँ मज्जाले लाग्यो र उतापट्टिको स्वर सुनियो। त्यो पनि रङ नम्बर पो रैछ। र पनि लाग्दैन नै चाहिँ नभनूँ, मल्लीदेखि गरेको कोसिस रानीपुल पुग्नअघि सफल भयो | अनि ‘हाई, हलो, गुड मर्निङ, कहाँ हुनुहुन्छ र कस्तो हुनुहुन्छ?’ जस्ता नभनी नहुने पारम्परिक भूमिका निर्वाह गरिसकेपछि मूल मुद्दाको कुरा हुन नपाई चट्टै काट्टियो लाइन। तादोङ कलेज पुगेर कन्भाइ ग्राउन्डमा ओर्लिँदै गर्ने समयबिच भने मुस्किलले सम्पर्क भएको थियो, ब्याट्री डाउनको सिग्नल आउन थाल्यो। र पनि कसोकसो गरेर उताबाट आवाज आयो, ‘हीराज्यू मेन कुरा चाहिँ गरिहाल्छु, हेर्नुहोस् न, भर्खरै खबर आयो कि कालेबुङमा आफन्तको देहान्त भएछ। नगई नहुने भयो, सारै विस्वाद भयो। तर मैले रुममा सप्पै ठिक्क पारिराखेको छु, तपाईँ आरामले बस्नुहोस् न ! अँ, एकजना नीलम भन्ने भाइको हातमा चाबी हुन्छ, उसले तपाईँलाई सम्पर्क गर्छ नि !’ यतिन्जेल आफूगाडीबाट ओर्लिसकेको हुनाले दोधारमा परेँ। टिस्टा बजारबासिन्दा नीलम भाइ आएर परिचय गरे, अनि झोला पनि बोकिदिएर सघाउँदै घर चिनाउनलाई ओरालो लिएर गए। सानु कोठा रहेछ, एकजनालाई चिटिक्कै। ग्यास-चामल सप्पै व्यवस्था गरेका रहेछन्। सुदेशजीलाई पनि दुई भाइ धित मरुन्जेल राती गफ गरूँला भन्ने थिएछ, तर…। त्यहाँ एकछिन बिसाएर एसएनटी कलोनीको उकालो सिंढीचढें, अनि लोकल सिटी रनरमा गान्तोक बजार पुगेँ। पहिलोपल्ट एमजी मार्ग पुनर्भ्रमणको दिन थियो त्यो। थुक्न नपाइने भनेर सुनेको गान्धीमार्ग कस्तो होला भन्ने लाग्थ्यो। त्यसअघि दुईप्रकारको एमजी मार्गको चित्र थियो आँखामा। पहिलो त भ्रमण नगरिएको अथवा कल्पना गरिएको एमजी मार्ग हुन्थ्यो सानाछँदा। आमाहरूले राङ्काबाट ढुङ्ग्रामा बूध ल्याई लालबजार, नयाँबजार र एमजी मार्गका चियादोकानतिर ठिका दिएको कुरा गर्दा कल्पना गरेको। त्यसपछि आफू गान्तोकमै रहँदा भतुवा कुकुरजस्तै घुमेको त्यही एमजी मार्ग। अनि आज फेरि नयाँ रूप-रङ्गमा देख्न पाइएको स्निग्ध बाटो। विलियम वर्ड्सवर्थको येरो भ्रमणजस्तै नि। काम सिध्याएर यसो भोक मेट्ने व्यवस्थाबारे सोच्दैथिएँ, पत्रकार प्रवीण खालिङ भाइसित जम्काभेट भयो। भाइले बस्ने निम्तो त दिएनन्, कोठा साँघुरो हुनाले तर नजिकै भएको कारण रातीको खाना सँगै खानुपर्छ घरमा भनेर कृषि भवनमुन्तिरको डेरामा बोलाए। छिट्टै झरेर रातीको खाना सँगै खाने सल्लाह भएको हुनाले अहिलेलाई ‘डे स्विट्स’मा चिया-समोसा-रसोगुल्ला खाएर भोक टाऱ्यौँ र एकछिन बजार डुल्यौँ। तल घरपटीबिनाको सुदेश साथीको डेरामा रातब्याल एक्लै बस्न अप्ठेरो लाग्यो। खानाचाहिँ प्रवीणकहाँ खाएर एक रात अन्यत्र बस्ने व्यवस्था गरेँ। तल ६माइलमा दाजुकहाँ पूजाको अन्तिम दिन रहेछ। दाजुले त्यहीँ बोलाए राती। सबै बन्दोबस्त मिल्यो। प्रवीणसँग गोटे गाडीमा झरेँ। उनी कृषिभवनअघि उत्रिए, म डाँडागाउँमा सिक्किम कम्युनिकेसनको अगाडि ओर्लिएर सडक नाघी उँधो झर्ने ठाडो र लामो सिंढीबाट ओर्लिएर निक्कै मुनि पुगेपछि दाहिनेतिर तेस्रो लागेँ। त्यो फुटपाथ हिँड़ेको हिँड़्यै गऱ्यो भने तल सरस्वती-ड्रोल्मा मन्दिर पुगिँदो रैछ। फुटपाथको बिचैमा रहेको सुदेशको कोठा खोलेर आफ्नो सामान र ल्यापटपको झोला भिरेँ अनि चाबी छिमेकीलाई बुझाइराखेर फेरि उल्टा पाउ फर्किन थालेँ। यतिन्जेल भुँडीमा मुसा कुद्न थालिसकेको थियो। अहिले त आफ्नो सामान पनि निक्कै भारी पो लाग्न थाल्यो, र माथि सडक भेटिने उकालो सम्झिँदा त झन् लखतरान भएँ। एसो नजर उठाएर त्यो सिंढी उँभोतिर हेर्दा खुट्टा गलेर आयो। बिस्तारी अगि बढ़्दै थिएँ, मेराअगिल्तिर एकजना बोजू पनि स्याँ-स्याँ गर्दै उकालै लाग्दै थिइन्, मेरो बाटै छेकेर। हातको लट्ठी टेक्दै काँधमा पुरानो र मैला झोला भिरेकी बोजू पनि त्यो स्वर्ग जाने सिंढीजस्तै उकालो चढ़्ने प्रयासमा थिइन्। बोजूको अघिअघि चाहिँ १२-१४वर्षको पट्ठो नाति केटो बाटो दोहोऱ्याइरहेथ्यो। मलाई अचम्मै लाग्यो, बिचरी बोजूचाहिँ सकी-नसकी काँधमा झोला भिरेर हिँड़्दैछिन्, नाति भने खाली हात आरामले उकालो लाग्दैछ। साँझको पाँच बज्दैथ्यो होला यतिन्जेल। सबैको आआफ्नो गुँढ़तिर फर्किने बेला भएर त्यो पगडण्डीमा अरू पथिकहरूको पनि आउजाउ सराबरी भइरहेको कारण केही दुखेजस्तो ‘आइया आइया’ गर्दै मेराअघि हिँड्ने बोजूलाई फुत्तै नाघेर जान मैले सकिनँ। आजकलका केटाकेटीमा मान-मर्यादा, सौजन्य सब हराएर गएको हुन्छ। आफूभन्दा उमेर भएकाहरूलाई कसरी इज्जत दिनुपर्छ, सिनियर सिटिजनलाई कसरी सहयोग गर्नुपर्छ केही ज्ञान हुँदैन भन्ने सोच आएर त्यो नाति केटामाथि रिस पनि उठ्यो। बिचरा बोजूमाथि दया जागेर आयो। आफूले केही सघाउन नसके पनि त्यो झोला बोकिदिनुपर्ने त हो, तर आफ्नै दुइटा झोला छन् दुइपट्टि काँधमा झुन्निएका। त्यसमाथि दिनभरिको भोको पेट। उकालो त्यस्तै छ नाकै ठोक्किने खालको। गान्तोकको चिसोमा पसिनै-पसिना हुनथालिसकेको,’आफैँ त महादेव कसले देला वर’, भन्ने खालको स्थिति थियो। र पनि मन त मान्दै-मान्दैन। कसरी हुन्छ बोजूको त्यो झोला माथि सडक उक्लिन्जेल चाहिँ बोकिदिनुपऱ्यो भनेर पछाडिबाट ‘खै आन्टी, तपाईँको झोला दिनुहोस्’ भनेर आफ्नो भारीमाथि सुपारी थपी म अलि फटाफट उकालो लाग्न थालेँ। बोजूले ‘पर्दैन नानी, पर्दैन’ भन्ने भावमा केके भन्दैथिइन्। यो सुनेर नाति केटो पनि ‘अङ्कल, अङ्कल, के गरेको आङाको झोला … दिनुहोस् यता’ भन्दै मलाई पछ्याउन थाल्यो। मेरो पालो ‘आङालाई भारी बोकाएर आफू चै लट्ठक-लट्ठक हिँड्न लाजलाग्दैन?’,भनेर कराउँदै अघि हिँड्न थालेँ। नाति केटो पनि केके भन्दै गनगन गर्दै, घरिघरि त झोला पनि खोस्ला जस्तै गरेर पछ्याउनथाल्यो। बिस्तारी-बिस्तारी निक्कैबेरमा सडक उक्लेर तेन्जिङ नोर्गेले सगरमाथा जितेजस्तै एसो तल हेरेको बोजू भुइँमा थचक्कै बसेर बिसाइरहेकी रहिछिन्, नातिचैं उँभो मतिर हेर्दै आङालाई सुम्सुम्याउँदै रहेछ। मेरो पालो छिट्टो उकालो आउने सङ्केत दिएर सडक किनारामा गोपाल अधिकारी साथीको कुरियर सर्भिसको दोकानमा बिसाउन पसेँ। साथीसित धेरै बेर गफ गरिसक्दा पनि बोजू र नाति त आइपुगेनन्। बाहिर निस्केर एसो हेर्छु फुच्चे त तल बोजूसितै छ र मलाई पो आइज भनेजस्तो सङ्केत गरेर बोलाउँछ। कत्ति सारो पलाप्पेको नाति रैछ भन्ने सोचेर ‘तँ आफै आइज न उकालो’ भन्ने इसारा गरेको मान्दैन। यतिन्जेलमा प्रवीणको फोन आयो, “दाजु !तपाईँ त मासु खानुहुन्छ नि ! म त खान्नँ कि तर पनि चिकनको बन्दोबस्त गरिदिएको छु है। छिट्टो आउनुहोस्, अगि भोक लाग्यो भन्नुहुँदैथ्यो।” साँच्चै भोक लागेकै बेला फोन आयो। अब छोडेरहिंडु त अर्काको झोला छ। झोलाका मालिकहरू चाहिँ तलै छन्, उकालिने नामै लिँदैनन्। एसो झोला छामेको, केही कडा पदार्थहरू जस्तो भान भयो। मुख खुल्लै रैछ र एसो चियाएर हेरेको दुइचारोटा ढुङ्गा, गिटी, बालुवा पो छ। फेरि त्यो नाति केटातिर हेर्दै ‘बजिया साला, छिट्टो आइज न !’ भनेर हकार्छु, तलबाट हातको इसारा गर्दै ‘तपाईँ नै आउनुहोस् न, त्यो झोला लिए छिट्टो’ भन्दै उल्टो पो कराउँछ फुच्चे। मेरो पालो आफ्ना सामान दोकानमै राखेर फेरि उँधो झरेँ,त्यहीठाडोसिंढी। तल पुगेको मात्रै थिएँ, नाति केटो करायो, ‘अङ्कल के गरेको आङाको झोला लगेर?’ ‘नाति भएर आङाको सेवा नगरेर भारी बोकाउँछस्?’,भन्दै कराएँ। ‘भारी पनि के हो यस्तो ढुङ्गा-मुढ़ा…..’ यतिकैमा छेवैको यौटा घरको खिड्कीचर्र…. गरेर खोलिएको आवाज आयो। त्यहाँबाट टाउको बाहिर झिकेर एकजना छुम्ला कराइन्, ‘पोचो, के भयो…? कोसित बात गरेको? लु अब आङालाई लिएर भित्र आइज, रात पर्न आँट्यो।’ मैले गरेको गाली नसुनी पोचो ममाथि बिच्क्यो, ‘तपाईँलाई चैं कसले बाट्ठे हुनु भन्यो? त्यो झोला बोक्नु हो भने मै पनि सक्छु नि ! आङालाई त कुम सडकेकोले गर्दा डाक्टरले नै भारी सामान बोकेर बिहान-बेलुकी दसदस मिनट एक्साइज गर्नू भनेको छ र पो बोकेको त…… कालेबुङ , भारत #हीरा छेत्री |
साहित्यमा अभिघात सिद्धान्त र लीलबहादुर क्षेत्रीकोब्रह्मपुत्रको छेउछाउ: अभिघात शब्दको आभिधानिक अर्थ (१) काटमार, प्रहार (२) कसैप्रतिको आक्रमण, हमला (३) व्यापारिक प्रतिष्ठा (४) अति प्रेरणा, ज्यादै झिझ्याहट (५) अति, अत्यन्त, ज्यादा (६) धेरै, अति भन्ने दिइएको छ ( नेपाली बृहत शब्दकोश , प्रज्ञा प्रथम संस्करण, पृ.६५) । साहित्यमा अभिघात भन्नालेशारीरिक तथा मानसिक चोट अथवा आघातले पीडित पात्र-पात्राले गरेका बयान र तिनमा आधारित आख्यानलाई बुझिन्छ । यो अति पीडादायक अनुभूति हो । हिस्टेरिया, सिजोफ्रेनिया, हाइपरटेन्सन, आत्मविस्मृति, बहुलापन, अनिद्रा जस्ता अनेकौं रोग अभिघातभित्र पर्छन् । वर्तमान समाजले हिंसाका विभिन्न प्रकृति झन धेरै खप्नु परिरहेकाले यसको दु:ख झन बढेको छ । यसलाई एउटा यस्तो आँधीसँग तुलना गरिएको छ, जुन हाम्रो अस्तित्वको मुटुसम्म पसिसक्यो । आज अनेकौं समस्याले एउटै चोटमा लडाउन थालेका छन्—त्यो हो ट्रौमा अर्थात् ट्रौमा भोग्नुका पछि सयौं कारण बढदै गएका छन्, झनझन असुरक्षित हुँदैछ, विभिन्न खालका शब्द थपिंदै छन् । तीमध्ये एउटा प्रबल कारण हो- युद्ध । जीवनमा मृत्यु, बलात्कार, विनाश, अपहरण आदि संकटका स्थितिमा असहनीय पीडाको बोध गरी मान्छे अभिघातग्रस्त बन्छ । पाश्चात्य साहित्यको सिर्जना र समालोचनामा समय समयमा विविध प्रकारका अवधारणा, वाद, सिद्धान्त र पद्धतिहरू प्रचलनमा आएका छन्, तिनमा अभिघात सिद्धान्त पनि एक हो। यो कुनै एकजना सिद्धान्तकारले प्रवर्तन गरेको सिद्धान्त होइन। यसलाई सैद्धान्तिक रूपमा स्थापना गर्नुमा डेमिनिक लाकाप्रा, केथी कारुथ, अविसायी मार्गलिट, सोसना फेलम्यान, जेफ्री हार्टम्यान, जेफ्री अलेक्जेन्डर, पौल डिम्यान, पिलिस मिलर, वीना दास आदि धेरै चिन्तक र सिद्धान्तकारहरूको योगदान रहेको छ। उसैगरि अभिघात सिद्धान्तलाई उत्तरआधुनिक दृष्टि दिनुमा डेरिडा र येल स्कुल को ठूलो भूमिका छ। यो वर्तमान अध्ययन र अनुसन्धानको एक स्थापित विषय बनेको छ । विश्वका धेरैजसो विश्वविद्यालयमा यसको पठनपाठन हुन्छ। नेपाली साहित्यको सन्दर्भमा भन्नुपर्दा डा. गोविन्दराज भट्टराईले उनका ‘काव्यिक आन्दोलनको परिचय (वि.स. २०४९) र ‘उत्तरआधुनिक विमर्श’ (२०६४) मा युद्ध साहित्य र अभिघात सिद्धान्तका बारेमा विस्तृत चर्चा गरेका छन्। त्रिभुवन विश्वविद्यालयमा पनि अभिघात विषय अन्तर्भूक्त भएको छ। डा.शान्तिमाया गिरीले अभिघात विषयमा विद्यावारिधि गरेकी छन्। ‘आधुनिक नेपाली कथामा अभिघात’, डा. गिरीको समालोचनात्मक ग्रन्थ हो। यस शोधग्रन्थमा गिरीले वि.स. २०५० देखि २०७० सम्मका नेपाली कथाहरूलाई अभिघात सिद्धान्तको आधारमा विश्लेषण र मूल्याङ्कन गरेकी छऩ। अभिघात सिद्धान्त सिर्जना र समालोचना दुवै हो। अभिघात सिद्धान्तको प्रमुख उद्देश्य हो- अभिघातसँग जोडिएका कुरालाई अभिव्यक्ति दिने साहित्यिक कृतिलाई यसै सिद्धान्तको आधारमा अध्ययन, विवेचन र मूल्याङ्कन गर्नु। भय अथवा आतङ्कबाट उत्पन्न हुने शारीरिक एवं मानसिक विचलनका अनेक स्थिति साहित्य सिर्जनामा समेटिएका हुन्छन् । यो एकप्रकार पक्षाघातको, विचलनको, असन्तुलनको, विस्मृतिको स्थितिमा पुग्ने अवस्था हो । यस्तो स्थितिमा पुगेका पात्रबारे लेखिएका साहित्य सिर्जना निकै चर्चित र जनप्रिय हुन्थालेको छ । यस किसिमको विशेष सिर्जनालाई मुल्याङ्कन गर्न अभिघात सिद्धान्तको प्रयोग हुन् थालेको छ । यसरी नै साहित्यमा अभिघात सिद्धान्तको स्थापना भएको हो । अभिघात उपन्यास पदावलीले कुनै त्यस्तो आख्यान कृतिलाई बुझाउँछ जसमा व्यैयक्तिक अथवा सामुहिक रूपमा बिस्तारै क्षति बेहोर्नु परेको कुरा छ। अभिघात उपन्यासलाई परिभाषित गर्ने विशेषता व्यक्तिको भयङ्कर अनुभूतिजन्य कायाकल्प हो जसको स्मृतिले उसलाई आफू तथा दुनियाँको बारेमा नयाँ अनुभूति दिन्छ। भोक्ताको अत्यधिक प्रतिक्रियालाई प्रकाशमा ल्याउने बाह्यिक घटक प्राकृतिक दूर्योग, युद्ध अथवा सुनामी नै हुनुपर्छ भन्ने छैऩ। यो युद्धको त्रासदी नेपाली साहित्यमा पनि धेरै मात्रामा पाइन्छ। उत्तर पूर्वाञ्चल भारतीय-नेपाली साहित्यको शुरुवात नै युद्ध साहित्यबाट भएको छ। सन् १८९३ मा प्रकाशित तुलाचन आले को मणिपुरको धावाको सवाई युद्ध साहित्य हो। युद्ध अभिघातको कारक हुनाले भलै पश्चिमेली सिद्धान्तकारहरूले अभिघातलाई दोस्रो विश्वयुद्ध पछिको भनून्, प्रकृतार्थमा युद्ध साहित्य पनि युद्ध जति नै पुरानो हो। रामाय़ण, महाभारत, इलियाड, ओडिसी आदि प्राचीन ग्रन्थहरूमा युद्धकै वर्णन पाइन्छ । पाश्चात्य युद्ध साहित्य अभिघातले भरिएको छ। यसको प्रभाव नेपाली साहित्यमा पनि परेको छ। लीलबहादुर क्षेत्रीको उपन्यास ब्रह्मपुत्रको छेउछाउ ,पारिजातको शिरीषको फूल , गोविन्दराज भट्टराईको उपन्यास सुकरातका पाइला , महेशविक्रम शाहको छापामारको छोरो (कथा संग्रह) र अरू धेरै आधुनिक नेपाली साहित्य कृतिहरूलाई अभिघात सिद्धान्तका आधारमा अध्ययन गरेर पुनर्मुल्याङ्कन गर्न सकिन्छ । दोस्रो विश्वयुद्धपछि अब युद्ध हुनेछैन भन्ने ठानेका थिए, तर युद्ध समाप्त भएन। त्यसपछि पनि धेरैवटा युद्छ भए। आज पनि कतिपय युद्धोन्माद देशहरू डुक्रिन छोडेका छैनन् । नागासाकि-हिरोसिमामा एटम बमले तर्साएको मान्छे आजसम्म बौरिन सकेको छैन। अहिले त झन न्युक्लियर शक्तिसम्पन्न देश धेरै छन्। कतिले त बायोलोजिकल वारफेयरको पनि डर देखाउँदै छन्। हिजोआज कोरोना भाइरसले अमेरिका, युरोपलगायत सारा विश्वमा महामारीको रूप लिएको छ। के यो कोभिड १९ भाइरस मानव निर्मित बायोलोजिकल हतियार हो ? प्रश्न उठेको छ। अब लडिने युद्धमा सायद बारुदको गन्ध आउने छैन। खुकुरी, बन्दुकजस्ता हतियार काममा आउने छैनन् । अब सिर्जना हुने अभिघात साहित्यले समकालीनतालाई पक्रेर अघि बढ्ने छ। गुलाफको फूलमा अहिले किन बारुदको गन्ध आउँछ अङ्कमालमा मुटु किन बोल्दछ बमको आवाजझैं किन हरेक झ्याङझ्याङबाट चितुवा लुकेझैं शङ्का चिहाउँछ। (विजय मल्ल) असमका कवि हरिभक्त कटुवालका निबन्ध र कवितामा पनि गोर्खा जातिले भोग्नुपरेको युद्धजनित अभिघातका कुरा पाइन्छन् । उनी लेख्छन्- बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ खुकुरीको धारमा पाइला टेकेर जिउनु पर्छ यहाँ आँखा चिम्लन पनि जगजगी आँखा उघार्न पनि जगजगी । (हरिभक्त कटुवाल) १६ दिसम्बर, २०१२ का राति दक्षिण दिल्लीमा एउटी मेडिकेलकी छात्रालाई छजना नराधमहरूले चलन्त बसमा बलात्कार गरी मृतप्राय: अवस्थामा गाडीबाट झारेर फरार भएका थिए। निर्भया नाम गरेकी ती युवतीलाई थाइलेण्ड लगियो तर उनले दम तोडिन। यस घटनाले सारा देशमा सन्सनी फैलियो। २०-०३-२०२० का दिन चारजना कुख्यात अपराधीलाई तिहार जेलमा मृत्युदण्ड दिइयो। ‘मी टु’ आन्दोलन पनि नारीमाथि यौन शोषणको विरुद्धमा उठेको आन्दोलन हो। समाजका विभिन्न क्षेत्रका दिग्गजहरूको यसले मखुण्डो खोलिदियो। मान्छे किन यत्ति निष्ठूर हुन्छ ? के मनोविश्लेषणले व्याख्य़ा गर्न सक्छन् ? अभिघातले व्यक्तिले भोगेका सबै आघातदेखि लिएर सामाजिक जीवनलाई समेत समेटेको छ। वर्तमान समाजमा हिंसाका प्रकृति झन जटिल, झन क्रूर र झन विस्तारित हुँदै छन्। ट्रौमा वा अभितलाई यस्तो आँधीसँग तुलना गर्न सकिन्छ, जसले व्यक्तिको अस्तित्वलाई मेटिदिन्छ। अभिघात भोग्नुका अनेकौँ कारण हुन्सक्छन् । सिद्धान्तकारहरूको अध्ययनमा उत्पत्तिका आधारमा अभिघातलाई प्राकृतिक र मानवनिर्मित यी दुई भागमा राखिएको छ भने यसले असर गरेका क्षेत्र अनुसार (क) शारीरिक अभिघात (ख) मनोवैज्ञानिक अभिघात र (ग) लैङ्गिक अभिघात गरी तीन प्रकारका अभिघातमा वर्गीकृत गर्न सकिन्छ। साहित्यमा अभिघात सिद्धान्त किन चाहियो? भन्ने प्रश्न आउन सक्छ। यसको कारण, यतिखेर पहिलेका साहित्य सिद्धान्तहरूको पुनर्मूल्याङ्कन हुँदैछ, नयाँ सिद्धान्त थपिँदै छन्। यो नयाँ समय अनुकूलको दिशा परिवर्तन हो। कतिले उत्तरआधुनिकतासँग शून्यवाद जोड्न चाहन्छन्। मानवीय मूल्यबोधलाई अक्षुण्ण राख्ने उद्देश्यले अभिघात सिद्धान्त आएको छ। अर्को कुरा, अभिघात सिद्धान्तले अनेक किसिमका दु:ख, पीर, मनोघातका अभिलक्षण र तिनका कारक तत्वहरू पत्ता लगाउन सजिलो हुन्छ। यसले फ्रायडीय मनोविज्ञानभन्दा माथि उक्लेर आघातपश्चात् उत्पन्न भएका पीडा र मनोरोगको पत्ता लगाउँछ अनि निराकरणको उपाय निकाल्छ। अभिघात सिद्धान्तका प्रवर्तक तथा व्य़ाख्याताहरूमा केही शोधकर्ताहरूको संक्षिप्त परिचय- केथी कारुथ (Cathy Caruth): येल विश्वविद्यालयबाट डक्टरेट गरेकी केथी कारुथ(१९५५) कर्ऩवेल विश्वविद्यालयकी अंग्रेजी र तुलनामूलक साहित्य विषयकी प्रोफेसर हुन्। साहित्य, मनोविश्लेषण र अभिघात उनका अध्ययनका विषय हुन्। आनक्लेइम्ड एक्सपिरियेन्स भन्ने पुस्तकमा केथीले इतिहास, आख्यान र अभिघातका कुरालाई नयाँ दृष्टिले अध्ययन गरेकी छन्। लिट्रेचर इन द एशेस अफ हिस्ट्री, लिस्निङ् टु ट्रौमा, ट्रौमा एक्सप्लोरेसन्स इन मेमोरी उनका महत्वपूर्ण ग्रन्थ हुन्। सोसना फेलम्यान (ShoshanaFelman): १९४२ मा अमेरिकामा जन्मेकी सोसोना फेलम्यान साहित्य समालोचक र सिद्धान्तकार हुन्। फ्रान्सको इमोरी विश्वविद्य़ालयमा प्राध्यापकका पदबाट उनले सेवावकाश लिइन् । अभिघात र मनोविश्लेषण विषयमा गहिरो अध्ययन गरेर फेलम्यानले गवेषणात्यक ग्रन्थ लेखिकी छन्। उनका प्रकाशित ग्रन्थहरूमा द क्लेम्स अफ लिट्रेचर, ह्वाट डज अ विम्यान वान्ट, राइटिभ एण्ड म्याडनेस, द जुरिडिकल आनकन्सस आदि उनका उल्लेखनीय ग्रन्थ हुन्। जेफ्री हार्टम्यान (Geoffrey Hartman): जेफ्री हार्टम्यान (१९२९-२०१६) को जन्म जर्मनीको फ्रेङ्कफुर्टमा भएको हो। यहुदी हुनाले नाजीहरूको उत्पीडनमा परेर भाग्दै बाल्यकालमै बेलायत गए, त्यहाँबाट फेरि अमेरिका पुगे। उऩले युद्धमैदानबाट कुनैसुरत उम्किएका र अधमरो भएर बाँच्नेहरूको अनुभवको आधारमा अभिघातको व्याख्या गरेका छन्। येल विश्वविद्यालयमा प्रोफेसर रहेका हार्टम्यान साहित्यका समालोचक र सिद्धान्तकार हुन्। अभिघात सिद्दान्तका उनी एकजना चिन्तक र व्याख्याता हुन्। द लङ्गेस्ट सेडो, क्रिटिसिज्म इन द वाइल्डरनेस, रोमान्टिसिज्म आफ्टार होलोकास्ट उनका चर्चित ग्रन्थ हुन्। हार्टम्यानले समालोचना पनि सिर्जना जस्तै कला हो भनेका छन् । प्रस्तुत लेखमा क्षेत्रीको भारतीय साहित्य अकादेमीबाट सन्१९८७ मापुरस्कृत उपन्यास ‘ ब्रह्मपुत्रका छेउछाउ’ लाई अभिघात सिद्धान्तका आधारमा अध्ययन गर्ने प्रयास गरिएको छ। लीलबहादुर क्षेत्री नेपाली आख्यान-साहित्यका अग्रपंक्तिका सर्जक हुन् । सन्१९३३ को १ मार्चका दिन गुवाहाटीको पुलिस रिजर्भमा जन्मेका क्षेत्रीका पिता प्रेमबहादुर क्षेत्री पुलिस विभागमा डी.एस.पी.को पदसम्म जागीर खाएका रवाफिला व्यक्ति थिए भने आमा पवित्रादेवी धार्मिक प्रवृत्तिकी नारी थिइन् । क्षेत्रीले अर्थशास्त्रमा एम.ए गरेर गुवाहाटीको आर्यपीठ कलेजमा १९६२ देखि १९९४ सम्म प्राध्यापकका रूपमा सेवादान गरे । बसाइँ, अतृप्त,ब्रह्मपुत्रका छेउछाउ, प्रतिध्वनिहरू विस्मृति काक्षेत्रीका बहुचर्चित उपन्यास हुन्।भारतीय वाङमयको सेवामा आजीवन समर्पित रहेका क्षेत्रीलाई भारत सरकारले पद्मश्री पुरस्कारले सम्मानित गर्ने निश्चय गरेको छ। ‘ ब्रह्मपुत्रका छेउछाउ’ असमको पृष्ठभूमिमा रचिएको सामाजिक यथार्थवादी उपन्यास हो । गुमाने, मालती, केशव काकती, श्रीमती काकती, मानवीर, जुरेली, डायरी महाजन, हरेन, टोपे, सुब्बा, हेडमास्टर सूर्यप्रसाद, डा. बैश्य आदि यस उपन्यासका पात्र-पात्रा हुन् ।आख्यानमा मूलत पात्र पात्राहरूको माध्यमबाट नै अभिघात प्रकाशमा आउँछ। तसर्थ अभिघात बेहोरेका पात्रहरूको अध्ययन गरी कारक तत्व फेला पार्नु अभिघात सिद्धान्तको उद्देश्य हो। गुमानेको अभिघात : गुमानसिं उर्फ गुमाने ‘ ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासको मुख्य पात्र र नायक हो । ऊ मानवीर र जुरेलीको छोरो, कलिलो उमेरमा नै टुहुरो भयो । डायरी महाजनले उसलाई गोठालो बनाउन चाहेको थियो । काकती बाबूले उसलाई आफ्नो घरमा लग्छ, तर उसकी स्वास्नीले गुमानेलाई गोठालाको छोरो भनेर हेप्छे, मूल घरभित्र पस्नमा वारण गर्छे । काकतीको अलिकति दया र अलिकति माया पाउँछ, तर काकतीकी स्वास्नीको कचकच र गाली सहेर बस्नुपरेको छ । काकतीको छोरो हरेनले उसलाई शत्रु ठान्छ र एक्कासी हमला गर्छ । मालतीले माया गरे पनि ऊ आफूलाई एक्लो ठान्छ । ‘मेरा बाबु छैनन्, आमा छैनन्, आफन्त भन्ने कोही छैनन् । मेरो दयनीय अवस्थामा कसैले सहानुभूति पोख्लान्, तर माया गर्ने कोही छैन ।”,ऊ यसरी आफ्नो दुखेसो पोख्छ । काकतीकी छोरी मालतीसँग उसको प्रेम हुन्छ, तर उसको प्रेमको परिणति विवाहसम्म नपुगी विच्छेदमा टुङ्गिन्छ । ऊ हीनमन्यताको भावनाले ग्रस्त छ, त्यसैले मालतीको विवाहको प्रस्तावलाई चाहेर पनि स्वीकार गर्ने आँट गर्न सक्तैन । परिस्थिति अनुकूल नहुनाले ऊ मालतीसँग विदा भएर सहरतिर लाग्छ । डायरी महाजनका पञ्जाबाट गौचरण भूमि उद्धार अभियानमा ऊ सफल हुन् सकेन । वनविभागले बाढीको चपेटमा परेका निमुखा गाउँलेहरूलाई उच्छेद गरेको कार्यको विरोध गर्दा ऊ थुनामा पर्छ । राजनीतिमा पसेर उसले समाजसेवा गर्न चाहेको थियो । यसमा पनि ऊ षडयंत्रको जाल रचिनाले सफल हुन् सकेन । यसरी पाइलैपिच्छे असफल हुनाले अभिघात बेहोर्छ । युद्धमा गोली लाग्नाले उसको सग्लो अनुहार बिकृत र डरलाग्दो भएको, सानैमा टुहुरो भएको, प्रेमिकाबाट पनि बिछोडिनु परेको, एक्लो जीवन बिताउन बाध्य भएको गुमानेको जीवन अभिघातग्रस्त छ । मालतीको अभिघात : मालती ‘ ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासकी प्रमुख नारीपात्र तथा नायिका हो । ऊ गुमानेलाई प्रेम गर्छे । मालती गुमानेसँग सल्केकी छ भन्ने कुरा गाउँमा फैलिएको हुदाँ, त्यो परिस्थितिबाट छुटकारा पाउन गुमाने गाउँ छोडेर अन्तै जान्छ । यता मालतीको बिहेको तरखर हुन्थाल्छ । मालती भने गुमानेको प्रतीक्षामा बौलाहीजस्ती हुन्छे । उसको मानसिक सन्तुलन खल्बलिएको छ । हृदयको व्यथा लुकाउने प्रयास गर्छे, तर असफल हुन्छे । एकजना डाक्टरसँग मालतीको बिहे हुन्छ । बिहेका केही दिनपछि डाक्टर पतिले उसको यौनक्षुधा जागृत पार्छ, तर आफू नपुंसक हुनाले त्यो क्षुधालाई निवारण गर्न असमर्थ भएर अर्कापट्टि फर्केर रुनथाल्छ । नपुंसक भनिने लोकलज्जाबाट छुटकारा पाउने उद्देश्यले मात्र उसले बिहेको नाटक गरेको रहेछ । मानसिक सुखबाट वञ्चित भएकी मालती शारीरिक यौनसुखबाट पनि वञ्चित भई । चुनावमा गुमानेलाई सहयोग गर्छे तर उसैको दाजु हरेनले गुमानेमाथि मारात्मक हमला गरेपछि उसको हताशा चरममा पुग्छ र आत्महत्या गर्छे । यसरी हेर्दा मालतीको जीवन अभिघातग्रस्त देखिन्छ । मानवीर र जुरेलीको अभिघात : मानवीर र जुरेली इतिहासले लखेटेका प्रतिनिधि पात्र हुन् । आफ्नो जन्मभूमिमा गाँस र बासको जोहो गर्न नसकेर भाग्यको अन्वेषणमा अरू सरह यो दम्पति पनि आसाम पसेको हो । बर्म गयो कर्म सँगै भन्ने उखान उनीहरूको जीवनमा फेरि सत्य सावित भयो । नौलो ठाउँमा यिनीहरूले जिउने संग्राम गरे, तर यहाँ पनि शोषणको शिकार बने । जुरेली उपचार नपाएर मरी । उपचार बिना उमेरै नपुगी मृत्युका मुखमा परेकी जुरेलीको अभिघातले मानवीरलाई गाँज्नु स्वाभाविक हो । जुरेलीको मृत्युपछि मानवीर आफू एक्लो भएको अनुभव गर्छ, उसको जिउने इच्छा नै हुँदैन । जुरेलीलाई ऊ बिर्सिन सक्तैन र दु:खी बन्छ । आर्थिकस्थिति बिग्रिएको आघात, विस्थापित हुनुपरेको आघात उसले सहेकै थियो, त्यहीँमाथि मायालु पत्नीको मृत्यको बज्राघात थपिनाले भित्रभित्रै खोक्रिएर मानवीरको पनि मृत्यु हुन्छ । यस उपन्यासमा सुब्बा नामको सहायक पात्र छ । सुब्बा अनपढ र सोझो छ । ऊ डायरी महाजनको गोठालो हो । महाजनले उसको दुई वर्षको कामको ज्याला हडप गरिदिनाले सुब्बा पनि अभिघात बेहोरेको छ । डायरी महाजनजस्ता गरीबका खुनले ढाडिएका शोषक सधैँ भोका हुन्छन् । श्रीमती काकतीको अभिघात : आफ्नै गल्तीले गर्दा श्रीमती काकतीको जीवन अभिघातग्रस्त बन्छ । ऊ आफ्नै जातको गतिलो केटासँग छोरी मालतीको बिहे होस् भन्ने चाहन्छे । उता छोरी भने अर्कै जातको, त्यो पनि आफ्नै घरमा पालेको टुहुरो केटो, नोकर बराबरको गुमानेका प्रेममा पागल भएको चाल पाएर उसको मानसिक शान्ति हराउँछ । पुल्पुल्याएर राखेको छोरो हरेन कुटपीटको मामलाबाट बँच्न घरबाट बेपत्ता हुन्छ । छोराछोरीको सुख नै आफ्नो सुख ठाने पनि छोराले गरेका गल्तीमा आँखा चिम्लनु, बुझकी छोरीको हृदयमा जागेको प्रेमलाई नबुझेर अर्कै पात्र उसको जिन्दगीमाथि थोपरिदिनु जस्ता भुल गर्नाले श्रीमती काकतीको जीवनमा अभिघात पसेको छ । छोरीलाई गुमानेबाट छुटाउन सफल भए पनि छोरीको घर-संसार टुटेको हुनाले उसको रक्तचाप बढ्छ । पारिवारिक अशान्तिका कारण नै श्रीमती काकतीको मृत्यु हुन्छ । उपन्यासमा प्रतिबिम्बित नेपाली जनजीवनमा अभिघात ‘ ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासमा असमेली जनजीवनको सुन्दर चित्रण पाइन्छ । लीलबहादुर क्षेत्रीले उनको पहिलो उपन्यास बसाइँ मा नेपालको पृष्ठभूमि देखाएका छन् भने तेस्रो उपन्यासमा असमलाई लिएका छन् । उपन्यासकारले ब्रह्मपुत्रका छेउछाउ लाई बसाइँ को परवर्ती पुरक खण्ड भनेका छन् । आफ्नो देश अथवा कुनै ठाउँमा सुख-शान्तिले बसोबास गरिरहेको कोही पनि बसाइँ जान चाहँदैन । अत बसाइँसँग अभिघातको नङमासुको सम्बन्ध हुन्छ । लेखकले वर्णन गरे अनुसार ब्रह्मपुत्रका छेउछाउ उपन्यासमा नेपाली जनजीवन समस्यै-समस्याले जेलिएको अभिघातग्रस्त छ । अशिक्षा, अन्धविश्वास, गरिबीले सताएका नेपालीहरू सोझा र सबल्टर्न छन् । वनविभागले सिपाही र हात्ती लगाएर घर भत्काइदिनाले गाउँबासी नेपालीको बिजोक हुन्छ । संगठित नहुनाले त्यस अन्यायको कडा विरोध हुन् सकेन । प्रकृतिका सन्तान निमुखा नेपालीहरूलाई प्रकृतिले पनि साथ नदिएकै देखिन्छ । वर्षेनी आउने बाढी र गडालागीले नेपालीलाई नै सताएको हुन्छ, किनभने खेतिकिसान र गोठ पालेर बस्ने नेपालीहरूको नदीका छेउछाउमा बसोबास हुन्छ । यसरी, चरनभूमिको समस्या, बासको समस्या, आदि अनेकौं समस्या झेल्दै रैथाने असमेली जनगोष्ठीसँग साइनो गाँस्दै असमेली नेपाली जनजीवनमा पनि धेरथोर अभिघातको अभिव्यक्ति पाइन्छ । निष्कर्ष : लीलबहादुर क्षेत्रीको ‘ ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासमा प्रमुख पात्र गुमाने, मालती र सहायक पात्रहरू- मानवीर, जुरेली तथा श्रीमती काकती साथै परिवेश चित्रणमा अभिघात सिद्धान्तको सुन्दर प्रयोग भएको छ । असमको छाती चिरर बगेका ब्रह्मपुत्र नदीको असमेली जनजीवन र संस्कृतिमा ठूलो महत्व छ । यो असमका लागि वरदान र अभिशाप दुवै बनेको छ । ब्रह्मपुत्र नदी नभएको भए असम मरुभुमि बन्ने थियो र गाँस-बासको आसले कोही पनि यता आउने थिएनन्, अनि यो उपन्यास पनि रचिने थिएन । उपन्यासकार क्षेत्रीका नजरमा ब्रह्मपुत्रको वरदान परेनछ, त्यसैले उनले उपन्यासमा अभिघात मात्र देखाएका छन् । ——————————————————————————————- The term TRAUMA NOVEL refers to a work of fiction that conveys profound loss or intense fear on individual or collective levels. A defining feature of the trauma novel is the transformation of the self ignited by an external, often terrifying experience, which illuminates the process of coming to terms with the dynamics of memory that inform the new perceptions of the self and world. The external event that elicits an extreme response from the protagonist is not necessarily bound to a collective human or natural disaster such as war or tsunamis. सन्दर्भ उत्तरआधुनिक विमर्श— डा. गोविन्दराज भट्टराई, मोडर्न बुक्स, काठमाडौ। काव्यक आन्दोलनको परिचय — डा. गोविन्दराज भट्टराई, साझा प्रकाशन, काठमाडौ। Trends in Literary Trauma Theory: Balaev,Michelle, Mosaic Winnipeg A Reader’s Guide to Contemporary Literary Theories, Raman Seldon et al, Pierson Longman |
आविष्कार आन्दोलन र मुकुल दाहालका लीलाबोधका कविताहरू: कृति प्रकाशन भएको चार वर्षपछि तेस्रोपल्ट पढिसकेपछि म पनि आइपुगेँ सीमातीत सीमान्तमा । कविताको निकै राम्रै पाठक हुँ लाग्थ्यो आफूलाई, पढ्न सबैभन्दा धेरै रुची लाग्ने पनि कविता नै थियो । तेस्रो आयाम र वैरागी काइँला लेख्नुअघि धेरैपल्ट पढियो, काँइलाका कविता । अनेकतिरबाट बुझ्ने प्रयत्न गरियो तिनलाई । यताबाट बुझ्न खोज्यो, उतातिरबाट फुस्किहाल्थे ती कविताहरू । तर बिस्तारै फकाउँदै, लोभ्याउँदै तिनको कानमा समात्ने प्रयत्न गरेको थिएँ । नेपाली कवितामा यत्तिको धेरै मेहनत गर्ने कविहरू भने थोरै छन् । क्लिष्टता कवितामा कतिको आवश्यक रहन्छ भन्ने विषय जहिले पनि विवाद भित्र नै छ तर लेखिएका कविताको क्लिष्टता पाठकहरूले रमाउँदै स्वीकारिरहेका हुन्छन् । त्यसो त वैरागीका भन्दा पनि ईश्वरबल्ल्भका कवितामा क्लिष्ट बनाउने शक्ति ज्यादा पाइन्छ । भाषाको बुनोट, प्रतीक बिम्बको छनौट, विषयवस्तुको खोज, पाठकको सोच आदि अनेक कारणहरूको आपसी संयोज्यले कवितालाई क्लिष्टता प्रदान गरेको हुन्छ भने पाठकको बौद्धिक क्षमता, विषयवस्तुको स्थानीयता वा सांस्कृतिक निकटता, बिम्ब प्रतीकसँगको परिचय आदि अनेक कारणबाट पाठक कविताको नजिक वा टाडा रहेको हुन्छ । थोरै लेख्ने तर राम्रो लेख्ने कविको नमूनाका लागि कुनै नाम लिनुपर्दा हामीले मुकुलको नाम पनि लिनु पर्छ । प्रारम्भमा कवि टंक दाहालका नामले परिचित उनी पछि गएर मुकुल दाहाल भएको देखिन्छन् । थोरै छन् नेपाली कवितामा क्लिष्टताको खेती गर्ने कविहरू । तर सबै कविताहरूका बीच यी कविताहरू पनि उत्तिकै चर्चा र अध्ययनको सीमाभित्र खोलिरहेका छन् । यस्तै कविहरूको सीमित समाजभित्र समकालीनहरू माझ टड्कारो देखिने कविमा हामी मुकुल दाहाललाई पनि लिने गर्दछौँ । मुकुल दाहाल, दुई दशकदेखि नेपाली कविता विधामा निरन्तर लेखन गरिआइरहेको कवि हुन् । फुटकर रूपमा देखिन्छन् । प्रकाशन गर्न पनि त्यति नहतारिने र गोष्ठी, भेटघाटतिर पनि धेरै समय नफाल्ने, गम्भीर प्रकृतिका, थोरै बोल्ने तर गहिरो अध्ययन र कल्पना क्षमताका धनी उनी, निकै उत्कृष्ठ कविताका सर्जक भने शुरूदेखिकै हुन् । थोरै लेख्ने तर राम्रो लेख्ने कविको नमूनाका लागि कुनै नाम लिनुपर्दा हामीले मुकुलको नाम पनि लिनु पर्छ । प्रारम्भमा कवि टंक दाहालका नामले परिचित उनी पछि गएर मुकुल दाहाल भएको देखिन्छन् । २०४४ सालमा झापाको शनिश्चरेबाट तीन जना कविहरूले कवितामा एक लेखन अभियानको प्रस्ताव गरेका थिए । ‘आविष्कार आन्दोलन’ का नामले प्रस्तावित त्यो अभियानमा कवि पुण्य बराल, अर्जुन बराल र टंक दाहाल थिए । “हामी सडकमा हिँड्दैनौँ, अब सडक हामीमा हिँड्छ । आविष्कार आन्दोलन देखावटी आकृष्टता होइन– अन्तध्र्यान हो । इम्पोसिबललाई पोसिबल बनाउने कायदा होइन, नट पोसिबललाई पोसिबल बनाउने क्रम हो । साहित्य कुनै पनि वादको घेराभित्र निसासिन्छ । हिजोले भोलिलाई नेतृत्व गर्न सक्दैन । E=Mc 2 ले आइन्स्टाइन पत्ता लगायो, Low of gravitation ले न्यूटन पत्ता लगाए जस्तै यस आन्दोलनले हामीलाई आविष्कार गर्न सकेको खण्डमा हामी आफूलाई सफल भएको ठान्ने छौँ ।” यस्तो घोषणाका साथ कविता लेखनमा ओर्लिएका यी तिन कविहरूमध्ये पुण्य बराल, झापा शनिश्चरेस्थित कालिस्थान मा.वि.मा शिक्षकको रूपमा कार्यरत सक्रिय कवि हुन् । कृति प्रकाशन नगरिएको भए पनि पत्रपत्रिकाहरूमा निरन्तर प्रकाशित भइरहने उनी कवितामा भाषिक र शिल्पगत प्रयोगलाई ज्यादै महत्व दिन्छन् । कृष्ण धराबासी अर्जुन बराल अर्थशास्त्रको विद्यावारिधी भएर विराटनगरमा प्राध्यापन कार्य गरिरहेका र लेखनमा सिथिलता ग्रहणको अवस्थामा छन् । कविताभन्दा कथातिर केही झुकाव राख्ने उनी हिजो आज लेखनमा आफूलाई करिब करिब स्थगित अवस्थामा रहेको देखिन्छन् । यी तीनमध्ये सबैभन्दा कम बोल्ने, कम लेख्ने र शान्त स्वभावका टंक नै मुकुल बनेर सशक्त कविका रूपमा स्थापित हुनपुगेको देखिन्छ । आविष्कार आन्दोलनबारे २०४४ सालमा प्रकाशित भएको चार पृष्ठको उल्लेखित अभिव्यक्तिसहित तीन कविका एक–एक नमूना कविताबाहेक अरू कुनै घोषणा पत्र देखा परेन । त्यत्रो ठूलो सैद्धान्तिक पृष्ठभूमि पनि यसको उल्लेखित भएर आएन तर तीनजना कविहरूलाई अरूभन्दा छुट्टै र पृथक हुने रहर भने राम्ररी जागेको देखिन्छ । तेस्रो आयामका तीन जनाकै जस्तो प्रभाव उनीहरूमा पनि चढेको हुनुपर्छ त्यो नवयुवा कालमा । केही बेग्लै विशिष्ट बन्ने चाहना हरेक व्यक्तिलाई भइरहन्छ नै, त्यसको मूर्त रूप भन्नु आफ्नो भावी यात्राको घोषणा नै हो । भोक कविता आन्दोलनका कविताले पाठकहरूका कानलाई जागा गराइसकेपछि आएका यी कविता सहजै रुचीकर हुनपुगेका थिए । बुझ्न कठिनाइ भए पनि, क्लिष्टताको पक्ष धेरै रहे पनि पाठकीय रुची बढेकै थियो । यो घोषणाले तात्कालीन झापाली कवितायात्रामा निकै चर्चा पाएको थियो । हरेक गोष्ठीमा यी तीन कविहरूले सुनाएका कविताहरू विशेष रूपले सुनिन्थे र चर्चित हुन्थे । निश्चय नै यिनका कवितामा अरूमा भन्दा फरक भाषा, शैली, प्रस्तुति र विषयहरू हुन्थे । भोक कविता आन्दोलनका कविताले पाठकहरूका कानलाई जागा गराइसकेपछि आएका यी कविता सहजै रुचीकर हुनपुगेका थिए । बुझ्न कठिनाइ भए पनि, क्लिष्टताको पक्ष धेरै रहे पनि पाठकीय रुची बढेकै थियो । छोटो समय काम गरेको छ– यस आन्दोलनले । चाँडै नै तीनजना विद्यार्थीहरू अध्ययनका सिलसिलामा तीनतिर छरिन पुगेपछि उनीहरू सामूहिक शक्ति खण्डित हुन पुग्यो । बिस्तारै व्यक्तिगत प्रयत्नहरूतिर संकुचन हुनुपर्ने आम बाध्यता उनीहरूमा पनि देखिन्छ । आविष्कार आन्दोलन के थियो वा के हो को स्पष्ट उत्तर पाउने गरी उनीहरूले प्रस्तावना गरेका थिएनन् । पाँच वाक्यको छोटो अभिव्यक्तिमै आफ्ना कुराहरू सकेका थिए । — हामी सडकमा हिँड्दैनौँ, अब सडक हामीमा हिँड्छ । — आविष्कार आन्दोलन देखावटी आकृष्टता होइन, अन्तध्र्यान हो । — Impossible लाई Possible बनाउने कायदा होइन, Not Possible लाई Possible बनाउने क्रम हो । — साहित्य कुनै पनि वादको घेरा भित्र निसासिन्छ । — हिजोले भोलिलाई नेतृत्व गर्न सक्दैन । यिनै अत्यन्त छोटा पाँच बुँदाहरू आविष्कार आन्दोलनका सूत्र देखिन्थे । विषयलाई वा कुरालाई अत्यन्त संश्लेषण गरी भन्ने उनीहरूको चलन कै यो नमूना मान्नु पर्छ । उनीहरूका कवितामा पाइने भाव संस्लेषण नै यस आन्दोलनको विशिष्टता हो । यिनीहरूका कवितालाई बुझाउने एउटा अर्काे प्राविधिक व्यक्ति जहिलै पनि छेऊमा उभिएको हुनु पर्छ झैं लाग्छ । मलाई लाग्छ– झापाको शनिश्चरेस्थित सरकारी विद्यालयमा पढ्दै गरेका यी विद्यार्थीहरूले सम्भवत डेरिडाको नाम पनि सुनेका थिएनन् । विश्वविद्यालयले नै डेरिडाको नाम सुन्न थालेको त्यति धेरै भए जस्तो लाग्दैन । चलिआएको मान्यता र विश्वासलाई भत्काउने चेष्टा थियो उनीहरूको, सरदर २० वर्ष उमेरका उनीहरूको त्यस बेलाको बौद्धिकता र मानसिकतामा त्यत्रो ठूलो बाध्य प्रभाव परेको देखिदैन । माध्यमिक विद्यालयको विद्यार्थी रहेकै बेला थियो त्यो । तर आज आएर उनीहरूको त्यो घोषणालाई हेर्दा यसमा पश्चिमी उत्तरआधुनिक शैली डेरिडाको विनिर्माणवादको प्रभाव पो थियो कि भन्ने देख्न सकिन्छ । तर मलाई लाग्छ– झापाको शनिश्चरेस्थित सरकारी विद्यालयमा पढ्दै गरेका यी विद्यार्थीहरूले सम्भवत डेरिडाको नाम पनि सुनेका थिएनन् । विश्वविद्यालयले नै डेरिडाको नाम सुन्न थालेको त्यति धेरै भए जस्तो लाग्दैन । जे होस्, परम्पराका विरूद्ध जुनसुकै युगमा, जुनसुकै पुस्तालाई पनि केही गर्न मन लाग्छ । नयाँ हुन र आफ्नै खाले युग बनाउन चलिआएकोबाट नयाँ देखिन रहर हुन्छ नै । त्यस्तै रहरका बीच उनीहरूले जे भने, त्यो अत्यन्त सान्दर्भिक र समकालीन विचार नै देखिन्छ आज आएर हेर्दा । – हामी सडकमा हिँड्दैनौँ, अब सडक हामीमा हिँड्छ । विषयलाई उल्टाइएको छ । हामी सधैँ सडकमा हिँडिरहेको ठान्थ्यौँ तर अब हामी सडकमा होइन, सडक हामीमा हिँड्न थालेको छ, अर्थात् अब हामी आफ्नो बुद्धि र निर्णयमा छैनौँ, हामी हाम्रो दृष्टिकोण र चेतको स्वअर्थमा पनि छैनौँ, हामी अब आफ्नो बुद्धिमाथि अर्काको भारी थपेर हिँड्न थालेका छौँ । अरूका विश्वास, विश्लेषण र व्याख्याहरूलाई बोकेर हिँड्न थालेका छौँ । आफ्ना कुरालाई कतै थन्क्याएर अरूको भारी बोक्न रमाउन थालेका छौँ । सडकलाई टेकेर त्यसमाथि शासन गर्ने हामी, अब सडक नै हामीलाई टेक्न थालेको छ । हामीले टेकिरहेको भनिएकोले नै हामीलाई टेकिसकेको रहेछ । यो चेतना उनीहरूमा आज भन्दा दुई दशकअघि नै आएको देखिन्छ । अरूको भारी बोक्न बाध्य भएको मानसिकतासँग जुध्ने तागतको खोजी उनीहरूको देखिन्छ । त्यसैले भन्छन्– Impossible लाई Possible बनाउने कायदा होइन, Not Impossible लाई Impossible बनाउने क्रम हो । अर्थात् असम्भवलाई सम्भव बनाउने यात्रा थिएन उनीहरूको, सम्भव छैन लाई सम्भव बनाउने लडाइँ थियो यो । सडक भन्नाले अरूहरूले निकै मेहनत गरी सबैको सुगमताका निम्ति बनाएको बाटो हो, जसमाथि टेकेर हामी कुनै तोकिएको ठाउँमा पुग्न सक्छौँ, सिद्धान्तहरू, वादहरू पनि त्यस्तै सडकहरू हुन जसमा रहेर, स्वीकार गरेर आफ्नो सोच्ने शैली र वस्तुलाई हेर्ने दृष्टि नै त्यसै अनुकूल बनाइरहेका हुन्छौँ । र सबैभन्दा महत्वपूर्ण कुरा गरेका थिए त्यसबेला उनीहरूले– ‘साहित्य कुनै पनि वादको घेराभित्र निसासिन्छ ।’ अर्थात् साहित्य कुनै एउटा सैद्धान्तिक दृष्टिकोणको व्याख्याको साधन बन्नु हुँदैन, त्यो मुक्त र स्वतन्त्र हुनपर्छ, त्यसले प्रत्येक सत्यको लेखन गर्न निर्विध्न मार्ग पाउनुपर्छ । वास्तवमै यो महत्वपूर्ण भनाइ थियो । कुनै पनि सिद्धान्तको व्याख्याको माध्यम साहित्य हुनासाथ त्यसले वास्तविकतालाई छोपिरहेको हुन्छ– सडक हामीमाथि हिँडिरहेको हुन्छ । सडकलाई हामीले स्वीकार गरिरहेका हुन्छौँ । सडक भन्नाले अरूहरूले निकै मेहनत गरी सबैको सुगमताका निम्ति बनाएको बाटो हो, जसमाथि टेकेर हामी कुनै तोकिएको ठाउँमा पुग्न सक्छौँ, सिद्धान्तहरू, वादहरू पनि त्यस्तै सडकहरू हुन जसमा रहेर, स्वीकार गरेर आफ्नो सोच्ने शैली र वस्तुलाई हेर्ने दृष्टि नै त्यसै अनुकूल बनाइरहेका हुन्छौँ । जब हामी कुनै पूर्वस्थापित मान्यताको बौद्धिक दासता स्वीकार गर्छौँ, हामी भित्रको स्वत्वको उत्थान नै हुन सक्दैन । अब हामी आयौं’ भनेर भनेका थिए तर निकै तलसम्म बग्दै आउँदा नदीको किनारमा बालुवा सुतेझैं सुत्दै गए साथीहरू, टंक अर्थात् मुकुल दाहालमात्र यहाँसम्म आइपुगेका छन् । यी कविहरूले पूर्वस्थापित मान्यताहरूका विरूद्धमा नयाँ आवाजको शंखघोष गरेका थिए । ‘अब हामी आयौं’ भनेर भनेका थिए तर निकै तलसम्म बग्दै आउँदा नदीको किनारमा बालुवा सुतेझैं सुत्दै गए साथीहरू, टंक अर्थात् मुकुल दाहालमात्र यहाँसम्म आइपुगेका छन् । सिर्जनशील अराजकताले आज भनिरहेको कुरा त्यति बेलै यी आविष्कार आन्दोलन गर्नेहरू वा धरानको अर्काे जमात र नवीन जुब्वा, रमेश के.सी. र टंक के.सीहरूले भन्न खोजेको देखिन्छ । तर सिर्जनशील अराजकताको जस्तो स्पष्ट रूपमा दृष्टिकोणको व्याख्या वा पं्रस्ताव यिनीहरूले गर्न सकेका थिएनन् । टंक (मुकुल) दाहालको पहिलो प्रकाशित कविता नै त्यही थियो जुन घोषणा पत्रमा प्रकाशित छ । पहिलो भएरै पनि प्रयोगको विचित्रता बोकेको त्यस कविताले मुकुललाई भविष्यको राम्रो कविको संकेत भने दिएकै हो । सतहमा भुइँचालो आएको छ शीर्षकको मुकुलको प्रथम प्रकाशित कविता थियो— आकाशको छतबाट हाम फाल्दै गरेका ताराहरू आँखाबाट वर्लदैं हुन्छन् ऊ, मन भाँच्चिए पनि पहाड उक्लन्छ खै, दृष्टि टोकिरहन्छ । भित्तो क्यालेन्डरमा झुण्डिएको छ साम्साम् सुम्सुम पैताला टेकेर हिंडेको बाटो एक बोहोता रक्सी बेचिरहेछ ! मान्छेका उडात् यी हावाहरू भरी ‘ब्ल्याक डग’ दौडिरहेछन् आँद्यीका उपज यी नीला बल्दै गरेका मैनबत्तीहरू घामको अभिनय हुन् गोलाद्र्धका दुर्ह छेऊ माइनस डिग्री तापिरहेको थर्मामिटर सूर्यको सतह चढ्न सकेको छैन उफ् ऊ तरवारको सन्तान आगोको बारीमा सपना टिप्छ रित्तोबाट उगे लिएका सम्पन्नताहरू सायद चिसोबाट लिइएका ‘ब्याइलिङ पोइन्ट’ हरू हुन् शताब्दिलाई कथाले टोक्छ कथा शताब्दिबाट भाग्छ धेरै हुनुमा थोरै खाएका ‘डेट’ हरू शुन्यमा ओसार्न थाल्छन् । बुद्धको आँशु गान्धीमा मिसिइनै रहन्छ सीमाना चोरेर भुगोलिदैं आएका मानचित्रहरू, उफ् कति नअघाएका ? यी आक्रोशका भिडहरूमा दर्गुदै गरेका थकाइहरू माथि माथिबाट निम्तो फार्डहरू फ्याँकिरहेछन् लौरो टेक्दै हिंडेका बुढ्यौलीहरू रित्तो बोतलबाट तिर्खा खन्याउँदैछन् समयले धनुमा हाँदो चढाउन लाग्दा फेरि कोक्रो हल्लिएको छ त्यसो होइन भने, ए कोलाहलहरू हो ! पक्कै सतहमा भुइचालो आएको छ । यसरी पहिलो कविता नै प्रयोगको नमूनाका रूपमा लिएर आएका कवि मुकुल दाहालले धेरै बाक्लै कविताहरू लेखेनन् । थोरै लेख्ने र गम्भीर लेख्ने उनको स्वभावनुसार नै भएका छन् कविताहरू पनि । पहिलो कविता प्रकाशित भएको १६ वर्षपछि २०६० सालमा उनको प्रथम संग्रहका रूपमा आएको छ ‘सीमातीत् सीमान्त’ । कृतिको नामले नै कुनै खासकुरा भन्न खोजेझैँ लाग्छ । अर्थात् असिमितताभित्र पनि सीमाको खोजी, जुन कुराको सीमा नै छैन त्यसको सीमाको पनि खोज गरिएको सन्दर्भ कृतिको शीर्षकले बोल्न चाहन्छ । यस कवितामा ‘सडकले घ्याम्पाभरी रक्सी बेचिरहेको’ कथ्य लेखिएको छ । सडकमा जताततै रक्सी लागेका मानिसहरू हिँडिरहन्छन् र रक्सी बेच्ने बार, भट्टी र खुद्रा पसलहरू अनगिन्ती छन् र औंल्याएर केही भन्न नसकिने स्थितिमा यस्तो कवितांश सटिक देखिन्छ । मुकुल दाहालको यो पहिलो कविता कृति बजारमा आउनासाथ पाठकहरूबीच यसको उच्च मूल्यांकन भयो । वाणी प्रकाशन विराटनगरले ‘वाणी पुरस्कार’ दिएर सम्मानसमेत ग¥यो । ७२ पृष्ठमा अटाएका ४६ कविताले तिनको आकारलाई बुझाउँछन् । अभि सुवेदी र शैलेन्द्र साकारले कविताबारे राखेका दृष्टिकोणहरू यिनलाई बुझ्न सजिलो बनेका छन् । प्रचलित शब्दावली प्रयोग गर्ने भए टंकका यी दुर्वाेध्य कविताहरू हुन् । यिनलाई बुझ्न सजिलो पार्न शैलेन्द्र साकारले निकै मेहनत गर्नुभएको छ । साकार भन्नुहुन्छ— – वि.सं. २०४४ मा नै लेखिएको ‘सतहमा भुइँचालो आएको छ’ कविता पढ्दा मलाई मुकुलमा यस्तो नवीन बहुआयामिक चेत धेरै पहिले नै आइसकेको आभाष पाएँ । मलाई लाग्छ, यो नै उनको सर्वप्रथम प्रकाशित कविता हो । यस कवितामा ‘सडकले घ्याम्पाभरी रक्सी बेचिरहेको’ कथ्य लेखिएको छ । सडकमा जताततै रक्सी लागेका मानिसहरू हिँडिरहन्छन् र रक्सी बेच्ने बार, भट्टी र खुद्रा पसलहरू अनगिन्ती छन् र औंल्याएर केही भन्न नसकिने स्थितिमा यस्तो कवितांश सटिक देखिन्छ । पहिलो संग्रह भए पनि यो उनको कविताले लेखन (२०४०) को प्रारम्भपछि २० वर्षसम्म खारिएर निस्किएको हुनाले कविताहरू परिस्कृत र गम्भीर छन् । पूर्ण वयस्क यी कविताहरू कुनै कुरा भन्न पटक्कै नहिच्किचाउने र समर्थ देखिन्छन् । पढ्दै गर्दा बेलाबेला पाठकलाई नै भ्रम उत्पन्न गर्न सक्ने यी कवितामा लीलाका झलकहरू जतासुकै पाइन्छ । वास्तवमा लीला लेखनको निकै राम्रो प्रयोग मुकुलका कवितामा हुन खोजेको देखिन्छ । साकारले आफ्नो भूमिकामा भन्नुभएको छ – — ‘उनी कविताको क्षेत्रमा २०४० सालदेखि लागेका हुन् । कविता लेख्न थालेको ४ वर्षपछि नै शनिश्चरे झापामा चलेको ‘अविष्कार’ नामक साहित्यिक आन्दोलनको घोषणा गर्ने मध्येका एक थिए । त्यो सगर्व घोषित ‘आविष्कार’ नामक प्रकाशित शब्द आन्दोलनमा पुण्य बराल, अर्जुन बराल र उनको कविता संकलन गरिएको छ । यस आन्दोलनले मुक्त कविताको खोजी गर्दै ‘कविता वादको घेराभित्र निसासिन्छ’ जस्तो उद्घोषणा गरेका थिए । नयाँ रूपविधान र शैलीको आविष्कार गर्नुलाई अभिष्ट मान्ने त्यो आन्दोलन आफ्नो लागि सदा प्रेरणास्पद रहेको कुरा उनी गर्छन् । त्यसलाई आफ्नो उर्जा मान्ने मुकुल पछिल्ला दिनहरूमा आफ्नो साहित्यिक विचार कथ्य कायाकल्प र लीलालेखनबाट समेत प्रभावित भएको कुरा स्वीकार्छन् ।’ नेपाली साहित्यका विभिन्न विधाका क्षेत्रमा पछिल्लो कालमा आएको शक्तिशाली लेखन प्रविधि लीलालेखनमा कविता विधा आख्यानका तुलनामा धेरै पछाडि छ । प्रवृत्ति र लेखन दुवै अफ्ठयारो रहेको लीलालाई कवितामा पु¥याउन सजिलो छैन, तर त्यस्तो काममा पनि मुकुलले आँट गरेको देखिन्छ । वास्तवमा उनको कविताकृतिमा लीलाका चेत र बोधहरू अनेक देखिन्छन् । लेखन शिल्प पनि नयाँ प्रविधिमा छ । पाठकलाई पढ्दापढ्दै अनेकप्रकारका रिङ्गहरू एउटै कवितामा प्राप्त हुनथाल्छ । कृतिको शीर्षक आफैँमा एउटा कविता छ— ‘सीमातीत सीमान्त । ’ सीमाको पनि अन्तिम बिन्दु, जहाँदेखि उता केही छैन, त्यसको पनि अन्त । अर्थात् अन्तको पनि अन्त भन्ने व्यापक अर्थ बोधबाट शुरू गरिएका छन् कविताहरू । शब्दहरू गाह्रा अफ्ठयारा छैनन्, तर यिनको भाव रचना भने कठिन लाग्छन् । कठिन हुनु मुकुलका कविताको विशेषता होइन, बरू ती कविताले भन्न खोजेको भावको तहसम्म पुग्नु पाठकीय कठिनाइ देख्छु म । यी कवितामा समकालीन नेपाली कविताका परम्परा जस्ता बनिसकेका विम्ब र प्रतीकहरू छैनन् । अत्यन्त संस्लेष्य छन् कविताहरू । छोटा वाक्य, खाँदिएको भाव र व्याख्याको छुट्टै प्रयोजन रहेका यी कविताहरू सरलताको आग्रह गर्ने पाठकहरूका निम्ति दुुर्बाेध्य नै भन्नुपर्छ । त्यसो त मोहन कोइरालाको कविता पनि परम्परा बनिसकेको नेपाली काव्य यात्रामा यी कविताहरूलाई अतिसय दुर्बाेध्य त भन्न कहाँ पाइएला र ? तर पढ्दापढ्दै आफैं फरक फुक्दै जाने आत्मपरक अर्थहरू पनि यी कवितामा सजिलै फुक्न सक्दैनन् । शब्दहरू गाह्रा अफ्ठयारा छैनन्, तर यिनको भाव रचना भने कठिन लाग्छन् । कठिन हुनु मुकुलका कविताको विशेषता होइन, बरू ती कविताले भन्न खोजेको भावको तहसम्म पुग्नु पाठकीय कठिनाइ देख्छु म । कविताले सजिला शब्दहरूबाट बुनेका बिम्ब बुझ्न भने अप्ठयारो मान्न सक्छन् पाठकहरू । जस्तै : आँगनमा अँध्यारो ढाडे भइरह्यो । (कविता जन्मदिनमा) यहाँ– अँध्यारो र ढाडेको सम्बन्ध सरल छैन । ढाडे भनेको कसैलाई नटेर्ने, देख्नासाथ झम्टन खोज्ने, डुःर्रर गरे धम्क्याउने । धपाउँदा पनि जान नमान्ने, जबरजस्ती गर्न खोज्ने– बिरालोको भालेको चरित्र बुझिन्छ । तर यहाँ अध्यारो कसरी ढाडे भयो त ? अर्थात् आँगनमा अँध्यारो अब बाक्लियो र त्यो हलचल नगरी बसिरह्यो । डरलाग्दो कालो भयो अँध्यारो आँगनमा । आँगन हाम्रो सबैभन्दा नजिकको प्रिय स्थान हो । सुरक्षाको प्रबन्ध भएको ठाउँ । जहाँ हामी निर्मीकतापूर्वक गतिविधि गर्दछौँ, तर त्यही आँगनमा अरू नै कोही बाहिरबाट ‘आएर’ शासन गर्न लागे– के गर्नु ? ‘कविताको जन्मदिनमा’ शीर्षक कविताको पहिलो अभिव्यक्ति हो त्यो । उनका कविताका वाक्यहरू छोटा हुन्छन्, भाव र अर्थ दुवै खाँदिएका हुन्छन् । कवितामा पाइने तत्वलाई उनले छानी छानी राखेको हुन्छ । सबरीले मीठा बयरहरू भेला गरेझैँ मुकुलका कवितामा फ्याँक्नुपर्ने केही नभएको र चपाइरहनुपर्ने सबै फलैफल भेटिएको जस्तो लाग्छ । दार्शनिकताको गहिरो तहसम्म पुगेको उनको बौद्धिकता प्रत्येक कवितामा छर्लङ्ग देखिन्छ । पढ्दा–पढ्दै अरूथोक नै केही पढ्न थालेझैँ मन र बुद्धितिर अनौठो अनुभूति हुन थाल्छ । जीवनलाई हेर्ने उनको कति सजिलो आँखा– म बुझिरहेछु, मेरो चुहिरहेको जीवनको झोल उसको लामो आयुको अर्थवत्ताभन्दा पुड्को छ संकीर्ण छ । (कविताको जन्मदिनमा) बग्दै गएको, बित्दै गरेको प्रत्येक क्षणले बाँच्नु पर्ने बाँकीलाई छोटो, पुड्को र संकीर्ण बनाउँदै लगेको हुन्छ । दिनदिनै, अलिअलि, अलिअलि गर्दै हामी उतातिर सकिनु, समाप्त हुनुतिर नै बढिरहेका हुन्छौँ । जतिजति भोलिमाथि आशा गर्छौँ त्यति नै बाँच्नुलाई खचे गर्दै हुन्छौँ । मुकुलले कविता सम्झेका छन् आफैँलाई आफ्नै जीवनलाई । लेखनमा नारा र ठाडा अभिव्यक्ति कवितामा कलाको अनुपस्थिति हो । धेरै त्यस्ता कविताहरू भनेका अपरिष्कृत ‘घाउ’ कविताहरू हुन् । कवितामा नारासँगै बहिस्कृत छ, तर त्यस्तै कविताको बजारमा भीडभाड पनि छ । मुकुलले कवितामा डरलाग्दो राजनीति लेख्छन्, व्यंग्य लेख्छन्, अन्तर्राष्ट्रिय राजनैतिक संकीर्णताहरू लेख्छन् तर तीहरू काव्यिक हुन्छन्, पठनीय । ‘खाँद’ कविताले चीन, भारत र नेपालको स्थितिको चित्रण गरेको छ, तर सरदर भाषण कविता यो होइन । यसले बिम्बको यति सुन्दर रूप ग्रहण गरेको छ— कालान्तरको जिउँदो कविता भइरहने छ यो । घामका खिरिला किरणहरू यहाँ आउँदैनन् हावाका हलुका खुट्टाहरूले टेक्दैनन् । ओसह संघै । गुमसुम छ सधँै मुसाहरू, माकुराहरू, छेपाराहरू, सर्पहरूको भोज हुन्छ नाटक, लीला हुन्छ । यो खाँदमा, जीवन खुम्चन्छ हरेक क्षण– गँडेउला जस्तै जीवनमा कहिलै विहान हुँदैन । (खाँद) दुवैतिरका आग्लाहरूले छेलिएको र चेपिएको खाँद छ देश, जहाँ हावा, घाम, सधैँ छेलिन्छ । ओस, टुर्गन्छ र रोग मात्र थुप्रिएर बस्छ । यथार्थमा हाम्रो देशको अवस्था यस्तै छ । चीन र भारतको बीचमा चेपिएको यो सबैखाले सुखसुविधा र विकासबाट बञ्चित छ । कहिले चीनलाई, कहिले भारतलाई चित्त बुझाउँदैन, उनीहरूको इच्छाको व्यापार, राजनीति र विकासमा चित्त बुझाउने बाध्यता छ । अनि शोषणका अनेक रङ्गहरूलाई हाम्रो विशेषता सम्झेर जोगाइराख्नु छ । मुसा, माकुरा, छेपारा, सर्पहरूलाई पालेर, तिनबाट जोगिदै पनि बाँच्नु छ । यति थोरैमा कति शक्तिशाली भाव भरिएको छ चाकामा मह जस्तो । मंदासमा आवाजहरूको कविता एउटा रमाइलो भीड कविता हो । प्रत्येक वस्तु आवाजमा छ । आफ्नो को सूचना दिन, आफ्नो अस्तित्वले उभिन उसले आवाज दिइरहन्छ, कराइरहन्छ । प्रत्येकका आवाजहरू यही वातावरणमा बजिरहँदा कसको कुन आवाजहरू छुट्याउनै गाह्रो एकले अर्काको आवाजलाई जित्न खोज्दै झन् झन् कराइरहँदा वातावरण नै प्रदूषित भइसकेको हुन्छ । भीमकाय पर्खालहरू च्यातेर घेराहरू बाहिर निस्केका सुमधुर, कर्कश, तीखा आवाजहरूको महासभामा मलाई थाह छ मेरो आवाज पनि उपस्थित छ । ………………………. तर म चिन्न खोजिरहेछु कुन चाहिँ हो मेरो स्वर ? कुन चाहिँ हो मेरो आफ्नो स्वर ? आफूले आफैँलाई नचिनेर भीडभित्र आफैँलाई खोजिरहनुपर्ने, आफूले आफैँलाई छामेर आफू भएको थाहा पाइरहनुपर्ने, अस्तित्वको यो लडाइँमा जीवन बाँचिरहेको यो मीठो चित्रण पनि हो । सांसारिकताबाट हेर्दा, राजनीतिपट्टिबाट हेर्दा ठूला ठूला शक्ति राष्ट्रहरूका आवाजका अघि साना राष्ट्रहरूका आवाजको अर्थ हराउन पनि सक्छ यहाँ । महाशक्ति राष्ट्रहरू जे भन्छन्, त्यो जायज हुन्छ । बारम्बार कमजोर राष्ट्रहरू वा दह्रो हेर्दै जान लागेका नवशक्ति राष्ट्रहरूलाई छेक्न पुराना शक्ति राष्ट्रहरूको एकमतले संसारमा देखाइरहेको बेला यस कविताले कति मीठो गरी भन्छ— आवाजको महासभामा महाशक्तिहरूको आवाज समुन्द्रमा छाल जस्तो उठिरहेछ । कृतिकै शीर्षक रहेको कविता कविलाई पनि विशेष मन परेकै भन्ने बुझिनु स्वभाविक छ । ‘सीमातीत सीमान्त’ यो शीर्षक आफैँमा विशेष अर्थले भरिएको लाग्छ । यसको अर्थ हुन्छ सायद सीमाको सबैभन्दा अन्तिम बिन्दु जहाँबाट उता अब केही हुँदैन । त्यस्तो समयको, सम्यताको र दूरीको अन्तिम बिन्दुमा उभिएर कवि वितेकोलाई, हिजोकोलाई वा पछिकोलाई फर्किएर हेरिरहेका छन् । भन्छन्– म मान्छे एउटा सीमातीत सीमान्तमा आइपुगेर उभिएको छु । यहाँबाट, संग्राहलयमा राखिएका अपूर्ण अर्थ निहित इतिहासका खपटाहरू जस्ता आदर्शलाई हेरिरहेछु । बितेकोबाट पछि फर्किएर हेर्दा मानिसले आफूलाई व्यवस्थित र सम्भ गराउन गरेको प्रयत्न देखेर छक्क पर्नु जस्तो लागिरहेछ । के–के न गर्यो होला भनेको तर केही गर्न नसकेको अवस्थामा देखिरहेछ कवि । अर्थहरू कही पनि पूर्ण छैनन् । आदर्शहरू सबै खपटाजस्ता भुइँभरि छरिएका छन् । कता हो कता, कति हो कति यात्रा हिँडेको ठाने पनि यथार्थमा उपलब्धी केही नभएको उनी देख्छन् । मानिसले के के हो के के गरिसक्यो भन्ने लागेको छ सबैलाई, तर केवल यन्त्रसूत्रको जालोमा आफैं बेरिएको र थुनिएको भन्दा बढी केही देखिएन । मनमा उठ्ने छाल, बाढी, मास्तिष्कको संवेग यन्त्रमा हुँदैन, तर मानिसले आफूलाई यान्त्रिकृत गरिसकेको छ । मानिस स्वयं यन्त्रमा परिणत भएको छ । प्रयोगशालामा यन्त्रमस्तिष्क जडित मान्छे अब मनको, हृदयको वा संवेगको बिम्ब रहेन । उसले जीवनलाई उत्सवका रूपमा हेरेन । ऊ केवल प्रविधि बन्यो, मात्र प्रविधि । सबै चीज यन्त्रवत छ । अब मानिसभित्र आफैँ उत्पन्न हुने भाव संवेगहरू छैनन् । मानिस स्वयं यन्त्र भइरहेको छ । कविताहरू प्रत्येकले पाठक मनलाई अनौठो स्वाद दिन्छन् । कुनै कवितामा बुद्धिमा चढ्छन कुनै मनमा पस्छन् । सुपारी चपाएको स्वाद जस्ता छन् यिनीहरू । छिट्टै नबुझिने, बुझ्नलाई निकै मेहनत गर्नुपर्ने । ‘पानीमय’ कविता वस्तुताले लेखिएको कविता छ । पानीलाई अनेक तरिकाबाट हेरिएको यो अनौठो छ । यस कवितामा अर्थको खोजीभन्दा बोधको चेष्टा बढी देखिन्छ । थोरैमा पानीको सप्पै कुरा भनिएको छ यसरी– सानो थोपा पनि सप्पै पानी हो गाग्रो खोला पोखरी सागरभरिको । एउटै थोपामा नै सिंगै सागरको पानीको प्रतिनिधित्व छ । अर्थात् वस्तुको विशेषता त्यसको सानोभन्दा सानो इकाइदेखि नै प्रमाणित हुँदै आउँछ । पानी एक थोपा होस् वा सिंगै समुन्द्र तर पानी हुनुको विशेषता भन्नु उति नै हो । जति कुराले एक थोपा बन्छ, महासागर बन्ने पनि त्यतिले नै हो । प्रकृतिको यो क्षमतालाई यस कविताले कति मीठो गरी बुझाउन चाहेको होला ? चित्रात्मक यस कवितामा पानी पानी देखिन्छ जता पनि । खास गरी उनी विषयलाई बिम्बले बुझाउन सारै सिपालु छन् । नदीलाई उनी ‘पानीको फिता’ भन्छन् पोखरीलाई ‘समुन्द्रले थुकेको’ पानीलाई बुझाउन, पानी माथि यो उनको कविता चित्रमय छ । जति पढ्यो उति भजा लाग्ने । लेख्छन्– –मुखै गाडेर चुसिरहेछ कलले पानी । जमीनमा गाडिएको कलबाट पानी तानिनुलाई कलले जमीनमा मुख गाडी चुसिरहेको बुझिनु भन्छन् उनी । कति मीठो कल्पना नि ! सबै कविताको शीर्षकगत चर्चा सम्भव छैन । उदाहरणको लागि केही कवितांशका चर्चाहरू गरिए । यस संग्रहभित्रको जीवनभ्रम देख्ने एक कविताको चर्चा गरौँ छोटोमा । ‘मायामण्डल’ शीर्षकको यो कवितामा कविले जीवनको भ्रम पक्षलाई नजिकबाट हेर्न खोज्दछन् । डरले जीवनलाई रमिताका आँखाले हेरेका छन् । जीवन हेर्दा छिन् छिन्मा देखिने रमाइलोको चटकजस्तो देख्छन् उनी । छोरा, आमा, बाबु, पत्नी, दिदी, बहिनी, दाजु, भाइ अनेक नातागोताहरूको क्षणिक सम्बन्धलाई अनौठो पाराले देख्छन् । यी सबै आफन्त भनिएकाहरू को हुन् ? किन हुन् ? कहिलेसम्मका लागि हुन् ? सोच्दछन् । दार्शनिकताले निक्कै गाँजेको छ उनलाई । कति रमाइलो देख्छन् पत्नी सम्बन्ध उनी— शिरमाथिको सफेद क्षेत्र मेरो जिउँदो रङ्गले सिंगारेर जीवन बाँच्न आएकी । पत्नीसँगको सम्बन्ध उनको सिउँदोको सिन्दुरसँग छ । वा पत्नीको सिउँदोमा सिन्दुर हुनु पति जीवित नै रहेको सन्देश जानु– हाम्रो मान्यता । तर यी सबै सम्बन्ध र नातागोताहरू के हुन् जसका लागि हामीले सम्पूर्ण जीवन चिन्तन र कतव्र्यहरू समपर्ण गर्दछौँ । आफ्ना व्यक्तिगत रुची, इच्छा र चाहनाहरू सबैलाई त्यागेर ती सब हामी किन गर्छौँ ? मुकुलका कवितामा हामी चलन चल्तीका व्यंग्य, नारा वा उद्घोषहरू पढ्दैनौँ बरू गम्भीर चिन्तनको दहतिर भाँसिदै जान्छौँ । समकालीन पुस्ताभित्र मुकुलका कविता मिसिन सक्दैनन्, यिनलाई अलग्गै राखेर पढ्नु पर्छ । कवि यहाँ गम्भीर जीवन दर्शनको प्रभावमा परेका छन् । संसारलाई भ्रमको जालो देखिरहेका छन् । मुकुलका कवितामा हामी चलन चल्तीका व्यंग्य, नारा वा उद्घोषहरू पढ्दैनौँ बरू गम्भीर चिन्तनको दहतिर भाँसिदै जान्छौँ । समकालीन पुस्ताभित्र मुकुलका कविता मिसिन सक्दैनन्, यिनलाई अलग्गै राखेर पढ्नु पर्छ । तेस्रो आयाम र लीलाको दृष्टिकोणले विकसित भएका यी कविताहरू सम्भवत लीलालेखनमा कविता विधा पक्रने प्रमूख कविताहरू हुन् । पहिलो कविता ‘सतहमा भुइँचालो आएको छ (२०४४)’ देखि नै प्रयोग र चिन्तनबाट देखा परेका उनी पातलो लेख्ने र शक्तिशाली लेख्ने कवि हुन् । होहल्ला र प्रचार बजारबाट अलग्गै रही काव्य साधनामा व्यस्त मुकुलका यी कविताहरूको काव्यिक मुल्यांकन हुनुपर्ने लाग्दछ । छाँटिदै गएको नेपाली समकालीन कविहरूका भीडबाट अब उनी सवरीले छानेको बयरझैं छुट्टिइसकेका छन् । पूर्वबाट उदाएका मनु मञ्जील र मुकुल दाहाल पछिल्लो कालका सशक्त कविहरू हुन् । जसले मोफसलबाटै राष्ट्रलाई आफ्नो पहिचान दिइरहेका छन् । #कृष्ण धराबासी #मुकुल दाहाल |
हजुरआमाले नदेखेको स्वर्ग: म सानै छँदा मेरी हजुरआमा मोरङ जिल्लाको दक्षिण, भारत सीमा नजिक बस्नुभएका दाइलाई भेट्न सात-आठ घण्टाको पैदल यात्रामा एक-दुई वर्षमा एकपटक निस्कनुहुन्थ्यो । यी यात्रमा म केहीपटक हजुरआमाको साथी बनेको छु । तीनको दाम्लो कुल्चिनु हुँदैन, नाघ्नु हुँदैन भन्नुहुन्थ्यो हजुर आमा । प्रायः मङ्सिर या पुष महिना हुन्थ्यो, बस्तीहरू पातला थिए, आँखाले देख्नसकुन्जेलसम्म भर्खर धान काटेका पराल रङ्गका फाँटहरू हुन्थे । बस्तीछेउको बाटोमा किलामा ठोकर गाईवस्तु बाँधेका हुन्थे । तीनको दाम्लो कुल्चिनु हुँदैन, नाघ्नु हुँदैन भन्नुहुन्थ्यो हजुरआमा । सात आठवटा खोला तर्दै, आराम गर्दै, कुनै कुनै घरबाहिर हुने ट्युबवेल वा इनारको पानी खाँदै बिहान हिँडेका हामी साँझमा हजुरआमाको दाइलाई भेटन पुग्थ्यौँ । त्यति लामो बाटो हिँड्दा हामी के गफ गर्\u200dथ्यौं ? कि हामी चुपचाप हिँडिरहन्थ्यौँ ? हजुरआमासँग भएको गफ त केही पनि सम्झनामा छैन । तर निक्कै ठूलो भएपछिको भएको गफको एउटा सम्झनाले छक्क पार्छ, र दिमागमा त्यो कुरा खेलिरहन्छ । यो कुराको समय, मिति र खास प्रसङ्ग के थियो चाहिँ सम्झन सकिएनँ । कुराको लगभग प्रसङ्गचाँहि मरेपछि कता पुगिन्छ भन्ने थियो । भगवान् छन् की छैनन् ? नभए यो सृष्टि कसरी रचना भयो ? भए कता छन् ? किन देखिन्नन् ? अन्याय, असमानता थिचोमिचो जताततै हुँदा पनि भगवान् यदि हुन्थे भने तीनलाई चुप बस्न केले बाध्य बनाएको होला ? वा प्रजातिको पनि व्यक्तित्व तहसम्मको खोजखबर गरी राख्ने काम भगवान्को तहबाट हेर्दा अलि झर्कोलाग्दो पो हुँदो हो कि ? व्यवस्थापन गर्न अलि झन्झटिलो पो हुँदो हो कि ? योगेन पौडेल भगवान् भए कुन स्वरूपमा होलान् ? हिन्दु धर्मले भने जस्तो शिवलोक, ब्रम्हलोक, बिष्णुलोकतिर विभिन्न स्वरूपमा अथवा अन्य धर्महरूले कल्पना गरेको अन्य स्वरूपमा ? धर्म धेरै गरेरै कसैको जीवनलीला सकिएको रहेछ भने देवताहरू बस्ने स्वर्गलोकमा राख्ने कि भगवान्हरू बस्ने यी लोकहरूमा राख्ने, यसको निधो कसरी लाग्छ ? जिउँदै हुँदा चाहिँ सागर-महासागरतिर घुम्दै जाँदा मध्यसागरमा शेष नागमा सयन गरेका बिष्णु-लक्ष्मीलाई भेट्ने सम्भावना कति प्रतिशत छ ? अनि कति प्रतिशत सम्भावना छ कैलाश पर्वततिर हाइकिङ्ग गयो भने शिव-पार्वतीलाई भेट्ने ? खासमा भगवान् अव्यक्त तत्व हुन् कि व्यक्त स्वरूप हुन् ? या, आफ्नो ईच्छानुसार दुवै हुन् ? अथवा केही पनि होइनन् ? बरू मान्छेको पुस्तौँ-पुस्ताले सुल्झाउन नसकेका प्रत्येक रहस्यको मान्छेले नै निर्माण गरेको एउटा सहज उत्तर हुन् ? र, यिनको बसोबास मष्तिस्कले निर्माण गरिदइएको हृदयमा वा आत्मामा होइन, बरू मष्तिस्क आफैँमा मात्रै हुन्छ ? थोरै संशय हुँदाहुँदै पनि कम विकसित प्राणी क्रमिक रूपमा विकास हुँदै गएर मान्छे बन्यो भन्ने सिद्धान्तचाहिँ बरू पत्यारिलो लाग्छ । केही वैज्ञानिकले भगवान् नहुँदा पनि सृष्टि सम्भव हुने तर्क गरेर पुस्तकहरू निकाले पनि यस्तो विश्वास गर्ने प्रतिशत सायद धेरै छैन । हुन पनि शून्यबाट पदार्थ आएर तारा, ग्रह, उपग्रह आए भन्ने कुरा पत्याउन गाह्रो । र, त्यति नै गाह्रो- कुनै एउटा सुन्दर दिन अणु र परमाणु, तापक्रम र चाप, जीवन बन्नको निमित्त चाहिने अन्य अनेकौँ बाह्य चीजबिजहरू एकआपसमा नजिक आइपुगे र तीनमा एउटा अद्भूत नास्तिक चमत्कार भयो, जसले निर्जीव पदार्थबाट सजीव पदार्थ बन्यो भन्ने सिद्धान्त बुझे जस्तो र पत्याए जस्तो गर्न । थोरै संशय हुँदाहुँदै पनि कम विकसित प्राणी क्रमिक रूपमा विकास हुँदै गएर मान्छे बन्यो भन्ने सिद्धान्तचाहिँ बरू पत्यारिलो लाग्छ । विश्वास गर्न त पाइहालियो नि ! रमाइलोचाहिँ यो सिद्धान्तले हाम्रो हिन्दू धर्मले मानेका भागवान्का अवतारहरूको विकासक्रमलाई समर्थन गरे झैँ लाग्ने । भगवान्का अवतार पनि त समुद्रबाट शुरू भएर बिस्तारै मानव अवतार भएको पढिएको छ । सबैभन्दा शुरुमा समुद्रमा बस्ने माछो, त्यसपछि पानी-जमीन दुवैतिर बस्ने कछुवा, पुर्णरूपमा जमीनमै र जनवारको स्वरूपमा बस्ने बँदेल, आधा जनावर र आधा मानव स्वरूपको नृसिंह, लघुमानव स्वरूप वामन र बल्ल पूर्ण मानव स्वरूपका, परशुराम र त्यसपछिका कृष्ण, बुद्ध र कल्की अवतारहरू । महाभारत, रामायण र भागवतका कथा सानैदेखि पढ्दै, सुन्दै आएरपछि ‘पाश्चात्य’ शिक्षा लिने-दिने कर्मबाट जीवन धान्ने धेरैका मनमा एकअर्काका परस्पर विरोधी र कुनै निर्क्यौलमा पुर्याउन नसक्ने यस्ता बेवारिसे खिचडी विचार आउनु मलाई स्वाभाविक लाग्छ । जति सोच्यो उति बिकराल, उति दुर्भेद्य, जति बुझ्यो उति जटिल । एकपटक मान्छे मर्ने, स्वर्ग नर्क जाने कुरा चलिरहेको बखत हजुरआमाले भन्नु भयो, “मलाई मान्छे मरेपछि सकिन्छ होला जस्तो लाग्छ । स्वर्ग पनि पुग्दैन नर्क पनि पुग्दैन जस्तो लाग्छ । आज छ, भोलि छैन त्यस्तो मात्र हुन्छ होला जस्तो लाग्छ । मानौं उज्यालो बत्ती कोठामा बलेको छ, अकस्मात् स्वीच अफ भयो, त्यो उज्यालो कता गयो ? त्यो उज्यालो सक्किए जस्तै सबै कुरा एकैपटक सक्किन पनि त सक्छ ? हजुरआमाले भनेको कुरा मैले करिब किरब यसरी नै बुझेँ । मधुरो, सुस्त तर निरन्तर चलिरहने पूर्वी हावाजस्तो अनुशासित दैनिकी देखिन्छ, जसभित्र केही क्रिया बिना कुनै छुट्टै यत्न आफैँ आउँछन् र पूर्ण हुन्छन् । हुन पनि हजुरआमामा धार्मिक कर्मकाण्डमा अतिशोक्तिपूर्ण लगाव कहिल्यै नभएजस्तो लाग्छ । मधुरो, सुस्त तर निरन्तर चलिरहने पूर्वी हावाजस्तो अनुशासित दैनिकी देखिन्छ, जसभित्र केही क्रिया बिना कुनै छुट्टै यत्न आफैँ आउँछन् र पूर्ण हुन्छन् । र, कुनै स्व-सञ्चालित प्रणाली जस्तो दोहोरिइरहन्छन- दिन, हप्ता, महिना, वर्ष र वर्षौँवर्ष । हजुरआमाले गाउँघरमा सामान्य लाग्ने कुराहरू, जस्तैः धामी बोक्सीको कुरा, भूत प्रेत पीशाचको कुरा गरेको, चिना-टिप्पण मिलाउने, साइत जुराउने, ग्रह-दशा मन्साउने, शनीको साढेसाती दशा कटाउने कुरा गरेको कहिल्यै सुनिएन । के चाहिँ देख्छु भने, आफन्त बित्दा नून बार्नु हुन्छ, तुलसीको मोठमा बिहान र साँझ दुबैपटक नबिराई पानी हाल्नुहुन्छ, दियोलाई चाहिने बाती कात्नु हुन्छ, साँझ बिहान दियो बाल्ने र एकादसीको व्रत राख्नुहुन्छ । र, एउटी बिराली र त्यसका बेतैपिच्छेका छाउरा छाउरीलाई भोजनको प्रत्येक छाक खाने कुरा छुट्याएर राख्नुहुन्छ। भगवान् हुनु र नहुनु, केही पाउनु र नपाउनुसँग सायद यिनको कुनै सम्बन्ध छैन । अझ खुलेर भन्नुपर्दा यस्तो लाग्छ, सायद यी स-साना दैनिकीका हिस्सा भगवान् खुसी पार्न गरेकै होइन, आफ्नै चित्त प्रसन्न बनाउन गरेको जस्तो । कहिलेकाहिँ सोच्छु धार्मिक पुस्तक र ‘पश्चिमा शिक्षा’को अघुलनशील कक्टेलले हाम्रो विचारमा कुनै निश्चित आकार लिन सकेको छैन । त्यसैकारण निचोड र निर्क्यौलबिहिन विरोधाभाषी वचारबाट हाम्रो पुस्ताको दिमागमा भरिएको छ । तर के हजुरआमाहरूको पुस्ता पनि बेलामैका यस्तै विरोधाभाषी विचार बोकेर बाँच्दछ ? संस्कार र परम्पराले ईश्वरको अस्तित्व सिकाउने तर विपत् पर्दा दसी प्रमाण उपलब्ध नहुने । त्रयो जिन्दगी पर्तिर केही छैन भन्ने सोच्ने हो भने हजुरआमाले गर्ने दैनिक धार्मीक कर्म के पाउनको निमित्त ? तर हजुरआमाहरू यी कर्म प्राप्तिको लालचसँग कुनै सम्बन्ध नभए जस्तो, बिना कुनै तर्कना, बिना कुनै यत्न, स्वाभाविक, स्वचालित हिसाबले गरिरहन्छन् । भगवान् हुनु र नहुनु, केही पाउनु र नपाउनुसँग सायद यिनको कुनै सम्बन्ध छैन । अझ खुलेर भन्नुपर्दा यस्तो लाग्छ, सायद यी स-साना दैनिकीका हिस्सा भगवान् खुसी पार्न गरेकै होइन, आफ्नै चित्त प्रसन्न बनाउन गरेको जस्तो । खासमा धेरैजनाका आमा र हजुरआमाहरूको दैनिकी यस्तै हुन्छ होला । कुनै कुरा लिनुपर्ने पनि हुँदैन, कसैसँग कुनै गुनासो, रिसराग र ठूलो वैमनस्य पनि हुँदैन । सन्तानहरूसँग एकोहोरो प्रेम गर्ने र आफूले गर्दैआएको कुरा प्रेमपूर्वक, निष्ठापूर्वक गर्ने र गरिरहने । प्राप्तिको कुरा कहिल्यै केही दिन नजान्ने एकोहोरो लिनुमात्र पर्ने आधुनिक जमानाका हामीहरू जस्ता प्राणीको दिमागले धेरै सोच्दो हो सायद । बृद्धावस्थाले शरीर कमजोर नै भए पनि बुलन्द जोश, उच्च आत्मविश्वास लिएर निरन्तर जीवनयात्रामा आफ्नै लयमा हिँडिरहेको हजुर आमाहरूलाई हृदयदेखिको सलाम । #योगेन पौडेल |
मीठासमय मेलाङ्कोली...: ओठको डिलैमा सलबलाइरहेको छ एक हुल निराशा । कुँजिएको हाँसोको चित्कार छ कलेटीका माझ । अलप भए एकाएक ती हाँसोहरू पर्यो कलेटी ती ओठहरूमा भयवित भए आँखाहरू किन र ? फगत एक प्रश्न, फगत सोचाइ, फगत एक निरस जीवन… कुमारी लामा होइन । निराशातिर मात्र तानिनु एक कमजोरी हो आफ्नै । त्यो आफैँमा एक मस्तिष्कीय उबडखाबड । केवल ओरान पामुकीय हुजुन, मेलाङ्कोली । हुजुन, पीडाको गहिरो बोध भर्इकन पनि त्यसैभित्र आनन्द छ भन्छन् पामुक । वास्तवमा केही त छ पीडामा । पीडा मात्र पीडा कहाँ हो र ? केवल खुसीको अनुपस्थिति न हो । साहित्यसंगीत साधक गणेश रसिकसँगको एक भलाकुसारीमा उहाँले अब्दुल कलामको भनाइबाट प्रभावित भएर भन्नुभएको एक कुराले बेस्सरी मन छोएको छ । अँध्यारो मात्र उज्यालोको अनुपस्थिति न हो जसरी पीडा पनि केवल खुसीको गैरहाजिरी । कति गहन छन् यी कुरा । गैरहाजिर चीजहरू फेरि हाजिर हुन पनि त सक्छन् जीवनमा । तब त हराएको हाँसोका लागि यति धेरै चिन्ता किन गर्नू ? गएको चीज फेरि फर्कि आँउलान्, गुमेका खुसीहरू पनि फेरि आउने छन् पहिले जसै । आखिर समय न हो । समय… यो वर्ष पनि साउन आएको छ । जीवन र सृजना भएर । नौलो, रोमाञ्चकता, यात्राको मादकता छ । किनकि लयबद्ध साउन छ । साउनसँगै म छु । मसँग मेरो मन पनि छ । मधुरता छ पातमा झरेको थोपाहरूको आवाजमा । मीठो लय छ यस महिनाको । संगीत छ ऊभित्र । सिमसिम छ पानी । एउटा यात्रा छ । एकजोडी आँखा छन् । धेरै उत्सुकता र खुसीहरू बोकिहिँडेकी छु । गति छ । विस्वास छ । एउटा साथ छ । नौलो, रोमाञ्चकता, यात्राको मादकता छ । किनकि लयबद्ध साउन छ । साउनसँगै म छु । मसँग मेरो मन पनि छ । मधुरता छ पातमा झरेको थोपाहरूको आवाजमा । बाटोमा या झ्यालमा टिपटिपाइरहेको यो झरीको छुट्टै मोहनी छ । कल्पना गरौँ न, यस्तै झरीको एक रोमान्टिक दिनमा सहरीय कोलाहालको सन्नाटाबाट अलप भई टुप्लुक्क अवतरण गरेको एक आदिम बस्तीमा । जहाँ सब थोक ठीकठाक छ र फेरि छैन जस्तो पनि । फेरि ओरान पामुकलाई नै सम्झन मन भयो यहाँ । ठ्याक्कै पामुकको सहर निसानतस्य या ज्याहान्गिरका ग्लुमी गल्लीहरूजस्तै तर पामुककै बुझाइमा मीठा समय मेलाङ्कोलीले भरिएका सडक, घर र चौबाटाहरू । प्रिय पामुक तिमी त्यस्तै ठाउँको कल्पनामा हराउदै गर, म भने बिल्कुलै त्यस्तै ठाउँमा पुगेको सप्रसंग व्याख्यातिर लाग्छु । भत्किएको मन्दिर छ । छरिएका भग्न अवशेषहरू । मुर्ति छ उभिएकै पहिले जसरी नै । एउटा फूल विगतमा जस्तै मुस्कुराइरहेको छ खुला आकाशमुनि उभिरहेको मुर्तिको शिरमा । लाग्छ अडिएको छ मायालु समय । अस्ति नै अस्ति नै जस्तै केही धर्सा अविरले रंगिएको छ उनको निधार । यति नै खेर मभित्र उर्लिन्छ भयंकर ठूलो आस्थाप्रतिको प्रेम । प्रश्न आफैँलाई, आस्थाले डोरिएका हामी या हामीले डोर्याएको आस्थालाई ? सायद मैले गल्ती गर्दैछु (जीवनमा पहिलोपटक भने हैन) । आफैँप्रति अन्याय गर्दैछु यस्तो डरलाग्दो प्रश्न मनमा उब्जाएर । किन कि म यस्तो कुरा खुट्याउनै सक्दिनँ । तर अबुझ भर्इकन पनि कहिलेकाहीँ आफ्नो क्षमताभन्दा ठूलो कुरो सोचिदिँदो रहेछ यो बेढङ्गे खप्परले । ठिकै छ । सोच्दै गर खप्पर तर म त व्याख्यातिर नै लाग्छु । रोमान्टिक मनसुनमा रुझ्दै ब्ल्याक एण्ड ह्वाइट मेमोरीसँगै ललितपुरीय कोलाहलबाट भिगिपुगेको छु नेवारी बस्ती, खोकना । किन कि दृश्य त्यस्तै बोल्दैछन् । हिलाम्मे छ सडक । भत्किएको मन्दिरका पुराना इटाहरू यत्रतत्र छरप्रस्टिएका छन् बाटाहरूमा । नेवारी सुगन्ध छ । मेट्रोपोलिटनीय दुर्गन्धबाट अझै ओझेलमै रहेको छ बस्ती । भिन्दै अस्तित्वको सान छ । सोझा भला किसान, व्यापारी अनि शान्त बस्ती । तर अब निकै नै खल्बलिएझैँ लाग्छ त्यो शान्ति । किन कि दृश्य त्यस्तै बोल्दैछन् । हिलाम्मे छ सडक । भत्किएको मन्दिरका पुराना इटाहरू यत्रतत्र छरप्रस्टिएका छन् बाटाहरूमा । घरहरू घर जस्ता देखिँदैनन् । छाना छैन, ढोका छैन, मानिसको चहलपहल छैन, तर पनि उभिरहेकै छन् जीर्ण शरीर बोकेर आफ्नो अस्तित्वको अन्तिम पलहरू गन्दै । निश्चित छ, अब केही समयमा उसको नामोनिसाना मेटिनेछ । लामो समय आफू अडिएको जमीनबाट बिलाउनेछ । अनि ठडिनेछ नयाँ घर । बिर्सिने छ उसको इतिहास । शुरु हुनेछ नयाँ समय । सायद धेरै कालपछि नातिनातिनीको जिज्ञासा मेट्न असमर्थ हुनेछन् हजुरबुबाहरू । के खोकनामा तोरी पेलिन्थ्यो ? अँ… पेलिन्थ्यो । अँ… खै पेलिन्थ्यो कि ? सायद उनीहरू आफैँ हराउनेछन् धुमिल विगतमा अनि अल्मलिनेछन् । हुनसक्छ यसरी नै एउटा ठूलो सभ्यताको अन्त्य हुन्छ । जसरी टर्कीबाट हराएको थियो लामो इतिहास बोकेको अटोमन एम्पायरको सभ्यता र संस्कृति । जसरी एक एक गर्दै जल्दै सखाप भएका थिए अटोमन पाशाहरूको बसफरसका सान्दार याली र हरिमहरू । समय …. यही समय जसले सबैलाई आफ्नो प्रवाहमा हेलिलान्छ । …………… मन थामिदैन । मेरा मित्रले प्वाक्क मुख फोरी मागी हाल्छन् । हाम्रो अड्कल जस्तै उनी उस्तै मन्द मुस्कानका साथ थमाइदिन्छन् सबैभन्दा ठूलो घोगा दोस्तको हातमा । एउटा चिया पसल छ । खोकना मुख्य बजारमै । साह्रै सौहाद्र र भद्र छन् पसले भाइ । आफ्नो जातीय शालीनता र हिस्सी परेको मुस्कानसहित स्वागत गर्छन् । हामी चिया भन्छौँ । पुरानो घर छ, त्यही पनि घाइते । तर चर्किएको घर पनि टेको लाएर र थोरै मर्मतसहित चलेको छ यो चियापसल । घर एकदम होचो छ । अग्लो मानिसले टाउको जोगाउन मुस्किल । कही कतै लेखिएको छैन “माइन्ड योर हेड” । तर हाम्रो टाउको आफैँले जोगाएर सहिसलामत बसेका छौँ होचो घर जस्तै होचो र साँघुरो मेचमा । बाफिदै गरेको उसिनेको हरियो मकै थालभरि पारेर भित्री कोठाबाट पसलमा निस्किन्छन् अर्का भाइ । मन थामिदैन । मेरा मित्रले प्वाक्क मुख फोरी मागी हाल्छन् । हाम्रो अड्कल जस्तै उनी उस्तै मन्द मुस्कानका साथ थमाइदिन्छन् सबैभन्दा ठूलो घोगा दोस्तको हातमा । खोकनीय आत्मियता, वाह … म मनमनै गम्छु । त्यो वास्तवमै आत्मियता नै हो भन्ने लाग्छ जब हामी पैसा दिन खोज्छौँ तर साहु लिन इन्कार गर्छन् । जय होस् पसले भाइहरूको । अझै झस्काउँदै छ नेपथ्यको पराकम्पले । पृष्ठभूमिमा डरलाग्दो हाउगुजी छ २०७२ को महाभूकम्प । त्यसैले खोकना पहिलेको जस्तो छैन । पुनःनिर्माणको कार्य चल्दैछ । बजारै वरपर केही संस्थाका सहयोगी हातहरूले बनाउदै गरेका देखिन्छन् अस्थायी टहराहरू । खोकनाको प्राचीनता बद्लिदै छ अब । छानोबिनाको मन्दिरहरू र लेउ जमेका पोखरीहरू वरपरका भत्किएका घरहरूको चेपाइले चिच्याइरहे झैँ लाग्छ । ती पुराना घरहरूमा छानो छैन, पर्खाल र केही भित्ताहरू छैनन् तर पनि केही काठका बुट्टेदार कलात्मक सुन्दर झ्यालहरू अझै उभिरहेका छन् । यस्तो लाग्छ, ऊ हेरिरहेको छ वर्षै माइती नआएकी छोरीको बाटो । मसँगै यात्रारत मित्रको सृजनशील मगजमा एउटा कुरा टुप्लुकिन्छ । उनी भन्दै जान्छन्, त्यो झ्यालमा एक वृद्धा उभिएर निह्याल्दै छिन् पर…. कतै क्षितिजमा केही खोजिरहे जसरी… उनको कुरोले एउटा भिजुअल तरङ्गीत हुन्छ मेरो आँखामा । त्यो भत्किएको घरको झ्यालबाट आफ्नै जीवन र अतीत निह्याल्दै गरेकी एक वृद्धा । वास्तवमा जीवन भन्नु नै केवल सम्झनाहरूको संगालो न हो जसलाई हामी एक्लोपनामा यसरी नै सम्झन्छौँ कसैलाई र एकोहोरो टोलाउछौँ । यी मित्रको उटपट्याङ् कुरोले झण्डै अर्कै लोकमा पुर्याएको मेरो बेठेगान मनलाई । म मेरो बेपत्ते मनलाई सम्हाल्छु । त्यो प्राकृतिक प्रकोप र उथलपुथलपश्चात् सायद खोकनाबासी पनि उही रहेनन् । के त्यो एकप्रकारको ढुक्क मन, शान्ति, मस्त निन्द्रा, रिस, झगडा या तँ र म जस्ता मनको अमिलो उस्तै होलान् र ? घरहरूमा अझै पनि झुन्डिरहेका छन् लसुनको झुत्ता र राता खुर्सानीको लामो माला । खेतमा मुन्टो उठाउँदै गरेका धानका बोटहरू पनि त हो खोकनाको परिचय । सबैथोक पहिले जस्तै जस्तै देखिए पनि फेरि पहिले जस्तो रहेन भन्ने एउटा नमीठो आभासले अलि दुःखी पार्दोरहेछ । त्यो प्राकृतिक प्रकोप र उथलपुथलपश्चात् सायद खोकनाबासी पनि उही रहेनन् । के त्यो एकप्रकारको ढुक्क मन, शान्ति, मस्त निन्द्रा, रिस, झगडा या तँ र म जस्ता मनको अमिलो उस्तै होलान् र ? पलपल अघि बढिरहेको छ घडीको काँटा । समयसँगै बग्दै गरेको छ हाम्रो उमेर, आकांक्षा, आशा र निराशाहरू पनि । आखिर बग्नु त छ नै समयलाई । अडिन्छ कहाँ र हामीले चाहेको बखत रोक्न सके जस्तो हाम्रो हाँसो या मन । तर मन पनि कहाँ अडिन्छ र एक ठाउँ । अडिने त यही शरीर मात्रै हो । तर यो शरीर पनि अडिन्छ र ? उसको आफ्नै लय छ, भाषा छ र यात्रा छ । अडिन्छ अनि अडिदैन पनि । क्या कन्फ्युजन । आफ्नै गंजागोल दिमागको उपज । अडिन्छ भनौँ भने हामी यात्रामा नै छौँ निरन्तर शरीर र मन दुवैको । जस्तो कि फ्लानर गुरु अभि सुवेदी । भर्खरै पढिभ्याएको अभि सुवेदीको निबन्ध कृतिले निकै तरंगित पार्यो मन । खासमा उनको फ्लानरीको बखानले । उनी केवल यात्रा गर्छन्, यात्रा देख्छन् र यात्रा बुझ्छन् । आफ्नो मात्र हैन साँढेको यात्राको पनि बखान गर्छन् । बागमतीको यात्राको पनि । यात्रामा त रहेछौँ हामी सबै सबै । खोकनाको आफ्नै यात्रा छ अनि छ खोकनाबासीको पनि । दुवैले आआफ्नै युगको यात्रा गरेका छन् । एउटा समानता भने हुन सक्छ यात्रीहरूमा । खोज, उत्सुकता, चिन्तन र समयबोध । भत्किएको धरहरा, ढलेको देवल, मन्दिर, मृत्यु, उही विनाशसँगै उर्लिएको मानवता, सहयोग, माया । आखिर यी सबै एक यात्रा न हुन् हाम्रो अनि हाम्रो युगको । हामीले बाँचेको युगको आफ्नैखाले यात्रा छ । राजनैतिक उथलपुथल, भोक, अभाव, द्वन्द, रक्तपात, बेपत्ता नागरिक, असहमति, सहमति, शान्ति अनि महाभूकम्प । भत्किएको धरहरा, ढलेको देवल, मन्दिर, मृत्यु, उही विनाशसँगै उर्लिएको मानवता, सहयोग, माया । आखिर यी सबै एक यात्रा न हुन् हाम्रो अनि हाम्रो युगको । अझै साउनमय छ मौसम । निरन्तर छ मसिनो झरी । पटक्कै दिकदारी लागेको छैन । यो उसको धर्म हो । साउन बग्नु पर्छ, साउन दर्कनु पर्छ, साउन उर्लिनु पनि पर्छ । चिरा परेको खेत र उजाड पाखाहरूमा ल्याउनुपर्छ हरियाली । कलेटी ओठहरूमा ल्याउनुपर्छ मुस्कानको संगीत । समयसँगै फेरि ठडिनुपर्छ धरहरा र उठ्नुपर्छ बसन्तपुरका मन्दिर देवलहरू । यात्रामा छ साउन महिना । र उनीसँगै छ मेरो पनि यात्रा, मसँगै छ मेरो मनको पनि यात्रा । अचम्म लाग्छ, हामी कसरी जानअन्जानमै एकअर्कासँग सधै सँगै यात्रामा हुने रहेछौँ । यात्रा निरान्तर छ… (निबन्ध संग्रह उज्यालो अन्धकार बाट) #कुमारी लामा |
पिन कोड नम्बर ०५६७०७: लैजा चरी हावासरि यो पत्र सुविदको हातमा पर्ने गरी ! ‘सुविद गुरागाई, इनरुवा १,३ सुनसरी, पिन कोड ०५६७०७, कोसी अञ्चल (नेपाल)’ लेखेर चिठीहरू आइरहन्थे । अर्काको चिठी पढ्नु हुँदैन भन्ने मान्यता छ । तर, केटाहरू आफ्नो चिठी त लेख्दा–लेख्दै थाहा भइहाल्छ, के पढ्नु ? पढ्ने भनेकै अर्काको चिठी त हो नि भन्थे । र, लुकीलुकी अर्काको चिठी पढ्न खोज्थे । पत्रमित्रताको जमाना थियो । खासगरी केटीहरूका नामबाट आएका वा केटीहरूका नाममा आएका चिठीहरू लुट्नु र कोर समूहमा पुर्याएर त्यसको चीरहरण गर्न पाउनुलाई केटाहरू पुरुषार्थ सम्झिन्थे । बिचमा कति लुटेराहरू भलादमी खालका पनि हुन्थे । खाम पछाडिबाट बिस्तारी खोलेर पढ्नुपर्ने कुरा पढिसकेपछि केही थाहा छैन जस्तो गर्दै क्यामेल गमले टाँसेर थपक्क पुरानै ठाउँमा राखिदिन्थे । कतिले त्यसरी थाहा पाएका कुरा आफ्नै मनमा राख्थे, कतिले चाहिँ कसैलाई नभन्नु ल भन्दै गाउँभरि फिँजाइसकेका हुन्थे । त्यस्तो गाइँगुइँको उत्कर्षमा फलानो वा फलानीको नाम जोडर फलानो वा फलानीलाई जिस्क्याउने काम हुन्थ्यो । जिस्क्याउँदा जिस्क्याउँदै कतिको त साँच्चिकै ‘लभ’ पनि पर्दथ्यो । हुलाकी दाइ थिए नन्दप्रसाद भट्टराई । पूर्वटोलतिरबाट आउँथे । साइकल थियो एउटा पुरानो । २०३६ सालमा एक सय साठी रुपियाँबाट हल्काराको काम थालेका नन्द दाइले २०४२ सालतिर दुई सय पच्चीस रुपियाँ पारिश्रमिक पाउँथे । दसैँ–तिहारमा पनि एक–दुई दिनबाहेक बिदा नपाउने हुलाकीको अतिरिक्त आम्दानी भनेकै तेहौँ महिनाको तलब हुन्थ्यो । बाँकी केही न केही । सम्भवतः त्यसैले धेरै चिठी आइरहनेहरूसँग एक–दुई रुपियाँ जे–जति सम्भव छ, अपेक्षा गर्थे, चिया खर्च । हाम्रो चिया दोकान थियो । म नभएका बेला चिठी आमालाई दिन्थे र चिया खाएर जान्थे । त्यसबापत इनरुवा मेरो ठेगाना खोज्दै आइपुगेका चिठीहरूलाई कतै अलमलिन दिँदैनथे । जतन गरेर घरमा ल्याइदिन्थे । कहिलेकाहीँ विभिन्न सरकारी कार्यालयका नाममा आएका पत्रिकाहरू पनि दिएर जान्थे । इनरुवा गन्तव्यमा आउने सर्वाधिक चिठी सकुन्तला दिदीका हुन्थे । म पनि कम थिइनँ । कहिले दुई नम्बरमा कहिले तीन नम्बरमा पर्थेँ । हुलाकी दाइका झोलाभरि चिठी, पत्रिका हुन्थे । अहिले एकादेशको कथा जस्तो लाग्छ तर त्यो बेला व्यक्तिगत चिठी मात्र होइन, पत्रपत्रिकाको वितरण व्यवस्थामा हुलाककै टेको लागेको हुन्थ्यो । २०५२ सालभन्दा अगाडिको सामाजिक जीवन चिठीमै अडिएको थियो । कतिले त चिठीमै पैसा खामेर पनि पठाउँथे । चिठी सेरोफेरोका भावमा कविता, गीत, गजल लेख्ने चलन थियो । चिठी आएन, चिठी आएन, मेरी मायालुको मलाई चिठी आएन बोलको गीत वीरगन्ज गहवाबाट कुर्वान हवारी, ताजमा हवारी, जलील हवारी, बेगम हवारी, झापा गौरादहबाट दुर्गा ताजपुरिया, दुर्गी ताजपुरिया र कान्छा भुजेल, विराटनगरबाट उर्मिला, निर्मला, सपना, कल्पना आदिको रोजाइमा पर्ने गीत हुन्थ्यो । ‘नखोलेरै राखिएको बन्द एउटा खाम थियो । भित्र के–के थियो कुन्नि बाहिर मेरै नाम थियो ।’ युवा गजलको ललीजन रावलको यो मत्ला पनि निकै चर्चित थियो । … पत्रपत्रिकामा पत्रमित्रताका सूचनाहरू बग्रेल्ती छापिएका हुन्थे । मातृभूमि साप्ताहिक, सात दिने समीक्षा, पञ्जाव केसरी, हिन्दुस्तान टाइम्सका संस्करणहरू मित्रताका सेतु थिए । पत्रमित्र हुन चाहनेका दर्जनौँ ठेगाना सार्वजनिक हुन्थे पत्रिकामा । कति केटीहरूका नाम जोडिएका ठेगाना कोही अल्लारे केटाले कि नक्कली नाम लेखेर कि सुरुमा आफूले आँखा लगाएकी तर प्रेम प्रस्ताव अस्वीकार गरेकी केटीलाई बदनाम गराउन पठाइदिएका हुन्थे । यीमध्ये मेरो ठेगाना चाहिँ नेपालमै विशिष्ट थियो । कसैले नलेखेको पिन कोड नम्बर मैले लेखेको हुन्थेँ । त्यो बेला अहिले जस्तो पासवर्ड शब्दले व्यापकता पाएको थिएन, कतै–कतै कोड वर्ड भन्ने शब्द चाहिँ सुनिन्थ्यो । यस्तो पृष्ठभूमिमा के हो यो पिन कोड नम्बर ? सर्वत्र जिज्ञासा हुन्थ्यो । भारतीय पत्रिकामा पत्रमित्रताका हरेक ठेगानासँग पिन कोड नम्बर जोडिएकै हुन्थे । नेपालमा टोल–टोलमा स्कुल भए जस्तो भारतमा टोल–टोलमा हुलाक हुन्थे । एउटै टोलमा धेरै हुलाक हुने हुँदा प्रापकका लागि पिनकोड नम्बर अनिवार्य जस्तै हुन्थ्यो । नेपालमा भने एउटै हुलाकको सेवाक्षेत्र धेरै गाउँसम्म फैलिएको हुन्थ्यो । सबै हुलाकहरू अन्तर्राष्ट्रिय हुलाक कार्यालयमा दर्ता पर्दो रहेछ । उसले सबै हुलाकलाई एउटा सङ्केत नम्बर दिएको हुँदो रहेछ, जसलाई पिन कोड नम्बर भनिँदो रहेछ । नेपालमा प्रापक वा प्रेषकको ठेगानामा पिनकोड नम्बर लेख्नु अनिवार्य थिएन । तर, म सानैदेखि हरेक काम सकेसम्म फरक ढङ्गले गर्न चाहने मान्छे थिएँ । त्यसैले मैले इनरुवाको पिनकोड नम्बर पत्ता लगाएर लेख्ने गरेको थिएँ । नम्बरको कुरा गर्दा हुलाकले ग्राहकका लागि वार्षिक शुल्क लिएर अलग–अलग पोस्ट बक्स नम्बर उपलब्ध गराएको हुन्थ्यो । त्यसैमध्येको एउटा गन्तव्य थियो, पोस्ट बक्स नम्बर ४३५५, त्रिचन्द्र श्रेष्ठ ‘प्रतिक्षा’ काठमाडौँ । उनले आफ्नो नामको अङ्ग्रेजीमा छोटकरी रूप राखेर टिसिएस इन्टरनेसनल पेनपल क्लब नामक अङ्ग्रेजी पत्रिका चलाउँथे । त्यसमा पत्रमित्रताका ठेगाना र फोटोहरू छापिएका हुन्थे । फोटो छपाउन पैसा पठाउनुपथ्र्यो । नेरु/भारु २० रुपियाँ, युएस डलर दुई, स्टर्लिङ पाउन्ड एक । मेरो फोटो पनि छापिएको थियो ७२८ नम्बरमा, पहिलो पृष्ठमै । त्यसको लगभग दुई महिनापछि पिनकोड नम्बर ०५६७०७ खोज्दै मिस मिस्सी रोपर, बक्स ४२३ होनोलुलु, अमेरिकाबाट एउटा चिठी आयो । अमेरिकामा जिप कोड नम्बर लेख्ने चलन रहेछ । मिस्सी रोपरको जिप कोड थियो ९६७२१ । सम्बोधन मिस्टर सुविद गुरागाई । उमेर २१ वर्ष । हवाइ विश्वविद्यालयमा जुनियर तेस्रो वर्ष । उचाइ पाँच फिट चार इन्च । ब्लोन्ड हेयर, ग्रीन आइ । रुची स्वीमिङ, रिडिङ पोयम्स् एन्ड नोभेल्स्, कोचिङ अ स्विमिङ टिम । आफूलाई अङ्ग्रेजी उस्तो नआउने । जवाफ नेपालीमा लेखेर पुरुषोत्तम सरलाई अनुवाद गर्न लगाएँ । र, लाग्दो हुलाक खर्च तिरेर प्रतिउत्तर पठाएँ । तर, फेरि जवाफ आएन । आयो र बीचमै कसैले गायब ग¥यो वा के भयो थाहा छैन । … पिन कोड नम्बर ०५६७०७ मा मलाई सोध्दै–खोज्दै आउने चिठीहरूमा सबैभन्दा धेरै चिठी हिक्मत थापाका हुन्थे । सुरुमा हात्तीसार धरान, पछि हेटौँडा, रत्ननगर टाँडी चितवन, कहिले कटाक्ष बजार कैलाली, कहिले काठमाडौँबाट लेखिरहन्थे उनी । दोस्रो नम्बरमा पर्थे सानोपोखरा–५/३३ हेटौँडाका साम्बराज ढकाल । त्यसपछि कहिले साँघुटार, कहिले दोरम्बा, कहिले मन्थलीबाट लेख्थे पेशल आचार्य । जागृतिनगर, भद्रपुर–६ झापाकी जयन्ता पोखरेल । पाँचकन्या–३, पानबारी, सुनसरीबाट लक्ष्मी खतिवडा ज्वाला । खार्पा–३ खोटाङकी कुसुम जङ्गलीसँग चिठीमै मनका भावना साटासाट हुन्थ्यो । उसबेला मभित्र हुर्हुराएको साहित्यिक तिर्खा मेट्थे तिनैले । दाङ देउखुरी, चौलाही सानो घुमनाबाट कृष्णराज सर्वहारी । बाम्राङ–८ खोटाङका रामविक्रम थापा । औरही टोल जनकपुर–९ बाट दिनेश पौडेल गरिब । जनकपुर ९/१९४ का तृष्णा (सञ्जय) भट्टराई । ओमप्रकाश न्यौपाने मानपुर दाङ । २/४ मझुवा सिन्धुलीका शङ्कर सौगात उर्फ शङ्करकुमार कार्की । चक्रपाणि गौतम, गैरागाउँ, तानसेन पाल्पा । राम प्रधान, मुकुन्द श्रेष्ठ ढाक्रे हरिवन सर्लाही । मेघराज भण्डारी धरान । कहिले दुर्गापुर झापा, कहिले पाँचथरबाट प्रेम ओझा । भरतपुरबाट कल्पना कँडेल स्मृति । विवश वस्ती सिद्धेश्वर–४ प्रगतिनगर सिन्धुलीमाढी । कहिले गोर्खा, कहिले कीर्तिपुरबाट भीम राना जिज्ञासु । दियालो रोड भरतपुर–१५ का अञ्जान श्रेष्ठ क्रमशः मेरा पत्रमित्रहरू थिए । बालसखा सञ्जय लुइँटेलले अर्मेनिया रुसबाट चिठी लेख्थे । महोत्तरी, औरहीबाट मनु ब्राजाकी । ललितपुर लगनखेलबाट दिनेश अधिकारी । घनश्याम न्यौपाने परिश्रमी भैरहवा । पाटनढोका, ललितपुरबाट कमल दीक्षित । धनकुटा–३ कचिडेकी झमककुमारी घिमिरे । नाम्चेबाट विनोद डाँगी । महाराजगञ्ज तालिम केन्द्रबाट गीत नारायण एमटीका सम्झना पत्रहरू आज पर्यन्त सञ्चयन गरिराखेकै छु । ठिमी बहेखा बजारका एक जना श्रेष्ठ थरका पत्रमित्र थिए । २०४५ सालमा काठमाडौँमा म सनराइज इम्पोरियम बागबजारमा काम गर्थेँ । जमिम शाहको कपडा पसल । तिनै दिनमा मित्र सम्झेर सोध्दै–खोज्दै उनको घर, ठिमी पुगेको थिएँ । तर, उनको घरमा त्यति राम्रो व्यवहार पाइनँ । बेकारमा पो आइएछ जस्तो अनुभ्ूति भयो । फर्केर इनरुवा आएपछि, उनका सबै चिठी र फोटो जलाइदिएँ । २०४४ देखि २०६० सम्म निर्वाध चलिरहेको थियो यो सिलसिला । … ती दिनहरूमा ‘प्रयास’ हवाइ पत्रिका छाप्थ्यौँ हवाइ–पत्रमा । म, पेशल आचार्य प्यासी, गोविन्द ढकाल बुइँपाली, कृष्ण कोइराला सम्पादक थियौँ । हुलाकबाट ५० पैसामा हवाइ–पत्र किनेपछि एकातिर छाप्ने कागजको पैसा जोगिन्थ्यो भने अर्कोतिर सम्प्रेषण खर्च पनि बच्थ्यो । काम अलिक फरक ढङ्गको पनि देखिन्थ्यो, हेर्ने बित्तिकै मान्छेलाई छोइहाल्ने । विद्यार्थी जीवन, कहिले खाजा खर्चबाट कटाएर, कहिले साथीभाइसँग सहयोग मागेर लेटर–प्रेसबाट छापिन्थ्यो प्रयास । खिटिक–खिटिक, एउटा हवाइ–पत्र हाल्यो–झिक्यो, अर्को हवाइ–पत्र हाल्यो–झिक्यो । मुद्रण कहिले अर्जुन पोखरेल दाइको अनुपम छापाखानामा, कहिले नारायण राजभण्डारी दाइको भगवती छापाखानामा । त्यही क्रममा एक दिन भगवती छापाखानामा प्रयास छाप्दै थियौँ । मेसिन अप्रेटर थिए, डम्बर दाइ । म कागज हाल्न, निकाल्न सघाउँदै थिएँ । अचानक मेरो दाहिने हातको चोर र माझी औँला मेसिनले च्यापिहाल्यो । डम्बर दाइले हत्तपत्त ब्रेक तानिहाले । धन्न ! औँला किचिपिचि हुन पाएन । नीलो–कालो भयो । आजसम्म पनि मेरा दुई वटा औँलाका नङ अलिकति माथि पलाएपछि सलक्क हुँदैनन् । हँसियाका दाँतजस्तो किरिक–किरिक बिझाउने खालका हुन्छन् । प्रयासमा अग्रजदेखि अनुजसम्म सबै प्रकारका कवि–लेखकका लेख–रचनाहरू छापिन्थे । तीमध्ये भानु–५, तनहुँका बसन्तप्रकाश उपाध्यायले पठाएको एउटा सानो टुक्रा छापिएको सधैँ सम्झन्छु । सम्पादक शीर्षकमा । विचरा सम्पादकहरू ! आफैँ हुर्काउँछन्, आफूले पूज्नुपर्ने भगवान्हरू । साँच्चै, उबेला बसन्तप्रकाशले भने जस्तै अहिले पनि अधिकतर सम्पादकको अवस्था म त्यही देख्छु । तर, म कोही भगवान् हुर्काउन सम्पादक बनेको थिइनँ । खासमा म ‘जीवनमा तिनीहरू नै सफल हुन्छन्, जो सफलताको मार्ग खोजी गर्छन् र नपाएको खण्डमा आफैँ निर्माण गर्छन्,’ भन्ने जर्ज बर्नाड शाको भनाइबाट निकै प्रभावित थिएँ । त्यो बेला गरिमा, मधुपर्क, समकालीन साहित्य वा कविताले लेख–रचना नछापुञ्जेल कवि–लेखक नै होइँदैन कि भने जस्तो चार्म थियो । उनीहरूले चाहिँ आँकुरा वा प्रवेश स्तम्भमा ठाउँ दिइसकेपछि कसैलाई छ महिना र कसैलाई वर्ष दिनको पालो लगाइदिन्थे । रचना प्रकाशनमा विद्यमान यस्तो साँधुरो परिस्थितिबाट थोरै भए पनि निवृत्ति पाउने उपायका लागि सम्पादक भइटोपलेको थिएँ म । जे गरिएछ राम्रै गरिएछ, अहिले सोच्दा । #पिन कोड नम्बर ०५६७०७ #सुविद गुरागाई |
नयाँ सङ्घ खोल्ने तर्खरमा: सामान्यतया सङ्घले विशेष उद्देश्य पूर्तिका लागि निर्मित तथा विशेष सिद्धान्तमा आधारित सङ्गठन, संस्था, समूह, जमात, टोली, मण्डली आदि अर्थबोध गराउँछ तर आजकाल यसले व्यक्तिविशेषको उद्देश्य पूर्तिका लागि निर्मित तथा व्यक्तिविशेषमा केन्द्रित समूह भन्ने अर्थसमेत दिन थालेको छ । सङ्घ, सङ्गठन, परिषद्, मञ्च, युनियन आदि लगभग समानार्थी शब्द भए पनि वर्तमान नेपाली सन्दर्भमा यी सबै विशिष्ट पारिभाषिक शब्द बन्नपुगेका छन् । हाल यिनले दलविशेषका विशेष बल भन्ने अर्थ दिन थालेका छन् । सङ्घे बलम् भन्ने परम्पराअनुसार यसलार्इ पनि अग्रगामी निकासकै विशेष कडीका रूपमा लिनुपर्ला ! गहिरिएर विचार गरिल्याउँदा सङ्घ खोल्नु कुकाम नभएर सुकाम नै हो । व्यक्तिहिताय नभई सर्वहितायको उद्देश्यबाट सङ्घ खोल्नु राम्रो कुरा हो र सङ्घ चाहिन्छ पनि । एक्लै गर्न नसकिने काम सङ्घमार्फत् सजिलै गर्न सकिन्छ । कसैलाई मुड्क्याउन, बङ्ग्याउन, सोझ्याउन, डन्ड्याउन, ठुन्क्याउन, छोट्याउन, कर्काउन, मर्काउनलगायत जेजे गर्न परे पनि सङ्घका नामबाट गरे भैहाल्छ । यसर्थ सङ्घको महिमा अपरम्पार छ, महिमागान गरेर साध्यै छैन । त्यसैले होला व्यक्ति स्तरदेखि राष्ट्र स्तर हुँदै अन्तर्राष्ट्रिय स्तरसम्मका अनेक सङ्घ–सङ्गठनहरू खोलिएका छन्, खोलिँदा छन् । अहिले व्यक्तिगत स्वार्थपूर्तिको साधन नबनाइएका समाजसेवी एवं साहित्यसेवी सङ्घ–सङ्गठनहरू उन्युको फूल बनेका छन् । अनि वर्तमान सन्दर्भमा तिनको खासै औचित्य पनि देखिदैन । व्यक्ति स्तरमा बुसेन सङ्घका अगि हुसेन सङ्घ बबुरो भएझैँ राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका सङ्घ–सङ्गठनहरू पनि शक्तिशाली चुपिचन्डालकै मातहतबाट स्वार्थअनुरूप सञ्चालित छन् । प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल अहिले संसारको सबैभन्दा ठूलो र शक्तिशालीका रूपमा परिचित सङ्घ हो— यु नो अर्थात् तिमी होइनौ । यसलाई बाह्य रूपमा सबैको साझा सङ्घ भनिए पनि त्यसको खास सञ्चालकचाहिँ सधैँ उस्तै रूपरङ्गको एउटै बिरालाआँखे रहेको देखिन्छ । सुरुसुरुतिर उसलाई सतर्क तुल्याउने केही चिलआँखेहरू पनि थिए तर अहिले ती सबलाई धुजाधुजा पारी मुसा बनाएर आफ्नो स्वार्थअनुरूप एकछत्र रूपमा सञ्चालन गर्न ढाडे बिरालो सक्षम भएको छ । निजको चारणगिरी जरुरी छ, नगर्नेको हालत हुसेनकै जस्तो हुने पक्का छ । उसको सोचाइ र बोलाइ नै ब्रह्मसत्य हुन्छ । ऊ आफूलाई हाम्रा ब्रह्मा, विष्णु, महेश्वरभन्दा पनि माथिको चौथो रूप ठान्छ । त्यसमाथि होमा हो गरिदिने भाटभटिनीहरूको कुनै कमी छैन । कसैले आफ्नो गोप्य ढुकुटी जाँच्न नदिए ऊ त्यसलाई सुकुटी बनाएर चपाइहाल्छ । विरोधी सखाप र भाटवृद्धि अभियानमा ऊ सर्वाग्रपङ्क्तिमा छ । ऊ आफूले र आफ्नाले बनाएका हातहतियार विश्वसुरक्षाका लागि ठान्छ भने अरूले बनाएका विश्वविनाशका लागि… । उसको अनुमतिविना कसैले बोल्न त के सास फेर्न पनि नपाउने स्थिति छ । पत्नीगमनमा समेत उसैको आदेश पर्खनुपर्ने अवस्था छ, तैपनि ऊ संसारकै सर्वाेत्कृष्ट प्रजातन्त्रवादी ठहरिएकै–ठहराइएकै छ ! नठहराएर के गर्नु ढाडे बिरालाका अघि निरीह मुसाको के नै पो जोड चल्छ र ? यति भएर पनि तिमी होइनौ अर्थात् म मात्र हुँ अर्थबोधक सङ्घलाई पनि व्यक्तिगत नभएर सामूहिक नै भन्न सबै बाध्य छन् । बेलाबखत दाइभाइको ङार्रङुर्रमा मध्यस्थतादि गर्नसमेत यसकै नाम लिने गरेको सुनिन्छ । यस्तो नगरे खल्ती खलास भइहाल्छ के गर्नु ? अँ, सङ्घ–सङ्गठन खोल्नेबारेका चर्चापरिचर्चा उहिलेउहिले पनि नपाइने होइन तर उहिलेको र अहिलेको परिस्थिति पूरै फरक छ । उहिले यसको अलि बढी सार्वजनिक महत्व थियो भने अहिले यो पूरै व्यक्तिगत पेसा वा स्वार्थपूर्तिको साधनका रूपमा विकसित भएको छ । नहोस् पनि कसरी, फरक नभए त उहिले र अहिले भन्नै पर्ने थिएन नि ! हामीकहाँ उहिल्यै भित्रभित्रै केही सङ्घहरू खोलिएका भए पनि चानचुन तीन दशक यता सङ्घ, सङ्गठन, परिषद्, मञ्च, युनियन आदि च्याउभन्दा बाक्लै उम्रिएका छन् र उम्रिने क्रम दिनानुदिन बढ्दो छ । यसको कुनै लेखाजोखा छैन, जता फक्र्याे उतै सङ्घैसङ्घ, सङ्गठनैसङ्गठन, परिषदैपरिषद्, मञ्चैमञ्च, युनियनैयुनियन । यी सबै बेग्लाबेग्लै दलका अधीनमा रहने गरी जुराइएका ब्रान्डेड नाम हुन् । अचेल एकथरीले सङ्घ खोल्नेबित्तिकै अर्काथरी होडबाजीका साथ सङ्गठन, परिषद्, मञ्च आदि खोल्न जुर्मुराइहाल्छन् र त्यसैलाई आफ्नो ठूलो सफलता ठान्छन् । युनियन, सुनियन, घुनियन आदिका चर्तिकलाको त कुरा गरी साध्यै छैन ! यहाँ समाजसेवाको उद्देश्य लिएर सञ्चालित सामाजिक–सांस्कृतिक भनिएका सरकारी–गैरसरकारी डलर सङ्घ–सङ्गठन पनि कहाँ कम छन् र ? राजनैतिक सङ्घ, सङ्गठन आदिको त कुरै छोडौँ, ती उहिलेदेखि नै कुनै न कुनै रूपमा थिए र अहिले पनि छँदैछन् । ती त भयानकै पनि भइहाले । यहाँ समाजसेवाको उद्देश्य लिएर सञ्चालित सामाजिक–सांस्कृतिक भनिएका सरकारी–गैरसरकारी डलर सङ्घ–सङ्गठन पनि कहाँ कम छन् र ? यी पछि खुलेका भनेर के गर्नु, उम्रिदैका तीन पात भएपछि… । डलरको परिमाण र दाताको इच्छामुताबिक प्रतिवेदन बनाउन र फेर्न ती सारै खप्पिस छन् । द्रव्यवालले तिनलाई आफ्नो इच्छाअनुसार जहिले र जसरी पनि सञ्चालन गर्नसक्ने स्थिति छ । विभिन्न जातजाति, जनजाति, भातभाति आदि केके हो केकेका पनि आफ्नाआफ्नै सङ्घ, सङ्गठन, परिषद्, मञ्च, युनियनहरू छन् । तिनका पदाधिकारी हुन गरिने खिचातानी र दलीय हस्तक्षेप पनि कम मनोरञ्जक हुँदैनन् । यिनको कुरा गरेरै साध्य छैन । हाम्रोजस्तो धर्मी मुलुकमा धर्मधारी सङ्घहरूको त कमी हुने कुरै आएन । अहिले कर्मी सङ्घको पनि बिगबिगी छ । यतिखेर यौनकर्मी सङ्घ, समलिङ्गी सङ्घ, तेस्रोलिङ्गी सङ्घको नाम पनि पर्याप्तै सुनिन थालिएको छ । छिटै यसका पनि छुट्टाछुट्टै सङ्गठन, परिषद्, मञ्च, युनियनसमेत गठन हुने लक्षण नम्बर वानहरूले देखाइसकेका छन् । अन्य सबै पेसाकर्मी, सुरक्षाकर्मीहरूका त सङ्घ गठन भइसकेकै छन् । अरूको त के कुरा बुझकी भनाउँदा लेखक–साहित्यकारहरूका पनि यी सबै नामधारी सङ्घहरू छँदैछन् । बुद्धिजीवी भनाउँदाहरूको त कुरा गरी साध्यै छैन, ती त सङ्घहरूका पाटीका हिरा नै भइहाले । नेताहरूले भ्रष्टाचार गरे भन्ने लेखक–साहित्यकारहरू तथा बुद्धिजीवी भनाउ“दाहरू दोहोरो मात्र के तेहोरो भत्ता, सत्ता एवं निवृत्तिभरण हत्याउनेतर्फ लमलस्ट भई मालिकको चाकडी बजाउनका लागि ढोका कुर्न र तलुवा चाट्नसमेत पछि पर्दैनन् । कतिपय त त्यसलाई भ्रष्टाचार नठानी सदाचारपूर्ण नैसर्गिक अधिकार एवं लोकतान्त्रिक-गणतान्त्रिक अभ्यास नै ठान्छन् । हामीकहाँ दलित सङ्घ त गठन भइसकेकै छ अब छिटै फलित सङ्घ, खलित सङ्घ एवं गलित सङ्घ खोली गणतान्त्रिक लोकतन्त्रतर्फ अग्रसर हुनु वाञ्छनीय छ । यसैगरी नाई, साई, भाइ, दाइ, आइ, जाइ आदि सङ्घ पनि वर्गीय हितको नारा फलाकी भेटेजति हाम गरिरहेकै छन् । आफू केही गर्न नसक्ने र अर्काले गरेको उन्नतिमा डाहिले बनी भुत्भुताउने कतिपय नरपिचासहरू अर्काको प्रसिद्धि र योगदानलाई धमिल्याउनाका लागि पनि यस्तै झालेमाले, छिरबिरे, टाटेपाङ्ग्रे सङ्घ–सङ्गठनहरूकै दुरुपयोग गर्छन् र ठूलै काम गरेँ भनेर मख्ख पर्छन् । यस्तो क्षणिक सन्तुष्टिमा रमाउने ती बबुरा हरिलठ्ठकहरूको कुरा गर्नु नै बेकार छ । कर्मचारीहरूलाई सङ्घ–सङ्गठन खोेलेर राजनीति गर्न रोक लगाइँदैछ रे भन्ने हल्ला पनि बेलाबखत सुनिन्छ । कुरा उति नाजायज पनि होइन तर कर्मचारीको नाइके वा मुख्य भनिएकै व्यक्तिका श्रीमतीको नेतृत्वमा समेत गठित सङ्घलाई चाहिँ के भन्ने ? नाइके लोग्नेका श्रीमतीको नेतृत्वमा गठित पदेन श्रीमती सङ्घको मूल उद्देश्य अलि घुमाएर गरिने लेनदेनको सुगम मार्ग हुनसक्छ । लोग्ने दिनभर कर्मचारीले सङ्घ खोल्न पाइँदैन भन्ने निर्देशन वितरण गर्दै हिँड्ने अनि रातभर स्वास्नीलाई सङ्घ खोलेर दानदातव्य असुल्न उद्यत गर्ने वृत्ति पनि कम चाखलाग्दो छ र ! यी सबको आदर्श सेवा प्रदान भए पनि यथार्थचाहिँ मेवा प्राप्तितर्फकै अग्रसरता देखिन्छ । यस्तै गर्ने भए प्रधानमन्त्री श्रीमती सङ्घ, मन्त्री श्रीमती सङ्घ, जिएम् श्रीमती सङ्घ आदि पनि खोल्नु पर्यो । अरू त ठीकै हो धेरै हुन्छन् तर प्रधानमन्त्री त एकजना मात्र हुनेहुँदा सङ्घ कसरी बनाउने भन्नु होला, उत्तर सहज छ— प्रधानमन्त्री पो एक त श्रीमती त अनेक हुने कुरामा कुनै सन्देह छ र ?भित्रबाहिर सबतिरका जोडे भइहाल्छ… । उहिले कुनै बेला मण्डले नामधारी सङ्घ पनि चर्चाको शिखरमै थियो । विरोधीहरूको भौतिक भूगोल बिगार्ने सत्कार्यमा त्यसको विशेष सक्रियता रहन्थ्यो । त्यतिबेला म पनि त्यस सङ्घको एक सक्रिय सदस्य थिएँ, अझ भनौँ सी ग्रेडको नेता नै । अहिले दलबदल गरी अर्कै सङ्घका नामबाट सोही खाले कार्य अझ सशक्त ढङ्गले गर्दैछु । पुरानो अनुभवलाई विशेष ग्राह्यता दिई अहिले मेरो प्रमोसन बी ग्रेडमा भइसकेको छ, ए ग्रेडका लागि प्रयत्नरत छु, ढोका ढुक्ने काम सुरु गरिसकेको छु… । काम परिवर्तन नगरी नाम मात्र परिवर्तन गरिएका यस्ता थुप्रै प्रमाणहरू छन् । त्यतिखेर निर्दलका नाममा वैयक्तिक दलीय कार्य गरी ढन्डासो खुस्काउने कामसम्म गरिन्थ्यो भने अहिले केके गरिन्छ भन्नै पर्दैन जगजाहेरै छ । वास्तवमा मण्डले भनेको व्यक्तिविशेष नभएर प्रवृत्तिविशेष हो । यसले उपद्र्याहा, छुल्याहा, बदनाम र अरूको अहित मात्र चिताउने बदमासहरूका प्रवृत्तिलाई जनाउँछ । अहिले दलहरूबाट छुट्टाछुट्टै रूपमा विभिन्न नामधारी सङ्घहरूको निर्माण भैरहेकाले सबैजसोका चैते, साउने आदि अनेक ढप र ढाँचाका घोषित मण्डलुहरू छन् र तिनमा दिनानुदिन मण्डलेवृत्ति फस्टाउँदो, फैल्दो, फक्राउँदो र फुल्दो छ । आफ्नै सङ्घका होनहार मण्डलुहरूमार्फत् मानवीय संवेदनालाई समेत व्यापक तोडफोडमा रूपायित गरेरै भए पनि सत्ता जोगाउनु परम धर्मै बनिसकेको छ । नेता भनाउँदाहरू पनि आफ्नै मण्डलुहरूका कुरा सुनेर निर्णयमा पुग्ने हुँदा हरेकतिर दुर्घटनाको चाङ लागेको देखिन्छ । स्वयंसेवकजस्तो पवित्र शब्दलाई समेत स्वपक्षीय मण्डलेहरूको सेवक–रक्षक अनि परपक्षीयहरूको मुण्डक–विध्वंसकका अर्थमा प्रयोग गर्न थालिएको छ । यति मात्र कहाँ हो र ? मालिकको इसाराअनुसार यथावसर सञ्चालित हुने भिजिलान्ते भतुवाहरूको भद्रगोले भड्किलो भाँडभैलोपूर्ण भस्मासुरे स्वयंसेवी सत्कार्य भनेर भनी साध्यै छैन । उत्तरश्रीमती सङ्घ खोलेर उसलाई गँगटी मैयासँग भिडाइदिइहाल्छु नि ! यसरी वर्तमानमा निर्मित नारीवादी, पुरुषवादी, अधिकारवादी आदि सङ्घ–सङ्गठनहरूको त कुरै छोडौँ पूर्वहरूका पनि थुपै्र सङ्घ–सङ्गठनहरू बनेका छन् । वर्तमानहरूका सङ्घ, सङ्गठनहरूको त कुरै नगरौँ, हालसाल पूर्वहरूका सङ्घ, सङ्गठन पनि छ्याप्छ्याप्ती खुल्दैछन् । पूर्वसैनिक सङ्घ, पूर्वसांसद् सङ्घ, पूर्वउपकुलपति सङ्घ आदि यसका नमुना हुन् । पहिले महिला सङ्घ त थिएथिए अब श्रीमती सङ्घ पनि जाज्वल्यमान भएर देखापर्दैछन् । सैनिक श्रीमती सङ्घ, प्रहरी श्रीमती सङ्घ, इन्जिनियर श्रीमती सङ्घ, कर्मचारी श्रीमती सङ्घ आदि थुप्रै श्रीमती सङ्घहरू बनिसकेका छन्, सङ्गठन आदिचाहिँ बन्न बाँकी देखिन्छन् तर छिटै बन्ने कुरामा शङ्का छैन, गृहकार्य हुँदैछ । अहिले पूर्वश्रीमती सङ्घ, उत्तरश्रीमती सङ्घ आदि छिटै खोलिने हल्ला पनि व्याप्त छ । पूर्वश्रीमती सङ्घको अदक्षचाहिँ मेरै पूर्वश्रीमती मछली मैया हुने रे अनि मलाई ठेगान लाउने रे भन्ने पनि सुन्दैछु । यस्तालाई तह लगाउन म पनि कहाँ कम छु र ? उत्तरश्रीमती सङ्घ खोलेर उसलाई गँगटी मैयासँग भिडाइदिइहाल्छु नि ! यसरी वर्तमानमा निर्मित नारीवादी, पुरुषवादी, अधिकारवादी आदि सङ्घ–सङ्गठनहरूको त कुरै छोडौँ पूर्वहरूका पनि थुपै्र सङ्घ–सङ्गठनहरू बनेका छन् । नबनेका कतिपयहरू बनाउनु जरुरी छ, जस्तै— पूर्वपालेपियन सङ्घ, पूर्वमुखिया सङ्घ, पूर्वखर्दार सङ्घ, पूर्वसुब्बा सङ्घ हुँदै पूर्वमन्त्री एवं पूर्वप्रधानमन्त्री सङ्घ आदि । यी सबैका श्रीमती सङ्घ पनि बनाएर तिनको कल्याण गर्नु आवश्यक देखिन्छ । हामीकहाँ पेसागत सङ्घ–सङ्गठन निकै खुलेका भए पनि कतिपयचाहिँ खुल्न ढिलाइसकेको छ, जस्तै— भ्रष्टाचारी सङ्घ, बलात्कारी सङ्घ, चोरडाका सङ्घ, जुल्पे, चिन्डे, मुन्द्रे, मुजुरे सङ्घ आदि । यिनमा पनि ठूला, मझौला र सानाहरूका बेग्लाबेग्लै सङ्घ–सङ्गठन खोल्नु पर्यो । गोजी भर्ने र बैंक भर्ने, छुस्स गर्ने र पूरै गर्ने अनि सियो चोर्ने, फाली चोर्ने र घर फोर्नेलाई उही कोटिमा राखेर सङ्घ बनाउन त भएन नि ! यस्तै सिर्कनु हान्ने, ढाड मर्काउने, घुँडा खुस्काउने, हातखुट्टा ठुन्क्याउने, ज्यान मार्ने सबका सबलाई एउटै छातामुनि राख्न पनि त मिलेन । ती सबका बेग्लाबेग्लै सङ्गठन, परिषद्, मञ्च, युनियन चाहिए नै ! हाम्रा होचापुड्काहरूले उहिल्यै आफ्नो सङ्घ बनाइसके । यिनका विरुद्धमा लम्बु–लामघारे सङ्घ बनाउन ढिलो भइसकेकाले यसको तयारीमा चाहिँ म स्वयं जुटेको छु र छिटै नै आफ्ना धुपौरेहरूलाई लिएर मेरै अध्यक्षतामा यो सङ्घ बनाएरै छाड्नेछु । मेरो गतिशील र आङ्कुसेरहित नेतृत्व स्वीकार गर्नेजतिलाई लम्बु–लामघारे सङ्घको सदस्यता लिन सूचित गरिन्छ नत्र पछि बाध्य भएर स्वीकार्नु पर्नेछ । यसतर्फ मोटा भुँडेहरूले पनि तत्काल ध्यान पुर्याउनु वाञ्छनीय छ तर हाललाई यसमा मेरोचाहिँ संलग्नता हुने छैन । अहिले खासगरी सहरी क्षेत्रमा चोरी डकैतीको बिगबिगी छ । बैंक, कम्पनीदेखि गोदाम, सेफ हुँदै गोजी मार्ने क्रम तीव्र हुँदोछ । यिनका विरुद्ध ठाउँ ठाउँमा प्रतिकार समिति पनि बन्दाछन् तर प्रतिकार समितिमै सम्बद्ध निकायहरूको घुसपेठले झन् असर पारेको छ । दिनभर प्रतिकारको योजना र स्थान निर्धारण गर्नेहरू नै रात पर्नेबित्तिकै पूर्वयोजना र स्थान परिवर्तन गरी अर्कै ठाउँमा प्रतिकार समिति बनाउने स्थिति सिर्जना गर्छन् र उज्यालो नहुँदै पुनः त्यहीँ प्रतिकार समिति बनाउन पुग्छन् अनि योजना निर्माण गर्न थालिहाल्छन् । वास्तवमा निशाचरहरूको पनि सङ्घ–सङ्गठन निर्माण गर्न ढिलाइसकेको छ । अब व्यक्तिगत रूपमा एकएक गरी चोरीडकैती गर्नुभन्दा सङ्घ–सङ्गठनविशेषका नामबाट साङ्गठनिक रूपमै लुटपाट मच्चाउनु बेस हुन्छ । यस्तैगरी अर्काले लेखिदिएको भाषणसम्म पनि राम्ररी पढ्न नजान्ने तथा गरिबी निवारणलाई गरिब निर्माण भनी बजेट भाषण गरेर राष्ट्रकै इज्जत संसारभर फैलाउने मन्त्रीहरूको पनि सङ्घ–सङ्गठन नबनाई नहुने भएको छ । दलदलबाट जन्मिएका दलहरूकै नातागोताहरूको समेत सङ्घ–सङ्गठन बनाउन ढिलाइसकेको छ । हामीकहाँ दल अदलबदलको परम्परा लामै भए पनि अहिले यसको विकास तीव्र रूपमा भएको छ । राती सुतेको एक दलको नेता बिहान उठ्दा दलबदल गरी कुन दलमा प्रवेश गरिसकेको हुन्छ पत्तै हुँदैन । यो क्रम स्वदेशमा मात्र होइन विदेशतिर झन् बढी व्याप्त छ…। हुन त उहिल्यै विभीषण पनि रावण दलबदल गरेर राम दलमा प्रवेश गरी भाइमारामा गनिएकै हो । त्यो त खास मूल्य र मान्यतामा आधारित थियो भनिन्छ तर अहिले त व्यक्तिगत सनक र मोलतोल नै पर्याप्त छ, मूल्यमान्यता र सिद्धान्तको केही मतलब छैन । नेतानेतीहरू आफूलाई चर्चामा ल्याउन रातारात जे जसो गर्न पनि तम्तयार भैहाल्छन् भने कार्यकर्ताहरू कसैलाई पत्तै नदिई पाँचथरीका सङ्घ–सङ्गठनको सदस्य बनेका हुन्छन् र आवश्यकताअनुसार परिचयपत्र देखाई स्वार्थसिद्धि गर्न पछि पर्दैनन् । एउटै व्यक्तिको नाम कहिले चन्दने दलमा त कहिले कन्दने दलमा, कहिले जङ्गले दलमा त कहिले मङ्गले दलमा सुनिन्छ । उही व्यक्ति कहिले चरम राष्ट्रवादी त कहिले घोर राष्ट्रघाती कहलाइन्छ । अवसरअनुसार …कारी जोडेर मोल तोक्न, टाउको ठोक्न वा …कारी हटाएर टाउका बोक्न वा ओठै टोक्न पनि खासै बेर लाग्दैन । दलबदलकै आधारमा यी सबै शुभकार्यहरू सुसम्पन्न हुन्छन्… । गहुँत छर्केर स्वच्छताको प्रमाण लिई निवेदन हालेर मन्त्री त के कुरा प्रधानमन्त्री नै बन्न पाइने मुलुकमा स्वच्छ छवि सङ्घ त नभई भएन । गोलाप्रथाबाट विदेशमा कामदार पठाएझैँ गोलाप्रथाबाटैै मन्त्री पनि छान्न पाए केही गरी आफ्नो पनि पालो आउँथ्यो कि ? गहुँत छर्केर स्वच्छताको प्रमाण लिई निवेदन हालेर मन्त्री त के कुरा प्रधानमन्त्री नै बन्न पाइने मुलुकमा स्वच्छ छवि सङ्घ त नभई भएन । गोलाप्रथाबाट विदेशमा कामदार पठाएझैँ गोलाप्रथाबाटैै मन्त्री पनि छान्न पाए केही गरी आफ्नो पनि पालो आउँथ्यो कि ? नत्र ज्योतिषीले मन्त्री हुन्छस् भनेको धेरै भइसक्यो खै आजसम्म भइएन । विशेष योग्यताका हकमा मसँग ज्यानमाराकै रूपमा किन नहोस् जेल बसेको पनि लामै अनुभव छँदैछ…। मजस्ता कपुरी कसम्म नजानेका लन्ठुलाललाई त एकपटक मन्त्री भएर विद्वान्मा गनिने र जे पायो त्यही विषयमा जोडदार भाषण गर्ने तीव्राकाङ्क्षा छ भने कपुरी क सम्म जानेकाहरूलाई त नहुने कुरै भएन नि… ! मैले क नपढेर के भो त तिगडमगिरीमा म पिएचडीभन्दा माथि नै छु, आजसम्म मलाई जित्ने कोही जन्मिएकै छैन । कोही हाराहारीमा आउन लागे उसको जरोबुटै उडाइदिइहाल्छु ।सङ्घ, सङ्गठन, परिषद्, मञ्च, युनियन आदिलाई भिडाएर आफ्नो काम फत्ते गर्न त म चुपिचन्डालै छु नि, छट्टुको पनि उपाध्याय पो हुँ त ! अवसरअनुसार अरूका किन्न र आपूm बिक्न मजति खप्पिस अहिलेसम्म कोही जन्मिएकै छैन । अनि निकै पछिसम्म जन्मिने लक्षण पनि देखिँदैन । हुन त मेरो देशलाई ट्रेड युनियनभन्दा ब्रेड युनियनकै बढी खाँचो छ तर मन्त्री बन्ने बाटोे ट्रेड युनियनमार्फत् नै खनिने हुँदा म छुट्टै नयाँ ट्रेड युनियन बनाएरै भए पनि मन्त्री बन्ने धोको पूरा गर्ने सोचाइमा छु । मन्त्री बन्नेबित्तिकै आफ्नै निर्देशनमा हडताल गराएरै भए पनि इन्धनादि सब चिजको भाउ बढाएर राहतरूपी कमिसन श्रीमती सङ्घको खातामा जम्मा गरिदियो अनि आफू सत्तामा छउन्जेल बन्द गर्ने, बार भत्काउने, टायर बाल्नेजस्ता कार्यक्रममाथि अध्यादेशबाटै भए पनि प्रतिबन्ध लगायो, सत्ताबाट हट्नेबित्तिकै उही कार्यक्रम जोडतोडका साथ सुरु गरिहाल्यो । आहा, क्या मज्जा ! विरोधीलाई गाली गरेर नपुगे भिडाएरै भए पनि आफ्नो कालो कुर्सी जोगाउनै पर्याे… । सर्वत्र भाउवृद्धि गराएपछि महँगी छानबिन आयोग बनाएर जनताका आँखामा छारो हाल्नै पर्यो, माथिकालाई रिझाउनै पर्यो । हामीकहाँ आयोग गठन गर्न खासै टाइम पनि त लाग्दैन । अहिलेसम्म दाइदेखि शाहीसम्मका आयोग नाथे त कति गठन गरिए कति ? आयोग गठन गर्ने–गराउनेमा पनि सङ्घ–सङ्गठनहरूकै भूमिका विशिष्ट रहन्छ । हामीकहाँ अहिलेसम्म कति आयोग बने र तिनले राष्ट्रको ढुकुटी कति रित्याए त्यसको कुनै हरहिसाब छैन । यिनकै विवरण तयार गर्न पनि अर्काे अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी आफ्ना केही कार्यकर्तालाई रोजगारी दिनेतिर पनि सङ्घ–सङ्गठनहरूको ध्यान जानुपर्ने हो । यसका लागि कुनै धारा जगाए वा सुकाए भइहाल्छ । यस्ता अनेक गतिविधिमार्फत अग्रगामी निकास नखोजे डुबेको राष्ट्र उक्सन बेर छैन । कथंकदाचित उक्सिइहाल्यो भने डुबाउनेहरूको त रोजीरोटी नै गुम्ने हुँदा त्यस्ता सङ्घ–सङ्गठनहरू भरसक त्यस्तो हुन दिँदैनन् र दिनु पनि त भएन नि ! राष्ट्रभन्दा व्यक्ति नै ठूलो ठानिने मुलुकमा यसभन्दा बढी के नै पो अपेक्षा गर्न सकिन्छ र ? हुन त अहिले गणेशमानका भेडा अलि बाठा बनिसकेकाले अलि अप्ठ्यारो पर्न थालेको छ, तैपनि… । उहिल्यैको अर्धसाक्षर जङ्गे ढेडुले त जबरा दल बनाएर लामो समयसम्म एकलौटी राज्य गरेको थियो भने पछिका, झन् पछिका र अझ पछिका साक्षर चङ्खे बिल्लुहरूले गरेको दल निर्माणलाई गाली गर्नुको कुनै औचित्य छैन । यसलाई परम्पराबाटै हस्तान्तरित र विकसित दल निर्माण प्रक्रिया मानी स्वीकार गर्नुपर्छ, नगरी धरै पनि त छैन नि ! वीर, बहादुर, स्वाभिमानी गोर्खाली नामबाट परिचित हामी अहिले ठग, भ्रष्ट, अनैतिक कोर्काली नामले परिचित हुनपुग्दा पनि गौरवको महसुस गरी नाक फुलाइरहेकै छौँ । हुन त हामी वीर नेपाली जाति दलबदलमा खप्पिस छौँ, यसो मौका पर्यो कि दल अदलीबदली गरिहाल्छौँ । दल अदलीबदलीको रेडिमेड प्रेस विज्ञप्ति र पाँच सात दलको सदस्यता बोकेरै हिँड्छौँ । मौका पर्नेबित्तिकै जसलाई जे चाहियो त्यही निकालेर देखाइहाल्छौँ । व्यक्ति एक व्यक्तित्व अनेकलाई चरितार्थ गर्नु नै अहिले हाम्रो खास पहिचान भएको छ । वीर, बहादुर, स्वाभिमानी गोर्खाली नामबाट परिचित हामी अहिले ठग, भ्रष्ट, अनैतिक कोर्काली नामले परिचित हुनपुग्दा पनि गौरवको महसुस गरी नाक फुलाइरहेकै छौँ । मनुष्यवर्गले सङ्घ–सङ्गठनकै नाममा यतिबिघ्न चर्तिकला गरेको देखेरै होला अहिले पशुपक्षीवृन्द पनि उति एक्लैदुक्लै हिँड्न छोडी हुल बाँधेरै हिँडेका देखिन्छन् । यी दुवैमा एकअर्काको पर्याप्त प्रभाव भेटिन्छ । साँढे, कुकुर, बाँदर, कङ्गारु, काग, रूपी आदिका बेमौसमी हुल बाँधेर हिन्ड्ने काम मानिसकै सिकोजस्तो छ । साँढे–साँढे अनि गाई–गाईको उक्लाई–ओर्लाई देखेरै होला मानिसले पनि समलिङ्गी सङ्घको निर्माण गरेको । कुकुरले सिनुका लागि गरेको ङ्यार्रङुर्र एवं झम्टाझम्टीकै देखासिकीबाट नेताहरूले सत्ता हत्याउनाका लागि गरिने चलखेल सिकेको अनि आफ्नो घर पनि नबनाउने र अर्काको पनि बिगार्ने बाँदरवृत्तिबाट डाहिले र फोरफारे नीति सिकेको हुनुपर्छ । ठूला घराँ हुने संसद्को बैठक र साँझपख बाँसघारीमा हुने रूपीको बैठकमा तात्विक अन्तर देखिँदैन । यस्ता क्रियाकलापचाहिँ सांसद्हरूले रूपीबाट सिकेको हुनुपर्छ । कसैको वंशविनाश प्रकरणमा माकुराको प्रभाव हुनसक्छ… । यस्ता उदाहरण त कति छन् कति ? यी सब कर्म मान्छेले पशुपक्षीबाट सिके कि पशुपक्षीले मान्छेबाट सिके भन्ने कुरा खोजीको विषय बनेको छ । यति लामो गन्थनको अभिप्राय सङ्घ खोल्ने कार्यको विरोध भन्ठान्नुहोला, त्यो सरासर गलत हो । मेरो आजीविकाको साधन नै सङ्घ भएकाले मैले यसको विरोध गर्ने कुरै आउँदैन । यो सबको चुरो कुरोेचाहिँ नयाँ सङ्घ खोल्नका लागि बाँधिएको भूमिका हो । सङ्घ खोल्न सदस्यको कमी हुने कुरै छैन, मेरै शाखासन्तानले नै पुगिहाल्छ…। अरूलाई गाली नगरी आफू ठूलो नभइने मुलुकमा यतिसम्म त भन्नै पर्यो नि ! गाँठी कुराचाहिँ अब मलाई पनि कार्यकर्ताबाट नेता हुन मन लागेकाले म आफ्ना सवर्गीय पूर्वकुखुरा चोर अनि वर्तमान होनहार राष्ट्रसेवकहरूलाई साथमा लिई एउटा छुट्टै सङ्घ खोल्ने तरखर गर्दैछु । विधान बन्दैछ, नाम राख्न बाँकी छ । घोचे सङ्घ, घारे सङ्घ, छुरी सङ्घ, भुरी सङ्घ, फुच्चे सङ्घ, बुच्चे सङ्घ, लुच्चे सङ्घ, चुच्चे सङ्घ, हुक्के सङ्घ, बैठके सङ्घ, टिकेटाले सङ्घ, तार चोर सङ्घ, बार फोर सङ्घ, चुरमुसे सङ्घ, घुरमुसे सङ्घ, जाँडु सङ्घ, गाँडु सङ्घ, टोकुवा सङ्घ, ठोकुवा सङ्घ, बोकुवा सङ्घ, माकुरे सङ्घ, टाकुरे सङ्घ, हुल्याहा सङ्घ, छुल्याहा सङ्घ, मुल्याहा सङ्घ, कुटुवा सङ्घ, लुटुवा सङ्घ, डुलुवा सङ्घ, भुलुवा सङ्घ, लडुवा सङ्घ, भ“डुवा सङ्घ, फुटाहा सङ्घ, लुटाहा सङ्घ, सुताहा सङ्घ, भुताहा सङ्घ, सुइरे सङ्घ, लुइरे सङ्घ, धुइरे सङ्घ, कुइरे सङ्घ, बोकाबोकी सङ्घ, परेवापरेवी सङ्घ, भ्रष्टाचारी सङ्घ, बलात्कारी सङ्घ, चमत्कारी सङ्घ, आलु सङ्घ, पिंडालु सङ्घ, फर्सी सङ्घ, कुभिन्डे सङ्घ, अलपत्रे सङ्घ, खलपत्रे सङ्घ, कङ्गारु सङ्घ, बङ्गारु सङ्घ, कुचो सङ्घ, बुचो सङ्घ, अने सङ्घ, मने सङ्घ, आँडे सङ्घ, पाँडे सङ्घ आदि सङ्घहरू अहिलेसम्म खोल्या देखिएको छैन । मेरो हुनेवाला सङ्घको नामकरण यिनैमध्ये कुनैबाट गर्नुपर्ला अथवा यीभन्दा राम्रा कुनै नाम जुरेमा तिनैबाट गर्नुपर्ला । यसपछि सवर्गीय दुईचार सङ्घ मिलाएर छिटै महासङ्घ नै बनाउनेबारे समेत गृहकार्य भइरहेकाले इच्छुक सवर्गीयहरूले अहिलेदेखि नै सम्पर्क गर्न थाल्नुभए हुन्छ । कथंकदाचित सदस्य सङ्ख्या अलि कम भएमा केही समयका लागि अर्काे कुनै सङ्घसँग एकता गर्छु अनि मेरो योजना सफल हुनेबित्तिकै तिनलाई ए कता बनाइदिहाल्छु…। यस्ता जोड्ने र फोड्ने काममा मलाई उछिन्ने अर्को मभन्दा चुपिचण्डाल कोही जन्मिएकै छैनन्…।मेरा विरुद्धमाजति बैठक गरे पनि केही गर्न सके पो । मैले खड्ग प्रहार गरेपछि जस्तै प्रचण्डाग्निले पनि केही खालो सार्न सक्दैनन्…। अहिले मेरा सङ्घको नाम कुचो सङ्घ राख्ने सहमति बन्दैछ । कुचो सङ्घ भनेपछि सरसफाइको विशेष अभियान भनिदिए भइहाल्छ । खासमा यो कुखुरा चोरको छोटो रूप हो तर यो कुरा कसैलाई नभन्नु नि… । मेरा सङ्घमा पूर्वकुखुरा चोरजतिलाई निःशुल्क सदस्यता दिइनेछ । जम्पिङ र डम्पिङमा निपुणलाई मानार्थ सदस्यता तथा भुटिङ र लुटिङमा दक्षलाई आजीवन सदस्यता दिन सकिनेछ तर यसको निर्णयचाहिँ म स्वयंबाट हुनेछ किनभने यसको स्वघोषित अदक्ष मै हुने पक्का छ । दुई अदक्ष बनाउँदा भद्रगोल हुने रहेछ… । मेरो विरोध गर्नेजति यस सङ्घको सदस्यता लिन अयोग्य हुनेछन् । सदस्यता लिइसकेर विरोध गर्नेलाई धुलो काढिनेछ । म इच्छामुताबिक काम गर्न पूरै स्वतन्त्र हुनेछु, कसैले थुनछेक गर्न पाउने छैन । अलिकति मात्र यताउति भएमा आफ्नो पद कायम गर्ने एक सूत्रीय माग राखी भद्रकाली, खुलामञ्च, रत्नपार्क वा यस्तै कुनै सार्वजनिक ठाउँमा खामरण अनसन बसिनेछ–बसाइनेछ… । अचेल अनसन बस्न पनि सारै सजिलो छँदैछ । बिहानै टन्न खायो, गयो, माला लायो, टिभीमा किच्च दाँत देखायो बस… । मध्यान्हमा केहीक्षण गायब भयो । रातीको त कुरै भएन, कसैले देख्ने हैन, जे गरे’नि भैहाल्यो । कसैले डाक्टरी जाँचको कुरा गरेमा उसैका मकै खाने उडाइदिए खेलै खत्तम । यस्ता अनसन बस्न म उहिलेदेखि पूरै बानी परिसकेकै छु… । निर्धारित योग्यता पुगेका महानुभावहरूलाई मेरा कुचो सङ्घको सदस्यता लिन आह्वान गरिएको प्रेस विज्ञप्ति छिटै प्रकाशित गरिनेछ । योग्यता पुग्न केही बाँकी रहेका व्यक्तिहरूले छिटै योग्यता पुर्याई प्रमाणित सर्टिफिकेट लिइसक्नु होला । अहिले म पूर्व र पश्चिम कुखुरा चोर एन्ड कम्पनीको भेला गराई सब कुराकन्थ मिलाएर तत्कालै एउटा छुट्टै सङ्घको घोषणा गरी त्यसको संस्थापक अध्यक्ष बन्ने सुरसार कँस्दैछु । अहिले तत्काललाई म दल स्थापनार्थ चाहिने रकमको जोहो गर्न अलि पल्लै ढाडे बिरालाको मुलुकमा बिरालीको गु सोर्दैछु । केही रकम जम्मा हुनेबित्तिकै फर्किहाल्नेछु । दल जोडफोडको अभ्यास सङ्घका माध्यमबाट विदेशतिरै पनि गर्दैछु, आफ्नो पुरानु चुर्के बानी के छोड्थेँ ? आफ्नो अनुकूल नहुनेबित्तिकै कङ्गारु झ्वाँक देखाइहाल्छु…। मेरो नाम भगवान्कोसँग मिल्ने भए नि टाउको त पशुकै छ नि… ! यसका लागि स्वदेशमा आवश्यक तयारी गर्न लाउकेहरू खटाइसकेको छु । निर्धारित योग्यता पुगेका महानुभावहरूलाई मेरा कुचो सङ्घको सदस्यता लिन आह्वान गरिएको प्रेस विज्ञप्ति छिटै प्रकाशित गरिनेछ । योग्यता पुग्न केही बाँकी रहेका व्यक्तिहरूले छिटै योग्यता पुर्याई प्रमाणित सर्टिफिकेट लिइसक्नु होला । मैले योग्यता प्रमाणितकर्ताहरू टोलटोलका कुखुरे बस्तीहरूमा खटाइसकेको छु, तिनीहरूसँग तत्काल सम्पर्क गर्नुहोला । आफूले नै कुनै अपराधकर्मी गिरोहलाई मोटै रकम दिएर ज्यान लिन पठाएको व्यक्ति त्यो अपराधकर्मी उसकहाँ नपुग्दै भीरबाट लडेर मरेमानानाथरी बिलौना गर्दै आफैं किरियापुत्री बनेर किरिया गर्न कोरामा बस्ने हरिलट्ठकहरूको एकता गरी एउटा सङ्घ बनाउनु पनि आवश्यक देखिएको छ, यसको नाम के राख्ने भन्नेबारे पछि छुट्टै छलफल गराैँला…। बर्डफ्लुको हावाले मेरा सङ्घको सदस्य सङ्ख्यामा केही असर गर्ने छैन । मेरा अगाडि त्यस्ता मुला बडफ्लुले केही खालो सार्दैन । कस्ताकस्ता वर्डफ्लु र म्यानफ्लुलाई त नटेर्ने मसँग यस्ता नाथे बर्डफ्लुलाई तह लगाउने जुक्तिबुद्धि कति छन् कति । एकाध टट्टु कुखुरे डाक्टर तथा पट्टु भाडे पत्रकार बोलाएर गोले सम्मेलन र कुखुरे गोष्ठी गरी दुईचार कुखुराका साँप्रा बाँडेरै भए पनि बर्डफ्लुलाई सुइफ्लु पारिहाल्छु । सभामा उपस्थित डाक्टर, पत्रकार सबले निस्फिक्री साँप्रो लुछे हुन्छ । मचाहिँ लुछ्दिनँ, किनभने अरूलाई जे भए पनि केही फरक पर्दैन, मलाई कथंकदाचित केही भइहाल्यो भने त देशै डुबिहाल्यो नि ! कोभिड त डन्डा बोकेर गएसी भागिहाल्छ…। खाटी कुरा के भने हाल प्रचलनमा रहेका सङ्घहरू मेरा लागि उपयुक्त नभएकाले अब छिटै सत्तामा पुगी सवर्गीय सेवा गर्ने पवित्र उद्देश्यद्वारा गठन हुन लागेको मेरा कुचो सङ्घको सदस्यता लिई राष्ट्रसेवामा समर्पित हुन तयार रहनुहोला । अहिले सदस्यता नलिएमा पछि पछुताएर पुर्पुरे आलु छाम्नुको कुनै विकल्प रहने छैन । अहिलेलाई सर्वप्रथम मेरो पूरै जय होस्, त्यसपछि मेरा सङ्घको जय होस्, मेरामेरीको पनि चानचुन जय नै होस्… । मेरा सङ्घमा बसुन्जेल सबका शव जिन्दावाद अनि दलबदल गरेसीचाहिँ मुर्दावाद…! #खगेन्द्रप्रसाद लुइटेल |
कहिल्यै ननिभ्ने नक्षत्र : भानु: प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपालको भूमध्य भागमा अवस्थित गण्डकी अञ्चलको तनहुँ जिल्लाका धेरै गाउँहरु मध्ये चुँदी रम्घा भन्ने गाउँ थियो । प्रकृतिको सुन्दर काखमा सजिएको तनहुँ जिल्लाको सानो गाउँ रम्घा त्यहाँका मानिसहरुका लागि निकै प्रिय थियो । तत्कालीन समयमा त्यस गाउँलाई आसपासका छिमेकी गाउँबाहेक अरु धेरैले बुझ्न पाएका थिएनन् । श्रीकृष्ण आचार्य गुरुको गाउँको नामले पनि त्यो गाउँ अलि परसम्म चाहिँ चिनिएको थियो । वि.सं. १८७१ असार २९ गते रविवारका दिन अपराह्न उनै श्रीकृष्ण आचार्यको पुत्ररत्न धनञ्जय आचार्य र बुहारी धर्मावतीको जेष्ठ सुपुत्रको रुपमा भानुभक्त आचार्यको जन्म भयो । उनको चिच्याहटले गाउँलेलाई झक्झकाएको थियो कि थिएन तर उनको नामले आज सिङ्गो राष्ट्र र अन्तराष्ट्र स्तरमा पनि फैलने र मौलाउने मौका पाइरहेको छ । भानुभक्त आयार्यका बुबा सरकारी जागिरे भएका कारण पाल्पामा थिए । बुबा प्रायः पाल्पामा नै रहनु पर्ने हुँदा उनको लालनपालन र शिक्षादीक्षामा हजुरबुबा श्री कृष्ण आचार्यले मुख्य भूमिका खेलेका थिए । तसर्थ उनलाई बाल्यकालमा आफ्नौ हजुरबा श्रीकृष्ण आचार्यले घरमा नै अक्षरारम्भ गराए । कवि भानुले प्रारम्भमा अमरकोष र व्याकरणको अध्ययन गरेका थिए । हजुरबा श्रीकृष्ण आचार्यले जीवनको उतराद्र्ध काललाई काशीको कल्पवासमा बिताउने र त्यही आफ्नो देहत्याग गर्ने निर्णय गरेअनुसार नाति भानुभक्तलाई पनि साथै लिएर गएका थिए । त्यसैसमयमा भानुभक्तले काशीका प्रकाण्ड विद्धानहरुबाट करिब दुई वर्षको समयसम्म संस्कृत साहित्य तथा व्याकरण र ज्यातिष विद्याको शिक्षा हासिल गरेका थिए । गीता सापकोटा श्रीकृष्ण आचार्यले आफ्नो इच्छामरणकै रुपमा काशीमै देहत्याग गरे र भानुभक्त विवश भएर घरगृहस्थी चलाउन गाउँमै फर्किए । उनले त्यससमयमा आफ्ना जीवनका भोेगाइ र घटनापरिघटनाले पिल्सिएका भावानुभूतिलाई बिसाउन नपाएर भौँतारिरहन्थे । कलिलै उमेरमा उनको जीवनमा उताबचचढाब आइलाग्न थाल्यो । हजुरबाको निधन, पढ्ने तीव्र इच्छा हुँदाहुँदै पनि घरको जेठो छोरो भएको कारण र बाबुको सरकारी जागिर भएको कारण पारिवारिक जिम्मेवारी सम्हाल्नु पर्ने दायित्व आदि कारणले उनलाई अध्ययनका लागि एकपछि अर्को बाधाअर्जन आइलागेको थियो । यस्ता कुराले बिरक्तिएर एकदिन यिनी २२ वर्षको उमेरका हुँदा घरबाट बाहिरिएर वनको रुखको छहारीमा बसेर टोलाइरहेका बेला यौटा घाँसीले इनार खनिरहेको भेटाएछन् । घाँसीको यो कार्यबाट अचम्मित भएर भानुभक्तले घाँसी दाइलाई प्रश्न गरेछन्, ‘घाँसी दाइ, घाँसी दाइ, यो टन्टलापुर घाम लागेको बेला तपाईँले यो के गर्न लाग्नु भएको हो ?’ घाँसीले भानुको कुराको जवाफ सहजै दिएछन्, ‘हेर बाबू, मैले बाँचून्जेल घाँस काटेर अरुलाई बेच्दै परिवार पाल्न मात्र सकेँ । जीवनमा अमर रहने केही काम गर्न सकिनँ । त्यसैले आफ्नो अल्प कमाइबाट खाईलार्ई जगेरा गरेको पैसाले आफ्ना गाउँमा कुवा खनाएको कुरा गरेछन् । यसो गर्दा धर्म पनि हुने तथा पछिसम्म फलानाले खनाएको इनार भनेर नाम पनि रहने भनेर उसले कुवा खनेको कुरा गरेछ । घाँसीको यो कुरा सुनेर भानुभक्तका मनमा ठूलो प्रभाव परेछ । ‘मसँग धमसम्पत्ति सबथोक भए पनि मैले न धर्म कमाउन सकेको छु न आफ्नो नाम राख्न सक्ने काम गर्न सकेँ भनी उनी आफैदेखि उद्धेग भएछन् ।’ यही भावनाले उनलाई कविता फुराएछ र भानुभक्तले घाँसीबाट प्रभावित भएपछि घाँसीलाई नै विषय बनाएर एउटा कविता लेखिहालेछन् ; भर् जन्म घाँसतिर मन् दिइ धन् कमायो नाम् क्यै रहोस् पछि भनेर कुवा खनाायो घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो मो भानुभक्त धनी भै कन आज यस्तो ।। मेरा इनार न त सत्तल पाटि क्यै छन् जे धन् र चीजहरु छन् घर भित्र नै छन् तेस् घाँसिले कसरि आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु न राखि कीर्ति ।। यिनै कविताका श्लोकहरुबाट भानुभक्तले जीवनपर्यन्त पनि जीवित रहने कामको श्री गणेश गरे । साहित्यका माध्यमबाट लोक सेवा गर्ने अठोट गरेर उनी साहित्यको फाँटमा अगाडि बढे । यसक्रममा उनले सर्वप्रथम बाल्मीमिद्धारा लिखित अध्यात्म रामायणलाई नेपाली भाषामा लेख्ने विचार गरे । उनले विसं १९०५ तिर बालकाण्ड, अयोध्याकाण्ड र अरण्यकाण्ड लेखिसके । विभिन्न व्यवहारिक झमेलाले यसलाई पूरा गर्न सकेनन् । छिमेकीसँग जग्गाको विषयमा झगडा भएका कारण उनी मुद्दा खेप्न काठमाडौँ आए । त्यतिबेला उनले जेलजीवन पनि बिताउनु परेको थियो । कुमारीचोकको थुनामा रहेको बेला किष्किन्धाकाण्ड र सुन्दरकाण्ड भाषानुवाद गरे र पछि युद्धकाण्ड र उत्तरकाण्ड समेत भाषानुवाद गरेर वि. सं. १९१९ को वैशाख महिनामा रामायणको भाषानुवाद गरी सकेका थिए । उनले पहिलोपटक नै नेपाली जनमानसमा अध्यात्म चिन्तनले भरिएको महत्वपूर्ण महाकाव्य उपहार दिन सफल भए । रामायण महाकाव्यलाई अनुदित कृति भनिँदा भनिँदै पनि यसमा मौलिकताको प्राधान्य पाइन्छ । उक्त अध्यात्म रामायणमा अनुष्टुप छन्दको बाहुल्यता थियो भने भानुभक्तद्धारा लिखित रामायणमा स्रग्धरा, शादूलवीक्रिडीत, शिखरिणाी, मन्दाक्रान्ता, मालिनी लगायत १३ छन्दको प्रयोग गरी नवीनता दिइएको पाइन्छ । त्यसअर्थमा भानुभक्तद्धारा लिखित कृतिको भावभूमि अध्यात्म रामायण हुन सक्ने भए तापनि अध्यात्मरामायाणकै अनुवाद नभएको तर्क पनि प्रशस्त पाइन्छ । जेहोस् भानुभक्त आचार्यले सरल र सरस भाषामा रामायण लेखेर नेपाली भाषाको मानकीकरणका लागि प्रर्वतकको भूमिका निर्वाह गर्न सफल भएका छन् । भानुभक्त आयार्य सम्भ्रान्त परिवारमा जन्मिएका थिए तर उनमा धनको घमण्ड थिएन । अत्यन्त सादा जीवन र उच्च विचारको पर्याय बनेका भानु तीक्ष्ण बुद्धिका पनि थिए । उनले तत्कालीन समाज रुपान्तरणका लागि शिक्षामूलक कृतिहरु पनि उपहार दिएका थिए । जसको ज्वलन्त उदाहरण बधु शिक्षा, भक्तमाला र प्रश्नोउत्तर आदि हुन् । यी कृतिहरुले तत्कालीन नेपाली जनमानसमा सामाजिक, सांस्कृतिक, धार्मिक र नैतिक मूल्यमान्यतायुक्त सन्देश पर्वाह गर्न सकेको पाइन्छ । तत्कालीन समयका नारीहरुलाई समयसापेक्ष रुपमा उपयोगी हुने बधुशिक्षा नामक कृति उपहार दिए । यसले नैतिक र सामाजिक मूल्य मान्यतालाई कसरी आत्मसात् गर्दै सभ्य समाजको निर्माण गर्ने भन्ने कुरामा समाजका नारीवर्गलाई सचेत गराएको थियो । तत्कालीन समयमा औपचारिक रुपमा पढ्नका लागि विद्यालय थिएनन् । बालविवाह प्रथा थियो । कलिलैमा छोरीले पराइ घरमा सुम्पिनु पर्दा छोरीहरुलाई सांसारिक जीवनप्रति अन्योल र अनभिज्ञ हुँदाहँुदै जिम्मेवारी सम्हाल्नु पथ्र्यो । त्यस समयमा भानुभक्तद्धारा लेखिएका बधु शिक्षा र भक्तमाला जस्ता कृतिहरुले समय सुहाउँदो समाज, परिवार र सभ्यताको पाठ सिकाएको पाइन्छ । त्यस्तै उनले रामगीता नामक मौलिक कृति लेखेका छन् भने समय र परिस्थितिको चपेटामा परेर भोगेका जीवनका भोगाइका तितामिठा अनुभूतिलाई समेटेर थुप्रै फुटकर कविताहरु रचना गरेका छन् । भानुभक्त आचार्य आफ्ना हजुरबाको कुशल चेलो हुँदै हुर्किए । उनले बाल्यकालमै हजुरबाबाट नैतिक मूल्यका शिक्षादीक्षा पाए । उनले समाज परिवार र आफ्नो भोगाइमा जे देखे, बुझे र महसुस गरे तिनै कुरालाई टपक्कै टिपेर काव्यात्मक रुप दिँदै गए । उनका रचनाहरु लोक जीवनमा प्रख्यात हुँदै गए । प्रायः नेपालका सबै भूभागमा उनीद्धारा लेखिएको रामायण्, बधुशिक्षा र भक्तिमाला मुखाग्र हुँदै गयो । कुनै माङ्गलिक कामकाजमा होस् या रोपाइँ वा दाइँ गर्दा होस् या घाँसदाउरा गर्दा होस्, उनका रचनाले वातावरणलाई सौहार्दपूर्ण पार्थे गाउँलेहरु । यो क्रम निकै लामो समयसम्म रहिरह्यो । अझै पनि बुढापाका मानिसहरुको मुखैमा रामायणका श्लोकहरु झुण्डिएका छन् । यसरी भानुभक्त आचार्य आफ्नै जीवनकालमा पनि कृतिका माध्यमबाट चर्चित बनेका थिए । उनको मृत्युपर्यन्त उनका रचनाले मौलाउने अवसर पाइरह्यो । यो अवसर दिलाउने अर्का व्यक्तित्व हुन् मोतीराम भट्ट । उनले भानुभक्तलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका लेखेका थिए । मोतीराम भट्ट माध्यमिक कालीन समयका ज्वलन्त नक्षत्र हुन् । उनले नेपाली साहित्यको क्षेत्रमा नवीन जागरण ल्याउने काम गरे भने भानुभक्तको खोज गरेर उनको जीवनी, व्यक्तित्व र कृतित्वको चर्चा गरिएको जीवनीपरक कृति प्रकाशित गरे । त्यसैले पछिल्लो अध्येताहरुले नेपाली भाषा साहित्यको उद्गम र प्रवर्तकको खोज अनुसन्धान गर्दा भानुभक्तसम्म पुग्न सफल भए । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा अगाडिसम्म नेपालमा पश्चिम नेपालको खस साम्राज्यमा बोलिने खस भाषा बोलिन्थ्यो । यसै खस भाषा अपभ्रम्स हुँदै नेपाली भाषाको विकास भयो । नेपाली भाषाले लेख्य रुपमा फैलिने अवसर भने भनुभक्तले रामायणको भाषानुवाद गरेपछि पायो । उनले काव्यिक माध्यमबाट नेपाली भाषालाई मौलाउने मौका दिए । उनको कामको मूल्याङ्कन तत्कालीन नेपाली समाजले गर्न सकेन । मोतीराम भट्टले उनलाई चिनाए । त्यसैले भानुभक्त आचार्यलाई चर्चाको शिखरमा पु¥याउने र आजसम्म जीवन्त राख्ने कामको श्रेय मोतीराम भट्टलाई दिइँदै आइएको छ । मोतीराम भट्ट पनि नेपाली साहित्य र खोजअनुसन्धानको क्षेत्रका दोस्रो नक्षत्र हुन् । भानुभक्त आचार्यले नेपाली भाषाको मात्र होइन, नेपाली काव्य लेखनको र शास्त्रीय लयमा रचित पद्य कविता लेखनको प्रारम्भ पनि गरेका छन् । वर्तमान परिप्रेक्ष्यमा फुटकर कविताका गद्य र पद्य रुप पाइन्छ । अझै पनि काव्यात्मक कृति लेखनका लागि पद्य वा शास्त्रीय लयलाई मानक मानिन्छ । यसको प्रवर्तनमा भानुभक्तीय रामायणले ठूलो भूमिका खेलेको पाइन्छ । अहिले भानुभक्त आचार्यको २०७ औँ भानुजयन्ती नेपालमा मात्र होइन, नेपालबाहिर रहेका विशेष गरी दाजिर्लिङ, सिक्किम, बर्मा, कलकता लगायतका धेरै भारतीय मूलका नेपालीहरुले भव्य रुपमा भानुजयन्ती मनाइरहेको इतिहास ताजा छ । यसपटक विश्वव्यापी रुपमा लामो समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्व समुदायलाई आक्रान्त पारिरहेको अवस्था छ । यस घडीमा पनि भानु, नेपाली भाषा र साहित्यप्रतिको सम्मानमा विद्यालय, महाविद्यालय, विभिन्न संघसंस्था र प्रतिष्ठानहरुले समयानुकूलको स्रोत साधनलाई प्रयोग गरी प्रविधिमैत्री वातावरणमा विभिन्न कार्यक्रम गरेर भानुजयन्ती कार्यक्रम साताव्यापी रुपमा नै मनाइएको पाइयो । यस पटकको कार्यक्रमले त झन् नेपाली भाषा र भानुको सम्मानले स्वदेश र विदेशमा रहेका तमाम नेपाली भाषी र साहित्यानुरागीहरुबिच आपसी सद्भाव र सहिष्णुता बढाएको छ । यसले भानुभक्तको मात्र हैन सिङ्गो राष्ट्रको शिर उच्चो भएको महसुस भएको छ । #गीता सापकोटा |
यात्रा संस्मरणः छालभित्र जिजीविषा: जलयात्राको अकल्पनीय अवसर मिलेकाले म दङ्ग थिएँ । मनमा डरका छाल व्यग्र गतिमा मडारिँदै थिए भने विभिन्न सडक दुर्घटनाका समाचारका कारण त्रिशुली र दुर्घटना भन्ने शब्द मेरा लागि एकअर्काका पर्याय जतिकै लाग्न थालेको थियो । त्रिशुली खोलाको नाम सुन्दै डराउने पानीमरुवा म, उही नदीमा जलयात्राका लागि यात्रा तय गर्दै थिएँ । मनमा डरले दह्रो डेरा जमाएको थियो । जाने कि नजाने भन्ने कुराको ठूलै लडाइँ भयो । अनि सोचेँ , मरिन्छ कि भनेर सोच्ने हो भने त केही कुरा पनि गर्न सकिँदैन । भात खाँदा नि अड्केर मरिएला कि , बाटामा हिँड्दा पनि मोटरले किचेर मरिएला कि, पहाड चढ्दा लडेर मरिएला कि ? भन्ने सोच बोक्ने हो भने मान्छे सोच्दासोच्दै मर्छ । यस्तै अठोट बनाएर जलयात्रामा जाने योजनाले मूर्त रुप लियो । काठमाडौँबाट जलयात्रा गर्ने उद्देश्यले वर्षाद्को याममा हामी बैरेनीको महेश दोभानमा पुग्यौँ । मनमा विचारका प्रवाह त्रिशुली जतिकै व्यग्र गतिमा चलायमान थिए । विचारहरू राजनीतिक पार्टी पार्टीबीचमा हुने चर्को पक्ष र विपक्षको वादविवाद जतिकै शक्तिशाली भएर आएका थिए । एउटा विचार पानीमा जा भन्छ अर्को विचार नजान भन्छ । विचारबीचको चर्को वादविवाद भए पनि जा भन्ने विचार अल्लि शक्तिशाली भएर नजा भन्ने विचारलाई पछारेर अघि बढ्यो । जलयात्रासम्बन्धि सबै चीजबीजले मनमा कौतुहलता जगाइरहेको थियो । हामी सबैले पाँच मिनेटको सैन्य तालिम जस्तै जलयात्रासम्बन्धि तालिम लियौँ । हाम्रा यात्राका क्रममा आउने शत्रुलाई कसरी परास्त गर्ने, यदि हामी शत्रुका आक्रमणमा पर्यौँ भने कसरी आफ्नो ज्यान जोगाउने ? आदि कुराको निर्देशन जलयात्रा प्रमुख गाइडले दिए । हामी सबैले उनका निर्देशनात्मक कुरा सुन्यौँ । साँच्चै हामी सबै देश रक्षाका लागि तैनाथ सिपाहीझैँ देखिन्थ्यौँ । साथै होसियार पनि । पीपलको ठूलो रुखको छहारीमा भएको यस निर्देशनपश्चात् झण्डै तीस पैँतीस जनाको समूहमा विभाजन भयौँ । छुट्टाछुट्टै छ समूह बनाएर एउटा एउटा बोटमा चढ्यौँ । एउटा–एउटा बोटमा एक–एक जना गाइड पनि थिए । सबैले हेल्मेट, लाइफ ज्याकेट लगाएका थियौँ । भतेर चलाउने पन्यौँ जस्तो ठूलो प्याडल हातमा समातेका थियौँ । सबै जलयात्राका लागि तयार भयौँ । सबै बोटमा मार्गदर्शन गराउने गाइडहरू बसे । अब सबै गाइडको निर्देशनअनुसार सबैले प्याडल जोडेर एकै स्वरमा हाई फाइभ गर्दै ठूलो स्वरले करायौँ । त्रिशुलीको जलमार्गको यात्रामा हामी टपरीमा दीप बालेर बगाएको दृश्यझैँ गरी बग्न शुरु गर्यौँ । सुरु सुरुमा त खासै केही होइन रहेछ, तालमा डुङ्गा चढेजस्तो पो रहेछ भन्ने लाग्यो । बेकार डराएको जस्तो पनि लाग्यो । अलि अगाडि पुगेपछि सासाना छाल आए, एकनासले बगेको बोटलाई मज्जाले हल्लाइदियो । मनमा फेरि डरको सानो तारले करेन्ट छोड्न थाल्यो । अत्यन्तै नौलो अनुभूतिका कारण रमाइलो पनि भयो । मनलाई दह्रो बनाउन आन्तरिक प्रेरक आत्माले भनिरहेको थियो ,“निभा म्याम र सन्ध्या म्याम अलि आँटिला हुनुहुन्छ । पानीमा डुबी हाल्यो भने पनि उहाँहरुले बचाउनुहुन्छ । सन्ध्या म्यामसँग आपतमा तत्काल निर्णय गर्न सक्ने क्षमता छ । निभा म्याममा पौडिने र उद्धार गर्ने सीप छ । त्यसैले म्यामहरूभए पछि के डराउनु अनि यी उद्वार गर्ने गाइड भाइ पनि त छँदैछन् । ” तर पनि विवेक र डरबीच द्वन्द भइरहन्थ्यो । त्रिशुलीमा उर्लिएका छालभन्दा मेरा मनमा उर्लिरहेका नकारात्मक छाल पो डर लाग्दा थिए त ! डर पनि आउने जाने भइरहेका थियो, तिनै पानीका फोका जस्तै गरी । तैपनि म रमाइरहेकै थिएँ । सबैले प्याडल चाल्दै हाँसो खुसी गर्दै यात्रा गरिरहेका थियौँ । एक बोटले अर्को बोटलाई ओभर टेक गर्ने होडबाजी चलिरहेकै थियो । ससाना फुच्चे छालहरु हामीहरुलाई जिस्काउदै थिए । ती छालहरू हाम्रा प्याडलले प्याट हान्दा फुत्त भाग्थे । सतही ठाउँमा खासै पानीको गहिराइ धैरै छैन होला जस्तो लाग्थ्यो, तर बिस्तारै ढुङ्गामा ठोकिएर आएका छालले भने मनलाई तर्साइरहेको थियो । नयाँ र अनौठो अनुभूति पनि भइरहेको थियो । स्थिर यात्राभन्दा उत्तरचढाबयुक्त यात्रा नै सम्झनाका बलिया स्तम्भ हुँदा रहेछन् । छाल बेगरको पानीमा यात्रा खासै रमाइलो नहुने रहेछ । जब मध्यम खालका छाल, जुन जोखिम कम भएका छालहरू देखा पर्थे तब मन अत्यन्तै रोमाञ्चित हुन्थ्यो । यस्ता छालभित्र लुकामारी खेल्दाको अनूभूति साच्चै अनौठो थियो । यसरी हाम्रो यात्रा निरन्तर रुपमा अगाडि बढिरहेको थियो । केही समयको जलयात्रापछि ठूलो बगर आँखाका अगाडि देखा पर्याे । त्यहाँ अगाडि लागेका बोटहरू पनि रोकिएका थिए । हामी पनि खोला किनारामा केही समयको विश्राम गर्याैँ र पुनः जलयात्रालाई अगाडि बढायौँ । हाम्रो यात्राका क्रममा ससाना फुच्चे छालहरूलाई जितेर यात्रा अगाडि बढाइ रहेकै थियौँ । प्रत्येक छालैपिच्छे नौलो अनुभूति गरिरहेकी थिएँ । बोटहरू दौड प्रतियोतामा भाग लिएका झैँ गरी को अगाडि पुग्नेको होडबाजीमा थिए । हामीभन्दा अगाडिका दुई बोटहरू भित्तो च्यापेर ओभर टेक गरेकोमा खुसीयाली मनाउँदै अगाडि बढिरहेका थिए । दुइटा बोटमध्ये एउटामा जलयात्रा प्रमुख निर्देशक मार्गदर्शनका लागि बसेका थिए । यतिकैमा उनले एक्कासी यति जोडले निर्देशन दिएकी, “एभरिवडी गेट इन साइड !”, उनले दिएको यो निर्देशनात्मक स्वरले अब ठूलै दुर्घटना हुँदैछ भन्ने कुरा अनुमान लाउन सकिन्थ्यो । निकै डरलाग्दा नाग फणा फिँजाएर डस्न बसिरहेका महाशत्रु रुपी छालले ती दुई बोटमा भएका साथीहरुसँग घमासानको युद्ध गर्यो । एकै प्रहारमा छालले दुबै बोटलाई उत्तानो बनाइदियो । साथीहरू कति बोटमुनि पर्नुभयो, कति खोलामा तितरबितर भएर बग्नुभयो । उक्त दृश्य अत्यन्तै त्रासदिपूर्ण थियो । त्रिशुली नदीको बहाबको हाइ रेटिङ हुने समय हो जुन र जुलाई महिना । हामी जुनको आधातिर अर्थात् जेठको अन्त्यतिर गएका थियौँ । अघिल्लो दिन निकै ठूलो पानी परेकाले पानीको वहाब उच्च थियो । त्यसमाथि पनि भङ्गालोमा परेपछि त साथीहरू त्यहाँबाट उम्कन कुनै उपाय नै थिएन । त्यो दृश्यले त्रासदीमय वातावरण सृजना गर्यो । त्यो ठाउँमा मानवीयता भए पनि केही गर्न नसकिँदो रहेछ । न बाइकलाई जस्तो बोटलाई स्ट्यान गरेर साथीहरूको हालखबर बुझ्न र न उद्धार गर्न नै सकिने । हामी निकै ठूलो संकटमा पर्यौँ । घटना घटेको बोटभन्दा हामी पछि भएकाले घटना देख्यौँ । हेर्यौँ मात्रै केही गर्न सकेनौँ । उतिखेरै पानीको वहाबमा हामी पनि अगाडि हुतिहाल्यौँ । हामीले पछाडि फर्केर दुर्घटनामा परेका साथीहरूलाई धेरैबेर हेर्न सकेनौँ । साथीहरूका बारेमा कुरा गर्यौँ । सुरेन्द्र सर र दिपक सरले खोलाको भित्तामा ढुङ्गा र लहरा समाएर डराएर बसेको अवस्थाको चित्र मेरा आँखामा घुमिरहेका थिए । त्यो मानवीय अदृश्य डरलाई मैले सचित्र रुपमा नै सरहरुका मुहारमा देखेको थिए । जीजिविषाको चित्कारलाई त्यति नजिकबाट देखेर पनि केही गर्न नसक्दा हीनताबोधले मनमा औडाह भएको थियो । जीजिविषा पुकारिरहेका ती चित्रहरु आँखामा आइरहेका थिए । कतिपय साथीहरू खोलामा बगेर निकै तल पुगेका थिए । उनीहरू सजीव थिए वा निर्जीव थिए, केहीअत्तो पत्तो थिएन ।साथीहरूको हालखबर बुझ्न नपाएर व्याकुल भएका थियौँ । यहाँभन्दा बढी सोच्ने समय नै थिएन हामीलाई । हामी विविध रुपरङ्गका अजङ्ग छालसँग युद्घ गर्दै अगाडि बढ्यौँ । अगाडि अरु थुप्रै फणा फिँजाएका छालहरु हामीलाई आक्रमण गर्ने तयारी अवस्थामा थिए । हाम्रो थोरै मात्र धिरता गुम्यो भने पनि ती कहालीलाग्दा छालको सिकार हामी पनि हुन सक्ने सम्भावना थियो । एक्कासी हाम्रो बोटका गाइड भाइ यति जोडले बोले कि अब त्यहाँ कुनै ठूलो भयावह स्थिति आउँदै छ । युद्घ मैदानमा सैनिकलाई कमाण्डरले दुस्मनसँग लड्दा बङ्गरभित्र छिर् भनेर जसरी आदेश दिन्छ त्यसरी नै गाइड भाइले हामीलाई “गेट इन साइड” भनेर घाँटी नै फुट्ला जसरी जोडले बोटमा लुक्न निर्देशन दिए । उनको चर्को स्वरको पालना गर्दै हामी घप्ल्याकघुप्लुक बोटको खाल्डोमा टाउको निहुराउन नपाउँदै त्यो डरलाग्दो छालले गाइडलाई नै बेपत्ता पारिदियो । त्यतिबेला हामी अत्यन्तै अतालिएका थियौँ । कसरी त्यो छालसँग युद्घ जित्ने कला पनि हामीसँग थिएनँ । हामी सबै त्यहाँबाट उम्कने उपाय खोजिरहेका थियौँ । छाल पनि भूमरी परेको थियो । जीवन र मरणको दोसाँध थियो त्यो क्षण । छालले बोटलाई फनफनी घुमाइरहेको थियो । काललाई नजिकैबाट देखेँ जस्तो भयो । हामी छालसँग घमासान युद्घ गरिरहेका नै थियौँ । बोटलाई पानीको छालभित्रको भूमरीबाट निकाल्न तत्काल निभा म्यामले प्याडल चाल्न भन्नुभयो हामी सबैले एकै नासले छिटोछिटो प्याडल चाल्यौँ । लामो समयको युद्घ पछि हामीले उक्त भीमकाय फणायुक्त छाललाई हराएर बल्ल विजय हाँसिल ग¥यौँ । त्यतिखेर ठूलै युद्घ जितेका थियौँ हामीले । गाइड विना नै हामीले जलयात्रा अगाडि बढायौँ । अनुभूति अत्यन्तै रमाइलो थियो तर मानवीय भावले चिमोटिरहेको थियो । निकै तल पुगेपछि पौडदै गरेको अवस्थामा गाइडलाई भेट्यौँ । उनी डोरी समाएर फेरि फुत्त हाम्रो बोटमा आए । तल आइपुग्दा छ ओटा बोटहरू नै सँगसँगै भइयो, सबै सकुशल भएको सन्देशले मन आनन्दित भयो । त्यो संयोगान्त भेटले महाभारत युद्घ नै जितेको अनुभूति भयो । पहिलाका सबै घटना पछि सम्झँदा साहसिक यात्राको रमाइला क्षण बनेर मुस्कुराइरहेको थियो । सबै सकुशल भएकोमा विजय उत्सव पनि मनाइयो । दुर्घटनामा पर्ने साथीहरूका अनुहारमा भने त्रास कायमै थियो । दया म्याम र अन्य साथीहरूको अनुहार डरले अतालिएको राम्रैसँग पढन सकिन्थ्यो । तेजेन्द्र सरले त बीचमै यात्रा रोक्ने कुरा गर्नुभएको थियो । साथीहरुले नमानेकाले यात्रा अगाडि बढिरह्यो । खोला फराकिलो भएको ठाउँमा उमेश सरहरू भएको बोटसँग भेट भयो । उहाँले खोलामा नै उल्टी जम्प गर्नुभयो । त्यसपछि पौडिन जान्ने साथीहरू सबै पौडिन थाल्नुभयो । मलाई भने अगाडिका घटनाले तर्साइरहेको थियो । डरलाग्दो छाल वरैबाट देखियो फेरि दुष्मनसँग लड्न पर्ने भयो भनेर हात गोडा नै पग्लिन लाग्यो । उमा म्याम, गंगा म्याम र मैले डरले एकअर्काका हात च्याप्प समात्यौँ । तत्काल एकअर्काका हात छोड्यौँ । छाल नजिकै पुगेपछि कसो कसो चनाखो भई पुनः छालयुद्घमा बलियो भई लडियो । यस्ता कयौँ छालसँग लुकामारी खेल्दै साहसिक यात्राको अनुभवलाई मानसपटलमा अमीट रुपमा लेखियो । जीवनको शाश्वत पक्षलाई प्रष्ट्याउदै उत्तरचढावयुक्त जीवन भोगाइले मात्रै जीवनको पूर्णाङ्की प्राप्त गर्न सक्ने कुरायो यात्राले अनुभूत गरायो । लगभग ३० किलोमिटरको उत्तरचढावयुक्त साहसिक जलयात्रा मलेखुमा आएर हाई फाइभमा नैबिसर्जन भयो । #पवित्रा दाहाल |
राम्रो रचनाका मिठा कृष्णप्रसाद पराजुली: वाङमयको नसा नसामा पुग्ने लेखक साहित्यकारहरू दुर्लभ प्रतिभा हुन् । त्यस्ता दुर्लभ प्रतिभा युगमा थोरै मात्र हुन्छन् । कृष्णप्रसाद पराजुली त्यस्तै दुर्लभ भाषा साहित्य सेवी थिए जो वाङ्मयका हरेक क्षेत्रमा पुगे र नेपाली भाषा साहित्यलाई अनुपम योगदान दिए । यौटा समय थियो, उनको “राम्रो रचना मीठो नेपाली” हरेक विद्यार्थीको हातहातमा हुन्थ्यो । नेपाली भाषाका लागि त्यो पुस्तक अनिवार्य र अपरिहार्य थियो । त्यही पुस्तक पढेर, त्यसैबाट सिकेर विद्वान हुनेहरू समाजमा अझै पनि प्रसस्त छन् जसले पराजुलीको त्यो पुस्तकलाई आफ्नो सुरुवाती ज्ञानको मूल श्रोतको रूपमा उपयोग गरे । त्यो पुस्तक सहयोगी प्रकाशनबाट २०२३ सालमा पहिलो पल्ट प्रकाशित भयो र त्यसका अनगिन्ती संस्करणहरू भए, पुनर्मुद्रणहरू भए । त्यति मात्र होइन, त्यो किताबको चोरी संस्करणहरू पनि प्रशस्त निस्किए । खासमा पराजुलीले सो किताबको कपिराइट नै सहयोगी प्रकाशनलाई बेचेका थिए । उनलाई यो किताब त्यस्तो चल्ला, त्यति माग होला, त्यति बिक्ला भन्ने कुनै पूर्वानुमान थिएन । तर उनले सहयोगी प्रकाशनलाई कपीराइट बेचेकोमा किञ्चित पछुतो मानेनन्, किनभने उनले मलाई प्रत्यक्ष भनेका थिए, ” गोविन्द बाबु, सहयोगी प्रेसले दशैं, चाडवाडमा पैसा पठाइरहन्छ, छोराछोरीको बिहा व्रतबन्धमा पनि सहयोग गर्ने गरेको छ । तपाईँको किताबले मलाई फाइदा भएको छ भने मैले फाइदा किन नबाँड्ने ? यसो भन्छन् । त्यसैले मलाई सन्तुष्टि भएको छ ।“ त्यसअघि उनको पूर्व एक नम्बर भन्ने पुस्तक २०२२ सालमा प्रकाशन भएको थियो । यो त्यस किसिमको पहिलो पुस्तक थियो । नेपालको प्रशासनिक बाँडफाँडमा कुनैबेला पूर्व एक नम्वर भन्ने राजनैतिक इलाका थियो, जहाँ उनी जन्मिए, काभ्रेपलाञ्चोकमा । यो पूरै इलाका चिनाउने पुस्तक थियो र ऐतिहासिक महत्वको भएकोले यो पछिसम्म पनि पुनर्मुद्रण भइरह्यो । यस किसिमको अर्को पुस्तक निकै पछि डिल्लीराम मिश्र श्रमजीवीले ” नेपाल अधिराज्यमा तनहुँ” नामक पुस्तक लेखेका थिए र यो पनि निकै लोकप्रिय भएको थियो । तर यस किसिमको पुस्तक लेख्नको लागि जग निर्माता भने कृष्णप्रसाद पराजुली थिए । मैले कृष्णप्रसाद पराजुलीलाई उनको भोटेवहालको घरमा २०३६ सालपछि भेटेको हुँ । अनुज पुस्तालाई स्नेह गर्ने, प्रोत्साहन गर्ने र मौका कतै छ भने त्यो प्रदान गर्न पछि नपर्ने उनी उदार हृदयका साहित्यकार थिए । उनी प्रेसको ज्ञान भएका व्यक्ति थिए । त्यसैले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको शब्दकोष छपाइमा होस्, पुस्तकहरू छपाइमा होस् वा रत्न पुस्तक भण्डारका पुस्तकका काममै किन नहोस् बनारस गइरहन्थे र लामै समय कामको सिलसिलामा त्यहाँ बिताउँथे । यौटा समय बनारस राम्रो र सस्तो छपाइका लागि नेपाली प्रकाशकहरूको लागि केन्द्र नै थियो । नेपालका नेपाली प्रकाशकहरू मात्र होइन, भारतकै दार्जीलिङ, कालिम्पोङ, सिक्किम, असम लगायत नेपाली प्रकाशन निकाल्ने भारतका नेपाली समुदायका सबै केन्द्रहरूका लागि बनारसले आकर्षण गर्दथ्यो । सम्पादन, प्रकाशन र प्रुफ रिडिङको अनुभवले यो सब गराएको थियो । मैले पराजुलीबाट धेरै कुरा प्रत्यक्ष परोक्ष सिकेको छु । मैले उहाँले अवलम्बन गर्नुभएका कतिपय कुरा अवलम्वन गर्न थालेँ र त्यसले कालान्तरमा मलाई ठूलो काम दियो । उनी आफ्ना नयाँ रचना लेखेपछि त्यो रजिष्टर कापीमा दर्ता गर्थे, कतै प्रकाशनार्थ दिएपछि त्यो पनि जनाउँथे । प्रकाशन भएपछि त्यसको विवरण पनि इण्ट्री गर्थे । यति भएपछि त्यो रचनाको नालीबेली सुरक्षित रह्यो र रचना प्रकाशित पत्रिका हराए पनि त्यो सूचनाले गर्दा खोजी गर्न सजिलो भयो । कतिपय लेखक आफ्नो रचना कहाँ छापियो बिर्सन्छन्, रचना प्रकाशित भएका पत्रिका हराउँछन् र पुस्तक निकाल्ने बेलामा हारगुहार गर्न थाल्छन् । तर मैले पराजुलीबाट त्यो सिकेपछि आज पर्यन्त त्यसलाई अबलम्बन गर्दैआएको छु । साधारण भए पनि कति महत्वपूर्ण कुरा हो भन्ने मैले बेलैमा बुझे भन्ने लाग्छ मलाई र यसको श्रेय पराजुलीलाई जान्छ । उनको पन्द्र तारा र नेपाली साहित्य अर्को लोकप्रिय कृति थियो, जसमा १५ जना नेपाली लेखकको जीवनी सरल भाषामा उनले लेखेका थिए । रोचक चिनारी थिए ती । किशोर उमेरका लागि लेखिएको भए पनि बयस्कहरूमा पनि त्यो उत्तिकै लोकप्रिय थियो । सिर्जनात्मक साहित्यमा पनि उनले विविध विधामा आफ्ना रचना कर्मलाई अघि बढाएका थिए । सय थुँगा फूल उनका १०० मुक्तकहरूको सङ्कलन हो । उनले पछिल्लो संस्करणमा अरू १०० मुक्तक थपेर प्रकाशित गरेका थिए । परम्परागत रुवाई शैलीका उनका मुक्तकहरू चखिला र रोचक थिए । यो पुस्तकको पहिलो संस्करण २०२४ सालमा प्रकाशित भएको थियो । उनले गीतहरू पनि उल्लेख्य सङ्ख्यामा लेखेका थिए र त्यसको पनि सङ्ग्रह २०२४ सालमै प्रकाशित गरेका थिए- “आँखाभरि सपना मुटुभरि गीत” शीर्षकमा । संस्मरणात्मक निबन्धहरू उनको खारिएको कलमबाट सदा निसृत भइरह्यो । आफूले प्रायः सङ्गत गरेका दिवङ्गत लेखकहरूको इतिवृत्त उनले खुलस्त रूपमा लेख्दथे जुन नयाँ पिंडीका लेखक कविहरूलाई ज्ञानका लागि तथा मार्गदर्शनका लागि पनि प्रेरक लेखन थियो । साहित्यकारका योगदान र तिनका जीवनका उकाली ओरालीहरू तिनमा पाइन्छन् घतलाग्दो शैलीमा । “सम्झनाका क्षितिजमा” त्यही पुस्तक हो । नेपाली जगत उखान टुक्काहरूमा धनी छ तर त्यसको यथेष्ट अध्ययन अनुसन्धान भएको छैन । गाउँखाने कथा नेपालीको साँस्कृतिक गहना हो । कृष्णप्रसाद पराजुलीले नेपाली उखानहरू र गाउँखाने कथाहरूको सिंगै पुस्तक तयार गरे निकै परिशरम र खोजीमेलोका साथ । नेपाली उखान नेपाली साहित्यिक कृतिहरूमा कसरी प्रयोग भएको छ त्यसको दृष्टान्तसहित तयार भएको यो गहकिलो ग्रन्थ रत्न पुस्तक भण्डारले जनसमक्ष ल्यायो । यस किसिमकले नेपाली उखान नेपाली साहित्यिक पुस्तकहरूमा कसरी प्रयोग भएको छ भनेर दृष्टान्त र व्याख्यासहित पुस्तक लेख्ने लेखक सम्भवत: कृष्णप्रसाद पराजुली एक्ला नेपाली लेखक हुन् । भाषा उनको मूल क्षेत्र थियो । राम्रो रचना मीठा नेपाली पनि प्रकारान्तरले भाषालाई सहज रूपमा सिकाउने पुस्तक हो । तर यो पुस्तक रूखो र निरस नभइ सुस्वादु भएकोले जनजनमा लोकप्रिय भयो । सानादेखि ठूला सबै उमेरका लागि यो पुस्तक जरुरी बन्यो । त्यस्तै उनले प्रयोगात्मक भाषा तत्व, भाषाको मायालगायत अरू कृतिहरू नेपाली वाङ्मयका लागि प्रस्तुत गरे । साहित्य स्तरीय हुन भाषा शुद्ध हुन अनिवार्य छ, जुन पछिल्लो समयमा हुन सकेको छैन । तर कृष्णप्रसाद पराजुलीले सधैँ भाषालाई माया गरे र भाषालाई शुद्ध बनाउने काममा आफ्नो उमेरहरू खर्च गरे । भाषाको मायामा, साहित्यको सिर्जनामा र वाङ्मयको उत्थानमा उनको सुकर्म सदा सदा निरन्तर भर्इ नै रह्यो । बालसाहित्य उनको साहित्यिक व्यक्तित्वको अर्को महत्वपूर्ण पाटो हो । सानैदेखि बालबालिकालाई साहित्यमा उत्प्रेरणा जगाउन बालसाहित्यको उत्थान, विकास र बिस्तार जरुरी छ । उनले बालसाहित्य लेखेर, बालसाहित्यका कृतिहरू सम्पादन गरेर, बालसाहित्यका गतिविधिहरूमा संलग्न भएर नेपालको बालसाहित्यको उत्थान र विकासमा ठूलो योगदान पुर्याए । “रमाइला नानी”, उनको अति लोकप्रिय बालपुस्तक हो जसको अनेकन संस्करण निस्केका थिए भने प्राय: उनका सबै बालसाहित्यका कृतिहरू बहुसंस्करणमा निस्केका थिए र लोकप्रिय भएका थिए । लोकसाहित्य पनि उनको लेखन र अध्ययनको अर्को आयाम थियो । लोकसाहित्य, लोकगीत, लोकलय, लोकभाका यी सबलाई समेटेर उनले सुन्दर ग्रन्थ नै तयार गरे र यो मानक कृतिले नेपाली लोकसाहित्यको क्षेत्रमा उनको योगदान टड्कारो देखियो । “नेपाली लोकगीतको आलोक” उनको त्यही उत्कृष्ट ग्रन्थ थियो । त्यस्तै “लोककथाको फन्को” अर्को महत्वपूर्ण कृति हो । उनले आफ्नो जीवन कथा पनि पाठकलाई निष्ठापूर्वक सुम्पेका थिए, “शिखर यात्रा” । यो उनको आत्मजीवनीमा उनले भोगेका जीवनका पाटाहरू र यात्रा गरेका पाइलाका डोबहरू छर्लङ्ग देख्न सकिन्छ । प्रत्यक्ष र परोक्षरूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको काममा तथा त्रिभुवन विश्वविद्यालयमा उनले आफ्नो जीवनका धेरै उमेर खर्च गरे । कतिपय विद्वानहरूको भनाइ हुन्थ्यो, आफैं प्राज्ञ हुन योग्य र समर्थ व्यक्ति त्यहाँका प्राज्ञको अन्तरगत किन त्यस्तो काममा लागिरहेका होलान् । तर उनी काममा विश्वास गर्थे पदमा होइन । उनी निरन्तर निरन्तर काममै लागिरहे । उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको “कविता” पत्रिका, नेपाली बृहत् शब्दकोश, त्रिभुवन स्मिति ग्रन्थ जस्ता पत्रिका तथा पुस्तकहरूको कुशल सम्पादन गरेका थिए । नेपालमा विमोचन संस्कृति भारतवाट आएको हो । तर कृष्णप्रसाद पराजुलीले यसलाई नेपाली नामाकरण गरे र चलन चल्तीमा ल्याए, “ घुम्टी खोली” का रूपमा । उनी संलग्न भएका संघसंस्थाहरूको पुस्तक विमोचनलाई उनले घुम्टी खोलीमा रुपान्तर गरे । हुन त पछि कतिले सार्बजनिकीकरण पनि नाम दिए । तर निख्खर नेपालीपन झल्कने “घुम्टी खोली” नामाकरणको श्रेय कृष्णप्रसाद पराजुलीलाई जान्छ । यस्ता साहित्यका श्रष्टा , पारखी र लेखनका महारथी कृष्णप्रसाद पराजुलीको २०६९ सालमा भएको अमेरिका भ्रमण धेरै हिसाबले महत्वपूर्ण रहेको थियो । कैयनपटक भिषा अस्वीकृत हुँदा उनी दिक्क पनि भएका थिए तर अमेरिकामै त्यस समयमा बसोबास गरिरहेका उनका सुपुत्र साहित्यकार शाश्वत पराजुलीको अथक प्रयासले अन्तमा पराजुली दम्पत्तीले भिसा पाएका थिए र अमेरिका भ्रमणमा निस्केका थिए । अमेरिकामा उनको विभिन्न राज्यहरूमा सम्मान, अभिनन्दन भएको थियो । नेपाली जगतले उनलाई गरेको माया गजब उदाहरणीय थियो । ती सम्मान अभिनन्दनमध्ये सबैभन्दा बृहत् कार्यक्रम वाशिंटन डिसीमा निकै भव्यताका साथ सम्पन्न भएको थियो र संयोगबस त्यस अभिनन्दन समितिको संयोजन मैले गर्ने अवसर पाएको थिएँ । त्यस समयमा वाशिंटन डिसीबाट निस्कने एकमात्र नेपाली अखबार विश्वपरिक्रमाले उनको विस्तृत कभरेज गरेको थियो । उनी अमेरिकाको जुनजुन ठाउँमा पाइला टेक्न पुगे त्यहाँ त्यहाँ नेपालीहरूले स्वागतमा स्नेह र अपन्त्वको पुष्पवर्षा गरेका थिए । उनले यो भ्रमणको समाप्तिलगत्तै यस भ्रमणको नियात्रा पुस्तक पनि लेखे र “पूर्वी पाइला पश्चिमी देशमा” । यसमा उनले अमेरिकामा अनुभूत गरेका र अनुभव गरेका र भोगेका क्षणहरूलाई लिपिबद्ध गरेका छन् । र यो पुस्तक नै उनको जीवन कालको अन्तिम पुस्तक पनि थियो । अमेरिका भ्रमणपछि उनी नेपाल फर्कने क्रममा उनले बेलायतको पनि भ्रमण गरेका थिए र बेलायतका नेपालीहरूले पनि उनको सम्मान अभिनन्दन गरेका थिए । जीवनको उत्तरार्धमा उनको स्वास्थ्यस्थिति राम्रो थिएन । विशेषत: सुगरले उनलाई निकै थल्याएको थियो र अरू रोगहरूले पनि गाँजेको थियो । तर पनि ती रोगहरूको सामना गर्दै र औषधिको बलले उनी सिर्जनात्मकतामा रमाई नै रहे । रचनात्मकतामा आफूलाई लुटपुटाई राखे । गीत गाइएपछि मात्र त्यसको सही अर्थ रहन्छ । गीत भनेको फेरि शब्दकारका भावना, संगीतकारको लय र संगीत सिर्जना अनि गायकको सोही भाव भङ्गीमा अनुरूपको आवाजको त्रिवेणी हो । यसमा तीनै पक्ष उत्तिकै जोडदार भएमा कर्णप्रिय र अजर अमर गीत बन्छ । तर त्यस्तो गीत बहुतै कम हुन्छ । कृष्णप्रसाद पराजुली लिखित तथा उदित नारायण झाले गाएको यो गीत भने शब्द, संगीत र आवाजको सुरम्य त्रिवेणी बन्यो : आँखा तिमीलाई देखेर त्यहीँ छोडी हिडेँ म कृष्णप्रसाद पराजुलीले आँखा त होइन नेपाली वाङ्मयको भण्डारमा मूल लेखन र सम्पादनसहित सयौं कृति छाडेर गएका छन् । उनी ती रचनामा बाँचेका छन् र बाँचिरहनेछन् । १० मार्च २०२० , बृन्दावन , भारत #गोविन्द गिरी प्रेरणा |
सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) १. आहालमुनिको हिमाल (मञ्जुल) तिमी यति सानो आहालमा सुतिरहेको देखेर माया लाग्यो तिमी त आकाशको विशालतामा सुत्नुपर्ने ! तिमी तल तल नुहेको देखेर दुःख लाग्यो तिमी त माथि माथि उठेर जानुपर्ने ! आकाशलाई पनि उल्ट्याएछौ तिमीले रुखलाई पनि घोप्ट्याएछौ तिमीले तिमी यसरी उँधोमुन्टिएको देखेर दुःख लाग्यो आहालमुनिको हिमाल ! २. सहर (शैलेन्द्र साकार) सहरभरि एउटा बौलाहा हात्ती हिँडिरहेछ ऊ बोल्न सकिरहेको छैन आफूलाई मन पर्ने कुनै फूलको नाम ! ऊ गाउन सक्दैन मन परेको कुनै गीतको टुक्रा हेर्न सक्दैन टाउको उठाएर आकाश ! गुनगुन मात्र गर्छ, भयले काम्दो हात उठाएर स्वस्ति मात्र गर्छ, ऊ कतै गएर भन्न सक्दैन आफूले देखेको कुरा ! मान्छेहरूले उसलाई शान्तिभङ्गको आरोप लगाउनेछन् सहरभित्र एउटा बौलाहा हात्ती घुमिरहेछ ! ३. अझै मासुले छेकेको छ (ध्रुवकृष्ण दीप) कस्तो लुगैमा अल्झिएको तिमी ! निस्क लुगाबाट । छि—छि—छि ! अझै मासुले छेकेको छ । निस्क मासुबाट पनि ! अनि छर्लङ्ग देख्नेछौ तिमी— आफू कति सुन्दर छौ, सत्य छौ र शिवमय छौ भन्ने कुरो । ऐनाको खाँचो पर्दैन तिमीलाई, ऐना त केवल नदेख्नेले हेर्ने मात्र एउटा माध्यम हो !! ४. आकाशभित्र पसेका छौ ? (मञ्जु काँचुली) आकाश एक्लो छैन, ताराहरूका साथ त्यसभित्र पस, अझ पस स्वप्नझैँ हुनेछ तिमीलाई त्यहाँ मैदान छ, स्वर छ उज्यालो छ अर्कै तहको लय र स्वादको टुकीबत्तीको उदास चेहराभन्दा बेग्लै सायद अमृत छ त्यहाँ मह मिलेको तिमी कहिल्यै आकाशभित्र पसेका छौ ? उज्यालै उज्यालोको गाउँ र बस्ती छ त्यसभित्र, के तिमी गाउँको बस्तीभित्र पसेका छौ ? ५. मूर्तिकार (जीवन आचार्य) थुप्रै मूर्तिशिल्पका कलाकृतिहरू वरिपरि घुमेर म ती हातहरूको प्रशंसा गर्दै त्यो मस्तिष्क, त्यो शरीर अर्थात् त्यो कलाकार खोज्छु ! एउटा मूर्ति चलमलाउँछ म छक्क पर्छु— कलाकृति सुन्दर मात्र होइन, सजीव पनि रहेछन्, हेर ! मूर्ति त बोल्न पो लाग्यो मूर्तिहरूको बीचबाट— ‘‘मलाई पहिले किन्नुस् हजुर ! म ज्यादै भोको छु ।’’ #सूक्ष्म कविता #स्मार्ट पोयम्स् |
बखतबहादुर थापाको औपन्यासिक यात्राः आरोह अवरोह: बखतबहादुर थापा (२०२२) समकालीन नेपाली आख्यान साहित्यको परिचत नाम हो । उनका तीन वटा कथासङ्ग्रह, आघात (२०६२), कम्प्युटर आतङ्क (२०६९) शीर्षकसँगै सरिता (२०७५) र पाँच वटा उपन्यास परदेश (२०५८), कुहिरो र काग (२०६१), कालचक्र (२०६४), जङ्गे (२०७१), जङ्गेको डायरी (२०७४) प्रकाशित छन् । यस लेखमा यिनै प्रकाशित उपन्यासहरूको सापेक्षमा उनका औपन्यासिक यात्राको आरोह अवरोहको बिम्ब प्रस्तुत गरिएको छ । परदेश उपन्यासकार बखतबहादुर थापाको पहिलो औपन्यासिक रचनाकृति हो । गरिबी र अशिक्षाको दोहोरो बाध्यावस्थाका कारण मुग्लान पस्न विवश नेपालीका दुःख, सङ्घर्ष र पारिवारिक जीवनका सङ्कटलाई यसमा प्रस्तुत गरिएको छ । पढाइ बिचैमा छाडेर अवसरको खोजीमा परदेश गएका उपन्यासकार थापाको वास्तविक जीवनमा आधारित रहेको यो उनको आत्मपरक उपन्यास हो । दुई भागमा संरचित प्रस्तुत उपन्यासको पहिलो भाग उनको निजी जीवनको सङ्घर्षसँग नजिक रहेको छ भने दोस्रो भागको काल्पनिक आख्यानमा उनको निजी जीवन आंशिक रूपमा झल्किएको छ । सामान्य घटनालाई सामान्य भाषामा पनि रोचक ढङ्गले कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुराको नमुनाका रूपमा यो भाग रहेको छ । तृतीय पुरुष दृष्टिविन्दुमा रहेको यस उपन्यासमा प्रेम पात्रका माध्यमबाट पश्चिम नेपालको पहाडी गाउँ (दैलेख) बाट मुग्लान हिँडेको उपन्यासकारको वास्तविक घटना प्रस्तुत गरिएको छ । एउटा सोझो गाउँलेले मुग्लान यात्राका क्रममा पाएका दुःखद घटनाहरूलाई शब्द चातूर्यका माध्यमबाट रोचक शैलीमा प्रस्तुत गरिएको छ । उपन्यासकारले लेखनको आफ्नो सम्पूर्ण शक्ति यसै पहिलो भागमा खन्याएका छन् । सामान्य घटनालाई सामान्य भाषामा पनि रोचक ढङ्गले कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुराको नमुनाका रूपमा यो भाग रहेको छ । जीवन जीवन्त दिल्लीमा अन्य सामान्य नेपाली सरह पैसाका लागि कामको खोजी नगरी परदेशको ठाउँलाई सीप सिक्ने अवसरका रूपमा उपयोग गरी असामान्य परिचय बनाएका प्रेमले श्रीमती पोइल गएको अपुष्ट खबरको सत्यता जाँच नगरी आफ्नो जीवनलाई गम्भीर मोडतर्फ लगेको छ । ‘ गोरी ‘ र ‘ गौरी ‘ शब्द बीचको सामान्य भेदलाई पनि छुट्याउन नसक्दा उनको जीवनमा असामान्य अवस्था सिर्जना हुन्छ । पात्रको सामान्य मानवीय त्रुटिका कारण उसको जीवनमा आइपरेको गम्भीर परिस्थितिमा ग्रिसेली दुःखान्त पद्धति अनुसरण गरिएको छ तर अन्त्यमा पतिव्रता नेपाली नारीको आदर्शमार्फत उपन्यासलाई संयोगान्त बनाई पूर्वीय परम्परा कायम गरिएको छ । मुग्लान गएर काम र मामका लागि मात्र दुःख गर्ने नेपाली परम्पराभन्दा भिन्न फोटाकपी र टाइपराइटर जस्ता आधुनिक मेसिन बनाउने सीप सिकेर अहिले कम्प्युटर प्राविधिक रूपमा जीविकोपार्जन गरिरहेका उपन्यासकारको जीवनादर्शलाई परदेश उपन्यासमा पनि आदर्श बनाइएको छ । विविध परिस्थितिका कारण मुग्लान भाँसिन बाध्य नेपालीहरूको जीवन यथार्थ प्रस्तुत गर्ने परम्परा नेपाली उपन्यासमा लैनसिँह बाङ्देलले निर्माण गरेका हुन् । यसै परम्परालाई पछ्याएर पनि यस उपन्यासले ‘म चाहन्थें आवश्यकताअनुसार पढ्न सकूँ, नभए कुनै इलम सिकूँ ताकि आइन्दा यसरी भौँतारिन नपरोस्’ (पृ. ९५) भन्दै आफ्नै आदर्शको छाप छाडेको छ । उपन्यासकार थापाको कुहिरो र काग पनि यथार्थको धरातलमा आदर्शको चित्र खिचिएको उपन्यास हो । गरिबी, अशिक्षा र अज्ञानताको अन्धकारमा रुमलिएको उपन्यासकारको जन्मभूमि, पश्चिम नेपालको सामाजिक जीवनमा आधारित यस उपन्यासमा पात्रहरूलाई दुःखबाट मुक्तिका निम्ति परदेश पठाइएको छैन, देशभित्रै समाधानको प्रयास गरिएको छ । यसक्रममा यसको पात्र पश्चिम नेपालको दुर्गम पहाडी गाउँबाट सुर्खेत हुँदै काठमाडौँसम्म आइपुग्छ र स्वदेशमा उपलब्ध जटीबुटीको ज्ञान र उपयोगबाट समस्याको समाधान खोज्दछ । तालिम र थप दक्षता हासिल गर्नका निम्ति भारतसम्म पुगे पनि यसको पात्र फर्किएर स्वदेश नै आएको छ । यसरी प्रस्तुत उपन्यास स्वदेशभित्रै गरिबीबाट उन्मुक्तिका लागि गरिएको सङ्घर्षको कथा हो । परिस्थितिको सापेक्षमा विकसित चरित्र र घटनाका कारण यस उपन्यासका पात्रहरूको जीवनमा धेरै आरोह अवरोहहरू आएको र अन्त्यमा परिस्थितिको संयोगले पात्रको जीवन सुखद बन्न पुगेको देखाई मानवीय क्षमतालाई कमजोर बनाइएको छ । प्रेमलाई जीवन बचाइको मूल स्रोतका रूपमा प्रस्तुत गरिएको यस उपन्यासको कथानकीय घटनाहरू प्रचलित नेपाली चलचित्रको जस्तै विभिन्न संयोगहरूका साथ अघि बढेको छ । यौन कमजोरीका कारण उत्पन्न मनोवैज्ञानिक समस्या, चेलिबेटी बेचबिखनलगायतका विषयहरूलाई पनि यस उपन्यासमा उठान गरिएको छ । परिस्थितिको सापेक्षमा विकसित चरित्र र घटनाका कारण यस उपन्यासका पात्रहरूको जीवनमा धेरै आरोह अवरोहहरू आएको र अन्त्यमा परिस्थितिको संयोगले पात्रको जीवन सुखद बन्न पुगेको देखाई मानवीय क्षमतालाई कमजोर बनाइएको छ । एकातिर देशमा रहेका जडीबुटीजस्ता स्रोतको उपयोग गरी विदेश पलायन शक्तिलाई स्वदेशमै सम्भावना देखाउने अनि अर्कातिर परिस्थितिको वशमा जीवनलाई छाडिदिने विराधाभासी आदर्शमा उपन्यास अलमलिएको छ । कालचक्र उपन्यासमा नेपाली उपन्यास परम्परामा नवीन विषयको खोजी गरिएको छ । कम्प्युटर जस्ता नयाँ प्रविधिको प्रयोगमा टेक्नेसियनहरूले सोझा ग्राहकहरूलाई ठग्ने गरेको यथार्थलाई उपन्यासमा मुख्य विषय बनाइएको छ । नेपाली जीवनमा भर्खर प्रवेश गरेको समयमा कम्प्युटरको प्रयोग र मर्मतमा प्राविधिक र पैसामुखी व्यापारीहरू मिलेर कसरी सोझा ग्राहकहरूलाई मुर्गा बनाउँछन् भन्ने सन्दर्भलाई रोचक किसिमले प्रस्तुत गर्नु यस उपन्यासको उपलब्धी रहेको छ । केन्द्रीय कथानकका रूपमा व्यापारी अमनलालको कथा रहेको भए पनि उसको पसलका अन्य हरेक कामदारहरूको जीवनलाई पनि भिन्नाभिन्नै परिच्छेदमा केन्द्रीय भूमिका प्रदान गरिएको छ । यसमा एघार जना पात्रको केन्द्रीय भूमिका प्रदान गरी ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासले निर्माण गरेको शैली अनुसरण गर्दै सीमान्त पात्रको जीवनलाई केन्द्रमा तान्ने प्रयास गरिएको छ । जङ्गे पश्चिम नेपालको सामाजिक जीवनमा आधारित उपन्यास हो । गरिबी, अभाव र अशिक्षाका कारण दुःखी नेपाली जीवनको यथार्थ यस उपन्यासमा प्रस्तुत गरिएको छ । तृतीय पुरुष दृष्टिविन्दु र वर्णनात्मक शैलीमा रहेको यस उपन्यासमा दैलेख जिल्लामा अवस्थित आठबिसेको चौतारो र त्यस नजिकको गाउँको कथा रहेको छ । ग्रामीण समाजको यथार्थ खिच्ने क्रममा गरिबी र अशिक्षाका कारण उत्पन्न समस्याहरू, टाठाबाठाहरूले सोझा गाउँलेहरूमाथि गर्ने शोषण, राजनीति र प्रशासनका आडमा हुने गरेका भ्रष्टाचार जस्ता विकृति विसङ्गतिप्रति आवाज उठाउने प्रयास गरिएको यस उपन्यासले आलोचनात्मक यथार्थवादको मार्ग अवलम्बन गरेको छ । गाउँका ठालुहरूको स्वार्थका कारण जङ्गे र जुना जस्ता निम्नतर व्यक्तिहरूको प्रेमजीवनमा आइपरेको दुःखद घटनाले उपन्यासलाई यथार्थका साथै रोचक पनि बनाएको छ । सोझा गाउँलेहरूलाई ठगेर खान पल्केका गाउँका उपर्युक्त तीनजना व्यक्तिहरूको कुकर्म पर्दाफास गर्ने मुख्य व्यक्ति जङ्गे भएकोले उनीहरूले जङ्गेसँग बदला लिन सुतिरहेको जङ्गेलाई क्लोराफार्म सुँघाएर बेहोस बनाई खोलामा लिएर जान्छन् तर ऊ अँध्यारोमा झुक्याएर भाग्न सफल हुन्छ । जङ्गेको डायरी २०७१ सालमा प्रकाशित जङ्गे उपन्यासको दोस्रो शृङ्खला हो । पहिलो उपन्यासमा खराब प्रवृत्ति भएका दयाराम, प्रकाश र राजकुमारलाई गाउँलेहरूले कालो मोसो दलेर सजाय दिएपछि समाप्त भएको छ भने त्यसपछिका घटनाहरू दोस्रो उपन्यासमा रहेको छ । सोझा गाउँलेहरूलाई ठगेर खान पल्केका गाउँका उपर्युक्त तीनजना व्यक्तिहरूको कुकर्म पर्दाफास गर्ने मुख्य व्यक्ति जङ्गे भएकोले उनीहरूले जङ्गेसँग बदला लिन सुतिरहेको जङ्गेलाई क्लोराफार्म सुँघाएर बेहोस बनाई खोलामा लिएर जान्छन् तर ऊ अँध्यारोमा झुक्याएर भाग्न सफल हुन्छ । त्यसपछि ऊ भागेर काठमाडौं आउँछ र कम्प्युटर मर्मत गर्ने तालिम लिन थाल्छ । जङ्गेले कम्प्युटर मर्मत गर्न सिक्ने क्रममा टिपोट गरेको डायरीका माध्यमबाट यस उपन्यासमा कम्प्युटरको इतिहासदेखि त्यसका प्राविधिक पक्षहरूलाई सरल ढङ्गले प्रस्तुत गरिएको छ । सूचना प्रविधि र त्यसले नेपाली जीवनमा पारेको प्रभावलाई विषय बनाएर प्रशस्त उपन्यासहरू लेख्न थालिएको भए पनि यो मात्र एउटा यस्तो उपन्यास हो जसमा कम्प्युटर र इन्टरनेटका प्राविधिक पक्षलाई विषय बनाइएको छ । यस कार्यका निम्ति उपन्यासकार बखतबहादुर थापा एक आधिकारिक व्यक्ति पनि हुन् । नेपाली उपन्यासमा कालचक्रबाट सुरु भएको नवीन विषय (कम्प्युटर प्रविधि) को उठानलाई प्रस्तुत उपन्यासले थप उचाइ प्रदान गरेको छ । कम्प्युटरको प्राविधिक पक्षजस्तो विरसिलो विषयलाई औपन्यासिक कलाले बुनेर रोचक शैलीमा प्रस्तुत गर्न सक्नुमा उपन्यासकारको सफल परीक्षण भएको छ । सामाजिक विषयको यथार्थ चित्राङ्कन नै उपन्यासकार थापाको प्रमुख औपन्यासिक प्रवृत्ति हो । उपन्यासकार जन्मिएर हुर्किएको पश्चिम नेपालको पहाडी जीवनको यथार्थदेखि उपन्यासकारले मुग्लान यात्राका क्रममा देखेका भेगेका र सुनेका यथार्थहरू पनि उनका उपन्यासमा प्रस्तुत गरिएको छ । बालविवाह र बहुविवाहका कारण उत्पन्न समस्या, गाउँका हुनेखाने र टाठाबाठाहरूले सोझासाझा गाउँलेहरूलाई गर्ने अन्याय र अत्याचार, चेलीबेटी बेचबिखन, सहरमा साहुहरूले कामदारहरूप्रति गर्ने दुव्र्यवहार, प्राविधिक क्षेत्रका विसङ्गति आदि उनका उपन्यासमा पाइने यथार्थ पक्षहरू हुन् । त्यस्तै माओवादी युद्धको समयमा सोझा जनताले पाएका दुःख, पीडा, दुर्गम पहाडी क्षेत्रहरूलाई नेताहरूले गर्ने उपेक्षा, युवावर्गमा बढ्दै गएको उमङ्ग र उपन्यासकारले अपनाएको कम्प्युटर क्षेत्रका यावत् यथार्थ पनि उनका उपन्यासमा चित्रण गरिएको छ । यस अर्थमा उनका उपन्यासमा चित्रण गरिएका यथार्थ भनेको उपन्यासकारको जीवन यथार्थ पनि हो । उपन्यासकारको वास्तविक जीवनले गरेको यात्रा जस्तै उनको उपन्यासले पनि दैलेख, दाङ, भारतका विभिन्न ठाउँहरूको यात्रा गर्दै हाल काठमाडौंमा बसेर कम्प्युटर क्षेत्रमा लागिरहेको यथार्थ यात्रा गरेको छ । पहिलो उपन्यास परदेश उपन्यासकारको जीवन सङ्घर्षको आरम्भिक यथार्थ हो भने कालचक्र र जङ्गेको डायरी उनको जीवनको पछिल्लो यथार्थ हो । यसरी उपन्यासकारको निजी जीवनले भोगेका यथार्थमार्फत आमजीवनको यथार्थ प्रस्तुत गर्न सक्नु उपन्यासकार थापाको शक्ति हो । राष्ट्रप्रेमलाई मुख्य आदर्शको मानिएको उनका उपन्यासमा आदर्श प्रेम र आदर्श पत्नीको नेपाली आर्दश पनि रहेको छ । स्वदेशी माटो र स्वदेशी भाषालाई प्रेम गरिएको उनको पहिलो उपन्यास यसका लागि एउटा नमुनाका रूपमा रहेको छ । सामाजिक जीवनका वास्तविकताभित्र लुकेका विकृति विसङ्गतिप्रति आलोचनात्मक दृष्टि राख्दै आदर्शको मार्ग देखाउनु उपन्यासकार थापाको उद्देश्य रहेको छ । परदेश गएर काम र पैसाभन्दा सीप सिकाइमा जोड दिई आफ्नै देशमा त्यसको उपयोग गर्नुपर्छ भन्ने उनको जीवनको वास्तविक आदर्श नै उनको उपन्यासको आदर्श पनि रहेको छ । स्वदेशी जटीबुटीको उपयोगलाई बेरोजगार र गरिबीको समाधानका रूप प्रस्तुत गरिएका उनका उपन्यासमा समाजका नकारात्मक चरित्रहरूलाई समय र परिस्थितिका माध्यमबाट भए पनि सजाय दिई सकारात्मक बाटोतर्फ लाग्न प्रेरित गरिएको छ । राष्ट्रप्रेमलाई मुख्य आदर्शको मानिएको उनका उपन्यासमा आदर्श प्रेम र आदर्श पत्नीको नेपाली आर्दश पनि रहेको छ । स्वदेशी माटो र स्वदेशी भाषालाई प्रेम गरिएको उनको पहिलो उपन्यास यसका लागि एउटा नमुनाका रूपमा रहेको छ । उपन्यासकार थापाका उपन्यासहरूमा ग्रामीण तथा सहरी जीवनका निम्न वर्गीय पात्रहरूको प्रयोग र पात्रअनुकूल स्थानीय भाषाको प्रयोग गरिएको छ । सरल भाषिक शैलीका माध्यमबाट सामान्य विषयलाई पनि रोचक शैलीमा प्रस्तुत गर्नु उपन्यासकारको लेखकीय शक्ति हो । काम–मामको खोजीमा विदेसिएका कथा धेरै लेखिएका छन् र यो अझ लेखिने छन् । यो त्यसवेलासम्म लेखिरहिन्छ जबसम्म नेपालीहरू काम र मामको खोजीमा विदेशी गइरहनुपर्छ । यो विषय नयाँ पनि होइन र पुरानो हुने विषय पनि होइन । उपन्यासकार थापाले यस प्रकारको सर्वकालीन विषयलाई मौलिक शैलीमा प्रस्तुत गरेका छन् । उपन्यासकार थापाको औपन्यासिक यात्रा नेपाली उपन्यास परम्पराको आलोचनात्मक यथार्थवाद र आदर्शवादी यथार्थवादको पूर्व निर्मित मार्गमा यात्रा गरेको भए पनि मौलिक लेखन शैली र नवीन विषयका कारण आफ्नै विशिष्ट पथ निर्माण गरी गतिशील छ । उपन्यासकारको वास्तविक जीवनको आरोह अवरोहसँगै यात्रारत उनको औपन्यासिक यात्रामा नेपाली उपन्यासले उनकै मौलिक शैलीमा नवीन विषयको अपेक्षा गर्दछ । #जीवन जीवन्त |
एक समयको कथाः युद्धको छायामा: त्यस दिन अपराह्न तीनजना सिपाहीहरू गाउँमा आए । उनीहरू आउँदा बाख्रा र कुखुराहरू डरले तितरबितर भएका थिए । सिपाहीहरू नजीकको भट्टी पसलमा गए र पामको रक्सी मागेँ । माखाहरू भन्किइरहेका थिए । यसैबीच उनीहरूले रक्सी पिए । आफ्ना बाबु बाहिर जाउञ्जेल पर्खिबसेको ओमोभोले ती सिपाहीहरूलाई झ्यालबाट चिहाएर हेर्यो । उनीहरू उसको घरमा बजिरहेको रेडियोको समाचारालाई ध्यान दिएर सुनिरहेका थिए । त्यो “ग्रन्डी” ब्राण्डको रेडियो उसका बाबुले एउटा यस्तो परिवारबाट ल्याएका थिए, जुन परिवार युद्ध भड्किएपछि सहर छोडेर भागेको थियो । उनले त्यो रेडियोलाई एउटा सेतो कपडामा बेरेर ल्याएका थिए ताकि त्यो एउटा सामान्य घरेलु सामानजस्तो मात्रै देखियोस् । सिपाहीहरूले बजिरहेको रेडियोमा देशको आन्तरिक भागमा भइरहेका बाम्बारी र गोलीबारीका समाचारहरू सुने । ओमोभोका बाबुले कपाल कोरे, बीचबाट बडो सचेतताका साथ सिँउदो काडे, र भर्खर दाह्री खौरेका गालामा केही लोसन लगाए । त्यसपछि उनले आफ्नो फुस्रो कोट लगाए, जुन उनलाई साँघुरो भइसकेको थियो । आफ्ना बाबुबाट दिक्क मानेर ओमोभोले झ्यालबाट बाहिर हेर्यो । एक हप्तादेखि सधैँ नै यही बेला कालो घुम्टो ओढेकी एउटी अपरिचित आइमाई त्यसै घरको छेउबाट हिँड्थी । ऊ त्यही गाउँको बाटो हुँदै एक्स्प्रेस राजपथमा पुग्थी, र जङ्गलमा हराउँथी । आज पनि ओमोभो उनको आगमनको प्रतीक्षामा थियो । रेडियोमा प्रभुख समाचार सकियो । उद्घोषकले त्यसै राती चन्द्रग्रहण लाग्ने सूचना पनि प्रसारित गर्यो । ओमोभोका बाबुले भने अनुहारका पसिना पुछ्दै केही तित्तताकासाथ भने, “ग्रहणले युद्ध रोक्ला जस्तो, खूबै !” “ग्रहण भनेको के हो, बुवा ?” ओमोभोले सोध्यो । “जब पृथ्वी अँध्यारो हुन्छ अनि अत्भूत कुराहरू हुन्छन् !” “जस्तै?” उसका बाबुले चुरोट सल्काए । “मरेकाहरू जागेर हिँड्छन् र गीत गाउन थाल्छन् । त्यही भएर धेरैबेर बाहिर नबस्नू । है त ?” ओमोभोले टाउको हल्लाउँदै मान्ने संकेत गर्यो । “ग्रहणहरूलाई बच्चा मन पर्दन । तिनीहरूले उनीहरूलाई खाइदिन्छ ।” ओमोभोलाई यो कुरामा विश्वास लागेन । बाबु भने ऊतिर हेरेर मुसुक्क मुस्काए, उसलाई उसको दस रुपियाँ बक्सिस् दिए, र भने, “रेडियो बन्द गर बाबु । बच्चाबच्चीले युद्धको समाचार सुन्नु राम्रो होइन । ” ओमोभोले रेडियो बन्द हेर्यो । उसका बाबुले दैलोको ठेलोमा अर्ग चढाए र शान्तिका लागि पीतृहरूको पूजा गरे । त्यो सकेपछि उनी आफ्नो अटैँची दिएर बिस्तारै घरबाट निस्किए । उनलाई त्यो गोरेटो हँुदै माथि बस बिसौनीतिर जाँदै गरेको ओमोभोले हेरिरह्यो । जब एउटा मिनीबस आयो र उसका बाबु चढे, ओमोभोले फेरि रेडियो खोल्यो । ऊ झ्यालको आडमा बास्यो र त्यो आउँदैगरेकी आइमाईको प्रतीक्षा गर्न थाल्यो । पछिल्लोपल्ट उसले त्यस आइमाईलाई देख्दा ऊ आफ्नो पहँेलो साडीका मुजा उत्तेजक रुपले हल्लाउँदै हिँडिरहेकी थिई । अन्य बच्चाहरूले पनि आफूहरूले गरिरहेको काम स्थगित गरी उसलाई हेरेका थिए । मानिसनीहरू भन्थे, उनको छाया छैन । उनीहरू यो पनि भन्थे ऊ हिँडदा पैताला भैँमा हुँदैनन् । ऊ छेवैमा आइपुगेपछि ती बच्चाहरू उसमाथि झारपात फ्याँक्न थाले । ऊ तर्किई । छिटो पनि हिँडिन, र पछि फर्केर पनि हेरिन । ज्यादै गर्मी थियो । बिस्तारै हल्लाखल्ला शान्त भयो । गाउँलेहरू निन्द्रामै हिँडे जसरी लर्बरिँदै आ–आफ्ना कामतिर लागे । ती तीन सैनिकहरू भने पामको जाँड खाएर टन्टलापूर घाममै बसी तस खेल्न थाले । ओमोभो हेरिरहेकै थियो । जब जब बालबालिका त्यस भट्टीको छेउबाट जान्थे, ती सैनिकहरू तिनीहरूलाई बोलाउँथे, केही कुरा गर्थे, र केही पैसा दिन्थे । ओमोभो पनि कुद्यो ओरालै ओरालो अनि भट्टीको छेउ पुगेर उभ्भियो । सैनिकहरूले उसलाई एकटक हेरे । ऊ फर्किन लाग्दा उनीहरू मध्ये एकले उसलाई बोलायो । “तिम्रो नाम के हो?” उसले सोध्यो । ओमोभोले केही धक मान्यो, एउटा हर्कतपूर्वक हाँसो हाँस्यो, अनि भन्यो, “ग्रहण ।” ओमोभोको अनुहारभरि थुकिदिएर त्यो सैनिक खूब हाँस्यो । त्यस सैनिकको अनुहारभरि नशैनशा देखिन्थे । उसका दुई साथीहरू भने यी कुरामा खासै चासो दिइरहेका थिएनन् । उनीहरू माखा धपाउनमा र तास खेल्नमै मस्त थिए । उनीहरूका बन्दूक भने छेवैको टेबलमा थिए । ओमोभोले विचार गर्यो, ती बन्दूकहरूमा नम्बर लेखिएका थिए । त्यो सैनिकले फेरि भन्यो, “ठूला ओठ भएको हुनाले तेरा बाउले तँलाई त्यो नाम दिएको हो?” उसका सहयोगीहरूले पनि यसपल्ट ओमोभोलाई हेरे, र हाँसे । ओमोभोले स्वीकारोक्तिमा टाउको हल्लायो । “तिमी एउटा असल केटो रहेछौ,” उसले ओमोभोलाई भन्यो । अनि केहीबेर रोक्कियो, र फरक आवाजमा सोध्यो, “त्यो कालो बर्कोले अनुहार छोप्ने आइमाईलाई तिमीले देखेका छौ ?” “अँहँ ।” उसले ओमोभोलाई दस रुपियाँ दिँदै भन्यो, “ऊ जासूस हो । उसले हाम्रा दुश्मनहरूलाई सहयोग गर्छे । ऊ आएको देख्नासाथ कुदेर आउनू, अनि हामीलाई भन्नू । सुनेको हो ?” ओमोभोले पैसा लिन मानेन, र कुदेर भयाङ् चढ्यो । फेरि ऊ गएर झ्यालमै बस्यो । सैनिकहरूले भने बेलाबेलामा उसलाई हेरिरहे । धेरै गर्मी चढेकोले ओमोभो त्यहाँ बसेकै अवस्थामा निधायो । केही अल्छी पारामा बासेका भालेहरूले केहीबेरपछि उसलाई ब्यूँझाइदिए । उसले महसूस गर्याे, रापिलो अपराह्न घर्केर शीतल साँझमा परिणत हुँदै थियो । सैनिकहरू पनि भट्टीमै निधाउन लागेका थिए । त्यसैबेला रेडियोमा नियमित समाचार आयो । ओमोभेले त्यसदिनका हताहतीको खबर सुन्यो, खासै नबुझीकन । समाचारवाचकले यी गम्भीर समाचारहरूमा सुस्केरा भर्यो, क्षमा माग्यो, र युद्धका अतिरिक्त जानकारीहरू पनि प्रस्तुत गर्न थाल्यो । ओमोभोले पुलुक्क माथि हेर्यो । त्यो आइमाई त्यहाँबाट कटेर गैसकिछ । सैनिकहरू पनि भट्टीबाट हिँडिसकेछन् । तापको रापका बीच उनीहरू खरका घरहरूका बीचका चेपबाट हुँदै हिँडिरहेका थिए । त्यो आइमाई पनि त्यही बाटोमा जाँदै थिई, अलि पर । ओमोभो कुदेर तल ओर्लियो, र तिनीहरूका पछिपछि लाग्यो । सबैभन्दा पछि हिँडने सैनिकका चाक यति ठूला थिए कि उसको सुरवाल नै फुटलाजस्तो देखिन्थ्यो । ओमोभोले एक्स्प्रेस रोडसम्म उनीहरूको पीछा गर्यो । जङ्गलको बाटो लागेपछि ती सैनिहरूले त्यो आइमाईको पीछा छोडे, र तिनीहरूको बाटो बाँडियो । उनीहरू आफ्नो कार्यप्रति सचेत देखिन्थे । ओमोभो भने हतार्र्रिएर पछि फर्कियो, र त्यो आइमाईको चियो गर्न थाल्यो । घना जङ्गलका बीच पनि उसले त्यसलाई पछ्याउन छोडेन । त्यो आइमाईले फुस्रा लुगा लगाएकी थिई र एउटा ध्वाँसे मजेत्रोले अनुहार ढाकेकी थिई । उसको टाउकोमा एउटा रातो बास्केट पनि थियो । उसको छायाँ थियो कि थिएन, वा उनका खुट्टा भैँमा थिए कि थिएनन् भन्ने कुरा भने ओमोभोले विचारै गर्न बिर्सियो । ओमोभो अर्धनिर्मित बगान हुँदै गुज्रियो, जहाँ छेउछाउ ठूल्ठूला साइनबोर्ड र ढल्न लागेको बेराहरू थिए । ऊ एउटा निर्जन सिमेन्ट फेक्टरीको छेवैबाट गुज्रियो । त्यहाँ सरसामान ढलेर ढङ्गुरमा परिणत भएका थिए, र श्रमिकहरूका निवास पूर्णतयः खाली देखिन्थे । ओमोभो एउटा बबुआको रूख हुँदै अघि बढ्यो, जसमुनि एउटा मृत जनावरको सिङ्गो अस्तिपञ्जर थियो । त्यसैबेला एउटा सर्प माथि रूखको हाँगोबाट खस्यो र सुल्किँदै झाडीतिर पस्यो । अलि पर, छाँगाको छेउमा तीव्र संगीत गुञ्जिरहेको सुनिन्थ्यो, र मानिसहरू युद्धका चर्का नाराहरू लगाइरहेका थिए । ऊ ती महिलाको पछि लाग्यो, र केही बेरपछि उनीहरू जङ्गल फाँडेर बनाइएको एक भद्दा शिविरको छेउ आइपुगे, तल फाँटमा । गुफाका वरिपरिको धमिलो प्रकाशमा छायाकृतिहरू यता उति हल्लिरहेका देखिन्थे । त्यो आइमाई पनि तिनीहरूतिरै गई । ती आकृतिहरूले उसलाई घेरे, छोए, र गुफाभित्र लगे । ओमोभोले गुफाबासीका थकित स्वरहरू सुन्यो, जसमा उनीहरू ती महिलालाई धन्यवाद दिइरहेका थिए । जब फेरि त्यो आइमाई देखा परी उसका हातमा बास्केट थिएन । कुपोषणले प्याट्ट परेका भुँडी लिएर बच्चाहरू र झुत्रेमुत्रे लुगा लगाएका आइमाईहरूले उसलाई माथि पहाडको बाटोसम्म पु¥याए । फेरि, अलि संकोचका साथ उनीहरूले उसलाई छोए, अनि फर्किए । ओमोभो फेरि त्यही आइमाईका पछि लाग्यो । उनीहरू एउटा धमिलो नदीमा आइपुगे । त्यो आइमाई यसरी हिँडी, मानौँ उसलाई पछाडिबाट कुनै शक्तिले उडाउन खोजिरहेको थियो । धमिलो पानीमा दुर्घटनाग्रस्त डुङ्गाहरू र पानीमा बग्दै गरेका भिजेका लुगा देखिन्थे । ओमोभोले त्यहाँ पूजाका सामग्री पानीमा तैरिँदै गरेको देख्यो — रोटीका टुक्रा प्लास्टिकका झोलामा, खाद्यान्नले भरिएका हर्पेहरू, कोकाकोलाका केनहरू । फेरि उसले ती डुङ्गाहरूलाई हेर्याे । ल, ती त मरेका जनावरका आकृतिमा पो परिवर्तित भइसकेका रहेछन् ! नदी किनारमा भने उसले पुरानो कालखण्डका, र अहिले प्रयोगमा नरहेका मुद्राहरू पनि देख्यो । हावामा खपिनसक्नुको दुर्गन्ध फैलिएको पनि थाह पायो उसले । यत्तिकैमा ओमोभोले आफ्नै पछाडि बडो तीव्र गतिमा फेरिएको साँसको आवाज सुन्यो । तुरन्तै कसैले खोकेको र थुकेको आवाज पनि आयो । एउटा सैनिकले अरुलाई छिटो हिँड्न आदेश दिइरहेको पनि थाहा पायो । ओमोभो रुखमुनि टुक्रुक्क बसेर लुकिरह्यो । सिपाहीहरू उसका छेवैबाट अगाडि गए । केही बेरपछि उसले कोही चिच्याएको आवाज सुन्यो । ती सिपाही त्यो आइमाईको छेउ आइसकेका थिए । उनीहरूले उसलाई घेरे । “अरु कहाँ छन् ?” एउटा करायो । तर त्यो आइमाई बोलिन । “भनेपछि तँ नै होस् बोक्सी, हैन त ? तँलाई मर्न मन छ ? अरु कहाँ छन्, भन् ?” सब चूपचाप । उनको शिर झुकेको । एउटा सैनिकले खोक्यो, र नदीतिर थुकिदियो । “किन बोल्निस् हँ ?” उसले ती महिलालाई थप्पड हान्दै भन्यो । त्यो मोटे सैनिकले उनको बुर्का च्यातिदियो र जमिनमा फ्याँकिदियो । ऊ त्यसलाई टिप्न केही निहुर्यिई, घुँणा मार्ने चालमा उनको शिर अझै झुकि नै रह्यो । उनको टाउको कताकति खुइलिएको थियो, र कताकति घाउका खाटाहरू पनि देखिन्थे । उसको अनुहारको एकछेउमा पनि काटेको लामो दाग देखिन्थ्यो । नाङ्गो छाती भएको सैनिकले त्यस महिलालाई केही धकेलिदियो । ऊ घोप्टे परेर जमिनमा लडी, र केहीबेर त्यही अवस्थामा रही । त्यो जङ्गलको उज्यालो केही स्पष्ट भयो र पहिलोपटक ओमोभोले नदी किनारमा मरेका भनिएका जनावरहरू वयस्क मान्छेका लाशका आकृतिमा देख्यो । उनीहरूका शरीर नदीमा बगेर आएका लहराहरूले जेल्लिएका थिए, र उनीहरूका आँखा धूमिल थिए । ओमोभोले केही प्रतिक्रिया दिन नभ्याउँदै कोही चिच्याएको आवाज सुनियो । त्यो महिला उठ्दै थिई, हातले आफ्नो च्यादार टिपेर । ऊ त्यो मोटो सैनिकतिर फर्किई, यथासक्य तन्किई र उसको अनुहरमा थ्वाक्कै थुकिदिई । त्यसपछि ऊ च्यादर हल्लउँदै चर्को आवाजमा कराउन थाली । अन्य दुई सैनिकहरू भने पछि हटे । त्यो मोटे सैनिकले अनुहार पुछ्यो, र उसको पेटका सीधा आफ्नो बन्दुक र्तेस्यायो । ओमोभोले बन्दुकको आवाज सुन्नुभन्दा केही पल अगाडिमात्र उसलाई माथिपट्टि फटफट गर्ने प्वाँखहरूको तीब्र आवाजले केही व्यवधान ग¥यो । यसले यसलाई भयभित तुल्यायो । त्यसपछि आफू लुकिरहेको ठाउँ छोडेर ऊ जङ्गलको बाटो चिच्याउँदै भाग्यो । सैनिकहरू उसको पछिपछि दुगुरे । भाग्दै जाँदा पातहरूको छाहारीभित्रबाट एउटा लाटोकेसेरोले उसलाई एकटक हेरिरहेको उसले देख्यो । ऊ रुखको एउटा जरोमा अल्झिएर लड्यो, र टाउको जमिनमा बज्रियो । चारैतिर अँध्यारो भयो उसलाई । ऊ बेहोस भएर लड्यो । ऊ ब्युँझँदा अँध्यारो भइसकेको थियो । यसले आफ्ना औँलाहरूलाई आफ्नै सामुन्ने हल्लायो, तर केही देखेन । त्यो अन्धकारलाई अन्धोपन हो कि भन्ने डरले ऊ आत्तियो र चिच्यायो । ऊ यतायति कुद्यो, र एउटा दैलोभित्र पस्यो र पुनः लड्यो । जब ओमोभो होसमा फर्कियो, बाहिर चर्को हल्लाखल्ला चलिरहेको थियोे । रेडियोले युद्धका खबरहरू प्रसारण गरि नै रहेको थियो । ऊ माथि बार्दलीतिर जाँदा थाहा पायो, उसका आँखाले ज्योति गुमाएका थिएनन् । ऊ अत्यन्त खुसी भयो । तर उसलाई आश्चर्य यस कुरामा लाग्यो कि ऊ त्यहाँ पुग्दा त उसका बुवा बेतको कुर्सीमा बसेर ती अघिका तीनजना सैनिकसँगै पामको रक्सी खाइरहेका थिए । ऊ कुदेर आफ्ना बुवा नजिक गयो, र भयभित मुद्रामा ती तीन सैनिकतिर देखाएर बाबुलाई केही सोध्यो । “तिमीले उहाँहरूलाई धन्यवाद दिनुपर्छ । उहाँहरूले तिमीलाई जङ्गगलबाट घर ल्याइदिनुभयो,” उसका बुवाले ओमोभोलाई भने । बेहोसीबाट भर्खरै होसमा फर्किएको ओमोभोले आफ्ना बुवालाई उसले देखेका दृष्यहरूको विवरण सुनायो । तर उनका बुवाले भने क्षमायाचनाको मुद्रामा सैनिकतिर हेरेर खिस्स हाँसे, र आफ्नो छोरोलाई टिपेट ओछ्यानतिर लगे । नोटः यस कथाका लेखकले बुकर पुरस्कार जितेका छन् । उनी नाइजेरियाका लेखक हुन् । यस कथालाई समालोचक महेश पौड्यालले अनुवाद गरेका हुन् । #बेन ओक्री #युद्धको छायामा |
मेरी उनी: मैले निर्माण गरेको मायाको ताजमहलमा घाम र जून दुवै बनेर झुल्कियौ प्रेमको मदिरा पिलाउन कहिल्यै नमेटिने तिर्खा भएर उदायौ आपसमा साटासाट गर्न बैँशको भारी कुर्लुम्म बोक्दै प्रीतिको तेलमा रूपको दियो बालेर आयौ तिम्रो लालित्यपूर्ण मुस्कानमा ओझेल पर्छ ईन्द्रेणी कति मीठो बोलि तिम्रो सुरताल मिलेको सङ्गीतजस्तो मुहार तिम्रो जुनले चाँदनी पोखेजस्तो सुन्दरताको यो अधिक रोशनीमा तिम्रो गीत गाइहनेछु सदा म । मेरो जीवनको बार्दलीमा तिमी सधैँ झुमिरहन्छ्यौ मुटुको माझमा मात्र हैन आँखाको नानीमा अनि हृदयको अग्रभागमा तिमी छौ जीवनको तारेभिरमा यात्रारत हुँदा हात थाम्न मात्र आइनौ पैरोसमेत सम्याएकी छौ मेरा उध्रिएका सपनाहरू सिलाएकी छौ हजारौँ सगरमाथाहरू सह-आरोहण गर्यौं हामीले मायाको सुन्दर फूलबारीकी बास्ना तिमी प्रीति पोख्दै मेरो दिलमा शितल मलम बनी बसेकी छौ। के गुरूत्वबल छ हँ तिमीमा ? मलाई सधैँ लुटपुटाइरहने तिम्रो मायाँको राजमार्गमा सधै यात्ररत् रहन सकूँ दिलमा सदा छचल्किई रहनेछ्यौ प्रेमको पछ्यौरीले ढाकी राख मायाको पञ्चामृत पिलाइरहू छु आकर्षित म तिम्रो चित्रमा सम्मोहित छु झन् चरित्रमा चुराको आत्मिक छन-छनले निरन्तर ब्युँझाइरहू मलाई। चखेवाको जोडी हामी मुना र मदनको भेषमा एउटै बोटको दुई थुँगा फूल बनी यात्रारत् छौँ छायाँ सरी अन्तरहृदयको क्यानभाषमा तस्वीर बनी सजिएकी छौ म शरीर तिमी आत्मा म प्रार्थना तिमी वरदान म अपूर्ण तिमी सम्पूर्ण अनेक यी रूपका जलले अभिषेक गरिरहू मलाई मरूभूमितुल्य मेरो जीवनमा कलकल भै गण्डकी बगिरहू तिमी छौ र त मेरो जीवन छ जसरी छ रश्मि सूर्यमा अनि लालित्य छ प्रकृतिमा। *** गोरखा बजार हाल:- विस्कन्सन, अमेरिका। (कवि अर्यालका दुई नियात्रा संग्रह, एक कथा संग्रह ( संयुक्त) र एउटा कविता संग्रह प्रकाशोन्मुख रहेको छ ।) #अमेरिका #राजेन्द्रप्रसाद अर्याल |
के गर्न सक्छु र म: सुकिला मुकिलाहरुको रजाईं चलेको बेला पाखुरा सुर्क्याउँदै विचार दबाएर विधिको होइन, बलको शासन चलेको देख्दा फगत तिमीलाई सम्झनुसिबाय के गर्न सक्छु र म ! तिमीले देखाएको बाटो तिम्रै औँला समातेर टुकुटुकु हिँड्न सिकेकाले बिर्सेका बेला पार्टीनामका पछाडि तिमीले जोडेको राष्ट्रियता लोकतन्त्र र समाजवादको नारालाई मिथ्या फुर्का जोडेको साबित गर्न तम्तयार जमात देख्दा तिमीलाई सम्झनसिबाय के गर्न सक्छु र म ! समाजवादका लागि उत्पादकत्व वृद्धिमा जोड दिन पुँजीवादको आवश्यकता देख्ने तिमी स्वास्थ्यको समस्यामा खानेपानीको सम्बन्ध खोज्ने तिमी सिंहदरबारमा किसानको फोटो खोज्ने तिमी तिम्रै सन्तानको द्रव्य मोह र वैचारिक स्खलन देखेर तिमी नै खिन्न भएको बेला फगत तिमीलाई सम्झनसिबाय के गर्न सक्छु र म ! हुन त तिमीले नै भनेको बिर्सेको छैन सुकिला मुकिलापछि एक दिन फेरि इमान्दारिताको जित हुने छ कालो बादल फाटेर फेरि घाम लाग्ने छ त्यही दिनको प्रतीक्षामा तिमीलाई सम्झनसिबाय के गर्न सक्छु र म ! सैँबु, ललितपुर #सुरेश जोशी |
सुदेशको गीत: सपनीमा नआऊ तिमी पूरै दिन मेरो हुर्हुरी जल्छ यादहरू फक्रिएर मनकै बोटभरि पीडा भई फल्छ बिर्सनलाई हरदिन निहुँ हजार खोजी बस्छु तर हिजोभन्दा आज किन तीव्र बढ्छ सम्झनाको दर पल बित्छ, घडी बित्छ घिस्रिएर रात पनि ढल्छ यादहरू फक्रिएर मनकै बोटभरि पीडा भई फल्छ नरोकेर आँसु बरु बन्न दिँदा बन्थ्यो होला ताल मेरो पीडा नजर गर्न हुन्छ जूनको सुस्त चाल हावाहुरी के नै हो र मुटुभित्र औधि आँधी चल्छ यादहरू फक्रिएर मनकै बोटभरि पीडा भई फल्छ बाहिर बहार देखाएर बाँच्ने प्रयास गरेकै छु जारी मन भन्छ भित्रभित्रै यो मान्छे कस्तो अत्याचारी झिक्न खोज्छु आत्मबल तर पनि नौनारी गल्छ यादहरू फक्रिएर मनकै बोटभरि पीडा भई फल्छ #सुदेश पन्त |
अँध्यारो उज्यालो: शब्दमा अंध्यारोको प्रसंसा गर्न जति सहज छ, भोग्न अति नै कठिन छ । उज्यालो र अँध्यारोको विषयमा धेरै दार्शनिक कुरा लेख्न सकिन्छ । अँध्यारो बनाइदेऊ, उज्यालो कष्टकर भयो भन्न सकिन्छ । तर जसले जे पनि अँध्यारो समस्याको मूल जरा नै हो । कुनै बेला काठमाडांैमा सिमित मानिसहरूले मात्रै बिजुली बत्तीको उपभोग गर्थे । म आफैँ सानो छँदा बिजुली बत्ती आइसकेको थिएन । रात पर्नु भनेको पुरै अन्धकार हुनु थियो । अँध्यारो भएपछि आमा र हजुरआमासँग टाँसिएर बस्नु नै सबैभन्दा सुरक्षित थियो । आमाहरू पनि यही पो चाहनुहुन्थ्यो सायद । उहाँहरू यही अँध्यारोको बेला भूतका कथा सुनाउनु हुन्थ्यो । आज बोक्सीको कथा , भोली किचकन्नेको कथा, पर्सि तान्त्रिकको कथा । कथा पनि पैतालाले नटेकीकनै अलि अलि उडेर गएको, भूतले पछाडिबाट गर्लम्म अंगालो हाल्न आएको । यस्ता कथाहरू रोमांचकारी पनि हुन्थ्यो । आफुलाई अत्यन्तै माया गर्ने आमा र हजुरआमाले भन्नुहुने कथा भएकोले विश्वास पनि लाग्थ्यो । अनि सबैभन्दा ठूलो कुरा अति डर लाग्थ्यो । उबेला अहिले जस्तो कोठापिच्छे बाथरुम कहाँ ? पिसाब फेर्न घरबाहिर अलि पर चर्पी बनाइएको हुन्थ्यो । घर अन्धकार, बाहिर झन अन्धकार , त्यसैले पिसाब फेर्न मन लागेपनि डरले चुपचाप बस्थ्यौं । राति पिसाब फेर्न जानुपर्यो भने हामी दुर्इ तीनजना सँगै जान्थ्यौं । सबै डराएको अवस्थामा । टुकी वा लालटीन हुन्थ्यो । त्यो पनि के के भएर अचानक निभ्थ्यो । एक जना चर्पीभित्र पसेपछि दुर्इजना बाहिर गार्ड बसिन्थ्यो । यसरी हतार हतार पिसाब फेरेर आउनु पथ्र्यो । अँध्यारोमा बवभिन्न आकारका छायासँग जम्काभेट हुन्थ्यो र हरेक छायाँ भूत जस्तो लाग्थ्यो । म १० बर्षको हुँदा मेरी आमा बिरामी पर्नुभयो । केको बिरामी हो थाहा भएन तर लामो समयसम्म बिरामी हुनुभयो । उबेला हाम्रो उपचार गर्ने भनेकै किर्तिपुरमा । किर्तिपुरमा नाम चलेको ज्योतिष, झारफुक, वैद्य, कम्पाउण्डरहरू थिए । हामीहरू बिरामी पर्दा उतै लाग्थ्यौं । मेरी आमाले सबै आफ्ना नौजना सन्तानहरूलाई किर्तिपुरमै उपचार गराएर हुर्काउनु भयो । आमा बिरामी हुँदा झारफुके , वैद्य वा कम्पाउण्डर बोलाउन र औषधि लिन जाने मैँ हुन्थें । नैकाप र किर्तिपुर भएर जाँदा अहिलेको भिराडील, बल्खु खोला, खोलाछेउका मसानघाट अति सुनसान र डरलाग्दो हुन्थ्यो । आमाको कथाको भूत त्यही मसानघाटबाट उठेर मलार्इ पछ्याइरहेको जस्तो लाग्थ्यो । पछडि फर्केर हेर्न पनि डरलाग्थ्यो । जूनको उज्यालोमा देखिएको रुखका छायाँ , बाटोका ठूलो ढुंगा ,यी सबै अँध्यारोमा नै लाग्थ्यो । म एकै सासमा कुदेर नैकापबाट किर्तिपुर र किर्तिपुरबाट नैकाप पुग्थें । मेरो बाल्यकालको बाध्यात्मक यात्रामा रातले यति धेरै सास्ती दिन्थ्यो । अहिले सोच्छु , यो अन्धकारले यसरी सताउँदो रहेछ । कहाँ बोक्सी हुनु, कहाँ भूत हुनु , कहाँ किचकन्ने हुनु , तर मेरो लगायत आमाहरू र हामी केटाकटीहरूको मन मस्तिष्कमा भूत हालिदिएपछि त्यो भूतले पुस्तौंपुस्ता हजारौं लाखौं जनमा यसरी छोप्दो रहेछ , सताउँदो रहेछ । एकपटक हालिदिएपछि निकाल्न कठिन हुने रहेछ । अहिले लाग्छ त्यो भूतको श्रोत के हो ? किन भूतका यति धेरै कुराहरू भए मेरो बाल्यकालमा ? त्यो श्रोत भनेको त उबेलाको अन्धकार नै थियो । दिउँसोको उज्यालोमा भूत नआउने, रातमा आउने भनेको के हो त ? त्यतिबेलाका जनसाधारणले उज्यालोमा रात काट्न नपाएका कारण जन्मेको डरको कथा हो भूत । त्यस्तै राति भूत आउने कथाले त्यतिखेरका शासकहरूलाई शोषण गर्ने, आफ्ना दूतहरूमार्फत राज्यका बिद्रोहीहरू बेपत्ता पार्ने , चेलीबेटी उठाउने अवसर हो । जनताहरू भूतका कथा हालेर डराएर रहुन्जेल श्रोत र शक्ति सम्पन्न सत्तालाई दमन गर्न सजिलो हुने रहेछ । आमाहरू स्वभावैले मायाका अपार श्रोत त हुनुहन्थ्यो तर उहाँहरू नै अन्धकारमा हुनुहुन्थ्यो । आमाहरूले माया गरेरै ,आफ्ना सन्तान अँध्यारोमा बाहिर नजाउन र भुतले नलैजाउन भन्ने उदेष्यले बेलैमा भूतको डर हालिदिनुहुन्थ्यो । तर त्यो भूतको डर कति खतरनाक भनेर थाहा नपाएरै जीवन सकाउनु हुन्थ्यो । हामी पनि त्यही अन्धकार संसारमा सबैभन्दा बढी माया गर्ने आमासँग ग्रहण गरेर लामो समय त्यत्तिकै डराइरह्यौं । त्यसैले अन्धकार अति खतरनाक कुरा र सोच रहेछ । अहिले आधुनिक युग, एक्काइसौं शताब्दीमा आइपुग्दा ती पुराना अँध्यारा र अँध्याराका कथाहरू छैनन । ती सबै किंवदन्ती नै भइगए । तर नयाँ अंध्याराहरूको जन्म भइरहेको छ । कसैले तपाईं र मेराबीच सम्बन्ध बिगार्नु पर्यो भने केही गारो छैन । कुनै तेश्रो ब्यक्तिले मलाई वा तपाईलाई एक अर्काको बिरुध्दमा कुरा लगाइदियो र त्यही कुरालाई पत्याइदियो भने सम्बन्धमा तीतोपन आईहाल्छ । हामीले एकअर्कामा तेश्रो ब्यक्तिको कुरामा सत्यता छ कि छैन भनेर जाँचै नगरी अन्धकारमा बस्यौं भने सम्बन्ध सकियो । यो अन्धकार कति खतरनाक छ भने त्यसले राजनीति र बाहिर त असर पार्छ पार्छ , आफ्नो प्रियजनहरू बीच त बिषको नै काम गर्छ । म हिजोआज यो खाले अन्धकारको भुक्तभोगी छुँ । मेरो बारेमा तपाईंलाइ कसैले कुनै नकारात्मक कुरा सुनाईदिन्छ र तपाईं त्यही कुरा पत्याएर चिसो भइदिनुहुन्छ र हाम्रो सम्बन्धमा त्यहीं अबरोध आउँछ । यस्ताखाले अन्धकारका बाहकहरूको बाढी नै आएको छ । यी अन्धकारका वाहकहरू आफ्नै क्षमताले त केही गर्न सक्दैनन तर अरूको सम्बन्धमा खुम्रे कीरा राख्न सक्छन् । म यो अन्धकारबाट अति त्रस्त छु । मैले त तपाईंको बारेमा कसैले कुरा गर्न आउँछ भने पत्याउन छाडिसकें । मलाई सबैभन्दा बढी आफ्नो नजिकको प्रियजनहरूबीचको सम्बन्धसँग डर लाग्छ । अन्धकारसँग विजय गर्ने एउटै उपाय भनेको उज्यालो, त्यो भनेको सम्बन्धमा पारदर्शिता । हामी आफैँ जब पारदर्शी हुँदैनौ तब यस्तो समस्या आउने हो । हामीले पारदर्शी हुनुपर्ने कुरा र विधि अझै धेरै छन । मेरा प्रियजनहरू ,अझै पारदर्शी हौँ र अन्धकारका दूतहरूसँग बचौँ । |
पोस्टरकविता किन ?: फेसबुकमा अहिले कविताको बाढी आएको छ । कविता विधा सबले रुचाउँदै पनि आइराखेका छन् । अग्रजदेखि अनुज कविहरूको कविता हरेक दिन देख्न पाइन्छ । कुनै समय थियो कविले कविता छपाउनलाई खाममा लाएर डाकबाट पठाउनु पर्थ्यो । कविता राम्रो र स्तरीय हो भने सम्पादकले पत्रिकामा ठाउँ दिन्थे , ती पत्रिकामा कवितासँग सुहाउँदो चित्रहरू पनि हुन्थे । रवि रोदन कवितालाई चित्रसहित राख्दा पाठकको ध्यान त्यस चित्रले तान्ने हो र यो प्रभावकारी पनि हुन्छ । हिन्दी साहित्यमा कविता पोस्टरले राम्रो ठाउँ बनाएको छ । मेरा हिन्दी कवि मित्रहरू रविकुमार, रोहित रसियाहरूको कविता पोस्टरले म झनै प्रभावित भएको हुँ । नेपालतिरबाट निस्कने पत्र पत्रिकामा प्रोफेशनल चित्रकारहरूले कविता कथा कुनै पनि लेख निबन्धमा सुन्दर नक्सा लाएर निकालेका छन् र यो क्रम जारी नै छ । नेपाली कविताहरूलाई पनि छुट्टै ढङ्गमा यस्ता पोस्टरमा लाउँदा पाठकहरूलाई कवितातर्फ आकार्षित गर्न सकिने जस्तो लाग्यो । यो प्रयोग नयाँ होइन तर यता नेपालीमा छोटा छोटा कवितालाई लिएर गरियो भने असाधारण पाठकलाई पनि कवितातर्फ खिँच्न सकिने जस्तो लाग्यो । पोस्टर कविताका सौन्दर्यात्मक कुराले दर्शकर पाठकलाई साहित्यसँग जोडेर राख्न सक्छ । हामी जान्दछौँ, सामन्य पाठकहरू कविता पढ्दैनन् । फुर्सद पनि हुनुपर्यो कविता सङ्ग्रह किनेर पढिरहने, पोस्टर कविताले कविता कहिले नपढनेहरूले पनि पोस्टर हेर्ने हुँदा कविता पढ्ने सम्भावना छ । हुनसक्छ उनलाई कवितामा कुनै रुचि नै नहोला त्यसैले यस्ता पोस्टर कविताले साहित्य र समाजलाई जोडने पुलको काम गर्न सक्छन् । आम मानिसहरूमा चेतना फैलाउन भने सक्छ पोस्टर कविताले । सुरू सुरूमा मैले केही छोटा छोटा हिन्दी र नेपाली कविताहरूलाई लिएर यो थालनी पनि गरे। पाठकहरूले खुब रुचाए । फेसबुकमा राम्रा राम्रा कविता लेख्ने कविहरूलाई छोटा छोटा कविता पठाउने आग्रह गरे । लामा लामा कविताहरूलाई भन्दा छोटा छोटा कवितामा पोस्टर बनाउन सहज हुने र छोटा छोटा कवितामा यसको प्रयोग प्रभावशाली हुने देखेपछि फेसबुकमा पोस्टर कविता नामक समूह खोलेर यो अभियानको सुरुवात गरिएको छ । एकपटकमा पोस्टरसँग भएको कविताका पङ्तिहरू पाठकको आँखामा झुण्डिने र ती पङ्तिले असाधरण पाठक कविता मनपराउने हुन्छन् । छोटा छरितो र चट्ट छुने पोस्टरकविताले सामन्य पाठकलाई पनि पोस्टरको सौन्दर्यबाट साहित्यबोध र कलाबोध गराउने एउटा पहल हो । यसलाई निरन्तरता दिँदै लाने सोंचेको हुँ । कविहरूले थोरैमा धेरै भन्न सक्ने कविता लेखनमा पनि (पोलिस्ड) माझिन सक्छन् भन्ने हो । कवितामा सिरियसनेस कविता लेखनमा दुरुस्त बन्न सक्लान् भन्ने उद्देश्य पनि हो । अहिले पोस्टर कविताबाट प्रभावित भएर विभिन्न ठाउँहरूबाट धेरै कविता प्रेमी, पाठक र कविहरू कविता पठाइरहेका छन् । कविता आएपछि यसलाई सम्पादन मण्डलीले (कवि र भाषाविद्हरू) प्रथमत् हेर्छन । छनौट भएपछि मात्र यसमाथि पोस्टर इलस्ट्रेसन गरिने काम हुन्छ । केही कवि पाठकले यसको संकलनलाई पछिबाट किताबको रुप दिने सुझाव पनि दिइरहेका छन् । प्रत्येक बिहान एउटा पोस्टर कविता पोस्ट गरिरहेका छौँ । कवि राजा पुनियानीले पोस्टर कविताले राम्रो काम गर्दैछ र भविष्यमा कोलाब्रेट भएर काम गरौँ पनि भनेका छन् । यो पोस्टर कविताको काम गर्दै गर्दा नेपालका प्रखर लेखक एवं सम्पादक अश्विनी कोइरालाले सुन्दर कुरा राखेका छन् । यति राम्रो कामलाई एउटा दस्तावेजको रुपमा साहित्यपोस्टसँग सहकार्य गरौँ भन्ने आग्रह पनि उनैले गरेका छन् । फेसबुकमा कविताहरू यसरी हाल्दा खासै महत्व हुँदैन तर पोर्टल वेबसाइट साहित्यपोस्टसँग भने यसलाई राख्नुभए विश्वभरि छरिएर बसेका नेपालीहरूले पढ्न र यसबाट लाभ उठाउन पाउने कुरा पनि राखेका छन् । सातामा एकपल्ट साहित्यपोस्ट मार्फत पोस्टरकविता ५ र १० कविहरूको कवितालाई प्रकाशित गर्ने सल्लाह पनि भएको छ । हामीले यस अभियानमा १०० वटासम्म पोस्टर कविता प्रकाशित गर्ने चाहाना राखेका छौँ । आफूसँग भएका सम्पादन मण्डलीमा हुने साथीभाइहरूसँग पनि यी कुराहरू राखेको छु । हामीले गरेको कामको फाइदा अन्यलाई हुन्छ र हामीसँग जोडिएका कविहरूलाई पनि आउँदो दिनमा फाइदा पुग्छ भन्ने विशवास लिएका छौँ । अबका दिनमा पोस्टरकवितामा कविता पठाउन नेपाली युनिकोड फन्टको प्रयोग गरेर सम्पादकलाई कविता सम्प्रेषणको निम्ति चिट्ठी लेखेर आफ्नो नाम, ठेगाना र एउटा पार्सपोर्ट साइजको फोटो ravirodan88@ gmail.com मा मेल गर्नुपर्ने छ । पढ्नुहोस् पहिलो शृंखलामा संग्रहित पोस्टरकविताहरु: #पोस्टरकविता #रवि रोदन |
पोस्टरकविता किन ?: रवि रोदन फेसबुकमा अहिले कविताको बाढी आएको छ । कविता विधा सबले रुचाइँदै पनि आइराखेका छन् । अग्रजदेखि अनुज कविहरूको कविता हरेक दिन देख्न पाइन्छ । कुनै समय थियो कविले कविता छपाउनलाई खाममा लाएर डाकबाट पठाउनु पर्थ्यो । कविता राम्रो र स्तरीय हो भने सम्पादकले पत्रिकामा ठाउँ दिन्थे, ती पत्रिकामा कवितासँग सुहाउँदो चित्रहरू पनि हुन्थे । कवितालाई चित्रसहित राख्दा पाठकको ध्यान त्यस चित्रले तान्ने हो र यो प्रभावकारी पनि हुन्छ । हिन्दी साहित्यमा कविता पोस्टरले राम्रो ठाउँ बनाएको छ । मेरा हिन्दी कवि मित्रहरू रविकुमार, रोहित रसियाहरूको कविता पोस्टरले म झनै प्रभावित भएको हुँ । नेपालतिरबाट निस्कने पत्रपत्रिकामा प्रोफेसनल चित्रकारहरूले कविता कथा कुनै पनि लेख निबन्धमा सुन्दर नक्सा लाएर निकालेका छन् र यो क्रम जारी नै छ । नेपाली कविताहरूलाई पनि छुट्टै ढङ्गमा यस्ता पोस्टरमा लाउँदा पाठकहरूलाई कवितातर्फ आकार्षित गर्न सकिने जस्तो लाग्यो । यो प्रयोग नयाँ होइन तर यता नेपालीमा छोटा छोटा कवितालाई लिएर गरियो भने असाधारण पाठकलाई पनि कवितातर्फ खिँच्न सकिने जस्तो लाग्यो । पोस्टर कविताका सौन्दर्यात्मक कुराले दर्शक र पाठकलाई साहित्यसँग जोडेर राख्न सक्छ । हामी जान्दछौँ, सामान्य पाठकहरू कविता पढ्दैनन् । फुर्सद पनि हुनुपर्यो कविता सङ्ग्रह किनेर पढिरहने, पोस्टर कविताले कविता कहिले नपढनेहरूले पनि पोस्टर हेर्ने हुँदा कविता पढ्ने सम्भावना छ । हुनसक्छ उनलाई कवितामा कुनै रुचि नै नहोला त्यसैले यस्ता पोस्टर कविताले साहित्य र समाजलाई जोड्ने पुलको काम गर्न सक्छन् । आम मानिसहरूमा चेतना फैलाउन भने सक्छ पोस्टर कविताले । सुरूसुरूमा मैले केही छोटा छोटा हिन्दी र नेपाली कविताहरूलाई लिएर यो थालनी पनि गरे। पाठकहरूले खुब रुचाए। फेसबुकमा राम्रा राम्रा कविता लेख्ने कविहरूलाई छोटा छोटा कविता पठाउने आग्रह गरे । लामा लामा कविताहरूलाई भन्दा छोटा छोटा कवितामा पोस्टर बनाउन सहज हुने र छोटा छोटा कवितामा यसको प्रयोग प्रभावशाली हुने देखेपछि फेसबुकमा पोस्टर कविता नामक समूह खोलेर यो अभियानको सुरुवात गरिएको छ । एकपटकमा पोस्टरसँग भएको कविताका पङ्तिहरू पाठकको आँखामा झुण्डिने र ती पङ्तिले असाधरण पाठक कविता मनपराउने हुन्छन् । छोटा छरितो र चट्ट छुने पोस्टरकविताले सामन्य पाठकलाई पनि पोस्टरको सौन्दर्यबाट साहित्यबोध र कलाबोध गराउने एउटा पहल हो । यसलाई निरन्तरता दिँदै लाने सोचेको हुँ । कविहरूले थोरैमा धेरै भन्न सक्ने कविता लेखनमा पनि माझिन सक्छन् भन्ने हो । कवितामा सिरियसनेस कविता लेखनमा दुरुस्त बन्न सक्लान् भन्ने उद्देश्य पनि हो । अहिले पोस्टर कविताबाट प्रभावित भएर विभिन्न ठाउँहरूबाट धेरै कविता प्रेमी, पाठक र कविहरू कविता पठाइरहेका छन् । कविता आएपछि यसलाई सम्पादन मण्डलीले (कवि र भाषाविद्हरू) प्रथमत् हेर्छन । छनौट भएपछि मात्र यसमाथि पोस्टर इलस्ट्रेसन गरिने काम हुन्छ । केही कवि पाठकले यसको संकलनलाई पछिबाट किताबको रुप दिने सुझाव पनि दिइरहेका छन् । प्रत्येक बिहान एउटा पोस्टर कविता पोस्ट गरिरहेका छौँ । कवि राजा पुनियानीले पोस्टर कविताले राम्रो काम गर्दैछ र भविष्यमा कोलाब्रेट भएर काम गरौँ पनि भनेका छन् । यो पोस्टर कविताको काम गर्दै गर्दा नेपालका प्रखर लेखक एवं सम्पादक अश्विनी कोइरालाले सुन्दर कुरा राखेका छन् । यति राम्रो कामलाई एउटा दस्तावेजको रुपमा साहित्यपोस्टसँग सहकार्य गरौँ भन्ने आग्रह पनि उनैले गरेका छन् । फेसबुकमा कविताहरू यसरी हाल्दा खासै महत्त्व हुँदैन तर पोर्टल वेबसाइट साहित्यपोस्टसँग भने यसलाई राख्नु भए विश्वभरि छरिएर बसेका नेपालीहरूले पढ्न र यसबाट लाभ उठाउन पाउने कुरा पनि राखेका छन् । सातामा एकपल्ट साहित्यपोस्ट मार्फत पोस्टरकविता ५ र १० कविहरूको कवितालाई प्रकाशित गर्ने सल्लाह पनि भएको छ । हामीले यस अभियानमा १०० वटासम्म पोस्टर कविता प्रकाशित गर्ने चाहना राखेका छौँ । आफूसँग भएका सम्पादन मण्डलीमा हुने साथीभाइहरूसँग पनि यी कुराहरू राखेको छु । हामीले गरेको कामको फाइदा अन्यलाई हुन्छ र हामीसँग जोडिएका कविहरूलाई पनि आउँदो दिनमा फाइदा पुग्छ भन्ने विशवास लिएका छौँ । अबका दिनमा पोस्टर कवितामा कविता पठाउन नेपाली युनिकोड फन्टको प्रयोग गरेर सम्पादकलाई कविता सम्प्रेषणको निम्ति चिट्ठी लेखेर आफ्नो नाम, ठेगाना र एउटा पार्सपोर्ट साइजको फोटो ravirodan88@ gmail.com मा मेल गर्नुपर्ने छ । पढ्नुहोस् दोस्रो शृंखलामा संग्रहित पोस्टरकविताहरु: स्नेह सायमी: काठमाडौँका स्नेह सायमी कवि, लेखक, सम्पादक, मिडिया व्यवस्थापक र माक्र्सवादी विचारक हुन् । उनले २०३६ सालमा ‘चौतारो बोल्यो’ कविता संग्रहमार्फत आधिकारिकरुपमा साहित्यिक क्षेत्रमा प्रवेश गरेका थिए । उनका पुल र पर्खालहरू कविता पनि प्रकाशित छ । करिब एक दर्जन पुस्तक प्रकाशन हुन बाँकी छन् । रातोघर फाउन्डेसनका संस्थापक सायमी पारिजात स्मृति केन्द्रका सदस्य सचिव एवं प्रतिभा प्रवाहका संयोजक हुन् । ********* कविता राई: पशुपतिनगर इलामका कविता राई गाउँले व्यवसायी हुन् । उनका केही कविता संग्रह प्रकाशोन्मुख छन् । *************** कल्याण गुरुङ: दार्जेलिङका कल्याण गुरुङ पोखरामा विगत २१ वर्षदेखि शिक्षण पेशामा संलग्न छन् । उनका म लिलाम भइरहेको छु कविता संग्रह प्रकाशित छ । त्यसैगरी साहित्यसाधक मदन ओझाका विषयका साहित्यिक कृतिमाथि अध्ययन गरेर लेखिएको एउटा कृति पनि सार्वजनिक भएको छ । उनले ध्वनि साहित्यिक मासिक र दसैँको जामा कथा संग्रहको सम्पादन पनि गरेका छन् । ********* कमल भट्टराई : दार्जेलिङका कमल भट्टराई पेशाले शिक्षक हुन् । उनका आवाजका रङहरु , अन्तिम बिन्दु गरेर दुई कविता संग्रह प्रकाशित छन् । उनले केही पत्रपत्रिकाहरुको सम्पादन गरेका छन् । ******** बाल कृष्ण थामी: खरसाङका बाल कृष्ण थामी पेशाले वास्तुकार इन्जिनियर हुन् । साहित्यमा र विशेषगरी खरसाङ रेडियोमा उनी गीतकारका रुपमा चिनिन्छन् । उनका गीत सय भन्दा बढी गीतहरु रेकर्ड भएका छन् । उनका एउटा गीत र एउटा कविता संग्रह प्रकाशोन्मुख छ । ***** मौन आवाज: थानकोट, काठमाडौँका मौन आवाज पेसाले व्यवसायी हुन् । उनको ‘ यो शताब्दीमा म पनि छ ’ कविता संग्रह प्रकाशित छ । उनी आर्ष नेपाल अनलाइन पत्रिकाको सम्पादक पनि हुन् । ******* छेवाङ् योञ्जन: पूर्व सिक्किममा जन्मेका छेवाङ् योञ्जन हाल कालेबुङ बस्छन् । पेशाले पत्रकार छेवाङ चिया बगान सङ्ग्राम समितिमार्फत् दार्जेलिङको चिया मजदुरहरुमाथि भइरहेका विभिन्न शोषणविरुद्ध अभियान चलाउँछन् । उनको सम्पादननमा लालीगुराँस पत्रिका प्रकाशित भइरहेको छ । ************ मोजेस त्रिखत्री: मोजेस त्रिखत्रीको साहित्यिक नाम मोजेस ‘हृदय’ हो । उनी नेपाल र भारतबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरुमा लेखिरहन्छन् । ****** मटिल्टा राई: अवकाशप्राप्त शिक्षक मटिल्टा राई टोटालाको फूल कथा संग्रहबाट चर्चामा आएकी हुन् । हाल खरसाङमा बसोबास गर्ने राईका जीवनका केही रेखा केही रङ, माइ डेडी, रुजालीजस्ता कृतिहरू प्रकाशित छन् । #पोस्टरकविता #रवि रोदन |
स्क्रिप्ट लेखेर एक करोड: मीनबहादुर भाम ‘कालो पोथी’ निर्देशक मीन बहादुर भामको नयाँ फिल्म ‘चिसो वर्ष’को स्क्रिप्टले टर्कीमा ‘१२ पुन्टो– टिआरटी स्क्रिनप्ले डेज’बाट ७५ हजार युरो पुरस्कार जितेको छ । नेपाली रुपैयाँ करिब एक करोड तीन लाख बराबरको यो पुरस्कार अन्तर्राष्ट्रिय सहनिर्माणका लागि आर्थिक अनुदान स्वरूप प्रदान गरिएको हो । कोरोना महामारी नभएको भए अहिले फिल्म ‘चिसो वर्ष (अ इयर अफ कोल्ड)’ को सुटिङ भइरहेको हुन्थ्यो तर यही महामारीका बीच पनि फिल्मको स्क्रिप्टले अवार्ड पाउने क्रम जारी छ । अवस्था सामान्य भएपछि सुटिङमा जाने योजना बुन्दै गरेका लेखक तथा निर्देशक मीनले यस खुसीको खबर सुनाउँदै आफू ‘चिसो वर्ष’प्रति अझै उत्साहित भएको बताएका छन् । यसअघि पनि स्क्रिप्टबाटै विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पाएको ‘चिसो वर्ष’ निर्माण अघि नै चर्चामा छ । मीनको यस स्क्रिप्टले कान्स फेस्टिभल २०१८ को ‘सिने फन्डेसन रेसिडेन्स’, बर्लिन फेस्टिभल २०१८ को ‘निकोभ रेसिडेन्सी’, लोकार्नो ओपन डोर्स २०१८ को ‘आर्टी प्राइज’, बुसान फेस्टिभल २०१७ को ‘एसियन सिनेमा फन्ड’ तथा ‘नर्वेजियन सोरफन्ड पिचिङ फोरम’ लगायतका पुरस्कार र प्रोत्साहन पाइसकेको छ । दोस्रोपटक आयोजना भएको ‘टिआरटी पुन्टो १२ स्क्रिनप्ले डेज’को कार्यक्रम जुलाई १२ देखि १८ सम्म भएको थियो । कोरोना महामारीका कारण अनलाइनमार्फत् आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रशिक्षण, बहस–विमर्श पनि भएका थिए । स्क्रिनप्ले स्क्रिनप्लेमा जसमा विभिन्न १० देशका फिल्मकर्मीहरू सहभागी थिए । यस संस्करणमा अन्तर्राष्ट्रिय सहनिर्माणतर्फ नेपालका मीनबहादुर भामको ‘चिसो वर्ष’का साथै स्पेनका माएमा गार्सियाको ‘होली स्प्रिरिट’ र मारियाना गोर्वाचको ‘क्लोनडाइक’लाई पनि पुरस्कृत गरिएको छ । #चिसो वर्ष #मीनबहादुर भाम |
'अ सुइटेबल ब्वाई' अब टेलिभिजन सिरिज बन्दै: भारतीय लेखक विक्रम सेठको १४ सय पृष्ठ लामो उपन्यास ‘सुइटेबल ब्वाई’लाई बिबिसी टेलिभिजनले ६ घण्टा लामो टेलिभिजन शृंखला बिबिसीले प्रसारण थालेको छ। मीरा नायरले यसको निर्देशन गरेकी छन्। मूल उपन्यासमा केही फेरबदलका साथ चर्चित पटकथाकार एन्ड्रयु डेभिसले यसलाई टेलिभिजनका लागि तयार पारेका हुन् । डेभिसले यसअघि चर्चित रूसी उपन्यास ‘वार एन्ड पिस’लाई पनि टेलिभिजनका लागि लेखेका थिए । त्यसो त उनले ‘प्राइड एन्ड प्रेजुडिस’मा केही विवादास्पद दृश्य पनि जोडेका थिए भने चर्चित फ्रान्सेली उपन्यास ‘ले मिजरेबल’मा समलैंगिकतासमेत जोडिदिएका थिए । आफ्नो उपन्यास ‘सुइटेबल ब्वाई’मा पनि केही खास कुराहरू नयाँ जोडिएको भन्दै उपन्यासकार सेठले द टाइम्स पत्रिकालाई जनाएका छन् । त्यसो त आफ्नो उपन्यासको मूल मर्म मर्ने भन्दै कयौँ उपन्यासकारहरूले फिल्म र टेलिभिजन अधिकार नदिने गरेका उदाहरण पनि निकै छन् । खासगरी प्रख्यात उपन्यासकार जेडी सेलिङ्गरले आफ्नो बहुचर्चित उपन्यास ‘क्याचर इन् द राई’लाई फिल्मीकरण नगर्न विशेष आग्रह गरेका थिए । कहिलेकाहीँ स्वयं लेखकले लेखेका पटकथालाई पनि फिल्म निर्देशकले अस्वीकृत गरेका उदाहरण पनि पाइन्छ । जस्तो कि स्टेफन किङले ‘द साइनिङ’ उपन्यास बजारमा आएपछि त्यसमाथि फिल्म बनाउन ठीक परेका स्ट्यान्ली कुब्रिकले किङको पटकथालाई अस्वीकार गरेका थिए भने स्वयं किङले अरूले उपन्यास बिगारिदिने आशंका गरेका थिए । यता ‘सुइटेबल ब्वाई’का लेखक सेठ भने मूल उपन्यासमा तलमाथि भएर केही फरक नपर्ने बताइरहेका छन् । उनले भने, ‘मैले त यो बन्दै गर्दा कत्तिको ऐतिहासिक पक्षलाई ख्याल गरिएको रहेछ भनेर मात्र सुटिङमा एक पटक गएँ नत्र गइरहनु जरूरी देख्दिनँ ।’ उनी भन्छन्, ‘उपन्यासको मूल मर्ममा मैले सम्झाैता गर्न सक्दिनँ तर सानातिना कुरालाई हामीले टेलिभिजन वा फिल्ममा गरिएका तोडमरोडलाई नजरअन्दाज गरिदिनु पर्छ ।’ उनले भने, ‘पटकथाकार गतिलो भयो भने तपाईंलाई आश्चर्य लाग्ने केही चिज पनि थपिन सक्छ । जुन मैले मेरै उपन्यासको शृंखलामा पनि पाएँ ।’ ‘सुइटेबल ब्वाई’का कयाैँ चरित्र काट्दा पनि अझै ११० जना भन्दा बढी चरित्रका कथा यसमा अटाएका छन् । पटकथाकार डेभिसले चरित्रहरूका बारेमा अझ गहन अध्ययन गरी त्यसलाई अझ विस्तृतीकरण समेत गरेका छन् । यसका लागि उनले फिल्मकर्मी मीरा नायरको सहयोग लिएको बताएका छन् । नायर गतिला उपन्यासलाई फिल्म र टेलिभिजनमा एडप्ट गर्न खप्पिस फिल्मकर्मीका रूपमा चिनिइन्छिन् । यस सिरिजमा ४९ वर्षीया तब्बु, २४ वर्षे इशान खट्टर तथा नयाँ अनुहार २३ वर्षीया तान्या मानिकतलाको विशेष भूमिका रहेको छ । १९९३ मा पहिलो पटक प्रकाशित ‘सुइटेबल ब्वाई’ले सन् १९५० को दशकको भारतको कथालाई प्रस्तुत गरेको छ । यसअघि पनि यस उपन्यासलाई टेलिभिजनमा एडप्ट गर्न खोजिएको भए पनि त्यो सफल हुन सकेको थिएन । ‘सुइटेबल ब्वाई’को दोस्रो खण्ड लेख्ने प्रयास गरिरहेका बेला बिबिसीले यसमाथि सिरिज बनाउन पटक-पटक लेखकसँग छलफल गरेको थियो । उपन्यास लेखेको लगभग ३० वर्षपछि सेठले यसको अर्को भाग ‘सुइटेबल गर्ल’ उपन्यास लेखी सिध्याएका छन् । यही अवसरमा टिभी सिरिज आएकामा उपन्यासकार सेठले खुसी व्यक्त गरेका छन् । यस टेलिभिजन सिरिजको बजेट करिब एक करोड पचास लाख पाउन्ड रहेको बिबिसीले जनाएको छ । यसको अफिसियल ट्रेलर एक सातामै पच्चीस लाख पटक हेरिसकिएको छ । ६ लाख शब्दको यो उपन्यास संसारभर ३० लाख प्रति बिक्री भइसकेको छ । आइतबारदेखि यो बिबिसीमा प्रसारण थालिएको छ । उपन्यासका दृश्य बदल्न मिल्छ त? सुइटेबल ब्वाईको चर्चा चुलिएसँगै मूल उपन्यासका दृश्य तलमाथि गरिएका केही उपन्यासको चर्चा पनि सँगैमा हुन थालेको छ । च्यानल ४ टेलिभिजनले सन् १९८८ मा बनाएको क्रिस मुलिनको उपन्यास अ वेरी ब्रिटिस कुपमा पनि कयौँ ससाना परिवर्तनहरू गरिएका थिए । समाजवादी पार्टीका बेलायती प्रधानमन्त्री ह्यारी पर्किन्सलाई कसरी कू गरेर हटाइयो भन्ने कथामा बनेको सो उपन्यासका परिवर्तनमा उपन्यासकार स्वयं मुलिनले स्वीकृति दिएका हुन् कि भन्ने भ्रम धेरैलाई पछिसम्म भइरह्यो । सजिलै राजिनामा दिएका प्रधानमन्त्रीलाई जुझारू व्यक्तिका रूपमा टेलिभिजनमा प्रस्तुत गरिएको थियो । त्यसैगरी मार्ग्रेट एटवुडको १९८५ मा आएको उपन्यास द ह्यान्डमेड्स टेलमा पनि उपन्यास पूर्ण रूपमा श्वेत जातिमा आधारित भएको र काला जातिलाई बेग्लै ठाउँमा बाध्यकारी नियम लगाएर बसाइएको कथा राखिए पनि टेलिभिजनमा काला जाति र एसियाली अनुहारहरू देखाइएको छ । यस किसिमको परिवर्तनमा भने लेखिका एटवुडले खासै प्रतिक्रिया दिएकी छैनन् । खासगरी टेलिभिजनमा जातिगत सन्तुलन हुनुपर्ने आवाज उठिरहेका कारण पनि लेखिकाबाट खासै प्रतिक्रिया नआएको बताइएको छ । यस्तै बहुचर्चित शृंखला हाउस अफ कार्ड्स मूलतः माइकल डोब्सको बिबिसी शृंखलाको विकसित स्वरूप हो । सफलताका लागि जे पनि गर्न तयार हुने नेतामाथि बनाइएका कयौँ दृश्यहरू पछि थपिएका छन् । थपिएका चिजहरू पटकथाकार एन्ड्रयु डेभिसले यति सिर्जनशील तरिकाले हालेका थिए कि लेखक माइकल डोब्सले खासै प्रतिक्रिया दिएनन् । #द टाइम्स #विक्रम सेठ |
राज्यले मुल्यांकन गर्न नसकेका कवि भूपि र भूपिको हामी: कविको उमेर भए पनि कविताको उमेर हुँदैन । कविता कविकै मस्तिष्कबाट जन्मने भएकाले कवि मरेर गएको सयौँ वर्षसम्म पनि उसले रचना गरेको कृतिले एउटा युगको नेतृत्व गरेर बसेको हुन्छ । एक समय हुन्छ जुन समयमा कवि, लेखक वा अन्य केहीको कुराको बाहुल्यता बढी हुन्छ । भीडबाट कोही बाँच्छ र उसका कृतिले जीवन्तको उपाधी पाउँछ । कवि भूपि शेरचनलाई कसैले विसं १९९२ पौष १० वा १२ गते जन्मेको भनेर व्याख्या गर्दछन् । प्राय उनको जन्म लेखिँदा पौष १० नै लेखिने भए पनि उनको जन्ममितिमा भने विवाद अझै छ । तर मृत्युको मितिमा भने विवाद भेटिएको पाइँदैन । भूपिको समयमा कविहरू धेरै उदाएका थिए । केही कविहरू त्यसै बिलाएर गए । आफ्नो शब्दबाट सडकको आवाज, जनताको प्रतिनिधित्व गर्ने भाषा भूपिले लेख्ने भएकाले उनका कृतिले जीवन्त साथ पाइएको भेटिन्छ । उनका कवितामा देखिएका बिम्ब वा उनका कविताले सोधेका प्रश्न अझै पनि समय सान्र्दभिक हुने भएकाले उनका रचनामा दूरदृष्टि थियो वा छ भन्न सकिन्छ । कवि भूपि शेरचनले आफ्नो नाम सर्वहारा राखेका थिए । तर पछि किन हटाए यो बारे विज्ञहरू नै जानकार छन् । उनले आफ्नै परिवारलाई शोषक र सामन्त भन्दै हिँडेका घट्ना छन् । जनताको आवाज बोल्ने भएकाले उनलाई त्यस समयमा खुबै रुचाइएको. थियो । उनका कवितामा देखिएका बिम्ब वा उनका कविताले सोधेका प्रश्न अझै पनि समय सान्र्दभिक हुने भएकाले उनका रचनामा दूरदृष्टि थियो वा छ भन्न सकिन्छ । आज हामीले भूपि शेरचनकै हामी कविता लिएर आएका छौँ । सर्वप्रथम त उनको कविता पढेर कविता कहिले र किन लेखियो भन्ने कुरा प्रस्तु गर्नेछौँ । हामी हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगुरौ, जतिसुकै ठूलो स्वरमा गर्जौं, तर, हामी फगत् पानीको थोपा हौँ पानीका निर्वलिया थोपा जो सूर्यद्वारा माथि उचालिन्छौं र बादल बन्छौं, हावाको इशारामा यताउति दगुर्छौं र आफूलाई गतिशील भन्ठान्छौं अनि एकचोटि माथि पुगेपछि हामी आफ्नो धरतीलाई बिर्सन्छौ र आफ्नो धरतीलाई खोलालाई बगरलाई उपेक्षापूर्वक पालिएका कुकुर झ्यालबाट गल्लीका कुकुरहरूलाई हेरेर भुलेझैँ हामी भूक्तछौं र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौं अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौँं र फेरि परिणत हुन्छौं पानीका थोपाहरूमा निर्बदिया थोपाहरूमा र कुनै इनार, खाडल वा पोखरीमा कुहेर बिताउँछौ बाँकी जीवन टर्र…टर्र टर्टराउने घिनलाग्दा भ्यागुताहरू पालेर बिष नभएका साँपहरु अँगालेर हामी जतिसुकै माथि उठौँ जतिसुकैं यताउति दगुरौँ जतिसुकै ठूलो स्वरमा गर्जौ तर, हामी भित्र भित्रै खोक्रा छौं हाम्रो उठाइको कुनै महत्व छैन हाम्रो दगुराइको कुनै लक्ष्य छैन हाम्रो गर्जनको पानीमा फालिएको अगुल्टाको ’छ्वाइयँ’ भन्दा बढी वजन छैन । हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि भित्र भित्र निरन्तर खिइँदै र घिस्सिँदै गइरहेका छौँ हाम्रो बाहिरको उचाइ झूटा हो, भ्रम हो अग्लो टाकुरामा उम्रिएका च्याउको उचाइभन्दा यसको बढ्ता महत्व छैन वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने भारतीय चटकेको उचाइभन्दा यसको बढी विशेषता छैन अग्लो चुच्चे टोपी लगाई नाच्ने सर्कसको जोकरको उचाइभन्दा यसको बढी विशेषता छैन हामी बाहिसको उचाइमा रमेका छौ, लट्ठिएका छौं, फूलेका छौं तर, हामीले आफ्नो आस्थाको द्वीपमा निरन्तर खिइँदै र घिस्सिँदै गइरहेको कुरालाई भुलेका छौं हीनताको सानो द्वीपमा पछारिएर हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौं हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं त्यसैले जब कुनै सामान्य मानिस कथामा वणिर्त ’गुलिभर’ झँै आइपल्टन्छ हाम्रो आस्थाको द्वीपमा हामी छक्क परेर उसलाई हेर्छौं हामी उसलाई हेरेर छक्क पर्छौं हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ हामीलाई आफ्नो पुड्काइ देखेर डर लाग्छ र त हामी आफ्नो हीन चावनाका सियो जत्रा स–साना हतियारहरूको उसमाथि प्रहार गर्छौं उसको अङ्ग–प्रत्यङ्गमा चढछौं उफ्रन्छौं टोक्छौं चिमोट्छौँ र अन्त्यमा थकित भएर तल ओर्लन्छौं शान्त हुन्छौं समर्पित हुन्छौं र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले तर ओर्लेर त्यसको पाउ पखाले झैँ हामी पुज्न थाल्दछौं त्यो साधरण मानवलाई महान् भनेर हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि भित्रभित्रै निरन्तर खिइँदै गइरहेका छौं हामी ’लिलिपुट’ का मानव हौं । हामी लघूमानव हौं । हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने कसैले मिलाइदिनुपर्ने हामी आफुखुसी कहिल्यै छुट्टिन नसक्ने कसैले छुट्टायाई दिनुपर्ने हामी आफूखुसी कहिल्यै अगाडि बढ्न नसक्ने कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिडाउँनुपर्ने हामी रङ्ग रोगन छुटेका टुटेका, फुटेका पुरानो क्यारमबोर्डका गोटी हौं एउटा मानोरञ्जक खेलका सामाग्री एउटा खेलाडीमाथि आश्रित, आफ्नो गति हराएका एउटा ’स्ट्राइकर’ द्वारा सञ्चालित हो, हामी मानिस कम र बढ्ता गोटी हौं । हामी वीर छौं तर बुद्धू छौं हामी बुद्धू छौं र त हामी वीर छौं हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं हामी महाभारतको कथामा वर्णित एकलव्य हौं प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई, शक्तिलाई, र अस्तित्वलाई तर, हामी तिनै द्रोणाचायैको मूर्ति बनाउँछौं आफ्नो झुप्रो अगाडि, त्यसलाई पुज्छौ ढोग्छौं निरन्तर धनुर्विद्याको अभ्यास गर्छौं र द्रोणचार्यका अन्य कुलीन चेलाहरूभन्दा बढी कुशलता प्राप्त गर्छौं तर, हाम्रो कुशलतादेखि आश्चर्यचकित र भयभीत भई प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ र गुरुदक्षिणा माग्छ र हामी सहर्ष उसको इशारामा आफ्नो बूढी औंला काटेर उसलाई भेटी दिन्छौं, आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गछौं र मक्ख पछौं आफ्नो गुरुभक्तिमाथि आफ्नो आत्मशक्तिमाथि त्यसैले हामी वीर त छौं तर, बुद्वू छौं हामी बुद्वू छौ र त हामी वीर छौं हामी बुद्वू नभइकन वीर कहिल्यै हुन सकेनौं हामी कसैको मूर्ति स्थापना नगरीकन वीर कहिल्यै हुन सकेनौं हामी पाइतला हौं केवल पाइतला र फगत पाइतला पाइतलाः जसको भरमा शरीर उभिन्छ पाइतलाः जसको आधारमा शरीर हिँडछ पाइतलाः तर जो भन्ठान्छ कि शरीरले कृपा गरेर उसलाई पालिरहेछ दया गरेर उसलाई सँग सँगै हिँडाइरहेछ मख्ख पर्छ शरीरको महान्तामाथि र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ सधै शरीरको सबभन्दा तल रहन्छ कहिल्यै शिर उचालेर माथि हेर्दैन सधैँ सधैँ नतमस्तक रहन्छ हामी पाइतला हौ हामी दौडमा प्रथम हुन्छौं र हाम्रो निधारले टीका थाप्छ, हामी दौडमा प्रथम हुन्छौं र हाम्रो घाँटीले माला लाउँछ हामी दौडमा प्रथम हुन्छौं हाम्रो छातीले तक्मा टाँस्छ हाम्रो टिका थाप्ने निधार अर्कै छ हाम्रो माला लगाउने निधार अर्कै छ । हाम्रो ताक्मा टाँस्ने छाती अर्कै छ, हामी त फगत कसैको इसारामा टेक्ने, हिँडने र दगुर्ने पाइतला हौं केवल पाइतला र फगत पाइतला । हामी केही पनि होइनौं र सायद त्यसैले केही हौं कि! हामी कतै पनि, केही पनि छैनौं र सायद त्यसैले कतै, केही छौं कि! हामी बाँचिरहेका छैनौं तर सायद त्यसैले पो बाँचेका छौं कि ! त्यसैले आओ ए ! शून्य पूजकहरू ! हामी सब मिलेर ढोगौं यो रिक्ततालाई हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई हाम्रो अस्तित्वको यो देवतालाई । विद्रोहको आवाजमा कविता लेख्ने भएकाले कवि भूपि शेरचनलाई विद्रोही कवि पनि भनिन्छ । प्रस्तुत कविता वि.सं २०१७ ताका नै लेखिएको हो भनेर अनुमान लगाउन सकिन्छ । गतेसहित कहिले हामी शीर्षकमा कविता यसै भन्न सकिन्न । आफ्नो कविताबाट जनतालाई जागरुक बनाउन सक्ने कविको रुपमा भूपिलाई चिन्न सकिन्छ । स्वच्छन्दतावादी भावधारामा प्रगतिवादी दृष्टिकोणमा टेकेर कविता सिर्जना गर्ने भूपिसँग व्यङ्ग्यचेत भने अथाह रुपमा रहेको पाइन्छ । ‘ नयाँ झयाउरे ’ गीती कविता संग्रह (२०१०), ‘ निर्झर’ (कविता संग्रह (२०१५), ‘ घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रह (२०२५), ‘ भूपि शेरचनका कविता’ कविता संग्रह (२०५७) समेत गरी चारवटा कविता संग्रह र एउटा ‘परिवर्तन’ नाटक (२०१०) समेत प्रकाशित गरेका भूपिको हामी कविता भने ‘ घुम्ने मेचमाथि अन्धो मान्छे ’ कविता संग्रहमा रहेको छ । त्यसो त घुम्ने मेचमाथि अन्धो मान्छे सङ्ग्रहमा भए पनि हामी शीर्षकको कविता भने वि.सं २०१७ सालको रुपरेखा अङ्कमा समेत प्रकाशित भएको थियो । आधुनिक सभ्यता एवम् सम्पन्नताको नाममा आफ्नो गौरवमय इतिहास, परम्परा, संस्कृति र सभ्यतालाई बिर्सनु नै हाम्रो ठूलो गल्ती हो भन्ने कविको विचार हामी कवितामा रहेको देखिन्छ । अहिलेका चर्चित कवि भूपिन खड्कालाई अहिलेको पुस्ताले भूपि शेरचनको हामी कविता किन पढ्नु भन्ने प्रश्नमा उनी भन्छन्– “भूपीको ’हामी’ कविताले हरेक पछिल्लो पुस्तालाई सुझाउने एक महत्वपूर्ण पाठ हो, ’प्रिय अनुजहरू ! कृपया समाजको गहिरो अध्ययन गर । समाजको गहिरो अध्ययनबिना सार्थक कविता लेख्न सकिन्न ।’ कविता शब्द आडम्बर, कला आडम्बर र आत्मरतीको कोरा प्रदर्शन मात्र होइन यो त समाजको गम्भीर समालोचना हो । कविको प्राथमिक दायित्व मानिस र समाजको अवलोकन हो । समयको विश्लेषण हो । कविः भूपिन खड्का मानिस, मानिसका जटिलतम प्रवृत्ति र समाजको गतिशीलताको अध्ययनका लागि महत्वपूर्ण सर्त हो आलोचनात्मक चेतना । क्रिटिकल कन्सस्नेस । भूपीको ’हामी’ यही चेतनाको एक दुर्गम उचाई हो । यति तिख्खर चेतना र क्राफ्टमा समकालको समालोचना गरिएका कविता बिरलै पढ्न पाइन्छ ।” यो कविता २०१७ सालको रुपरेखामा छापियो । यो वर्ष नेपाली राजनैतिक इतिहासमा एक बदनाम वर्ष पनि हो । भूपीले कवितामा यसका कारणहरूबारे व्यङ्ग्यपूर्वक लेखेका छन् । भूपिले परिवर्तन र स्वतन्त्रताका लागि उदासिन सबै मानिसलाई पानीका निर्वलिया थोपासँग तुलना गरेका छन्, जससँग आफैलाई गतिशील बनाउने कुनै नियन्त्रण शक्ति हुन्न । जो घामद्वारा उचालिन्छ, उड्छ र पछारिन्छ । भूपीले साठी वर्षअघि नै अहिलेको हामीलाई र हामीपछिका मानिसलाई पनि लेखिदिए । एक कविका लागि अध्ययन कति महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि यस कविताले बताउँछ । ’हामी’मा भूपीले प्रयोग गरेका महाभारतका पात्रहरू द्रोणाचार्य र एकलव्यको मिथक निकै प्रभावकारी र चिरस्थायी लाग्छ । मानिस कसरी षढयन्त्रको सिकार भएर सीमान्तमा धकेलिन्छ ? भूपिले त्यसको गम्भीर विश्लेषण गरेका छन् । धनुर्वाणमा आफ्नो प्रिय शिष्य (राजकुमारहरू) लाई एकलव्यले पराजित गरिदिने भयले गुरु द्रोणाचार्यले गुरुदक्षिणा माग्छन् बुढी औँला । यो गम्भीर षढयन्त्र थियो । पात्र पूजा गर्ने समाजमा द्रोणाचार्यको छलबारे बोल्नु भूपिको आलोचनात्मक चेतनाको परिणाम थियो । अर्कोतिर जोनाथन स्वीफ्टको गुलिभर ट्वीस्टका लिलिपुट र गुलिभरको प्रसंग पनि छ, जसले बलियो कविताका लागि अध्ययनको जरुरी छ भन्ने सन्देश दिन्छ । यो कविता लामो समय बाँच्ने वा सान्दर्भिक रहिरहने कविता पनि बन्यो । भूपीले साठी वर्षअघि नै अहिलेको हामीलाई र हामीपछिका मानिसलाई पनि लेखिदिए । एक कविका लागि दूरदृष्टि कति महत्वपूर्ण हुन्छ भन्ने बोधका लागि पनि यो कविता एक सवल उदाहरण हो ।” कवि निर्भीकजङ् रायमाझीले पढेको भूपिः हामी भूपि शेरचनको मास्टरपिस कविता त हुँदै हो, सँगै उनको काव्यशैलीलाई निर्णायक मत दिने कविता पनि हो । शासन, शासक र अन्यायमाथि प्रहार गरेर कविता लेख्ने भूपिले ‘हामी’ भन्दाअघि लेखेका कविताले बृहत् तरङ्ग ल्याउन सकेको थिएन । जब ‘हामी’ कविता आयो त्यसपछि भूपिको सिग्नेचर नेपाली कविता अमीट बन्यो । मैले भूपिका छोटा कविता विद्यालय जीवनमै पढें । विद्यालय जीवनका १२ वर्षमा उनका तीनवटा कविता पढ्नुपथ्र्यो । ‘सहिदहरूको सम्झनामा’, ‘मेरो देश’ र ‘सुनौलो भोलि’ हामीले विद्यालयमै पढ्यौं । मैले भेटेका समाजका गन्यमान्य मानिसको उचाइ त च्याउको मात्र उचाइ रहेछ भन्ने बोध यही कविता पढेपछि भयो । एसएलसीपछिका खाली दिनमा मैले भूपिको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ किनें । त्यही रात संग्रहभित्र भएका दुई दर्जन कविता पढ्दा पहिलोचोटि हामी कविता पढें । लामो आकारको भए पनि ‘हामी’ कविता पढ्दा कतै रोकिनु परेन । कवि निर्भीकजङ् रायमाझी त्यही साता युट्युबमा ‘हामी’ कविता खाजें । उक्त कविता वाचन गरिएको भिडियो रहेछ, सुनें । त्यही वर्ष राष्ट्रिय दैनिकका परिशिष्टाङमा भूपि विशेष निस्कियो, त्यहाँ पनि हामी कविता छापियो । उक्त कवितामाथिका टिप्पणी छापिएको रहेछ । ती सबै पढें । जतिपटक पढ्दा पनि ‘हामी’ कविताभित्रको हामीमा म पनि पर्छु जस्तै लाग्यो । आफ्नो विवेकले काम नगर्ने, आफ्नो अज्ञानता र असभ्यतालाई नै शान ठान्ने प्रवृत्ति मभित्र पनि छ । मेरा नजिक रहेका साथीभाइ, आदर गरेका साहित्यकार र भोट हालेका नेताभित्र यो प्रवृत्ति छ । हामी सबैमाथि ‘हामी’ कविताले कटाक्ष गरेको छ । ‘हामी’ कवितामाथि बोलिरहँदा म आफूलाई पनि मसिहा राज्यको गद्दार नागरिक हुँ भन्न बाध्य बनाउँछ । तर, मैले कविता हृदयले पढेको छु भने केही न केही राम्रो कुरा सिक्नै पर्छ । मैले पनि आफूमा नभएको गुण र सीपको आडम्बर देखाउने बानी कम गर्न खोज्दैछु । प्रतिभासम्पन्न मानिसलाई हृदयबाटै प्रशंसा गर्न सिक्दैछु । खुट्टा तान्नु अपराध गर्नुसरह हो भन्ने बुझेको छु । यो बानीलाई जीवनभर कायम राख्न सकें भनेँ मात्र म असल मान्छे बन्नेरहेछु । म यही गुण विकास गर्न प्रयत्न रहन्छु । मैले भेटेका समाजका गन्यमान्य मानिसको उचाइ त च्याउको मात्र उचाइ रहेछ भन्ने बोध यही कविता पढेपछि भयो । मेरो देश, मेरो राज्य कसैको गोटी भएर चलेको रहेछ भन्ने यथार्थ झन् बलियो पाएँ, यही कविता बुझेर । ……………. यी सबैकुरा बुझ्दा भूपिको हामी कविता एक पुस्तालाई नै नेतृत्व गर्ने कविता हो । भूपिको बारेमा डा. कृष्णहरि बराल भन्छन् –“भूपिलाई सरकारले मुल्याङ्कन गर्न भने नसेकै हो ।”, उनको भनाइबाट पनि प्रस्ट हुन्छ कि भूपि कति महान् थिए । उनको सोचको दायरा धेरै नै फराकिलो थियो भन्ने कुरा उनका हरेक कविताले प्रस्ट पार्दछ । #कविता #निरज दाहाल #भूपि #हामी |
महाकवि देवकोटा र मनदेवीको सम्बन्धः छोरी अम्बिकादेवीको खुलासा: अम्बिकादेवी रिमालले आफ्ना बुबा महाकवि लक्ष्मीप्रसाद देवकोटासँग बाँचिरहेको जीवनको पाँच भागको एक भागमात्र समय बिताउन पाइन् । अर्थात्, उनी १६ वर्षको हुँदा महाकवि देवकोटाको निधन भयो । तर, माहिली छोरी रिमालसँग बुबाका धेरै यादहरु अहिले पनि ताजै छन् । कसैले नदेखेको आफ्ना मुमा–बाबुको गहिरो प्रेम उनले अनुभव गरेकी छन् । काठमाडौंको मैतिदेवीस्थित शास्त्रीय बस्तीमा नजिकै रहेको आफ्ना बुबाको घर हेरेर उनी मुमा–बुबाको प्रेमानुभूत गर्छिन् । एकछिन विगतमा फर्किन्छिन् अनि घोत्लिन्छिन् । कहिलेकाहीँ सोच्छिन् पनि, ‘नेपालको इतिहासले गौरव गर्ने यो भग्नावशेष घर कहिले होला संग्रहालय बन्ने ?’ सो घर र घर रहेको जग्गा नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो स्वामित्वमा त लिएको छ तर, संग्रहालय बन्न कति समय लाग्ने हो थाहा छैन । ‘कहिले’ भन्ने प्रश्नले उनलाई कहिलेकाहिँ बिझाउँछ पनि । ७० दशक पुरा गरेकी उनी फेरि सोच्छ थाल्छिन्, ‘म जीवित छँदै संग्रहालय बनेको देख्न पाए त मन शान्त हुने थियो ।’ अम्बिकादेवी राम्रोसँग कान सुन्दैनिन् । नजिकै गएर जोडले बोलेपछि मुसुक्क हाँस्छिन् अनि कुरा सुरु गर्छिन् । उनको शरीरको फूर्ती भने कत्ति पनि घटेको छैन । उनलाई कुनै गमभीर प्रकारको रोग पनि लागेको छैन । चिन्ता छ त केवल आफ्ना दुई नातिहरुको । जसको हरेक जिम्मेवारी उनको काँधमा छ । छोरा–बुहारी र नाति–नातिनाले स्याहार गर्नुपर्ने उमेरमा उनलाई नातिहरुको स्याहार गर्नुपरिरहेको छ । तर, यसमा अम्बिकादेवीको कुनै विमति छैन । यो त सबै नियतिको खेल हो, आफ्नो जिम्मेवारी त पुरा गर्नै पर्यो । ००० मुमाले गाईंलाई काउली किन खुवाउनुपर्यो भन्नुभयो’ अम्बिकादेवी विगततिर टोलाउँछिन्, ‘बुबाले तिमीलेमात्र मीठो खानुपर्छ भन्ने छ र, कहिलेकाहीँ गाईंले पनि खानुपर्यो नि भन्नुभयो । केहीबेर वर्तमानबारे कुराकानी गरेपछि मलाई विषय अन्तै मोड्नु छ । म अम्बिकादेवीको नजिकै गएर उनले सुन्नेगरी बोल्छु, ‘धेरैले महाकवि देवकोटाको श्रीमती मनदेवीसँग राम्रो सम्बन्ध थिएन भन्छन् । तपाईंलाई के लाग्छ ?’ अम्बिकादेवी बुबा महाकवि देवकोटा र मुमा मनदेवीबारे सुनाउन थाल्छिन्: आफूले लेखेका हरेक कविता मेरो बुबा मुमालाई देखाउनुहुन्थ्यो । मुमा कविता सुनेर मख्ख पर्नुहुन्थ्यो । बुबाले लयमा–लय मिलाएर सुनाएको कविताले मुमाको ह्दयमा स्पर्श गथ्र्यो । त्यसपछि उहाँहरु आफ्नो गहिरो प्रेम साटासाट गर्नुहुन्थ्यो । बुबा मन्द मुस्कानका साथ मुमालाई हेरेर टोलाउनुहुन्थ्यो । मुमा बुबामा हराउनुहुन्थ्यो । अम्बिकादेवीका अनुसार कहिलेकाहीँ महाकवि देवकोटा आफ्नी रिसाएकी श्रीमतीलाई कविता सुनाएरै फकाउँथे । मुमा रिसाएको र बा’ले फकाएको आफ्नै आँखाले देखेकी अम्बिकादेवीलाई त्यतिबेला उनीहरु के गर्दैछन् भन्ने हेक्का हुँदैनथ्यो । अम्बिकादेवी भन्छिन्, ‘जब बुझ्ने भएँ तब सबै कुरा चाल पाउँदै गएँ ।’ ‘मुमा चाहिँ के कुरामा रिसाउनुहुन्थ्यो नि ?’ मैले अर्को प्रश्न तेर्साएँ । महाकवि देवकोटाको घरमा गाईहरु थिए । उनी गाईलाई निकै माया गर्थे । एकपटक घर आउँदा तीन खर्पन काउली ल्याए । घरकाले आज घरमा पार्टी रहेछ क्यारे भन्ने सोचे । मनदेवीले काउली ल्याउनुको कारण सोधिन् । देवकोटाले गाईंलाई खुवाउन ल्याएको भन्ने उत्तर दिए । ‘मुमाले गाईंलाई काउली किन खुवाउनुपर्यो भन्नुभयो’ अम्बिकादेवी विगततिर टोलाउँछिन्, ‘बुबाले तिमीलेमात्र मीठो खानुपर्छ भन्ने छ र, कहिलेकाहीँ गाईंले पनि खानुपर्यो नि भन्नुभयो ।’ त्यसपछि देवकोटाले काउली भटाभट गाईंलाई खुवाउन थाले । यता, मनदेवी रिसले आगो भइन् । अम्बिकादेवी भन्छिन्, ‘यस्तै–यस्तै सानातिना कुरामा हो उहाँहरु रिसाउने ।’ महाकवि देवकोटा र मनदेवीको सम्बन्धबारे विभिन्न चर्चा–परिचर्चा हुने गर्छ । मनदेवीको आचरणमाथि पनि बेला बेला औँला उठाइन्छ । मनदेवी कृष्ण भगवानको भक्त थिइन् । उनी प्राय भजन–कृतनमा ब्यस्त हुन्थिन् । सातामा दुई–तीन दिन घरबाट बाहिर गइरहन्थिन् । देवकोटाको घरमा कामदार बसेका लालबहादुर महाकविका प्रिय पात्र थिए । उनी मनदेवीको सुराकी गर्थे । अम्बिकादेवीको बुझाईमा लालबहादुर बक्सिस पाउने लोभमा मनदेवीबारे भए–नभएका कुरा महाकविलाई सुनाउँथे । एक पटक त्यस्तै घटना भयो । लालबहादुरले के कुरा सुनाए भन्ने अम्बिकादेवीलाई अहिले ठ्याक्कै याद त छैन तर, उनले सुनाएको कुराका कारण घरमा निकै भयावह अवस्था उत्पन्न भयो । लेखकः कृष्ण आचार्य लालबहादुरको कुरा सुनेपछि महाकविले मनदेवीले सुन्नेगरी चिच्याउँदै भने, ‘ए लालबहादुर छिटो गुन्टा कस् अब हामी होटलमा गएर बस्नुपर्छ ।’ महाकवि चिच्याएर सुनेर मनदेवी घर बाहिर निस्किइन् । महाकविले मनदेवीतिर हेर्दै भने, ‘तिमीलाई महिनाको १० हजार दिन्छु । तिमी बस् म लालबहादुरलाई लिएर गएँ ।’ यो कुरा मनदेवीलाई असह्य भयो । त्यसपछि तिमीहरु बस् बरु म नै जान्छु भनेर उनी माइत लागिन् । अम्बिकादेवीले थाहा पाएदेखि कहिल्यै माइत नगएकी मनदेवी यसरी एक्कासी हिँडेपछि बच्चाबच्ची अलपत्र परे । आत्तिएर उनीहरु मामाघर गए । रोई, कराई गरेर आमालाई फर्काएर घरमा लिएर आए । घरमा आउनासाथ हातमा लौरो समाएर मनदेवीले लालबहादुरलाई भनिन्, ‘ए मोरा यहाँबाट निस्कन्छस् कि यै लौरोले तलाईंँ ठटाऊँ हँ…।’ त्यसपछि लालबहादुर टाप कसे । फेरि कहिल्यै त्यो घरमा देखिएनन् । बेलुका महाकवि आएर लालबहादुरलाई बोलाए । अम्बिकादेवी भन्छिन्, ‘मुमाले अब तिम्रो लालबहादुर आउँदैन भन्नुभयो । बुबा मुमा घरमा आएको देखेर चुप लाग्नुभयो ।’ उहाँ मुमा आएकोमा मनमनमा निकै खुसी हुनुहुन्थ्यो । मुमालाई पनि बुबाबाट टाढा बस्न निकै गाह्रो भएको थियो । सायद यहि त हो प्रेम । महाकवि देवकोटा निकै कोमल ह्दयका व्यक्ति थिए । सधै सबैलाई सहयोग गरिरहन्थे । कसैको दुःख पीडा हेर्न सक्दैनथे । उतिबेला मासिक ३०/४० हजार रुपैयाँको हाराहारिमा आम्दानी गर्थे । तर, हातमा पैसा पर्नासाथ अरुलाई बाँड्दै हिँड्थे । यतिसम्म कि तलब बुझेर घर आउँदा उनको हात रित्तो हुन्थ्यो । घर चलाउन मनदेवीले गाउँघरमा सापटी लिनुपथ्र्यो । यहि कारण मनदेवी देवकोटासँग रिसाउँथिन् । अम्बिकादेवीका अनुसार महाकवि देवकोटा र मनदेवीबीच कहिलेकाहिँ झगडा र असमझदारी हुन्थ्यो । त्यसकै आधारमा धेरैले उनीहरुको सम्बन्ध राम्रो नभएको अड्कल काट्थे । त्यसको पनि एएटा कारण छ । अम्बिकादेवी भन्छिन्, ‘मुमालाई पैसा जति अरुलाई बाँडेर सकेको मन नपर्ने । त्यसैले बुबासँग पैसा लिएर खान पल्केकाहरु मुमालाई मन पराउँदैनथे र उहाँको अनेकथरी कुरा काट्थे । गाउँले र साथीहरुले बुबालाई पनि अनेकथरी कुरा सुनाउँथे । उहाँ आफूभन्दा बढी अरुलाई विश्वास गर्ने मान्छे । नभएको कुरा पनि पत्याउनुहुन्थ्यो । झगडाको मुख्य कारण यहि थियो । नत्र उहाँहरुको सम्बन्ध कहिल्यै नराम्रो रहेन ।’ महाकवि देवकाटा अरुले सुनाएका कुरालाई धेरै दिनसम्म मनमा भने लिँदैनथे । मनदेवी भने अरुको कुरा सुनेर आफूलाई अविश्वास गरेको भन्दै महाकवि देवकोटासँग रिसाउँथिन् । महाकवि कविता सुनेर मनदेवीलाई फमाउँथे । ००० गोष्ठीमा कविहरुले कविता सुनाउने कार्यक्रम रहेछ । बुबाले त कविता नै लान बिर्सनुभएछ । महाकवि देवकोटा मनदेवीले पकाएको खाना मीठो मानेर खान्थे । मनदेवीले जे दियो त्यसमै सन्तुष्ट हुन्थे । मगमग वासना आउने मार्सी चामलको भात उनलाई औधी मनपथ्र्यो । अम्बिकादेवीका अनुसार मार्सी चामलको भात, दाल र डुकु उनको मनपर्ने खाना थियो । उनलाई मन पर्ने खाना भए चरेसको थालभरी खाइदिन्थे । मनदेवीले पकाएको मनपर्ने खाना दाल, भात, डुकुको विषयमा महाकविले एउटा कवितासमेत लेखेका छन् । एकपटक साहित्यिक गोष्ठीमा भाग लिन भारतका महापण्डित राहुल सांस्कृत्यायान नेपाल आएका थिए । गोष्ठीमा महाकवि देवकोटालाई पनि निमन्त्रणा गरिएको थियो । उनी दाल, भात र डुकु खाएर गोष्टीमा निस्किए । अम्बिकादेवी भन्छिन्, ‘गोष्ठीमा कविहरुले कविता सुनाउने कार्यक्रम रहेछ । बुबाले त कविता नै लान बिर्सनुभएछ । त्यसपछि त्यहीँ दाल, भात, डुकु नामक कविता लेख्नुभयो रे ।’ कविता सुनेपछि महापण्डित राहुल सांस्कृत्यायानले उनको खुबै तारिफ गरे । देवकोटाले लेखेको दाल, भात, डुकु कविताको एक अंश यस्तो छ: पहिलो जलमा प्रथम स्फुरणको विष्णुको नै नाभिस्थलमा यो डुकूू जन्मिएको ! दाल यो हो शक्ति उनको भान्सातिर गै बदलिएको दार्शनिक शब्द त्यसमा आई यो घरेलु वेश लिएको भात त्यो हो जसको निम्ति अलम दुनियाँ ढिकिच्याउँ गर्छ सारा पथभरी चामल फलेर रौसिएर या गलेर ! ध्यनी विचारी सहमत होलान् अन्नमय कोषको कुकू ! ‘दाल, भात, डुकु ! दाल, भात, डुकु ! ००० घरखर्च चलाउन मुमालाई गाह्रो हुन्छ भनेर दुई महिनालाई पुग्ने खानेकुरा किनेर अप्रेशन गर्न जान पाए हुन्थ्यो भन्ने सोच्नुभएको रहेछ । तर, मुमालाई छाडेर जानै सक्नुभएन । यसरी एक वर्ष बित्यो । बिरामी भएपछि भने महाकवि देवकोटालाई आफ्नो परिवारको चिन्ता थियो । छोरा–छोरीले दुःख पाउने भए भन्ने लागिरहन्थ्यो । मनदेवीले कसरी घरबार सम्हाल्ने हो भन्ने सोचिरहन्थे । उनलाई क्यान्सर भएको थियो । एक दिन उनी उपचारका लागि कलकत्ता पुगे । डाक्टरले उतै बसेर उपचार गर्नुपर्ने बताए । तर, देवकोटाले अपचार गर्न आनाकानी गरे । डाक्टरले अहिले उपचार गरे ठूलो आन्द्राको एक इन्च निकाले पुग्छ नत्र पछि थप जटिल बन्नसक्छ भनेर सम्झाए । तर, देवकोटाले मरिगए मानेनन् । अपरेशन गर्दा मरेपछि मनदेवी र छोरा–छोरीसँग भेट हुँदैन भन्ने डर रहेछ उनमा । सल्लाह गरेर आउँछु भनेर उनी काठमाडौं आए । अम्बिकादेवी भन्छिन्, ‘घरखर्च चलाउन मुमालाई गाह्रो हुन्छ भनेर दुई महिनालाई पुग्ने खानेकुरा किनेर अप्रेशन गर्न जान पाए हुन्थ्यो भन्ने सोच्नुभएको रहेछ । तर, मुमालाई छाडेर जानै सक्नुभएन । यसरी एक वर्ष बित्यो ।’ मनदेवीले त्यतिबेला देवकोटाको निकै स्याहार गरिन् । हावापानी छल्न भनेर विभिन्न स्थानमा घुमाउन लगिन् । दिनरात नभनी सेवा गरिरहिन् । महाकवि देवकोटाले जीवनको अन्तिम क्षण बिताउँदा अम्बिकादेवीले बुबा र आमाको प्रेमको गहिराई नजिकबाट महसुस गर्न पाइन् । ‘त्यतिबेला त म धेरै बुझ्ने थिइन् । अहिले ती दिनहरु सम्झँदा लाग्छ, बुबा र मुमाको प्रेम धेरैको समझभन्दा बाहिर थियो । बाहिर देखिदैनथ्यो तर, निकै गहिरो थियो ।’ अम्बिकादेवीका आँखा रसाउँछन् । #कृष्ण आचार्य #छोरी अम्बिकादेवी #महाकवि देवकोटा |
वार्षिक उत्सवको अवसरमा कविडाँडाको कविता प्रतियोगिता: साहित्यपाेस्ट चितवनको कविडाँडामार्फत् देशभर साहित्य प्रवर्द्धन गर्न खटिएको कविडाँडा साहित्य समाजले राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ । आफ्नो वार्षिक उत्सवको अवसर पारेर कविडाँडाले कविता प्रतियोगिता गर्न लागेको हो । भदौ १५ सम्म समय दिइएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ६० रुपैयाँ, दोस्रो हुनेलाई १० हजार ६० र तेस्रो हुनेलाई ७ हजार ५ सय ६० रुपैयाँ र प्रमाणपत्रसहित अभिनन्दन गरिने कविडाँडा साहित्य समाजले जनाएको छ । कविडाँडाका अनुसार कविता भदौ १५ सम्म [email protected] मा पठाउनु पर्नेछ । त्यसैगरी कतै पनि प्रकाशन नभएको र दुई सय शब्दभन्दा कम शब्दमा लेखिसक्नु पर्ने नियम पनि बनाइएको छ । प्रतियेगितामा फेसबुक र युट्युबजस्ता सामाजिक सञ्जालहरूमा प्रकाशित–प्रसारित कविताहरूलाई पनि मान्यता नदिइने नियम बनाइएको समाजले जनाएको छ । ‘कविताको मूल्याङ्कन तटस्थ र गोप्य निर्णायक मण्डलले गर्नेछ,’ कविडाँडा समाजका संरक्षक एलबी क्षेत्रीले भने, ‘छनोटमा परेका १० कविलाई मङ्सिर महिनामा कविडाँडाको वार्षिक उत्सवका अवसरमा, चितवनमा आमन्त्रित गरिनेछ । त्यही अवसरमा उत्कृष्ट तीन कविताको घोषणा पनि गरिनेछ ।’ कार्यक्रम अवधिभर खाना र निवासको व्यवस्था आयोजक समितिले गर्ने जनाइएको छ । नव प्रतिभाहरुलाई एक ठाउँमा राखेर साहित्यिक विमर्श गर्ने बहानाका रूपमा यसलाई लिइएको छ । गएको वर्ष पनि कविडाँडा समाजले राष्ट्रिय कथा प्रतियोगिताका साथमा देशका प्रतिष्ठित साहित्यिक व्यक्तित्वलाई निम्त्याएर भव्य कार्यक्रम गरेको थियो । #कविडाँडा |
कविभित्र कुण्ठा हुनुहुँदैन: आजको कवि र कवितादृष्टिको शृङ्खलामा हामी कवि सम्पदा रिजाल र कवि हेमन्त शिशिर प्रस्तुत गर्दैछौँ । कवि हमेन्त शिशिरले कवि सम्पदा रिजालको कवितामाथि आफ्नो दृष्टि राख्नेछन् । प्रस्तुत छ शृङ्खला: चेतनालाई अभिव्यक्त गर्ने सबैभन्दा सरल माध्यम नै कविता हो । कविता आफैँमा एउटा मानविय चेत पनि हो । जैविक कोणबाट हेर्ने हो भनेँ संसारभरका मान्छेको बनोट र उनीहरूमा हुने जीवन प्रक्रियाहरू एकै किसिमका हुन्छन् तर अन्य दृष्टिकोणबाट संसारका हरेक मान्छेहरू फरक फरक छन् । मान्छेको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाले उसको मनोविज्ञान निर्माण हुन्छ र त्यसको प्रभाव उसको जीवनकालका हरेक कार्यहरूमा पनि केही हदसम्म रहन्छन् । यहाँ भन्न खोजिएको मुख्य कुरा के हो भने कुनै पनि व्यक्तिको सृजनामा उसको वरिपरिको वातावरणले विषेश प्रभाव राख्छ । आज म यहाँ पछिल्लो समय कविता लेख्दै गरेकी झापाकी कवि सम्पदा रिजाका दुई कविताहरू माथि केही सहमति अनि केही विमति प्रस्तुत गर्न गइरहेको छु । कविः हेमन्त शिशिर १.कविता “रोस्ट्रम” सम्पदा रिजालको कविता रोस्ट्रममा उभिएर हेर्दा यस्तो लाग्छ रोस्ट्रम एउटा विद्रोह हो, विद्रोह परिवर्तनका लागि गरिन्छ र यसका अनेकौं प्रकारहरू छन् । विद्रोह गर्दा कस्तो बाटो रोज्ने त्यो व्यक्तिको इच्छामा निर्भर हुन्छ रोस्ट्रममा सम्पदाले मौनताको बाटो रोजेकी छन् रोस्ट्रम चुपचाप धेरै बोलिरहेको । रोस्ट्रम कविताको निसाना देशको विधमान अवस्था र राजनीतितिरै देखिन्छ । कविताले जातीय ,भौगोलिक र सामाजिक उत्पीडनको मुद्दालाई उठाउने कोसिस गरेपनि तर ठ्याक्कै ठाउँमा भने लागेको छैन कविताले बोकेको चेतनामा कवि शक्तिशाली भएपनि प्रस्तुतिसँग त्यो भार ब्यालेन्स हुन सकेको छैन । किन बजिरहन्छ यो रोस्ट्रममा ? गाईको शोकगीत चुच्चे नक्साको विज्ञापन मान्छेका लासहरूमाथिको पाश्र्व संगीत बहुर्राष्ट्रिय कम्पनीको दस्तावेज, आँसुहरूको निषेधाज्ञा । यसरी कवितामा अधिकारबाट बञ्चित भूइँमान्छेहरूको कथा र व्यथा उठाइएको छ र यसको उचित व्यवस्थापन गर्न सम्पदा कविताको अन्त्यसम्म सफल भएकी छिन् । यसलाई नै सम्पदाको यस कविताको सुन्दर पक्ष मान्नुपर्छ । कविता भित्रको कथ्यको तालमेल अलि राम्रोसँग मिलेको भए कविता अर्कै किसिमको हुन्थ्यो तर यो भन्नुको अर्थ कविता यो भन्दापनि शक्तिशाली हुन्थ्यो भन्ने चाहिँ होइन । कवितामा प्रयोग हुने बिम्बहरू र कविताको प्रस्तुतीकरण वर्तमान पुस्ताका सबैको कविको उस्तै उस्तै छ । फलस्वरूप सम्पदाको यो कविता पनि त्यो ठेलीबाट फरक कित्तामा उभिन असफल रहेको देखिन्छ । यो कवितामा सम्पदाका अरू कविताका हिसाबले लेखन कला अलि कमजोर रहेको छ । गलत कुराको विरोध गर्नका लागि हामीले पहिले प्रश्न गर्न सक्नुपर्छ । त्यसैले प्रश्नबाट सुरू भएको यो कविताले विद्रोहमा पुगेर विश्राम लिएको छ । जसले कवितालाई औसत कविताको सूचीमा सूचीकृत गर्न महत्वपूर्ण भूमिका खेलेको छ । कविले आफूभित्र धेरै कुण्ठा पाल्यो भनेँ उसले लेख्ने कविता, कविताभन्दा बढी नारा हुनसक्ने सम्भावना प्रवल रहन्छ । २ . कविता “झोला” सम्पदा रिजालको कविता झोला विश्व समुदायमा रहेको लैंगिक विभेदका विरूद्दमा लेखिएको कविता हो । इतिहास हेर्ने हो भने पश्चिमा विश्वमा महिलाहरूले भोट गर्न पाउनुपर्ने लगायतका राजनीतिक अधिकारको लागी लडेको १९ औँ शताब्दीको आन्दोलनलाई नारीवादी आन्दोलनको पहिलो छाल भनिन्छ जुन अहिलेसम्म विभिन्न स्वरूपमा चलिरहेको छ । कवि पनि यहीँ समाजको अंग हो यो सत्यलाई हामी नकार्न सक्दैनौं तर हरेक आन्दोलन र मुद्दालाई हेर्ने कविहरूको दृष्टिकोण चैँ अरूको भन्दा पृथक हनुपर्छ भन्ने हो । कविभित्र कुण्ठा हुनुहुँदैन, कविले आफूभित्र धेरै कुण्ठा पाल्यो भनेँ उसले लेख्ने कविता, कविताभन्दा बढी नारा हुनसक्ने सम्भावना प्रवल रहन्छ । हो म तिमीबिना आमा बन्न सक्दिनँ तर मैले तिमीलाई बाबू बन्ने श्रेय दिएकी छुँ ।। कविता “ मानुषी ” पारिजात एउटी नारी सफल हुनका लागि पनि त पुरूषको आवश्यक पर्ला नि ? पारिजात नारीवादी होइन समानतावादी थिइन् उनको एजेन्डा नारी पुरूष भन्दा पनि समानता थियो जुनकुरा मानुषी कविताबाट साभार माथि उल्लेखित अंशले स्पष्ट गरेको छ । यदि कवि समानताको एजेन्डामा इमानदार हुनसक्यो भने उसको कविताले समाजिक परिवर्तनमा केही भूमिका खेल्न सक्ने सम्भावनामा वृद्धि हुन्छ । नारीवादी आन्दोलनको कोणबाट सम्पदाको झोला कवितालाई हर्ने हो यसले धेरै प्रश्नहरू खडा गर्छ । एउटी नारी सफल हुनका लागि पनि त पुरूषको आवश्यक पर्ला नि ? यो कवितामा पुरूषप्रति पूरा घृणा नै घृणा छ । पितृसत्तात्मक समाजलाई ढालेर नयाँ लैंगिक विभेदमुक्त समाज निर्माण गर्नु आजको आवश्यकता हो जसका लागि नारी पुरुष दुवैको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । जुनकुरा सम्पदाको यस कवितामा असन्तुलित ढंगबाट प्रस्तुत भएको छ । तिम्रो लालपुर्जाले मात्रै नापिएका पाठेघरहरू तिम्रो अधिकारले मात्रै नाम पाएका गर्भिणीहरू तिम्रो स्वामित्वको प्रमाणले मात्रै काटिएका प्रसवका सालनालहरूले आज कथित “आइमाई” हुनुको “चेकलिस्ट” तिम्रो अदालत अघि च्यातेका छन् र प्रश्न गरिहरेछन् महोदय, के स्वास्नी मान्छे तिम्रो वीर्य बोक्ने झोलामात्र हो ? कविताको यो हरफले बोलेका कुराहरूलाई कसरी बुझ्नेँ ? सृष्टि चल्नका लागि , सन्तान जन्मनु, जन्माउनु आवश्यक छ जुन सौभाग्य प्रकृतिले नै महिलालाई दिएको छ त्यसैले स्वास्नीमान्छेको पाठेघरलाई वीर्य बोक्ने झोला भनेर इंगित गर्नु आफैँमा विरोधाभासपूर्ण कुरा हो यतातिर कवि अलिकति सचेत बन्नुपर्ने देखिन्छ । कविः सम्पदा रिजाल टिप्पणी गरिएका कविताहरू यसप्रकार छन् – १. रोस्ट्रम किन बजिरहन्छ यो रोस्ट्रममा ? गाईको शोकगीत चुच्चे नक्साको विज्ञापन, मान्छेका लासहरूमाथिको पाश्र्व संगीत बहुर्राष्ट्रिय कम्पनीको दस्तावेज आँसुहरूको निषेधाज्ञा । रोस्ट्रमको हरेक वक्तव्यको अन्त्यमा ताली बजाउँछन कुर्सीहरू । यी कुर्सीहरूको किनारामा एउटा कुर्सी मेरो पनि छ । कुर्सीहरूको नेता रोस्ट्रम किन कहिल्यै मेरो कथा भन्दैन ? मसँग पनि छन् सडकको छातीमा मेरो काँचो रगतले कोरेका सपनाका दस्ता । त्यही रोस्ट्रमका पाइतालाबाट घिस्रदै घिस्रदै आउँदा मैले नापेको भूगोलको नक्सा । थाकेका पाठेघर सुम्सुम्याउँदै हिमपहिरो थामेको काँध । त्यही रोस्ट्रमले कापीकलम खोसेर कहिल्यै अक्षर घुमाउन नपाएको उपेक्षित बूढी औंलो । सधैं रोस्ट्रमको एकोहोरो कर्कश आवाजले तर्सिरहेको यो सदनको एउटा किनाराकृत कुर्सी पहिलोपटक आफैं रोस्ट्रम उभिएको छु । थर्थर काँपेको छ यो व्यवस्थाको जड्यौरी रोस्ट्रम यही थरथराहटले ब्यूँझिएका छन् हजारौं बर्षदेखि उँघिरहेका कुर्सीहरू । २. झोला कसले गर्यो बंशजको यति असन्तुलित भागबण्डा ? कसले झुन्ड्यायो प्रत्येक मस्तिष्कमा अधिकारको यति असन्तुलित तराजु ? कसले टास्यो मैले दौडिएको जिन्दगीको म्याराथुनमा तिम्रो स्वामित्वको प्रमाण ? युगौँदेखि धर्मले समाजले कानुनले सोधिरहेको छ मेरो पाठेघरको लालपुर्जा र उत्तरमा आफैँ रटाइदिएको छ तिम्रो नामको सिफारिस ! तिम्रो लालपुर्जाले मात्रै नापिएका पाठेघरहरू तिम्रो अधिकारले मात्रै नाम पाएका गर्भिणीहरू तिम्रो स्वामित्वको प्रमाणले मात्रै काटिएका प्रसवका सालनालहरूले आज कथित “आइमाई” हुनुको “चेकलिस्ट” तिम्रो अदालत अघि च्यातेका छन र प्रश्न गरिहरेछन् महोदय, के स्वास्नीमान्छे तिम्रो वीर्य बोक्ने झोला मात्र हो ? #कवि र कवितादृष्टि #झोला #रोस्ट्रम |